सम्पूर्ण नेपाली भाषा व्याकरण

संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शव्दलाई नामपद भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् । व्यक्ति वा वस्तु (प्राणी, पदार्थ, गुण, ठाउँ, धर्म) बुझाउने शब्दलाई नाम भन्दछन् । विशेषतः नामपदले वाक्यमा कर्ता, कर्म र पूरकका रूपमा आएर कार्य गर्ने गर्दछ । वाक्यमा आएको शब्द नामपद हो वा होइन भन्ने ठम्याउन निम्न कुरालार्इ ध्यान दिनुपर्दछ । १. नामपद वाक्यमा के, केले, केलार्इ, को, कसले, कसलार्इ प्रश्नको उत्तर आउने गर्दछ । २. धातुमा आइ, आइँ, याइँ, नु, .... आदि लागेर बन्ने शब्द । ३. नामिक पदमा ता प्रत्यय लागेर बन्ने शब्द । नामपदलार्इ समग्रमा निम्नानससार वर्गीकरणा गर्न सकिन्छः

क) जातिवाचक: एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्दलाई जातिवाचक नाम भन्दछन्, जस्तै- मानिस, परेवा आदि ।

ख) व्यक्तिवाचक: कुनै एक वा विशेष व्यक्ति अथवा वस्तुलाई बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भन्दछन्, जस्तै- राम, महाभारत आदि ।

ग) समूहवाचक नाम: व्यक्ति वा वस्तुको समुदायलाई बुझाउने शब्दलाई समूहवाचक नाम भन्दछन्, जस्तै- हुल, भेला, बथान आदि ।

घ) द्रव्यवाचक नाम: नाप वा तौल भएको पदार्थलाई बुझाउने शब्दलाई द्रव्यवाचक नाम भन्दछन्, जस्तै- सुन, चाँदी। पानी, काठ आदि ।

ङ) भाववाचक नाम: व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- दु:ख, सुख, साहस, जाडो आदि । नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ । सर्वनाम शब्दले भाषालाई नामको पुनरोक्तिबाट बचाउँदै अभिव्यक्तिमा प्रभावकारिता ल्याउने, भानाइलाई छोटो, छरितो र मिठासयुक्त बनाउने काम गर्दछ । नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् । उदाहरण को लागि कुनै, म, तिमी ऊ, यो, त्यो, हामी, उनी । नेपालीमा सर्वनामका निम्न प्रकारहरू छन्:

क) व्यक्तिवाचक सर्वनाम:

     पुरुष वा व्यक्तिलाई जनाउने सर्वनाम व्यक्तिवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित तीन प्रकारका हुन्छन्:
    अ) प्रथम पुरुषवाचक- प्रेषक(बोल्ने वा लेख्ने व्यक्ति) लाई बुझाउने सर्वनाम, 
         जस्तै- म(एकवचन), हामी(बहुवचन) ।
    आ) द्वितीय पुरुषवाचक - प्रापक(पढ्ने वा सुन्ने व्यक्ति ) लाई बुझाउने सर्वनाम,
         जस्तै- तँ(एकवचन), तिमी, तिमीहरू(बहुवचन) ।
    इ) तृतीय पुरुषवाचक- प्रेषक र प्रापक बाहेक अरू कसैलाई बुझाउने सर्वनाम,
         जस्तै- यो, त्यो, ऊ(एकवचन), यी, यीनीहरू, ती, तिनीहरू,उनिहरू(बहुवचन) ।
       आदरार्थी- यिनी, यी, तिनी, ती, उहाँ, उहाँहरू, उनी ।
       आत्मवाचक- आफू, आफूहरू, आफूआफूहरू ।
       पारस्परिक- एकअर्का, आपसआपस ।
       निश्चयवाचक- निज, निजहरु, अरू, अरूहरू, सबै ।

ख) दर्शक सर्वनाम

     नजिक वा टाढाका व्यक्ति वा वस्तुलाई तोकेर बताउने सर्वनाम दर्शक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्न दुई प्रकारका छन्:
    अ) समीपवाचक- निकटवर्ती वा उपस्थित व्यक्ति वा बस्तुलाई बताउने सर्वनाम,
        जस्तै- 	
        सामान्य- यो, यिनीहरू, यी ।
        आदरार्थी- यी, यिनीहरू, यहाँ ।
   आ) दूरवाचक- दूरवर्ती वा अनुपस्थित व्यक्ति वा वस्तुलाई बताउने सर्वनाम, जस्तै-

सामान्य- त्यो, तिनीहरू, ती, ऊ, उनीहरू ।

आदरार्थी- ती, तिनी, उनी, उहाँ ।

ग) सम्बन्धवाचक सर्वनाम:

     वाक्यमा संबन्ध स्थापित गराउने सर्वनाम संबन्धवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित दुई प्रकारका छन्, जस्तै-
    अ) निश्चयवाचक - ग्यात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रालाई बुझाउने सर्वनाम, जस्तै-
       मानवीय - जो, जोजो ।
       अमानवीय - जे ,जेजे ।
       दुवै      - जुन ।
    आ) अनिश्चयवाचक - अग्यात वा अनिश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको अवस्थालाई बुझाउने सर्वनाम, जस्तै-
       मानवीय - जोसुकै ।
       अमानवीय - जेसुकै ।
       दुवै - जुनसुकै ।  


घ) प्रश्नवाचक सर्वनाम:

    कुनै व्यक्ति वा वस्तुका विषयमा प्रश्न व्यक्त गर्ने सर्वनाम प्रश्नवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्लिखित दुई प्रकारका हुन्छन्:
   अ) निश्चयवाचक - निश्चित व्यक्ति वा वस्तुबारे प्रश्न व्यक्त गर्ने सर्वनाम, जस्तै-
       मानवीय - को, कोको ।
       अमानवीय - के, केके ।
       दुवै - कुन, कुनकुन ।
   आ) अनिश्चयवाचक - अनिश्चित व्यक्ति वा वस्तुबारे प्रश्न गर्ने सर्वनाम, जस्तै-
       मानवीय - कोही, कोहीकोही ।
       अमानवीय - केही, केहीकेही ।
       दुवै - कुनै, कुनैकुनै ।

विशेषणले कुनै पनि नाम अथवा सर्वनामको गुणको व्याख्या गर्दछ ।। क्रियाको समय बताउने शब्दलाई काल भनिन्छ भने कालले क्रियाको बिभिन्न अवस्था र समयलाई जनाउँछ । काल तीन प्रकारका हुन्छन् - १) वर्तमान काल २) भूतकाल ३) भविष्यत् काल

१) वर्तमान काल:-

सम्पादन गर्नुहोस्

कुनै क्रियापदले अहिलेको समयमा काम हुने, हुँदै गरेको र पूरा भएको बुझाएमा त्यस्तो क्रियापदको काललाई वर्तमान काल भनिन्छ । सामान्य, अपूर्ण र पूर्ण गरी यसका तीन पक्ष हुन्छन् ।

अ)सामान्य वर्तमान कुनै काम अहिलेको वर्तमान अवस्थामा हुने वा भइरहेको अवस्था जनाउने पूरा हुनु वा नहुनुका बारेमा केही नबताउने क्रियापद पक्षलाई सामान्य वर्तमान भनिन्छ। सामान्य वर्तमान पक्ष जनाउन धातुमा छु, छौ, छस् आदि प्रत्ययहरु जोडिन्छन्। उदाहरण: राम पढ्छ।


आ)अपूर्ण वर्तमान वर्तमान समयमा कार्य भइरहेको अवस्थालाई अपूर्ण वर्तमान कालले जनाउँदछ। अपूर्ण वर्तमान पक्ष जनाउनको लागी धातुमा तै/ दै छु, तै/ दै छौ, तै/ दै छस् आदि प्रत्ययहरु जोडिन्छन्। उदाहरण: राम पढ्दै छ।

इ )पूर्ण वर्तमान कुनै काम अहिलेको समयमा पूरा भएको तर त्यसको असर अहिले पनि बाँकी रहेको अवस्था बुझाउने क्रियापदलाई पूर्ण वर्तमान काल भनिन्छ। यस जनाउने क्रियापदको धातुमा एको छु, एका छौ आदि जोडिएको हुन्छ। उदाहरण: रामले पढेको छ।

कुनै क्रियापदले बितिसकेको समयमा काम भएको, हुँदै गरेको, भइसकेको, पछि थाहा हुन आएको र हुने गरेको बुझाएमा त्यस्तो क्रियापदको काललाई भूतकाल भनिन्छ । सामान्य, पूर्ण, अपूर्ण, अज्ञात र अभ्यस्त गरी भूतकालका पाँच पक्ष हुन्छन् ।

बाह्य लिङ्कहरू

सम्पादन गर्नुहोस्

३) भविष्यत् काल:-

सम्पादन गर्नुहोस्

जुन क्रियापदले पछि आउने सामान्य, अपूर्ण र पूर्ण समयलाई बुझाउँछ, त्यसलाई क्रियाको भविष्यत् काल भनिन्छ । भविष्यत् कालका सामान्य, अपूर्ण र पूर्ण गरी तीन पक्ष हुन्छन् ।

                                    स्वर वर्णक 


                      लघु                                    दीर्घ
                एक वचन                                बहु वचन 


       स्वर              वर्णक               स्वर                    वर्णक 
       अ                ़                      आ                     ा
       इ                 ि                     ई                       ी
      उ                  ु                      ऊ                       ू
      ऋ                 ृ                                                                                                
    
      ए                  े                      ऐ                      ै
     ओ                 ो                     औ                     ौ
------------------------------------------------------------------------------------         
खंदेतर वर्ण   
    अं          ं
    अः       ः

एक वा एकभन्दा बढी अक्षर मिलेर बनेको र स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने अर्थ युक्त भाषिक एकाईलाई शब्द भनिन्छ । रमा, राम, विद्यालय, म , ऊ , तिमी, ठुलो , हिजो , पनि, नि, र , ओहो ! आदि शब्द हुन् । यसैलाई पद भनिन्छ । कुनै आवाज,दृश्य वा क्रियाको तरिकालाई सहज किसिमले नक्कल गर्ने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ । नेपाली भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता अनुकरणात्मक शब्दहरू क्रियाविशेषण अन्तर्गत पर्दछन् । केही अनुकरणात्मक शब्दहरू र यससँग मेल खाने शब्दहरू तल दिइएका छन् ।


कलकल - पानी खानु भुसुक्क - बिर्सनु

खुरूखुरू - हिड्नु डमडम - बज्नु

गजक्क - पर्नु धपक्क - बल्नु

झमक्क -साँझ पर्नु झ्वाम्म - हाम फाल्नु

कुपुक्क - खानु गजधम्म - बस्नु

मुसुक्क - हाँस्नु सिरसिर ‍- हावा चल्नु

झुलुक्क - झुल्किनु भक्भकी - उम्लनु

लटरम्म - फल्नु फटाफट - जानु, गर्नु

थचक्क - बस्नु खलखल - पसिना बग्नु

सुलुक्क - निल्नु सरासर - हिड्नु

झनक्क - रिसाउनु डङडङ्ती - गन्हाउनु

झल्याँस्स - बिउँझनु झमक्क - साँझ पर्नु

ढकमक्क - फुल्नु पिटिक्क - भाँचिनु

जुरूक्क - उठ्नु टप्प - टिप्नु

भुतुक्क - हुनु पिच्च - थुक्नु

गमक्क - गम्किनु कपाकप - खानु

कुपुकुपु - खानु टक्रक्ल - राख्नु

फ्यात्त - फ्याक्नु हुत्त - फ्याक्नु

प्याट्ट - पिट्नु कुटुकुटु - हिड्नु

चिटचिट - पसिना आउनु सुँक्कसुँक्क - रुनु

चुर्लुम्म - डुब्नु तनक्क - कस्नु

धुरुधुरु - रुनु मुसुमुसु - हाँस्नु

फ्याट्ट - हिर्काउनु चस्चसी - घोच्नु

भुर्र - उड्नु स्वाँस्वाँ - गर्नु

पिलपिल - बत्ति बल्नु ठिङ्ग - उभिनु

लहलह - झुल्नु भतभत - पोल्नु

गमगम - बास्ना चल्नु मक्ख - खुसी हुनु

इत्यादि ।

केही अनुकरणात्मक शब्दहरूको प्रयोग तल हेरौं-

लटरम्म:- यो आँपको बोट त लटरम्म फलेको छ ।

लहलह:- खेतमा धानका बाला लहलह झुलिरहेका छन् ।

मक्ख:- उसको कर्के हेराइले होला उनी त मक्ख परिछन् ।

पिलपिल:- पर गाउँको एउटा घरमा बत्ती पिलपिल बलिरहेको छ ।

टलक्क:- बिहानीको घामले हिमाल टलक्क टल्किएको छ ।

भुर्र:- चरा भुर्र उड्यो । निपात