कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ८३१:
यसरी अध्ययन मनन गर्दा भानुभक्तद्वारा भाषा, मर्यादावाद, धार्मिक प्रेरणा मात्र युगले पाएन तर उनको साधनाद्वारा युग सुहाउँदो कल्याण पथ पनि पायो । भानुभक्तीय अध्यात्म रामायणले लोकप्रियता पाएको मुख्य कारण त्यसभित्र भएको मौलिकता, सरलता र लालित्य हुन् । साहित्यिक प्रतिभा र कलात्मक दृष्टिकोणले भानुभक्त अन्तर्राष्ट्रिय जातिमा रामायणको औषधि पिएर बाँचेका हुन् । यो महाकाव्य (रामायण) लाई सारा नेपालीहरू पूmल–पात, चन्दन–अक्षताले पूजा गर्दछन् । यसले नेपाली जनजीवनमा सङ्गीत, आध्यात्मिकता, भौतिक ज्ञान प्रदान गरेको छ । भानुभक्तकृत रामायण सम्पूर्ण नेपालीको मन जित्न सफल भएको छ । आज नेपालमा मात्र होइन सारा संसारमा जहाँ जहाँ नेपालीको वास छ, रामायण सिरानीमुनि भेटिन्छ । यही लोकप्रियताले भानुभक्त आदिकवि भए, अमर भए र सफल भए । यस्ता महापुरुषको जन्म शताब्दीमा एक जनाको मात्र सम्भव हुन्छ ।
 
हाम्रो राष्ट्रिय, धार्मिक, सांस्कृतिक एवं जातीय जीवनमा आदिकवि भानुभक्ताचार्यको यस्तै बहुविध व्यक्तित्व मौलाएको छ । इति । <ref>बृहत् समालोचना । सं. शिव प्रधान</ref><ref>साझा समालोचना सं. कृष्णचन्द्रसिंह प्रधान</ref><ref>नेपाली भाषा र साहित्य ले. प्रा. बालकृष्ण पोखरेल</ref>
 
गोपाल संग्रौला
पङ्क्ति ८३७:
सुरुङ्गा, झापा
 
-------------------------------------------------------------------------------
१. बृहत् समालोचना । सं. शिव प्रधान
२. साझा समालोचना सं. कृष्णचन्द्रसिंह प्रधान
३. नेपाली भाषा र साहित्य ले. प्रा. बालकृष्ण पोखरेल
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित