श्रीमद्भगवद्गीता अष्टादश अध्याय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ९१९:
==सञ्जय उवाच==
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः ।
 
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम् ।।७४।।
 
व्यासप्रसादाच्छु«तवानेतद्गुह्यमहं परम् ।
 
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् ।।७५।।
 
यस प्रकार वासुदेव र महात्मा अर्जुनको यो अद्भुत रोमांचकारी संवादमा व्यासको कृपाले साक्षात् योगेश्वर कृष्णले भनेको यस परम गुह्य योगका सबै कुरा, मैले आफैं सुनें ।
 
व्यँख्या
व्याख्या
 
कृष्णलाई अध्याय ११ मा एक पटक सञ्जयले र एक पटक अर्जुनले महात्मा भनेका छन् । यस श्लोकमा अर्जुनलाई महात्मन् भनिएको छ । कृष्णका १००० नाम महाभारतमा पाइन्छन् । यसमध्ये भगवान् श्रीकृष्णलाई गीतामा अच्युत, अनन्त, वासुदेव, योगेश्वर इत्यादि ३२ नामले र अर्जुनलाई भरत, पृथा, कौन्तेय आदि १८ विभिन्न नामले सम्बोधन गरिएको छ । अर्जुनलाई यहां महात्मा भनिएको छ । यो के कुराको संकेत हो भने ज्ञानको प्राप्ति नहु“दै अर्जुन महात्मा सम्बोधनको अधिकारी थिएनन् । तर जब अर्जुनले जब ज्ञान प्राप्त गरे अनि उनी महात्मा बने । अर्जुन मात्र होइन ज्ञान प्राप्त गरे पछि प्रत्येक व्यक्ति महात्मा बन्छ । जब आफ्नो वास्तविक रुप आत्माको जानकारी हुन्छ व्यक्ति महात्मा बन्छ ।
 
राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम् ।
 
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः ।।७६।।
 
तच्च संस्मृत्य संस्मृत्य रुपमत्यद्भुतं हरेः ।
 
विस्मयो मे महान् राजन्हृष्यामि च पुनः पुनः ।।७७।।
 
हे राजन्, केशव र अर्जुनका यी कल्याणकारक र अद्भुत संवाद सम्झी सम्झी म बारम्बार हर्षित हुन्छु ।
श्रीहरिका यी अत्यन्त अद्भुत (विश्व) रुपलाई सम्झी सम्झी मलाई अति विस्मय हुन्छ । अनि हे राजन्, म बारम्बार हर्षित हुन्छु ।
 
व्याख्या
 
पहिलो अध्यायको दोस्रो श्लोकमा सञ्जयले दुर्योेधनलाई एक पटक राजा भनी सम्बोधन गरेका थिए । यस श्लोकमा र अर्को श्लोकमा सञ्जयले धृतराष्ट्रलाई दुइ पटक राजन् भनेका छन् ।
धृतराष्ट्रले प्रश्न सोधेर गीता सुरु भएको थियो । जसको उत्तर दिन सञ्जयले प्रारम्भ गरेका थिए । जसरी र जहांबाट ग्रन्थ प्रारम्भ भयो, त्यसै गरी समाप्त गर्नु पर्दछ । समस्या प्रारम्भ भएपछि विश्लेषण हुन्छ र समाधान प्राप्त हुनासाथ त्यो समाप्त हुन्छ । सारांश के हो भने जहांबाट समस्या प्रारम्भ भएको थियो ग्रन्थ त्यहीं आएर समाप्त भएको छ । धृतराष्ट्र र सञ्जयको कुराकानीबाट प्रारम्भ भएको गीता त्यसै स्थानबाट समाप्त हु“दैछ । अब धृतराष्ट्र केवल श्रोता छन् । सञ्जयले कुरा टुङ्ग्याउ“दै छन् ।
 
महाभारत कथा अनुसार, कौरव र पाण्डवका बीच समझौता गराउन आएका कृष्णलाई दुर्योधनले अपमानपूर्वक पठाइदिए पछि व्यासले धृतराष्ट्रलाई आएर भेटे । भने, राजन्, कुरुवंशमा ठूलो विनाश हुनेवाला छ । यदि तिमीले चाहन्छौ भने मैले तिमीलाई दिव्यदृष्टि अर्थात् दूरदृष्टि दिन्छु । यसको प्रभावले तिमीले यहां बसेर कुरुक्षेत्रमा भएका सबै घटनाहरु प्रत्यक्ष देख्ने छौ । यति मात्र होइन, प्रत्येक योद्धाका मनमा भएका कुरा पनि देख्ने छौं, बुझ्न सक्ने छौ ।
 
धृतराष्ट्रले भने, म जन्मान्धले आजसम्म गतिलो केही देख्न पाइन । अब जीवनको अन्तिम समयमा आफ्नै कुलको संहार हेर्नका लागि मलाई दृष्टि किन चाहियो । तर युद्धको विवरण थाहा पाइराख्न यो दिव्यदृष्टि मेरो नया“ सचिवलाई दिनुहोस् । नया“ सचिव थिए सञ्जय ।
 
ंपाण्डवहरुलाईपाण्डवहरुलाई उनीहरुो जायज अधिकार दिनु पर्ने बारे विदुरका कुरा दरबारमा नसुनिए पछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । र त्यस रिक्त पदमा सञ्जयलाई सचिव बनाइएको थियो । यसरी सञ्जय आकस्मिक रुपमा गीता शास्त्रको विवरण दिने व्यक्ति बन्न पुगेका थिए । यही कुरा उनले श्लोकमा भनेका छन् । व्यासको प्रसादले दिव्य दृष्टि प्राप्त गरें । कुरु क्षेत्र देखें । युद्धका घटना, गीताको उपदेश, र विश्वरुपको दृश्य देखेर म सम्झ“दै र रोमाञ्चित हुंदै गइरहेको छु । जसरी म्यारी गो राउण्डमा पहिलो पटक चढेको बालक त्यो घटना सम्झंदै आनन्दित पनि हुन्छ र जिरिङ् जिरिङ् पनि गर्छ, त्यही हालत सञ्जयको छ । हरिको अर्थ हो हरण गर्ने । जसले शुभ र अशुभ सबै हरण गरेर एक मात्र सत्यलाई बांकी राख्छ । त्यो हरि हो । त्यसैले यो संझेर विस्मय भइरहन्छ ।
 
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।
 
तत्र श्रीर्विजयो भूतिर्धु्रवाः नीतिर्मतिर्ममः।।७८।। जम्मा श्लोक ७००।।
 
जहां योगेश्वर कृष्ण हुनुहुन्छ । जहां धनुर्धर अर्जुन छन् त्यहां विजय, भूति, र नीति हुन्छ यस्तो मेरो अटल विश्वास छ ।
 
व्याख्या
 
अब उनी धनुर्धर हुन् अर्थात् अब अर्जुनले हतियार समाते । यसको अर्थ के हो भने अब उनी जिम्मेवारी लिन तैयार छन् । भगवान् श्रीकृष्ण र अर्जुनको नाम यहां एउटै श्लोकमा एक साथ आयो । कर्तव्य र कर्तव्य परायण अब एकाकार भए । बाटो लक्ष्यमा पुग्यो । अर्जुन र कृष्ण एकै ठाउंमा छन् । दुवैको मानसिकता एक समान नभएसम्म गुरुले शिष्यलाई जुन विधिबाट शिक्षण दिए पनि सफल शिक्षण हुन सक्दैन । त्यसैले अर्जुनका १० वटा पर्यायवाचीमा एउटा नाम कृष्ण पनि हो ।
एक जना सन्तले यसलाई आत्मा र परमात्माको मिलनको रुपमा व्याख्या गरेका छन् । स्थिरता साथ ध्यान गर्नेले विजय प्राप्त गर्छ । मनको एकाग्रता नै सम्पूर्ण सफलताको आधार हो । यही ईश्वरीय विभूति हो यही संसारको नीति हो । ध्यान धनुष हो, गाण्डीव भनेको इन्द्रियको दृढता हो । अर्जुन आज पनि प्रत्येकका मनमा अनुराग भइ बसेका छन् । कृष्ण आज पनि सबैका हृदयमा विवेकरुपमा बास गर्नुहुन्छ । यदि अनुराग अन्तःकरणमुखी छ भने आत्मा र परमात्माको अन्तर रह“दैन । महात्माहरुले विजय प्राप्त गर्ने भनेको यही हो ।
<br />
 
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे मोक्षसन्न्यासयोगो नामाष्टादशोध्यायः ।
 
अध्याय १८ को सार–संक्षेप
 
 
 
विगतका सोह्रवटा अध्यायका उपदेश मनन गरिसके पछि पनि अर्जुनका मनमा शंका भइनै रह्यो । किनभने गीताको सन्न्यास र प्रचलित सन्न्यासमा उनले अन्तर देख्छन् । उनलाई के लाग्छ भने त्याग र सन्न्यास अर्कै अर्कै हो, एउटै होइन । यस शंकाको निवारण गर्दै भगवान्ले गीता ज्ञानको सार दिंदै हुनुहुन्छ ।
धेरै जसो कर्महरुमा कामना भरिएको हुन्छ । अनेक इच्छा पूरा गर्न मानिसले अनेकानेक उद्यम गर्नु पर्छ । यस्तो कर्म काम्य कर्म हो । अन्य आवश्यक र स्वाभाविक कर्म हुन्छन्् जस्तै, सा“स फेर्नु, देह रक्षाका लागि खानु, लुगा लगाउनु, ओढ्नु, ओच्छ्याउनु, सुत्नु इत्यादि । तेस्रो कर्म पारमार्थिक कर्म हो । यी मध्ये काम्य कर्मको त्याग गीताको गीताको सन्न्यास हो । र कर्ममात्रका फलको त्यागलाई गीताले त्याग भनेको हो ।
 
के भन्न सकिन्छ भने कर्ममात्रमा केही न केही दोष जरुर हुन्छन्, तर यज्ञार्थ अर्थात् परोपकारार्थ कर्मको त्याग विहित छैन । यज्ञभन्दा दान र तप पनि त्यसैमा पर्छन् । तर परमार्थमा आसक्ति, मोह हुनुहुंदैन । अन्यथा त्यसमा खराबी आउन सक्छ ।
 
मोहवश नियत कर्मको त्याग तामस त्याग हो । शारीरिक कष्टको डरले गरिएको त्याग राजस हो तर सेवा कार्यको भावनाले बिना फलेच्छाको त्याग सच्चा सात्विक त्याग हो । अतः यहां कर्ममात्रको त्याग होइन कर्तव्य–कर्मका फलको त्याग हो र अन्य अर्थात् काम्य कर्मको भने त्याग हो । यस्ता त्यागीलाई कुनै शंका हुंदैन । उसको भावना चोखो हुन्छ र उसले सुविधा असुविधाको ख्याल गर्दैन ।
 
जसले कर्म फलको त्याग गर्दैनन् उनलाई असल खराब फल भोग्नु पर्छ । तर फल त्यागी भने बन्धनमुक्त हुन्छ ।
 
कर्मको विषयमा मोह के हो? म कर्ता हु“ भन्ने अभिमान मिथ्या हो । कर्ममात्रका सिद्धिमा पा“च कारण हुन्छन्, स्थान, कर्ता, साधन, क्रिया, र यी बाहेकको अन्तिम दैव ।
यो बुझेर मानिसले आफ्नो अभिमानको त्याग गर्नु पर्छ । अहंता छोडेर जे गरे पनि कर्तालाई के भन्न सकिन्छ भने उसले गर्दागर्दै पनि केही गरेन । किनभने उसलाई कर्मले बा“ध्न सक्दैनन् । यस्ता निरभिमान, शून्यवत् भएका मानिसको विषयमा के भन्न सकिन्छ भने उसले मार्दैछ भने पनि मादैन । यसको अर्थ के होइन भने कुनै मानिसले शून्यवत् रहंदा पनि हिंसा गर्छ र अलिप्त रहन्छ । निरभिमानीलाई हिंसाको प्रयोजन नै के बांकी रह्यो ?
 
कर्मको प्रेरणामा तीन कुरा हुन्छन् ज्ञान, ज्ञेय, र परिज्ञान, र उसका तीन अंग हुन्छन्– इन्द्रिय, क्रिया र कर्ता । जसले गर्छ उ ज्ञेय हो । जुन त्यसको विधि हो, त्यो ज्ञान हो र जान्नेवाला जो छ त्यो परिज्ञाता हो । यसरी प्रेरणा भएपछि कर्म हुन्छ । उसमा इन्द्रिय कारण हुन्छन् । जुन कुरा गर्ने हो त्यो क्रिया, र त्यसलाई जसले गर्छ । त्यो कर्ता हो । यसरी विचारबाट आचार हुन्छ । जसबाट हामीले प्राणी मात्रमा एउटै भाव देख्नुपर्छ अर्थात् सबै कुरा भिन्न–भिन्न लाग्छन् तर गहिराईमा जा“दाजाँदा एउटै भासित हुन जान्छन् भने सात्त्विक ज्ञान हुन्छ ।
यसको विपरीत जुन भिन्नता देखिन्छ, त्यो अलग अलग छ भन्ने लाग्छ भने त्यो राजस ज्ञान हो ।
 
र जहा“ केही थाहा नै पाईंदैन, लाग्छ सबै बिना कारण र गडबड भइरहेछ भने त्यो तामस ज्ञान हो ।
यसको विपरीत जुन भिन्नता देखिन्छ, त्यो अलग अलग छ भन्ने लाग्छ भने त्यो राजस ज्ञान हो । र जहाँ केही थाहा नै पाईंदैन, लाग्छ सबै बिना कारण र गडबड भइरहेछ भने त्यो तामस ज्ञान हो
 
ज्ञानको विभाग जस्तै कर्मका पनि विभाग छन् । जहां भोगको इच्छा छ तर राग–द्वेष छैन त्यो कर्म सात्त्विक हो । जहां भोगको इच्छा छ, जहां मैले गर्छु, त्यो अभिमान छ, र यसबाट जहां होहल्ला छ, त्यो राजस कर्म हो । जहां परिणाममा हानि वा हिंसाको, शक्तिको परवाह छैन, र जुन मोहवश गरिएको हुन्छ । त्यो तामस कर्म हो ।
 
कर्म जस्तै कर्ता पनि तीन प्रकारका हुन्छन् । जसलाई राग हु“दैन अहंकार छैन, तथापि जसमा दृढता छ, साहस छ, र जसलाई असल र खराब फलले हर्ष शोक हुंदैन, त्यो सात्त्विक कर्ता त्यो हो ।
 
राजस कर्तामा राग हुन्छ । लोभ हुन्छ । हिंसा हुन्छ । हर्ष र शोक त हुन्छ हुन्छ । र फेरि कर्मफलका इच्छाको त झन् के भन्नु ? र तामस– कर्ता अव्यवस्थित, दीर्घसूत्री, हठी, शठ, आलसी, संक्षेपमा संस्काररहित हुन्छ ।
 
