श्रीमद्भगवद्गीता षष्ठ अध्याय

श्रीभगवानुवाच सम्पादन गर्नुहोस्


अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स सन्न्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।१ ।।
भगवानले भन्नु हुन्छ कर्मफलको आश्रयरहित (कर्म गर्ने बेलामा कुनै कामना नराखी) जसले योग्य तरिकाले काम गर्छ, त्यो नै सन्न्यासी हो । केवल अग्निलाई त्याग गर्ने वा मात्र क्रियालाई त्याग्ने मानिस न सन्नयासी हो न योगी ।
यं सन्न्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसन्न्यस्तसङ्कल्पो योगी भवति कश्चन ।। २ ।।
हे पाण्डव, जसलाई सन्न्यास यस्तो भनिन्छ, त्यसैलाई तिमी योग जान । किनभने संकल्पहरुको त्याग नगरीकन कुनै पनि पुरुष योगी हु“दैन ।
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारुढस्य तस्यैव शमः कारणमुच्यते ।। ३ ।।
योगमा आरुढ हुन चाहने मननशील पुरुषको लागि योगको प्राप्तिमा कर्म गर्नु नै कारण हो र योगको अनुष्ठान गर्दा गर्दै जब त्यो परिणाम दिने अवस्थामा आउंछ त्यस योगारुढताको कारण सम्पूर्ण संकल्पनको त्याग कारण बन्दछ ।
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्व संकल्पसन्न्यासी योगारुढस्तदोच्यते ।।४ ।।
जुन समयमा मानिस इन्द्रिय भोगमा अथवा कमहरु कुनै पनि आसक्त हु“दैन, त्यस समयमा त्यस सन्न्यासीलाई बै संकल्पको अभाव हुन्छ, त्यही सन्न्यासी हो र त्यही योगारुढता हो ।
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।५ ।।
मानिसले आफैंले आफ्नो उद्धार गर्नु पर्छ । आफूलाई अधोगतिमा पुर्याउनु हुंदैन । आफू नै आफ्नो मित्र हो र आफैं नै आफ्नो शत्रु ।
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।। ६ ।।
त्यो आफ्नो मित्र हो जसले आफ्ना इन्द्रिय जितेको छ । जसले आफ्नो मन र इन्द्रिय जित्न सक्दैन, उही आफ्नो शत्रु हो ।
जितात्मानः प्रशान्तस्य परमात्मा समाहितः ।
शाीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ।।७ ।।
जाडो गर्मी, दुख सुख र मान अपमानमा जसको अन्तःकरणका वृत्तिहरु राम्ररी शान्त छन्, यस्तो स्वाधीन आत्मा भएको पुरषमा परमात्मा सदैव सम्यक रुपमा स्थित रहन्छ, कहिले पनि अलग हुंदैन ।
ज्ञानविज्ञानतृप्तात्मा कूटसथो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चन ।। ८ ।।
जसको अन्तःकरण ज्ञानविज्ञानबाट तृप्त छ, जसको स्थिति अचल, स्थिर र विकाररहित छ जसले इन्द्रियहरुलाई विशेषरुपबाट जितिसकेको छ, जसको दृष्टिमा मट्याङ्ग्रो, ढुंगा, र सुवर्ण एकसमान छ, त्यस्तो योगीलाई युक्त (भगवत्प्राप्त भनिन्छ ।
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ।।९ ।।
(यस्तो) मानिस सुहृद् (हृदयबाट सहायता गर्ने), मित्र, उदासीन, द्वेषी, बन्धुहरु, धर्मात्माहरु, तथा पापीहरुमा समान दृष्टि भएको योगयुक्त पुरुष अति श्रेष्ठ हो ।
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रह ः ।।१० ।।
(चित्तलाईवशमा राख्न प्रयत्नरत योगीले) मन, इन्द्रिय, र शरीरलाई वशमा राखेर, वासना, र संग्रहरहित भएर एकान्त स्थानमा एक्लै बसेर चित्तलाई (आत्मोपलब्धि गराउने) योग क्रियामा लगाओस् । (यस्तो योगीको आसन कस्तो हुनु पर्छ, यस बारे आउने श्लोकमा बताइएको छ) ।
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः ।
नात्युछि«तं नातिनीचं चैलाजिन कुशोत्तरम् ।।११।।
शुद्ध (पवित्र) स्थानमा कुश, मृगछाला, र वस्त्रलाई एउटामाथि अर्को मिलाएर राखेको आसन अग्लो, होंचो, (बिझाउने वा असजिलो) त्यससंगको जमीनभन्दा अलिकतिमात्र फरक धेरै अग्लो वा खाडल परेको नहोस्, आसन स्थिर होस् ।
तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः ।
उपविश्यासने युञ्ज्याद्योगमात्मविशद्धये ।।१२ ।।
त्यस आसनमा बसेर मनलाई एकाग्र गरेर चित्त र इन्द्रियहरुका क्रियालाई वशमा राख्दै
अन्तःकरणको शुद्धिका लागि योगाभ्यास गर्नु पर्छ ।
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकन ।। १३ ।।
शरीर, गर्दन र सिरलाई सीधा र अचल राखेर नाकको अग्रभागमा दृष्टि केन्द्रित गर्नु पर्छ दाया“ बाया“ हेर्ने चञ्चलता नहोस् ।
प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रतस्थितः ।
मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः ।। १४ ।।
ब्रह्मचर्य व्रतमा स्थित भएर भयरहित र राम्रो ढंगले शान्त अन्तःकरणको मनलाई संयत राख्दै मसंग लागेको चित्तले युक्त मेरो परायण भएर स्थित होउ ।
युञ्जन्नेवं सदात्मानं योगी नियतमानसः ।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छिति ।। १५
यस प्रकार आफूलाई निरन्तर त्यसै चिन्तनमा लगाउ“दै, संयत मन भएको योगी म भित्र स्थितिरुपी पराकाष्ठा भएको शान्तिलाई प्राप्त गर्दछ ।
नात्यश्नतस्तु योगोद्रस्ति न चैकान्तमनश्नतः ।
नचाति स्प्नशीलस्य जाग्रतो नैव चार्जुन ।। १६ ।।
हे अर्जुन, यस्तो योग धेरै खाने वा भोकै बस्ने, धेरै सुत्ने वा जागा रहने यस्तो कुनै पनि अति
गर्नेलाई सिद्ध ह“ुंदैन ।
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ।।१७
दुखको नाशक यस्तो योग उचित आहार विहार, कर्ममा उपयुक्त चेष्टा, र उचित शयन र जागरण गर्नेहरुको मात्र सिद्ध हुन्छ ।
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
निःस्पृह सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ।। १८।।
यस प्रकार योगको अभ्यासबाट विशेषरुपले वशमा गरिएको चित्त जुन समयमा परमात्मामा राम्ररी स्थिर हुनजान्छ, विलीन जस्तो हुन जान्छ, त्यस समयमा सम्पूर्ण कामनाहरुबाट रहित पुरुषलाई योगयुक्र भनिन्छ ।
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः ।। १९ ।।
जसरी निवात स्थानमा दीप (बत्ती) चलदैन । सोही उपमा परमात्माको योग (ध्यान) मा लागेका योगीका स्थिरचित्तको त्यही अवस्था भनिन्छ ।
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया ।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ।। २० ।।
योगको अभ्यासले निरुद्ध चित्त जुन अवस्थामा उपराम हुन्छ र जुन अवस्थामा (शुद्धबुद्धि भएपछि) आफूमा परमात्मा देख्छ र आफैंमा सन्तुष्ट हुन्छ–
सुखमात्यन्तिकं यत्तद्बुद्धिग्राहयमतीन्द्रियम् ।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः ।। २१ ।।
इन्द्रियहरुबाट अतीत बुद्धिग्राह्य (शुद्ध भएको सूक्ष्म बुद्धिबाट ग्राह्य) जो अनन्त छ, त्यसलाई जुन अवस्थामा अनुभव गर्छ, र जुन अवस्थामा स्थित यो योगी तत्त्वतः परमात्माको यथार्थरुपबाट) विचलित हुंदैन–
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः ।
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते ।। २२
जुन लाभ (प्रतिफल) प्राप्त गरेर त्यसभन्दा बढी अर्को केही छैन भन्ने मान्दछ अनि जुन अवस्थामा स्थित योगी ठूलै दुखले पनि विचलित हुंदैन–
तं विद्याद्दुःखसंयोगवियोगं योगसञ्ज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगाद्रनिर्विण्णचेतसा ।। २३ ।।
दुखरुप संसारको संयोगबाट अलग छ, जसलाई योग भनिन्छ त्यसलाई जान्नु पर्छ त्यो योगमा अनिर्विण्ण (दिक्क नमानेको) चित्तले निश्चयपूर्वक युक्त हुनुपर्दछ ।
संकल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानशेषतः ।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः ।। २४ ।।
संकल्प (मानसिक दृढता) को प्रभावले सबै कामनाहरुलाई अशेषरुपमा त्यागेर मनसा इन्द्रिय समुदायलाई सबैतिरबाट नियमित गराएर–
शनैः शनैरुपरमेद्बुद्धया धृतिगृहीतया ।
आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् ।। २५ ।।
विस्तारै विस्तारै उपरति प्राप्त गर्दै धैर्ययुक्त बुद्धिद्वारा मनलाई आत्मा(परमात्मा) मा स्थिर गरेर अरु केही पनि चिन्तन गर्नु हुंदैन ।
यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् ।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत् ।। २६
यो अस्थिरत मन जता जता विचलित हुन्छ त्यता त्यताबाट नियममा ल्याएर (हटाएर) आत्मा( परमात्मा) तिर वशमा ल्याउनु पर्छ ।
प्रशान्त मनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
उपैति शान्तरजसं ब्रह्मभूतकल्मषम् ।। २७
किनभने जसको मन राम्ररी शान्त भएको छ, जो कल्मष(पाप)रहित छ, जसको रजोगुण शान्त भएको छ, यस्ता ब्रह्मभूत योगीले उत्तम आनन्द प्राप्त गर्छ ।
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखने ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ।। २८
कल्मष समाप्त भएको योगीले यसरी सधैं आत्मालाई (परमात्मामा) युक्त गर्दै सुखपूर्वक ब्रह्मलाई स्पर्श गरेको अनन्त सुख प्राप्त गर्छ ।
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ।। २९
योगले युक्त र सर्वत्र समदर्शी योगीले आफूलाई सबै भूतप्राणीमा र सम्पूर्ण भूतप्राणीलाई आफूमा देख्दछ ।
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।। ३०
जसले मलाई सर्वत्र देख्छ र सबै भूतप्राणीलाई ममा देख्दछ, उसका लागि म नष्ट (अदृश्य) छैन र मेरालागि उ नष्ट (अदृश्य) छैन ।
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोद्रपि स योगी मयि वर्तते ।। ३१
जुन मानिसले एकत्वभावमा स्थित भएर सारा भूतप्राणीमा स्थित मलाई भजन गर्छ, त्यस योगीले सबै प्रकार व्यवहार गर्दागर्दै पनि मलाई व्यवहार गरेको हुन्छ ।
आत्मौपम्येन सर्वत्र समं पश्यति यो द्रर्जुन ।
सुखं वा यदि वा दुःखं स योगी परमो मतः ।। ३२
हे अर्जुन, जुन योगीले आफू जस्तै सबै भूतप्राणीलाई देख्छ र सुख वा दुखमा सम छ त्यो परम श्रेष्ठ हुन्छ ।

अर्जुन उवाच सम्पादन गर्नुहोस्


योsयं योगस्त्वया साम्येन मधुसूदन ।
एतस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम् ।। ३३
हे मधुसूदन, यो जुन योग तपाईंले समभावले बताउनु भयो । मन चञ्चल हुनाले मैले यसको निरन्तरको स्थिरतालाई देख्दिन ।
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।। ३४
किनभने हे कृष्ण, मन बडो चञ्चल छ, प्रमथन छ, दृढ छ, बलवान् छ, उसलाई वशमा (निग्रह) गर्नु वायुलाई बांध्नु जस्तै दुष्कर मान्दछु ।

श्रीभगवानुवाच सम्पादन गर्नुहोस्


असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ३५
हे महाबाहो, निःसन्देह, मन चलायमान छ, वशमा ल्याउन कठिन छ, तर हे कौन्तेय अभ्यास र वैराग्यले विस्तारै रत्याउन (पालतू बनाउन) सकिन्छ ।
असंयतात्मना योगो दुष्प्राप इति मे मतिः ।
वश्यात्मना तु यतता शक्योsवाप्तुमुपायतः ।।३६
असंयमीहरुका लागि भने योग दुष्प्राप्य छ । मन संयमीहरुका लागि यत्नद्वारा उपाय गरेर प्राप्त हुनु सहज छ । यस्तो मेरो मत छ ।

अर्जुन उवाच सम्पादन गर्नुहोस्


अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं कां गति कृष्ण गच्छति ।।३७
हे कृष्ण, जसले श्रद्धा गर्छ तर संयमी छैन, त्यसैले मन योगबाट विचलित हुन गएको छ,
यस्ताले योगको सिद्धि प्राप्त नगरेर कुन गति प्राप्त गर्छ ।
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ।। ३८
हे महाबाहो, कदाचित्, त्यो ब्रह्मको पथिक विमूढ र आश्रयरहित मानिस छिन्न भिन्न बादल झैं दुवैतिरबाट भ्रष्ट भएर नष्ट हुने त होइन ?
एतन्मे संशय. कृष्ण छेत्तुमर्हस्यशेषतः ।
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते ।।३९
हे कृष्ण, मेरो यस संशयलाई सम्पूर्ण रुपमा छेदन गर्नका लागि तपाईं नै योग्य हुनुहुन्छ । किनभने तपाईं बाहेक मेरो यो संशयलाई समाप्त गर्ने अर्को कोही हुनै सक्दैन ।

श्रीभगवानुवाच सम्पादन गर्नुहोस्


पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद्दुर्गतिं तात गच्छति ।। ४०
हे पार्थ, त्यसको न यस लोकमा विनाश छ, न परलोकमा । किनभने हे प्रिय (अर्जुन) कल्याणको काम गर्ने कुनै पनि मानिसले दुर्गति प्राप्त गर्दैन ।
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोद्रभिजायते ।। ४१
योगभ्रष्टमानिस पुण्यवान लोक प्राप्त गरेर धेरै समयसम्म त्यहां वास गरेर फेरि शुद्ध आचरणयुक्त श्रीमान्हरुका घरमा राम्ररी जन्म लिन्छ ।
अथवा योगिनामेव कुले भवति धीमताम् ।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ।। ४२
अथवा ज्ञानवान योगीका कुलमा नै कस्तो जन्म लिन्छ भने जुन जन्म लोकमा दुर्लभतर हुन्छ ।
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।। ४३
त्यहां पूर्वदेहको बुद्धिका संयोग (समत्व बुद्धिका संस्कार) सजिलै प्राप्त गर्छ । अनि हे कुरुनन्दन उसको प्रभावले फेरि योगको सिद्धिका लागि यत्न गर्छ ।
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोsपि सः ।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ।। ४४
त्यो (श्रेष्ठ घरमा जन्म लिने योगभ्रष्ट) अवश भएर पूर्वका अभ्यासले नै निःसन्देह (ईश्वरतर्फ) आकर्षित गरिन्छ । र समत्व बुद्धि रुप योगको जिज्ञासु पनि शब्द ब्रह्म (वेदमा भनिएका सकाम कर्म) उल्लंघन गरीदिन्छ ।
प्रयत्नाद्यतमानस्तु योगी संशुद्ध किल्विषः ।
अनेक जन्मसंसिद्धस्ततो याति परां गतिम् ।।४५
तर प्रयत्नपूवृक अभ्यास गर्ने योगी अनेक जन्मका संस्कारले यसै जन्ममा संसि भएर सम्पूर्ण
पापरहित भैकन त्यसपछि परमगतिलाई प्राप्त गर्छ ।
तपस्विभ्योsधिको योगी ज्ञानिभ्योsपि मतोsधिकः ।
कर्मिभ्यश्चाधिको योगी तसमाद्योगी भवार्जुन ।। ४६
योगी तपस्वीभन्दा श्रेष्ठ छ, (आत्म कल्याणका लागि प्रयासरत) ज्ञानीभन्दा श्रेष्ठ छ र सकाम कर्म गर्नेहरुभन्दा पनि श्रेष्ठ छ । त्यसैले हे अर्जुन तिमी योगी बन ।
योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ।। ४७
सबै योगीहरुमा पनि जुन श्रद्धावान् योगी ममा अन्तरात्माले लागेको छ, मेरो भजन गर्छ, त्यो योगी मलाई परम श्रेष्ठ मान्य छ ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे आत्मसंयमयोगो नाम षष्ठोsध्यायः ।।