नवमोध्यायः: संशोधनहरू बीचको भिन्नता

Content deleted Content added
===राजविद्याराजगुह्ययोग=== <br> श्रीभगवानुवाच <br> इदं... को साथमा पृष्ठ शृजना भयो
(कुनै भिन्नता छैन)

०७:४८, १४ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

राजविद्याराजगुह्ययोग


श्रीभगवानुवाच
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् (१)
भगवान्ले भने
विज्ञानयुक्त यो ज्ञान, हे निर्दाेषी ! म भन्दछु
जो जानेपछि यो दुःख-रूपी संसार तर्दछौ ।

राजविद्या राजगुह्यं पवित्रमिदमुत्तम् ।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् (२)
विद्या र गुह्यको राजा, शुचि, श्रेष्ठ, ननासिने,
सधर्म, फलदाता र सजिलैसँग पाइने ।

अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि (३)
श्रद्धाविहीन जोजो छन् हे पार्थ ! यस धर्ममा
म भेटिन्न र फर्कन्छन् मृत्यु-संसार मार्गमा

मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः (४)
ढाकिएको छ यो विश्व मेरो अव्यक्त रूपले,
मभित्र छन् सवै जीव म छैन तिनमा कतै ।

न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम् ।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः (५)
स्थित छैनन् ममा प्राणी, हेर यो योग-ऐश्वर,
प्राणीको नाथ, स्रष्टा हुँ, रहन्न तिनमा म त ।

यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय (६)
जस्तै आकाशको वायु त्यहीं सर्वत्र चल्दछ,
त्यस्तै प्राणीहरू सारा मभित्रै छन् भनी बुझ ।

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् (७)
हुन्छन् प्रकृतिमा लीन प्राणी कल्पान्तमा सब,
कल्पको आदिमा फेरि सृष्टि गर्छु धनञ्जय !

प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् (८)
सर्गका वशका सारा यी पराधीन जीवन,
यसकै वशमा राखी सृष्टि गर्छु पुनःपुनः ।
यसकै = प्रकृतिकै ।

न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय ।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु (९)
उदासीन, अनासक्त कर्ममा छु सदैव म,
त्यसैले कर्म-डोरीले म बाँधिन्न धनञ्जय  !

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरं ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते (१०)
मेरो अध्यक्षतामा नै प्रकृतिले चराचर,
गर्छे सृष्टि तथा नाश, चक्रझैं विश्व घुम्दछ ।