श्रीमद्भगवद्गीता अष्टादश अध्याय
अध्याय १८
सम्पादन गर्नुहोस्मोक्ष सन्न्यास योग
सम्पादन गर्नुहोस्अर्जुन उवाच
सम्पादन गर्नुहोस्सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ।।१।।
अर्जुन उवाच
सम्पादन गर्नुहोस्सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ।। १ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्अर्जुन उवाच (अर्जुनले भने)
सन्न्यासस्य (सन्न्यास) महाबाहो (हे महाबाहु अर्जुन) तत्त्वम् (यथार्थरुपमा) इच्छामि वेदितुम् (जान्न इच्छकु छु) त्यागस्य च (र त्याग) हृषीकेश (हे हृषीकेश) पृथक् (पृथक् पृथक) केशिनिषूदन (केशिको संहार गर्ने)।
अर्जुनले भने–
हे महाबाहु, हे हृषीकेश, हे केशिनिसूदन, मैले सन्न्यास र त्यागलाई यथार्थरुपमा पृथक् पृथक् जान्न चाहन्छु ।।१।।
व्याख्या
सम्पादन गर्नुहोस्अर्जुनको भगवान् कृष्ण प्रति विश्वास दृढ भएको छ र अब उनी स्वधर्मरुपी गर्न तैयार छन् तर उनको मनमा थोरै जिज्ञासा बाँकी छ । त्यसैले भनेका छन् हे महाबाहु, हे हृषीकेश सन्न्यास र त्यागको बारेमा बुझाई दिनु होस् । अर्जुनको यो अन्तिम जिज्ञासा हो ।
महाबाहोको अर्थ हुन्छ– विशाल बाहु भएका, अत्यन्त शक्तिशाली । हृषीकेश भगवान् श्रीकृष्णको एक नाम हो । हृषीकको अर्थ हुन्छ इन्द्रिय, किनभने इन्द्रियले प्राणीलाई आनन्द दिन्छन्, ईशको अर्थ हो प्रेरक । त्यसर्थ हृषीकेशको अर्थ हुन्छ इन्द्रिय प्रेरक (अन्तर्यामी) । तर हृषी र केशः यस्तो पदच्छेद गरेमा यसको अर्थ हुन्छ– हर्षितकेश अर्थात् जसका केश ठाडा ठाडा छन् । केशिन् नाम गरेको दैत्यको संहार गरेकोले भगवानलाई केशिनिसूदन भनिएको हो । यी सबै भगावन् विष्णुका नामहरु हुन् ।
सन्न्यासको एउटा अर्थ हो सम्यक् न्यास, उचित तरिकाले स्थापन गर्नु । जसले हरेक क्रिया उचित तरिकाले सम्पन्न गर्छ त्यो सन्न्यासी हो । अर्को अर्थमा सन्न्यास भनेको चार आश्रम मध्ये एक हो ।
गीतामा ब्रह्मचर्य (६.१४,८.११, र १७.१४) र सन्न्यास (३.३०, ५.१३, १२.६, १८.१,२) आश्रमको स्पष्ट विवरण उपलब्ध छ । तर गृहस्थ र वानप्रस्थबारे केवल संकेत मात्र भेटिन्छ, त्यसैले वर्णको बारेमा चर्चा भए तापनि आश्रमको विषयमा गीतामा विशेष चर्चा छैन भन्न सकिन्छ ।
समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै व्यक्तिको व्यक्तित्व विकासका लागि आश्रम व्यवस्था अनिवार्य मानिएको छ । यसको माध्यमबाट व्यक्तिले पूर्णता र सन्तोष प्राप्त गर्न सक्छ भन्ने मानिएको छ । यसका लागि चार आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यासको व्यवस्था गरिएको छ । आश्रमको अर्थ हो परिश्रमका साथ ।
प्रथम आश्रम ब्रह्मचर्य अन्तर्गत व्यक्तिले कठोर अनुशासन पालन गर्दै २५ वर्षसम्म गुरुबाट विद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रममा रहेर ५० वर्षसम्म विवाह, जीविकोपार्जन, सन्तानको पालन, देव, पिता, अतिथि र आश्रितको यथायोग्य सत्कार गर्नु पर्छ । यस पछिको २५ वर्षको समय वानप्रस्थ आश्रम हो । वानप्रस्थ शब्दको अर्थ हो वनतिर प्रस्थान गर्न तैयार भएको अवस्था । वानप्रस्थीले गृहस्थ कर्ममा प्रत्यक्ष संलग्न नहुनु भनेको छ । तर अप्रत्यक्ष संलग्नतालाई अस्वीकार गर्दैन। यो गृहस्थ र सन्न्यासका बीचको अवस्था हो । वानप्रस्थ जीवनलाई संन्यास जीवनको अभ्यासको रुपमा लिन सकिन्छ ।
जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, कुनै उद्योग नगर्नु, अकिञ्चन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु, यति नियम निर्धारण गरिएको छ ।
त्यागको एउटा अर्थ हो बहादुर, वीर । जैन धर्मका अन्तिम तीर्थंकरलाई महावीर भनिन्छ । यहाँ महावीरको अर्थ हो, सबै कुराको त्याग गरिसकेको । उनले शरीरका वस्त्र समेत सहज त्याग गरे । करपात्रीजीले खाने थालीको त्याग गरे । जीवनभर हातमा थापेर खाना खान्थे । मस्तराम बाबाले खाना, वस्त्र सारा त्यागे । कसैसंग भिक्षान्न पनि नमाग्ने । कसैले ल्याइदिए खाने, नत्र हप्तौं दिनसम्म भोकै । यदि कुनै शिष्यले खानेकुरा मागेर ल्याइहाल्यो भने छुंदै छुन्नथे । वस्त्र पनि आफैं नलगाउने । वस्त्र जहाँ खस्यो, खस्यो । छोड्यो, हिंड्यो । स्वामी रामतीर्थ कुनै पनि कुरा संग्रह गर्दैनथे । रामकृष्ण परमहंसले पैसा कहिल्यै छोएनन् । शिवपुरी बाबाले जन्मथलो, नातेदार धनसम्पत्ति सर्वस्व त्याग गरे । न्यूनतममा जीवनयापन गरे । जबकि उनलाई भेट्न भारतका राष्ट्रपति समेत काठमाडौं आएका थिए । सन्त ज्ञानदिलदासले गाउँ बस्ती त्याग गरेर वनको छेउमा डेरा बनाए ।
तर गीतामा भगवान् कृष्णले त्यागलाई अलग किसिमले व्याख्या गर्नु भएको छ ।
श्रीभगवानुवाच
सम्पादन गर्नुहोस्काम्यानां कर्मणां न्यासं सन्न्यासं कवयो विदुः ।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ।। २ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)
काम्यानाम् कर्मणाम् (काम्य कर्म) न्यासम् (त्याग) सन्न्यासम् (सन्न्यास) कवयो (विद्वान्हरुले) विदुः (जान्दछन्) सर्वकर्मफलत्यागम् (सबै कर्मको फलत्याग) प्राहुः (भन्छन्) त्यागम् (त्याग) विचक्षणा: (बुद्धिमान, स्पष्टदर्शी, कुशल) ।
श्रीभगवानले भन्नु भयो–
विद्वान्हरुले काम्यकर्मको त्यागलाई सन्न्यास ठान्दछन् भने विचक्षणले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् ।। २ ।।
व्याख्या
सम्पादन गर्नुहोस्गीतामा ब्रह्मचर्य (६.१४,८.११, र १७.१४) र सन्न्यास (३.३०, ५.१३, १२.६, १८.१,२) आश्रमको स्पष्ट विवरण उपलब्ध छ । तर गृहस्थ र वानप्रस्थबारे केवल संकेत मात्र भेटिन्छ, त्यसैले वर्णको बारेमा चर्चा भए तापनि आश्रमको विषयमा गीतामा विशेष चर्चा छैन भन्न सकिन्छ ।
कविहरुले काम्य कर्मको त्यागलाई सन्न्यास ठान्दछन्...। यहाँ कविको अर्थ हो– सबै कुरा जान्ने । ज्ञानको विश्वकोश, विद्वान् । शास्त्रीय ज्ञानको गहिराईसम्म पुगेको । काम्य कर्म भनेका ती कर्महरु हुन्, जुन कामना पूरा गर्ने उद्देश्यले गरिन्छ । यस्ता काम्य कर्मको त्यागलाई विद्वान्हरुले सन्न्यास भन्दछन् ।
भगवान् श्रीकृष्णले भन्नु हुन्छ–‘...तर विचक्षण मानिसहरुले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् विचक्षणको अर्थ हुन्छ विशेष दृष्टि भएको, चतुर, कल्याणकारी दृष्टि भएको, दूरदर्शी र आफू पनि सुरक्षित रहने र सत्यको पक्षलाई पनि सुरक्षित राख्ने । भगवान् श्रीकृष्णको विचक्षणताको एउटा उदाहरण हो यो श्लोक ।
एक दिन अकबरले आफ्ना मन्त्री बीरबललाई सोधे– ‘बीरबल, म ठुलो कि तिम्रो भगवान् विष्णु ?’
बीरबलले तत्काल उत्तर दिए– ‘यो पनि कुनै सोध्ने प्रश्न हो र सरकार ? हजुर नै ठूलो ।’
अकबरले खुशी भएर भने– ‘किन म ठुलो ? भगवान् विष्णुले गर्न नसक्ने मैले के गर्न सक्छु?’
बीरबल– ‘सरकारले मलाई देश निकाला गर्न सक्नुहुन्छ ।’ तीन लोकका मालिक भगवान् विष्णुले त्यो गर्न सक्नुहुन्न । उनको सृष्टिभन्दा बाहिर केही पनि छैन ।
बीरबल जस्तो व्यक्तिलाई विचक्षण भनिन्छ ।
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः ।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ।।३।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्एके (अन्य कोही, कोही एक आध) मनीषिणः (मनीषी) प्राहुः (भन्छन्) कर्म (सबै कर्म) दोषवत् (दोषपूर्ण छन) इति (त्यसैले) त्याज्य् (त्याज्य छन्) च (तथा) अपरे (अन्य कसैले भन्छन्) यज्ञदानतपः (यज्ञ, दान, तप) कर्म (कर्म) न त्याज्यम् (त्याग गर्नु हुँदैन)।
कुनै मनीषीले के भन्दछन्– कर्म जति सबै दोषयुक्त छन्, त्यसैले त्याग्नु पर्छ तथा अन्य कसैले भन्दछन्– यज्ञ, दान, र तप कर्म कदापि त्याग गर्नु हुँदैन ।
व्याख्या
सम्पादन गर्नुहोस्मनीषीको अर्थ हो जसले मनन गरेर बोल्छ । जसले बोले पछि दुर्जनहरु पनि शान्त हुनजान्छन्। विचार गरेर बोल्नेले कसैको पनि कुभलो बोल्दैन । त्यसैले त्यो माननीय पनि हुन्छ । रघुवंशमा भनिएको छ– माननीयो मनीषिणाम्...।
सबै कर्म दोषपूर्ण हुन्छन् त्यसैले यज्ञ, दान र तपमा पनि केही दोष उत्पन्न हुनसक्छन् । तर जसरी रोग निको पार्ने औषधिको प्रत्यवाय (साइड इफेक्ट) हुन्छ भन्दैमा त्यसको त्याग गर्नु हुँदैन त्यसै गरी यज्ञ, दान र तपलाई त्याग्नु हुँदैन । यहाँ भगवान् श्रीकृष्णले आफ्नो नाम नलिइकन भन्नु भएको छ– ‘यो कुरा केही अन्यले भनेका छन् ।’ यस कुराले श्रीकृष्णको विचक्षणता प्रकट हुन्छ।
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ।।४।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्भरतसत्तम (भरतश्रेष्ठ) त्यागे (त्यागको) तत्र (विषयमा) मे (मेरो) निश्चयम् (निश्चय, निर्णय) शृणु (सुन) पुरुषव्याघ्र (श्रेष्ठतम पुरुष) त्यागः (त्याग) हि (पनि) त्रिविधः (तीन प्रकारका) सम्प्रकीर्तितः (प्रसिद्ध छन्, बताइएको छ) ।
हे भरत श्रेष्ठ त्यागको विषयमा मेरो निश्चय सुन । हे पुरुषसिंह, त्याग पनि तीन प्रकारको बताइएको छ ।।४।।
व्याख्या
सम्पादन गर्नुहोस्वैदिक कालमा यज्ञ कार्यलाई सर्वोच्च महत्त्व दिए जस्तै उपनिषद कालमा सन्न्यास र त्यागलाई जीवनको उच्चतम अवस्था मानिन्थ्यो । बृहदारण्यक उपनिषद अनुसार, याज्ञवल्क्यले आश्रमको सबै सम्पत्ति कात्यायिनी र मैत्रेयीलाई विभाजन गर्न थाले । कात्यायिनीले कुनै प्रश्न गरिनन् तर मैत्रेयीले सोधिन्– तपाईंले यो सम्पत्ति हामीलाई छोडेर के गर्न चाहनु भएको छ ?
याज्ञवल्क्य– ‘यो भन्दा उच्च कुराको खोजीमा, गृह त्याग गरी सन्न्यास लिन चाहन्छु ।’
मैत्रेयी– ‘त्यसो भए मलाई पनि त्यही उच्च कुरा दिनु होस् । यो सम्पत्ति मलाई चाहिएन ।’
यस पछि याज्ञवल्क्यले मैत्रेयीलाई ज्ञानको उपदेश गरे ।
मैत्रेयीले त्यो ज्ञान पाए पछि अझ उच्च ज्ञान प्राप्त गरिन् । वेदको एउटा शाखालाई नै मैत्रायणी शाखा भनिन्छ ।
तर गीतामा भनिएको छ– सन्न्यास अवस्थामा पनि यज्ञ, दान, र तप कदापि छोड्नु हुँदैन।
यज्ञदान तपः कर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ।।५।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्यज्ञदान तपः (यज्ञ, दान र तप) कर्म (कर्म) न त्याज्यम् (त्याग गर्नु हुँदैन) कार्यम् एव ( कर्म गर्नै पर्छ) तत् (त्यस) यज्ञः दानम् तपः च (यज्ञ, दान र तप कर्मले) एव (नै) मनीषिणाम् (मनीषिहरुलाई) पावनानि (पवित्र गर्छन्) ।
यज्ञ, दान तथा तप यी कर्मलाई त्याग्नु उचित छैन यी कर्म अवश्य गर्नै पर्छ किनभने यज्ञ, दान, र तप कर्मले नै मनीषिहरुलाई पवित्र बनाउँछन।। ५ ।।
एतान्यपि तु कर्माणि संगं त्यक्त्वा फलानि च ।
कर्तव्यानीति मे पार्थ, निश्चितं मतमुत्तमम् ।।६।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्तु (तर) पार्थ (हे पार्थ) एतानि (यिनी) कर्माणि (कर्महरु) अपि (पनि) फलानि (फलको) च (तथा) संगं (आसक्तिको) त्यक्त्वा (त्याग गरेर) कर्तव्यान् (कर्तव्य सरह गर्नु पर्छ) इति (यस्तो) मे (मेरो) निश्चितम् (निश्चित) मतम् (मत छ) उत्तम् (र उत्तम पनि छ) ।
तर हे पार्थ, यी कर्महरु पनि आसक्ति तथा फलको त्याग गरेर कर्तवय सरह गर्नु पर्छ अर्थात् निष्काम कर्तवय पूरा गरे जस्तै यज्ञ, दान र तप पनि गर्नु पर्छ । यस्तो मेरो निश्चित विचार छ र यो नै उत्तम पनि छ ।।६।।
व्याख्या
सम्पादन गर्नुहोस्भगवान् श्रीकृष्णले आफ्नो अलग र स्पष्ट मत प्रस्तुत गर्दै भन्नु भएको छ–‘यज्ञ, दान, तपको त्याग गर्नु हुँदैन तर निष्काम कर्तव्य ठानेर अर्थात् मनमा सन्न्यासको भावका साथ यी काम गर्नु पर्छ ।’ यस भनाईले वैदिक यज्ञ र कर्मकाण्डलाई उपनिषदको सन्न्याससँग अद्भुत समन्वय गरीदिएको छ ।
यस अघि पनि गीता (६.१) मा भगवान् श्रीकृष्णले यज्ञ, दान, तप त्यागले मानिसलाई पवित्र बनाउँछन् भनिएको छ । छान्दोग्य उपनिषदमा पनि यज्ञ, अध्ययन, र दानलाई धर्मको आधार भएकोले त्याग गर्नु हुँदैन भनिएको छ ।
मनुस्मृतिमा भनिएको छ–
तपः परं कृते युगे, त्रेतायां ज्ञानमुच्यते ।
द्वापरे यज्ञमेवाहुर्दानमेकं कलौयुगे ।।
सत्य युगमा तप, त्रेतामा ध्यान, र द्वापरमा यज्ञको महत्त्व भए जस्तै कलियुगमा दानको नै महत्त्व छ ।
दानमध्ये पनि ज्ञान दान सर्वोत्कृष्ट दान हो किनभने ज्ञाननै समाधानको अन्तिम साधन हो । यदि ज्ञानले कुनै समस्याको समाधान हुँदैन भने संसारमा कुनै पनि कुराले समाधान हुन सक्दैन । त्यसैले गीता (४.३८) मा भनिएको छ, न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
गीतामा अर्जुनको भनाईमा प्रश्न सोध्ने कला बताए जस्तै भगवान् कृष्णको भनाईमा उत्तर दिने कला पनि सिकाइएको छ । विभिन्न भनाई प्रस्तुत गरेर भगवानले आफ्नो निश्चित र उत्तम मत पनि प्रस्तुत गर्नु भएको छ । निश्चित मत प्रस्तुत गर्नाले भगवान् श्रीकृष्णलाई महानतम गुरु भनिएको हो । आफ्ना शिष्यलाई यसरी निश्चित समाधान दिने गुरु विरलै पाइन्छन् ।
नियतस्य तु सन्न्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ।।७।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्तु (तर) नियतस्य (नियत गरीदिएको) कर्मणः (कर्म) सन्न्यासः (त्याग) न उपपद्यते (उचित छैन) मोहात् (मोहवश गरिएको) तस्य (त्यस) परित्यागः (त्यागलाई) तामसः (तामस) परिकीर्तितः (भनिएको छ) ।
अनि, नियत गरीदिएका अर्थात् कर्तव्यपालनरुपी कर्मको त्याग गर्नु उचित छैन । मोहवश गरिएको त्यस्तो त्यागलाई तामस भनिएको छ ।। ७ ।।
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं त्यागं नैव त्याग फलं लभेत् ।।८।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्कायक्लेश (शारीरिक कष्ट) भयात् (भयले) कर्म (कर्म गर्नु) दुःखम् (दुख छ) इति एव (यस्तो ठानेर) यत् (जुन कर्म ) त्यजेत् (त्याग गर्छ) सः (त्यस मानिसले) राजसम् (राजसी) त्यागम् (त्याग) कृत्वा (गरेकोले) त्यागफलम् (त्यागको फल) एव (नै) न लभेत् (प्राप्त गर्दैन) ।
शरीरलाई कष्ट हुने डरले अर्थात् कर्म गर्नु दुख छ भन्ठानेर जुन कर्मलाई मानिसले त्याग गर्छ, उसको त्यो त्याग राजस हो । त्यस्तो त्याग गरेको फल त्यस मानिसले पाउँदैन ।।८।।
कार्यमित्येव यत्कर्म नियतं क्रियतेऽर्जुन ।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्विको मतः ।।९।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्अर्जुन (हे अर्जुन) इति (यस प्रकार) यत् (जुन) नियतम् कर्म (निर्धारित कर्म, नियत कर्म) कार्यम् एव (कार्य ठानेर गर्नु नै छ भनी) फलम् च (र फलको) एव (साथै) सङ्गं (आसक्तिको) त्यक्त्वा (त्याग गरेर) क्रियते (गरिन्छ) सः त्यागः (त्यो त्याग) सात्विकः (सात्त्विक) मतः (भनिएको छ) ।
हे अर्जुन, नियत कर्मलाई कार्य ठानेर गर्नु नै छ भनी आसक्ति र फलको आशा त्याग गरेर कर्म गरिन्छ भने त्यसलाई सात्त्विक त्याग भनिएको छ ।।९।।
व्याख्या
सम्पादन गर्नुहोस्सबै उपनिषदले त्यागको महिमा बताएका छन् । ईशा उपनिषदको पहिलो श्लोकमा नै तेन त्यक्तेन भुञ्जीथा... उसले मात्र वास्तविक भोग गर्छ, जसले त्याग गर्छ...भन्दै प्रारम्भ गरिएको छ ।
त्याग गीताको एक प्रमुख सन्देश मानिएको छ । त्यसैले भनिन्छ गीतालाई उल्टो तर्फबाट दोहोर्याउने हो भने त्यागी शब्द आउँछ । कर्तव्यपालनको त्यागलाई गीताले तामस त्याग भनेको छ भने शारीरिक कष्ट सहन गर्न नसकेर त्याग गरिएको कर्मलाई राजस भनिएको छ । त्यसैले सामान्यतया त्यागको अर्थ सात्त्विक त्याग नै बुझ्नु पर्छ ।
सात्त्विक त्यागका विविध उदाहरण इतिहास र पुराणमा पाइन्छन् । महावीरले राजपाठ त्याग गरे । सिद्धार्थले १८ वर्षमा पत्नी यशोधरा र भर्खर जन्मेको पुत्र त्याग गरे । बुद्धत्व प्राप्त भए पछि जब बुद्ध कपिलवस्तु आए, बुद्धलाई दर्शन गर्न सबै आए तर यशोधरा आइनन् । बुद्ध नै सारिपुत्रलाई लिएर भेट्न गए । त्यहां यशोधराले बुद्धको पाउ स्पर्श गरिसके पछि एक गहन प्रश्न गरिन्– जुन सत्य तपाईंले निरञ्जना नदीको तटमा बोधिवृक्षको मुनि प्राप्त गर्नु भयो । के त्यो सत्य यहां छैन ? र यहाँ त्यसको बोध हुन सक्दैन? बुद्ध निरुत्तर भए ।
पछि आफैंले सहर्ष राहुललाई प्रव्रज्या लिन प्रेरित गरिन् । आफैंले पनि प्रव्रज्या मागिन् । यद्यपि बुद्धले नै यशोधरालाई प्रव्रज्या लिन अनेक आलटाल गरे ।
भनिन्छ, बुद्धले वनमा गरेका तपस्याहरु यशोधराले दरबारमा गरिन् । जब यशोधराले खबर सुनिन् कि बुद्धले एक छाक खान्छन् भुईंमा सुत्छन् र साधारण चीवर लगाउँछन् । उनले पनि दरबारमै बसी सोही अनुसरण गर्थिन् । यशोधराको जीवन त्यागको समुद्र छ । बिलकुल निस्वार्थ ।
रामका साथमा गएकी सीताको जीवनको त्याग बारे त कथा नै बनेको छ । तर लक्ष्मणकी प्रिया, उर्मिला, जसलाई वनमा जान पतिबाट अनुमति प्राप्त भएन । उनका जीवनको त्याग झनै अद्भुत छ । ईश्वरभक्ति, आफ्ना र सौताने सासुहरुको सेवा । पतिको आज्ञा मानेर चौध वर्ष एक्लै जीवन निरन्तर लामो प्रतीक्षामा बिताइन् ।
रामकृष्ण परमहंसले आफ्ना शिष्यहरुलाई भन्ने गर्थे– ईश्वर लाभ नहुञ्जेल सबै कर्म– यज्ञ, दान, तप, पूजा, विधि, ध्यान, स्नान, जप सबथोक गर । उनले बडो सरल शब्दमा भनेका छन्– फल आएपछि फुल आफैं झर्छ । ईश्वर लाभ पछि कर्ममा आसक्ति आफैं हराउँछ ।
रामकृष्णले आफ्ना हातले धनसम्पत्ति छुंदैनथे । स्वामी विवेकानन्दका अनुसार, एक पटक माता सारदाले केही पैसा रामकृष्णको ओच्छ्यानमा राखेर बिर्सिछन् । त्यस रात भरि रामकृष्ण छटपटीले निदाउन सकेनन् यद्यपि पैसा त्यहाँ छ भन्ने कुरा उनीलाई थाहा थिएन। त्यो पैसा त्यहाँबाट हटाए पछि मात्र उनी निदाए । उनको त्याग यस्तो थियो । झुक्याएर पनि उनलाई कुनै सांसारिक वस्तुको प्रत्यक्ष अप्रत्यक्ष भोग गराउन सकिंदैनथ्यो ।
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ।।१०।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्अकुशलम् कर्म (अकुशल कमलार्ई) न द्वेष्टि (द्वेष गर्दैन) कुशले (कुशलमा) न अनुषज्जते (आसक्त हुँदैन) सत्त्व (सत्त्वगुण) समाविष्टः (युक्त) मेधावी (मेधावी) छिन्नसंशयः (संशयरहित) त्यागी (त्यागी हो) ।
जसले अकुशल कर्मलाई द्वेष गर्दैन र कुशल कर्ममा जो आसक्त हुँदैन, त्यस्तो शुद्ध, सत्त्वगुणयुक्त, संशयरहित र मेधावी नै (सच्चा) त्यागी हो ।। १० ।।
व्याख्या
सम्पादन गर्नुहोस्कुशल भनेको हे हो ? कुश चिन्न सिपालुलाई सुरुमा कुशल भनिन्थ्यो । पछि हरेक काममा सिपालुलाई कुशल भन्ने प्रचलन भयो । तर यहाँ कुशलको अर्थ हो प्रसन्नता । कुशल मंगल छ ? भनेको खुशीसाथ हुनुहुन्छ भनेको हो । त्यसैले कुशल र अकुशल भनेको खुशी दिने र खुशी नदिने काम । जुन मानिस खुशी दिने कामले खुशी र बेखुशी दिने कामले दुखी हुँदैन। त्यो संशय, अनिश्चिता र द्विविधारहित हुन्छ । वास्तविक कुरा बुझे पछि सबै अन्तर समाप्त हुन जान्छन् । संशयहरु छिन्न भिन्न हुन्छन् ।
ठूलो मानिस चकलेट पाएर खुशी हुँदैन । किनभने उसले चकलेटको आसक्ति बेकार हो भन्ने बुझेको छ । जसले संसार बुझेको छ, ऊ यसमा आसक्त हुँदैन । आसक्ति उत्पन्न हुने कारण अज्ञानता हो । त्याग र लोकव्यवहारलाई संगै लिएर जाने उदाहरण हामी भगवान् श्रीकृष्णको जीवनमा पाउँछौं । उनको प्रसन्नता वा अप्रसन्नता, कसैको वध वा जीवनदान सबैमा संशयरहितता छ । भगवान् कृष्ण प्रसन्न पनि हुन्छन् । दुखी पनि हुन्छन् तर त्यसमा आसक्ति छैन । न दुखमा, न सुखमा ।
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः ।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ।।११।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्हि (किनभने) देहभृता (देहधारीले) अशेषतः (सबै) कर्माणि (कर्महरु) त्यक्तुम् (त्याग गर्न) न शक्यम् (सक्दैन) तु (तर) यः (जो) कर्मफलत्यागी (कर्मफलको त्याग गर्ने छ) सः (त्यो मानिस) त्यागी (त्यागी) इति (यस प्रकार) अभिधीयते (भनिन्छ) ।
किनभने जो देहधारी छ, उसले सम्पूर्ण कर्मको त्याग गर्न सक्दैन । त्यसैले जसले कर्म नछोडेर केवल कर्मफलको मात्र त्याग गर्छ, त्यो नै सच्चा त्यागी भनेर बताइन्छ ।।११।।
व्याख्या
सम्पादन गर्नुहोस्मानिस सामाजिक प्राणी भएकोले उसले परिवारबाट, समाजबाट अनेक प्रकारका चाहना राख्छ। मानसिक क्षमता राख्ने प्राणी भएकोले उसका मानसिक आवश्यकता पनि हुन्छन् ।
मानिसले विलासिताका आवश्यकता पूरै त्याग गर्नसक्छ । आरामदायक आवश्यकता पनि एक हदसम्म त्याग गर्नसक्छ । तर अनिवार्य आवश्यकता त्याग गर्न सक्दैन । मानिसलाई भोक लाग्छ । उसलाई निद्रा लाग्छ, सुरक्षा चाहन्छ । मानिसले आनन्द चाहन्छ, सम्मान चाहन्छ, प्रेम चाहन्छ अर्थात् मानिसका भौतिक आवश्यकता मात्र हुँदैनन्, सामाजिक, मनोवैज्ञानिक आवश्यकता पनि हुन्छन् ।
आवश्यकताहरु जति सूक्ष्म हुन्छन् तिनीहरुको त्याग अझै कठिन हुन्छ । त्यसैले भगवान् श्रीकृष्णले भन्नु हुन्छ– ‘कर्म त्याग होइन, कर्मफलको आशा त्याग गर्नु पर्छ ।’
दूध खाइदिने आफ्नो बिरालोसंग खडानन्द दिक्क पर्यो र झोलामा राखेर नजीकै जंगलमा छोडेर आयो । घर फर्केर आयो । बिरालो त भरको ढोकामा बसिराखेको । निकै रिस उठ्यो । अर्को चोटि घनघोर जंगल भित्रै लिएर गयो । अनि बिरालोलाई छोडेर घर फर्किने बेलामा चिनीमैयाँलाई फोन गर्यो– मैयाँ, बिरालो घर आयो ?
