श्रीमद्भगवद्गीता अष्टादश अध्याय: संशोधनहरू बीचको भिन्नता

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९०९:
व्याख्या
कम्पयुटरको ज्ञान राख्नेलाई के थाहा छ भने त्यसको सूचना संकलन, विश्लेषण, समुचित गति, र काम गर्ने प्रक्रिया त्यसको मेमोरी– स्मृतिमा भर पर्छ । यदि मेमोरी क्षमता नै गडबड छ भने उसले कमाण्ड लिन मानदैनन् । लिइ हाल्यो भने त्यसलाई प्रोसेस गर्दैन । परिणाम प्रदान गर्दैन । दिए पनि गलत । मानिसको पनि सबभन्दा महत्त्वपूर्ण कुरा मस्तिष्क हो । सन्तुलित मस्तिष्क । उचित स्मृति राख्न सक्ने । त्यस पछि मानिसले ठीकलाई ठीक र बेठीकलाई बेठीक बुझ्न सक्छ । जब सम्म मानिसले ठीकलाई ठीक र बेठीकलाई बेठीक बुझ्दैन उसले हमेशा गलत काम गर्नेछ । वा केही गर्न सक्ने छैन ।
 
त्यही कुरा अर्जुनले स्पष्ट गरेका छन् । अच्युतको अर्थ हो, बिल्कुल ठीक– एब्सोलयुटली करेक्ट । अर्जुनलाई बल्ल के स्पष्ट भयो भने कृष्ण पो ठीक रहेछन् । अर्जुनलाई सुरुमा लागेको थियो– व्यावहारिक दृष्टिले हेर्दा, शास्त्र अनुसार विचार गर्दा, र ज्येतिष अनुसार शकुन हेर्दा केही पनि शुभ छैन । यसले के सिद्ध भइरहेको छ भने युद्ध गर्नु गलत छ । अनि उसको निष्कर्ष थियो– उनीहरुले नै राज्य गरुन् । मैले बरु मागेर खान्छु ।
 
तर अहिले अर्जुनलाई स्पष्ट भयो त्यो सबै निष्कर्ष दोषपूर्ण रहेछ । किनभने उसको मेमोरीले काम गर्यो ।
 
श्रीकृष्णले त सुरुमा नै भन्नु भएको थियो– अर्जुन, युद्ध गर्नु तिम्रो स्वभाव (धर्म) हो । भाग्नु कायरता हो । तिमीले शास्त्र अनुसार काम गरेका छैनौ । बहाना बनाउनका लागि शास्त्र पल्टाएर प्रमाणका लागि आफुलाई चाहिने चाहिने पाना खोजिरहेका छौ । अर्जुनका ती प्रमाण जिम्मेवारी लिनका लागि थिएनन् । भाग्नका लागि थिए– इस्केपिज्म ।
म आफ्नो कर्तव्यबाट विचलित भएं । म अलमलमा परें भन्ने वाक्यांशबाट सुरु भएको गीता मैले अब आफ्नो कर्तव्य बुझें, अब भाग्दिन, जिम्मेवारी लिएं भन्ने वाक्यांशमा समाप्त भयो । यसरी निश्चित लक्ष्य प्राप्त गरे पछि कृष्णले बोल्ने प्रयोजन रहेन । अब गीतामा सञ्जयले बोलेका केवल तीन श्लोक छन् ।
 
==सञ्जय उवाच==
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः ।