सप्तदशोध्यायः: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ११५:

गरिने यज्ञलाई नै भन्दछन्, पार्थ ! राजसी ।

विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम् ।

श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते ।। (१३)

बिना विधि, बिना मन्त्र, बिना अन्न र दक्षिणा,

बिना श्रद्धा गरे यज्ञ बन्छ त्यो तामसी क्रिया ।

देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम् ।

ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्यते (१४)

देव-द्विज-गुरु-ज्ञानी-पूजा, सरल, स्वच्छता,

अहिंसा, ब्रह्मचर्यादि कहिन्छन् तप देहका ।

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।

स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते (१५)

वाणी हित-कर, प्यारो, साँचो, कष्ट–निवारक,

शास्त्र-अभ्यास हुन् हाम्रा बोली-वचनका तप ।

मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः ।

भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते (१६)

चित्त–प्रसन्नता, मौन, साधुता, आत्म–संयम,

अन्तस्करणको शुद्धि आदि हुन् मनका तप ।

श्रद्धया परया तप्तं तपस्तत्त्रिविधं नरैः ।

अफलाकाङक्षिभिर्युक्तैः सात्त्विकं परिचक्षते (१७)

फल-आशाबिना, श्रद्धा र भक्ति मनले गरी,

तपिने माथिका तीन कहिन्छन् तप सात्विकी ।

माथिका तीन = शरीर, वचन र मनले गरिने तपस्या ।

सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत् ।

क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम् (१८)

सत्कार, मान, पूजाका निमित्त गरिने तप,

अनित्य, दम्भलेयुक्त राजसी तप बन्दछ ।

मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः ।

परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम् (१९)

आफू वा परपीडाका निमित्त मूर्खतावश–

गरिने तपलाई नै भनिन्छ तामसी तप ।

दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे ।

देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम् (२०)

कर्तव्य ठानी निस्वार्थ देश, काल र पात्रता

हेरेर दिइने दान मानिएको छ सात्त्विक ।