श्रीमद्भगवद्गीता षोडश अध्याय

श्रीभगवानुवाच

सम्पादन गर्नुहोस्


अभयं सत्त्वसंशुद्धिज्र्ञानयोगव्यवस्थितः ।

दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ।।१।।

अभय, सत्त्व संशुद्धि, ज्ञान र योगमा स्थिति, दान, इन्द्रियदमन, यज्ञ, स्वाध्याय, तप, र आर्जवता,... ।
अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।

दया भूतष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलनम् ।। २।।

अहिंसा, सत्य, अक्रोध, त्याग, शान्ति, कसैको निन्दा नगर्नु, सबै प्राणीमा दया राख्नु, अलोलुपता, कोमलता, विनम्रता, अचपलता,... ।


तेजः क्षमा धृति शौचमद्रोहो नातिमानिता ।

भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ।।३।।


तेज, क्षमा, धृति, शुद्धता, अद्रोह, आफूलाई पूज्यको अभिमानको अभाव, यी दैवी सम्पदाका लक्षण हुन् ।


दम्भो दर्पोsभिमानश्च क्रोधः पारुष्यमेव च ।

अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरिम् ।।४।।

दम्भ, दर्प, अभिमान, क्रोध, रुखोपन, अज्ञान यी यस्ता गुण हुन जुन आसुरी सम्पदा लिएर जन्मिएका मानिसका लक्षण हुन् ।


दैवी सम्पद्विमोक्षाय निबन्धायासुरी मता ।

मा शुचः सम्पदं दैवीमभिजातो द्रसि पाण्डव ।।५।।

दैवी सम्पदा मुक्तिकारी र आसुरी सम्पदा बन्धनकारी मानिन्छ । त्यसैले हे पाण्डव, चिन्ता नगर, (किनभने तिमीले) दैवी सम्पदा लिएर जन्मिएका छौ ।
द्वौ भूतसर्गौ लोकेsस्मिन्दैव आसुर एव च ।

दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे शृणु ।।६।।

हे पार्थ, यस लोकमा मानिस (भूतप्राणी) यी दुई प्रकारका हुन्छन् । दैवी प्रकृति र आसुरी प्रकृतिको । त्यसमा दैवी प्रकृतिलाई विस्तारपूर्वक भनियो । अब आसुरी पनि भन्छु सुन ।


प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।

न शौचं नापि चाचारो न सत्यं तुषु विद्यते ।।७।।

आसुरी स्वभावका मानिस प्रवृत्ति र निवृत्ति, पनि जान्दैनन् । तिनीहरुमा बाहरी भित्री शुद्धता पनि हुंदैन, न श्रेष्ठ आचरण छ तथा न सत्यभाषण नै छ ।


असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।

अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ।।८।।

ती आसुरी प्रवृत्तिकाले के भन्दछन् भने जगत् अप्रतिष्ठित (आश्रयरहित) र असत्य छ । बिना ईश्वर एक पछि अर्को गरी इच्छामात्रले (कामभावले) उत्पन्न भएको छ । अन्य के हो नत्र?
एतां दृष्टिमवष्टभ्य नष्टात्मानोsलपबुद्धयः ।

प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतो sहिताः ।।९।।

यस्तो दृष्टिकोण अवलम्बन गरेर जसको आत्मस्वभाव नष्ट भएको छ, जसको बुद्धि मन्द भएको छ, अहित र उग्र कर्मलाई उद्धत यस्ता जगतकाृ नाशका लागि मात्र हुन्छन् ।


काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः ।

मोहाद्गृहीत्वासद्ग्राहान्प्रवर्तन्तेsशुचिव्रताः।।१०।।

दम्भ, मान, मदले चुर (भरिएका), कामनाहरुको आश्रय लिएर मोह असत्य असत्य सिद्धान्त ग्रहण गरेर अशुचिव्रत धारण गर्दै व्यवहार गर्छन् ।
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिताः ।

कामोपभोगपरमा एतावदिति निश्चिताः।।११।।

कहिल्यै समाप्त नहुने (मृत्युपर्यन्त रहने) चिन्ताहरुको आश्रय लिने कामना र भोगलाई परमपुरुषार्थ ठान्ने र यति मात्र सुख छ भनी निश्चित गरेर बसेका हुन्छन् ।
आशापाशशतैर्बद्धा कामक्रोध परायणा ः।

कामभोगार्थमन्यायेनार्थ सञ्चयान् ।।१२।।

शयौं प्रकारका आशा पाशले बांधिएका काम क्रोध परायण, काम भोगका लागि अन्यायपूर्वक अर्थ सञ्चयको इच्छा (प्रयास) गरिरहन्छन् ।


इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम् ।

इदमसतीदमपि मे भविष्यति पुनर्धनम् ।।१३।।

मैले आज यो पाएं र अब यस मनोरथलाई पूरा गर्नेछु । मसंग यति धन छ, र फेरि भविष्यमा यति हुनेछ ।


असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि ।

ईश्वरोsहंमहं भोगी सिद्धोsहं बलावन्सुखी ।।१४।।

यो (बलियो) शत्रु चाहिं सिद्ध्याएं, अर्काथरी पनि सिद्ध्यादिनेछ, म ईश्वर (मालिक) हू“ । ऐश्वर्य भोग्छु, मैले चाहेको प्राप्त गरें, बलवानछु सुखी छु ।


आढ्यो sभिजनवानस्मि कोद्रन्योद्रस्ति सदृशो मया ।

यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता ः।।१५।।

अनेकचित्तविभ्रान्ता मोहजालसमावृतः।

प्रसक्ताः कामभोगेषु पतन्ति नरकेsशुचौ ।।१६।।

आढ्य (निकै धनी) , अभिजात (सातपुस्ते शुद्ध) हूं । म जस्तो अर्को को छ? मैले यज्ञ गर्छु, दान गर्छु, आमोद प्रमोद गर्छु, यस प्रकारका अज्ञानले मोहित रहन्छन् तथा अनेक प्रकारका भ्रमित चित्त मोहजालले घेरिएका र काम भोगमा आसक्त (असुर) महान् अपवित्र नरकमा खस्छन् ।
आत्मसम्भाविताः स्तब्धा धनमानमदान्विताः ।

यजन्ते नायज्ञस्ते दम्भेनाविधिपूवृकम् ।।१७।।

आफूलाई श्रेष्ठ ठान्ने (विनयरहित) ठड्यौरा, धन र मानले मत्त भएका नाममात्रका यज्ञद्वारा दम्भले अविधिपूर्वक यज्ञ गर्छन् ।


अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिताः ।

मामात्मपरदेहेषु प्रद्विष्यन्तेsभ्यसूयकाः ।।१८।।

अहंकार बल, दर्प, काम, क्रोधका आश्रित, र निकै असूयभाव राख्ने, आफ्नो र अर्काको शरीरमा स्थित् म (ईश्वर) लाई द्वेष गर्छन् ।
तानहं द्विषतः क्रूरान्संसारेषु नराधमान् ।
क्षिपाम्यजस्रशुभानासुरीष्वेव योनिषु ।।१९।।
यस्ता उनी द्वेष गर्ने, अशुभ आचरण गर्ने, क्रूर कर्म गर्ने, नराधमलाई मैले संसारमा लगातार आसुरी योनिमा नै खसाल्छु ।
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ।। २०।।
हे कौन्तेय, ती मूढजन मलाई प्राप्त गर्दैनन् र जन्मौंजन्म आसुरी जन्म प्राप्त भइरहन्छन् । अनि त्यसभन्दा पनि अधम गति प्राप्त गर्छन् ।
त्रिविधं नरकस्येदं द्वारे नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।। २१।।
काम, क्रोध, र लोभ यी तीन नरकका द्वार हुन् । यिनले आत्म (आफ्नो) नाश गराउंछन् । त्यसैले य तिनीलाई त्याग गर्नु पर्छ ।
एतैर्विमुक्तः कौन्तेय तमोद्वारैत्रिभिर्नरः ।
आचरत्यात्मनः श्रेयस्ततो याति परां गतिम् ।। २२।।
हे कौन्तेय, यी तीन नरकका द्वारबाट मुक्त पुरुष आआफ्नो कल्याणका लागि आचरण गर्छ, त्यसैले परम गति प्राप्त गर्छ ।
यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः ।
न स सिद्धमवाप्नोति न सुखं न परां गतिम् ।। २३।।
जसले शास्त्रविधिको त्याग गरेर आफ्नो मनोमानी आचरण गर्छ, त्यसले सिद्धि पनि प्राप्त गर्दैन्, र परम गति पनि परम गति प्राप्त गर्दैन । सुख पनि पाउंदैन ।
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कमृ कतुृमिहार्हसि ।। २४।।
त्यसैले तिमीलाई शास्त्र प्रमाण नै कर्तव्य र अकर्तव्यको व्यवस्था हो । यस्तो जानेर कर्मयोग शास्त्र नै गर्ने तिम्रो योग्यता हो ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे दैवासुसम्पद्विभागयोगोनाम षोडषोsध्यायः ।।