महाभारत खण्ड १०: संशोधनहरू बीचको भिन्नता

 
पङ्क्ति ४:
पाण्डवहरु एकाचक्रपुरमा ब्राह्मणको भेष गरेर बसिरहेका बेला पाञ्चाल राजा द्रुपदका छोरी द्रौपदीको स्वयंबर हुने खबर त्यहाँ आई पुगे । एकाचक्रपुरमा धेरै जना ब्राह्मणहरुले पाञ्चाल देशमा रीतिरिवाजको ऊपहार पाउने आशा लिई राजकिय बिबाहको मेला तथा तमाशा हेर्न जाने योजना गरे । आमाको हैसियतले पाञ्चाल देशमा गएर द्रौपदीलाई ल्याउने छोराहरुको मनसायलाई कुन्तीले बुझिन् ।
 
कुन्तीले युधिष्ठिरलाई भनिन् – “हामीहरु यस देशमा बसेको धेरै दिन भैसकेको छ । अरु कहिँ जाने बिचार गर्ने बेला भएको छ । हामीले पत्याइ नलागे सम्म यहाँका पहाड र खोँचहरु हेरी सकेका छौँ । हामीलाई दिइएका भिक्षा पनि कम हूँदै गइरहेको छ । अब यहीँ रमाएर धेरै बस्नु ठिक हुँदैन । त्यस कारण हामी द्रुपद राज्यमा जाऔँ । त्यस राज्य निष्कपट र समृध्द शिल भएर नाम चलेको छ ।” कुन्ती सांसारिक ज्ञान तथा ब्यबहारमा कसै भन्दा कम थिइनन् । उनले छोराहरुको बिचार राम्रो संग बुझ्न सकिन् । छोराहरुलाई आफ्नो बिचार ब्यक्त गर्न अपठ्यारो परेको कुरालाई जानेर पनि गोप्य नै राख्न सफल भइन् । स्वयंबर हेर्न ब्राह्मणहरु बथान बथान भएर द्रुपद राज्यमा गए । पाण्डवहरु पनि ब्राह्मणको भेष गरी तिनीहरु संगै मिली गए । धेरै हिँडे पछि तिनीहरु पाञ्चाल देशको सुन्दर शहरमा पुगे ।