सजिलाे कोमलगीता (समछन्दानुवाद): संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ७४९:

मर्दैन आत्मा, तर देह मर्छ ।

'''वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्''' ।

'''कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम्''' (२१)

भन्छन् ज्ञानी अजन्मा यो आत्मा अक्षय, नित्य छ,

कसले कसरी मार्छ ! को मारिन्छ ! पृथासुत !

'''वासांसि जीर्णानि यथा विहाय'''

'''नवानि गृह्णाति नरोऽपराणि''' ।

'''तथा शरीराणि विहाय जीर्णा'''–

'''न्यन्यानि संयाति नवानि देही''' (२२)

जस्तै फुकालेर लुगा पुराना

मान्छेहरू लाउँदछन् नवीन ।

त्यस्तै पुरानो तन झट्ट त्यागी

अर्को नयाँ धारण गर्छ देही ।

देही = जीवात्मा । तन = शरीर

'''नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः''' ।

'''न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः''' (२३)

न त काट्दछ शस्त्रैले न आगाले डढाउँछ,

'''न भिजाउँछ पानीले न हावाले सुकाउँछ''' ।।

'''अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च''' ।

'''नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः''' (२४)

न डढ्छ, न त छेडिन्छ, न भिज्छ न त सुक्दछ,

यो सदा सर्वव्यापी छ, नचली स्थिर बस्तछ ।

'''अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते''' ।

'''तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि''' (२५)

स्वच्छ निर्मल यो आत्माबारे भन्न र चिन्तन–

गर्नै सकिन्न हे तात छोड यो शोक गन्थन ।।

'''अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्''' ।

'''तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि''' (२६)

मान्छे यो जन्मने नित्य र मर्ने पनि नित्य हो

भन्ने ठान्छौ भने पार्थ ! शोक गर्न अयोग्य छौ ।

'''जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च''' ।

'''तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि''' (२७)

सत्य हो जन्मने मर्छ मर्ने जन्मिन्छ निश्चय,

अनिवार्य क्रियामाथि शोक गर्नु अयोग्य छ ।।

'''अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत''' ।

'''अव्यक्तनिधनान्येव तत्र का परिदेवना''' (२८)

यो अदृश्य थियो पैले, मृत्युपश्चात् अदृश्य छ

बिचमा मात्र देखिन्छ किन यो शोक भारत !

'''आश्चर्यवत्पश्यति कश्चिदेन'''

'''माश्चर्यवद्वदति तथैव चान्यः''' ।

'''आश्चर्यवच्चैनमन्यः शृणोति'''

'''श्रुत्वाप्येनं वेद न चैव कश्चित्''' (२९)

आश्चर्यले हेर्दछ विज्ञ कोही,

आश्चर्यले वर्णन गर्छ कोही ।

आश्चर्यले सुन्दछ अन्य कोही,

बुझ्दैन सुन्दा पनि ठ्याम्म कोही ।

'''देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत''' ।

'''तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि''' (३०)

देहमा स्थित आत्मा यो मारिन्न बुझ अर्जुन !

त्यसकारण प्राणीको शोक त्याग यसै क्षण ।