श्रीमद्भगवद्गीता पञ्चम अध्याय

अर्जुन उवाच सम्पादन गर्नुहोस्


सन्न्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छ«ेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् ।।१
हे कृष्ण, कहिले कर्म सन्न्यासको र कहिले कर्मयोगको प्रशंसा गर्नु हुन्छ । यी दुईमध्ये कुनै एक त्यो भनीदिनु होस् जुन सुनिश्चित होस् ।

श्रीभगवानुवाच सम्पादन गर्नुहोस्


सन्न्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ ।
तयोस्तु कर्मसन्न्यासात्कर्मयोगो विशिष्यते ।। २
कर्मसन्न्यास र कर्मयोग दुवै कल्याणकारी छन् । तर यी दुईमध्ये कर्मसन्न्यासभन्दा कर्मयोग विशिष्ट छ ।
ज्ञेयः स नित्यसन्न्यासी यो नद्वेष्टि न काङ्क्षति ।
निद्र्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।३
हे महाबाहो, जुन पुरुष न द्वेष गर्छ न आशा गर्छ त्यस कर्मयोगीलाई कर्म सन्न्यासी नै जान्नु पर्छ किनभने निद्र्वन्द्व सुखपूर्वक बन्धनबाट मुक्त हुनजान्छ ।
साङ्ख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः ।
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम् ।।४
सांख्य (सन्न्यास) र कर्मयोगलाई केटाकेटीले पृथक देख्दछन् । पण्डितजनले होइन । यी मध्ये कुनै एकमा सम्यक् स्थितले दुवैको फल प्राप्त गर्छ ।
यत्साङ्ख्यै ः प्राप्यते स्थानं तद्योगैरपि गम्भयते ।
एकं साङ्ख्यं च योगं च यः पश्यति स पश्यति ।। ५
सांख्य (ज्ञानी) द्वारा जुन स्थान प्राप्त गरिन्छ, कर्मयोगी पनि सोही स्थानमा पुग्छ । जुन मानिस ज्ञानयोग र कर्मयोगलाई एउटै देख्छ त्यसैले यथार्थ देख्छ ।
सन्न्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
योगयुक्रो मुनिर्बह्म नचिरेणाधिगच्छति ।।६
तर हे महाबाहु, कमृयोग बिना सन्न्यास प्राप्त हुनु कठिन छ । योगयुक्त मुनिलाई शीघ्र नै ब्रह्म प्राप्त हुनजान्छ ।
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।७
जो मानिस जितेन्द्रिय छ, जो मानिसको मन आफ्नो वशमा छ र सम्पूर्ण भूतप्राणीको आत्मा अर्थात् परमात्मा नै जसको आत्मा छ यस्तो
कर्मयोगीले गर्दागर्दै पनि लिप्त हुंदैन अर्थात् गरेको ठहरिंदैन ।
नैव किञ्चित्करोमीति युक्तो मन्येत तत्त्ववित् ।
पश्यञ्शृण्वन्स्पर्शञ्जिघ्रन्नश्न्गच्छन्स्वपञ्स्वसन् ।
इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इति धारयन् ।।९
यस्तो तत्त्ववित् सांख्ययोगीले हेर्दा, सुन्दा, संघ्दै गर्दा, भोजन गर्दा, हिंड्दा, सुत्दा, सांसफेर्दा, बोल्दा, त्याग गर्दा, ग्रहण गर्दा, आंखा खोल्दा, वा बन्दगर्दा पनि सबै इन्द्रिय आआफ्ना अर्थमा व्यवहार गरिरहेका छन्, यसरी बुझेर नै कस्तो मान्यता गरोस् भने केह िपनि गरेको छैन ।
ब्रह्मण्याधाय कर्माणि संगं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।।१०
कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि ।
योगिनः कर्म कुर्वन्ति संगं त्यक्त्वात्मशुद्धये ।।११
कर्मयोगीले केवल इन्द्रिय, मन, बुद्धि, शरीरद्वारा पनि आसक्ति र घमण्डलाई त्यागेर आत्मशुद्धिका लागि कर्म गर्छन् ।
युक्तः कर्मफलत्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।
अयुक्तः कामकारेण फले सक्तो निबध्यते ।।१२
कर्मयोगीले कर्मको फल त्याग गरेर भगवत्प्रापित रुप शान्तिलाई प्राप्त गर्छ । अयुक्त (सकाम) मानिस कामनाको प्रेरणाले फलमा आसक्त भएर बन्धनमा पर्छ ।
सर्वकर्माणि मनसा सन्न्यस्यास्ते सुखं वशी ।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ।।१३
अन्तःकरणलाई वशमा राख्ने मानिस नौवटा द्वार भएको घरमा सबै कर्मलाई मनले त्यागेर सुखले बस्छ, न केही गर्छ र न गराउंछ । (गर्ने, गराउने बन्धनमा पर्छन्)
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः ।
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते ।। १४
परमात्माले कर्तृत्व र कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै स्वाभाविक रुपमा प्रवर्तन हुन्छ ।
नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः ।
अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ।। १५
विभु, परमेश्वरले कसैको पुण्य कर्म पन लिनुहुन्न र पापकर्म पनि । अज्ञानद्वारा ज्ञान ढाकिएकोले मानिसहरु मोहित भइरहेका छन् ।
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ।।१६
तर जसको त्यो अज्ञान आत्माको ज्ञानद्वारा नष्ट भएको छ, उनीहरुको त्यो ज्ञान सूर्यवत् त्यस परमपरमात्मालाई प्रकाशित गर्दछ ।
तद्बुद्धयस्तदात्मानस्तन्निषस्तत्परायणाः ।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषा ः ।।१७
जसको मन तद्रुप भएको छ, जसो बुद्धि तद्रुप भएको छ र जसको निष्ठा त्यसै (परमात्मा) मा छ, त्यसको परायण भएको मानिस ज्ञानद्वारा पाप रहति हुन गइ अपुनरावृत्ति अर्थात् परमगतिलाई प्राप्त गर्छ ।
विद्याविनयसम्पन्ने ब्राह्मणै गवि हस्तिनि ।
शुनि चैव स्वपाके च पण्डिता समदर्शिनः ।।१८
विद्या विनयले सम्पन्न ब्राह्मणमा, गाईमा, हात्तीमा, कुकुरमा र चण्डालमा समदर्शी हुनेलाई पण्डित (ज्ञानी) भनिन्छ ।
इहेव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
निर्दोषं हि समं ब्रह्म तस्माद्ब्रह्मणि ते स्थिताः ।।१९
जसको मन समभावमा स्थित छ उनीहरुले यस अवस्थामा नै सम्पूर्ण संसार जितेको छ (संसार मुक्त छन्) किनभने परब्रह्म निर्दोष सम छन् त्यसैले ब्रह्ममा स्थित छन् ।
न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद्ब्रहमणि स्थितः ।।२०
(इन्द्रियको) प्रियलाई प्राप्त गरेर हर्षित हु“दैन र अप्रियलाई प्राप्त गरेर उद्विग्न हु“दैन, स्थिरबुद्धि संशयरहित ब्रह्मवित् ब्रह्म (सच्चिदानन्दघन परब्रह्म परमात्मा) मा स्थित हुन्छ ।
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ।।२१
बाह्य विषयमा आसक्तिरहित अन्तःकरणको (साधक) आत्मामा स्थित जुन सुख छ त्यसलाई प्राप्त गर्छ । त्यो मानिस ब्रह्ममा युक्त भएकोले अक्षय आनन्दको अनुभव गर्छ ।
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।
आद्यन्तवन्त कौन्तेय न तेषु रमते बुधः ।।२२
बहिर्विषयका भोग दुखकारण छन् ठूला ।
आउने नाशिने यिनमा कुन विद्वान रमाउला ?
जुन इन्द्रिय संयोगको स्पर्शले प्रापत हुने भोग तिनीहरु नै दुखको कारण हो । त्यसैले आदि र अन्तवत् (अनित्य) छन् । हे कौन्तेय, बुद्धिमान पुरुष तिनीहरुमा रमाउंदैन ।
शक्नोतिहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।
कामक्रोधोद्भवं वेगं स युक्तः सुखी नरः ।। २३
जो मानिस यस शरीरको नाश हुनु अघि नै कामक्रोधले उत्पन्न वेगलाई सहन गर्न समर्थ हुन्छ, त्यो नै योगी हो र त्यो नै सुखी हो ।
योsद्न्तःसुखो द्रन्तरारामस्तथान्तज्र्योतिरेव यः ।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोद्रधिगच्छति ।। २४
जो मानिस अन्तरात्मामा नै सुखी छ, अन्तरात्मामै रमाउंछ तथा जो आत्मामा ज्योति (ज्ञान) वाला छ त्यो ब्रह्मभुत (ब्रह्मका साथ एकीभाव) भएको योगी (सांख्ययोगी)ले ब्रहम निर्वाण (परम शान्ति) प्राप्त गर्छ ।
लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषा ः ।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।। २५
जसका सबै पाप नष्ट भएका छन् , जसका सबै संशयहरु छिन्नभिन्न भएका छन्, जो सबै प्राणीको कल्याणमा लागिपरेको छ, जसले आफूलाई जितेको छ, यसतो ऋषि (ब्रह्मवेत्ता) ले ब्रह्म निर्वाण प्राप्त गर्छ ।
कामक्रोधवियुक्तानां यतीनां यतचेतसाम् ।
अभितो ब्रह्म निर्वाणं वर्तते विदितात्मनाम् ।। २६
कामक्रोधबाट मुक्त भउका स्थिर चित्त, आत्मसाक्षात्कार गरेका यति (वीतरागी, ज्ञानी) चारैतिर ब्रह्मनिर्वाणले परिपूर्ण हुन्छ ।
स्पर्शान्कृत्वा बहिर्बाह्यांचषुश्चैवान्तरे भु्रवौ ः ।
प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ।। २७
यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः ।
वितेच्छाभयक्रोधौ यः सदा मुक्त एव सः ।। २८
बाहिरका विषय भोगलाई बाहिरै निकालेर तथा नेत्रहरुको दृष्टि भृकुटीको मध्यमा स्थित गराएर नासिकामा विचरण गर्ने, प्राण र अपानवायुलाई सम गरेर जसले इन्द्रियालाई नियन्त्रणमा राखेको छ यस्तो मोक्षको आश्रय लिने मुनि (परमेश्वरको मात्र मनन गर्ने) जसका सबै इच्छा, भय, र क्रोध विगत (समाप्त) भएका छन् त्यो सदा मुक्त हुन्छ ।
भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् ।
सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति ।। २९
मलाई सबै यज्ञ र तपहरुलाई भोग्ने सबै लोकको महेश्वर तथा सबै भूत प्राणीहरुको सुहृद् (स्वार्थरहति दयालु, प्रेमी) तत्त्वले जानेर शान्तिमा पुग्छ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे कर्मसन्न्यासयोगो नाम पञ्चमो द्रध्यायः ।।