कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
साहित्यलाई भाषिक कला भनिन्छ । कला प्रकटीकरणका विभिन्न माध्यममध्ये भाषिक प्रस्तुतिका रूपमा साहित्य सिर्जिन्छ । व्यावहारिक अभिव्यक्तिमा पनि अनौपचारिक रूपमा कलात्मक प्रस्तुति हुन्छ । तर त्यसलाई साहित्य भनिदैन । श्रोता र वक्ताको सहभागितामा वा औपचारिक अभिव्यक्तिका रूपमा कुनै विषयवस्तु, विचार वा भावनालाई गद्यात्मक वा पद्यात्मक तथा वर्णनात्मक, संवादात्मक, प्रस्तोताबाट सोझै वा पात्र र घटनाका माध्यमबाट कलात्मक ढङ्गले प्रकट गरिँदा साहित्य बन्छ । अभिव्यक्तिगत माध्यमका कारणबाट नै साहित्यका कविता, नाटक, आख्यान र निबन्ध आदि प्रकार हुन्छन् । यसरी वक्ता वा प्रस्तोता र श्रोता वा ग्रहिताको सहभावसँगै हितकारी अभिव्यक्ति हुने भएकाले त्यसलाई साहित्य भनियो भने त्यो कलात्मक हुने भएकाले साहित्यलाई भाषिक कला भनिएको हो ।
 
नेपाली साहित्याकाशमा साहित्यिक ताराहरू निकै पहिलादेखि नै जगमगाएको कुरा साहित्यिक इतिहासले औंल्याएको छ तापनि विक्रमको उन्नाइसौं शताब्दीमा भानुको उदय भएपछि त्यो आकाश झलमल्ल भएको कुरा भानुजत्तिकै छर्लङ्ग छ । त्यो भानु जसलाई हामी भानुभक्त आचार्य भनेर चिन्छौं, भौतिक वा शारीरिक रूपमा वि.सं. १८७१ मा उदाएर वि.सं. १९२५ अस्ताएको भए पनि उसका किरणहरूले नेपाली साहित्यकाशलाई आलोकित पारिरहेकै छन् । यस कारण भानुभक्तलाई नेपाली साहित्यका प्रारम्भकर्ताका रूपमा आदिकवि वा प्रथम नोपाली साहित्यकार भन्न मिल्दैन तापनि गुणस्तर, सङ्ख्या, लोकप्रियता, सर्वत्र छरिएर रहेका नेपालीको जानकारीमा आएको ख्याति आदि कारणले उनलाई आदिकवि भनिएको कुरा बिलकुलै अनुचित लाग्दैन । यस आधारमा [http://भानुभक्त भानुभक्त]लाईभानुभक्तलाई नेपाली साहित्यका आदिकवि भनियो वा उनी आदिकविका रूपमा चिनिए; यो कुरा ठिकै छ तर यस सन्दर्भमा पूर्ववर्ती नेपाली साहित्यकारको अस्तित्वलाई कायम राख्नु, उनीहरूको योगदानको महत्त्वलाई स्विकार्नु र उनीहरूलाई आदरपूर्वक सम्झनु पनि उत्तिकै आवश्यक छ ।
 
उक्त कुराका साथै भानुभक्तका कृतिगत विशेषताका आधारमा उनी सहज वा प्राकृत कवि, आशुकवि, मौलिकता वा नेपालीपन अथवा आफ्नो छुट्टैपन भएका कवि पनि हुन् । उनले आफ्नो समयका व्यावहारिक, मानव–स्वभावगत र चरित्रगत, सामाजिक, राजनीतिक वा प्रशासनिक आदि होची अर्घेलीप्रति कविताका माध्यमबाट बडो तिखो तर मिठो ढङ्गले व्यङ्ग्य गरेका छन् । तत्कालीन सामाजिक, राजनीतिक र प्रशासनिक परिवेश तथा परम्परागत मान्यताका कारण वधूशिक्षा, प्रश्नोत्तरमाला र फुटकर कविताका कतिपय प्रसङ्गमा केही पुराना विचारले उनका रचनामा ठाउँ पाए पनि बडो असहज परिवेशमा सहज ढङ्गले आफूलाई जोगाएर सचेतताका साथ कवितामा कलम चलाउनु नै भानुको प्रतिभाको वैशिष्ट्य, महŒवपूर्ण खुबी एवम् साहित्यिक योगदान हो भन्ने कुरा मान्नै पर्छ ।
 
नेपाली साहित्यको भक्तिधारा त भानुको प्रभाव क्षेत्र नै हो भने [http://भानुभक्तकाे%20रामायण|रामायण भानुभक्तकाे रामायण|रामायण], भक्तमाला, प्रश्नोत्तरमाला उनका मूल कृति हुन् । नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक मान्यता, भाषिक विकास र एकीकरण तथा साहित्यिक उन्नयनका निम्ति भानुभक्तको रामायण अभिन्न वस्तु एवम् आदरणीय उपलब्धि बन्न गएको छ । यसका साथै भक्तमालामा सकाम भक्तिको अभिव्यक्ति भए पनि आध्यात्मिक भावना तथा विचार प्रवाहमा यसको प्रशंसनीय भूमिका र अविस्मरणीय देन रहेको छ । प्रश्नोत्तरमालाका जीवनोपयोगी सूक्तिहरूले समाजलाई सही मार्ग निर्देशन गरेको पाइन्छ ।
 
जसरी भौगोलिक आकाश र धरतीलाई आलोकित गर्ने भानुका किरणमा कतिपय हानिकारक तत्त्वहरू रहे पनि जीवनदायी वा आवश्यक तŒवहरू नै बढी रहेका हुन्छन्, त्यसै गरी नेपाली साहित्याकाशमा झलमलाएर नेपाली साहित्यिक धरतीलाई आलोकित गर्ने भानुका केही किरणहरू कताकता हानिकारक लागे पनि मात्रागत दृष्टिले भन्नुपर्दा साहित्यिक जीवनदायी र आवश्यक तŒवहरू नै बढी रहेको पाइन्छ । त्यसैले जसरी भानुका किरणका नकारात्मक तत्त्वबाट बच्तै सकारात्मक तत्त्वहरूबाट ऊर्जा ग्रहण गरी जीवन र व्यवहारमा उपयोग गरिन्छ र सारा प्राणी, वनस्पतिजगत् जीवित रहन्छ, त्यसै गरी हाम्रा भानुका साहित्यिक किरणका नकारात्मक पक्षलाई पनि तत्कालीन सामाजिक मान्यताको उपजका रूपमा स्विकार्दै र सकारात्मक प्रेरणा लिँदै उनका जुन किरणले नेपाली साहित्यको माध्यमिक काललाई समेत छिचोलेर आधुनिक कालसम्म सकारात्मक वा सृजनात्मक प्रभाव पारेको छ, त्यसलाई भने आदरपूर्वक ग्रहण गरेर सदुपयोग गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ । अन्त्यमा भानुभक्तको द्विशतवार्षिकीका अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित