सजिलाे कोमलगीता (समछन्दानुवाद)

सजिलो कोमलगीता
कृति : सजिलो कोमल–गीता

विधा : श्रीमद्भगवद्गीता पद्यानुवाद
अनुवादक : कोमलप्रसाद पोखरेल
कनकाई नगरपालिका–३, सुरुङ्गा, झापा ०२३–५५०१५७, ९८४४६६५४४४
प्रकाशिकाद्वय : पुण्यप्रभा कट्टेल (अमेरिका)
पुष्पादेवी प्रसाई (काठमाडौं)

प्रकाशन : वि.सं. २०७५
सर्वाधिकार  : लेखकमा
ISBN NO  : 978-9937-0-5403-4
मूल्य : कडा आवरण रु. ५५०।– नरम आवरण रु. ४५०।–
मुद्रण : बुद्ध अफसेट प्रेस, बिर्तामोड

                ९८४२६५६३८३, ९८४२७१०२३३




श्रीमद्भगवद्गीता

सम्पादन गर्नुहोस्

(अध्यायगत तात्पर्य)

(अर्जुनविषादयोग)
श्रीमद्भबगवद्गीताका महानायक श्रीकृष्णद्वारा अर्जुनलाई निमित्त बनाएर समस्त विश्वलाई नै महान् उपदेश दिइएको गीताको यो पहिलो अध्याबबय सम्पूणर् गीताको पृष्ठभूमि किंवा आधार हो । यसमा दुवैतिरका प्रधान योद्धाहरूको नामाङ्कन पश्चात् मूलतः अर्जुनद्वारा गरिएको बन्धुनाशको आशङ्काबाट उत्पन्न मोहजनित विषादको वणर्न गरिएको छ, त्यसैले यस अध्यायको नाम अर्जुनविषादयोग रहेको छ ।

ईश्वर, धर्म, परलोक आदि विषयमा श्रद्धा राख्ने मानिसहरूमा प्रायः यस्तै कुराहरूलाई लिएर हलचल एवं द्विविधा हुनेगरेको पाइन्छ । उनीहरू संझन्छन् यदि हामीले आफ्नो कर्तव्य-कर्म गरेनौं भने हामी पतन हुन्छौं, अथवा यदि हामी सांसारिक कार्यमा मात्र लाग्यौं भने हाम्रो आध्यात्मिक उन्नति हुँदैन र आध्यात्मिक उन्नतिमा मात्र लाग्दा हाम्रो व्यवहार ठिकसँग चल्दैन । आफ्ना कुलकुटुम्बलाई त्याग्दा पाप लाग्ने डर रहन्छ भने उनीहरूलाई काखी च्याप्दा आध्यात्मिक उन्नतिमा बाधा पुग्ने डर रहन्छ । यस्ता विविध द्वन्द्वले मानिसलाई वारंवार सताइरहेको हुन्छ । यसको तात्पर्य के हो भने सधंै आफ्नो कल्याण चाहने मनुष्य मोह, सुखासक्ति आदिका कारण सांसारिक बन्धनबाट छुट्कारा पाउन नसकी विषादको भुँमरीमा सधैं फँसिरहन्छ ।

विषाद आधुनिक मनुष्यमा देखापर्ने एक प्रकारको बिमारी हो । विषादका रोगीले आफु स्वयंलाई कर्ता ठान्छ । ऊ प्राकृतिक शक्तिको प्रभावमा ध्यान नदिएका कारण प्रकृति र पूर्वीय सनातन धर्म-संस्कृतिको अनुभूतिदेखि हजारौं योजन टाढा रहन्छ । यसै प्रकारको मानवीय हलचलले अर्जुनलाई पनि सताएको छ र उनी सारै ठुलो द्विविधायुक्त विषादमा फँसेका छन् । युद्ध गरून् कुलनाश भएर आफ्नो कल्याणमा बाधा हुने, युद्ध नगरून् कर्तव्यच्यूत भएर आफ्नै कल्याणमा बाधा हुने । वर्तमान समयका अधिकांश मानिस विषादग्रस्त अर्जुनभैंm जीवन बाच्न विवश छन् । गीताको यस अध्यायका अर्जुन संसारका विषादग्रस्त मानिसहरूका प्रतिनिधि पात्रका रूपमा रहेका छन् । अर्जुनजस्तै बाटो बिराएर भड्किएका मानिसलाई शान्तिपूणर् जीवन जिउन शिक्षा दिने एउटा नयाँ कृष्णको आवश्यकता खड्किएको छ अहिले हाम्रो समाजमा र मूलतः देशमा नैं ।

(साङ्ख्ययोग) यस अध्यायमा शरणागत अर्जुनद्वारा शोक निवृत्तिको उपायबारे राखिएका प्रश्नको उत्तरमा ज्ञानोपदेशको प्रारम्भदेखि तिसौं श्लोकसम्म आत्मतत्त्वको वणर्न गरिएको छ । साङ्ख्ययोगका साधनमा आत्मतत्त्वका श्रवण, मनन तथा निदिध्यासन नै प्रमुख एवं मत्त्वपूर्ण उपाय मानिन्छन् । यद्यपि यस अध्यायको तिसौं श्लोकपछि स्वधर्मको वणर्न गरी कर्मयोगको स्वरूपका बारेमा पनि स्पष्ट पारिएको छ, तर उपदेशको आरम्भ भने साङ्ख्ययोगबाट नै भएको छ । आत्मतत्त्वको वणर्न अन्य अध्यायका तुलनामा यस अध्यायमा विस्तारपूर्वक गरिएको हुनाले नै यस अध्यायको नाम साङ्ख्ययोग रहेको छ ।

ज्ञानयोगेन साङ्ख्यानाम् (३।३) भनेर ज्ञानयोग र साङ्ख्ययोगलाई यहाँ अभिन्न देखाइएको छ । प्रकृति र सत्त्व, रज, तम आदि गुणसँग कत्ति पनि सम्बन्ध छैन भन्ने संझेर समस्त कर्तापनको अभिमानलाई सर्वथा त्यागिदिनुलाई साङ्ख्ययोग अथवा ज्ञानयोग मानिएको छ । गीतोपदेशका प्रारम्भमा श्रीकृष्णले साङ्ख्ययोगको वणर्न गर्दै नाशवान् शरीर र अविनाशी शरीरका विषयमा यसरी विवेचन गरेका छन् ः

नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः (२।१६)
अस्तित्व जसको छैन, त्यो छँदैछैन निश्चय,
त्त्ववेत्ताहरू भन्छन् आत्मा नासिन्न सत्य छ ।

अर्थात् यहाँ नाशवान् शरीरलाई असत् र अविनाशी शरीर अथवा आत्मालाई सत् भनिएको छ । यस अध्यायमा कर्मयोगका सम्बन्धमा पनि राम्रोसँग परिशीलन भएको छ । वर्णाश्रमको स्वभाव र परिस्थिति अनुसार आफ्ना अगाडि आएका शास्त्रविहित एवं फलासक्तिरहित कर्तव्यकर्मलाई पूर्ण गर्नु तथा कर्मको सिद्धि तथा असिद्धिमा समभाव राख्नु गीताको कर्मयोग हो ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि (२।४७)
प्रभुत्व कर्ममा हुन्छ, फलमा चाहि होइन,
नबन्नू फल-आसक्त, नभन्नू कर्म गर्दिन ।

उपर्युक्त एउटै सूत्रश्लोकमा कर्मयोगको सैद्धान्तिक निष्कर्ष प्रस्तुत गरेका छन् कृष्णले । कर्मण्येवाधिकारस्ते अर्थात् प्राप्त कर्तव्य कर्मको पालन गर्नु मात्र कर्मी व्यक्तिको अधिकार हो, किनभने मनुष्ययोनि कर्मयोनि हो । मनुष्यबाहेक पशुपक्षी आदि जङ्गम र वृक्ष लता आदि स्थावर प्राणीले नया कर्म गर्न सक्दैनन् । देवताहरूमा पनि कर्म गर्ने सामर्थ्य त छ तर उनीहरू केवल पहिले आफैंले गरेका यज्ञादि शुभ कर्महरूको फल भोग्ने काम मात्र गर्दछन् ।

मा फलेषु कदाचन कर्म-कर्तामा अलिकति पनि फल प्रप्तिको अधिकार रहँदैन, अर्थात् फलप्राप्तिमा कोही पनि स्वतन्त्र छैन, किनभने फलको विधान प्रकृति र उसका अधिष्ठाता स्वयं परमात्माका अधीनमा छ, यसकारण फलको इच्छा नराखी आफ्नो कर्तव्य कर्म गर्नु श्रेयस्कर छ । फलमा आसक्त भए के हुन्छ, हेरौं ः

अयुक्तः कर्मकारेण फलेसक्तो निबध्यते (५।१२)
(फलासक्त र भोगीले कडा बन्धन झेल्दछ) ।

जुन व्यक्ति कर्मयोगी नभएर कर्मी छ यस्ता सकाम पुरुषका निमित्त यहाँ अयुक्त शब्द प्रयोग भएको छ । सकाम कर्म गर्ने व्यक्ति नयाँ नयाँ कामनाले गर्दा फलमा आसक्त हुन्छ र जन्ममरणरूप बन्धनमा पर्दछ । फेरि कामना गर्दैमा कुनै पदार्थ प्राप्त हुने पनि होइन । कथं कदाचित् मिलिगयो भने पनि सधैं साथमा रहनेँ पनि होइन । यस्तो कुरा जान्दा जान्दै पनि कुनै साधकले पदार्थको कामना गर्दछ भने त्यो उसको मूर्खता हो । यसै प्रसङ्गमा कर्म गर्ने तरिका र योगको परिभाषा दिंदै कृष्णले यसो भनेकाछन् ः

योगस्थः कुरु कर्माणि सङ्गंं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते (२/४८)
गर योगी भई कर्म सङ्ग त्यागी धनञ्जय !
सिद्धि असिद्धिमा एक हुनु नै योग हो बुझ ।

अर्थात् हे धनञ्जय ! आसक्तिलाई सर्वथा त्याग गर्दै सिद्धि र असिद्धिमा समभाव राखेर योगमा स्थित भई कर्म गर । यो समत्वभाव नैं योग हो । उपर्पुक्त श्लोकमा गरिएको कर्मयोगको सटीक विवेचनबाट के अवगत गर्न सकिन्छ भने अहङ्कारको पूर्ण निवृत्ति नहुन्जेल यस मार्गमा सफलता मिल्न सक्दैन । अहं भावबाट निवृत्ति हुने सरल उपाय हो मनको समत्वभाव । यहाँ कृष्णले समत्वं योग उच्यते भनेर पहिलो पटक योग शब्दको प्रयोग गरी समत्व भाव नै योग हो भनेर योगको सटीक परिभाषा यसरी दिएका छन् ः

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् (२।५०) ।
बुद्धिका योगले डढ्छन् पापपुण्यहरू सब ।
त्यसैले योगमा लाग, यही हो कर्म-कौशल ।

अर्थात् बुद्धिमा समत्वभाव भएको मानिसले जीवित अवस्थामा नै पाप र पुण्य दुवैको त्याग गर्दछ । यसकारण तिमी समत्व-योगमा लाग किनभने योगले नै कर्ममा कुशलता ल्याउँछ । कर्ममा कुशलता प्राप्त गर्नु नै योग हो (योगः कर्मसु कौशलम्) । गीताको यो महान् वाणी आध्यात्मिक, भौतिक, सामाजिक सबै क्षेत्रमा अकाट्य रहेको छ । ध्यान गर्दा ध्याता, ध्यान र ध्येयमा समता रहुनु ध्यान-कुशलता हो । कृषिकर्म, व्यापार, कला, विज्ञान, समाजसेवा आदि सबै कार्यमा गीताको यो सूत्र लागु हुन्छ । मन, वचन र कर्मको सम्यक् योग अथवा समता भएन भने कर्म गर्ने व्यक्ति असफल हुन्छ । नीतिशास्त्र भन्छ ः

मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम्,
मनस्यन्यत् वचस्यन्यत् कर्मण्यन्यद्दुरात्मनाम् ।

अर्थात् महान् व्यक्तिहरू मन, वचन र कर्मले एकै किसिमको कार्य गर्दछन्, तर अधम व्यक्तिहरू चिताउँछन् एक कुरा, भन्छन् अर्को कुरा र गर्छन् अर्को कुरा । अहिले हाम्रा देशका नेता र मन्त्रीहरूमा उपर्युक्त सूत्र श्लोकको दोस्रो पङ्क्ति लागु भएको छ ।

ज्ञानयोगबाट प्रारम्भ गरिएको यस अध्यायमा फलासक्तिरहित कर्मयोगको प्रशस्त अनुशीलन भएको छ । कर्मयोगको सिद्धान्त, योगको परिभाषा, कर्ममा योगको महत्त्व र अन्तमा शान्ति र निर्वाणको दीक्षाद्वारा यस अध्यायको बिट मारिएको छ । यो अध्याय गीता सम्पूणर्को प्रारूप हो ।

(कर्मयोग)

यस अध्यायमा कर्मका प्रकार तथा मनुष्यले आ-आफ्ना वणर्श्रम अनुसार गर्नुपर्ने कर्महरू के कसरी गर्नुपर्छ, किन गर्नुपर्छ, ती कर्म नगर्दा के कस्तो हानी हुन्छ, गर्दा के कस्तो फाइदा हुन्छ, कस्तो प्रकारको (कुन) कर्म बन्धनयुक्त हुन्छ, कुन कर्म मुक्तिको सहायक हुन्छ जस्ता विषयमा प्रकाश पारिएको छ । यसरी हेर्दा अन्य अध्यायका तुलनामा यस अध्यायमा कर्मका बारेमा सविस्तार कणर्न गरिएको पाइन्छ । कर्मेतर विषयहरू यहाँ ज्यादै कम समाविष्ट छन् । यस कारण प्रस्तुत अध्यायको नाम कर्मयोग रहेको छ ।

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः । ३।५
कुनै क्षण बिनाकर्म बस्न सक्दैन मानिस,
प्रकृति-गुणले वाध्य भएर कर्म गर्दछ ।

अर्थात् मानिस प्रकृतिका सत्त्व, रज, तम यी तिन गुणका प्रभावमा सदैव रहन्छ । एक क्षण मात्र पनि पूणर्रूपले निष्क्रिय भएर रहन सक्तैन । निष्क्रियता जड पदार्थको धर्म हो । केही कथं शरीरले कुनै कर्म नगरे पनि मन र बुद्धि क्रियाशील भइ नै रहन्छन् ः

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते (३।६)
वशमा राख्दछन् कोही कर्मेन्द्रयहरू, तर
संझन्छन् मनले, हुन् ती मिथ्याचारी तथा जड ।

जबसम्म हामी उपर्युक्त तिन गुणका प्रभावमा रहन्छौं तबसम्म कर्म गर्नका निमित्त हामी विवश हुन्छौं । यस कारण कर्मको सर्वथा त्याग गर्नु प्रकृतिको नियम विरुद्ध भएकाले कर्म नगरी निष्क्रिय रहनु असम्भव छ । यही कुरालाई तलको श्लोकले स्पष्ट पारेको छ ।

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः । ३।८
नियमस्थ भई कर्म गर, यो श्रेष्ठ कार्य छ
नत्र जीवन-यात्रा यो तिम्रो बन्दछ निष्फल ।

उपर्युक्त श्लोकमा कर्मको अधिकारीत्वका विषयमा प्रकाश पारिएको छ । जुन कर्मका निमित्त जो अधिकारी छ उसका लागि सो नियत-कर्म (नित्य-कर्म) हो । कर्म नगर्नुभन्दा कर्म गर्नु ज्यादै उत्तम हो, किनभने कर्म नगर्दा कसैको पनि जीवन निर्वाह हुदैन । त्यसैले सबैका लागि कर्म अपरिहार्य हो । यहाँ यज्ञकर्मको महत्त्वका विषयमा यसरी निरूपण गरिएको छ ः

यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः
भुञ्जते ते त्वघं पापं ये पचन्त्यात्मकारणात् । ३।१३
खानाले यज्ञको शेष निष्पाप बन्दछन् जन,
खान मात्र पकाएमा खाइन्छ पाप-भोजन ।

जसले यज्ञको अवशिष्ट अन्न खान्छ ऊ सबै पापबाट मुक्त हुन्छ, तर जसले आफ्ना लागि मात्र पकाउँछ उसले खाना होइन पाप खान्छ । यहाँ परमार्थप्रेरित र स्वार्थप्रेरित कार्यको परिणामका बारेमा शिक्षा दिइएको छ ।

यपर्युक्त श्लोकमा प्रयुक्त यज्ञशेष शब्दले स्वाहा, स्वधा आदि यज्ञको शेष मात्र नजनाएर पाँच प्रकारका यज्ञ र तिनको शेष भन्ने जनाएको छ, जसमध्ये भूतयज्ञ र मनुष्ययज्ञ पनि त्यत्तिकै महत्त्वपूर्ण मानिन्छन् । गाई, कुकुर, काग (पक्षीगण), र कमिला आदि किरा समूहलाई खान दिनु भूतयज्ञ हो भने गरिब, दुःखीलाई खान दिनु मनुष्य यज्ञ हो । यज्ञचक्रको उपादेयता र कार्यका विषयमा यहाँ यसरी वणर्न गरिएको छ ः

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः । ३।१४
अन्नले बन्दछन् प्राणी, वर्षाले अन्न बन्दछ,
कर्मले यज्ञ सम्पन्न हुन्छ, पर्जन्य झर्दछ ।

समस्त प्राणी अन्नबाट उत्पन्न हुन्छन् भने वर्षाबाट अन्न उत्पादन हुन्छ । त्यसैगरी वर्षाको उत्पत्ति यज्ञबाट र यज्ञको उत्पत्ति कर्मबाट हुन्छ । यसरी हेर्दा वातावरण शुद्धीकरणका निमित्त पनि यज्ञ अपरिहार्य रहेको देखिन्छ, किनभने अग्निमा हवन गरिएको सुगन्धित एवं पौष्टिक वस्तुको धुवाँबाट वायु प्रशोधित हुन्छ र यसले समस्त विश्वको पर्यावरणमा नै धनात्मक प्रभाव पारी पर्यावरण सन्तुलन कायम गर्दछ । त्यसैले गीताको कर्मयोग विश्व-पर्यावरण सन्तुलन गर्ने कार्यमा समेत सहायक सिद्ध भएकाले यसको आध्यात्मिक महत्त्वका साथसाथ भौतिक तथा वैज्ञानिक महत्त्व समेत रहेको छ ।

(ज्ञानकर्मसन्न्यासयोग)

यहाँ ज्ञान शब्द परमार्थ-ज्ञान अर्थात् तत्त्वज्ञान भन्ने अर्थमा प्रयोग भएको छ भने कर्म शब्द कर्मयोग अर्थात् योगमार्ग भन्ने अर्थमा प्रयोग भएको छ, अनि सन्न्यास शब्द पनि साङ्ख्ययोग अर्थात् ज्ञानमार्ग वाचक शब्दका रूपमा प्रयोग भएको छ । विवेक र शास्त्र पनि ज्ञान शब्द अन्तर्गत नै पर्दछन् । यस अध्यायमा श्रीकृष्णले आफु अवतरित हुनाको रहस्य र तत्त्वसहित कर्मयोग तथा सन्न्यासयोग र यी योगबाट परमात्मतत्त्वको यथार्थ ज्ञान प्राप्त हुने कुराको वणर्न गरिएको हुनाले यस अध्यायलाई ज्ञानकर्मसन्न्यासयोगको संज्ञा दिइएको छ ।

उपर्युक्त कुराका साथै ज्ञान प्राप्त गरी कर्म गरिरहेको अवस्थामा पनि कर्म-सन्न्यासको फल कुन उपायद्वारा प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि यसै अध्यायमा छ । जब धर्मको ग्लानी र पापको बढोत्तरी हुन्छ तबतब मनुष्यका बिच भगवान्को अवतार हुन्छ, अर्थात् अमूर्त भगवान्को शक्ति विशेष रूपले मूर्त अथवा सगुण साकाररूपमा धर्तीमा प्रकट हुन्छ । मानव मात्रका लागि गीताले दिएको यो सुप्रसिद्ध आश्वासन हो ः

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् (४।७) ।
जहिले जहिले धर्म नासिन्छ, पाप बढ्दछ,
तहिले तहिले आफैं जन्म लिन्छु म भारत !

अर्थात् हे भरतवंशी अर्जुन ! जबजब धर्मको हानी र पापको वृद्धि हुन्छ, तब तब म स्वयं साकार रूपामा प्रकट हुन्छु । यो परब्रह्म परमात्माद्वारा निर्मित मौखिक संविधान हो । यसै अनुसार ईश्वरीय तत्त्व अवतरित हुन्छ भूमण्डलमा । राम, कृष्ण, बुद्ध, कल्कि आदि यसका उदाहरण हुन् । माथिको श्लोकले ईश्वरीय कार्यको वणर्न गरेको छ भने तलको श्लोकले त्यसको कारण खुलाएको छ ।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे (४।८) ।
गर्न सज्जनको रक्षा, विनाश गर्न दुष्टको,
युगैपिछे म जन्मन्छु स्थापना गर्न धर्मको ।

यहाँ साधुहरू अर्थात् साधनारत माहापुरुषहरूको रक्षा र दुष्कर्मीजनको नाश गरी धर्मको पुनःस्थानाका निमित्त प्रत्येक युगमा परमात्मा स्वयं पृथ्वीमा अवतरित हुने कुरा उल्लेख गरिएको छ । यहाँ अर्को एक वाक्य पनि ध्यान दिन योग्य देखिन्छ ः

क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा (४।१२)
मनुष्यलोकमा चाँडै फल मिल्दछ कर्मको ।
कर्मानुबन्धीनि मनुष्यलोके (१५।२) ।

गीताका उपर्युक्त उक्तिबाट मनुष्यलोक मात्र कर्मभूमि हो भन्ने कुरा स्पष्ट भएको छ । भागवतादि पूर्वीय वाङ्मयहरूले पनि मनुष्यलोकलाई नै कर्मभूमि मानेर यस बाहेकका सबै लोकलाई भोगभूमि मानेका छन् । मनुष्यलोकमा पनि भारतीय उपमहाद्वीप, अझ त्यसमा पनि नेपाललाई महत्त्वपूर्ण कर्मभूमि मानेको छ । यहाँ पनि नयाँ कर्म गर्ने अधिकार मनुष्यलाई मात्र छ । पशुपक्षी आदिलाई छैन भनेर शास्त्रहरूले उद्घोष गरेका छन् । गीता दर्शनको अर्को प्रभावशाली एवं महत्त्वपूर्ण सूत्र हो कर्मद्वारा सिद्धि । यसले माफलेषु कदाचन भन्दै फलाशक्ति-रहित कर्मद्वारा मात्र सिद्धि प्राप्त हुने कुरामा जोड दिएको छ ।

(कर्मसन्न्यासयोग)

कर्मयोगको निष्ठा र साङ्ख्ययोगको निष्ठा सम्बन्धमा प्रकाश पारिएको यस अध्यायमा कर्म र मनको घनिष्ठ सम्बन्ध हुनुपर्छ र मनको संस्कारलाई विशुद्ध पार्न विशेष ध्यान दिनुपर्छ भन्ने कुरामा जोड दिइएको छ । माथिल्लो धरातलमा पुगेपछि साङ्ख्य र कर्मयोगमा कुनै भेदभाव रहँदैन, किनभने साङ्ख्ययोग भन्नु नै सन्न्यास हो । मूलतः कर्म र साङ्ख्यका बारेमा वणर्न गरिएको हुनाले यस अध्यायको नाम कर्मसन्न्यासयोग रहेको छ ।

साङ्ख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः ।
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम् । ५।४ ।
देख्छन् अल्पज्ञले मात्र भिन्नता साङ्ख्य, कर्ममा,
दुवैको फल मिल्नेछ राखे विश्वास एकमा ।

साङ्ख्ययोग र कर्मयोग एकै हुन् । अल्पज्ञ मानिसले मात्र यी दुईमा भिन्नता देख्छन् । यिनमध्ये कुनै एकमा रहेका व्यक्तिले साङ्ख्ययोग र कर्मयोग दुवैको फल प्राप्त गर्दछन् ।

यत्साङ्ख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।
एकं साङ्ख्यंं च योगं च यः पश्यति स पश्यति ५।५ ।
साङ्ख्यले पाइने स्थान पाइन्छ योगले पनि,
साङ्ख्य, योग दुवै एक देख्नेले देख्छ जे पनि ।

कृष्णले भनेका छन्, साङ्ख्ययोगीहरू जुन स्थानमा पुग्छन् कर्मयोगीहरू पनि सोही स्थानमा पुग्छन्, यसकारण जुन व्यक्तिले साङ्ख्ययोग र कर्मयोगलाई फलका दृष्टिले एउटै देख्छ, वास्तवमा यथातथ्य देख्ने व्यक्ति त्यही नै हो ।

श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तप ।
सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ४।३३ ।
पैसाको यज्ञभन्दा त ज्ञानयज्ञ विशाल छ,
ज्ञानमा नै पूर्ण बन्छन्, पार्थ कर्महरू सब ।

ज्ञानयोगको श्रेष्ठताका विषयमा प्रकाश पारिएको उपर्युक्त श्लोकमा द्रव्यद्वारा सम्पन्न हुने यज्ञको स्थानभन्दा ज्ञानयज्ञको स्थान धेरै माथि छ, किनभने सम्पूर्ण कर्महरू ज्ञानमा नै समाप्त हुन्छन् र ज्ञान नै ती सबै कर्मको अन्तिम लक्ष हो भन्ने कुरा वणर्न गरिएको छ समत्वभावद्वारा सम्पूर्ण कर्महरूसंग जसको सम्बन्ध विच्छेद भएको छ र ज्ञानद्वारा जसको सबै संशय नाश भएको छ त्यस्ता स्वरूपपरायण मनुष्यलाई कर्मले बाँध्न सक्तैन । तलको श्लोकले कर्मयोगको श्रेष्ठताका विषयमा यस्तो दिग्दर्शन गरेको छ ः

योगसन्न्यस्तकर्माणं ज्ञानसञ्छिन्न संशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय । ४।४१ ।
फलको आस गर्दैन, ज्ञानी, संशयहीन छ
भने स्वकर्म डोरीले बाँध्न सक्तैन पाण्डव

श्रीमद्भगवद्गीताको पाचौं अध्याय प्रारम्भ हुनु अघि नै श्रीकृष्णका उपर्युक्त भनाइलाई लिएर यस अध्यायको पहिलो श्लोकमै अर्जुनले यस्तो अड्को थापेका छन् ः

सन्न्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छ्र्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् । ५।१
कहिले कर्मसन्न्यास, कहिले कर्मयोगको
प्रशंसा गर्दछौ, कृष्ण भन लौ कुन श्रेष्ठ हो ।

अर्थात् तिमी कहिले कर्मसन्न्यास अथवा ज्ञानयोगको प्रशंसा गर्दछौ त कहिले योगको प्रशंसा गर्दछौ, यी दुईमा कुन चाहिं श्रेष्ठतर छ स्पष्ट पार्ने कष्ट गर (यच्छ्रे्य स्यान्निश्चितं ब्रूहि तन्मे) । यही प्रश्न अर्जुनले दोस्रो अध्यायको सातौं श्लोकमा पनि गरेका छन् । अर्जुनका उपर्युक्त प्रश्नको उत्तर दिंदै दोस्रो अध्यायको सैंतालिसौं र अठचालिसौं श्लोकमा कृष्णले कर्मयोग अनुसार आचरण गर्न अह्राएका छन् । त्यसैगरी तेस्रो अध्यायको दोस्रो श्लोकमा तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् भनेर अर्जुनले फेरि अर्को प्रश्न थपेका छन् । यसरी वारंवार अर्जुनद्वारा सोधिएका प्रश्नको उत्तर दिने क्रममा कर्मयोग र साङ्ख्ययोगको तुलना गर्दै कर्मयोगको श्रेष्ठतालाई यसरी प्रकाश पारेका छन् कृष्णले ः

सन्न्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ ।
तयोस्तु कर्मसन्न्यासात्कर्मयोगो विशिष्यते ५।२ ।
कर्मयोग तथा साङ्ख्य दुवै नै श्रेष्ठ हुन् तर
दुईमा तुलना गर्दा कर्मयोग विशिष्ट छ ।

अर्थात् कर्मसन्न्यास र कर्मयोग दुवै नै परम कल्याणकारी छन्, तथापि यी दुईमा तुलना गर्दा कर्मयोग नै श्रेष्ठ छ । यसरी हेर्दा प्रस्तुत श्लोक यस अध्यायको निचोडका रूपमा रहेको देखिन्छ ।

ज्ञेयः स नित्यसन्न्यासी यो न द्वेष्टि न काङ्क्षति,
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ५।३ ।
जो इच्छा, द्वेष गर्दैन सो सन्न्यस्त भयो, अतः
निर्द्वन्द्व छ भने पार्थ स्वतः बन्धनमुक्त छ ।

अर्थात् कसैसंग द्वेष नगर्ने र कुनै कुराको आकाङ्क्षा पनि नराख्ने व्यक्तिलाई सन्न्यासी भनेर जान्नु पर्दछ । यस किसिमको द्वन्द्वरहित व्यक्ति सहजैले बन्धन मुक्त हुन्छ

सन्न्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
योगयुक्तो मुनिर्ब्रह्म नचिरेणाधिगच्छति ५।६ ।
कर्मयोगबिना हुन्छ सन्न्यास दुःखको जड,
निष्काम कर्मयोगी त ब्रह्ममा शीघ्र मिल्दछ ।

अर्थात् योगबिना सन्न्यासत्व प्राप्त हुन ज्यादै कठिन छ, तर मननशील निष्काम कर्मयोगीले चाहिँ चाँडै नै ब्रह्मत्व प्राप्त गर्न सक्दछ । यसरी समग्रमा हेर्दा यस अध्यायमा मूलतः साङ्ख्ययोग र कर्मयोगलाई एकै मानिएको भएता पनि निष्काम कर्मयोग अर्थात् फलासक्तिबिनाको कर्मयोगलाई भगवान् कृष्णले पहिलो श्रेणीमा राखेका छन् । यहाँ कृष्णले सन्न्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ मात्र भनेर दुवै योगलाई एउटै श्रेणीमा लिएको भए साङ्ख्ययोगको अनुसरण गरेर अर्जुन सन्न्यासी हुन सक्ने पनि संभावना थियो, यसो हुँदा श्रीकृष्णको अभीष्ट पूर्ण नहुन सक्थ्यो, त्यसैले उनले कर्मयोगलाई पहिलो स्थान दिएको हुन सक्छ ।

(आत्मसंयमयाेग)
ध्यानयोगको सम्यक् वणर्न गरिएको यस अध्यायमा श्रीकृष्णले अर्जुनलाई अष्टाङ्ग योगका बारेमा शिक्षा दिएका छन् । तिनमा पनि ध्यानयोग प्रमुख रहेको छ । यसमा शरीर, इन्द्रिय, मन र बुद्धिलाई नियन्त्रण गर्नु परम आवश्यक मानिएको छ । शरीर, इन्द्रिय, मन र बुद्धि यी सबैको योगलाई आत्माको संंज्ञा दिइएको छ । यहाँ यिनकै नियन्त्रण सम्बन्धी कुराहरूको विशेष वणर्न गरिएको हुनाले यस अध्यायको नाम आत्मसंयमयोग रहेको छ । यसरी हेर्दा मूलतः इन्द्रिय–संयम नै कर्म र ज्ञानको निचोड हो भन्ने कुरा प्रस्तुत अध्यायबाट अवगत गर्न सकिन्छ ।

समत्वं योग उच्यते अर्थात् सुखमा र दुःखमा मनको समान स्थिति हुनु नै योग हो । जब मानिसले सारा सांसारिक इच्छा आकाङ्क्षालाई त्यागेर फलाशा बिना कुनै कार्य गर्छ, त्यस बेला ऊ योगमा स्थित रहेको मानिन्छ । आफ्नो वशमा राख्ने व्यक्तिका निमित्त मन उसको सबभन्दा उत्तम मित्र बन्दछ, तर जसले आफ्नो मनलाई वशमा राख्न सक्तैन उसका लागि सोही मन उसको सबभन्दा ठुलो शत्रु हुन्छ । यस विषयमा निम्नलिखित श्लोकहरू प्रमाणका रूपमा रहेका छन् ः

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः । ६।५ ।
आफ्नो उद्धार आफैंले गर, रोक अधोगति,
किनकि आफु हो आफ्नो बन्धु, शत्रु दुवै थरी ।

अर्थात् आफैंले आफ्नो उद्धार गर्नुपर्छ, आफैंले आफ्नो पतन गर्नु हुँदैन, किनभने आफु नै आफ्नो मित्र हो र आफु नै आफ्नो शत्रु हो ।

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ९६।६० ।
आफु नै बन्धु हो आफ्नो आफैंले नैं जित्यो भने,
आफुले नजिते, आफैं ,आफ्नो शत्रु स्वयं हुने ।

अर्थात् आफुले आपैंmलाई वशमा राख्न सक्यो भने ऊ आफु नै आफ्नो बन्धु हो, तर आफुले आपैंmलाई वशमा राख्न सकेन भने ऊ आफु नै आफ्नो शत्रु हो ।

जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ९६।७० ।
जाडो(गर्मी, चिसो(तातो, अपमान र मानमा
सम(शान्त रही आत्मा जित्ने मिल्दछ ब्रह्ममा ।

अर्थात् चिसो–तातो, अनुकूलता–प्रतिकूलता, सुख–दुःख तथा मान–अपमान आदिमा समभाव राखेर आफुले आफुलाई जित्ने मानिसले परमात्माको सान्निध्य प्राप्त गर्दछ र ऊ सदा सन्तुष्ट पनि रहन्छ ।

गुरूनहत्वा हि महानुभावा–
ञ्छ्रे्रयो भोक्तुं भैक्ष्यमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव
भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् ९२।५०।
शिक्षा दिने यी गुरुवर्ग मार्नु–
भन्दा ठुलो ठान्दछु भीख माग्नु ।
हत्या गरेका गुरु–रक्तबाट
हुन्छन् सबै भोगविलास व्यर्थ ।

यसरी अर्जुनले युद्ध गर्नुभन्दा भिक्षा मागेर जीवन निर्वाह गर्नु श्रेयस्कर छ भनेको हुनाले उनको यस भनाइलाई लक्ष गरी यसै अध्यायको पहिलो श्लोकमा कृष्णले वास्तविक सन्न्यासी र वास्तविक योगीका बारेमा यसरी प्रकाश पारेका छन् ः “तिमीले भनेजस्तो (भिक्षा मागेर खाने) सन्न्यासीलाई वास्तविक सन्न्यासी मान्न सकिंदैन । वास्तविक सन्न्यासी त त्यो हो जसले कर्मफलको आश्रय छाडेर आफ्नो कर्तव्यकर्मलाई अरुका हितका निमित्त प्रयोग गर्दछ” ।

अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स सन्न्यासी च योगी च न निरग्निर्न चाक्रियः ९६।१० ।
हुन्छ योगी र सन्न्यासी निष्काम कर्म गर्छ जो,
स्वाहा र कर्म त्याग्दैमा सन्न्यासी, मुनि हुन्न त्यो ।

अर्थात् कर्मफलको आश्रय नलिईकन जसले कर्तव्यकर्म गर्छ त्यो नै सन्न्यासी तथा योगी हो, केवल अग्निको त्याग गर्दैमा अथवा यज्ञ, हवन आदि र कर्मको (देखावटी) त्याग गर्दैमा योगी पनि हुदैन । योगीको अपरिहार्यता तथा महत्त्वका विषयमा प्रकाश पार्दै यस अध्यायलाई यसरी उपसंहार गरिएको छ ः

तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योपि मतोऽधिकः ।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन । ६।४६।
ज्ञानीमा र तपस्वीमा, कर्मठे जनमा पनि,
योगी नै श्रेष्ठ हो पार्थ १ बन योगी तिमी पनि ।

यस अघिको श्लोकमा कृष्णले अर्जुनलाई तस्माद्योगी भवार्जुन भनेर योगी हुन आज्ञा दिएका छन् । यसबाट योगको गरिमा र महिमा स्वतः स्पष्ट भएको छ । यसबाहेक आठौं अध्यायको सत्ताइसौं श्लोकमा पनि योगयुक्तो भवार्जुन भनेर योगी नै बन्न आदेश दिएको देखिन्छ । योगीमा पनि भक्ति–योगीलाई उच्च स्थान प्रदान गर्दै वासुदेवले भनेका छन्ः
योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ६।४७ ।
सबै योगीहरूमध्ये मलाई अन्तरात्मले
श्रद्धापूर्वक भज्ने नै हो मेरो भक्त–नायिके ।

यसरी यस अध्यायमा आत्म(संयम योगका साथै भक्तियोगले पनि राम्रो प्रवेश पाएको छ ।

(ज्ञानविज्ञानयोग)

प्राचीन पूर्वीय दर्शनमा प्रयुक्त ज्ञान र विज्ञानका दुई परिभाषा छन् । सो परिभाषा अनुसार व्यष्टि रूपमा सृष्टिको ज्ञानलाई विज्ञान भनेको पाइन्छ भने व्यष्टिबाट समष्टितिरको प्रगतिलाई ज्ञान भनेको देखिन्छ । अर्थात् ज्ञान र विज्ञान दुवैद्वारा परमात्माका स्वरूपको ज्ञान गर्नु नै समग्र परमात्मतŒवको ज्ञान गर्नु हो । अर्को शब्दमा परमात्माको निर्गुण निराकार तŒवको प्रभाव, महात्म्य आदिलाई रहस्यसहित जान्नुलाई ज्ञान र सगुण साकार तथा निराकार तŒवको लीला, रहस्य, महŒव, गुण र प्रभाव आदिको पूर्ण ज्ञानलाई विज्ञान मानिएको छ । यस अध्यायमा समग्रतः उनै परमात्माको स्वरूप, उनलाई जान्ने आधिकारिक महात्माहरू र साधनहरूको वर्णन गरिएको हुनाले यस अध्यायको नाम ज्ञानविज्ञानयोग रहेको छ ।

माथि दिइएका दर्शनका दुवै परिभाषा मनुष्य मात्रका निमित्त उचित र उपयोगी देखिन्छन् । यस दृष्टिले अपरा र परा प्रकृतिका बारेमा दिइएको सुनिश्चित व्याख्या महŒवपूर्ण एवं महनीय रहेको छ ।
भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा (७।४) ।
भू, पानी, वायु, आकाश, अग्नि, बुद्धि तथा मन,
अहङ्कार गरी आठ मेरा प्रकृति छन् सुन ।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् (७।५) ।
अपरा जड हुन् आठ, अर्की चेतन हुन् परा,
विश्व–धारण गर्दैछिन् परा प्रकृतिले सदा ।

अर्थात् अपरा प्रकृतिमा पञ्चमहाभूत, मन, बुद्धि र अहङ्कार गरी जम्मा आठ तŒव छन् । जुन अण्डबाट मानिसको जन्म हुन्छ त्यसमा यी आठ तŒव रहन्छन् । तर यो प्राकृत सर्ग चेतन नभएर जड हो । यसमा ईश्वरीय चेष्टाको सम्पर्कबाट जुन चेतना आउँछ त्यसलाई परा प्रकृति भनिन्छ र त्यही नै जीव हो । यी आठ तŒवसँग मिलाउँदा जीवन नवौं तŒव हो । यस अध्यायमा भगवान्का अनेक रूपको पनि सामान्य उल्लेख भएको पाइन्छ भने यसको विस्तार विभूतियोग नामक दशौं अध्यायमा गरिएको छ ।

आकाशात्पतितं तोयं यथा गच्छति सागरम्,
सर्वदेव नमस्कारं केशवंप्रति गच्छति ।

लोकमा आ–आफ्ना रुचिअनुसार अनेक नाम र देवी देवताको उपासना गरेको देखिए–तापनि आकाशबाट खसेको पानी समुद्रमा पुगेर विलीन भएजस्तो ती सबैको एकमुष्ट उपासना एउटै अद्वैत परमात्मामा गएर मिल्दछ भन्ने उपर्युक्त भनाइलाई गीताले यसरी पुष्टि गरेको छ ः

मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ।७।७
कुनै अर्काे मबाहेक छैन कारण अर्जुन !
धागामा मणिझैं विश्व उनिएको ममा बुझ ।
यसरी मनुष्य मात्रलाई व्यष्टिबाट समष्टितिर रूपान्तरित हुनुपर्ने मूल सन्देश प्रवाह गर्नु नै यस अध्यायको प्रमुख उद्देश्य रहेको छ ।

(अक्षरब्रह्मयोग)

अक्षर र ब्रह्म यी दुवै शब्द परमात्माका सगुण र निर्गुण स्वरूपका वाचक हुन् । परमात्म–तŒवको नाम ॐ हो । यसलाई यहाँ एकाक्षरी ब्रह्मको संज्ञा दिइएको छ ।

ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् । ८।१३
जप्दै अक्षर ओम् ब्रह्म मलाई संझना गरी
मर्ने मानिसले भेट्छ सबैभन्दा उचो गति ।

समग्रमा यो अध्याय सगुण र निर्गुण रूप ॐकार परब्रह्मको वर्णनमा आधारित छ, त्यसैले यस अध्यायको नाम अक्षरब्रह्मयोग रहेको छ । यस अध्यायमा अक्षर–ब्रह्मका विषयमा भएका अन्य केही उदाहरणहरू यस प्रकार छन् ः

अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः (८।३) ।
अविनाशी पर–ब्रह्म, अध्यात्म स्व–स्वरूप हो
प्राणीको भाव उत्पन्न गर्ने त्याग स्व–कर्म हो ।

अर्थात् अक्षर परब्रह्म हो भने जीवको स्वभाव (आफ्नो पन) अध्यात्म हो अनि प्राणीको भाव उत्पन्न गर्ने त्याग चाहिँ कर्म हो ।

अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर (८।४) ।
अधिदैव विराट् रूप मेरो हो, अधिभूत त–
चला प्रकृति हो, अन्तर्यामी हुँ अधियज्ञ म ।

अर्थात् नाशवान् पदार्थलाई अधिभूत भनिन्छ भने पुरुष अर्थात् हिरण्यगर्भ (ब्रह्मा) लाई अधिदैव भनिन्छ र अन्तर्यामी रूपले देहमा रहने परब्रह्म परमात्मा चाहिं अधियज्ञ हुन् ।

अन्तकाले च मामेव स्मरन्मुक्Œवा कलेवरम् ।
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः (८।५) ।
जसले अन्तमा मेरै स्मृतिमा देह छोड्दछ–
त्यसले भेट्छ मैंलाई यसमा छैन संशय ।

अर्थात् जुन मानिसले अन्तकालमा मेरो स्मरण गर्दै देह छोड्छ, निःसन्देह उसले मलाई नै प्राप्त गर्दछ ।

यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तद्भावभावितः (८।६) ।
जे जस्तो भावना राखी अन्त्यमा देह छोड्दछ,
स्मृतिमा जे छ उसको ऊ त्यस्तै हुन्छ, पाण्डव !

अन्तकालीन चिन्तन अनुसार नै जीवको गति हुन्छ, अर्थात् प्राणान्त कालमा मानिसले जुन वस्तु, व्यक्ति आदिको चिन्तन गर्छ, तदनुसार उसलाई अर्को जन्मको शरीर प्राप्त हुन्छ, यसकारण मनुष्यले हरबखत सावधान रहनु पर्दछ । यसो गरे जीवनको अन्तिम धडीमा उसलाई भगवत्स्मृति प्राप्त भई उसले परब्रह्म परमात्माको सामीप्य प्राप्त गर्दछ । अन्तकालमा मृगको स्मरण गरेको हुनाले जडभरत जस्ता ज्ञानी महापुरुषले त मृगको योनिमा जन्म लिनुप¥यो भने अन्य साधारण व्यक्तिको के कुरा ।

यदक्षरं वेदविदो वदन्ति
विशन्ति यद्यतयो वीतरागाः ।
यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति
तत्ते पदं संग्रहेण प्रवक्ष्ये (८।११) ।
वेदज्ञले अक्षर–ब्रह्म भन्छन्,
जहाँ गई सन्त प्रवेश गर्छन् ।
इच्छा गरी ब्रह्मचारी वनेर–
रम्छन्, त्यही सार म भन्छु हेर

अर्थात् वेद जान्ने व्यक्ति जसलाई अक्षर भन्छन्, रागरहित यति जसमा प्रवेश गर्छन् र जसलाई पाउने इच्छा गर्दै साधक ब्रह्मचर्यको पालना गर्छन्, सो पद अर्थात् लक्ष्यका बारेमा म तिमीलाई संक्षेपमा भन्नेछु ।

अव्यक्तोऽक्षर इत्युक्तस्तमाहुः परमां गतिम्
यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम (८।२१) ।
अविनाशी र अव्यक्तलाई भन्छन् परंपद,
जहाँ पुगेर फिर्दैनन्, हो मेरो धाम निर्मल ।

अग्निज्र्याेतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः (८।२४) ।
अग्नि, सूर्य–प्रभा, शुक्ल–पक्ष र उत्तरायण–
कालमा देह त्याग्नेले ब्रह्म भेट्दछ तत्क्षण ।

यसरी समग्रमा अध्ययन गर्दा यस अध्यायमा अधिकांश स्थानमा अक्षर र ब्रह्मको चर्चा र परिशीलन भएको हुनाले यसको मूल अन्तर्वस्तु अविनाशी परब्रह्म परमात्मा नै रहेको पुष्टि हुन्छ । गीताले सङ्केत गरेका परब्रह्म परमात्मा श्रीकृष्ण नै हुन् । यसको उद्घोष कृष्ण स्वयंले यसरी गरेका छन् ः हृदि सर्वष्य विष्ठितम् (१३।१७), सर्वस्य चाहं हृदि सन्निविष्ट (१५।१५) आदि ।

(राजविद्याराजगुह्ययोग)

यस अध्यायमा श्रीकृष्णले गीतालाई सम्पूर्ण विद्याका साथै गुप्त राख्न योग्य भावहरूको राजा भनेका छन्, त्यसैले यस अध्यायको नाम राजविद्याराजगुह्ययोग रहेको छ । अध्यात्मविद्याको राजा मानिएको यस गुह्य ज्ञानलाई सर्वश्रेष्ठ ज्ञानका रूपमा लिइएको छ ।

राजविद्या राजगुह्यं पवित्रमिदमुत्तम् ।
प्रत्यक्षावगमं धम्र्यं सुसुखं कर्तुमव्ययम् (९।२।) ।
विद्या र गुह्यको राजा, शुचि, श्रेष्ठ, ननासिने,
फलदा, धर्मले युक्त, सजिलै यो छ पाइने ।

उपर्युक्त श्लोक यस अध्यायको सूत्र श्लोक हो । यहाँ विज्ञानसहितको ज्ञानलाई सबै विद्याको राजा मानिएको छ, किनभने यसलाई कुशलतापूर्वक जानिसके पछि अरू जान्न केही बाँकी रहँदैन । गीताको ज्ञान संसारका सम्पूर्ण रहस्यमय गुप्त कुराहरूको राजा हो । संसारमा यसभन्दा ठुलो अर्को कुनै रहस्यमय कुरा छैन । त्यसैले यसलाई राजगुह्यम् भनिएको हो । नाटकमा सबैका अगाडि पाठ खेल्ने पात्रले आप्नो असली परिचय गोप्य राखेको हुन्छ, किनभने दर्शकका अगाडी रामको पाठ खेल्ने अमुक पात्रको वास्तविक परिचय खुल्यो भने रसको साधारणीकरणमा बाधा पर्छ र नाटक नै खल्लो हुन्छ । त्यस्तै परमात्माले पनि मनुष्यका रूपमा लीला गर्दा आफ्नो वास्तविक कुरालाई गोप्य राखेका हुन्छन् । अभक्तका सामुन्ने परमात्माले आफु अजन्मा र अविनाशी भएको कुरा कहिल्यै प्रकट गर्दैनन्, तर ऐकान्तिक प्यारा भक्तका अगाडि उनी प्रकट नभई रहन सक्तैनन् । परमात्मा स्वयं प्रकट हुने विद्या पवित्रतम विद्या हो । यो अत्यन्त गोपनीय हुन्छ । यस विद्याको सेवन गर्ने जस्तै पापी र दुराचारी मान्छे पनि चाँडै नै पापकर्म त्यागेर पवित्र बन्दछ र उसले शाश्वत शान्ति प्राप्त गर्दछ । यो श्रीकृष्णको स्व–उद्घोष हो ।

यहाँ राजविद्या आदि आठ विशेषण दिएर विज्ञान–सहितको ज्ञानलाई पवित्र बताइएको छ । त्यति मात्र होइन परमात्माका नाम, रूप, लीला, धाम, स्मरण, कीर्तन, जप, ध्यान, ज्ञान आदि भगवत्सम्बन्धी सबै कुरा पवित्रतम र सर्वश्रेष्ठ हुन्छन् । यस विज्ञानयुक्त ज्ञानलाई जानेर अनुभव गर्ने मनिसलाई इङ्गित गर्दै श्रीकृष्ण भन्छन्– “ऊ ममा छ र म उसमा छु, मयि ते तेषु चाप्यहम्” (९।२९) ।

यो विद्या जानेपछि मूर्ख पनि तत्काल ज्ञानीमा रूपान्तरित हुन्छ । यो धर्ममय छ । निष्काम भावले जति पनि कर्तव्य कर्म गरिन्छ त्यसलाई नै गीताले धर्मका रूपमा स्वीकार गरेको छ । यो विद्या अविनाशी हो र परमात्माका भक्त पनि अविनाशी हुन् कृष्ण भन्छन् — न मे भक्तः प्रणश्यति (९।२१) । अर्को कुरा गीताअनुसार गरिने भक्तिलाई अत्यन्त सुगम मानिएको छ ।

पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः (९।२६) ।
फल–फूल, सुधा, पात भक्तले जे दिए पनि,
त्यसको दान स्वीकार गर्दछु म खुसी बनी ।

हाम्रो पूर्वीय सनातन धर्ममा जस्तो परमात्मा खुशी पार्ने सरल तरिका विश्वका अन्य कुनै धर्ममा पनि छैन । यसमा कुनै वार–बेलाको बन्देज छैन । मन्दिर जानै पर्छ भन्ने छैन । जहाँ जस्तो अवस्थामा भए पनि पवित्र भावनाबाट संझना गरे हाम्रा परमात्मा खुशी हुन्छन् । हाम्रो सनातन धर्मको निचोड हो कुनै वर्ण, आश्रम, सम्प्रदाय, देश, भेष आदिमा संलग्न, स्वच्छ एवं पवित्र भावना भएका सबै मानिस परमात्माको आश्रय लिएर भगवत्प्राप्तिको लक्षमा सजिलै पुग्न सक्छन् ।

“पृथ्वीमा मनुष्य जस्तो अमूल्य चोला पाएर पनि कुनै मानिसले आसुरी सम्पत्तिको आश्रय लिएका छन् भने, कुनै मानिस सकाम भावद्वारा यज्ञ आदिको अनुष्ठान गरेर अधोगतितिर गएका छन् । तिनीहरूले यो कुबाटो छाडेर मेरो भजन गरे उत्तम गति प्राप्त गरी मेरा धाममा सजिलै पुग्न सक्छन्” । यो गीताका महानायक श्रीकृष्णको महान्–वाणी हो ।

यसरी गीतालाई अध्यात्म विद्याको राजा मान्नु र परमात्माका निमित्त भक्तको स्थान सर्वोपरि छ भन्ने शिक्षा दिनु नै यस अध्यायको प्रमुख उद्देश्य हो ।

सजिलो काेमलगीता

सम्पादन गर्नुहोस्

समछन्दानुवाद

प्रथमाेध्याय

सम्पादन गर्नुहोस्


धृतराष्ट्र उवाच
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः
मामकाः पाण्डवाश्चैव किमकुर्वत संजय (१)
धृतराष्ट्रले भने
धर्मभूमि कुरुक्षेत्र पुगेर लड्न उत्सुक,
छोरा र भतिजा केके गर्दैछन् भन सञ्जय !