श्रीमती– हजुर ।
खडानन्दले रिसाएर भन्यो– त्यस बिरालोलाई तुरुन्तै यहाँ पठाउ न । मैले बाटो बिराएँ । त्यसैले घर पुर्याउला ।
बिरालो भनेको हाम्रा सांसारिक इच्छा र आवश्यकताहरु हुन् । जुन त्याग गर्न खोज्यो झन् गहिरो गरी भित्र बस्छ । त्यसैले मानिसले कर्मत्याग गर्न सक्दैन ।
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् ।
भवत्यत्यागिनां प्रेत्य न तु सन्न्यासिनां क्वचित् ।।१२।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्कर्मणः (कर्महरुको) फलम् (फल) त्रिविधम् (तीन प्रकारका) भवति (हुन्छ) इष्टम् (शुभ) अनिष्टम् (अशुभ) च (र) मिश्रम् (मिश्रित) (तु (तर) अत्यागिनाम् (कर्मफलको त्याग नगर्ने) सन्न्यासिनाम् (सन्न्यासीहरुलाई) प्रेत्य (परलोकमा) न क्वचित् (कदापि होइन) ।
मानिसलाई कर्महरुका फल तीन प्रकारले प्राप्त हुन्छन्– शुभ, अशुभ र मिश्रित । तर सन्न्यासी अर्थात् कर्मफलको आशा त्याग गरेको मानिसलाई केही पनि हुँदैन अर्थात् यस्ता परिणामले बाधा गर्दैनन् ।। १२ ।।
व्याख्या
सम्पादन गर्नुहोस्मानवीय क्रियाकलापबाट तीन प्रकारका परिणाम प्राप्त हुन सक्छन्– १. शुभ, २. अशुभ, र ३. मिश्रित । हामीले थोरै परिश्रम गर्दा आशा अनुरुप हात पर्यो भने त्यसलाई शुभ भनिन्छ, यो नै नाफा पनि हो । तर आशा गरे भन्दा विपरीत फल प्राप्त हुन्छ भने त्यसलाई अशुभ वा अनिष्ट वा हानि वा अनिष्ट भनिन्छ । र तेस्रो फल हो दुवैको मिश्रण । यदि दुवैको मिश्रण बराबर भयो भने शुभ र अशुभ बराबर हुन अर्थात् न ऋण, न धनको अवस्था हुन जान्छ । यसभन्दा कम वा बढीमा अशुभ वा शुभ हुन्छ । यो कुनै व्यवसायको नाफा, हानि र मिश्रित अवस्था जस्तै हो । यी सबै अवस्था सामान्य मानिसका लागि हुन् । तर
शांकरभाष्यमा आचार्य शंकर लेख्छन्– ‘सन्न्यासी पूर्णतया मुक्त हुन्छ । उसलाई असल, खराब वा मिश्रित नतिजाको कुनै प्रभाव पर्दैन ।’ किन ? किनभने उसले हानि मात्र होइन नाफा पनि त्याग गरिसकेको हुन्छ । अधर्म मात्र होइन धर्म पनि त्याग गरेको हुन्छ ।
पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।
साङ्ख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ।।१३।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्महाबाहो (हे महाबाहु) सर्वकर्मणाम् (सबै कर्महरु) सिद्धये (सिद्ध हुन्छन्) पञ्च (पाँच) कारणानि (कारणहरु) मे (मद्वारा) निबोध (जान) एतानि (यी कुरा) साङ्ख्ये (साङ्ख्य) कृतान्ते ¬(कृतान्त, वेदान्त) प्रोक्तानि (बताइएका छन््) ।
हे महाबाहु, सम्पूर्ण कर्मको सिद्धिका लागि पाँच कारणहरु बताइएका छन् । यो कुरा सांख्य र कृतान्त (वेदान्त) दुवैमा बताइएका छन्, मैले भन्छु सुन ।।१३।।
व्याख्या
सम्पादन गर्नुहोस्जीवन, जगत र यसको सम्बन्धलाई व्याख्या गर्ने शास्त्रलाई दर्शन शास्त्र भनिन्छ । न्याय, वैशेषिक, साङ्ख्य, पातञ्जल, मीमांसा, वेदान्त, सौत्रान्तिक, वैभाषिक, योगाचार, माध्यमिक, चार्वाक आदि दर्शनमा यस सम्बन्धको व्याख्या गरिन्छ । यी मध्ये सांख्य र कृतान्त दुई मुख्य दर्शन हुन् । साङ्ख्य तथा कृतान्तमा (र अन्यत्र पनि) कुनै पनि कर्म सिद्धिका लागि (कुनै घटना घटित हुनुमा) पाँच कारणहरु बताइएका छन् ।
यहाँ गुणको संख्या गर्नेहरु भनेर सांख्य शास्त्रकारहरुलाई संकेत गरिएको छ । सृष्टिको सम्पूर्ण विवरणलाई गणितीय संख्याको रुपमा सबभन्दा पहिले प्रस्तुत गर्ने शास्त्र हो सांख्य शास्त्र ।
कृतान्त भनेको के हो? कृतान्तको सामान्य अर्थ हो वेदान्त शास्त्र अर्थात् उपनिषद् दर्शन । यो अर्थ पनि सही छ । तर कृतान्तको अर्को गहन अर्थ छ– कृत्यको अन्त । सबै कृत्य त्याग गरेको । यस अर्थको आधारमा ओशो रजनीश भन्छन्– त्यो अवस्था जब ज्ञान पनि पछि छोडिन्छ, त्यो वेदान्त हो । वेद जुन साधनले जानिन्छ त्यो ब्रह्म हो र ब्रह्म जुन कुराले जानिन्छ त्यो वेदान्त हो । वेद नोईंग हो र वेदान्त बीईंग हो । ज्ञानी र ज्ञानातीतमा जुन अन्तर छ, त्यही अन्तर ज्ञानी र वेदान्तीमा हुन्छ । शंकराचार्यले धर्म र अधर्म दुवै त्याग गरेको अवस्थालाई आत्मवन्त भनेका छन् ।
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ।।१४।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्अधिष्ठानम् (ठाउँ) तथा (तथा) कर्ता (कर्ता) करणम् (कारण वा साधन) च (तथा) पृथक् विधम् (पृथक पृथक प्रकार) च (र) विविधाः (विविध स्वरुपका) पृथक् चेष्टा (पृथक् पृथक् चेष्टा) च (तथा) अत्र (साथै) पञ्चमम् (पाँचौं कारण) दैवम् (दैव) एव (पनि छ) ।
अधिष्ठान अर्थात् ठाउँ, कर्ता काम गर्ने पुरुष, भिन्न भिन्न करण अर्थात् साधन, तथा विविध प्रकारका अनेक थरी चेष्टा, तथा यसका साथै पाँचौं कारण दैव पनि छ ।। १४।।
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नरः ।
न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतवः ।।१५।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्शरीर (शरीर) वाङ् (वाणी) मनः (मनले) नरः (मानिसले) यत् कर्म (जुन कर्म) प्रारभते (प्रारम्भ गर्छ) न्याय्यम् (न्याय दर्शन, शास्त्रीय) वा (अथवा) विपरीतम् (विपरीत तर्क, अशास्त्रीय) वा (अथवा) एते (यी) पञ्च (पाँच) तस्य (त्यस घटनाका) हेतवः (कारणहरु हुन्) ।
न्याय वा यसको विपरीत जुन दृष्टिले हेर्दा पनि कुनै घटनाका यी पाँच कारण बताइएका हुन्छन्।।१५।।
व्याख्या
सम्पादन गर्नुहोस्सांख्य, वेदान्त र न्याय शास्त्रमा कुनै घटनाका पाँच कारण मानिएका छन् । सांख्य, वेदान्त र न्याय यी तीन मध्ये न्याय दर्शनले तर्क शास्त्रका विधि प्रयोग गरेर निष्कर्ष प्राप्त गर्ने कुराको व्याख्या गर्दछ । सांख्यले पुरुष बाहेक कुनै घटनाका २४ तत्त्व मान्दछ जसलाई पाँच भागमा विभाजन गर्न सकिन्छ — प्रकृति, अन्तःकरण, महाभूत, विषय र सबै इन्द्रियहरु। वेदान्तमा घटनाका पाँच कारण मानिएका छन् — अधिष्ठान (ठाउँ), कर्ता, भिन्न भिन्न करण (साधन), तथा विविध प्रकारका अनेक चेष्टा, तथा पाँचौं कुरा, दैव ।
अर्को अर्थमा, अधिष्ठान भनेको शरीर, कर्ता भनेको अहङ्कार, करण तेरहवटा– दसवटा बाह्यकरण (पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय), तीन अन्तःकरण (मन, बुद्धि र अहंकार), विविध चेष्टा भनेको मुखले श्वास प्रश्वास, हातले लेनदेन, गोडाले हिंडडुल, वाक्को बोलीचाली इत्यादि। मानिसले यी पाँचको आधारमा उचित वा अनुचित कर्म गर्छ । दैवको अर्थ आचार्य शंकरले चक्षु आदिका देवता हुन् भनेका छन् । दैवको अर्थ नियति वा आकस्मिकता पनि हुन्छ । पुरुष साक्षी भएकोले साङ्ख्यको मूल प्रकृतिलाई पनि दैव भन्न सकिन्छ ।
न्याय दर्शनमा कुनै घटनाका पाँच कारण प्रतिज्ञा, हेतु, उदाहरण, उपनयन, तथा निगमन हुन् । प्रतिज्ञाको अर्थ हुन्छ परिकल्पना, हेतुको अर्थ हुन्छ उद्देश्य वा तर्क, उदाहरणको अर्थ हुन्छ निदर्शन, उपनयनको अर्थ हुन्छ विशिष्ट तर्क, र निगमनको अर्थ हुन्छ निष्कर्ष ।
न्यायको दृष्टिले होस् वा यसको विपरीत, कुनै घटनाका पाँच कारण हुन्छन् । न्यायको अर्थ हो उचित, न्यायसङ्गत, तर्कको आधारमा वा प्रचलित । तर यस अघि साङ्ख्य र कृतान्त (वेदान्त) को उल्लेख भएकोले यहाँ न्यायको अर्थ न्याय शास्त्र वा तर्क शास्त्र नै उचित हुन्छ। यस आधारमा कुनै घटना अर्थात् कारण परिणाम सम्बन्धलाई दुई तरिकाले विश्लेषण गर्न सकिन्छ– कारणबाट परिणाम तथा यसको विपरीत अर्थात् परिणामबाट कारण ।
वर्तमान समयमा विपरीत अनुमान गरेर कुनै घटनाको व्याख्या गर्ने सिद्धान्त रेवरेन्ड थोमस बेयजले प्रतिपादनगरेका हुन् । उनको के विश्वास थियो भने ईश्वरको चाहना मनुष्य मात्रको सुख र खुशी हो । यसलाई गणितीय रुपमा प्रमाणित गर्न उनले तथ्याङ्क संकलन गरे । तर त्यसका परिणामबाट असन्तुष्ट भएर उनले आफ्नो जीवनकालमा आफ्नो अध्ययन प्रकाशित गरेनन् । उनको मृत्यु पछि यो सिद्धान्त प्रकाशित भयो ।
न्याय, सांख्य र वेदान्त जुनसुकै दृष्टिले पनि कुनै घटनाका पाँच करण मानिएका छन् ।
न्याय | सांख्य | वेदान्त |
---|---|---|
१.प्रतिज्ञा (परिकल्पना) | १. प्रकृति | १.अधिष्ठान |
२. हेतु (उद्देश्य, तर्क) | २. अन्तःकरण, तीन | २.कर्ता |
३. सामान्य उदाहरण | ३. महाभूत, पाँच | ३.करण |
४.उपनयन (विशिष्ट उदाहरण) | ४. विषय, पाँच | ४.विविध चेष्टा |
५. निगमन (निष्कर्ष) | ५. इन्द्रिय, दस | ५.दैव |
तत्रैवं सति कर्तारमात्मानं केवलं तु य ः ।
पश्यत्कृतबुद्धित्वान्न स पश्यति दुर्मतिः ।। १६ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्तु (तर) एवम् (यस्तो) तत्र (त्यही हो) सति (तापनि) अकृत बुद्धित्वात् (अशुद्ध, असंस्कृत बुद्धिले गर्दा) केवलम् (केवल) आत्मानम् (आफूलाई) यः (जसले) कर्तारम् (कर्ता) पश्यत् (देख्छ, ठान्छ) दुर्मतिः (दुर्मतियुक्त) सः (त्यस मानिसले) न पश्यति (केही देख्दैन, केही जान्दैन) ।
तर वास्तविक कुरा त्यही भए तापनि अशुद्ध बुद्धिले गर्दा केवल आफुलाई जसले कर्ता ठान्छ, दुर्मति त्यस मानिसले केही जान्दैन भन्ने बुझ्नु पर्छ।।१६।।
यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते ।
हत्वापि स इमाँल्लोकान्न हन्ति न निबध्यते ।। १७ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्यस्य (जसमा) अहङ्कृतः (कर्ता हुँ भन्ने अहङ्कार) भावः न (भाव हुँदैन) बुद्धिः (बुद्धि) यस्य (जसको) न लिप्यते (लिप्त हुँदैन, अनासक्त छ) हत्वा (मारेर) अपि (पनि) सः (उसले) इमान् (यी समस्त) लोकान् (लोकहरुमा) न हन्ति (मार्दैन) न निबध्यते (कर्मको बन्धन हुँदैन) ।
जसमा म कर्ता हुँ, यस्तो भाव हुँदैन अर्थात् अहंकार हुँदैन तथा जसको बुद्धि शुभाशुभ कर्ममा अनासक्त छ, त्यसले, यी सब लोकलाई मारेर पनि वास्तवमा हत्या गर्दैन, त्यस हत्याको कर्मले पनि बन्धनमा पर्दैन, अर्थात् उसलाई हत्याको पाप लाग्दैन ।। १७ ।।
व्याख्या
सम्पादन गर्नुहोस्कारण र परिणामका सम्बन्धको व्याख्या एक जटिल विषय हो । कुनै घटना भर्खरका कारणको परिणाम हुनसक्छ भने कुनै घटना जन्मौं जन्मका कारणको परिणाम पनि हुनसक्छ । सबै कारणको संगै विश्लेषण गर्न नसकिने भएकोले अन्यलाई स्थिर मान्दै केवल एउटा कारणलाई मात्र परिणामका लागि अध्ययन गरिन्छ । यस्तो विश्लेषणलाई विद्वान् जे एस मिलले एक चल राशि अध्ययन विधि भनेका छन् ।
एक चलराशि अध्ययन विधि अनुसार अन्य सबै तत्त्वलाई स्थिर मान्दा कर्णका मृत्युको एक मुख्य कारण अर्जुन हो । तर महाभारतमा कर्णको वधको पाँच कारणहरु बिताइएका छन् –
आफैंले दिएको आश्वासन
सम्पादन गर्नुहोस्युद्ध सुरु हुनु अघि कुन्तीले कर्णको जन्मको कथा सुनाएर उसलाई पाण्डव भएको जानकारी दिइन् र पाण्डवको पक्षमा आउन भनिन् । यो सुनेर कर्ण दुखी भए ।
कुन्तीलाई भने– ‘दुर्योधन मेरो मित्र हो र मैले उसलाई युद्धमा साथ दिने वचन दिइसकेको छु । तथापि मैले तपाईंलाई के आश्वासन दिन्छु भने तपाईंका पाँच पाण्डव सुरक्षित रहनेछन् । मैले अर्जुनलाई मारें भने म समेत पाँच जना र अर्जुनले मलाई मार्न सके भने म बाहेक पाँच जना । तर म राधेय भएर हुर्कें अब राधेय भएरै मर्न चाहन्छु ।’
गुरुको कोप
सम्पादन गर्नुहोस्कर्णले गुरु परशुरामलाई आफ्नो वंश ढाँटेर शिक्षा लिएका थिए । एक दिन परशुरामको शिरलाई कर्णले काखमा राखेर गुरुको सेवा गरिरहेका थिए । यसै समयमा एउटा कीराले भयानक पीडा दिने गरी कर्णको गोडामा टोक्यो तर कर्णले गुरुको सुविधाका लागि सबै सहन गरे । कर्णको पीडा सहन गर्ने यो क्षमता देखेर परशुरामलाई उसको जातिको विषयमा शंका भयो । उनले क्रोधित भएर भने– ‘तँ ब्राह्मण हुनै सक्दैनस ।साँचो कुरा भन तँ को होस् ?’
कर्णले डराएर भने– ‘म सूतपुत्र राधेय हुँ । तर मलाई रथ चलाउने काममा रुचि छैन । मैले असत्य जानकारी दिएर शिक्षा लिएको हुँ किनभने मलाई हतियारमा रुचि छ ।’
परशुरामले भने– ‘गुरुलाई झुक्क्याएर सिकेकोले त्यो ब्रह्मास्त्र विद्याले अन्तिम क्षणमा तँलाई साथ दिने छैन ।’
इन्द्रको भिक्षा
सम्पादन गर्नुहोस्सूर्यपुत्र कर्ण कवच कुण्डलसँगै जन्मेका थिए । इन्द्रले अर्जुनको रक्षा गर्नका लागि भिक्षु वेशमा गई कर्णको सुरक्षा कवच र तेज बढाउने कुण्डल भिक्षा मागेका थिए । सूर्यले कर्णलाई छद्म वेशमा आएको इन्द्रलाई आफ्नो सुरक्षा कवच नदिन सावधान गरेका थिए । कर्णले सबै कुरा जान्दाजान्दै पनि माग्न आएकोलाई विमुख नफर्काउने आफ्नो नियम अनुसार, आफू असुरक्षित हुने गरी कवच र कुण्डल सहर्ष दान गरेका थिए ।
शल्यद्वारा हतोत्साहन
सम्पादन गर्नुहोस्कर्णका सारथी तथा युधिष्ठिरका मामा शल्य दुर्योधनसँग रुष्ट थिए । उनी पाण्डवहरुको विजयहोस् भन्ने चाहन्थे । त्यसैले उनले युद्धभूमिमा कर्णलाई निरन्तर हतोत्साहित गर्थे– ‘हे कर्ण तिमीले अन्यायको साथ दिइरहेका छौ । त्यसैले तिमी असफल हुने छौ ।’ फलस्वरुप कर्ण उत्साहहीन हुँदै जान्थे । र उत्साहहीन योद्धाको जीत हुँदैन ।’
दैव इच्छा
सम्पादन गर्नुहोस्दैवका विभिन्न अर्थ हुन्छन्– धर्माधर्म, पूर्व संस्कार, अन्तस्करण वा अज्ञात शक्ति । वास्तवमा यी सबैको सामूहिक रुप नै दैव हो । यसलाई दैव इच्छा, अज्ञात कारण वा एक्स फ्याक्टर भन्न सकिन्छ । महाभारतकारका अनुसार, दैव इच्छा के थियो भने अर्जुन सुरक्षित होस् । त्यसैले कर्ण असुरक्षित बनेका थिए ।
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधः कर्मचोदना ।
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ।।१८।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्कर्मचोदना (कर्मका प्रेरक) त्रिविधः (तीन विभाग छन्) ज्ञानम् (ज्ञान) ज्ञेयम् (ज्ञेय) परिज्ञाता (ज्ञाता, राम्ररी जान्ने) कर्मसंग्रहः (कर्म संग्रह) त्रिविधः (तीन विभाग छन्) करणम् (करण) कर्म (कर्म) कर्ता (कर्ता) इति (यी सबै) ।
काम गर्ने प्रेरणाका तीन विभाग छन्— ज्ञान, ज्ञेय, र ज्ञाता । त्यसै गरी कर्मसंग्रहका तीनवटा विभाग छन्— करण, कर्म, र कर्ता ।। १८ ।।
व्याख्या
सम्पादन गर्नुहोस्मानवीय व्यवहार परिवर्तनका दुई आधार हुन्छन् कर्मको प्रेरणा र कर्म संग्रह । कर्मको प्रेरणा भनेको अभिवृत्ति हो । यो तीन कुराको संयोग हो ज्ञान अर्थात् knowledge, ज्ञेय अर्थात् knowlagable र परिज्ञाता अर्थात् knower ।
ज्ञानको अर्थ कुनै पनि कुरालाई यथार्थ र तत्त्वरुपमा जान्नु, कारण र परिणामको सम्बन्ध स्पष्ट हुनु, आफ्नो वास्तविकताको जानकारी हुनु । यस आधारमा ब्रह्मज्ञानलाइै नै परम् ज्ञान भनिन्छ। यस ज्ञानलाई राम्ररी मनमा लिनुलाई ज्ञेय अर्थात् बोधगम्यता भनिन्छ । जसले यो कुरा मनमा लिन्छ, त्यो परिज्ञाता हो । मनमा लिएको यस ज्ञानलाई व्यवहारमा देखाउने इच्छा मनमा जागृत हुनुलाई कर्मचोदना भनिन्छ । चोदनाको अर्थ हो, प्रवृत्ति । त्यसैले कर्म गर्ने प्रवृत्तिमा तीन कुराहरु पर्दछन्— ज्ञान, ज्ञेय र ज्ञाता ।
अर्को शब्दमा मानवीय क्षमतामा परिवर्तन गर्न र अझ उच्च स्तरमा लैजान तीन कुराको संयोग हुनुपर्छ– ज्ञान, सोको अभिवृत्ति (प्रेरणा) र त्यस ज्ञानलाई अभ्यास गर्नु, प्रयोग । मानवीय क्रियाकलापलाई अझ उच्च स्तरमा लैजानका लागि यस सम्पूर्ण क्रियाको आवश्यकता हुन्छ।
कर्मसंग्रहको अर्थ हो— अभ्यास, कुनै विचारलाई व्यावहारिक रुप दिनु । यसमा तीन कुराहरु पर्दछन्— कर्म अर्थात् act, कर्ता अर्थात् actor, तथा करण अर्थात् action । करणको अर्थ हो कुनै कृत्य वा क्रिया तथा जसले त्यो कृत्य गर्छ, त्यसलाई कर्ता भनिन्छ । त्यसले जुन कृत्य गरेको छ, त्यस अनुष्ठानलाई कर्म भनिन्छ ।
ज्ञानं कर्मं च कर्ता च त्रिधैव गुणभेदतः ।
प्रोच्यते गुणसङ्ख्याने यथावच्छृणु तान्यपि ।।१९।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्गुणसङ्ख्याने (गुणको संख्या गर्ने, कपिल सांख्यशास्त्रले) ज्ञानं (ज्ञान) च (र) कर्मं (कर्म) च (र) त्रिध् गुणभेदतः (तीन गुण, सत्त्व, रज र तम, का भेद) एव (नै) प्रोच्यते (बताइएका छन्) तानि (तिनी) अपि (पनि) यथावत् (जस्ताको तस्तै) शृृणु (सुन) ।
ज्ञान, कर्म, र कर्ता यी तीन पनि गुणका भेदले सत्त्व गुण, रजोगुण, तमोगुण, तीन प्रकारका बताउँछन् । गुणको संख्या गर्नेहरुले भनेको कुरा पनि जस्ताको तस्तै भन्छु, सुन ।। १९ ।।
व्याख्या
सम्पादन गर्नुहोस्गुणको संख्या गर्नेहरुको अर्थ हो कपिलको सांख्य दर्शन र त्यसका अनुयायीहरु । यस दर्शनले प्रकृतिका तीन गुणको असन्तुलनलाई सृष्टिको आधार मान्दछ । यहाँ अन्य चर्चा नगरेर केवल तीन गुणको प्रभावबारे चर्चा गरिएको छ । यी तीन गुणले ज्ञान, कर्म, कर्ता सबैलाई आआफ्नो गुण अनुसारको बाटोमा प्रवृत्त गराउँछन् । यिनले कुन बाटोमा प्रवृत्त गराउँछन् सो कुरा आउने श्लोकमा बताइएको छ ।
सर्वभूतेषु येनैकं भावमव्ययमीक्ष्यते ।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ।।२०।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सर्वभूतेषु (सबै प्राणीहरुमा) येन (जुन ज्ञानले) एकम् भावम् ( एक अविनाशी भाव) अव्ययम् (अव्यय छ) ईक्ष्यते (भन्ने बुझिन्छ) अविभक्तम् विभक्तेषु ( वभक्त भइकन पनि अविभक्त) तत् ज्ञानम् (त्यो ज्ञान) सात्त्विकम् (सात्त्विक) विद्धि (जान) ।
जुन ज्ञानले सबै प्राणीहरुमा एक अविनाशी भावलाई अविभक्त छ भन्ने बुझिन्छ, त्यो ज्ञानलाई सात्त्विक जान ।। २० ।।
पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् ।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ।।२१।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पृथक्त्वेन (भिन्न भिन्न प्रकारका) तु (तर) यत् ज्ञानम् (जुन ज्ञान) नानाभावान् (भिन्न भिन्न भाव) पृथक् विधान् वेत्ति (अलग अलग बुझिन्छ) सर्वेषु भूतेषु (सबै प्राणीहरुमा) तत् ज्ञानम् (त्यस ज्ञानलाई) राजसम् (राजस्) विद्धि (बुझ) ।
तर जुन ज्ञानले सबै प्राणीमा भिन्न भिन्न प्रकारका भाव अलग अलग छ भन्ने बुझिन्छ, त्यस ज्ञानलाई राजस बुझ ।। २१ ।।
यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् ।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ।। २२ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तु (तर) यत् (जुन मानिसले) अहैतुकम् (बिना कारण) अतत्त्वार्थवत् कार्ये (अवास्तविक तत्त्वलाई जानी जानी) च (अनि) एकस्मिन् (यही एक) कृत्स्नवत् (सम्पूर्ण मानेर) सक्तम् (आसक्त हुन्छ, ढिपी गर्छ) तत् (त्यो) अल्पम् (अल्पज्ञान) तामसम् (तामस) उदाहृतम् (भनेर बताइन्छ) ।
तर जुन मानिसले बिना कारण, अवास्तविक तत्त्वलाई जानी जानी यही सम्पूर्ण हो भनेर एउटै कुरामा आसक्ति र ढिपी गर्दछ । त्यस ज्ञानलाई तामस ज्ञान भनेर बताइन्छ ।। २२ ।।
नियतं संगरहितमरागद्वेषतः कृतम् ।
अफलप्रेप्सुना कर्म यत्तत्सात्विकमुच्यते ।। २३ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्संगरहितम् (आसक्तिरहित) अरागद्वेषतः (रागद्वेष मुक्त भएर) कृतम् (कर्म गर्छन्) अफलप्रेप्सुना (फलको आकांक्षारहित) नियतम् (शास्त्रविधि अनुसार) यत् (जुन) कर्म (कर्म) तत् (त्यो) सात्विकम् (सात्त्विक) उच्यते (भनिन्छ) ।
आसक्तिरहित, फलको चाहना नगरीकन, रागद्वेष मुक्त भएर शास्त्रविधि अनुसार जुन कर्म गरिन्छ, त्यस कर्मलाई सात्त्विक भनिन्छ ।। २३ ।।
यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुनः ।
क्रियते बहुलायासं तद्राजसमुदाहृतम् ।। २४ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्तु (तर) यत् (जुन) कामेप्सुना (भोगको चाहनाले) कर्म (कर्म गरिन्छ) वा (अथवा) साहङ्कारेण (अहंकारसहित गरिन्छ) पुनः (फेरि) क्रियते बहु आयासम् (अनेक परिश्रम साध्य) तत् (त्यसलाई) राजसम् (राजस कर्म) उदाहृतम् भनिन्छ ।
तर जुन कर्म कामनायुक्त अर्थात् भोगको चाहनाले वा अहंकारसहित गरिन्छ । फेरि त्यो परिश्रम साध्य छ, भने त्यसलाई राजस कर्म भनिन्छ ।। २४ ।।
अनुबन्धं क्षयं हिंसामनवेक्ष्य च पौरुषम् ।
मोहादारम्भयते कर्म यत्तत्तामसमुच्यते ।।२५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अनुबन्धम् (परिणाममा बन्धनकारक) क्षयम् (हानिकर) हिंसाम् (हिंसा) अनवेक्ष्य (नहेरिकन) च पौरुषम् (तथा सामथ्र्य) मोहात् (मोहपूर्वक) आरम्भयते (आरम्भ गरिन्छ) यत् (जुन) कर्म (कर्म) तत् (त्यो) तामसम् उच्यते (तामस भनिएको छ) ।
जुन कर्म परिणाममा बन्धनकारक र हानिकारक हुन्छ । हिंसा, र सामथ्र्य विचार नगरिकन केवल मोहवश आरम्भ गरिन्छ, त्यस कर्मलाई तामस भनिन्छ ।। २५ ।।
मुक्तसङ्गोऽनहंवादी धृत्युत्साहसमन्वितः ।
सिद्ध्यसिद्ध्योर्निविकारः कर्ता सात्त्विक उच्यते ।। २६ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्मुक्तसङ्गः (आसक्तिबाट मुक्त) अनहंवादी (निरहङ्कारी) धृति (धैर्यवान्) उत्साहसमन्वितः (उत्साहयुक्त) सिद्धि– असिद्ध्योः र्निविकारः (कार्य सिद्ध हुँदा वा नहुँदा मनमा विकार नलिने) कर्ता (यस्तो कर्ता) सात्त्विक (सात्त्विक) उच्यते (भनिन्छ) ।
आसक्तिबाट मुक्त, निरहङ्कारी, धैर्यवान, उत्साही, कार्य सिद्ध हुँदा वा सिद्ध हुन नसक्दा निर्विकार रहने, र हर्ष शोक जस्ता कुराले अप्रभावित कर्तालाई सात्त्विक भनिन्छ ।। २६ ।।
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः ।
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ।। २७ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्रागी (विषय आसक्त) कर्मफलप्रेप्सुः (कर्मको फल प्रति उत्सुक) लुब्धः (लोभी) हिंसात्मक (हिंसात्मक) हर्षशोकान्वितः (हर्ष र शोकले छिटो प्रभावित हुने) अशुचिः (अशुद्धाचारी) कर्ता (कर्ता) राजसः (राजस) परिकीर्तितः (भनिएको हुन्छ) ।
विषयासक्त, कर्मको फल प्रति उत्सुक, लोभी, हिंसात्मक (दुख दिने भाव), अशुद्धाचारी, हर्ष र शोकले छिटो प्रभावित हुने कर्ता राजस भनिएको हुन्छ ।। २७ ।।
अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोऽलसः ।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते ।। २८ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अयुक्तः (अयोग्य) प्राकृतः (अशिष्ट) स्तब्धः (ठाडो) शठः (मूर्ख) नैष्कृतिकः (आफ्नो स्वार्थका लागि अरुको हानि गर्ने) अलसः (अल्छी) विषादी (विषाद गर्ने) च (अनि) दीर्घसूत्री (ढिलो काम सम्पन्न गर्ने) कर्ता (कर्तालाई) तामस (तामस) उच्यते (भनिन्छ) ।
अयोग्य, अशिष्ट, ठाडो, मूर्ख, नैष्कृतिक, अल्छी, विषादी, र दीर्घसूत्री कर्तालाई तामस भनिन्छ।।२८।।
व्याख्या
सम्पादन गर्नुहोस्सात्त्विक ज्ञानले आफूलाई एक विराटको अंश देख्छ । राजस ज्ञानले प्राणीमा भिन्नता देख्छ। तामसले बिना कारण असत्यलाई नै सत्य हो भनेर ढिपी गर्छ । शास्त्रविधिलाई ध्यानमा राखेर, विचारपूर्वक गरिएका कर्म सात्त्विक कर्म हुन् । आफ्नो क्षमता र परिणाम विचार नगरिकन गरिने कर्म राजसिक हुन्छ । पछि के होला ? आफ्नो सामथ्र्य कति छ ? आखिरीमा नाश वा बिगार होला नि नहोला ? यो कुरा विचार नगरी केवल मोहवश गरिने कर्म तामस हुन्छ ।
सात्त्विक कर्ता सफलता र असफलतामा अविचलित, सफल हुँदा पनि निरहङ्कारी, सुखदुखमा धैर्यवान, र काम गर्न उत्साही रहन्छ । राजसी कर्ता विषयासक्त, लोभी, सफलतामा खुशी र असफलतामा दुखी हुँदैन । लोभी, दुख दिने, अशुद्धाचारी, हर्ष र शोकले छिटो प्रभावित हुने कर्ता राजस हुन्छ । अटेरी, अरुले गरेको काम पनि बिगार्ने, अल्छी, हरेक कुरामा खोट देख्ने, र दीर्घसूत्री कर्ता तामस हुन्छ ।
सात्त्विक | राजस | तामस | |
---|---|---|---|
ज्ञान | सम्पूर्ण प्राणीहरुमा एकत्व भाव | तेरो मेरोको भाव | गलत कुरालाई ढिपी |
कर्म | शास्त्रविधिसहित, आसक्तिरहित | अहङ्कारपूर्ण,भोगको चाहना | बन्धनकारक,मोहपूर्ण |
कर्ता | धैर्यवान, उत्साही | कर्म फल प्रति उत्सुक, हर्ष र शोकले प्रभावित | ठाडो, मूर्ख, अल्छी, विषादग्रस्त |
भर्तृहरिले तीन प्रकारका कर्ताको चर्चा गर्दै भनेका छन्–
प्रारम्यते न खलु विघ्नभयेन नीचैः
प्रारभ्य विघ्न विहता विरमन्ति मध्या ।
विघ्नैः पुनः पुनरपि प्रतिहन्यमानाः
प्रारभ्य तूत्तमजना न परित्यज्यन्ति ।।२७।।
नीच पुरुष विघ्न भयले काम थाल्दैनन्, मध्यमले अवरोध आए पछि बीचैमा काम छोडिदिन्छन्। तर श्रेष्ठ पुरुषले बारम्बार विघ्न हुँदा पनि टुङ्गोमा न पुर्याइ विश्राम गर्दैनन्।
बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु ।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय ।। २९ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्धनञ्जय (हे धनञ्जय) बुद्धेः (बुद्धि) च (र) धृतेः (धृतिका) भेदम् एव (भेद पनि) गुणतः (गुण अनुसार) पृथक्त्वेन (अलग अलग) त्रिविधम् (तीन प्रकारका हुन्छन्) अशेषेण (शेष नराखी) प्रोच्यमानम् (जे भनिएको छ) शृणु (सुन) ।
हे धनञ्जय, बुद्धि, र धृति पनि गुण अनुसार तीन अलग अलग प्रकारका हुन्छन् । यी सबै, केही शेष नराखी, बताउँछु, सुन ।।२९।।
प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये ।
बन्धं मोक्षं च यो वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ।।३०।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ), प्रवृत्तिम् च निवृत्तिम् (प्रवृत्ति र निवृत्ति) कार्य ( गर्ने योग्य कार्य) च (र) अकार्ये (गर्न अयोग्य कार्य) भय (भय) अभये (अभय) बन्धम् (बन्धन) च (र) मोक्षम् (मोक्षलाई) या (जसले) वेत्ति (जान्दछ) सा (त्यो) बुद्धिः (बुद्धि) सात्त्विकी (सात्त्विकी हो) ।
हे पार्थ, जुन बुद्धिले प्रवृत्ति र निवृत्ति अर्थात् कुन कर्म गर्ने र कुन नगर्ने त्यो जान्दछ, तथा जसले गर्न हुने कार्य र गर्न नहुने कार्य के हो ? कुन कुराको भय गर्नु पर्छ र कुराको भय गर्नु हुँदैन भन्ने बुझ्छ, तथा के कारणले बन्धन हुन्छ र कसरी मोक्ष हुन्छ त्यो जान्दछ, त्यो बुद्धि सात्त्विकी हो ।। ३० ।।
यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च ।
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ।। ३१ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) यया (जुआ बुद्धिले) धर्मम् (धर्म) च (र) अधर्मम् (अधर्म) कार्यम् (कर्तव्य) च (र) अकार्यम् (अकर्तव्य) एव (नै) अयथावत् (अयथावत्) प्रजानाति (जान्दछ) सा (त्यो) बुद्धिः (बुद्धि) राजसी (राजसी हो) ।
हे पार्थ, जुन बुद्धिले धर्म र अधर्म, कर्तव्य र अकर्तव्य बिलकुल ठीक तरीकाले बुझ्दैन अर्थात् धर्म के हो अधर्म के हो कर्तव्य के हो अकर्तव्य के हो त्यो बुझ्दैन, त्यो बुद्धि राजसी हो।।३१।।
अधर्मं धर्ममिति या मन्यते तमसावृता ।
सर्वान्विपरीताँश्च बुद्धिः सा पार्थ तामसी ।। ३२ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) तमसा (तमोगुणले) आवृता (घेरिएको) सा (त्यो) बुद्धिः (बुद्धि) तामसी (तामसी हो) या (जसले) अधर्मं (अधर्मलाई) इति (नै) धर्मम् (धर्म) च (अनि) सर्वान् (सबै कुरा) विपरीतान् (विपरीत मात्र) मन्यते (विचार गर्छ, मान्दछ) ।
हे पार्थ, तमोगुणले घेरिएको त्यो बुद्धि तामसिक हो जसले अधर्मलाई धर्म मान्दछ र सबै कुरा विपरीत मात्र विचार गर्छ ।। ३२ ।।
धृत्या यया धारयते मनःप्राणेन्द्रियक्रियाः ।
योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्विकी ।। ३३ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) या (जुन) अव्यभिचारिण्या (निश्चयात्मिका) धृति (धृति) यया (जसले) मनः (मन) प्राण (प्राण) इन्द्रिय (इन्द्रियका) क्रियाः (क्रियाहरु) योगेन (योगद्वारा) धारयते (धारण गर्छ) सा (त्यो) धृतिः (धृति, धैर्य) सात्विकी (सात्त्विकी हुन्छ) ।
पार्थ (हे पार्थ), जुन अव्याभिचारिणी अर्थात् निश्चयात्मक भएको धृतिले मन, प्राण र इन्द्रियका क्रियाहरु (कर्मफल त्यागरुपी) योगद्वारा धारण गर्छ, त्यो धृति सात्त्विकी हुन्छ ।। ३३ ।।
यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन ।
प्रसंगेन फलाकांक्षी धृतिः सा पार्थ राजसी ।। ३४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन (हे अर्जुन) तु (तर) यया (जुन) धृत्या (धृतिले) प्रसंगेन (प्रसंगानुसार) फल आकांक्षी (फलको इच्छा गर्ने) धर्म (धर्म) काम (काम) अर्थान् (अर्थलाई) धारयते (प्राप्त गर्छ) सा (त्यो) धृतिः (धृति) पार्थ (हे पार्थ) राजसी (राजसी हो) ।
हे अर्जुन, तर, जुन धृतिले प्रसंगानुसार फलको इच्छा राखेर धर्म, अर्थ, र कामलाई प्राप्त गर्छ, हे पार्थ, त्यो धृति राजसी हो ।। ३४ ।।
यया स्वप्नं भयं शोकं विषादं मदमेव च ।।
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ।। ३५ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) यया (जसले) दुर्मेधा (दुर्बुद्धि भएर) स्वप्नम् (निद्रा) भयं (भय) शोकम् (शोक) विषादम् (निराशा) मदम् (नशा) एव च (तथा अहङ्कार) न विमुञ्चति (छोड्दैन) सा (त्यो) धृतिः (धृति) तामसी (तामसी हो) ।
हे पार्थ, जुन धृतिले मानिस दुर्बुद्धि भएर निद्रा, भय, शोक, विषाद र मद (नशा) लाई छोड्दैन। त्यो धृति तामसी हो ।। ३५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्जुन बुद्धिले गुणदोषलाई राम्ररी विश्लेषण गर्दछ, त्यो बुद्धि सात्त्विकी हो । सामान्यतः बुद्धि भनेको सात्त्विक नै हो । उचित र अनुचित छुट्ट्याउने कुरामा अलमलिने बुद्धि राजसी हो। जुन बुद्धिले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बुझ्दछ, यस्तो विपरीत बुद्धि नै तामसी हुन्छ ।
एउटा चल्तीको ठट्टा छ– जर्मनीले एउटा नयाँ धातु पत्ता लगायो । त्यसको रौं बराबर पातलो तार बनायो । अनि त्यसमा केही सुधारको आग्रह गर्दै अमेरिकालाई पठाएछ । उसको के विचार थियो भने यसमा अब केही सुधार गर्न सकिंदैन । तर अमेरिकाले त्यस तार भित्र प्वाल बनाएर तारलाई नली बनाइदिएछ । अमेरिकाको प्रविधि त्यो भन्दा उन्नत ।
अनि त्यसमा थप सुधार गर्ने भन्ने अनुरोध साथ जापान पठाइएछ । जापानले त्यसमा थपेछ– मेड इन जापान । भनिन्छ, जापानी मोटर गाडी प्रसिद्ध छन् तर गाडीको आविष्कार जापानले गरेको होइन । यी सब केवल मेड इन जापान हुन् ।
धृतिको अर्थ हो धैर्य । यस भित्र रहेर बुद्धिले निर्णय गर्छ । मन, प्राण र इन्द्रियका अनियन्त्रित क्रियाहरु स्वाभाविक रुपमा स्थिर हुन जान्छन् भने त्यो सात्त्विकी धैर्य हुन्छ यो पूर्ण अनासक्त अवस्था हो । कर्मयोगी यसै अवस्थामा हुन्छ । जुन धैर्य आसक्तिको आधारमा स्थापित हुन्छ, त्यो राजसी हुन्छ । नकारात्मक भावले बनेको धृति तामसी हो । यस्तो धैर्यले आलस्य, निद्रा, भय, घमण्ड, व्यसन र कुबुद्धिलाई छोड्दैन ।
रामकृष्ण परमहंस घण्टौं ध्यानमा मग्न हुन्थे किनभने उनी सात्त्विक धृति सम्पन्न थिए । तर एक जना व्यापारी जो आफ्नो पसलमा अत्यन्त धैर्य साथ बसेको देखिन्छ त्यो राजसिक कारणले हो किनभने त्यो धैर्य उसको धनार्जनमा भर पर्छ । अफीम सेवन गरेर घण्टौं बसेको मानिस आनन्दित देखिन सक्छ, त्यो आलस्य र बेहोशीमा स्थापित भएकोले तामसिक धृति हो ।
वि.सं.२०७१ मा एउटा बस दुर्घटनामा परेको समाचार प्रकाशित भएको थियो । जसमा केही यात्रुहरुको मृत्यु भयो । केही गम्भीर घाइते भए । केही सामान्य घाइते । जब पुलिसले घटनाको बारेमा पत्ता लगायो सबै आश्चर्यचकित भए । ड्राइभरको गाडी मालिकसंग झगडा परेको रहेछ । त्यो रिस पोख्यो गाडी दुर्घटना गराएर । परिणाम भोगे यात्रुले । उनीहरुलाई ड्राइभर र मालिकको झगडाको बारेमा केही थाहा थिएन । धृति तामसिक भए पछि बुद्धिले गलत निर्णय गर्छ ।
सुखं त्विदानीं त्रिविधं शृणु मे भरतर्षभ ।
अभ्यासाद्रमते यत्र दुःखान्तं च निगच्छति ।। ३६ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्इदानीम् (अब) भरत ऋषभ (हे भरतश्रेष्ठ) तु (तर) सुखम् (सुख) त्रिविधम् (तीन प्रकारका) शृणु (सुन) मे (मैले) अभ्यासात् (अभ्यासले, असल कामको निरन्तरताले) रमते (रमाउँछ) च (अनि) यत्र (जहाँ) दुःख अन्तम् (दुखको अन्त) निगच्छति (प्राप्त हुन्छ) ।। ३६ ।।
अब हे भरतश्रेष्ठ, सुखका पनि तीन भेद बताउँछु, सुन । असल कामको निरन्तरता द्वारा जब मानिस रमाउँछ र जहाँ दुखको अन्त हुन्छ, यस्तो सुखलाई सात्त्विक सुख भनिन्छ ।
यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम् ।
तत्सुखं सात्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ।। ३७ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्यत् (जुन) अग्रे (सुरुमा) विषम् इव (विषतुल्य) परिणामे (परिणाममा) तत् (त्यो) अमृतोपमम् (अमृततुल्य हुन्छ) आत्मबुद्धि (आन्तरिक बुद्धिको) प्रसादजम् (प्रसन्नताले उत्पन्न हुन्छ) तत् सुखम् (त्यो सुख) सात्विकम् (सात्त्विक) प्रोक्तम् (भनिन्छ) ।
जुन सुरुमा विषतुल्य लाग्छ र परिणाममा त्यो अमृततुल्य हुन्छ । र त्यसैले त्यो बुद्धिको आन्तरिक प्रसन्नताबाट उत्पन्न हुन्छ, त्यो सात्त्विक सुख हुन्छ ।।३७।।
विषयेन्द्रियसंयोगाद्यत्तदग्रेऽमृतोपमम् ।
परिणामे विषममिव तत्सुखं राजसं स्मृतम् ।। ३८ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्विषय (विषय) इन्द्रियसंयोगात् (इन्द्रियको संयोगले) यत् (जुन) सुखं (सुख हुन्छ) तत् (त्यो) राजसं (राजस) स्मृतम् (बुझ्नुपर्छ) तत् (त्यो) अग्रे (सुरुमा) अमृतोपमम् (अमृततुल्य) परिणामे (परिणाममा) विषमम् (विष) इव (जस्तै हुन्छ) ।
विषय र इन्द्रियको संयोगले गर्दा हुने यस्तो सुखलाई राजस् सुख भनिन्छ, जुन सुरुमा अमृततुल्य छ तर परिणाममा विष जस्तै हुन्छ ।। ३८ ।।
यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः ।
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ।।३९।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्यत् (जुन) अग्रे (सुरुमा) च (अनि) अनुबन्धे च (परिणाममा) सुखम् (सुख हुन्छ) आत्मनः (आफूलाई ) निद्रा आलस्य प्रमाद (निद्रा, आलस्य र प्रमाद) मोहनम् (मोहित गराई) उत्थम् (उत्पन्न हुन्छ) तत् (त्यसलाई) तामसम् (तामस) उदाहृतम् (भनिन्छ)।
त्यो सुख, जसले सुरुमा अनि परिणाममा मानिसलाई मोहमा फँसाउँछ । अनि जुन निद्रा, आलस्य र प्रमादको कारणले उत्पन्न हुन्छ, त्यसलाई तामस सुख भनिन्छ ।।३९।।
व्याख्या
सम्पादन गर्नुहोस्सुख के हो ? इच्छा, क्रियाकलाप, अनि सन्तुष्टि यही मानव सुखको क्रियाकलाप चक्र हो । इच्छा अपूर्ण रहनु दुखको कारण हो । इच्छा पूरा हुनु सुखको मूल्याङ्कन हो । अर्को शब्दमा जब इच्छा समाप्त हुन्छन् अनि मात्र सन्तुष्टि वा सुख प्राप्त हुन्छ । तर के इच्छा समाप्त हुन्छन् ? हुँदैनन् ? मानवीय जीवनको वास्तविक सत्य के हो भने इच्छा अनन्त हुन्छन् र त्यसको तुलनामा सन्तुष्टि नगण्य हुन्छ । गणितको सामान्य ज्ञान राख्नेलाई पनि के थाहा छ भने अनन्तमा नगण्य घटाउँदा अनन्त नै बाँकी रहन्छ ।
सारांश के हो भने अनन्त इच्छा हुनु र नगण्य मात्र सन्तुष्ट हुनु भनेको सुख नभए बराबर हो । त्यसैले सन्तुष्टि र इच्छा दुवैको सह–अस्तित्व हुन सक्दैन । इच्छा र सन्तुष्टि संगै छन् भने त्यो विरोधाभासी अवस्था हो । मानिसका यी इच्छाहरु जन्मौं–जन्म पछ्याइ रहन्छन् । कबीरले भन्छन्–
माया मरी न मन मरा, मर मर गया शरीर ।
आशा तृष्णा नमरी, यह कह गया कबीर ।।
त्यसैले इच्छाहरु सन्तुलित राख्नु पर्छ । अन्यथा कहिल्यै सुख प्राप्त हुँदैन ।
सुखको सम्बन्ध इन्द्रियसंग पनि हुन्छ । दृश्य हेरेर, संगीत सुनेर, खस्रो चिल्लो स्पर्शद्वारा, स्वाद जिब्रोद्वारा जानिन्छ । त्यो अनुभव पनि सात्त्विक भए मन र प्राणलाई सुख दिने हुन्छ । कहिलेकाहीं इन्द्रियको वास्तविक गुणलाई दबाएर असुखलाई मानिसले सुखमा रुपान्तरित गरिरहेको हुन्छ ।
उदाहरणका लागि बालकले पिरो खुर्सानी मन पराउंदैन । तर निरन्तर जिब्रोको स्वाद क्षमतालाई निमोठेर आफूलाई खुर्सानी नभए भान्सा नपस्ने बनाउनु राजस् सुखको उदाहरण हो । जुन कुराले सुखको आभास मात्र दिन्छ, अर्थात् जुन सुख अनुभव गर्दा होश गुमाएको हुन्छ त्यो तामस हो । नशा गर्नेहरुले पाउने सुख यसै प्रकारको हुन्छ ।
एक परिवारमा तीन जना थिए । आमा, बाबु, र छोरो । गरीब थिए । दुखी थिए । सबै झुत्रा झाम्रा । त्यसैले केही प्राप्त गर्ने इच्छाले तीनवटैले तपस्या गरे ।
तपस्याबाट प्रसन्न भएर भगवान्ले प्रकट भएर भन्नु भएछ– तिमीले चाहेको प्रत्येकको एक इच्छा पूरा हुने छ ।
भगवान् अन्तर्धान भए पछि सुरुमा आमाले त्यस भनाइको परीक्षा गर्न गहना कपडा लगाएकी भर्खरकी सुन्दरी हुन पाउँ भन्ने कामना गरिछ । नभन्दै तुरुन्तै सुन्दर वस्त्रधारी षोडसी भइछ। आफू सुन्दर भएकी त्यो युवती घर बाहिर जान थाली ।
पुरुषले सोध्यो– कहाँ जान थालेको ?
स्त्रीले भनी– म यति राम्री भएँ । यो घर अब मेरो लायक रहेन ।
यति छिटै यस्तो परिवर्तन देखेर पुरुषलाई झनक्क रिस उठ्यो– कस्तो, सुङ्गुर्नी ...।
पुरुषको इच्छा प्रकट भयो । तत्काल त्यो पूरा भयो । महिला शूकरीमा रुपान्तर भइहाली ।
छोरोले यो सबै हेरिरहेको थियो । वरदानको यो दुर्दशाले दुखी भइरहेको थियो । अब एउटा वरदान मात्र बाँकी रह्यो । अनि निराश भएर आफ्नो वरदान प्रयोग गर्यो– मेरी आमा अघि जस्ती थिइन् त्यस्तै भइ जाउन् ।
तत्त्काल शूकरी झुत्री आमामा रुपान्तरित भयो । तीनवटा वरदान पाएर पनि यथावत । त्यसैले ज्ञानीहरुले सांसारिक कुरा नमाग भन्छन् । वरदान पाए । तर निरर्थक गुमाए । तामसिक बुद्धि र धृतिको कारणले नै वरदान निरर्थक भएको हो । त्यसैले मानिसहरुले वास्तविक सुखको अनुभव गर्न सकिरहेका हुँदैनन् ।
न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः ।
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ।।४०।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्न तत् अस्ति (कुनै पनि छैन) पृथिव्याम् (पृथिवीमा) वा (अथवा) दिवि (आकाशमा) देवेषु वा (वा देवताहरुमा अर्थात् देवलोकमा) पुनः (पुनः) सत्त्वम् (कुनै पनि कुरा) प्रकृतिजैः (प्रकृतिबाट उत्पन्न) यत् (जुन) एभिः (यिनी) त्रिभिः गुणैः (तीनगुणबाट) मुक्तम् (मुक्त) स्यात् (होस्)।
यी तीन गुणरहित कुनै पनि कुरा पृथिवीमा, आकाशमा अथवा देवताहरुमा अर्थात् देवलोकमा पनि कुनै यस्तो कुरा छैन, जो प्रकृतिका यी तीन गुणबाट मुक्त होस् ।।४०।।
सात्त्विक | राजस | तामस | |
---|---|---|---|
बुद्धि | कर्तव्य–अकर्तव्य यथार्थ बुझ्नु | धर्म अधर्ममा अलमल | विपरीत कुरालाई सत्य मान्नु |
धृति | नडग्ने | विचलित हुने | भय, शोक र मदले ग्रस्त |
सुख | आन्तरिक प्रसन्नता, परिणाममा सुखकारक | इन्द्रियको संयोगको सुख, परिणाममा दुखकारक | बेहोशीको सुख, सुखदुखमा भेद गर्न अक्षम |
व्याख्या
सम्पादन गर्नुहोस्यो सारा सृष्टि तीन गुणको असन्तुलित वृद्धिले उत्पन्न भएको हो । त्यसैले यिनको प्रभाव व्यापक छ ।
तमोगुणको वृद्धिले निम्नलिखित प्रभाव पार्छ–
१. इन्द्रिय र अन्तःकरणमा स्वच्छता रहँदैन । मूढताग्रस्त भएकोले कर्म अकर्म विवेक रहँदैन।
२. उचित अनुचित छुट्ट्याउने शक्तिको लोप हुन्छ । मानिसले अनावश्यक ढिपी गर्छ ।
३. काम गर्न मन लाग्दैन । निरर्थक बसिरहन मन लाग्छ ।
४. प्रमाद हुन्छ । गर्न नहुने काम गर्न मनलाग्ने र गर्नु पर्ने काम गर्न मन नलाग्ने हुन्छ ।
५. आफ्नो सामर्थ्य विचार नगरेर मोहवश तथा हिंसाको भावले काम गर्छ ।
६. आफ्नो जीवनलाई आलस्य, निद्रा, डर, चिन्ता, घमण्ड र व्यर्थका कुरामा खर्च गरेर बिताउँछ ।
७. गुनासो र असन्तुष्टि पोखिरहन्छ ।
तमोगुणी स्वभावको वृद्धि हुन नदिन सतोगुण बढाउने प्रयास गर्नु पर्छ ।
रजोगुणको वृद्धिले निम्नलिखित प्रभाव पार्छ्–
१. यथार्थ ज्ञान बारे भ्रम उत्पन्न हुन्छ । फलस्वरुप आफूले गर्ने क्रिया उचित अनुचित, आफ्नो क्षमता अनुभरुप भए नभएको केही विचार गर्दैन ।
२. निर्वाहस्तर भन्दा बढीको इच्छा गर्छ ।
३. आफ्नो सुख, आराम र नाफा, प्रदर्शनको इच्छाले काम गर्ने प्रवृत्ति बढ्छ ।
४. सम्मान र प्रतिष्ठाको चाहनाले मात्र कर्म गर्ने प्रवृत्ति हुन्छ । सक्रियता अस्वाभाविक रहन्छ।
५. अन्तःकरणमा अशान्ति र हलचल रहन्छ । कर्मको फल प्रति अति उत्सुकता बढछ । इच्छानुकूल परिणाम प्राप्त नहुँदा खिन्नता र असन्तुष्टि बढ्छ ।
६. अरुलाई दुख दिने प्रवृत्ति हुन्छ ।
७. हर्ष र शोकले छिटो प्रभावित हुन्छ ।
रजोगुणी स्वभावको वृद्धि हुने समयमा सन्तोषको भाव बढाउने प्रयास गर्नु पर्छ । यसले लोभ, अहङ्कार, दम्भ जस्ता स्वभावलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।
सतोगुणको वृद्धिले निम्नलिखित प्रभाव पार्छ–
१. अन्तःकरणमा स्वच्छता र निर्मलता उत्पन्न हुन्छ ।
२. मनले कुनै पनि विषयको ठीक ठीक मनन चिन्तन गर्छ अर्थात् विवेक जागरुक हुन्छ ।
३.इन्द्रिय र अन्तःकरणमा स्वच्छता र निर्मलता भएकोले सत् र असत्, कर्तव्य अकर्तव्य, लाभ हानि इत्यादि कुराहरु स्पष्ट बुझिन्छ ।
४. विवेक जाग्नाले संसारको राग हट्छ र वैराग्य उत्पन्न हुन्छ ।
५. अशान्ति हराउँछ, शान्तिको अनुभव हुन्छ ।
६. लोभ हटेर उदारताको भावना भरिन्छ ।
७. कर्ममा हुने प्रवृत्ति निष्कामपूर्वक हुन्छ । त्यसैले प्रत्येक कार्य होशपूर्वक हुन्छ ।
८. भोग र संग्रहका लागि कर्ताले कुनै काम गर्दैन ।
९. मनमा भोगको भावना हुँदैन, जीवननिर्वाहका लागि सबै काम हुन थाल्छन् ।
१०. प्रत्येक विषय बुझ्न सक्ने बुद्धि विकसित हुन्छ ।
११. कर्म गर्दा त्रुटि हुँदैन, त्रुटि भइहाले पनि त्यसलाई सहज रुपमा स्वीकार गरेर सुधारको प्रवृत्ति हुन्छ ।
सात्त्विक गुणको विकास हुँदा मानिसका कार्य सफल हुन्छन् । त्यसैले यस्तो समयमा भजन ध्यानमा मन लगाउनु पर्छ । यसबाट अहंकार नियन्त्रण हुन्छ ।
यी तीन गुणको वृद्धिले प्राणीको ज्ञान, बुद्धि, कर्ता र कर्ममा मात्र होइन आकाश र देवताहरुलाई समेत प्रभावित गर्छ ।
ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभाव प्रभवैर्गुणैः ।।४१।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्परन्तप ( हे परन्तप) ब्राह्मण (ब्राह्मण) क्षत्रिय (क्षत्रिय) विशाम् (वैश्य) च (र) शूद्राणाम् (शूद्रहरुका) कर्माणि (कर्महरु) स्वभाव (स्वभाव अनुसार) प्रभवैः (उत्पन्न भएका) गुणैः (गुणको आधारमा) प्रविभक्तानि (अलग अलग बाँडिएका हुन्छन्) ।
(त्यसैले) हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रहरुका जति कर्म छन् तिनीहरु उनीहरुका स्वभाव अनुसार उत्पन्न भएका गुणको आधारमा अलग अलग बाँडिएका हुन्छन् ।। ४१ ।।
शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्ब्रह्मकर्म स्वभावजम् (ब्राह्मण्का स्वाभाविक कर्म) शमः (आत्मसंयम) दमः(इन्द्रिय नियन्त्रण) तपः (तपस्या) शौचम् (शुद्धता) क्षान्तिः (क्षमा) आर्जवम् एव च (अनि सरलता) ज्ञानं विज्ञानम् (ज्ञान सहतिको विज्ञान) आस्तिक्यम् (मा विश्वास) ।
ब्राह्मणका स्वाभाविक कर्महरु यी हुन्– शम अर्थात् आत्मसंयम, दम अर्थात् इन्द्रिय नियन्त्रण, तप अर्थात् नियम पालनका लागि कष्ट सहन गर्नु, शुद्धता, शान्ति, सरलता, ज्ञानविज्ञान र आस्तिकता ।।४२।।
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्क्षात्रम् (क्षत्रियका) कर्म स्वभावजम् (स्वभावजन्य कर्म यी हुन्) शौर्यम् (शूरवीरता) तेजः (तेज) धृतिः (धैर्य) दाक्ष्यम् (बाठोपन, दक्षता) च अपि (यसका साथै) युद्धे (युद्धमा) अपलायनम् (सामना गर्नु, नभाग्नु) दानम् (दान) च (अनि) ईश्वरभावः (ईश्वर भाव, आदेश दिनु) ।
क्षत्रियका स्वभावजन्म कर्महरु यी हुन्– शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि ईश्वर भाव ।। ४३ ।।
कृषि गौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् ।
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।। ४४ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्वैश्य (वैश्यका) स्वभावजम् (स्वभावजन्य) कर्म (कर्महरु) कृषि (कृषि) गौरक्ष्य (पशुपालन) वाणिज्यं (वाणिज्य हो) अपि (साथै) शूद्रस्य (शूद्रको) स्वभावजम् (स्वाभावजन्य कर्म) परिचर्यात्मकम् कर्म (परिचर्या गर्नु, राम्रो गरी सेवा गर्नु हो) ।
वैश्यका स्वभावजन्य कर्म कृषि, पशुपालन, र वाणिज्य हो साथै शूद्रको स्वभावजन्य कर्म हो परिचर्या गर्नु अर्थात् सेवा गर्नु ।।४४।।
व्याख्या
सम्पादन गर्नुहोस्गीता ४.१३ मा चार वर्णको विभाजन स्वाभाविक भएको बताइएको छ । यसमा कुनै अस्वाभाविकता, भेदभाव, अवहेलना र घृणाको कल्पनासमेत वैदिककालमा गरिएको छैन । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र एउटै परिवारका सदस्यहरु जस्तै एक अर्का प्रति प्रेम र श्रद्धा राख्ने गर्थे । निम्नलिखित नौवटा सामान्य कर्महरु सबैलाई अनिवार्य थिए । यी नियमलाई वर्ण अनुसारको कर्म अर्थात् स्वभावजन्य कर्मभन्दा उच्च मानिएको छ–
१. कसै प्रति क्रोध भाव नराख्नु,
२. कसै प्रति विश्वासघात नगर्नु,
३. बाह्य आन्तरिक पवित्रता राख्नु,
४. सरल भाव राख्नु,
५. आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु,
६. कसैसंग द्रोह नगर्नु,
७. धनको उपभोग गर्दा बाँडफाँड गरी उपभोग गर्नु,
८. क्षमा भाव राख्नु, र
९. भरण पोषण योग्य व्यक्तिहरुको पालन गर्नु ।
यसमा १०औं कर्म पनि थपिएको छ तर त्यो केवल ब्राह्मणहरुका लागि अनिवार्य छ र त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागि रहनु ।
यस्तै प्रकारका आदेश बाइबिलमा पनि छन् । जसलाई टेन कमान्डमेन्ट्स भनिएको छ – मैले तिमीहरूलाई के आदेश गर्छु भने म एक मात्र ईश्वर हूँ, तिमीहरुले अन्य कसैको मूर्ति बनाउनु पर्दैन, आफ्ना पिताको सम्मान गर, कसैको हत्या नगर, व्याभिचार नगर, चोरीनगर, झुट्ठा नबोल, छिमेकीको पत्नीलाई सम्मानले हेर । I am the Lord your God /You shall have no other Gods before me/you shall not make for yourself an idol, do not take the name of the lord in vain, remember the Sabbath and keep it holy, honor your father, you shall not murder, you shall not commit adultery, you shall not steal, you shall not bear false witness, you shall not covet your neighbour's wife.)
ज्ञानार्जनमा लाग्नेहरुलाई ब्राह्मण, धनार्जनमा लाग्नेहरुलाई वैश्य, शक्ति आर्जनमा लाग्नेहरुलाई क्षत्रिय र सेवा क्षेत्रमा लाग्नेलाई शूद्र भनिएको छ । यसले मानिसहरुको स्वरुप छुट्ट्याउँछ, यो जन्म होइन । उदाहरणका लागि महात्मा गान्धीले स्वराज्यको आन्दोलन गरे । तर उनको मूल चरित्र वैश्य हो । उनले प्रत्येक दिन रोकडको हिसाब गर्थे । यस कुरालाई उनले अत्यन्त गर्वसाथ आफ्नो आत्मकथामा उल्लेख गर्दै प्रत्येकले दैनिक रोकड मिलाउन सुझाव दिएका छन् । आइन्सटीनको स्वभाव ब्राह्मण हो । सधैं चिन्तन–मनन । उनलाई केवल ज्ञानार्जनमा आनन्द छ ।
यसै गरी जसलाई धनार्जनमा आनन्द छ त्यसको स्वभाव वैश्य र यसै गरी जसलाई सेवामा आनन्द छ त्यसको वर्ण शूद्र हो । गीतामा प्रत्येक वर्ण स्वभावजा हुन्छ भनिएको छ । जसले वर्ण मानिसको रुचि, स्वभाव र सो अनुरुप छनौट गरिएका कर्ममा आधारित थियो भन्ने संकेत प्राप्त हुन्छ । वर्णाश्रम व्यवस्थाको प्रशंसा गर्दै खप्तड बाबाले धर्मविज्ञान पुस्तकमा स्पष्ट शब्दमा भनेका छन्– वर्ण व्यवस्था वंशानुक्रम र वातावरण दुवैका विशेषताहरुलाई समावेश गरिएको सामाजिक व्यवस्था हो ।
सुरुको सरल श्रम विभाजनमा चार वर्ण थिए तर अर्थव्यवस्थाको विकास हुंदै जाँदा उत्पादनमा बढी विशिष्टीकृत श्रम आवश्यक परेको होला । फलस्वरुप श्रम विभाजन बढी विशिष्ट हुँदै गयो र यसरी अनेक उपवर्ण बने । उपवर्णबाट मिश्रित जाति बने । यसरी वर्णबाट उपवर्ण अनि जाति–उपजातिको निर्माण हुँदै सुरुको सरल वर्ण व्यवस्था जटिल जाति व्यवस्थामा रुपान्तरित हुन गयो । कर्म अनुसारको श्रम विभाजन र सो अनुसारको वर्ण र जाति विभाजन भएकोले नै भृगु रचित शिल्पशास्त्रलाई वर्ण व्यवस्थाको आधार मानिएको छ ।
हरेक वर्णको नियत कर्मलाई पनि स्वधर्म अनुसारको कर्म मानिएको छ । स्वकर्मलाई महत्त्व दिंदै भनिएको छ– स्वधर्म अर्काको भन्दा कम उत्कृष्ट लागे पनि स्वकर्मलाई पूरा गर्नुपर्छ । कौटिलीय अर्थशास्त्रमा यसै आशयको सूत्र छ– ‘वर्ण व्यवस्थाको संरक्षण गरेर राजाले लोकमा धर्मको रक्षण गर्दछ । यसो गर्दा राज्य समृद्ध हुन्छ, दुख हुँदैन ।’
स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्स्वे स्वे (आआफ्नो) कर्मणि (कर्महरुमा) अभिरतः (राम्ररी लागेको) नरः (मानिसले) संसिद्धि (सिद्धि, परम् सिद्धि) लभते (प्राप्त गर्छ) स्वकर्म (आफ्नो कर्मममा) निरतः (रत, व्यस्तले) यथा (जसरी) सिद्धिम् (सिद्धि) विन्दति (प्राप्त हुन्छ) तत् (त्यो) शृणु (सुन) ।
आआफ्नो कर्ममा राम्ररी लागेको मानिसले परम् सिद्धि प्राप्त गर्छ । स्वकर्ममा तत्पर भएर नै कसरी सिद्धि प्राप्त हुन्छ, त्यो कुरा सुन ।।४५।।
यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यच्र्यं सिद्धिं विन्दति मानवः ।। ४६ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्भूतानाम् (प्राणीहरुको) यतः (जसबाट) प्रवृत्तिः (प्रवृत्ति अर्थात् उत्पत्ति भएको छ) येन (जसले) सर्वम् इदम् (यो सारा) ततम् (व्याप्त छ) स्वकर्मणा (स्वधर्म अनुसारको कर्मले) तम् (त्यसलाई) अभ्यच्र्यम् (राम्ररी अर्चना गर्नाले) मानवः (मनुष्यलाई) सिद्धिम् (सिद्धि) विन्दति (प्राप्त हुन्छ) ।
सारा प्राणीहरुको उत्पत्ति जसबाट भएको छ, र जसले, जुन समस्त विश्वमा व्याप्त छ, त्यसलाई अर्थात् परमात्मालाई स्वधर्म अनुसारको कर्मले राम्ररी अर्चना गर्नाले मनुष्यलाई सिद्धि प्राप्त हुन्छ ।।४६।।
व्याख्या
सम्पादन गर्नुहोस्व्यक्तिको व्यक्तित्व विकासका लागि आश्रम व्यवस्था अनिवार्य मानिए जस्तै समाजको विकास र अन्तर्निभरताका लागि वर्ण व्यवस्था आवश्यक मानिएको छ । यी दुवैको माध्यमबाट व्यक्तिले पूर्णता र सन्तोष प्राप्त गर्न सक्छ भन्ने कल्पना गरिएको छ ।
हिन्दु समाजको सामान्य लक्ष्यबारे एक ध्यान दिनु पर्ने कुरा छ, त्यो के भने यस संस्कृतिमा मानिसको परम लक्ष्य हो– मोक्ष वा मुक्ति । मुक्तिको अर्थ हो जीवन मरणको चक्रबाट पार हुनु । यस कुरामा सबै वर्णका मानिसलाई समान मानिएको छ । ‘स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः’ भनेर गीताले उच्चतम लक्ष्य प्राप्त गर्न सबै समान छन् भन्ने उद्घोष गरेको छ । निश्चित रुपमा गीताले केवल सामाजिक वा आर्थिक समानताको कुरा गरेको छैन । त्यसभन्दा उच्च समानताको कुरा गरेको छ जुन प्राप्त गर्न ठुल्ठूला धर्मगुरु, सम्राट र योगीहरु पनि सधैं प्रयत्नशील रहन्छन् ।
यसबाट के स्पष्ट हुन्छ भने आश्रम र वर्ण व्यक्ति वा समाजको साध्य होइनन् । यी केवल साधन हुन् । यसको साध्य हो निश्रेयस अभ्युत्थान– संसिद्धि ।
आश्रम र वर्णको यस व्यवस्थामा त्यागमय भोग र आध्यात्मिक सांसारिकताको अनौठो संयोग पाइन्छ । यस व्यवस्थामा अर्थ, काम, र धर्ममध्ये कुनै एकको विशिष्ट उपलब्धिलाई पुरुषार्थ मानिन्छ । तर अर्थ, काम, र धर्मको सन्तुलनलाई नै उत्कृष्ट बताइएको छ ।
गीता ७.११ मा कामलाई धर्मको सीमा भित्र राख्नु पर्ने निर्देश दिइएको छ । महाभारत, शान्तिपर्व १२३.३ मा यस कुरालाई सात्त्विक धृतिसँग जोड्दै भनिएको छ– जब मानिसहरूले निर्मल चित्त राखेर धैर्यपूर्वक अर्थार्जनको प्रयास गर्छन्, त्यस्तोमा उचित काल, कारण, र परिस्थिति अनुसार धर्म, अर्थ र काम आपसमा जोडिए झैं देखिन्छन् ।
अर्थ भनेको कामना पूर्तिको साधन हो, जुन दुर्लभ हुन्छ । काम अर्थात् मानवीय इच्छाहरु असीमित हुन्छन् । व्यक्तिगत र समाजको हित परस्परमा अविरोध हुने गरी पूरा गर्नु पर्ने शास्त्रको आदेश छ । धर्मको अर्थ हो त्यो कृत्य जुन यस लोक र परलोक तथा व्यक्तिगत र सामाजिक सबैमा श्रेयस्कर छ ।
अर्थ र कामको मात्रै संयोजन गर्ने हो भने अधिकतम सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसैले अर्थ र कामका सीमाहरु धर्मबाट निर्धारित गर्नु पर्छ । धर्मले एकातिर अर्थ आर्जनका मानवीय प्रयासको सीमा र अर्कातिर खर्चका लक्ष्य निर्धारित गर्छ भने अर्कातिर कुन कामना सन्तुष्टिको सीमा गर्न सघाउँछ । यसरी मानवीय क्रियाकलाप, लक्ष्य र सन्तुष्टिको आदर्श प्राप्त गर्न सकिन्छ । यस आदर्शलाई नै निश्रेयस अभ्युदय वा त्रिवर्ग भनिन्छ ।
वर्णको सांकेतिक अर्थ पनि छ । प्रत्येक वर्ण साधनाको निश्चित सोपान हो । यो कर्ताको स्वभाव र अवस्थामा भर पर्छ । यस शरीरलाई क्षेत्र भनिएको छ । यसमा जस्तो बीउ लगाइन्छ, त्यही प्रतिफलित हुन्छ । यो नै कृषि कर्म गर्नु हो । काम, क्रोध, लोभ, मोहद्वारा रक्षा गरे पछि गो (इन्द्रिय) रक्षा हुन्छ । वाणिज्यको अर्थ हो निजी सम्पत्तिको आर्जन । यस्तो सम्पत्तिको आर्जन गर्नु भनेको विद्या धनको आर्जन गर्नु हो ।
आफूभन्दा उन्नत अवस्था– गुरु र ज्ञानी– को सेवा कार्य शूद्रको स्वभावजन्य कर्म हो । साधनाको क्रममा यसै सेवा कार्यबाट प्रारम्भ गर्नु पर्दछ । अनि क्रमशः वैश्य, क्षत्रिय, र ब्राह्मण सम्मको दूरी तय गर्दै वर्णहरुलाई पनि पार गरेर ब्रह्मत्व प्राप्त हुन जान्छ । यो नै सिद्धि प्राप्त गर्नु हो । स्वभावका साथमा यी वर्ण परिवर्तन हुन्छन् । कर्मपथमा अग्रसर साधकका लागि यी क्रमशः माथिमाथि जाने खुड्किलाहरु हुन् । परमसिद्धिका लागि यही एक मात्र बाटो हो । जो संग जे योग्यता छ उसले त्यहींबाट प्रारम्भ गर्नु पर्छ ।
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्विषम् ।।४७।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सु अनुष्ठितात् (आचरण गर्न सजिलो, राम्ररी अनुष्ठान गरिएको) परधर्मात् (परधर्मभन्दा) विगुणः (विगुण, दोषपूर्ण भए पनि) स्वधर्म (स्वधर्म) श्रेयान् (श्रेष्ठ हुन्छ) स्वभावनियतम् (स्वभाव अनुसार निश्च्ति गरिएको) कर्म (कर्म) कुर्वन् (गरेर नै) किल्विषम् (दोष, त्रुटि, कमजोरी, पाप) न आप्नोति (हुँदैन, प्राप्त गर्दैन)।
परधर्म आचरण गर्न सजिलो भए तापनि र स्वधर्म गुणरहित भए पनि स्वधर्म नै श्रेष्ठ हुन्छ किनभने स्वभाव नियत कर्म गर्दा कुनै त्रुटि, कमजोरी वा पाप हुँदैन ।।४७।।
सहजं कर्म कौन्तेय सदोषमपि न त्यज्येत् ।
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ।।४८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कौन्तेय (हे कौन्तेय) सदोषम् (दोषयुक्त हुँदा) अपि (पनि) सहजम् कर्म (सहज स्वाभाविक कर्म) न त्यज्येत् (त्याग गर्नु हुँदैन) सर्व आरम्भा (सबै आरम्भहरु) हि (नै) दोषेण (दोषयुक्त हुन्छन्) धूमेन (धुवाँले) अग्निः (आगोलाई) आवृताः (ढाके) इव ( जस्तै)।
हे कौन्तेय, दोषयुक्त हुँदा पनि सहज स्वाभावक कर्म त्याग गर्नु हुँदैन किनभने सबै आरम्भहरु त्यसै गरी दोषयुक्त हुन्छन् जसरी धुवाँले आगो ढाकिएको हुन्छ अर्थात् आगोमा धुवाँ जस्तै सबै प्रयासहरुमा केही न केही दोष अवश्य हुन्छ ।।४८।।
व्याख्या
सम्पादन गर्नुहोस्स्वधर्म अनुसार कृत्य गर्नेले सिद्धि प्राप्त गर्छ । अनि, राम्ररी लिइएको परधर्मभन्दा गुणरहित भए पनि स्वधर्म श्रेष्ठ हुन्छ,... ।
अचेल हिन्दु, बौद्ध, क्रिस्तान, इसलाम आदिलाई धर्म भनेर बुझिन्छ । यहाँनिर ध्यान दिनु पर्ने कुरा के भने गीताको प्रादुर्भाव हुँदा धर्मको वर्तमान विभाजन थिएन ।
धर्म शब्दको सामान्य र प्राविधिक दुई अर्थ हुन्छ । प्राविधिक रुपमा धर्मले आध्यात्मिक उत्थान तर्फ लैजाने सबै आध्यात्मिक, धार्मिक गुण तथा ईश्वर अर्पण इत्यादिलाई जनाउँछ । सामान्य अर्थमा भने धर्ममा ती सबै कर्तव्य पर्दछन् जसको पालन व्यक्ति वा समाजले जीवनमा आफ्नो अवस्थिति तथा आफ्नो नैतिक र मानसिक स्तर अनुरुप गर्नु पर्ने हुन्छ ।
हिन्दु धर्ममा ती दुवै कुराहरु छुट्टयाउन नसकिने गरी गाँसिएका हुन्छन् । हिन्दु धर्मावलम्बीहरुका कर्तव्य र दायित्वहरुको महत्त्व तिनीहरुमा गाँसिएका आध्यात्मिक मूल्यहरुले गर्दा भएको हो । ती आध्यात्मिक मूल्यहरु के हुन् भन्ने कुरा बोध गराउने काम चाहिं धर्मशास्त्रहरुको हुन्छ। वेद र स्मृति दुई प्रमुख धर्मशास्त्र हुन् । वेदलाई अपौरुषेय र अपरिवर्तित मानिन्छ भने स्मृतिलाई देश, काल र परिस्थिति अनुरुप परिवर्तनशील हुने शास्त्र मानिन्छ ।
बिलगेट्सले भनेका छन्– मसंगै पढ्ने साथीहरु सबै पास भए । म फेल भएँ । अहिले ती सबै साथी मेरो कम्पनीमा इञ्जीनियर छन् । बिलगेट्सलाई पढाईमा भन्दा कम्प्युटरको प्रविधिमा रुचि थियो ।
आफ्नो स्वभाव अनुसार, स्वधर्म अनुसार कृत्य गरे । पढ्नमा जबरजस्ती गरेको भए के हुन्थ्यो ? बढीमा उनी त्यस्तै कुनै कम्पनीमा इञ्जीनियर हुन्थे । स्टीभ जब्सले पनि आफ्नो अध्ययन अगाडि बढाउन सकेनन् । तर कम्प्युटरको एप्पल प्रविधिमा उनको योगदान अभूतपूर्व छ । तथापि उनले सबैलाई एउटै सन्देश दिंदै हिंडेका छन्– स्टे हङ्ग्री, स्टे फूलीस ।
एक जना व्यक्ति जो असल शिक्षक भई अध्यापन गर्न सक्थ्यो सबैको लहैलहैमा लागेर पुलिसमा भर्ती भयो । तर रिटायर हुञ्जेलसम्म अलिकति पनि पदोन्नति गर्न सकेन । यसको एक मात्र कारण पेशामा सन्तुष्टि प्राप्त नहुनु थियो । उसले स्वधर्म बुझेर शिक्षण पेशा रोजेको भए पदोन्नति नपाए पनि आनन्दको अनुभव त गथ्र्यो । आफ्नो काम पनि रुचिपूर्वक गर्थ्यो ।
मानिसहरुलाई सावधान गर्दै गीतामा भनिएको छ– ‘दोषयुक्त हुँदा पनि सहज कर्म त्याग गर्नु हुँदैन... ।’ श्वेताम्बर तेरापन्थी जैन सन्तहरुले सेतो कपडाले मुख छोप्छन् । उनीहरु भन्छन्– सांस फेर्दा पनि हिंसा हुन सक्छ । सही कुरा पनि व्यक्त गर्दा दोषपूर्ण हुनसक्छ ।
सुन्दरता हेरेर र स्वाद चाखेर अनुभव गरिन्छ । यी दुवै कुरालाई अभिव्यक्त गरियो भने दोष हुन जान्छ ।
अर्थोडोक्स यहुदीहरुले गड GOD लेख्दा त्रुटि हुन्छ भनेर जी डी G_D लेखेर श्रद्धा व्यक्त गर्छन् । बोल्नेले आफ्नो अनुभव बताउँदा शब्दको अभाव अनुभव गर्छ भने सुन्नेले त्यसको अर्थ आफ्नो दृष्टिकोण अनुसार लगाउँछ ।
अकबर र बीरबल घुम्न बाहिर जाने तैयारी गर्दै थिए । अकबरले बीरबलको घोडालाई देखाउँदै हाँसेर सोधे– अस्प पिदर शुमास्त ।
अकबरको भनाई फारसी भाषामा थियो । यसको एउटा अर्थ हुन्छ– के यो अश्व तिम्रो बुबाको हो ? यस वाक्यको अर्को अर्थ हुन्छ– के यो अश्व तिम्रो बुबा हो ?
बीरबलले कुरा बुझिहाल्यो र तत्काल उत्तर दिए– दादः हजूरस्त ।
फारसीका यस वाक्यको पनि दुईवटा अर्थ हुन्छन् । एउटा अर्थ हुन्छ– हजुरले बक्शीश (दाद) दिएको हो र अर्को अर्थ हुन्छ– तपाईंको हजुरबा (दादा) हो ।
वास्तवमा त्यो घोडा बीरबलले अकबरबाट उपहार पाएका थिए ।
अनेक कारणले व्यक्ति– व्यक्तिका विशेषता फरक हुन्छन् । त्यसैले जुनसुकै कर्म गर्दा पनि दोष उत्पन्न भइ हाल्छन् ।
परमात्मासंग भेट गराउने कुनै तोकिएको ढाँचा हुनसक्दैन । प्रत्येकले आफ्ना लागि छुट्टै विधिको आविष्कार गर्नु पर्छ । त्यो नै गीताको स्वधर्म हो । त्यो नै सहज कर्म पनि हुन्छ । यस ग्रन्थले स्पष्ट शब्दमा भनेको छ– सहज कर्म नै स्वधर्म हो ।
असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः ।
नैष्कर्म्यसिद्धिं परमां सन्न्यासेनाधिगच्छति ।।४९।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्असक्तबुद्धिः (अनासक्त बुद्धिले युक्त) सर्वत्र (सर्वत्र, जुनसुकै कुरामा) जित आत्मा (मनलाई वशमा राखेको) विगतस्पृहः (इच्छा, तृष्णारहित) सन्न्यासेन (कर्मफलको त्यागद्वारा) परमम् (परम्, ठूलो) नैष्कर्म्यसिद्धिम् (निष्कर्म सिद्धि) अधिगच्छति (सजिलै प्राप्त गर्छ)।
सर्वत्र आसक्तिरहित बुद्धिले युक्त, मनलाई वशमा राखेको र इच्छारहित (योगी) ले कर्मफलको त्यागद्वारा परम् नैष्कर्म्यसिद्धि प्राप्त गर्छ ।।४९।।
सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे ।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ।।५०।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्कौन्तेय (हे कोन्तेय) सिद्धिम् प्राप्तः (सिद्धि प्राप्त मानिस) यथा (जसरी) ब्रह्म तथा आप्नोति (अनि ब्रहमभाव प्राप्त गर्छ) निबोध मे (मद्वारा सुन) समासेन एव (संक्षेपमा नै) या (जुन) ज्ञानस्य (ज्ञानको) परा निष्ठा (परम् निष्ठा, सर्वश्रेष्ठ अवस्था हो) ।
हे कौन्तेय, त्यस नैष्कम्र्यसिद्धिलाई प्राप्त गरेर मानिसले ब्रह्म–भावलाई कसरी प्राप्त गर्छ, त्यसलाई संक्षेपमा मबाट बुझ । (किनभने) यो ज्ञानको सर्वश्रेष्ठ अवस्था (परम् निष्ठा) हो ।।५०।।
व्याख्या
सम्पादन गर्नुहोस्स्वकर्म गरेर नै सिद्धि प्राप्त गर्न सकिन्छ तर यस्तो कर्म गर्दा आसक्तिरहित भावले, निष्कामपूर्वक गर्नु पर्छ । यसरी कर्म गर्नुलाई नैष्कम्र्यसिद्धि अर्थात् काम गर्दा गर्दै पनि नगरेको अवस्थामा पुगेको भनिन्छ । यस अवस्थालाई कर्मयोगको सर्वोच्च निष्ठा भनिन्छ तर यसै अवस्थामा मानिसले ज्ञान प्राप्त गर्छ किनभने सर्वोच्च निष्ठामा कर्म र ज्ञानमा अन्तर रहँदैन ।
बुद्धया विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च ।
शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ।।५१।।
विविक्तसेवी लघ्वाशी यतवाक्कायमानसः ।
ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितः।।५२।।
अहंकार बलं दर्पं कामं क्रोधं परिग्रहम् ।
विमुच्य निर्ममः शान्तो ब्रह्मभूयाय कल्पते ।।५३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्विशुद्धया (विशुद्ध) बुद्धया (बुद्धिले) युक्तः (युक्त भई) शब्दादीन् विषयान् (शब्द, रुप आदि विषयहरु) त्यक्त्वा (त्याग गरेको) च (तथा) धृत्या (धैर्यका साथ) आत्मानम् नियम्य (आत्म संयम गरेको) रागद्वेषौ (राग र द्वेष दुवै) व्युदस्य (हटाएको) विविक्तसेवी (एकान्त सेवन गर्ने) लघु आशी ( आहार आदि जीवन निर्वाहका न्यूतम वस्तुले पुग्ने) वाक् (वाणी) काय (शरीर) मानसः (मनलाई) यत (नियन्त्रण गरेको, वशमा राखेको) नित्यं (सदा) वैराग्यं (वैराग्यको) समुपाश्रितः(आश्रय लिएको) अहंकार (अहंकार) बलं (बल, हठ) दर्पं (हठ, घमण्ड) कामं (काम) क्रोधं (क्रोध) परिग्रहम् (परिग्रहलाई) विमुच्य (त्यागेर) ध्यानयोगपरो (ध्यान योगको परायण, ध्यानयुक्त भएको) निर्ममः (ममतारहित) च (र) शान्तः (शान्त चित्त) ब्रह्मभूयाय (ब्रह्मभावका लागि) कल्पते (समर्थ हुन्छ) ।
विशुद्ध बुद्धिले युक्त, लघु आशी अर्थात् खाना, आराम, रहनसहनको न्यूनतम मात्राले पुग्ने, शब्दादि अर्थात् इन्द्रियका विषय त्याग गरेको तथा धैर्यका साथ आत्म संयम गरेको, वाणी, शरीर र मनलाई वशमा राखेको, मनमा राग र द्वेष दुवै हटाएको, वैराग्यको आश्रय लिएको अर्थात् कसैको पनि सहारा नलिएको, अहंकार, हठ, घमण्ड, काम, क्रोध र परिग्रहलाई त्यागेर निरन्तर ध्यानयोगमा परायण रहने, ममतारहित र शान्त चित्त व्यक्तिले ब्रह्म भाव अर्थात् ब्रह्मको स्वरुप प्राप्त गर्न समर्थ हुन्छ ।।५१–५३।।
व्याख्या
सम्पादन गर्नुहोस्लघु आशीको अर्थ हुन्छ, जसलाई धेरै चाहिंदैन । न्यूनतम वस्तु र आवश्यकताहरुमा आफ्नो जीवन निर्वाह गर्न सक्छ । थोरैले सन्तुष्ट यस्तो लघु आशीले धैर्यले आत्मसंयम गरेर मन, वचन, र कर्मलाई वशमा राखेको हुन्छ । तथा जसको मनमा रागद्वेष दुवै छैन, अरु मानिसको न्यूनतम आश्रय लिएको वा आश्रय लिँदै नलिएको, अहंकार, हठ, घमण्ड, काम, क्रोध र परिग्रहलाई त्यागेर चित्त शान्त भएको मानिसले जुन अवस्था प्राप्त गर्छ त्यसलाई गीतामा नैष्कम्र्यसिद्धि भनिएको छ ।
आसक्तिरहित भाव र शान्त चित्तले कर्तव्य पूरा गर्नु नै नैष्कम्र्यसिद्ध हुनु हो । यो ज्ञानको सर्वश्रेष्ठ अवस्था हो । यस्तो अवस्था प्राप्त गरेको मानिसले ईश्वरलाई प्राप्त गर्छ । ब्रह्मभूत हुनु भनेको ब्रह्मको स्वरुप प्राप्त गर्नु हो ।
ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति ।
समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ।।५४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्ब्रह्मभूतः (ब्रह्मस्वरुप भए पछि) प्रसन्न आत्मा (प्रसन्नचित्त भएर) न शोचति (शोक गर्दैन) न काङ्क्षति ( आकांक्षा पनि गर्दैन) सर्वेषु भूतेषु (सबै प्राणीमा) समः (समभाव भएकोले) मद् (मेरो) भक्तिम् पराम् (परम् भक्ति) लभते (प्राप्त गर्छ) ।
ब्रह्मस्वरुप भए पछि प्रसन्नचित्त त्यस योगीले (नष्ट भएका वस्तुको) शोक गर्दैन, (अप्राप्त वस्तुको) आकांक्षा पनि गर्दैन । सबै प्राणीमा समभाव भएकोले उसले मेरो परम् भक्ति प्राप्त गर्छ ।।५४।।
व्याख्या
सम्पादन गर्नुहोस्ब्रह्मभूत भनेको ब्रह्मस्वरुप, ब्रह्मभाव वा ब्रह्म निर्वाण प्राप्त योगी । योगीले यस अवस्थामा त्यो कुरा प्राप्त गर्छ, जुन कुरा पाए पछि अरु केही चाहिंदैन । यस अवस्थामा उसलाई कुनै पनि दुखले अलिकति पनि विचलित गर्न सक्दैन । किन? किनभने उसले जुन आनन्द प्राप्त गर्छ, त्यो असीमित हुन्छ । रामकृष्ण परमहंसले ब्रह्मभावको अवस्थालाई तुलना गर्दै भनेका छन्– आनन्द तीन प्रकारका हुन्छन्– विषयानन्द, भजनानन्द, र ब्रह्मानन्द । ब्रह्मानन्द प्राप्तलाई अन्य कुनै पनि आनन्द तुच्छ हुन्छ ।
भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः ।
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ।।५५।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्भक्त्या (भक्तिले) माम् (मलाई) यः (जसले) तत्त्वतः (तत्त्वतः) अभिजानाति (राम्रो गरी जान्दछ) ततः (त्यस) यावान् (जे, जस्तो) अस्मि (छु) तत्त्वतः (ठीक ठीक) ज्ञात्वा (जानेर) च (अनि) तदनन्तरम् (त्यसपछि) माम् (ममा) विशते (प्रवेश गर्छ) ।
त्यस भक्तिले मलाई जसले जसले तत्त्वतः राम्रो गरी जान्दछ, उसले म जे छु, जस्तो छु, त्यो कुरा ठीक–ठीक जानेर अनि त्यसपछि ममा प्रवेश गर्छ ।। ५५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्मेरो परम भक्ति गरे पछि उसले मलाई राम्ररी चिन्छ अर्थात् म के हूँ, कस्तो हूँ, को हूँ ? इत्यादि कुरा राम्ररी जान्दछ ऊ ममा प्रवेश गर्दछ । तत्त्वतः जान्नु भनेको के हो ? कसैले चौबीस तत्त्व भन्छन् । कसैले पच्चीस तत्त्व भन्दछन् । कसैले पाँच तत्त्व भन्दछन् । पाँच तत्त्व अर्थात् भूमिको भ, गगनको ग, वायुको व अग्निको अ र नीर को न नै भगवान् हो । यी पञ्च तत्त्वका साथमा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, विषय, मन, प्रकृति, पुरुष आदि लाई २५ तत्त्व भनिन्छ।
तर भगवान् श्रीकृष्णका अनुसार तत्त्व केवल एउटा छ, त्यो हो परमात्मा । त्यसबाट यी अरु तत्त्व उत्पन्न हुन्छन् । अब त्यस तत्त्वलाई जे नाम दिए पनि हुन्छ । शून्य, एक वा परम । भौतिक–शास्त्री र ब्रह्माण्ड विज्ञानका विशेषज्ञ स्टीफेन हकिङ्सले पनि शून्य तत्त्वबाट सबै उत्पत्ति भएको मान्दछन् । त्यो शून्य भनेको र उपनिषद्हरुमा भनिएको परमशून्य, आकाश पनि अटाउने शून्य, एउटै हो ।
भक्तिद्वारा मलाई, जेजस्तो छु, तत्त्वले जान्दछ, ऊ ममा प्रवेश गर्छ । अर्को शब्दमा जसले निरन्तर मेरो चिन्तन गर्छ, ऊ म जस्तै हुनजान्छ, ऊ ईश्वर नै हो ।
तत्त्वले जान्नु भनेको के हो ? रामकृष्ण परमहंसले भनेका छन्– पूर्णज्ञान र पूर्णभक्ति एउटै हो । पराभक्तिले जुन अवस्था प्राप्त हुन्छ, पूर्णज्ञानको अवस्था पनि त्यही हो । त्यसैले तत्त्वज्ञान र आत्मज्ञानको निष्कर्ष एउटै हुन्छ । तत् भनेको परमात्मा, त्वं भनेको जीवात्मा । यी एउटै हुन् भनेर जान्नु ।
सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रय: ।।
मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम् ।। ५६ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्मद् व्यपाश्रय (मेरो आश्रय गरेर) सर्वकर्माणि (सारा कर्महरु) कुर्वाणः (गर्दै रहेमा) अपि (पनि) सदा (सर्वदा) मत् प्रसादात् मेरो कृपाले) शाश्वतम् (शाश्वत) अव्ययम् (अविनाशी) पदम् (पद, स्थान) अवाप्नोति (प्राप्त हुन्छ) ।
मेरो आश्रय गरेर सारा कर्महरु गर्दै रहेमा पनि त्यसलाई मेरो कृपाले शाश्वत र अव्यय स्थान प्राप्त हुन्छ ।। ५६ ।।
चेतसा सर्वकर्माणि मयि सन्न्यस्य मत्परः ।
बुद्धियोगमुपाश्रित्य मच्चितः सततं भव ।। ५७ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्चेतसा (मनले) सर्वकर्माणि (सारा कर्महरु) मयि (मलाई) सन्न्यस्य (अर्पण गर्दै) मत्परः (मत्परायण भई) बुद्धियोगम् (साम्य बुद्धियोगको) उपाश्रित्य (आश्रय लिएर) सततम् (हरदम) मत् चितः (ममा चित्त राख्ने) भव (होउ) ।
मनले सारा कर्म मलाई अर्पण गर्दै मत्परायण हुँदै साम्य बुद्धि योगको आश्रय लिएर हरदम मैमा चित्त राख्ने होउ ।। ५७ ।।
व्याख्या
सम्पादन गर्नुहोस्मेरो आश्रय गर्ने होउ । मेरो चिन्तन गर । मेरो परायण गर्ने होउ...। मलाई प्राप्त गर्ने छौ । परायणको अर्थ हुन्छ अत्यन्त अनुराग, आफूलाई त्यसमा लीन गराउनु । प्रतिक्षण ईश्वरको सम्झना । यी सबै भनाइहरु शरणागतिसंग सम्बन्धित छन् । स्वामी रामसुखदासले एक मात्र साधना बताएका छन्– शरणागति । सबै उसलाई छोडिदिने हो भने अरु केही गर्नै पर्दैन ।
सामान्य व्यक्तिले शरणागति कसरी प्राप्त गर्ने ? सन्त पुरुषहरुले गृहस्थलाई भन्ने गरेका छन्– एक हातले भगवान्को चरण समाई राख र एक हातले संसार समाइ राख । जुन बेला तिमीलाई संसारका कामले अलिकति फुर्सत हुन्छ, तुरुन्तै दुवै हातले परमात्माका चरण समाउ । यही हो अध्यात्मिक गृहस्थका जीवनको सूत्र । पं.नारायण प्रसाद पोखरेलले गाउने गरेको एउटा लोकप्रिय भजन छ– ‘कहिले नभुलौं, कहिले नभुलौं, हातमा काम मुखमा राम कहिले नभुलौं ।’
https://www.youtube.com/watch?v=ZVhixqtHh5E
रामकृष्ण परमहंसले भनेका छन्– ईश्वरको भक्ति दुई प्रकारको हुन्छ । एक बाँदरको पाठो जस्तो, अर्को हुन्छ बिरालाको न्याउरो जस्तो । बाँदरका पाठापाठीले आफ्नो आमालाई कसेर समाएका हुन्छन् । त्यसै गरी ईश्वरलाई कसेर समाउनु, कुनै अवस्थामा पनि नछोड्नु । अर्कोतिर न्याउरोले केही पनि गर्दैन । आँखा खुलेका पनि हुँदैनन् । आफैलाई पनि समाउन नसक्ने हुन्छ। त्यसैले बोलीचालीमा सारै लाचारलाई निन्याउरो भनिन्छ । न्याउरो सुतेर ङ्याउँङ्याउँ रोइरहन्छ । ऊ रोएको सुनेपछि बिरालोलाई खपिनसक्नु हुन्छ र आएर समाउँछ। सबै कुरा ईश्वरलाई छोड्ने हो भने उनले आफैं आएर समाउँछन् ।
मच्चितः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि ।
अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्ष्ष्यसि ।।५८।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्मत् चितः (ममा चित्त भएको) त्वम् (तिमी) मत् प्रसादात् (मेरो कृपाले) सर्वदुर्गाणि (सबै संकटहरु) तरिष्यसि (तर्ने छौ) अथ (तर) चेत् (यदि) अहंकारान् (अहंकारवश) न श्रोष्यसि (सुन्दैनौ भने) विनङ्क्ष्ष्यसि (नष्ट हुनेछौ) ।
ममा चित्त भएको तिमी मेरो कृपाले सबै संकटहरु सजिलै पार हुनेछौ । तर यदि अहंकारवश मैले भनेको सुन्दैनौ भने विनष्ट हुनेछौ ।। ५८ ।।
यदहङ्कारमाश्रित्य न योत्स्य इति मन्यसे ।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ।। ५९ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यत् (जुन) अहङ्कारम् आश्रित्य (अहङ्कारवश भएको) न योत्स्य इति (मैले युद्ध गर्दिन भनेर) मन्यसे (ठानेका छौ) मिथ्या (मिथ्या छ) एष (यो) व्यवसायः (निश्चय) ते प्रकृतिः (तिम्रो स्वभावले) त्वाम् (तिमीलाई) नियोक्ष्यति (नियोजित गर्ने छ) ।
मैले युद्ध गर्दिन भनेर तिमीले जुन निश्चय गरेका छौ अह अहङ्कारवश भएको त्यो मिथ्या मान्यता हो । किनभने तिम्रो (योद्धा) स्वभावले तिमीलाई युद्धमा नियोजित गर्नेछ ।। ५९ ।।
स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा ।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोऽपि तत् ।। ६० ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्स्वभावजेन (स्वभावले उत्पन्न) कौन्तेय (हे कौन्तेय) निबद्धः(बाँधिएको) स्वेन (आफ्नो) कर्मणा (कर्म अनुसार, स्वभाव अनुसार) यत् (जुन) मोहात् (मोहका कारण) अवशः अपि (बाध्य भएर) तत् (त्यसलाई) कर्तुं न इच्छसि (गर्न मन नभए पनि) करिष्ये (गर्न बाध्य हुनेछौ) ।
हे कौन्तेय, जुन कर्मलाई मोहका कारण गर्न चाहँदैनौ, त्यसलाई पनि आफ्नो स्वभावले उत्पन्न कर्मले बाँधिएर परवश भई तिमीले गर्न नभए पनि त्यही कर्म गर्न बाध्य हुनेछौ।।६०।।
व्याख्या
सम्पादन गर्नुहोस्अर्जुनले युद्ध गर्दै गर्दिनँ भनेर गीता सुरु भएको थियो । त्यही कुरालाई यहाँ स्मरण गर्दे भनिएको छ, मेरो कुरा ध्यानले सुन । अहंकारवश सुनेनौ भने नष्ट हुनेछौ । भगवान् श्रीकृष्णको कुरा के हो ? स्वकर्तव्य पालन गर । तर यदि अर्जुनले युद्ध त्यागेर सन्न्यासी हुने चाहना राखेका छन् भने के हुन्छ ? उनको त्यो चाहना धेरै बेरसम्म स्थिर रहने छैन । अर्जुनको क्षत्रिय स्वभावले उनलाई युद्धमा तानिहाल्ने छ । अर्जुनको स्वभाव ज्ञान योग वा सन्न्यास योगका अनुकूल छैन, उनको प्रकृति कर्मयोग अनुकूल छ, त्यसैले श्रीकृष्णले अर्जुनलाई स्वकर्तव्य रुप युद्ध गर भनेर गीतामा २.१८,२.३१,३२,३७,३८, ३.३०, ८.७, ११.३३ मा पटक पटक स्मरण गराई रहनु भएको छ । यदि आफ्नो प्रकृतिका प्रतिकूल व्यवहार गर्छन् भने निश्चित रुपमा नष्ट हुने छन् । अब अन्तमा यहाँ पुनः सावधान गराईंदै छ ।
ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारुढानि मायया ।।६१।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन (हे अर्जुन) भ्रामयन् (घुमाउँदै) सर्वभूतानि (सारा प्राणीहरुलाई) यन्त्र आरुढानि (यन्त्रमा आरुढ) मायया (मायाले) ईश्वरः (ईश्वर) सर्वभूतानाम् (प्राणीहरुको) हृद् देशे (हृदय देशमा) तिष्ठति (बसेको छ) ।
हे अर्जुन, ईश्वरले प्राणीहरुका हृदयमा रहेर शरीर यन्त्रमा आरुढसारा प्राणीहरुलाई आफ्नो मायाले उनको कर्म अनुसार घुमाउंदै सबै प्राणीहरुको हृदय देशमा ईश्वर बसेको छ ।।६१ ।।
तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ।। ६२ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्भारत (हे भारत) सर्वभावेन (सबै प्रकारले) तम् (उसैका) एव (नै) शरणम् (शरणमा) गच्छ (जाउ) तत् (उसैको) प्रसादात् (कृपाले) पराम् शान्तिम् (परम् शान्ति) शाश्वतम् (शाश्वत) स्थानम् (स्थान) प्राप्स्यसि (प्राप्त गर्ने छौ) ।
हे भारत, तिमीले सबै प्रकारले उसै (परमेश्वर) का शरणमा जाउ । उसैको कृपाले परम् शान्ति तथा शाश्वत स्थान प्राप्त गर्नेछौ ।। ६२ ।।
व्याख्या
सम्पादन गर्नुहोस्ईश्वर कहाँ बस्छ ? गीतामा धेरै पटक यस कुरालाई बुझाउने कोशिश गरिएको छ । त्यो ईश्वर जसलाई गीतामा बारबार म भनेर सम्बोधित गरिएको छ त्यो यस देहमा प्राण रुपमा स्थित छ । भित्र आत्माको रुपमा स्थित छ । यसले भित्र बसेर हेर्ने, अह्राउने, र सल्लाह दिने काम गर्छ । श्लोक ६१ मा पुनः त्यही कुरा दोहोर्याइएको छ र भनिएको छ त्यो ईश्वर हृदयदेशमा स्थित छ ।
मानिसको विचार गर्ने, बौद्धिक तर्क गर्ने क्षमतालाई मस्तिष्क भनिन्छ । विवेक, दया, माया, श्रद्धाको भाग जुन तर्कभन्दा पर छ, त्यसलाई हृदय भनिन्छ । ईश्वर त्यही हृदय स्थानमा बस्छ ।
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया ।
विमृश्यैतद्शेषेण यथेच्छसि तथा कुरु ।।६३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्इति (यस प्रकार) ते (तिमीलाई) ज्ञानम् (तत्त्वज्ञान) गुह्यात् गुह्यतरं (गुह्यभन्दा गुह्य) अशेषेण (शेष नराखेर) मया (मद्वारा) आख्यातम् (बताइएको छ) एतत् (यसलाई) विमृश्य (विचार विमर्श गर) यथा इच्छसि (जस्तो इच्छा गर्छौ) तथा कुरु (त्यही गर) ।
यो गोप्यभन्दा पनि अति गोप्य ज्ञान मैले तिमीले बताएको छु । यसलाई राम्ररी विचार गरेर जस्तो तिम्रो इच्छा छ, त्यही गर अर्थात् जे मन लाग्छ, त्यही गर ।।६३।।
व्याख्या
सम्पादन गर्नुहोस्यस श्लोकमा प्रयुक्त इति शब्दले १.२० मा सुरु भएको श्रीकृष्ण-अर्जुन संवादको समाप्तिको प्रारम्भ भएको बताउँछ । यस पछि ६६ सम्म गीताको उपनिषद् र ब्रह्मविद्या स्वरुप समाप्त हुन्छ । ब्रह्मविद्या सम्बन्धी अन्तिम गुह्य कुरा श्लोक ६६ मा उपदेश गरिएको छ । श्लोक ७३ मा यो संवाद पूर्णतया समाप्त हुन्छ ।
‘यथेच्छसि तथा कुरु’ वाक्यांशले गीतामा प्रयोग गरिएको शिक्षण विधिको झलक पाइन्छ । बालकहरूको आफ्नो कुनै दृढ मान्यता नभएकोले उनीहरूमा मूल्य मान्यता स्थापित गर्न सजिलो हुन्छ । तर परिपक्व व्यक्तिको मूल्य मान्यतामा परिवर्तन ल्याउन सजिलो हुँदैन । त्यसमा पनि अर्जुन जस्ता मानिसको व्यवहार परिवर्तन अझ जटिल विषय हो ।
अर्जुन आफ्नो समयको महानतम योद्धा मात्र थिएनन् उच्चकोटिको नर्तक पनि थिए । शस्त्रज्ञ मात्र थिएनन्, शास्त्रज्ञ पनि थिए । महान तार्किक थिए । जे कुरा अर्जुनले आँट्थे त्यसमा उनी कति गहिरो गरी लाग्थे भने उनीलाई विचलित गराउन सकिंदैनथ्यो । त्यसैले अर्जुनदृष्टि भन्ने उखान बनेको छ ।
श्रीकृष्ण जस्तो गुरु, मित्र, र शिक्षकले बाहेक अन्य कुनै पनि व्यक्तिले युद्ध मैदानमा अचानक उत्पन्न भएको यस विपरीत अवस्थामा मानसिक सन्तुलन गुमाउन सक्थ्यो । तर योग्य शिक्षक भएकोले नै भगवान् श्रीकृष्णले अर्जुनको मनोविज्ञान अध्ययन गर्दै उसको विचारमा अनुकूल परिवर्तन गर्दै जानु भयो ।
यस युद्धमा दुर्योधनको जीत भएमा समाजमा चलिआएका मूल्य मान्यता खण्डित हुने मात्र नभइ समाजलाई न्यायको जीत हुन्छ भन्ने कुरामा विश्वास हराउने थियो । बलियो तर असत्यले जित्छ र निर्धो तर सत्य हार्छ भन्ने मूल्य स्थापित हुनु भनेको समाजको नैतिक मान्यतामा ठूलो ह्रास हुने थियो । नैतिक आदर्शको स्थापना गर्न उच्च कोटिको शिक्षकको रुपमा भगवान् श्रीकृष्णले अर्जुन जस्तो जटिल व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउनु थियो।
अध्याय दुईको सुरुमा उहाँले करुणापूर्ण दृष्टिले अर्जुनको कमजोरीको कारण के हो त्यो पत्ता लगाउनु भयो । अनि हाँस्दै कर्तव्य पूरा नगर्दा प्राप्त हुने हानि र पूरा गर्दा प्राप्त हुने लाभहरू व्याख्या गर्न थाल्नु भयो ।
हतियार त्यागेर निराश बनेका अर्जुनले युद्ध त्यागेर सन्न्यासी हुनु र अनिच्छापूर्वक युद्ध गर्नु यी दुईमा कुन श्रेष्ठ हो भन्ने जिज्ञासा गर्छन् । अनि भगवान् श्रीकृष्णले सन्न्यास र कर्मयोग दुवैको सापेक्षिक महत्त्व र उपयोग व्याख्या गर्दै कर्मयोगको सान्दर्भिकता र महत्त्वलाई स्पष्ट गरेर उसलाई कर्मतिर प्रवृत्त गराउन सर्वप्रथम कमजोर मनलाई स्थिर बनाउने उपायहरु बताउनु हुन्छ ।
अर्जुनले अलिअलि कुरा बुझ्छन् र थप जिज्ञासा राख्छन् । भगवान् श्रीकृष्णले कत्ति पनि झर्को नमानी सबैको समाधान गर्नु हुन्छ । अर्जुनको भय हटाउन अध्याय ११ मा आफ्नो शक्ति प्रकट गर्नुहुन्छ ।
अर्जुन जब आफ्नो कर्तव्य प्रति निश्चित हुन्छ अनि भगवान् श्रीकृष्णले भन्नु हुन्छ– जे इच्छा लाग्छ त्यही गर । आफ्नो कर्तव्य पूरा गर्ने हो । आदेश मान्ने होइन । मेरो आज्ञाले गर्ने होइन, आफ्नै इच्छाले युद्ध गर्ने हो ।
चराको माउले बचेराका प्वाँख केही ठूला भए पछि गुँडबाट घुचेडिदिन्छ । उसले आफ्ना बचेरालाई अत्याचार गरेको होइन । घुचडेपछि बाध्य भएर बचेरोले उडन सिक्छ । उड्न सिकाउने तरिका यही मात्र हो । बचेरोलाई खुल्ला आकाशमा नछोडिकन उसको व्यक्तित्व विकसित हुनसक्दैन । मानिसको खुल्ला आकाश भनेकै जीवनमा अज्ञातको जोखिम मोल्नु हो यी नियम सिकाइमा पनि लागू हुन्छन् । प्रत्येक शिष्यले आफ्नो जिम्मा आफैं लिनु पर्छ यो नै शिक्षण विधिको सार हो । यस कुरालाई स्पष्ट गरेकोले नै गीता उपदेशक श्रीकृष्णलाई महानतम् शिक्षक पनि मान्छौं ।
सर्वगुह्यतमं भूयः शृणु मे परमं वचः ।
इष्टोऽसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ।।६४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सर्वगुह्यतमम् (सबैभन्दा गोपनीय) मे (मेरो) परमं वचः (मेरो परम वचनलाई) भूयः (फेरि) शृणु (सुन) मे (मेरो) इष्टः (प्रिय) असि (छौ) दृढम् (अतिशय) इति (त्यसैले) ते (तिम्रो) हितम् (हितका लागि) ततः (यो) वक्ष्यामि (प्रदान गर्छु)।
अब अन्तमा, सबैभन्दा गोपनीय मेरो परम वचनलाई फेरि सुन । तिमी मेरो अतिशय प्रिय छौ, त्यसैले तिम्रो हितका लागि यो कुरा प्रदान गर्छु ।। ६४।।
व्याख्या
सम्पादन गर्नुहोस्संस्कृत भाषामा विशेषणका तीन श्रेणी हुन्छन्– सामान्य, दुईवटाको तुलनामा श्रेष्ठ, धेरैमा सबभन्दा श्रेष्ठ । श्लोक ६३ र ६४ मा गुह्यका तीन श्रेणी प्रयोग गरिएको छ– गुह्य (गोपनीय), गुह्यतर (दुईवटा कुरामा बढी गोपनीय) र गुह्यतम (सबैभन्दा बढी गोपनीय) । यसको अर्थ के हो भने भगवान् श्रीकृष्णले सबै प्रकारका गुह्य कुरा बताइसक्नु भयो । कुनै कुरा बाँकी रहेन । अनि भगवान् श्रीकृष्ण भन्नु हुन्छ– मेरा परम वचनलाई फेरि सुन । अहिलेसम्म जे भनें त्यसभन्दा निकै महत्त्वपूर्ण र गुह्य ।
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ।।६५।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्मन्मना भव (मन्मना होउ) मद्भक्तः ( मेरो भक्त बन) मद् याजी ( मेरो यजन गर) माम् (मलाई) नमः कुरु ( प्रणाम गर,सम्मानको भाव राख) माम् एव (मलाई नै) एष्यसि ( प्राप्त हुने छौ) सत्यम् (सत्य) ते (तिमीलाई) प्रतिजाने ( भनेको छु) प्रियः असि मे ( मलाई अति प्रिय छौ) ।
ममा आफ्नो मन राख । मेरो भक्त बन । मेरो यजन गर । मलाई प्रणाम गर । अनि मलाई नै प्राप्त हुने छौ (मभित्र भएका ज्ञान प्राप्त गर्नेछौ) । तिमीलाई मैले के सत्य प्रतिज्ञा भनेको छु भने तिमी मलाई अति प्रिय छौ ।। ६५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्यदि कसैले विनम्रतापूर्वक म तपाईंको शिष्य भएँ मलाई उचित शिक्षा दिनुहोस् भन्छ भने त्यसका लागि परम वचन हो– आफूलाई मप्रति पूर्ण समर्पण गर । यो नै परम गोपनीय कुरा हो । मुखले मात्र भनेर हुँदैन उसको आन्तरिक भाव पनि सो अनुसारको हुनुपर्छ ।
हरेक शिष्यका लागि यो नै महत्त्वपूर्ण कुरा पनि हो र यो नै गुह्य कुरा पनि हो । मन, वचन र कर्मले समर्पण, र गुरु प्रति श्रद्धा र सम्मान व्यक्त गर्नु पर्छ र त्यो गुह्य कुरा के भने गुरुको कुरामा मन लगाउनु पर्छ । अन्यथा शिष्यले केही सिक्न सक्दैन । यही परम वचन हो । यसभन्दा अर्को परम वचन हुन सक्दैन । गुरुसंग ज्ञान हासिल गर्नु छ, केही सिक्नु छ भने गुरु प्रति श्रद्धा र आदरभाव प्रमुख हो अन्यथा जति सुकै वैज्ञानिक तरीकाले दिइएको उपदेश भए पनि निरर्थक हुनजान्छ ।
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।६६।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सर्वधर्मान् (सारा धर्म– कर्तव्य, अधिकार र अवधारणा) परित्यज्य ( त्याग गरेर) माम एकम् (एक मेरो) शरणम् व्रज (शरणमा आउ) अहम् (मैले) त्वा (तिमीलाई) सर्व पापेभ्यः (सारा पापहरुबाट) मोक्षयिष्यामि (मुक्त गरीदिने छु) मा शुचः (शोक नगर) ।
सारा धर्म– अधर्म त्याग गरेर तिमी केवल एक मेरो शरणमा आउ । मैले नै सारा पापहरुबाट तिमीलाई मुक्त गरीदिने छु, शोक नगर ।। ६६ ।।
ईश्वरको भक्ति प्राप्त गर्न यस श्लोकको मन्त्र रुपमा पाठ लाभदायक मानिएको छ ।
व्याख्या
सम्पादन गर्नुहोस्‘सारा धर्म– अधर्म त्याग गरेर तिमी केवल एक मेरो शरणमा आउ’ यो गीताको अन्तिम शिक्षा हो । यसैलाई परम गुह्य पनि भनिएको हो । आचार्य शङ्करले भनेका छन्सर्वधर्मान्परित्यज्यको अर्थ लगाएका छन्– अधर्मको मात्र होइन धर्मको पनि त्याग । किनभने धर्म र अधर्म दुवैभन्दा पर पुगेपछि मात्र सत्यको जानकारी प्राप्त हुन्छ ।
भगवान् श्रीकृष्णको यो भनाइ हिन्दु वा यहुदी वा जोरोष्टर जस्ता धर्म सम्प्रदायसँग सम्बन्धित छैन । भगवान् श्रीकृष्णले भन्न खोज्नु भएको धर्म भनेको ऊ भित्रको ठूलोपन वा सानोपन हो । म ठूलो पदमा छु वा सानो पदमा छु । मैले धेरै जानेको छु वा मैले केही जान्दिनँ । यी सब अवधारणा त्याग गरेर मैले केही सिक्नु छ यही एक मात्र कुरा मनमा राख्नु भनिएको हो ।
‘मोक्षयिष्यामि मा शुचः’ वाक्यांशले अवतारको उद्देश्य स्पष्ट गर्छ । जुनसुकै अवतारको उद्देश्य मानवमात्रको कल्याण हो । हरेक अवतारको उद्देश्य मानिसहरुलाई मुक्त गर्नु हो ।
आदि गुरु शङ्कराचार्यले शाङ्करभाष्यको अन्तमा गीताको प्रतिपाद्य विषय र यसको केन्द्रीय विषय वस्तु के हो यसबारे विमर्श गरेका छन् । कुनै ग्रन्थको अध्ययन पछि उपसंहारमा पाठकलाई के हात लाग्नु पर्छ ? यसका लागि उनले तर्कशास्त्रको पूर्व पक्ष र उत्तर पक्षको विधि प्रयोग गरेका छन् । यस विधिमा पूर्व पक्षमा आफूलाई लागेका शङ्काहरु प्रस्तुत गर्दै उत्तर पक्षमा समाधानहरु प्रस्तुत गरेका छन् ।
उनले निष्कर्षमा गीताको उद्देश्य आत्मज्ञान हो भन्ने कुरा सिद्ध गरेका छन् । यो तर्क किन पनि सही छ भने कर्मयोगमा प्रतिष्ठित हुन पनि ‘के गर्ने’ भन्ने ज्ञान आवश्यक छ ।
स्वामी विवेकानन्दले भनेका छन्– ‘गीतालाई संस्कृत धर्मग्रन्थहरुको चुडामणि भनिन्छ । यो वेदको भाष्य रुप हो । गीता अत्यन्त सम्मानित काव्य ग्रन्थ हो । यस ग्रन्थले हामीलाई प्रष्टसंग भन्छ– आध्यात्मिक संग्राममा विजयी हुनु छ । विजयी हुनै पर्छ । भागेर काम बन्दैन। समस्त आध्यात्मिकता अँगाल्नु पर्छ । गीताको प्रत्येक अध्याय आध्यात्मिक उचाईका लागि भर्याङ् हो । र शरणागति यसको अन्तिम खुडकिलो । त्यस पछि लक्ष्य प्राप्त हुन्छ । ग्रन्थहरुमा श्रेष्ठतम हो गीता ग्रन्थ र यसको गुह्यरतम र अन्तिम शिक्षा हो– शरणागति योग ।’
इदं ते नातपस्काय नाभक्ताय कदाचन ।
न चाशुश्रूषवे वाच्यं न च मां योऽभ्यसूयति ।।६७।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्इदम् (यो) ते (तिमीले) कदाचन (कहिल्यै पनि) न अतपस्काय (तपरहितलाई भन्नु हुँदैन) न अभक्ताय (अभक्तलाई भन्नु हुँदैन) च (र) न अशुश्रूषवे (सुन्न अनिच्छुकलाई) च माम् (म प्रति) यः (जसले) अभि–असूयति (दोषदृष्टि राख्छ) वाच्यम् न (भन्नु हुँदैन)।
यो रहस्य कहिल्यै पनि तिमीले तपरहितलाई भन्नु हुँदैन । अभक्तलाई भन्नु हुँदैन । सुन्न अनिच्छुकलाई भन्नु हुँदैन । र जसले म प्रति दोषदृष्टि राख्छ, त्यस्तालाई भन्नु हुँदैन ।।६७।।
व्याख्या
सम्पादन गर्नुहोस्गीता कसलाई भन्नु हुन्छ र कसलाई हुँदैन यसका लागि केही सामान्य पूर्व–मान्यताहरु राखिएको छ ।
गीता कसलाई भन्नु हुँदैन?
१.तपरहितलाई
२.अभक्तलाई
३.सुन्न अनिच्छुकलाई
४.गीतोपदेशप्रति दोषदृष्टि राख्नेलाई
दोष दृष्टि राख्नेलाई उपदेश प्रत्युत्पादक हुन्छ । विषधर सर्पलाई दूध खान दिंदा विष मात्र वृद्धि हुन्छ । दुष्टलाई उपदेश दिंदा अझ प्रत्युत्पादक हुन्छ ।
ईसपको कथा छ– एउटा भेडाको पाठो खोलामा पानी खाँदै थियो । एउटा ब्वाँसो छेउमा उभिएर पानी खान थालेछ । अनि पाठोलाई राता राता आँखाले हेर्दै भनेछ– हेर्दैनस् मैले पानी खांदै छु । पानी जुठो गराउँछस् ।
पाठोको गल्ती त थिएन तर माफी माग्दै अलि तल गएर पानी खान थालेछ ।
ब्वाँसोले भन्यो– ‘फेरि पानी फोहोर गरिस् । तेरा र मेरा बीचको यो पानी धमिलो किन गराइस् ?’
पाठोले भन्यो– ‘होइन हजुर । यहाँ त तपाईंले कुचेको, जुठो बनाएको, र धमिलो पानी पो मसंग बगेर आएको छ र मैले त्यही पानी खाँदै छु ।’
ब्वाँसोले भन्यो– ‘अझ बोल्छस् । त्यो फोहर पानी तैंले माथितिर पठाइरहेको छस् ।’
यति भनेर पाठोलाई मारेर खायो ।
दोषदृष्टि भनेको ब्वाँसोको दृष्टि हो । त्यसैले यस्ता मानिसलाई गीता उपदेश गर्नु निरर्थक प्रयास हो ।
गीता कसलाई भन्न हुन्छ ?
यसको एउटै उत्तर हुन्छ– असल शिष्यलाई । असल शिष्य भनेको त्यो हो जसले गुरुले सिकाएको कुरालाई व्यवहारमा उतार्छ । गुरुले सिकाएको गाउँदै हिंड्ने वा केवल गुरुको प्रशंसा मात्र गर्नेलाई असल शिष्य भनिंदैन । त्यसैले गीता ग्रन्थ सबैले अध्ययन गर्न पाउँछन् । यसमा उमेर, लिंग, वर्ण, जाति, रङ्ग, सम्प्रदाय, देश, महादेश कुनै कुराको बन्देज छैन । पूर्वाग्रहको भावनाबाट मुक्त भएका सत्यान्वेषीहरुका लागि यो आर्ष ग्रन्थ प्रकाश स्तम्भतुल्य छ । आश्चर्यजनक कुरा के छ भने विश्वको हरेक धर्म सम्प्रदायका मानिसहरुले यसमा आफूलाई चाहिने सामग्री प्राप्त गर्न सक्छन् । गीताले कुनै मतलाई, कुनै दृष्टिकोणलाई घोचेको, होच्याएको कहीं छैन । बरु त्यस बेला सम्मका सबै मत र दर्शनहरुलाई गीतामा सुन्दरतापूर्वक समन्वय गरिएको छ ।
य इमं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति ।
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशयः।। ६८।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यः (जसले) इमम् (यस) परमम् गुह्यम् (परम गुह्य, अत्यन्त आन्तरिक) मद्भक्तेषु (मेरा भक्तहरुलाई) अभिधास्यति (व्याख्या गर्नेछ) भक्तिम् मयि परा ( मेरो पराभक्ति) कृत्वा (आचरण गरेर) माम् एव (मलाई नै) एष्यति (प्राप्त गर्छ) असंशयः (संशय छैन) ।
जसले यस परम गोपनीय विषय मेरा भक्तहरुलाई निष्कामपूर्वक भन्ने छ । उसले मेरो पराभक्ति प्राप्त गर्दै मलाई नै प्राप्त गर्नेछ । यसमा संशय छैन ।। ६८ ।।
श्लोक ६८ कठोपनिषदको निम्नलिखित श्लोक सँग मिल्छ
य इमं परमं गुह्यं श्रावयेद्ब्रह्मसंसदि ।
प्रयतः श्राद्धकाले वा तदानन्त्याय कल्पते तदानन्त्याय कल्पत इति ।। १.३.१७ ।।
त्यो व्यक्ति अनन्तताका लागि योग्य ठहरिन्छ जसले शुद्धचित्त भएर श्राद्धकालमा ब्राह्मण सभामा यस परम रहस्यलाई सुनाउँछ ।
न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तमः ।
भविता न च मे तस्मादन्य: प्रियतरो भुवि ।।६९।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्च (र) मे (मलाई) तस्मात् (त्यसभन्दा) प्रियकृत्तमः (अधिक प्रेम गर्ने) न (छैन) मनुष्येषु (मानिसहरुमा) कश्चित् (कोही) भविता न च (र हुने पनि छैन) मे (मेरालागि) तस्मात् अन्य:(त्यसभन्दा अन्य) प्रियतरः (प्रियतर) भुवि (पृथ्वीमा) ।
र त्यसभन्दा मलाई प्रेम गर्ने सारा मानिसहरुमा अर्को कोही छैन र भविष्यमा पनि पृथिवी भरि उभन्दा प्रिय अर्को हुने छैन ।। ६९ ।।
व्याख्या
सम्पादन गर्नुहोस्गीता कसरी भन्नु पर्छ ? गीता सुनाउने तरीका के हो ? यसको उत्तरमा भनिएको छ– गीता निष्कामपूर्वक भन्नु पर्छ । यो नै गीता सुनाउने विधि हो अर्थात् यहाँ के कुरा स्पष्ट गरिएको छ भने गीताको अध्ययन अध्यापन पद, सम्मान वा धनको उद्देश्यले गर्नु हुँदैन । यसो गर्नेले परमपद प्राप्त गर्छ किनभने त्यो भगवान् कृष्णलाई अत्यधिक प्यारो छ ।
अध्येष्यते च य इमं धर्म्यं संवादमावयोः ।
ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ।।७०।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्च य (र जसले) आवयोः (हामी दुईको) इमम् (यो) धम्र्य (धर्म) संवादम् (संवाद) अध्येष्यते (पाठ गर्र्छ, अध्ययन गर्छ) ज्ञानयज्ञेन (ज्ञानरुपी यज्ञद्वारा) तेन (त्यसद्वारा) अहम् (म) इष्टः (पूजित) स्याम् (हुनेछु) इति (यस्तो) मे (मेरो) मतिः (संकल्प हो) ।
जसले हामी दुईको यो धर्म संवाद पाठ गर्छ, उसले पनि ज्ञानयज्ञ मार्फत् मेरो पूजा गरेको हुनेछ । यो मेरो मत (संकल्प) हो ।। ७० ।।
श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः ।
सोऽपि मुक्तः शुभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ।।७१।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्श्रद्धावान् (श्रद्धायुक्त) अनसूयः च (र अनसूय भई) शृणुयात् अपि (पनि श्रवण गर्छ) यः नरः (जुन मानिसले) सः अपि (ऊ पनि) मुक्तः (मुक्त भएर) पुण्यकर्मणाम् (पुण्यकर्म गर्नेहरुका) शुभान् लोकान् (शुभलोकहरु) प्राप्नुयात् (प्राप्त गर्ने छ) ।
जुन मनुष्यले श्रद्धायुक्त र अनसूय भई श्रवण गर्छ, त्यो पनि मुक्त भएर तिनै शुभलोकमा जाने छ, जो कि पुण्यकर्म गर्नेहरुलाई मात्र प्राप्त हुन्छ ।। ७१।।
व्याख्या
सम्पादन गर्नुहोस्जसले श्रद्धापूर्वक पाठ गर्छ उसले पनि ईश्वरको पूजा गरेको हुनेछ । गीता अध्ययन गर्नुलाई गीतामा ज्ञान यज्ञ भनिएको छ । जसले श्रद्धापूर्वक सुन्छ ऊ पनि सबै पापबाट मुक्त भएर शुभलोक प्राप्त गर्नेछ ।
परम गुरु श्रीकृष्ण जस्तो गुरुको गुरुता अर्जुन जस्ता शिष्यको शिष्यतामा भर पर्छ । श्रीकृष्णले दिएका उपदेश त अरु पनि छन् । तर उनको प्रसिद्धि गीताबाट छ । किनभने अर्जुन जस्ता शिष्यले त्यो सुने । रामकृष्णको महत्ता शिष्य विवेकानन्दबाट प्रकट भएको हो । अध्यात्म होस, कि विज्ञान, धर्मशास्त्र होस् कि भौतिक शास्त्र सबै क्षेत्रमा जुन गुरुले महान शिष्य प्राप्त गरे उनीहरु अमर भए ।
अध्यात्म ग्रन्थहरुमा लेखेको कुरा जीवनमा उतार्नु सबभन्दा उत्तम हो । तर यस बाहेक यी ग्रन्थहरुका अन्य परम्परा पनि छन् । त्यसलाई ध्यानपूर्वक अध्ययन मनन गर्न हुन्छ । जे जति बुझिन्छ सोही अनुसार पाठ गरे पनि हुन्छ । तर ती व्यक्तिहरु जसले पढ्न जान्दैनन्, उनीहरुले स्वच्छ स्थानमा राखेर श्रद्धा व्यक्त गर्छन् र अरुले पढेको सुन्छन् । जुन अवस्थामा पनि श्रद्धा सर्वाधिक महत्त्वपूर्ण छ । श्रद्धाले मानिसमा रुपान्तरण हुन्छ ।
कच्चिदेतच्छ्रुतं पार्थ त्वयैकाग्रेण चेतसा ।
कच्चिदज्ञानसम्मोहः प्रणष्टते धनञ्जय ।।७२।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्पार्थ (हे पार्थ) कच्चित् (के ) एतत् (यी कुरा) त्वया (तिमीले) एकाग्रेण चेतसा (एकाग्र चित्तले) श्रुतम् (सुन्यौ) धनञ्जय (हे धनञ्जय) कच्चित् (के) अज्ञानसम्मोहः (अज्ञानजनित सम्मोह) प्रणष्टते (सबै नष्ट भयो) ?
हे पार्थ, मैले भनेका यी कुरा ध्यानपूर्वक सुन्यौ कि सुनेनौ ? हे धनञ्जय, तिम्रो अज्ञानजनित सम्मोह सबै नष्ट भयो कि भएन ?७२।।
व्याख्या
सम्पादन गर्नुहोस्उत्कृष्ट शिक्षकले झैं अर्जुनका एक एक जिज्ञासा समाधान गर्दै आउनु भएका भगवान् श्रीकृष्णले अन्तमा सोध्नु भएको छ– अर्जुन, मैले भनेका कुराहरु स्पष्ट भए कि भएनन् ? अब कुनै जिज्ञासा बाँकी छ ? केही सोध्नु छ ?
यस अन्तिम भनाइले गीतालाई शिक्षा शास्त्रको उत्कृष्ट ग्रन्थ र भगवान् श्रीकृष्णलाई विश्वका महानतम शिक्षक प्रमाणित गर्दछ । आफ्ना शिष्यको शंका पूर्ण रुपले निवारण गर्नु गुरुको अधिकार र कर्तव्य दुवै हो । त्यसैले गीतालाई सु–उपनिषद् भनिएको हो ।
म आफ्नो कर्तव्यबाट विचलित भएँ । म अलमलमा परें अब शिष्य ठानेर ज्ञान दिनुहोस् भन्ने वाक्यांशबाट सुरु भएको गीता मैले बल्ल आफ्नो कर्तव्य बुझें, अब तपाईंले भने अनुसार जिम्मेवारी पूरा गर्छु भन्ने वाक्यांशमा समाप्त भयो । शिष्यले जब सबै कुरा बुझ्छ अनि बल्ल गुरुको कार्य पूरा हुन्छ । यसरी निश्चित लक्ष्य प्राप्त गरे पछि श्रीकृष्णले उपदेश दिने प्रयोजन रहेन । अब भगवान् श्रीकृष्णले बोलेका वाक्य छैनन् ।
अर्जुन उवाच
सम्पादन गर्नुहोस्नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देहः करिष्ये वचनं तव ।।७३।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्अर्जुन उवाच (अर्जुनले भने)
अच्युत (हे अच्युत) त्वत्प्रसादात् (तपाईंको कृपाले) मया (मेरो) मोहः (मोह) नष्टः (नष्ट भयो) स्मृतिः (स्मृति) लब्धा (प्राप्त भयो) गतसन्देहः (सन्देह गयो) स्थितः अस्मि (स्थिर भएँ) वचनम् तव (तपाईंको वचन) करिष्ये (पालन गर्नेछु) ।
अर्जुनले भने –
हे अच्युत, तपाईंका कृपा प्रसादले मोह नष्ट भयो । मैले स्मृति प्राप्त गरें । सन्देह गयो । म स्थिर भएँ । तपाईंले जे भन्नु हुन्छ, त्यो गर्छु ।। ७३ ।।
व्याख्या
सम्पादन गर्नुहोस्अर्जुनले भनेको यो अन्तिम श्लोक हो । यसका साथै गीताको श्रीकृष्ण अर्जुन संवाद समाप्त हुन्छ । अर्जुनले भनेका छन्— मोह नष्ट भई स्मृति प्राप्त भयो । अनुभूत विषय मस्तिष्कको भण्डारबाट पुनःप्रकट हुनुलाई स्मृति भनिन्छ ।
कम्प्युटरको ज्ञान राख्नेलाई के थाहा छ भने त्यसको काम गर्ने क्षमता त्यसमा निहित मेमोरी– स्मृतिमा भर पर्छ । यदि ‘मेमोरी’ राम्रो छैन भने त्यसले सूचनाहरुलाई विश्लेषण र प्रशोधन गर्न सक्दैन ।
मानवीय स्मृति कम्प्युटरको स्मृतिभन्दा कैयौं गुना बढी जटिल हुन्छ । यसमा वर्तमान जन्म कर्म, संस्कार, प्रयास मात्र होइन पूर्व जन्मका कर्म, संस्कार तथा देश, काल, परिस्थिति आदि अनेक कुराको प्रभाव पर्छ ।
स्मृतिले निर्णय क्षमतामा कसरी प्रभाव पार्छ ? मनोवैज्ञानिकहरुका अनुसार उचित स्मृति हुनका लागि चार कुराहरु आवश्यक पर्छ– चेतना, प्राप्ति, कोडिङ्ग, र पुनप्र्राप्ति । चेतना भएको कारणले मानिसले केही अनुभव र ज्ञान प्राप्त गर्छ । यो ज्ञान मस्तिष्कमा सुरक्षित हुनजान्छ । मस्तिष्कमा सुरक्षित भएको यो जानकारी आवश्यक समयमा फेरि प्रकट भएर बुद्धिलाई जानकारी दिन्छ । यसलाई उपयोग गरेर मानिसले आफ्नो समस्या समाधान गर्छ । उदाहरणका लागि यदि गणितको कुनै सूत्रलाई विद्यार्थीले मस्तिष्कमा राखेको छ भने त्यस सूत्रसंग मिल्दो जुल्दो प्रश्न आउनासाथ उसलाई त्यो सूत्र सम्झना हुन्छ । सूत्रलाई प्रयोग गर्न जाने पछि प्रश्न समाधान भयो ।
मानिसको प्रत्येक कृत्य कर्ममा आधारित छ । जुन कुरा हाम्रो स्मृतिमा हुन्छ हामीले त्यही देख्छौं र गर्छौं । उदाहरणका लागि हामीले सयौं मानिसको भीडमा आफ्नो मित्रलाई चिन्छौं र प्रतिक्रिया दिन्छौं । हामीले नेपाली भाषामा लेखेको कुरा तुरुन्तै चिन्छौं । आफ्नो स्मृतिमा रहेको खाने कुरा लगाउने कुरा तुरुन्तै चिन्छौं । किनभने त्यो हाम्रो स्मृतिमा छ । नयाँ कुरा छ भने स्मृतिमा राखनु पर्छ । हामीहरुको स्मृतिमध्ये केही वर्तमान जन्मको हुन्छ भने केही पूर्वजन्मको हुन्छ ।
यदि स्मृतिले काम गर्दैन भने मानिसले आफ्नो समस्याको उचित समाधान प्राप्त गर्न असमर्थ अनुभव गर्छ । यस्तोमा मानिसले ठीक र बेठीक छ्ट्ट्याउन सक्दैन । जब सम्म मानिसले ठीकलाई ठीक र बेठीकलाई बेठीक बुझ्दैन उसले कुनै समस्याको उचित समाधान प्राप्त गर्दैन । अर्जुनले स्मृति प्राप्त गरेपछि भन्छन्– हे अच्युत, मेरो मोह नष्ट भयो ।
अच्युतको अर्थ हो, बिल्कुल ठीक, अलिकति पनि त्रुटि नभएको । स्मृति प्राप्त गरे पछि अर्जुनलाई बल्ल के स्पष्ट भयो भने श्रीकृष्ण ठीक रहेछन् । गीताको सुरुमा अर्जुनलाई लागेको थियो– युद्ध गर्नु गलत छ भन्ने उनको निर्णय ठीक छ । अनि उसको निष्कर्ष थियो– कौरवले नै राज्य गरुन् । मैले बरु मागेर खान्छु । तर अहिले अर्जुनलाई के स्पष्ट भयो भने त्यो सबै गलत निर्णय रहेछ । किनभने अब उसको स्मृतिले काम गरयो । ज्ञान नै दुखमुक्तिको उपाय हो । यस बाहेक दुखमुक्तिको कुनै उपाय छैन । त्यसैले ज्ञानलाई आर्यसत्य भनिन्छ ।
सञ्जय उवाच
सम्पादन गर्नुहोस्इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः ।
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम् ।।७४।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्सञ्जय उवाच (सञ्जयले भने)
इति (यस्तो) अहम् (मैले) वासुदेवस्य (वासुदेव, कृष्णको) च (र) पार्थस्य (पृथापुत्र) महात्मनः (महात्मा अर्जुनको) संवादम् इमम् (यो संवाद, कुराकानी) अश्रौषम् (सुनिसकें) अद्भुतम् (अद्भुत) रोमहर्षणम् (रोमाचकारी) ।
सञ्जयले धृतराष्ट्रलाई भने–
यस प्रकारको रोमांचकारी वासुदेव श्रीकृष्ण र महात्मा अर्जुनको अद्भुत संवाद अर्थात् गीता मैले सुनें ।। ७४ ।।
व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम् ।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् ।। ७५ ।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्व्यास (व्यासको) प्रसादात् (कृपाले) एतत् (यो) परम् (परम) गुह्यम् (गुह्य) योगम् (योगशास्त्र) साक्षात् (प्रत्यक्ष) योगेश्वरात् कृष्णात् (योगेश्वर कृष्णको मुखबाट) स्वयम् (आफैं) कथयतः (भन्नु भएको) अहम् (मैले) श्रुतवान् (सुनें) ।
व्यासको कृपाले यस परम गुह्य योग अर्थात् योगशास्त्रका सबै कुरा साक्षात् योगेश्वर श्रीकृष्णको मुखबाट मैले आफैं प्रत्यक्ष सुनें ।।७५।।
व्याख्या
सम्पादन गर्नुहोस्सञ्जयले भन्छन्–
अर्जुनलाई भरत, पृथा, कौन्तेय, सव्यसाची आदि १८ विभिन्न नामले सम्बोधन गरिएको छ । तर अर्जुनलाई यस श्लोकमा पहिलो पटक महात्मा भनिएको छ । यो के कुराको संकेत हो भने ज्ञानको प्राप्ति नहुँदै अर्जुन महात्मा थिएनन् । ज्ञान प्राप्त गरे पछि उनी महात्मा बनेका छन् । अर्जुन मात्र होइन ज्ञान प्राप्त गरे पछि प्रत्येक व्यक्ति महात्मा बन्छ ।
वासुदेव श्रीकृष्ण र महात्मा अर्जुनको यस प्रकारको अद्भुत रोमांचकारी संवादमा व्यासको कृपाले साक्षात् योगेश्वर श्रीकृष्णले भनेको यस परम गुह्य योगका सबै कुरा, मैले आफैं सुनें भन्ने वाक्यले सञ्जयले दिव्यदृष्टि पाएको संकेत गरेको छ ।
कुनै समस्या प्रारम्भ भएपछि त्यसको विश्लेषण हुन्छ र समाधान प्राप्त गरे पछि त्यो समाप्त हुन्छ । धृतराष्ट्र र सञ्जयको कुराकानीबाट प्रारम्भ भएको गीता त्यसै स्थानबाट समाप्त हुँदैछ । अब धृतराष्ट्र केवल श्रोता छन् ।
राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम् ।
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः ।।७६।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्राजन् (हे राजन्, राजा धृतराष्ट्र) ) केशव अर्जुनयोः (केशव र अर्जुनका) इमम् (यी) अद्भुतम् (अद्भुत) च (र) पुण्यम् (कल्याणकारक) ) संवादम् (संवाद, कुराकानी) संस्मृत्य संस्मृत्य (सम्झी सम्झी) मुहुर्मुहुः (बारम्बार) हृष्यामि (हर्षित भइरहेको हुन्छु)।
हे राजा धृतराष्ट्र, केशव र अर्जुनका यी कल्याणकारक र अद्भुत संवाद सम्झी सम्झी म बारम्बार हर्षित भइरहेको छु ।। ७६ ।।
व्याख्या
सम्पादन गर्नुहोस्अब कृष्ण र अर्जुन अलग छैनन्, सन्धि भएका छन्– कृष्णार्जुन । कृष्णार्जुन सन्धि हुनाको एउटा साङ्केतिक अर्थ छ । जसरी सेती गण्डकी र काली गण्डकीको संगम स्थल सर्वोत्तम तीर्थ भनिन्छ, त्यसै गरी कृष्ण र अर्जुन दुवैको संवादरुपी गीता पनि उत्तम तीर्थ बनेको छ। जहाँ डुबुल्की मार्नेहरूको अज्ञान नाश हुन्छ । गीता स्नान अझ विशेष पवित्र र सुखकारक किन छ भने गीताको जति गहिराईमा गयो उति बढी आनन्द प्राप्त हुन्छ ।
कृष्णार्जुन संवादको विशेष अर्थ पनि छ । कृष्णको अर्थ हो कालो र अर्जुनको अर्थ हो सेतो। रंग अनेकौं हुन्छन् तर सेतो र कालोलाई मात्र क्लासिकल रंग मानिन्छ । दुवैमा प्रकाशका सातै रंग हुन्छन् । सेतोले सबै रंग परावर्तित गर्छ भने कालोले सबै रंग शोषण गर्छ । दुवै रंग मिसायो भने केवल कालो (कृष्ण) मात्र बाँकी रहन्छ । त्यसैले अर्जुनको एक नाम कृष्ण पनि हो । प्रत्येक अध्यायको अन्तमा भएको कृष्णार्जुन संवादे वाक्यांशमा भएको सन्धिले पनि यसै कुरालाई स्पष्ट गर्छ ।
तच्च संस्मृत्य संस्मृत्य रुपमत्यद्भुतं हरेः ।
विस्मयो मे महान् राजन्हृष्यामि च पुनः पुनः ।।७७।।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्च (अनि) राजन् (हे महाराज धृतराष्ट्र) हरेः (श्रीहरिको) अति अद्भुतं (अत्यन्त अद्भुत, अलौकिक) तत् (त्यस) रुपम् (रुपलाई) संस्मृत्य संस्मृत्य (सम्झी सम्झी) मे (मलाई) महान् (अत्यन्त) विस्मयः (विस्मय हुन्छ) च (तथा) हृष्यामि (हर्षित हुन्छु) ।
हे महाराज धृतराष्ट्र, श्रीहरिका यी अत्यन्त अद्भुत (यस अघि कसैले नदेखेको) रुपलाई सम्झी सम्झी मलाई अत्यन्त विस्मय हुन्छ अनि म बारम्बार हर्षित भइरहेको हुन्छु ।।७७।।
व्याख्या
सम्पादन गर्नुहोस्सञ्जयले व्यासको प्रसादले दिव्य दृष्टि प्राप्त गरे पछि मात्र युद्धका घटना देखे र गीताको उपदेश प्रत्यक्ष सुने, श्रीहरिको अद्भुत (विश्वरुप, अध्याय ११) रुप देखे । यो सम्झेर उनी रोमाञ्चित भएका छन् । उपदेश सुनेर प्रसन्न पनि छन् र श्रीहरिको विश्वरुप सम्झेर रोमाञ्चित पनि छन् ।
महाभारत कथा अनुसार, कौरव र पाण्डवका बीच शान्तिदूत भएर आएका श्रीकृष्णलाई दुर्योधनले अपमानपूर्वक फिर्ता पठाइदिए पछि व्यासले धृतराष्ट्रलाई आएर भेटे । उनले भने– राजन्, कुरुवंशमा ठूलो विनाश हुनेवाला छ । यदि तिमीले चाहन्छौ भने मैले तिमीलाई दिव्यदृष्टि दिन्छु । यसको प्रभावले तिमीले यहाँ बसेर कुरुक्षेत्रमा भएका सबै घटनाहरु प्रत्यक्ष देख्ने छौ । यति मात्र होइन, प्रत्येक योद्धाका मनमा भएका कुरा पनि देख्ने छौं, बुझ्न सक्ने छौ ।
धृतराष्ट्रले भने– म जन्मान्धले आजसम्म आफ्ना सन्तान देख्न पाइनँ । अब जीवनको अन्तिम समयमा आफ्नै कुलको संहार जस्तो हृदयविदारक दृश्य हेर्नका लागि मलाई दृष्टि किन चाहियो ? तर युद्धको विवरण थाहा पाइराख्न यो दिव्यदृष्टि मेरो नयाँ सचिवलाई दिनुहोस् । यी नयाँ सचिव थिए सञ्जय । जसलाई विदुरको रिक्त स्थानमा नियुक्त गरिएको थियो ।
सत्य प्राप्तिको सन्दर्भमा यसको सांकेतिक अर्थ पनि छ । जसले शुभ र अशुभ सबै हरण गरेर एक मात्र सत्यलाई बाँकी राख्छ, त्यो हरि हो । त्यसैले सत्य प्राप्त गर्ने मानिस बारम्बार हरिलाई सम्झेर विस्मय गरिरहन्छ ।
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।
तत्र श्रीर्विजयो भूतिर्धु्रवाः नीतिर्मतिर्ममः।। ७८ ।।
वादविवादमा विजय प्राप्त गर्नका लागि यस श्लोकलाई मन्त्रको रुपमा अनुष्ठान गर्नु लाभदायक मानिएको छ ।
पदच्छेद र शब्दार्थ
सम्पादन गर्नुहोस्यत्र (जहाँ) योगेश्वरः कृष्णः (योगेश्वर श्रीकृष्ण हुनुहुन्छ) यत्र (जहाँ) पार्थः धनुर्धरः (धनुर्धर पार्थ) तत्र (त्यहाँ) श्रीः (श्री) विजयः (विजय) भूतिः (ऐश्वर्य) ध्रुवाः (अटल) नीतिः (नीति छ) मतिः ममः (म ठान्दछु, मेरो विश्वास छ) ।
जहाँ योगेश्वर श्रीकृष्ण हुनुहुन्छ, जहाँ धनुर्धर अर्जुन छन् त्यहाँ श्री, विजय, भूति, र अटल नीति हुन्छ यस्तो मेरो विश्वास छ ।।७८।।
(वादविवादमा विजय प्राप्त गर्नका लागि यस श्लोकलाई मन्त्रको रुपमा अनुष्ठान गर्नु लाभदायक मानिएको छ ।)
व्याख्या
सम्पादन गर्नुहोस्पहिलो श्लोकमा धृतराष्ट्रले युद्धमा के युद्ध हुँदै छ ? भनी सोधेको प्रश्नमा अन्तर्निहित भाव– के मेरा छोराहरुले राज्य गर्न पाउलान्? को उत्तर पनि उसै तरिकाले सञ्जयले अन्तिम श्लोकमा दिइरहेका छन्– ‘हे राजन्, योगेश्वर श्रीकृष्ण र धनुर्धर पार्थ भएको पक्षले नै जित्ला जस्तो छ ।’ अब अर्जुन धनुर्धर भए । अस्त्र त्याग गरेर निरीह बनेको अर्जुन रहेनन् । धनु शब्द धन् बाट बनेको छ यसको अर्थ हुन्छ, ध्वनि । जब उनी निरीह थिए साहस थिएन, बोल्न नसक्ने भएका थिए । तर अब साहसको सञ्चार भएको छ । मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेका छन् ।
भगवान् श्रीकृष्ण र अर्जुनको नाम यहाँ एउटै श्लोकमा एक साथ आएको छ । अब अर्जुन र कृष्ण एकै ठाउँमा छन् । बाटो लक्ष्यमा पुग्यो । कर्तव्य र कर्तव्य परायण अब एकाकार भए । त्यसैले अर्जुनको एउटा नाम कृष्ण पनि हो ।
जहाँ योगेश्वर श्रीकृष्ण र धनुर्धर अर्जुन छन् त्यहाँ श्री, विजय, भूति, र अटल नीति हुन्छ । श्रीको अर्थ हो श्रेष्ठता, सुन्दरता । विजयको अर्थ हो जीत, भूतिको अर्थ हो गरिमा, गौरव, तथा नीतिको अर्थ हो आचरण वा उचित व्यवहार । यस भनाईको एक सांकेतिक अर्थ पनि छ । मनको एकाग्रता नै सम्पूर्ण सफलताको आधार हो । स्थिरता साथ ध्यान गर्नेले ऐश्वर्य र कहिल्यै पराजित नहुने विजय प्राप्त गर्छ । यही ईश्वरीय विभूति हो । यही यस चल संसारको अचल नीति हो । ध्यान धनुष हो । गाण्डीव भनेको इन्द्रियको दृढता हो । अर्जुन आज पनि प्रत्येकका मनमा अनुराग भइ बसेका छन् । श्रीकृष्ण आज पनि सबैका हृदयमा विवेकरुपमा बास गर्नुहुन्छ । यदि अनुराग अन्तःकरणमुखी छ भने आत्मा र परमात्माको अन्तर रहँदैन । महात्माहरुले विजय प्राप्त गर्ने भनेको यही हो ।
इति श्रीमहाभारते शतसाहस्य्रां वैयासिक्यां भीष्मपर्वाणि श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे मोक्षसन्न्यासयोगो नामाऽष्टादशोध्यायः ।
व्यासले रचेको एक लाख श्लोकको महाभारतको भीष्म पर्व अन्तर्गत श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनको संवादको मोक्षसन्न्यास योग नाम गरेको अध्याय १८ समाप्त भयो ।। ॐ तत्सत् ।।
सन्दर्भ
सम्पादन गर्नुहोस्अडगडानन्द, (सन् १९८०), यथार्थगीता, श्रीमद्भगवद्गीताhttp://yatharthgeeta.com
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
अम्बेडकर, भीमराव, (वि.सं.२०५३), भगवान् बुद्ध र उहाँको धर्म अनुवादक ललितरत्न शाक्य , पोखरा ः दायक सभा ।
अर्याल, मदन प्रसाद, (वि.सं.२०६३), विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौं ः रमादेवी अर्याल ।
अहमद, इकबाल, (१९९६), पैगम्बर हजरत मोहम्मद, इलाहाबादः लोकभारती ।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना । ३,४,१०
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् १९९१), गायत्री महाविज्ञान, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आनन्द अरुण, (सन् २००६), सन्त दर्शन, काठमाडौं ः ओशो तपोवन ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
उपाध्याय, हरिभाउ, (सन् १९६७), भागवत धर्म, वाराणसी ः सस्ता साहित्य मण्डल ।
एक्सोडस– (सन् २००७),बाइबिल ओल्ड टेस्टामेन्ट, विकीपीडिया, अक्टोबर २१, सन् २००७ ।
ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।
ओशो, (सन् १९९२), सर्वसार उपनिषद्, पूना ः रेबेल बुक्स ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड १–६, पूना ःरेबेल बुक्स ।
कँडेल, घनश्याम, (वि.सं.२०७३), धृतराष्ट्र, काठमाडौं ः नेपालय प्रकाशन ।
कृष्णमूर्ति, जे, (सन् १९८३), प्रथम और अन्तिम मूक्ति, अनुवादक दयाल शरण वर्मा, वाराणसी ः मोतीलाल बनारसीदास ।
कबीर अमृतवाणी भाग १, भाग २, भाग ३, (वि.सं.२०७१), माघ २०,वि.सं.२०७१, यु टयुब (राकेश काला) ।
कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४), अनुवादक– केशव प्रसाद अर्याल, सम्पादक पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गोल्छा, हुलासचन्द्र, (वि.सं.२०५३), महावीर वद्र्धमान, कान्तिपुर दैनिक, वि.सं.२०५२चैत १५, काठमाडौं ः कान्तिपुर पब्लिकेशन्स ।
गीताप्रेस, (वि.सं.२०७५), श्रीमद्भगवद्गीता (नेपाली), गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६७), शुक सुधासागर, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस,(वि.सं.२०६७),स्तोत्र रत्नावली, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), कल्याण, सन्तवाणी अङ्क, अङ्क २९, (संशोधित), गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।
गौड, रामदास, (वि.सं.१९९५), हिन्दुत्त्व, काशी ः शिवप्रसाद गुप्त।
जायसवाल, के पी, (सन् १९७५), हिन्दु पोलिटी, द बेंगलोर पब्लिशिंग हाउस ।
ज्ञवाली, बाबुराम (२०७६), आधा जिस्ता, गुल्मी ः किरण पुस्तकालय http://kiranapustakalay.com ।
ज्ञवाली, बाबुराम (२०७४), जीव जगत र जनार्दन, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
ज्ञवाली, बाबुराम (२०७३), सहज ज्ञानले दुख निवारण, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही, नेपाल ः ज्ञानज्योति प्रकाशन । swadeshNepal.com
ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
ज्ञवाली, बाबु राम, (सन् २०१३), द मदर अफ् निश्रेयस अभ्युदय..., योग सन्देश, दिसम्बर २०१३, हरिद्वार ः पतञ्जलि योगपीठ, दिव्य योग मन्दिर ट्रष्ट ।
ज्ञवाली, सलील, (सन् २००२), पूर्वीय सभ्यता, काठमाडौं ः ओरेन्टल प्रकाशन गृह ।
ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), जततउकस् http://GyaneshwariJnaneshwariGeeta
जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त
ज्ञानेश्वर, उमेशपुरी, (सन् २०१४), मनको वशमें कैसे करें, (ध्यानके विकासकी मनोवैज्ञानिक साधना), हरिद्वार ः रणधीर प्रकाशन ।
जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी), यु टयुब ।
तिलक, बाल गंगाधर, (सन् २००७), श्रीमद्भगवद्गीता या कर्मयोग शास्त्र, दिल्ली ः साधना पकेट बुक्स ।
दयानन्द सरस्वती, (सन् २०१३), सत्यार्थ प्रकाश, दिल्ली ः आर्ष साहित्य प्रचार ट्रष्ट ।
देवकोटा, राजेश्वर, (वि.सं.२०५४), द्वन्द्वको अवसान, साझा प्रकाशन ।
नीलम कार्की, (वि.सं.२०७४), योगमाया, काठमाडौं ः सांग्रिला प्रकाशन ।
प्रपन्नाचार्य, (वि.सं.२०५०), वेदमा के छ ? काठमाडौं ः साभाm प्रकाशन ।
पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ । १०,१२
पन्थी, टीकाराम, (वि.सं.२०६४), अर्वाचीन रेसुङ्गा (यदुकानन्दकालीन रेसुङ्गा), तम्घास, गुल्मी ः किरण पुस्तकालय ।
पौड्याल, जयदेव, (वि.सं.२०४६) शङ्कराचार्य रचित तत्त्व बोधको अनुवाद, काठमाडौं ः श्री ५ को सरकारको छपाखाना, सिंहदरबार ।
ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।
बर्नर, डेभिड, (वि.सं.२०५८), डाक्टर नभएमा, अनुवादक योगेन्द्र प्रधानाङ्ग र साथीहरु, काठमाडौं ः त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान ।
बसु, बुद्धदेव, (सन् २००४), महाभारतेर कथा (बाङ्लाबाट हिन्दी अनुवाद), दिल्ली ः भारतीय ज्ञानपीठ ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
म्याक्समुलर, एफ. (१९७१), रामकृष्ण, हिज लाइफ एन्ड सेईङ्ग्स, रामकृष्ण मठ, नागपुर । फागुन १२, वि.सं.२०७२ मा इन्टरनेटबाट प्राप्त https://archive=org/details/ramakrishnahisli025100mbp
मजगैयाँ, रामप्रसाद, (वि.सं.२०४६), श्री स्वर्गद्वारी महाप्रभु चरित्र, दाङ्ग, बिजौरी ः रामप्रसाद उपाध्याय मजगैयाँ ।
मनुस्मृति, (सन् १९९१), गणेशदत्त पाठक अनुवादक, वाराणसी ः ठाकुर प्रसाद बुकसेलर ।
मिश्र, विद्यानिवास, (वि.सं.२०४२)महाभारतका काव्यार्थ, नयी दिल्ली ः नेशनल पब्लिसिंग हाउस ।
राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल
प्रकाशन ।
रामकृष्ण मठ, (सन् १९७०), विवेकारामसुखदास, (वि.सं.२०६७), गीता दर्पण, गोरखपुर ः गीताप्रेस ।
रोलाँ, रोम्याँ, (सन् २००९), रामकृष्ण की जीवनी अनुवादक धनराज विद्यालंकार, सम्पादक डा. रघुराज गुप्त, नागपुर ः रामकृष्ण मठ ।
लेभी, सिल्भाँ, (सन् २००७), नेपाल, हिन्दु अधिराज्यको इतिहास (दोस्रो खण्ड), अनुवादक डिल्लीराज उप्रेती, ललितपुर ः हिमाल किताब ।
वियोगी हरि, (सन् २००१), हिन्दु धर्म, नईदिल्ली ः सस्ता साहित्य मण्डल ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।
सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर ः रामकृष्ण मठ ।
सद्धातिस्स, (सन् २०००), बुद्ध ः जीवन और दर्शन अनुवादक विटठलदास मोदी, नई दिल्ली ः सस्ता साहित्य मण्डल ।
हर्षानन्द, (सन् १९९०) अल एबाउट गीताको हिन्दी अनुवाद गीतासार, नागपुर ः रामकृष्ण मठ ।
हिमाल मेडिया प्रकाशन, (वि.सं.२०५७), एक शय वर्षका १०१ नेपाली, हिमाल बैशाख अंक, प्रधान सम्पादक कनकमणि दीक्षित, हिमाल मेडिया प्रकाशन ।