बुद्धि, धृति र सुख पनि यसै गरी भिन्न भिन्न प्रकारका हुन्छन् । यो कुरा पनि जान्नु उचित हुन्छ ।
सात्त्विक बुद्धिले प्रवृत्ति–निवृत्ति, कार्य–अकार्य, भय–अभय, र बन्ध–मोक्ष आदिको जस्ताको तस्तै सही सही भेद गर्छ र जान्दछ । राजसी बुद्धिले भेद गर्न त खोज्छ तर गलत र विपरीत अनुमान गरिरहेको हुन्छ । र तामसी बुद्धिले धर्मलाई अधर्म मान्दछ । सबै उल्टो नै देख्छ ।
 
धृति अर्थात् धारणा– जे कुरा पनि ग्रहण गरेर उसमा लागि रहने शक्ति । यो शक्ति अल्पाधिक प्रमाणमा सबैसंग हुन्छ । यदि यो भएन भने जगत एक छिन पनि टिक्न सक्दैन । अब जसमा मन, प्राण र इन्द्रियका क्रियाहरुको समता छ, समानता छ , र एकनिष्ठा छ, त्यहां धृति सात्त्विकी हुन्छ र जसद्वारा मानिस धर्म, काम, र अर्थलाई आसक्तिपूर्वक धारण गर्छ, त्यो धृति राजसी हो । जुन धृतिले मानिसलाई निन्दा, भय, शोक, निराशा, मद आदि छोड्दैन । त्यो तामसी हो ।
 
सात्त्विक सुख त्यो हो जसमा दुखको अनुभव हुंदैन । आत्मा प्रसन्न रहन्छ । र सुरुमा विषतुल्य लागेपनि परिणाममा अमृततुल्य हुन्छ । विषयभोगमा त्यस्तो हुंदैन । सुरुमा मधुर लाग्छ तर पछि विषतुल्य हुनजान्छ, । त्यसैले त्यो राजस सुख हुन्छ । र केवल मूच्र्छा, आलस्य, निद्राको जुन अवस्था छ, त्यसलाई तामस सुख जान्नु पर्छ ।
यसरी सबै वस्तुका तीन भाग गर्न सकिन्छ । ब्राह्मणादि चारवर्ण यिनै तीन गुणका अल्पाधिक मात्राले गर्दा नै भएका हुन् । ब्राह्मणका कर्महरुमा शम, दम, तप, शौच, क्षमा, सरलता, ज्ञान, अनुभव, आस्तिकता हुनुपर्छ ।
 
क्षत्रियमा शौर्य, तेज, धृति, दक्षता, युद्धमा खुट्टा नकमाउनु, दान, राज्य चलाउने शक्ति हुनुपर्छ । खेती, गोरक्षा, र व्यापार वैश्य कर्म हो भने शूद्रको कर्म हो– सेवा । यसको के अर्थ होइन भने एउटाको गुण अर्कोमा हुंदैन, अथवा यी गुणलाई हासिल गर्ने हक अरुलाई छैन । के मात्र हो भने तत् तत् गुणहरुले वा कर्महरुले त्यो त्यो वर्ण चिनिन्छ । यदि हरेक वर्णका गुण कर्म चिन्न सकिन्छ भने परस्पर द्वेषभाव र स्पर्धा पनि रह“ंदैन ।
 
उचनीच र सानोठूलो भावनाको कुनै गुंजायश छैन । सबैले आआफ्ना स्वभाव अनुसार निष्काम भावले आआफ्ना ती ती कर्म गर्दै, उनीहरु सबै मोक्षका अधिकारी हुन्छन् । त्यसैले के भनिन्छ भने परधर्म जतिसुकै सरल लागे पनि स्वधर्म नै बेश । स्वभावजन्य कर्ममा पाप नहुने संभावना हुन्छ, किनभने उसैमा निष्कामताको पाबन्दी हुनसक्छ । अर्काको कर्म गर्ने इच्छामा नै कामना आउ“छ । बा“कीबाँकी के भने जस्तो अग्नि मात्रमा धुवा“धुवाँ हुन्छ, त्यसै गरी कर्ममात्रमा दोष हुन्छ नै । तर सहज प्राप्ति धने कर्मफलको इच्छा बिना हुन्छ । त्यसैले कर्मको दोष लाग्दैन ।
यस प्रकार स्वधर्मको पालन गर्दागर्दै जो शुद्ध हुन्छ । जसको मन वशमा आउ“छ । जसले पा“च विषय छोड्यो, जसले रागद्वेषलाई जित्यो । जो एकान्तसेवी अर्थात् अन्तरध्यानी रहन सक्छ । जो अल्पाहार गरेर मन, वचन, कायालाई अंकुशमा राख्छ । ईश्वरको ध्यान जसलाई बराबर रहन्छ । जसले काम, क्रोध, अहंकार, परिग्रह, इत्यादि त्याग गर्यो । त्यो शान्त योगी ब्रह्मभाव प्राप्त गर्नका लागि योग्य हुन्छ । यस्तो मानिस सबै प्रति समभाव राख्ने हुन्छ । हर्ष, शोक गर्दैन । यस्तो भक्त ईश्वर तत्त्वको यथार्थ जान्दछ । ईश्वरमा लीन हुन्छ । यसप्रकार जसले भगवानको आश्रय लिएको छ । उसले अमृतपद प्राप्त गर्छ । त्यसैले भगवान्ले भन्नु हुन्छ– सबै कुरा मलाई अर्पण गर्दै ममा परायण होउ । र विवेक बुद्धिको आश्रय लिएर ममा चित्त नहट्ने गरी चित्त लगाउ । यसो गर्छौ भने सारा विडम्बनाहरुबाट मुक्त हुनेछौ । तर यदि कसैले अहंकार राखेर मेरो सुन्दैन भने त्यसले विनाशलाई प्राप्त हुनेछ । शय कुराको एक कुरा के हो भने सबै प्रपञ्चलाई त्यागेर मेरो शरण लेउ । अनि पापमुक्त हुन जानेछौ । जो तपस्वी छैन । जो भक्त छैन । जसलाई सुन्ने इच्छा छैन । र जुन मप्रति श्रद्धा राख्दैन । उसलाई यो ज्ञान नसुनाउनु । तर जसले यो गुह्यज्ञान मेरा भक्तलाई दिन्छ । मेरो भक्ति गर्नाले त्यो अवश्य मुक्त हुन्छ ।
 
अन्तमा संजयले धृतराष्ट्रलाई भन्छन्– जहा“ योगेश्वर कृष्ण छन् । जहां धनुर्धारी पार्थ छन् । त्यहां श्री छ । त्यहां विजय छ । त्यहां वैभव छ । अनि त्यहां अविचल नीति पनि हुन्छ ।
यस प्रकार स्वधर्मको पालन गर्दागर्दै जो शुद्ध हुन्छ । जसको मन वशमा आउ“छआउँछ । जसले पा“चपाँच विषय छोड्यो, जसले रागद्वेषलाई जित्यो । जो एकान्तसेवी अर्थात् अन्तरध्यानी रहन सक्छ । जो अल्पाहार गरेर मन, वचन, कायालाई अंकुशमा राख्छ । ईश्वरको ध्यान जसलाई बराबर रहन्छ । जसले काम, क्रोध, अहंकार, परिग्रह, इत्यादि त्याग गर्यो । त्यो शान्त योगी ब्रह्मभाव प्राप्त गर्नका लागि योग्य हुन्छ । यस्तो मानिस सबै प्रति समभाव राख्ने हुन्छ । हर्ष, शोक गर्दैन । यस्तो भक्त ईश्वर तत्त्वको यथार्थ जान्दछ । ईश्वरमा लीन हुन्छ । यसप्रकार जसले भगवानको आश्रय लिएको छ । उसले अमृतपद प्राप्त गर्छ । त्यसैले भगवान्ले भन्नु हुन्छ– सबै कुरा मलाई अर्पण गर्दै ममा परायण होउ । र विवेक बुद्धिको आश्रय लिएर ममा चित्त नहट्ने गरी चित्त लगाउ । यसो गर्छौ भने सारा विडम्बनाहरुबाट मुक्त हुनेछौ । तर यदि कसैले अहंकार राखेर मेरो सुन्दैन भने त्यसले विनाशलाई प्राप्त हुनेछ । शय कुराको एक कुरा के हो भने सबै प्रपञ्चलाई त्यागेर मेरो शरण लेउ । अनि पापमुक्त हुन जानेछौ । जो तपस्वी छैन । जो भक्त छैन । जसलाई सुन्ने इच्छा छैन । र जुन मप्रति श्रद्धा राख्दैन । उसलाई यो ज्ञान नसुनाउनु । तर जसले यो गुह्यज्ञान मेरा भक्तलाई दिन्छ । मेरो भक्ति गर्नाले त्यो अवश्य मुक्त हुन्छ ।
 
