कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४४६:
 
प्रस्तुत पद्यद्वयमा प्रयुक्त हास्यलाई पूर्वीय सन्दर्भबाट हेर्दा पहिलो पद्य विहसित वर्गको हास्य प्रकारका रूपमा रहेको देखिन्छ । यस पद्यमा कवि÷वक्ताले चरणको दर्शन पाइ रहेको, मनमा कुनै सन्ताप नरहेको, सित्तैमा नाचगान हेर्न पाएको जस्ता सकारात्मक स्थितिको चित्रण गरेर आफ्नो त्यस विपरीत स्थितिको आभास गराउन खोजेका छन् । यस प्रकारको विरोधाभास÷भाग्यवैपरीत्य÷ स्थितिविपर्ययबाट नै कविले यहाँ हास्यको सृजना गरेका छन् । यस प्रकारको स्थितिवैपरीत्य वा भाग्यवैपरीत्यबाट सृजित हुने हाँसोबाट आलम्बनको मार्मिक अवस्था प्रकट हुने अवस्था हास्यको विहसित स्थिति हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा कवि भानुभक्तले आफ्नो कैदी अवस्थाको दुःखपूर्ण एवम् मार्मिक क्षणलाई यस्तै स्थितिविपर्ययका माध्यमबाट देखाएका हुनाले यहाँ यसै विहसित वर्गको हास्यको उत्पत्ति भएको देखिन्छ । हास्य सृष्टिको आधार वा आलम्बन कवि÷वक्ता स्वयम् नै हुने हास्यलाई स्वसमुत्थ (आफैंलाई आधार बनाइने) भनिन्छ (त्रिपाठी, २०५१ ः ११३) । यस पद्यमा पनि कवि÷वक्ता स्वयम्ले भोगेको परिस्थिति वा अवस्थालाई हास्य उत्पत्तिको कारण बनाइएको छ । यस कारण यहाँ स्वसमुत्थ प्रकृतिको हास्यको उपस्थिति रहेको देखिन्छ ।
 
दोस्रो पद्यमा पनि कविले आफैंलाई हास्य सृजनाको आधार वा आलम्बन बनाएका छन्, यसर्थ यहाँ पनि स्वसमुत्थ प्रकृतिकै हास्यको अवस्था देखिन्छ । यस पद्यमा पनि कवि÷वक्ताको दुर्दशा नै हास्यको कारण भए पनि हास्यको स्थिति भने फरक देखिन्छ । यहाँ कवि–वक्ता अघिल्लो पद्यमा झैं नियतिवस नभई आफ्नै दुर्बुद्धिका कारण दुर्गतिमा फँसेका देखिन्छन् । दुःख सुख जसै तसै जीवन निर्वाह गरिरहेको अवस्थामा खुब मान खोज्ने हुँदा भुक्तमान (दुर्गति) मा परें भन्ने कवि÷वक्ताको आशय प्रस्तुत पद्यमा व्यक्त भएको छ । अघिल्लो पद्यमा आलम्बनको दुर्गतिको कारण अन्यत्र रहेको देखिन्छ भने यस पद्यमा आलम्बन आफ्नै कारणबाट दुर्गतिमा फसेको देखिन्छ । अतः यहाँ ‘कठै !’ को भाव नभएर ‘खुच्चिङ्’ को भाव व्यक्त भएको छ । यसरी आलम्बन नियतिले भन्दा पनि आफ्नै नियत वा मूर्खताले हास्यपात्र बनेको स्थिति अतिहसित वर्गको हास्य हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा पनि यही स्थिति रहेको हुनाले यहाँ अतिहसित वर्गको हास्य सृजना भएको देखिन्छ ।
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित