छन्द
"छंदस" वेदको अर्को नाम हो। वर्णहरू रमात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ। यहि अर्थमा पद्य शब्दको प्रयोग पनि गरिन्छ। भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वर रहन्छ। निश्चित विधानबाट सुव्यवस्थित गर्दा छन्दको नाम दिइन्छ।
छन्द भनेको ध्वनिहरूको समष्टि हो। सानो सानो अथवा सानो ठुलो ध्वनिहरू जब एउटा व्यवस्थामा सामंजस्य प्राप्त गर्दछ तब यस्तोलाई शास्त्रीय नाम छन्द दिइन्छ। जबमात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, लय तथा तुक आदि हरको नियम सँग युक्त कुनै रचना हुन्छ, यस्तोलाई छन्द अथवा पद्य भनिन्छ। यसैलाई वृत्त पनि भनिन्छ।
शब्द बयानसम्पादन
छन्दस् शब्द 'छद' धातु बाट बनिएको छ। यस्को धातुगत व्युत्पत्तिमूलक अर्थ हुन्छ - 'जो आफ्नो इक्षाले चल्छ'। अत: छन्द शब्दको मूलमा गतिको भाव हुन्छ।
यस प्रकार, छन्दको परिभाषा 'जब वर्णहरू यामात्राहरूको नियमित संख्याको विन्यासबाट यदि आह्लाद पैदा हुन्छ, तब यस्तोलाई छंद भनिन्छ'।
इतिहाससम्पादन
छन्दको सर्वप्रथम उल्लेख ऋग्वेदमा गरिएको छ। यदी गद्यको नियम व्याकरण हो भने, पद्यको नियम छंद शास्त्र हो।
छन्दमामात्राको गिनती - गणको प्रकार र गणनासम्पादन
छन्दमामात्राको गिनती
- अ इ उ क पि तु: १मात्रा
- आ ई ऊ ए ऐ ओ औ अं अः का पी तूको: २मात्रा
उदाहरण:
- सत्य = 'स' (१), आधा 'त' (१), र 'य' (१)मात्रा = ३मात्र
- अंत = 'अं' (२) र 'त' (१)मात्रा = ३मात्रा
- समर्पण = 'स' (१), 'म+र' (२), 'प' (१), 'ण' (१) = ५मात्रा
- अतः = 'अ' (१), र 'तः' (२) = ३मात्रा
- रास्ता = 'रा' (२), आधि 'स' (०), र 'ता' (२) = ४मात्रा। परंतु यदि 'रास्ता' लाई 'रासता' बोले वा लेखे, तब बीचको 'स' (१)मात्रा = ५मात्रा।
छन्दमा गणको प्रकार र गणना
- सूत्र :- यमा ता रा ज भा न स ल गा
- 'य'गण = यमा ता = लघु गुरू गुरू = १ २ २
- 'म'गण =मा ता रा = गुरू गुरू गुरू = २ २ २
- 'त'गण = ता रा ज = गुरू गुरू लघु = २ २ १
- 'र'गण = रा ज भा = गुरू लघु गुरू = २ १ २
- 'ज'गण = ज भा न = लघु गुरू लघु = १ २ १
- 'भ'गण = भा न स = गुरू लघु लघु = २ १ १
- 'न'गण = न स ल = लघु लघु लघु = १ १ १
- 'स'गण = स ल गा = लघु लघु गुरू = १ १ २
- 'ल'को मतलब लघु यानि १मात्रा
- 'गा'को मतलब गुरू यानि २मात्रा
मात्रा र वर्णको आधारमा छन्दको विभाजनसम्पादन
छन्दहरूको विभाजनमात्राहरूको र वर्णहरूको चरण-भेद-सम्बन्धि विभिन्न संख्याहरूमा आधारित हुन्छ।
यस कारणले छन्दको प्रकार:
- सम: सम छन्दहरूमा छन्दको चारवटै चरणहरूमा वर्णस्वरसंख्या समान रहन्छ।
- विशम: विषम छन्दको चारवटै चरणहरूमा वर्णहरू र स्वरहरूको संख्या असमान रहन्छ। यो वर्ण परस्पर फरक हुन्छ। वर्णहरू रमात्राहरूको केही निश्चित संख्याको पछाडी बहुसंख्यक वर्णहरू र स्वरहरूले युक्त छन्दलाई दंडक भनिन्छ। यस्को प्रकारहरू धेरै छन्।
- अर्धसम: अर्धसमको पहिलो, तेस्रो र दोस्रो तथा चौथोंमा वर्णस्वर संख्या समान रहन्छ।
स्वतंत्र वा मिश्रितको आधारमा छन्दको विभाजनसम्पादन
- स्वतंत्र छन्द: स्वतंत्र छन्द एकै छन्द विशेष नियमबाट बनिएको हुन्छ।
- मिश्रित छन्द: २ प्रकारको हुन्छ।
- जब २ छन्दहरूको चरण एक आपसमा मिलेको हुन्छ। प्राय: यो अलग-अलग देखिन्छ तर प्राय फरक देखिंदैन।
- जब २ स्वतंत्र छन्दको स्थान-स्थानमा राखिन्छ र कैलेकाँई उनिहरूलाई मिलाउने प्रयत्न गरिन्छ। जस्तै: कुंडलिया छन्द, एउटा दोहा र ४ पद रोलालाई मिलाएर बन्द छ।
यतिको आधारमा छन्दको विभाजनसम्पादन
- यत्यात्मक: निश्चित वर्णहरू यामात्राहरूमा यति राखीन्छ। यो छन्द प्राय: दीर्घाकारी हुन्छ। जस्तै: दोहा, कवित्त आदि।
- अयत्यात्मक: जुन छन्दहरूमा चौपाई, द्रुत, विलंबित जस्तो छन्द आउँछ भने। यतिको विचार गरेर गणात्मक वृत्तहरूमा पनि गणहरूो बीचमा यति राखीन्छ। जस्तै:मालिनी।
वैदिक र लौकिक छन्द विभाजनसम्पादन
- वैदिक छन्द: जस्को प्रयोंग वेदहरूमा गरिएको छ। यसमा ह्रस्व, दीर्घ, प्लुत और स्वरित, यो चार प्रकारको स्वरहरूको विचार गरिन्छ। र "अनुष्टुप" इत्यादि। वैदिक छन्द "अपौरुषेय"मानिन्छ।
- लौकिक छन्द: यस्को प्रयोग वेदमा नगरेर सामान्य लोक वा जनसमुदायमा गरिन्छ। यो छन्द कुनै निश्चित नियममा आधारित नभएर ताल र लयमा आधारित रहन्छ।
पिङ्गलको आधारमा छन्द विभाजनसम्पादन
पिङ्गलले विभिन्न छन्दका बारेमा बताए। यी छन्द तीन थरी छन्
- वार्णिक छन्द: छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुन्छ। गणको सम्बन्ध वार्णिक छन्दसँग हुन्छ।
- मात्रिक छन्द:मात्रिक छन्दमामात्राहरूको गन्ती गरिन्छ। यो छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुँदैन। यो छंदमा सबै चरणहरूकोमात्राको संख्याहरू समान हुन्छ।
- वर्णमात्रा छन्द: यो छन्दमा वर्णिक वामात्रिक रोकटोक हुँदैन।
छन्दको अंगसम्पादन
- चरण: छन्दको प्रत्येक पंक्तिलाई चरण या पाउ या पद भनिन्छ। अरु नाम: पद, पाद, पाउ।
- वर्ण: एकै स्वर हुने ध्वनिलाई वर्ण भनिन्छ।
- मात्रा: कुनै वर्ण या ध्वनिको उच्चारण समयलाईमात्रा भनिन्छ।
- संख्या र क्रम: वर्ण र मात्राहरूको गणनालाई संख्या भनिन्छ। लघु-गुरूको स्थान निर्धारणलाई क्रम भनिन्छ।
- गण (गणको सम्बन्ध वार्णिक छन्दसँग छ।)
- गति: छन्दलाई पढ्दा हुने लयलाई गति भनिन्छ।
- यति (छन्द): छन्दमा स्वास लिन राेकिने ठाउँलाई यति वा विराम भनिन्छ।
- तुक: एउटै उच्चारण हुने शब्दहरूको प्रयोगलाई तुक भनिन्छ
छन्दको प्रकार (पिङ्गल):सम्पादन
- अनुष्टुप् छन्द
- विद्युन्माला छन्द
- इन्द्रवज्रा छन्द
- उपेन्द्रवज्रा छन्द
- उपजाति छन्द
- वंशस्थ छन्द
- स्रग्विणी छन्द
- स्वागता छन्द
- भुजङ्गप्रयात छन्द
- तोटक छन्द
- द्रुतविलम्बित छन्द
- वसन्ततिलका छन्द
- मालिनी छन्द
- पञ्चचामर छन्द
- मन्दाक्रान्ता छन्द
- चित्रवतीहरिणी छन्द
- चित्रलेखा छन्द
- शिखरिणी छन्द
- शार्दूलविक्रीडित छन्द
- स्रग्धरा छन्द
- आर्या छन्द
- शालिनी छन्द
- ललिता छन्द
- पृथ्वी छन्द
- मञ्जुभाषिणी छन्द
छन्दमा संगीतसम्पादन
प्राय: सबै छन्द कुनै न कुनै रूपमा गेय हुन्छ। राग र रागिनीवाला सबै पद छंदहरूमा भन्न सकिंदैन। त्यसैले "गीति" नामबाट कतिपय पदहरू रचिएको छ। प्राय: संगीतात्मक पदहरूमा स्वरको आरोह र अवरोहमा लघु वर्णलाई दीर्घ, दीर्घलाई लघु र अल्प लघु गरिन्छ।
बाह्य कडिसम्पादन
- रेकर्डिङस्हरु: H. V. Nagaraja Rao (ORI, Mysore), Ashwini Deo, Ram Karan Sharma, Arvind Kolhatkar