सञ्जय उवाच
दृष्टा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत् (२)
सञ्जयले भने
पाण्डुका पुत्रको सैन्य–मोर्चा देखी सुयोधन
गएर द्रोणका सामू, हे राजन् ! के भने सुन ।

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता (३)
हेर्नुहोस् गुरुका शिष्य विद्वान् द्रुपदपुत्रल
विशाल पाण्डवी सेना हाँकेको छ कमालले ।

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि
युयुधानो विराटश्च द्रुपदश्च महारथः (४)
भीम अर्जुनझैं धेरै युद्धमा शूरवीर छन्
यज्ञसेन, महायोद्धा युयुधान, विराट छन् ।

धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान्
पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गवः (५)
धृष्टकेतु, चेकितान, काशीराज पराक्रमी;
पुरुजित् र कुन्तिभोज शैब्य छन् नर अग्रणी ।
यज्ञसेन = द्रुपदको अर्काे नाम,
युयुधान .= कृष्णका सारथी सात्यकिको अर्काे नाम ।

युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः (६)
उत्तमौजा ठुला वीर, युधामन्यु बडा बली,
सौभद्र, द्रौपदीपुत्र सबै नै छन् महारथी ।
युधामन्यु = पाञ्चाल नरेश ।
उत्तमौजा = युधामन्युका भाइ ।
सौभद्र = सुभद्रनका पुत्र ।

अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम
नायका मम सैन्यस्य सञ्ज्ञार्थं तान्ब्रवीमि ते (७)
हाम्रा योद्धा बडा वीर, चिन्नुहोस् द्विज उत्तम !
सेनानायक जो जो छन् ज्ञानका निम्ति भन्छु म ।

भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च (८)
भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्णको
जित हुन्छ, तपाईं र भूरिश्रवा समेतको ।
विकर्ण = दुर्याेधनको भाइ ।
भूरिश्रवा = सोमदत्तका छोरा ।

अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः (९)
मेरा निम्ति सबै वीर गर्छन् जीवन अर्पण,
अनेक शस्त्रका ज्ञाता सबै छन् युद्ध चेतन ।

अपर्याप्तंं तदस्माकं बलं भीष्माभिरक्षितम्
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् (१०)
भीष्मरक्षित यो हाम्रो सेनाबल असीम छ
भीमरक्षित त्यो सेना उनको देख्छु सीमित ।

अयनेषु च सर्वेषु यथाभागमवस्थिताः
भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि (११)
सबै मोर्चाहरूभित्र आआफ्ना स्थानमा रही,
सुरक्षा भीष्मको गर्नू सबै योद्धाहरू मिली ।

तस्य सञ्जनयन्हर्षं कुरुवृद्धः पितामहः
सिंहनादं विनद्योच्चैः शंखं दध्मौ प्रतापवान् (१२)
त्यो दुर्याेधनमा हर्ष उत्पन्न गर्न भीष्मले,
सिंहगर्जनले शङ्ख फुके अत्युच्च सोरले ।

ततः शङ्खाश्च भेर्यश्च पणवानकगोमुखाः
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् (१३)
धेरै शङ्ख तथा ढोल, नगरा, सिङ, मादल
एकैसाथ बजे, शब्द निकालेर भयङ्कर !

ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ
माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः (१४)
त्यस्पछि श्वेत घोडाका उत्कृष्ट रथमा बसी,
कृष्ण, अर्जुनले दिव्य बजाए शङ्ख बेसरी ।

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः
पौण्ड्रं दध्मौ महाशङ्ख भीमकर्मा वृकोदरः (१५)
पाञ्चजन्य तथा पाैण्ड्र, देवदत्तादि नामका,
क्रमैसँग बजे शङ्ख कृष्ण, भीम र पार्थका ।

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ (१६)
घन्काए धर्मले आफ्नो अनन्तविजय–स्वन,
माद्रेयले फुके शङ्ख सुघोष, मणिपुष्पक ।
स्वन = ध्वनि ।
माद्रेय = माद्रीका (दुई) छोरा ।

काश्यश्च परमेष्वासः शिखण्डी च महारथः
धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजितः (१७)
काशीराज धनुश्रेष्ठ, शिखण्डी, जो महारथी,
धृष्टद्युम्न विराट् त्यस्तै अर्का अजित सात्यकि,

द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते
सौभद्रश्च महाबाहुः शङ्खान्दध्मुः पृथक्पृथक् (१८)
द्रुपद द्रौपदीपुत्र सुभद्रापुत्रले अनि
हे राजन् ! अन्य साराले घन्काए शङ्खको ध्वनि ।

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्
नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन् (१९)
ध्वनिले नभ पृथ्वीमा गर्याे गुञ्जन भीषण,
त्यसले मुटुमा ढ्याङ्ग्रो बज्यो कौरव-पक्षमा ।

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः
प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः (२०)
हृषीकेशं तदा वाक्यमिदमाह महीपते
वाण हान्न उठाएर लागेथे जब अर्जुन,
सेनाका व्यूहमा देखे कौरवादि सबै जन ।
श्रीकृष्णसँग, हे राजन् ! भने अर्जुनले तब

अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत (२१)
अर्जुनले भने
दुइटै सैन्यका बीच राख यो रथ अच्युत !

यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान्
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे (२२)
म हेरूँ, युद्धको इच्छा गर्ने, यो रणभूमिमा,
कोको छन्, लड्नुपर्ने हो मैले कोसँग युद्धमा ।

योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः (२३)
दुर्योधन मतिभ्रष्ट पक्षमा लड्न उत्सुक,
हेर्छु योद्धाहरू को को आएका छन् यहाँ सब ।

सञ्जय उवाच
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् (२४)
सञ्जयले भने
सुनी अजुर्नका वाणी, हे राजन् कृष्णले तब
दुइटै बलकाबीच राखे उत्तम सो रथ ।

भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम्
उवाच पार्थ पश्यैतान् समवेतान् कुरूनिति (२५)
भीष्मद्रोण तथा भूप सामुमा विश्वका सब,
भने श्रीकृष्णले, पार्थ ! हेर, एकत्र कौरव ।

तत्रापश्यत्स्थितान्पार्थः पितृनथ पितामहान्
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा (२६)
किरीटिले त्यहाँ देखे सेनाबिच दुवैतिर
बाबु तथा बुढाबाबु, मामा, गुरु र पुत्रक,

श्वशुरान्सुहृदश्चैव सेनयोरुभयोरपि
नाति र ससुरा, भ्राता, साथी र शुभचिन्तक ।

तान्समीक्ष्य स कौन्तेयः सर्वान्बन्धूनवस्थितान् (२७)
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत्
देखी त्यहाँ सबै बन्धु-वर्ग आदि उपस्थित । २७
चिन्ता र करुणा व्यक्त गर्दै बोले पृथासुत ।

अर्जुन उवाच
दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् (२८)
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति
वेपथुश्च शरीरे में रोमहर्षश्च जायते (२९)
अर्जुनले भने
लड्ने इच्छा गरी मेरा आफ्ना मान्छे उपस्थित–।।२८।।
देखी देहाङ्ग गल्दैछन् सुक्तैछ मुख केशव !
जिरिङ्ङ गर्छ यो आङ, शरीर पनि काम्दछ ।।२९।।

गाण्डीवं स्रंसते हस्तात्वक्चैव परिदह्यते
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः (३०)
गाण्डीव पनि खस्तैछ, छाला पोल्दैछ यो क्षण ।
घुम्दैछ मन यो मेरो उभिनै पनि सक्दिन,

निमित्तानि च पश्यामि विपरीतानि केशव
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे (३१)
विपरीत म देख्तैछु लक्षणादि जनार्दन !
कल्याण पनि देखिन्न मारी आफ्ना सखाजन ।

न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा (३२)
जित नै न त चाहन्छु न राज्य प्राप्तिको सुख,
बाँचेर राज्यको भोग केका निमित्त केशव !

येषामर्थे काङक्षितं नो राज्यं भोगाः सुखानि च
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च (३३)
जसका लागि चाहिन्छ राज्य, भोग तथा सुख,
तिनै छन् युद्ध-आसक्त त्यागी प्राण धनादिक ।

आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्न्धिनस्तथा (३४)
गुरु, बाबु तथा छोरा, मेरा आफ्नै पितामह,
मामा र ससुरा नाति साला सम्बन्धका सब,

एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते (३५)
मरूँ बरु, यिनीलाई मार्न चाहन्न केशव,
पृथ्वीको के कुरा गर्ने, लिन्न त्रैलोक्य–वैभव ।

निहत्य धार्तराष्ट्रान्न का प्रीतिः स्याज्जनार्दन
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः (३६)
सारा कौरव मार्नाले के खुसी लाग्छ केशव !
आततायीहरू मार्दा पाप लाग्दछ झन् अब ।

तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान्
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव (३७)
हामी अयोग्य छौं मार्न कौरवादि स्वबान्धव
मारी आफन्त के हामी सुखी हुन्छौं र माधव !

यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् (३८)
कुल–नाश तथा मित्र–द्रोहमा दोष, पाप छ,
तथापि प्रष्ट देख्तैनन् लोभी चित्त हुने सब ।

कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम्
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन (३९)
कुलको नाशमा ठूलो दोष देख्छौं जनार्दन !
नसोच्नु किन हामीले ! सो पापबाट जोगिन ।

कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत (४०)
कुलक्षय हुँदा नाश हुन्छन् धर्म सनातन
धर्मका नाशले बढ्छन् अधर्मी कुल–नाशक ।

अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसङ्करः (४१)
बढ्दा अधर्म हे कृष्ण ! कुलका स्त्री प्रदूषित–
बन्दछन् र तिनैबाट जन्मन्छन् वर्णसङ्कर ।
वर्णसङ्कर = ठिमाहा, अवैध सन्तान ।

सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः (४२)
ठिमाहा, कुलघातीका कुलपितृहरू सब,
पिण्ड–पानी भई लोप झर्छन् नरकमा तब ।

दोषैरेतैः कुलघ्नानां वर्णसङ्करकारकैः
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः (४३)
दोषले कुलघातीका जन्मन्छन् वर्णसङ्कर,
नासिन्छन् कुलका धर्म, जातिधर्म परम्परा ।

उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन
नरकेऽनियतं वासो भवतीत्यनुशुश्रुम (४४)
मान्छेका कुलको धर्म भयो नष्ट भने, तब
तिनको नर्कमा बास हुन्छ, सुन्छु म केशव !

अहो बत महत्पापं कर्तुं व्यवसिता वयम्
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः (४५)
अहो ! हामी ठुलो पाप गर्न छौं सब उत्सुक,
राज्यको सुख–तृष्णाले छौं बन्धु मार्न उद्यत ।

यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् (४६)
अविरोधी र निस्शस्त्र-सँग शस्त्रास्त्र धारण–
गर्ने कौरवले मारून् मलाई, बरु श्रेय छ ।

सञ्जय उवाच
एवमुक्त्वार्जुनः सङ्ख्ये रथोपस्थ उपाविशत्
विसृज्य सशरं चापं शोकसंविग्नमानसः (४७)
सञ्जयले भने
यसो भनेर रणमा शोकविह्वल अर्जुन
बसे धनुर्वाण त्यागी आफ्नो रथ समीपमा ।

हरिः ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः । हरिः ॐ तत् सत् ।

द्वितीयोध्यायः

सम्पादन गर्नुहोस्

(साङ्ख्ययोग)
सञ्जय उवाच
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः (१)
सञ्जयले भने
दयामिश्रित आँखाले आँसु वर्षा गरी रुन-
लागेका शोक-कर्तामा भन्न लागे जनार्दन ।

श्रीभगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन (२)
भगवान्ले भने
बडाको हैन यो काम, मिल्दैन यश, स्वर्ग त्यो
विषम स्थितिमा मैलो तिमीमा कसरी पस्यो !

क्लैब्यं मा स्म गमः पार्थ नैततत्वय्युपपद्यते
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप (३)
नपुंसक हुने कार्य शोभा दिन्न पृथासुत !
तुच्छ दुर्बलता त्यागी उठ हे शत्रु–नाशक !

अर्जुन उवाच
कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन (४)
अर्जुनले भने
युद्धमा कसरी वाण चलाऊँ भीष्मद्रोणमा
दुवै नै योग्य छन् पूजा गर्न हे मधुसूदन !

गुरूनहत्वा हि महानुभावा
ञ्छ्रेयो भोक्तुं भैक्ष्यमपीह लोके
हत्वार्थकामांस्तु गुरूनिहैव
भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् (५)
शिक्षा दिने यी गुरुवर्ग मार्नु–
भन्दा ठुलो ठान्दछु भिक्षु बन्नु ।
हत्या गरेका गुरु-रक्तबाट
हुन्छन् सबै भोगविलास व्यर्थ ।

न चैतद्विद्मः कतरन्नो गरीयो
यद्वा जयेम यदि वा नो जयेयुः
यानेव हत्वा न जिजीविषाम
स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः (६)
लड्ने नलड्ने कुन हुन्छ राम्रो !
जित्छन् उनै, हुन्छ कि जीत हाम्रो !
मारेर बाँच्ने पनि छैन इच्छा
अगाडि छन् कौरव मुख्य योद्धा ।

कार्पण्यदोषोपहतस्वभावः
पृच्छामि त्वां धर्मसम्मूढचेताः
यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे
शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् (७)
दुर्बुद्धिले दुर्बल चित्तयुक्त
भएर सोद्धैछु म मोहग्रस्त ।
जो श्रेय हो निश्चित सो बताऊ,
म शिष्य हुँ ज्ञान र साथ पाऊँ ।

न हि प्रपश्यामि ममापनुद्यात्
यच्छोकमुच्छोषणमिन्द्रियाणाम्
अवाप्य भूमावसपत्नमृद्धं
राज्यं सुराणामपि चाधिपत्यम् (८)
पाए पनि स्वर्ग, सुरेन्द्रराज्य,
सम्पूर्ण भूमण्डल आधिपत्य ।
उपाय क्यै देख्दिन शोक टार्ने,
मेरा सबै इन्द्रिय शुष्क पार्ने ।
शुष्क = सुखा ।

सञ्जय उवाच
एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तप
न योत्स्य इतिगोविन्दमुक्त्वा तूष्णीं बभूव ह (९)
सञ्जयले भने
हे राजन् ! कृष्णमा यस्ता कुरा भन्दै पृथासुत
युद्ध गर्दिन गोविन्द ! भनी चुप भए तब ।

तमुवाच हृषीकेशः प्रहसन्निव भारत
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः (१०)
दुईटै शैन्यका बीच रहेका शोक-विह्वल,
पार्थलाई भने हाँस्दै देवकीसुतले, नृप !

श्रीभगवानुवाच
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे
गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः (११)
भगवान्ले भने
कुरा पण्डितका गर्छाै, शोक गर्छाै अयोग्यमा,
कुनै व्यक्ति मरोस् बाँचोस्, पर्दैनन् विज्ञ शोकमा ।

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः
न चैव न भविष्यामः सर्वे वयमतः परम् (१२)
म तिमी सब राजा यी अघिल्लो जन्ममा पनि–
थियौं, सब हुने नै छौं पछिल्लो जन्ममा पनि ।

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति (१३)
जस्तै बाल, युवा, वृद्ध अवस्था हुन्छ देहमा,
मर्छ, हुन्छ पुनर्जन्म, ज्ञानी अल्झिन्न मोहमा ।

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत (१४)
सुख-दु:ख, चिसाे-तातो छन् अनित्य र प्राकृत,
जाने र आउने गर्छन्, सहनै पर्छ, भारत !

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते (१५)
सुखमा दु:खमा एक भाव राख्दछ जो नर,
बुझ हे पुरुषश्रेष्ठ ! त्यसैले मुक्ति पाउँछ ।

नासतो विद्यते भावो नाभावो विद्यते सतः
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः (१६)
अस्तित्व जसको छैन, त्यो छँदैछैन निश्चय,
तत्त्ववेत्ताहरू भन्छन् आत्मा नासिन्न सत्य छ ।

अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम्
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति (१७)
प्राणीका देहमा व्याप्त आत्मा नासिन्न, सत्य छ,
यसलाई नाश गर्न सक्ने व्यक्तित्व को छ र !

अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः
अनाशिनो›प्रमेयस्य तस्माद्युध्यस्व भारत (१८)
आत्मा नासिन्न, नापिन्न, तर भौतिक देह त
नाश हुन्छ, त्यसैले नै लड लाै अब भारत ।

य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम्
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते (१९)
यो आत्मा मारिने, मार्ने संझने मूढ हुन् नर,
किन कि नित्य यो आत्मा न मारिन्छ न मार्दछ ।

न जायते म्रियते वा कदाचि
न्नायं भूत्वा भविता वा न भूयः
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे (२०)
न लिन्छ यो जन्म, न मृत्यु हुन्छ,
न यो थियो वा न त यो हुनेछ ।
हो यो पुरानो र अजन्म, नित्य,
मर्दैन आत्मा, तर देह मर्छ ।

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् (२१)
भन्छन् ज्ञानी अजन्मा यो आत्मा अक्षय, नित्य छ,
कसले कसरी मार्छ ! को मारिन्छ ! पृथासुत !

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही (२२)
जस्तै फुकालेर लुगा पुराना
- मान्छेहरू लाउँदछन् नवीन ।
त्यस्तै पुरानो तन झट्ट त्यागी
अर्को नयाँ धारण गर्छ देही ।
देही = जीवात्मा । तन = शरीर

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः (२३)
न त काट्दछ शस्त्रैले न आगाले डढाउँछ,
न भिजाउँछ पानीले न हावाले सुकाउँछ ।।

अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः (२४)
न डढ्छ, न त छेडिन्छ, न भिज्छ न त सुक्दछ,
यो सदा सर्वव्यापी छ, नचली स्थिर बस्तछ ।

अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि (२५)
स्वच्छ निर्मल यो आत्माबारे भन्न र चिन्तन–
गर्नै सकिन्न हे तात छोड यो शोक गन्थन ।।

अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि (२६)
मान्छे यो जन्मने नित्य र मर्ने पनि नित्य हो
भन्ने ठान्छौ भने पार्थ ! शोक गर्न अयोग्य छौ ।

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि (२७)
सत्य हो जन्मने मर्छ मर्ने जन्मिन्छ निश्चय,
अनिवार्य क्रियामाथि शोक गर्नु अयोग्य छ ।।

अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत
अव्यक्तनिधनान्येव तत्र का परिदेवना (२८)
यो अदृश्य थियो पैले, मृत्युपश्चात् अदृश्य छ
बिचमा मात्र देखिन्छ किन यो शोक भारत !

आश्चर्यवत्पश्यति कश्चिदेन
माश्चर्यवद्वदति तथैव चान्यः
आश्चर्यवच्चैनमन्यः शृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्चित् (२९)
आश्चर्यले हेर्दछ विज्ञ कोही,
आश्चर्यले वर्णन गर्छ कोही ।
आश्चर्यले सुन्दछ अन्य कोही,
बुझ्दैन सुन्दा पनि ठ्याम्म कोही ।

देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि(३०)
देहमा स्थित आत्मा यो मारिन्न बुझ अर्जुन !
त्यसकारण प्राणीको शोक त्याग यसै क्षण ।

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते(३१)
हे अर्जुन तिमी क्षत्री हुनाले धर्म पालन–
गर लौ यसबाहेक छैन क्यै अन्य साधन ।

यदृच्छया चोपपन्नां स्वर्गद्वारमपावृतम्
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम्(३२)
त्यो क्षत्री भाग्यमानी हो र सुखी हो, पृथासुत !
जसले युद्धको मौका पाएर स्वर्ग भोग्दछ ।

अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि(३३)
परन्तु धर्मको युद्ध लडेनौ अहिले भने
कीर्ति स्वधर्म त्यागेर अधर्मी बन्दछौ तिमी ।

अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम्
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते(३४)
अपकीर्ति सधैं तिम्रो गाउँनेछन् मनुष्यले,
मान्छेका निम्ति यो कार्य मर्नुभन्दा ठुलो छ है ।

भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् (३५)
जो जो योद्धाहरूबाट सम्मानित थियौ अघि
डरपोक तथा तुच्छ मानिनेछौ तिमी पछि ।

अवाच्यवादांश्च बहून् वदिष्यन्ति तवाहिताः
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम्(३६)
तिम्रो सामर्थ्यको निन्दा गर्नेछन् कटु वाक्यले,
यो भन्दा दुःखदायी त हुन सक्दछ अन्य के !

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः (३७)
मरेमा पाउँछौ स्वर्ग, जितेमा भोग्दछौ मही
त्यसैले उठ कुन्तीका पुत्र लड्न खडा भई ।

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि(३८)
सुख–दुःख तथा लाभ-हानी, जित र हारको
त्यागी विचार, लड्दामा पाप लाग्दैन मारको ।

एषा तेऽभिहिता साङ्ख्ये बुद्धिर्योगे त्विमां श्रृणु
बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि(३९)
साङ्ख्यमा भनियो पार्थ ! सुन लौ ज्ञानयोगमा,
ज्ञानीलाई त सक्तैन कर्म-बन्धनले छुन ।

नेहाभिक्रमनाशोऽस्ति प्रत्यवातो न विद्यते
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् (४०)
हुँदैन नाश प्रारम्भ, पार्थ ! दोष हुदैन क्यै
निष्काम कर्म थोरैले ठूलो भय लगार्छ है ।
प्रारम्भ = धर्मको आरम्भ ।

व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् (४१)
निस्काम कर्मयोगीको एकै हुन्छ प्रयोजन,
अज्ञानीहरुको बुद्धि बाँडिन्छ कुरुनन्दन !

यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः (४२)
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम्
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति (४३)
अज्ञानी फलको आशा राख्छन् वेदोक्त कर्ममा,
कामना राख्दछन् स्वर्ग-प्राप्ति र उच्च जन्ममा ।
भन्छन् इन्द्रियको तृप्ति, ऐश्वर्यमय जीवन-
भन्दा ठुलो कुनै छैन यिनै हुन् अति उत्तम ।

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम्
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते (४४)
भोग ऐश्वर्य आसक्त मोहग्रस्त हुने जति–
सबैको बुद्धि एकाग्र बन्दैन भगवान्प्रति ।

त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान् (४५)
वेदमा गुण छन् तीन, यी नाघ्नुपर्छ अर्जुन !
हर्षशोकादिले हीन, बन आत्मपरायण ।

यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके
तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः (४६)
पोखरी पूर्ण भेटेमा कुवाको के प्रयोजन !
शास्त्रज्ञाता भए आफैं वेदको के प्रयोजन !

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
मा कर्मफलहेतुर्भूर्मा ते ङ्गोऽस्त्वकर्मणि (४७)
प्रभुत्व कर्ममा हुन्छ, हुदैन फल पाउन,
नबन्नू फल-आसक्त, नभन्नू कर्म गर्दिन ।

योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते (४८)
गर योगी भई कर्म सङ्ग त्यागी धनञ्जय !
सिद्धि असिद्धिमा एक हुनु नै योग हो बुझ ।

दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः (४९)
सकाम फलको आशा गर्ने कृपण हुन् बुझ,
तिनदेखि रही टाढा ईशका पाउमा पर ।

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् (५०)
बुद्धिका योगले डढ्छन् पापपुण्यहरू सब ।
त्यसैले योगमा लाग यही हो कर्म-कौशल ।

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् (५१)
समत्व बुद्धिले गर्दा ऋषि, भक्तहरू सब,
सकाम फल त्यागेर पुग्छन् ईश-परम्पद ।

यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च(५२)
मोहले जब ढाकेको बुद्धि त्यो पार तर्दछ,
सुनेका, सुनिने भोग हुन्छन् विरक्त तत्क्षण ।

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि (५३)
जब वेदादिद्वारा त्यो मन बन्दैन चञ्चल
तब बुद्धि समाधिस्थ हुन्छ, पुग्छौ परम्पद ।

अर्जुन उवाच
स्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव !
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम्(५४)
अर्जुनले भने
अध्यात्मलीनको कस्तो हुन्छ लक्षण केशव !
उसले कसरी भाषा बोल्छ, बस्छ, र हिंड्दछ ?

श्रीभगवानुवाच
प्रजहाति यदा कामान् सर्वान्पार्थ मनोगतान्
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते (५५)
भगवान्ले भने
डढाएर सबै इच्छा, कामना मनभित्रका
आत्म-सन्तुष्टिले पार्थ ! पुग्छ त्यो स्थितप्रज्ञमा ।

दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते(५६)
बन्दैन दुःखमा दुःखी, गर्दैन सुख चाहना,
भय क्रोधादिले मुक्त, हो ज्ञानी मुनि उत्तम ।

यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम्
नाभिनंन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता(५७)
न शुभ प्राप्तिमा हाँस्ने न ता अशुभमा रुने
बुद्धिमान् पूर्ण ज्ञानी हो स्थिर बुद्धि सदा हुने ।

यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वशः
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता(५८)
जसरी कछुवा आफ्नो सबै अङ्ग लुकाउँछ,
इन्द्रियादि लुकाएमा चेतना स्थिर बन्दछ ।

विषया विनिवर्तन्ते निराहारस्य देहिनः
रसवर्जं रसोऽप्यस्य परं दृष्टवा निवर्तते (५९)
भोगेच्छाशून्य देहीमा विषयादि हटे पनि
रहन्छ राग, योगीमा रहन्नन् वासना कुनै ।

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः (६०)
वशमा राख्न जो खोज्छ विषयेन्द्रिय अर्जुन !
बलपूर्वक तानेर मन हर्दछ तत्क्षण ।

तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता (६१)
ममाथि संझना राखे बुद्धि हुन्छ प्रतिष्ठित
बुद्धिले वशमा राख्छ इन्द्रियादिहरू सब ।

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते
सङ्गासञ्जायते कामः कामात्क्रोधोऽभिजायते (६२)
विषयेन्द्रियको ध्यान-द्वारा आसक्ति बढ्दछ,
इच्छा आसक्तिले बढ्छ, इच्छाले क्रोध बढ्दछ ।

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति (६३)
क्रोधले हुन्छ सम्मोह त्यसले स्मृति नास्दछ,
स्मृति नास हुँदा बुद्धि नासिन्छ, के रहन्छ र !

रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन्
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति (६४)
रागद्वेषादिले मुक्त भई इन्द्रिय संंयम-
गरी वश गरे चित्त, ईश भेटिन्छ निश्चय ।

प्रसादे सर्वदुःखानां हानिरस्योपजायते
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते (६५)
चित्त प्रसन्नले सारा दुःख नासिन्छ तत्क्षण,
स्थिर बन्दछ यो बुद्धि, चाँडै ईश्वर भेट्दछ ।

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् (६६)
बुद्धि र भावना हुन्न त्यसमा, जो अयुक्त छ,
हुन्न अयुक्तमा शान्ति, अनि हुन्छ कहाँ सुख !
भावना = आध्यात्मिक चिन्तन ।

इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि (६७)
दश इन्द्रियमा एक मन यो पछि लाग्दछ-
भने पवनले नाउ जस्तै बुद्धि भगाउँछ ।

तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता (६८)
सारा इन्द्रियका इच्छा वासना छुट्दछन् जब,
स्थिर बन्दछ मान्छेको आफ्नो बुद्धि पृथासुत !

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः (६९)
प्राणी समस्तको रात ज्ञानीको दिन बन्दछ,
प्राणीको दिन ज्ञानीले औँसीको रात ठान्दछ ।

आपूर्यमाणमचलप्रतिष्ठं
समुद्रमापः प्रविशन्ति यद्वत्
तद्वत्कामा यं प्रविशन्ति सर्वे
स शान्तिमाप्नोति न कामकामी (७०)
जस्तै भरी निश्चल सिन्धुभित्र
पस्छन् नदी शान्त भई सुटुक्क ।
निष्काममा काम सशान्त पस्छन्,
सकाममा दु:ख दिएर बस्छन् ।

विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः
निर्ममो निरहंकारः स शान्तिमधिगच्छति (७१)
अहंकार तथा इच्छा ममता कामना सब
त्याग्ने मनुष्यले शान्ति सजिलै प्राप्त गर्दछ ।

एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति (७२)
अध्यात्म मार्गमा हिंड्दा कोही बन्दैन मोहित,
पार्थ ! यस्तो भए ब्रह्म अन्तमा पनि मिल्दछ ।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः । हरिः ॐ तत् सत् ।।

तृतीयोध्यायः
चतुर्थोध्यायः
पञ्चमोध्यायः
षष्ठोध्यायः
सप्तमोध्यायः
अष्टमोध्यायः
नवमोध्यायः
दशमोध्यायः
एकादशोध्यायः
द्वादशोध्यायः
त्रयोदशोध्यायः
चतुर्दशोध्यायः
पञ्चदशोध्यायः
षोडशोध्यायः
सप्तदशोध्यायः
अष्टादशोध्यायः

गीताध्यानम्
गीतामाहात्म्यम्
सजिलो कोमलगीता/भूमिका
सजिलो कोमलगीता/भूमिका २
सजिलो कोमलगीता/भूमिका ३
सजिलो कोमलगीता/प्रकाशकीय
सजिलो कोमलगीता/अनुवादकीय