श्रीमद्भगवद्गीता सप्तम अध्याय

श्रीभगवानुवाच सम्पादन गर्नुहोस्


मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः ।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ।।१
हे पार्थ, ममा अतिशय प्रेम राख्ने, मेरो आश्रय भएका योगमा लागेको तिमीले समग्रमा जसरी मलाई संशयरहित तरिकाले जान्ने छौ त्यो पनि सुन ।
ज्ञानंतेद्रहं विज्ञानमिदं वक्ष्याम्यशेषतः ।
यज्ज्ञतात्वा नेह भूयोद्रन्यज्ज्ञातव्यवशिष्यते ।।२
मैले तेरालागि विज्ञानसहितको यो ज्ञान केही बांकी नराखी भन्छु । जसलाई जानेर फेरि यस संसारमा ज्ञातव्य अरु केही शेष रहने छैन ।
मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः ।।३
हजारौं मानसिहरुमा कोही एकले मेरो प्राप्तिका लागि प्रयास गर्छ । प्रयास गर्ने योगीहरुमध्ये कोही एकले मलाई यथार्थ जान्दछ ।
भूमिरापो द्रनलोवायुः खं मनो बद्धिरेव च ।
अहंकार इतीयं मे भिन्ना प्रकृतिष्टधा ।।४
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। ५
भूमि, जल, वायु, आकाश, मन, बुद्धि र अहंकार यो भिन्नै आठ प्रकारको मेरो अपरा प्रकृति हो । यसबाट भिन्न परा प्रकृति लाई पनि जान जसबाट यो सम्पूर्ण जगत् धानिएको छ ।
एतद्योनीनि भूतानि सर्वाणित्युपधारय ।
अहं कत्स्नस्य जगतः प्रभव प्रलयस्तथा ।। ६
यस्तो धारणा के बुझ भने भूत प्राणी यी दुवै प्रकृतिबाट उत्पन्न हुन्छन् । म सम्पूर्ण जगत्को प्रभव तथा प्रलय हू“ ।
मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ।।७
हे धनञ्जय, मभन्दा पर भिन्न अर्को कुनै पनि कारण छैन । यो सम्पूर्ण जगत् मणिहरुका भित्र धागो जस्तै मबाट बुनिएको (अडिएको) छ ।
रसो द्रहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदषु शब्दः खे पौरुषं नृषु ।।८
हे कौन्तेय, म जलमा रस, सूर्य चन्द्रमामा प्रभा, सबैवेदमा प्रणव (ओंकार) आका्मा शब्द र पुरुषको पुरुषत्व हूं ।
पुण्यो गन्धः पृथिवयां च तेजश्चास्मि विभावसौ ।
जीवनं सर्वभूतेषु तपश्चासिम तपस्विषु ।।९
पृथ्वीमा पवित्र गन्ध र अग्निमा तेज हूं । तथा सबै भूतप्राणीहरुको जीवन हूं । तपस्वीहरुमा तप हूं ।
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिबुद्र्धिमतामस्मि तेजस्तेजस्वितामहम् ।।१०
हे पार्थ, सम्पूर्ण भूतप्राणीहरुको सनातन बीज मलाई नै जान । म नै बुद्धिमानहरुको बुद्धि हूं । तेजस्वीहरुको तेज हंू ।
बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोद्रस्मि भरतर्षभ ।।११
हे भरतश्रेष्ठ, बलवान्हरुको यस्तो सामथ्र्य हूं जुन काम तथा रागरहित हुन्छ । म धर्मको अविरुद्ध काम हूं ।
ये चैव सात्त्विका भावा राजसास्तामसाश्च ये ।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ।।१२।।
जेजति सात्त्वि, राजस र तामस भावहरु छन् तिनीहरु मबाट नै हुन्छन् तर म तिनीहरुमा छैन, तिनीहरु पनि ममा छैन ।
त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।१३
गुण (त्रिगुण) मयी यी तनि प्रकारका भावले सबै जगत् मोहति भइरहन्छ, त्यसैले यी तीन गुणभन्दा पर रहेको म अविनाशीलाई राम्ररी जान्दैन ।
दैवीह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।।१४
यो दैवी त्रिगुणमयी मेरो माया अति दुस्तर छ तर जुन पुरुषले मलाई नै भज्छन् । उनीहरुले यस मायालाई उल्लंघन गर्दछन् ।
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।।१५
मायाद्वारा जसको ज्ञान अपहरण भएको छ, यस्ता आसुर स्वभाव धारण गर्ने नराधम, दूािष्त कर्म गर्ने नीच मूढहरुले मलाई भजन गर्दैनन् ।
चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोद्रर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।१६
हे भरतर्षभ, चार प्रकारका भक्त– आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानीले मेरो भजन गर्ने उत्तम कर्म गर्छन् ।
तेषां ज्ञानी नित्युयुक्र एक भक्तिर्विशिष्यते ।
प्रियो हि ज्ञानिनो द्रत्यर्थमहं स च मम प्रिय ः।।१७
उनमा नित्य युक्त अनन्य भक्ति राख्ने ज्ञानी भने विशिष्ट छ । किनभने ज्ञानीलाई म प्रिय छु र ज्ञानी मलाई प्रिय छ ।
उदाराः सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम् ।
आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ।।१८
यी सबै उदार छन् तर ज्ञानी त मेरो आत्मा हो यस्तो मेरो मत छ । किनभने उ मेरो युक्तात्मा र अति उत्तम गति मा स्थित छ ।
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते ।
वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ।।१९
अनेक जन्मका अनन्तर जुन ज्ञानीले सबैकुरा वासुदेव नै सबै कुरा हो यसरी मेरो शरणमा जो पर्छ त्यो महात्मा अति दुर्लभ छ ।
कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्ते द्रन्यदेवताः ।
तं तं निममास्थाय प्रकृत्या नियताः स्वया ।।२०
विभिन्न भोगका कामनाद्वारा जसको ज्ञान हरण भएको छ । आफ्नो स्वभावले नियत ती ती नियममा स्थित भएर अन्य देवताहरुको शरणमा पर्छन् ।
यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छाति ।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।।२१
जुन जुन भक्तले जुन जुन देवताको स्वरुपलाई श्रद्धाले अर्चन गर्ने इच्छा गर्छ । त्यस त्यस श्रद्धालाई मैले उसै देवतामा स्थिर गरीदिन्छु ।
स तया श्रद्धया युक्तस्तस्याराधनमीहते ।
लभते च ततः कामान्मयैव विहितान्हि तान् ।।२२
त्यो त्यस श्रद्धाले युक्त भएरसोही देवताको आराधना गर्छ र त्यस देवताले मद्वारा नै विधान गरेका ती इच्छित भोग (काम) निश्चि रुपमा प्राप्त गर्छ ।
अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम् ।
देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ।। २३
तर ती अलपबुद्धिको त्यो फल नाशवान् छ । देवताहरुको यजन गर्नेले देवता प्राप्त गर्छन् भने मेरा भक्तले मलाई प्राप्त गर्छन् ।
अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयः ।
परं भावमजानन्तो ममाव्ययमनुत्तमम् ।। २४
बुद्धिहीन पुरुष मेरा अनुत्तम परम भावलाई नजान्दा पनि अव्यक्त मलाई व्यक्ति भाव प्राप्त मान्दछन् ।
नाहं प्रकाशः सर्वस्य योगमायासमावृत्तः ।
मूढोद्रयं नाभिजानाति लोको मामजमव्ययम् ।। २५
योगमायाको आवरणमा मसबैलाई देखापर्दैन । त्यसैले अज्ञानी जनसमुदाय जन्मरहित अविनाशी म परमेश्वरलाई राम्ररी जान्दैनन् ।
वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।
भविष्याणि च भूतानि मां तु वेद न कश्चन ।। २६
हे अर्जुन, अतीतमा भएका र वर्तमानमा स्थित र भविष्यमा हुने सबै भूतप्राणीलाई मैले जान्दछु । तर मलाई कसैलाई जान्दैन ।
इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत ।
सर्वभूतानि सम्मोहं सर्गे यान्ति परन्त ।। २७
हे भारत, हे परन्तप, संसारमा इच्छाद्वेषले उत्पन्न द्वन्द्व भावले मोहित सबै प्राणी मोहित भइरहेका छन् । अर्थात अज्ञानतालाई प्राप्त भइरहेका छन् ।
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् ।
ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढव्रता ः ।। २८
तर पुण्य कर्म गर्ने जुन मानिसको पाप नष्ट भएको छ उनीहरु द्वन्द्वले उत्पन्न मोहबाट मुक्त दृढनिश्चयी भक्तले मलाई भजन गर्छन् ।
जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये ।
ते ब्रह्म तद्विदुः कृत्स्नमध्यात्मं कर्म चाखिलम् ।। २९
जो मेरो शरण भएर जरा र मरणबाट मुक्त हुनका लागि यत्न गर्छन् उनीहरुले सम्पूर्ण कर्म, सम्पूर्ण अध्यात्म र ब्रह्मलाई जान्दछन् ।
साभिधूताधिदैवं मां साधियज्ञं च ये विदुः ।
प्रयाणकाले द्रपि च मां ते विदुर्युक्त चेतसः ।।३०
जुन मानिस अधिभूतसहति अधिदैव तथा अधियज्ञसहित मलाई प्रयाणकालमा पनि जान्दछन् उनी युक्त चेतना भएका मानिसले मलाई नै जान्दछन् । अर्थात् प्राप्त हुन्छन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानविज्ञानयोगो नाम सप्तमोद्रध्यायः ।।ठूलो अक्षर