 
अन्तमा संजयले धृतराष्ट्रलाई भन्छन्– जहा“जहाँ योगेश्वर कृष्ण छन् । जहां धनुर्धारी पार्थ छन् । त्यहां श्री छ । त्यहां विजय छ । त्यहां वैभव छ । अनि त्यहां अविचल नीति पनि हुन्छ ।
यहां कृष्णलाई योगेश्वर विशेषण दिइएको छ । यसबाट कृष्णको शाश्वत अर्थ र शुद्ध अनुभव ज्ञान गरिएको छ । र धनुर्धारी पार्थ भनेर के बताइएको छ भने जहां यस्ता अनुभवसिद्ध ज्ञानलाई अनुसरण गर्ने क्रिया छ, त्यहां परमनीति अवरोधिनी मनोकामना सिद्ध हुन्छ । (महात्मा गान्धीको गीता माताबाट)
 
महाकवि देवकोटाले जीवनको अन्तिम समयमा श्रीकृष्ण उपदेशको महत्त्वलाई निम्नलिखित कवितामा बयान गरेका छन्–
 
संसार रुपी सुख स्वर्ग भित्र,
रमें रमाएं लिइ भित्र चित्र ।
Line ९८९ ⟶ १,०३१:
जन्में म यो स्वर्ग विषे पलाएं,
आखिर मै खाक त्यसै बिलाएं ।।
==गीता पुष्पिका र यसको भावार्थ==
 
संस्कृत ग्रन्थहरुमा अध्याय प्रारम्भ गर्दा अथ अमुक अध्याय तथा अन्त गर्दा इति अमुक अध्याय लेख्ने परम्परा रहेको छ । महाभारतको अध्यायका अन्तमा इति महाभारते अमुक पर्वाणि अमुक अध्यायः भनेर समाप्त गरिएको छ । तर गीतामा केही फरक छ । गीताका प्रत्येक अध्यायको अन्तमा लेखिएको वाक्यलाई पुष्पिका भनिन्छ । यसले त्यो अध्याय समाप्त भएको संकेत गर्छ । पुष्पिकामा गीताका चारवटा शीर्षकका साथै प्रत्येक अध्यायको सार तŒव वा शीर्षक उल्लेख गरिएको हुन्छ । विभिन्न प्रकाशनहरुमा पुष्पिकाको स्वरुप केही फरक पाइन्छ । उदाहरणहरु यस प्रकार छन्
 
===गीताप्रेस गोरखपुर===
 
गीताप्रेस गोरखपुरको जयदयाल गोयन्दकाको संकलन, जुन सर्वाधिक प्रचलनमा छ, मा प्रथम अध्यायको पुष्पिका यस प्रकार दिइएको छ –
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः ।।
Line १,००० ⟶ १,०४१:
स्वामी ईश्वरानन्दले पनि गीता तात्पर्यमा यसै पुष्पिकालाई प्रयोग गर्नु भएको छ ।
 
===शांकरभाष्य संस्करण र रामकृष्ण मिशन संस्करण===
 
शांकरभाष्य संस्करणहरुमा दिइएको पुष्पिका यस प्रकार छ–
Line १,००७ ⟶ १,०४८:
रामकृष्ण मिशनको स्वामी अपूर्वानन्दले गरेको अनुवादमा यस पुष्पिकालाई प्रयोग गरिएको छ ।
 
===कोमल गीता===
 
नेपालीको उपलब्ध पहिलो अनुवाद कोमल गीता मानिन्छ । यसमा दिइएको पुष्पिका निम्न्लिखित छ–
इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः ।।
 
 
पुष्पिकाको हरेक शब्द महत्त्वपूर्ण छ । ॐ ज्ञानको, वेदको आधार हो । तत्सदिति भने पछि आफुले ईश्वर समर्पणका लागि गरेको हरेक कृत्यमा रहेको कमी पूरा हुन्छ । विधिपूर्वक गरिएको कृत्य छ भने त्यसले पूर्णता प्राप्त गर्छ । यो कुरा गीताको अध्याय १७ को २३ औ श्लोकमा स्पष्ट रुपमा बताइएको छ । स्वयं श्रीभगवान्को मुखबाट निस्केको हुनाले भगवद्गीता भयो ।
यस ग्रन्थमा सारा उपनिषदको सार छ त्यसैले यो उपनिषद् पनि हो । ईश्वरीय तत्त्वको साक्षात्कार गराउने हुनाले यो ब्रह्म विद्या हो । यसको प्रत्येक अध्याय ईश्वरसंग योग गराउने विधिसंग सम्बन्धित छ ।
 
यो मुख्यतः कृष्ण र अर्जुनको कुराकानी भएर नै शास्त्ररुपमा निःसृत भएको हो, त्यसैले कृष्णार्जुन संवाद पनि हो । प्रत्येक अध्यायले गीताको मनन गर्नेलाई ईश्वरको तत्वसंग जोड्छ । त्यसैले प्रत्येक अध्याय एक योग हो । पहिलो अध्याय विषाद योग हो अर्थात् यसले अर्जुनको डिप्रेशनको बारेमा बताउ“छ । ईश्वरसंग योग हुनाको लागि यो एक प्राथमिक शर्त हो । विषाद नभइ ईश्वरको अनुभव हुंदैन ।
 
पुष्पिकामा गीताका चार नामहरु यस प्रकार बताइएको छ, गीता, सु उपनिषद, ब्रह्म विद्या, योग शास्त्र, कृष्णार्जुन संवाद । अर्जुन भनेको सेतो कृष्ण भनेको कालो तर अर्जुनको एक नाम कृष्ण पनि हो । त्यसैले सेतो र कालो एक अर्थमा एउटै पनि हो । सेतोले सबै रंग परावर्तित गर्छ भने कालोले सबै रंग शोषण गर्छ । यो दुवैको संवाद अर्थात् सेतो र कालो दुइको ठीक त्यस्तो संगम हो जसरी सेती गण्डकी र काली गण्डकीको संगम स्थल उत्तम तीर्थ बनेको हुन्छ । गीतोपनिषद् पनि त्यस्तै पवित्र तीर्थ हो । जहा“जहाँ डुबुल्की मार्नेहरुको सबै अज्ञान नाश हुन्छ । गंगा स्नानभन्दा पनि गीता स्नान अझ पवित्र किन पनि छ भने गंगाको गहिराईमा पुग्दा अपठ्यारो अनुभव हुन्छ । तर गीताको जति गहिराईमा गयो उति बढी आनन्द हुन्छ ।
ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः