कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ८३८:
 
-------------------------------------------------------------------------------
 
 
 
 
विषय परिचय
 
भानुभक्त आचार्य (१८७१–१९२५) नेपाली कविता इतिहासका चर्चित व्यक्ति हुन् । उनको आगमन पूर्वका कविताका तुलनामा उनको कविता सिर्जना धेरै सरल र स्वाभाविक रूपमा प्रस्तुत भएको पाइन्छ । आचार्यको प्रारम्भिक शिक्षा घरमै प्राप्त भएको देखिन्छ । साहित्य, व्याकरण, ज्योतिष जस्ता विषयहरूको अध्ययनले पूर्णता पायो । तत्कालीन शिक्षा आर्जनको मूल उद्देश्य नै पुराण वाचन र टिप, चिना बनाउन सक्ने हुनु थियो । उनी बारै वर्षको उमेरदेखि ज्योतिषको मर्म बुझ्ने भएका हुनाले तीक्ष्ण स्वभावका मेधावी व्यक्तिका रूपमा परिचित भए । भानुभक्तलाई बाइस वर्षको उमेरमा जीवनमा केही गर्नुपर्छ भत्रे प्रेरणा घाँसीबाट प्राप्त भएको बुझिन्छ । घाँसीले सम्पत्तिको न्यून आर्जनबाट पनि बचत गरी कुवा खनाएर कालान्तरसम्म कीर्ति राख्न खोजेको बुझेपछि भानुभक्त जीवनमा केही नयाँ काम गर्नुपर्छ भत्रे प्रेरणा जागेर नै रामायणको नेपालीमा अनुवाद गर्न लागे । रामायणको बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्ध तथा उत्तरकाण्ड आदि काण्डहरूको अनुवाद एघार वर्ष अवधिमा पुरा भयो । उनले रामायणको अनुवादपछि भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा, रामगीता र फुटकर कविता आदिको रचना गरेको देखिन्छ । यिनै कविताका आधारमा भानुभक्त आचार्यका प्राप्तिहरूलाई नियाल्ने प्रयास गरिएको छ ।
आध्यात्मिकता
 
भानुभक्त आचार्यको लेखनी मूलतः आध्यात्मिक पक्षतर्फ केन्द्रित रहेको छ । उनले ईश्वरीय भक्ति प्राप्ति हेतु रामायणको अनुवाद गरेको देखिन्छ । कलियुग पृथ्वीमा प्रवेश गरे पश्चात् धार्मिक मूल्य–मान्यता समाप्त भएर मानिसमा जाति धर्म समाप्त भई भ्रष्ट प्रवृत्तिको विकास भएका अवस्थामा रामायणबाट मात्र पाप समाप्त भएर लोकहित हुने प्रसङ्गको वर्णन गरिएको छ । रामायणको पूजा, पाठ गर्नाले मानिस पाप मुक्त भई भवसागरबाट मोक्ष हुने मान्यताको चर्चा रहेको पाइन्छ । भानुभक्तले रामायणको अनुवाद गर्ने मूल उद्देश्य नेपाली जनमानसमा मर्यादा पुरुषोत्तम रामको गुण गायन गर्नु हो । नेपालीको धार्मिक संस्कार र भक्तिभावनामा निहित रामचरित्रलाई प्रस्तुत गर्ने भानुभक्त प्रथम जातीय कवि हुन् (रिसालः २०४५ः ३६) । पद्यका माध्यमबाट अनुवाद गरी भक्ति भाव जाग्रत गराइएको छ । यहाँ रामायणको महŒव यसरी वर्णन गरिएको छ ः–
 
संसार पार् तर्नलाइ सबकन सजिलो साँघु झै भै रह्याको ।
जानी यसलाइ जो ता जनहरू बहुतै प्रेमले पाठ गर्छन् ।
संसारका सौख्य सब् भोग् गरि कन दुनियाँ सब् सहज पार तर्दछन् ।। उत्तरकाण्ड, श्लो. २५७, पृ. २२३,
 
रामायणको अध्ययन, चिन्तनले इह लोकबाट पार तर्ने सेतुको काम गर्दछ । यस्तो ग्रन्थको अध्ययनद्वारा सुख भोग गर्दै व्यक्ति मोक्ष हुने विश्वास गरिएबाट भानुभक्तमा आध्यात्मिक कवि–व्यक्तित्व रहेको स्पष्ट हुन्छ । जुन तŒव वा व्यक्तिद्वारा ब्रह्माण्डको सृष्टि भयो त्यसैबाट विकास र विनाश पनि हुन्छ । भानुभक्तीय रामायणले नेपाली जनमानसमा जुन प्रभाव पा¥यो त्यसको बहुआयामिक महŒवलाई विर्सन सकिन्न । जनताले रामायणद्वारा आस्थाका केन्द्र रामलाई पाए । रामायणले नेपालभित्र मात्र नभई बाहिरका नेपालीहरूलाई पनि भाषिक एकताको सूत्रमा उनेको छ । आचार्यले प्रयोग गरेका छन्दमा नेपाली हृदयको भाका गाँसिएको हुन्छ । उनको रामायणका साथै अन्य रचनामा व्यक्त भाव, विचारले नेपाली मनोभावना पोखेको हुन्छ (पराजुलीः २०५६ः ११०) । यहाँ स्रष्टाको यो सुन्दर रचना अनित्य रहेकाले त्यसदेखि अलग रहेको अदृश्य संसार नै शाश्वत सत्य रहेको हुँदा त्यसै सत्ता र शक्तिको चिन्तन गर्नु नै मुख्य कर्म हो भन्ने आध्यात्मिक दर्शन प्रस्तुत भएको पाइन्छ ।
 
भानुभक्त आचार्यले भक्तमाला लघु काव्यमा आध्यात्मिक चिन्तन प्रस्तुत गरेका छन् । यहाँको म पात्र (स्वयं कवि) ले पृथ्वीमा जन्म लिएपछि सांसारिक विषय परित्याग गरी सीतारामको भजन गर्ने बचनबद्धता प्रकट गरेको छ । कवि मानिसले सांसारिक मोहमा डुबेर ईश्वर स्तुति गर्न भुलेको देख्दछन् । उनले सीतारामको नित्यनिरन्तर स्मरण गर्ने प्रतिज्ञा गरेका छन् । जीवनमा ईश्वरको वास्ता नगर्नु र मृत्युपछि यमराजसँग प्रार्थना गर्नुमा कुनै अर्थ हुंदैन भन्ने धारणा प्रस्तुत छ । बाल्यकाल खेल्दै व्यतीत हुने, यौवन मोहमा र बृद्धावस्था वेवास्ता गर्दै व्यक्ति सधैं भक्ति मार्गबाट अलग हुन सक्छ । जीवन सधैं सुखमा रमाउँदै गरे पनि मृत्युपछि यमलोक पुग्दा मात्र पश्चाताप गर्नु राम्रो होइन । बेलैमा ईश्वर भक्ति गरे मात्र देहको सार्थकता रहन सक्ने धारणा व्यक्त भएको छ । विषयभोगमै लिप्त रही ईश्वर भक्तिबाट विमुख भएर नारकीय यातना भोग्नुभन्दा समय छँदै आध्यात्मिक मार्गमा लाग्न सक्नुपर्छ भनिएको छ ।
मानव जीवन सुखसयलका लागि मात्र होइन । उसले नैतिक गोरेटोमा लागेर मनलाई हरि गायनमा लगाउन सक्नुपर्छ । मानव देह प्राप्त गर्न धेरै कठिन छ । यसलाई ब्रह्मचरणको ध्यानमा केन्द्रित गराए मात्र आत्माले मुक्ति पाउँछ । घडी, दिन, पक्ष, मास, ऋतु, अयन गर्दै अघि बढ्ने समयले मानव आयु क्षीण गराइरहेको हुन्छ । त्यसलाई मनन गर्दा मात्र सत्मार्गमा लाग्न सकिने कविको विचार रहेको छ । संसारमा धन–संपत्ति सञ्चय गर्ने कैयौं ठुलाबडा शासकहरूको जीवन अजरामर हुन सकेको छैन । आपूmलाई वीर ठान्ने पुरुषहरू पनि कालका मुखमा पर्दछन् । भौतिक उन्नति गर्ने व्यक्तिभन्दा अज्ञानमै भए पनि ईश्वर स्मरण गर्नेहरू नै भवसागर तर्न सफल भएका छन् । अजामिल जस्ता पातकीलाई पनि भगवानले कृपा गरेका छन् भन्ने कविको विचार प्रस्तुत छ । उनको भौतिक उन्नतिमा भन्दा आध्यात्मिक उन्नतिमा लाग्नु पर्छ भन्ने मुख्य सार रहेको छ ।
 
मनुष्य योनीमा यदि हरि भज्यो ता जन त¥यो
अवश्यै फन्दामा हरिकन नभज्न्या पछि प¥यो । भक्तमाला श्लो.९,
 
संसारमा दैवी माया बलवान भएको बुझेर हरिशरणमा मन लगाउँदा ईश्वरीय कृपादृष्टि प्राप्त हुन्छ भन्ने धारणा म पात्रद्वारा व्यक्त गरिएको छ । यो पद्य बाइस श्लोकमा संरचित लघुकाव्य हो । यो शिखरिणी छन्दमा रचिएको छ । यहाँ भानुभक्तले आध्यात्मिक विषयलाई सरल रूपमा प्रस्तुत गरेका छन्
नैतिक सन्देश
 
भानुभक्त आचार्यले रामायण, वधूशिक्षा, प्रश्नोत्तर आदिका माध्यमबाट नैतिक सन्देश दिएका छन् । रामायणभित्रका प्रायः सबै काण्डमा नीति, आचरणको व्याख्या गरिएको छ । कौशल्या र दशरथले सन्तान प्राप्तिका निम्ति ईश्वर भक्ति गरेपछि खुसी भएर म तिमीहरूको सन्तान हुँला भनी भगवानले दिएको वचन पूरा गर्न रामको जन्म भएको देखिन्छ । यहाँ रामले वशिष्ठ गुरु र माता–पिताको वचनलाई पूर्ण पालन गरेका छन् । उनी मान्य जन र शास्त्रीय वचन पालना गर्ने नैतिक आचरण भएका व्यक्ति हुन् । उनले बाल्यावस्थादेखि पछिसम्म सधैं नीतिसम्मत व्यवहार देखाएका छन् । भानुभक्तीय रामायणमा राम आदर्श र नैतिक चरित्र भएका पात्र हुन् । नैतिक आचरण गर्ने आदर्श राजकुमार, आदर्श शिष्य, आदर्श पुत्र, आदर्श पति, मर्यादा पुरुषोत्तम राम, ईश्वरीय शक्तिप्राप्त व्यक्तिका रूपमा चिनिन्छन् ।
 
रामको चरित्र मान्य जनले भनेका मात्र नभई सबैको अनुनयलाई स्वीकार गर्ने व्यक्ति हुन् । कैकेयीले रामलाई वनबास र भरतलाई राज्य दिनुपर्छ भनी दशरथसँग वरदान मागेपछि असमञ्जसमा परेका दशरथलाई अप्ठ्यारोमा नपार्न आपूm वनबास जान तयार भएका छन् । उनी चौध वर्षसम्म वनमा बसेर मान्य जनको आज्ञा, नैतिक आचरण पालना गर्ने व्यक्ति हुन् । त्यसैगरी सीता र लक्ष्मणको चरित्र पनि नैतिकतायुक्त छ । सीता कर्तव्य परायण नारी भएकी हुँदा रामसँगै वनबास गएकी छन् । उनी रावणको अपहरणमा पर्दा मृत्युवरण गर्न तयार भइन् तर मनमा नैतिकता विपरीत कुरा पनि सोचिनन् । उनले आदर्श हिन्दू नारीमा हुने पातिव्रत्य आचरण पालन गरेकी छन् । रामले लोकलज्जाबाट बच्न सीतालाई परित्याग गरेको देखिन्छ । रामायणमा लक्ष्मणका साथै भरत, हनुमान जस्ता चरित्रहरूका माध्यमबाट नैतिक सन्देश दिइएको छ ।
 
भानुभक्त आचार्यले वधूशिक्षाका माध्यमबाट नारीलाई नैतिक शिक्षा दिएका छन् । उनीहरूमा नैतिक आचरण र कर्तव्य पालन हुनुपर्छ भन्ने चिन्तन प्रस्तुत छ । भानुभक्त नारीहरूले आफ्ना पति, सासू, ससुरा, गुरु आदि मान्यजनको सेवा, सत्कार गर्नुपर्छ भनी नैतिक सन्देश दिने कवि हुन् ।
नेपाली संस्कृति
 
भानुभक्त आचार्यले रामायण रचनाका क्रममा शब्दानुवाद नभई भावानुवादलाई अँगाल्दा नेपाली संस्कृतिको झलक प्रस्तुत गरेका छन् । उनले नारीहरूमा रहने सौतेनी डाहको चित्रण गरेको देखिन्छ । कैकेयीले आफ्नो छोरालाई अयोध्याको राजा बनाउने चाहनाले छल–प्रपञ्च रचेर दशरथलाई बाध्य गराई आफ्नो मनोकाङ्क्षा पूरा गर्न खोजेको देखिन्छ । वनबास लागेका राम–सीताको अवस्था देखेर गुहका मनमा चिन्ता उत्पत्र हुन्छ । राजा हुन लागेका व्यक्तिले वनमा दुःख भोग्नु प¥यो भन्ने कुराले उनलाई सताउँछ । कोही विदा भएर जानलाग्दा घरबाट परसम्म जाने र छुटिसकेपछि पनिविदा हुने व्यक्तिलाई हेरिरहने र देखिन छाडेपछि फर्किने नेपालीे चलन रहेको देखिन्छ । रामायणमा सारथी बनेर सुमन्त्रले रामसीतालाई परसम्म पु¥याउन गएर विदा भएपछि पनि देखिंदासम्म हेरेको सङ्केत पाइन्छ । यहाँ थाहा नपाइ छोरा, बुहारी परदेश लागेको सुन्दा आमामा हुने पीडा कौशल्यामा रहेको देखिन्छ ।
 
राम वन गइसकेपछि भरतलाई राज्य गर्न वशिष्ठ गुरुले आज्ञा गर्दा आफ्नो स्वार्थ पूरा गर्न रामलाई वन पठाएर आपूmले राज्य ग¥यो भनी दुर्नाम चल्ने कुराले भरत सजग बनेका छन् । इज्जतको ख्याल गर्ने मानिसहरू स्वार्थका पछि लाग्दैनन् भत्रे भरतको व्यवहारबाट देखाइएको छ ।
 
राम–लक्ष्मणका नजिकमा शूर्पणखा गएर पति वरण गर्न खोज्दा लक्ष्मणले त्यसको नाककान काटेर पठाए । त्यसै समयदेखि नै नेपाली समाजमा नाक काट्नुलाई इज्जत जानुसँग जोडेर हेरेको देखिन्छ । नारी चाहना सबै पतिहरूले पूरा गरिदिन्छन् । सुवर्णरूपी मृग मारिचको लीला देखेर आकर्षित सीताको इच्छा पूरा गर्न राम त्यो मिर्ग लिन गए । नारीहरू वास्तविकता नबुझी अर्कालाई लाञ्छना लगाउन जान्दछन् भन्ने कुरा सीताले लक्ष्मणलाई राम खोज्न पठाएबाट स्पष्ट हुन्छ । सीताले लक्ष्मणलाई गाली गरेको र भाउजूको वचन सहन नसकी रामसँग जादा सीताको अपहरण भई रामायणको घटना गतिशील बनेको छ । नारीहरू वास्तविकताको बोध गर्न नसक्दा दुःखको सिकार बन्दछन् भन्ने देखिन्छ । यसरी भानुभक्त आचार्यले नेपाली संस्कृतिको सङ्केत रामायणमा गराएका छन् ।
 
सामाजिक पक्ष
 
भानुभक्तले आपूm बाँचेको सामाजिक अवस्थाको चित्रण गरेका छन् । उनको रामायण लोकप्रिय बन्नमा मौलिकताको प्रभाव रहेको छ । उनले अनुवाद गर्दा मौलिकतालाई अँगाले । भानुभक्त कहीँ मूलमा भएको भाव वा कथाप्रसङ्ग टिपेर स्वतन्त्र पद्यरचना गर्द छन्, कहीँ भाव थपेर पद्यलाई श्रुतिमधुर र आकर्षक पारेका छन् । रामायणमा मौलिकपन दिनु आचार्यको निजी पक्ष हो (प्रधानः २०४८ः ४) । उनले रामायण, वधूशिक्षा र केही फुटकर कविताहरूमा समाजको चित्रण गरेका छन् । रामायणमा अयोध्याको समाज, राम वनबासका क्रममा देखिएको ऋषि समाज र लङ्काको राक्षस समाज रहेको देखिन्छ । तत्कालीन अयोध्याको समाज नेपाली समाज जस्तै रहेको सङ्केत मिल्दछ ।वैवाहिक जीवन पुत्रोत्पादनका लागि हो भन्ने मान्यता रहेको अवस्थामा दशरथ तीनवटी पत्नीबाट पुत्र लाभ हुन नसक्दा दुःखित बनेका देखिन्छन् । वशिष्ठ गुरुले यज्ञद्वारा पुत्र प्राप्ति हुने बताएपछि दशरथले पनि सोही अनुसार गर्दा सन्तान प्राप्त भए । बुहारीले सासू, ससुराको सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई पनि देखाइएको छ । समाजमा अर्को व्यक्ति सम्मानित भएको देख्दा ईष्र्या हुन्छ । राम विवाहपछि अयोध्या फर्किरहेका अवस्थामा परशुराम आपूm सर्वश्रेष्ठ भएको घमन्ड देखाउदै क्रोधित बनेका देखिन्छन् । बालिको अन्याय, अत्याचारले वन्य समाजलाई त्रसित बनाएको छ । त्यसको अन्यायबाट सुग्रीव भागेर अलगै बसेबाट शक्तिका अगाडि निरीह व्यक्तिहरू लुकेरमात्र बाँचेका हुन्छन् भन्ने देखिन्छ । भानुभक्तले लङ्काको राक्षस समाजको चित्रण गरेका छन् । हनुमानले रावणको वगैंचा नष्ट गर्न लाग्दा रावणपुत्र इन्द्रजितले ब्रह्मपाशमा पारेर दरबारमा ल्यायो । हनुमान बाँधिएको सुनेर सारा लङ्काबासी खुसी भएको उदाहरणः–
 
‘बाँध्याका हनुमान देखि सहरै सम्पूर्ण खूसी भयो ।’
 
लङ्काको सहरीया समाजलाई हनुमानले आतङ्कित बनाएको देखिन्छ । यसरी रामायणका विविध समाजको चित्रण गरिएको छ ।भानुभक्त आचार्यले फुटकर कवितामा पनि उनले देखे, बुझेका समाजको चित्रण गरेकाछन् । काठमाडौं उपत्यकाभित्रको समाज हाँसीखुसी रहेको उल्लेख पाइन्छ । यहाँ भौतिक सुखसुविधा भोगी समाज प्रस्तुत छ ।त्यसैले मानसिक सन्तुष्ट भएको कुरा यसरी उल्लेख गरिएको छ ।
‘खुसी छन् बहुतै मनमा दुनियाँ’
 
यस पद्यमा तत्कालीन कान्तिपुर सहरलाई स्वर्ग, भोट, लन्डन, चीनसँग तुलना गरिएको छ ।आचार्यले ब्राह्मण समाजमा छोरको व्रतबन्ध सानैमा गर्ने मान्यता रहेको उल्लेख गर्दै विदा पाउँ भनी तत्कालीन शासकसँग बिन्ती गरेका छन् । कर्मचारी तन्त्रमा ढिलासुस्ती भानुभक्तका समयमा पनि रहेको देखिन्छ । कवितामा जनताको काम आज होइन भोलि भनेर पन्छिने कर्मचारीका प्रवृत्तिको व्यङ्ग्य गरिएको छ । यसरी रामायण कालीन समाजलाई नेपाली समाज जस्तै गरी चित्रण गरिएको छ । यहाँ भानुभक्तले आफैंले देखे, भोगे जस्तै समाजको चित्रण गरेका छन् ।
 
प्रकृति–चित्रण
 
नेपाली कविता परम्परामा भानुभक्तले सुन्दर प्रकृतिको चित्रण गरेका छन् । उनले रामायणका अरण्यकाण्डमा वन, वन्य जन्तु, नदी, तलाउ आदिको वर्णन गरेका छन् । किष्किन्धाकाण्डमा राम वर्षाकालभरि प्रवर्षण गरिएको शिखरमा रहेको गुफामा बसेका देखिन्छन् । उनी त्यहाँ फलफुल खाँदै आनन्दले बसेको प्रसङ्ग यसरीउल्लेख गरिएको छ ः–
 
फलफुल तहिं खचित् थियो नजिकमै थियो तलाउ पनि ।
देख्दा मन् खुसी भो तहाँ प्रभुजिको बस्न्यै जगा हो भनी ।। पृ. ८०,
 
रावणले सीता अपहरण गरेर लङ्का सहरको सुन्दर प्राकृतिक स्थानमा राखेको देखिन्छ । अशोक वाटिकामा सिंसपाको रुखका फेदमा सीतालाई राखिएको छ । त्यही वगंैचामा हनुमान पुगेर सीतालाई भेटेको र रावणको दरबार परिसरका वोट, वगैंचा उखेलेको प्रसङ्ग रहेको छ । भानुभक्त आचार्यले रामायणका अतिरिक्त बालाजु वर्णनका क्रममा यसरी प्राकृतिक सुन्दरताको वयान गरेका छन् ः–
 
यति दिनपछि मैले आज बालाजि देख्याँ ।
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।।
वरिपरि लहरामा भूmलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मन् लिंदा क्या सुरा छन् ।।
 
भानुभक्तले कवितामा बालाजु वरिपरि रहेको वन–जङ्गल र त्यहाँका पक्षीहरूको माधुर्य गुञ्जनको वर्णन गरेका छन् । उनलाई त्यस्तो प्रकृतियुक्त सुन्दर स्थान देख्दा स्वर्गीय भूमि झैं लाग्दछ । यही कविताबाटै नेपाली कविता इतिहासमा प्रकृति चित्रण गर्ने परम्पराको थालनी भएको मान्न सकिन्छ ।कवि प्राकृतिक सुन्दरतामै भावस्फुरण हुने ठान्दछन् । बालाजुमै बसेर कविता सिर्जना गर्ने चाहना प्रकट गर्दछन् । उनी पनि भौतिक सुखभन्दा प्राकृतिक सुख बढी आनन्ददायी हुने ठान्दछन् । कविताको सहज रचना अन्यत्रका तुलनामा बढी प्राकृतिक स्थलमा नै हुन सक्ने धारणा व्यक्त भएको छ । यसरी कविले कवितामा प्रकृतिको उपस्थितिलाई महŒव दिएका छन् ।
 
भाषा–शैली
 
भानुभक्त आचार्य आफ्ना काव्य–कवितामा सरल, सहज भाषा–शैलीको प्रयोग गर्दछन् । उनी आगन्तुक शब्दलाई अँगाल्दैनन् । सामाजिक जीवनमा प्रचलित भाषालाई लयबद्ध तुल्याउने कुशल शिल्पी हुन् । उनको यो शिल्प पक्ष आकर्षक भएका कारण रामायण र अन्य कविताहरू जीवन्त बत्र पुगेका छन् । समालोचक चूडामणि रेग्मीका अनुसार भानुभक्त छन्द अनुकूल शब्द प्रयोग गर्ने कवि हुन् । उनले कवितामा तत्कालीन समाजले प्रयोग गर्ने भाषालाई अँगालेका छन् ।उनका समयमा नेपाली भाषामा व्याकरणको निर्माण भइसकेको थिएन । आचार्यले कविता–काव्य रचना गर्नु पूर्व छन्द साधना गरेका होइनन् । रामायणका पद्य रचनाक्रममा आफ्नै किसिमको लय, ढाँचालाई प्रस्तुत गरेका छन् । रमायणकै शैली भक्तमालामा पनि प्रयोग भएको छ । उनी विशिष्ट शैली प्रयोग गर्ने कविका रूपमा चिनिन्छन् (रेग्मीः २०६२ः १७) । उनले एउटै शब्दलाई पनि छन्द मिलाउन कतै ह्रस्व, कतै दीर्घ र कतै खुट्टा काटेको देखिन्छ । त्यसैले भानुभक्त भाषालाई जनजिभ्रामा भिज्ने किसिमको प्रयोग गर्दछन् । जस्तै कतै पनि र कतै पनी प्रयोग गर्दछन् । कविको यही सरलताकै कारण काव्यकृतिहरू नेपाली जनगलामा अडिएका छन् ।
 
निष्कर्ष
 
भानुभक्त आचार्य नेपाली कविता–काव्य इतिहासमा विशिष्ट स्थान बनाएका व्यक्ति हुन् । उनको सिर्जनायात्रा घाँसीको प्रेरणाबाट आरम्भ भएको पाइन्छ । रामायणको नेपालीमा भावानुवाद गरेर आध्यात्मिक चिन्तन प्रस्तुत गरेका छन् । कविता सरल, सहज पद्यात्मक भाषामा प्रस्तुत छन् । उनले तत्कालीन सामाजिक जनजिभ्रोमा आधारित भाषामा रामायणको रचना गरेको हुँदा निकै लोकप्रियता प्राप्त गरे । शास्त्रीय छन्द लोक लयका माध्यमबाट प्रस्तुत भएको हुँदा के साक्षर, के निरक्षर सबैका गलाबाट अलापिदै आएको पाइन्छ ।भानुभक्तले रामायणको अनुवाद गरेर नेपाली समाजमा रामभक्ति धारा फैलाएर चम्काउने कार्य गरेका छन् । उनको आध्यात्मिक चिन्तन मोक्ष प्राप्त गर्नुपर्छ भन्ने धारणामा केन्द्रित छ ।
भानुभक्तले कविता, काव्यका माध्यमद्वारा समाजलाई नैतिक सन्देश दिएका छन् । गजाधर सोतीकी श्रीमतीले जस्तो अतिथिलाई तिरस्कार होइन, सत्कार गर्नुपर्छ भन्ने शिक्षा दिएको देखिन्छ । तारापतिका घरमा जस्तो बुहारीले सासूसँग झगडा होइन सबै मान्य जनप्रति सत्कार गर्नुपर्ने सन्देश पनि दिइएको छ । उनी नेपाली संस्कार, रीतिरिवाजलाई कवितामा प्रस्तुत गर्ने कवि हुन् । रामायण, भक्तमाला, वधूशिक्षा र फुटकरकवितामा नेपाली समाजको चित्रण गरिएको छ । प्राकृतिक सुन्दरतालाई समेत कवितामा स्थान दिएको पाइन्छ । उनी प्रकृतिको सौम्य, शान्त, रमणीय दृश्यबाट नयाँ सिर्जनाको जन्म हुन्छ भन्ने कविका रूपमा चिनिन्छन् । यसरी भानुभक्त आचार्य सरल, सहज भाषा–शैलीका कवि हुन् । उनका कविताले सिङ्गो नेपाली समाजलाई प्रभावित एवम् आकर्षित तुल्याएको छ । उनी मौलिक र स्वभाविक स्रष्टाका रूपमा परिचित छन् ।
 
सन्दर्भ–सामग्री
 
आचार्य, भानुभक्त, २०५२, भानुभक्तको रामायण, चौथो सं., लालितपुरः साझाप्रकाशन ।
 
तुफान, प्ररा, २०६२, आदिकवि भानुभक्त संक्षिप्त चर्चा, अनावरण, व.१, अं.१, (झापा, आदिकवि भानुभक्त आचार्य प्रतिमा निर्माण समिति) ।
 
पराजुली, ठाकुरप्रसाद, २०५६, नेपाली साहित्यको परिक्रमादो.सं., ललितपुरः साझाप्रकाशन ।
 
प्रधान, प्रतापचन्द्र, २०४८, केही कृति केही स्मृति, दो.सं., लालितपुरः साझाप्रकाशन ।
 
रिसाल, राममणि, २०४५, नेपाली काव्य र कवि, तेस्रो संं., ललितपुरः साझाप्रकाशन ।
 
रेग्मी, चूडामणि, २०६२, भक्तमालामा शिखरिणी, अनावरण, व.१, अं.१, (झापा, आदिकवि भानुभक्त आचार्य, प्रतिमा निर्माण समिति) ।
 
–डा. ठाकुरप्रसाद पोख्रेल
सहप्राध्यापक मेची बहुमुखी क्याम्पस, भद्रपुर
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित