श्रीमद्भगवद्गीता पञ्चदश अध्याय
अध्याय १५
सम्पादन गर्नुहोस्पुरुषोत्तम योग
सम्पादन गर्नुहोस्श्रीभगवानुवाच
सम्पादन गर्नुहोस्
उर्ध्वमूलमधःसाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।
श्रीभगवानुवाच
सम्पादन गर्नुहोस्उर्ध्वमूलमधःसाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।१।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्श्रीभगवान् उवाच (श्रीभगवान्ले भन्नु भयो ) उर्ध्वमूलम् (जरा माथि आकाशतिर भएको) अधःसाखम् (हाँगा तल जमीनमा फैलिएको) अश्वत्थम् (पीपलको वृक्ष) प्राहुः (भनिन्छ) अव्ययम् (अविनाशी हो) यस्य (जसका) पर्णानि (पातहरु) छन्दांसि (वेद मन्त्र, प्रार्थना, ढाक्ने कुरा हो) तम् (त्यस वृक्षलाई) यः (जसले) वेद (जान्यो) स ः (त्यो) वेदवित् (वेदको तत्त्व जान्ने, ज्ञानी हो) ।
श्रीभगवान्ले भन्नु भयो – यो संसाररुपी पीपलको यस वृक्षको यस्तो वर्णन गरिएको छ यसका जरा आकाशमा छन्, हाँगाहरु तल अर्थात् मनुष्यलोकमा फैलिएका छन् । यो वृक्ष अविनाशी छ । छन्दहरु (वेदका मन्त्र) यसका पात छन् जसले यो ढाकिएको छ । यस अश्वत्थ वृक्षलाई जसले जान्यो त्यसलाई वेदको तत्त्व जान्ने भनिन्छ ।। १ ।।
व्याख्या
सम्पादन गर्नुहोस्यस संसारलाई उर्ध्वंमूल भएको वृक्ष भनिन्छ । सबभन्दा माथि ब्रह्म छ । यो यस संसार वृक्षको मूल हो । अव्यक्त मूलबाट उत्पन्न, बुद्धि रुपको प्रमख शाखा भएको र इन्द्रियरुपी कोटर भएको यस वृक्षका महाभूतरुपी हाँगाबिँगा, विषयरुपी पात, धर्म–अधर्म रुपी फूल भएको र सुख–दुख रुपी फल लागेका हुन्छन् । यो सनातन वृक्ष सबै प्राणीको आश्रय स्थल हो । यही ब्रह्मवन हो । यसैमा अविनाशी ब्रह्म सधैं वास गर्छ । सर्वोच्च भएकोले त्यो ब्रह्म नै उत्तम पुरुष हो । पुरुषोत्तम योगको संकेत यस उल्टो गति अर्थात् जरा पहिल्याउनु तर्फ छ ।
श्वसको अर्थ हुन्छ साँस लिनु । त्यसैले पीपललाई अश्वत्थ भनिन्छ । जसले गर्दा जीवन छ। श्वसको एउटा अर्थ हो– जुन कुरा छ र अश्वत्थको अर्थ हो जन आजको जस्तो भोलि छैन। भोलि नहुन पनि सक्छ । मानव शरीर अश्वत्थ नै हो ।
सांख्य शास्त्रमा अपरा र परा प्रकृतिलाई संसारको विस्तार बताइएको छ भने
योगशास्त्रमा यसैलाई पुरुष र प्रकृतिको विस्तार भनिएको छ ।
यथा पिण्डे तथा ब्रह्माण्डेको दर्शन अनुसार सृष्टि आन्तरिक स्वरुपको विस्तार हो । मानिसको मूल भनेको मस्तिष्क हो । गर्भमा सर्वप्रथम मस्तिष्क बन्छ अनि क्रमशः हात गोडा इत्यादि। यसको विस्तार नै हात, खुट्टा, पेट इत्यादि हो । यो मानव शरीर उल्टो स्वरुपमा नै गतिमान छ । त्यसैले मानव देहलाई क्षेत्र मानेर यसलाई व्यष्टि रुपमा उल्टो अश्वत्थ वृक्ष मान्न सकिन्छ, जसको जरा माथि र फेद तल छ । शरीरलाई सृष्टि विस्तारको रुपमा अध्याय १३ मा वर्णन गरिएको छ । अध्याय १४ मा ब्रह्माण्डलाई परमात्मा रुपी बीजबाट सृष्टि विस्तार कसरी हुन्छ सो कुराको वर्णन गरिएको छ ।
अब यस अध्यायमा उल्टो अश्वत्थ वृक्षसँग संसारको तुलना गर्नुको अर्थ के हो भने संसार ठीक त्यसै गरी ब्रह्मको प्रतिरुप हो जसरी पोखरीको डीलमा भएका वृक्षको छायाँ पोखरी भित्र देखिन्छ । गीताको संकेत के हो भने संसारको केन्द्र परमात्मा हो र यसको छायाँलाई हामीले वास्तविक स्वरुप मानेर भ्रमित भएका छौं । यस बाहेक उल्टो अश्वत्थ वृक्षको अरु केही अर्थ छैन । संसारलाई उल्टो भनिएको होइन, बरु यसको केन्द्र परमात्मा हो भन्न खोजिएको हो ।
यो संसार वृक्ष छन्दरुपी पातले ढाकिएको छ । छन्दको दुईवटा अर्थ हुन्छ मन्त्र र पात । वृक्षमा छन्द भनेको पात हो । वेदमा छन्द भनेको वेद मन्त्र हो । वेदका कर्मरुपी पातले यो संसार राम्ररी ढाकिएको छ । यस्तो वृक्षलाई जसले जान्यो त्यो मानिसलाई वास्तवमा वेदजान्ने भनिन्छ ।
चित्र १५.१ उल्टो अश्वत्थ वृक्ष
अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा,
गुणप्रवृद्धा विषय प्रवाला ।
अधश्च मूलान्यनुसन्ततानि,
कर्मानुबन्धीनि मनुष्यलोके ।।२।।
====पदच्छेद र शब्दार्थ–====
तस्य (त्यसका) शाखा (हाँगा) गुणप्रवृद्धा ः (तीनगुणहरुद्वारा राम्ररी बढाइएका) प्रसृताः (हाँगाबिँगा गर्दै अगाडि फैलिएका) अधः (तल) च (र) उर्ध्वं (माथि) विषय (रुप, रस आदि विषयहरु) प्रवाला (कलिला पालुवा) च (तथा) मनुष्य लोके (मनुष्यलोकमा) अधः (तल) कर्म अनुबन्धीनि (कर्मफल स्वरुपी) मूलानि (जराहरु) अनुसन्ततानि (एक पछि अर्को फैलिँदै गएका छन्) ।
त्यसका हाँगाहरु अगाडि राम्ररी फैलिंदै गएका छन् । ती हाँगाबिँगाहरु प्रकृतिका तीन गुण हुन् । यसबाट निस्केका कलिला पालुवा छन् । यी कोपिला भनेका रुप, रस आदि पाँच विषयहरु हुन् । (यी सबैको) कर्मफल रुपी यसका जरा हुन् जुन मनुष्यलोकमा भित्रैसम्म एक पछि अर्को गर्दै फैलिएका छन् ।। २ ।।
व्याख्या
सम्पादन गर्नुहोस्त्यस (संसार वृक्ष) का बढेका यी तीन गुणका पाँच विषयहरु कोपिला हुन् । यी सबैको संयोगको रुपमा जुन कर्म गरिन्छ, त्यसको फल यस मनुष्यलोकमा बलियो जरा बनेर गाडिएका छन् ।
पुरुषको उपस्थिति भए पछि प्रकृतिका तीनवटा गुण, सत्त्व, रजस् र तमस्को असन्तुलनले पाँच विषय उत्पन्न हुन्छन् । त्यसपछि पाँच विषय, त्यसका पाँच महाभूत, अनुभव गर्ने पाँच ज्ञानेन्द्रिय र सक्रिय गराउने पाँच कर्मेन्द्रिय उत्पन्न हुन्छन् । यसरी सृष्टिको विस्तार हुँदै जान्छ ।
सर्वप्रथम शब्द, स्पर्श, रुप, रस र गन्धको उत्पत्ति हुन्छ । जसबाट पाँच महाभूत बन्छन् । महाभूतको अर्थ हो मूल तत्त्व । उदाहरणका लागि महाभूतको रुपमा भूमि भनेको जमीन वा माटो होइन, भूमि तत्त्व हो । जसको विशेषता वा पहिचान गन्ध हो । जलको विशेषता रस हो । त्यसै गरी तेजको विशेषता रुप र आकाशको विशेषता शब्द हो ।
पाँच विषयलाई अनुभव गर्न पाँच ज्ञानेन्द्रिय र सक्रिय बनाउने पाँच कर्मेन्द्रिय उत्पत्ति हुन्छन्। शब्द उत्पन्न हुँदा महाभूत आकाश, ज्ञानेन्द्रिय कान र कर्मेन्द्रिय वाणीको उत्पत्ति हुन्छ । स्पर्श उत्पन्न हुँदा महाभूत वायु, ज्ञानेन्द्रिय छाला र कर्मेन्द्रिय हातको उत्पत्ति हुन्छ । रुप उत्पन्न हुँदा महाभूत तेज, ज्ञानेन्द्रिय आँखा र कर्मेन्द्रिय गोडा उत्पन्न हुन्छ । रस उत्पन्न हुँदा, जल, जिब्रो र जननेन्द्रिय उत्पन्न हुन्छन् । गन्ध उत्पन्न हुँदा पृथ्वी, नाक, र उत्सर्जन इन्द्रिय उत्पन्न हुन्छन् ।
पुरुष (साक्षी) | प्रकृति (तीन गुण) | ||
विषय | महाभूत | ज्ञानेन्द्रिय | कर्मेन्द्रिय |
शब्द | आकाश | कान | वाणी |
स्पर्श | वायु | छाला | हात |
रुप | तेज | आँखा | गोडा |
रस | जल | जिब्रो | जननेन्द्रिय |
गन्ध | पृथ्वी | नाक | मलेन्द्रिय |
संसार वृक्षको विस्तारलाई अर्को तरिकाले पनि व्याख्या गर्न सकिन्छ ।
यस संसारका दुई फल छन्– सुख र दुख ।
तीनवटा जरा हुन्छन्– १. सत्त्व, २. रज, ३. तम ।
फलका चार रस हुन्छन्– १.अर्थ, २. काम, ३. धर्म, ४. मोक्ष ।
यी सबै कुरा जान्ने पाँच साधन छन्– १. आँखा, २. कान, ३. छाला, ४. जिब्रो, र ५. नाक ।
यसका छ वटा परिवर्तन हुन्छन्– १. उत्पत्ति, २. अस्तित्व, ३. वृद्धि, ४. रुप परिवर्तन, ५. ह्रास, ६. विनाश ।
यस वृक्षको बोक्रामा सात कुराहरु छन्– १. अस्थि, २. मास, ३. मेद, ४. रक्त, ५. रस, ६. मज्जा, ७. वीर्य ।
यसका आठ शाखा छन्– १. भूमि, २. जल, ३. वायु, ४. तेज, ५. आकाश, ६. मन, ७. बुद्धि, ८. अहङ्कार ।
नौवटा द्वार छन्– आँखा २, कान २, नाक २, मुख १, मलेन्द्रिय १, जननेन्द्रिय १ ।
दशवटा पात छन्– १. प्राण, २. अपान, ३. व्यान, ४. उदान, ५. समान, ६. नाग, ७. कूर्म, ८. कृकल, ९. देवदत्त, १०. धनञ्जय।
यस वृक्षमा दुई पक्षी छन्– जीव र ईश्वर ।
नरुपमस्येह तथोपलभ्यते,
नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।
अश्वत्थमेनं सुविरुढमूल–
मसंगशस्त्रेण दृढेन छित्वा ।। ३।।
====पदच्छेद र शब्दार्थ–====
तथा (तर) इह (यसको) रुपम् (रुप) न उपलभ्यते (रुप उपलब्ध हुँदैन) न अन्तः (अन्त छैन) न च आदिः (आदि पनि छैन) न च सम्प्रतिष्ठा (आधार पनि छैन) सुविरुढ (बलियो, राम्ररी गाडिएको) मूलम् (जरा भएको) अस्य (यस) अश्वत्थम् एनम् (यस पीपलको वृक्षलाई) दृढेन (बलियो) असंगशस्त्रेण (अनासक्ति शस्त्रले) छित्वा (काट्नु पर्छ) ।
तर यस संसार वृक्षको स्वरुप त्यस्तो देख्न पाइन्न, जस्तो अघि भर्खर वर्णन गरिएको छ । यसको न आदि छ, न अन्त छ, न यसले कसैको आधार लिएको छ । राम्ररी गाडिएका जरा भएको यस अश्वत्थ वृक्षलाई अनासक्ति रुपी बलियो शस्त्रले काट्नु पर्छ ।। ३ ।।
ततः पदं तत्परिमार्गितव्यं,
यस्मिन्गता न निवर्तन्ति भूयः ।
तमेव चाद्यं पुरुषं प्रपद्ये,
यतः प्रवृत्ति प्रसृता पुराणी ।। ४ ।।
====पदच्छेद र शब्दार्थ–====
ततः (त्यस पछि) पदम् (परमपद) तत् (त्यस) परिमार्गितव्यंम् (खोजेर पत्ता लगाउनु पर्छ) यस्मिन् (जहाँ) गता ः (गएकाहरु) भूयः (फेरि) न निवर्तन्ति (फर्कंदैनन्) तम् एव (त्यही नै) यतः (जहाँबाट) पुराणी (प्राचीनतम) प्रवृत्ति ः (संसारको प्रवृत्ति) प्रसृता (सिर्जित भएको छ) च (तथा) आद्यम् (आदि) पुरुषम् (पुरुष) प्रपद्ये (शरणमा जान्छु) ।
अनि त्यस परमपदलाई खोजेर पत्ता लगाउनु पर्छ, जहाँ गएकाहरु फेरि फर्किंदैनन् । साथै के दृढ संकल्प गर्नु पर्छ भने सृष्टिको प्राचीनतम प्रवृत्ति जहाँबाट सिर्जना भएको छ, म त्यसै आदि पुरुष (सृष्टिकर्ता) को शरणमा जान्छु ।। ४ ।।
व्याख्या
सम्पादन गर्नुहोस्जसरी माथि वर्णन गरिएको छ, यस लोकमा त्यस्तो स्वरुप देख्न पाईंदैन । यसको आदि, अन्त केही पनि पाईंदैन, आधार स्थान पनि पाईंदैन । यसलाई बलियो जरा भएको यस अश्वत्थ वृक्षलाई वैराग्य रुपी बलियो शस्त्रले काट्नु पर्छ । जसले यस संसारवृक्षलाई जान्यो त्यो मानिस सजिलै अविनाशी परमपदमा पुग्छ । वैराग्यरुपी शस्त्र कसलाई प्राप्त हुन्छ ? जो मान अपमानभन्दा माथि उठेको छ । जसको मोह नष्ट भएको छ । जसका कामनाहरु पूर्णतया निवृत्त भएका छन् । जसले आसक्तिरुपी दोषलाई जितेको छ । जसले निरन्तर आफ्नो अध्ययन गरेको छ ।
पोखरीमा देखिने छाया होस वा वास्तविक रुख दुवैको मूल भने एउटै हुन्छ, त्यो मूल न पोखरीमा देखिन्छ न वास्तविक रुखमा देखिन्छ । यद्यपि यो मूलमा राम्ररी उभिएको छ तर त्यसको जरा देखिन्न । यसलाई देख्न, चिन्न विशेष योग्यता चाहिन्छ । यस सृष्टिको मूल परमेश्वर हुनुहुन्छ । उनको अधीनमा प्रकृतिले सत्त्व, रजस्, र तमस्द्वारा सृष्टि विस्तार गर्छ । जसमा मन, बुद्धि, अहंकार, तथा पाँच महाभूत छन् । ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, विषय आदि त्यसका हाँगाबिंगा, पात आदि हुन् । सुख दुख यसका फल हुन् ।
यस फैलावटले जगत् निर्माण हुन्छ । हुन त, यी प्रत्येक कुरामा ईश तत्त्व छ, तर यस फैलावटमा त्यसको पहिचान जटिल हुनजान्छ । त्यसैले ईश तत्त्वलाई चिन्नु छ भने यात्रा विपरीत दिशातर्फ हुनुपर्छ । पञ्चतत्त्व, ज्ञानेन्द्रिय, र कर्मेन्द्रियको यात्रा मन, बुद्धि, चित्त हुँदै ईशतत्त्वतर्फ लैजाने क्रियालाई गीतामा योग भनिएको हो ।
निर्मानमोहा जितसंगदोषा,
अध्यात्मनित्या विनिवृत्तकामाः ।
द्वन्द्वैर्विमुक्ताः सुखदुःखसञ्ज्ञै–
र्गच्छन्त्यमूढाः पदमव्ययं तत् ।। ५ ।।
====पदच्छेद र शब्दार्थ–====
निर्मान मोहा ः (मान र मोहरहित) संग दोषाः (आसक्तिरुपी दोषलाई) जित (जितेको) अध्यात्मनित्या ः (नित्य अध्यात्ममा लागेको) विनिवृत्तकामाः (कामनाहरु निवृत्त भएका) सुखदुःखसञ्ज्ञैः (सुख दुखका) द्वन्द्वै ः विमुक्ताः (द्वन्द्वहरुबाट मुक्त) अमूढा (ज्ञानीवान् मानिसहरु) तत् (त्यस) अव्ययम् (अव्यय) पदम् (परमपदमा) गच्छन्ति (जान्छन्) ।
जो मान र मोहले रहित भएका छन्, जसले आसक्तिरुपी दोषलाई जितेका छन्, जो नित्य स्थिर भएर अध्यात्ममा लागेका छन्, जसका कामनाहरु पूर्णतया निवृत्त भएका छन्, जो सुख दुखका द्वन्द्वहरु मुक्त छन्, ती ज्ञानवान् मानिसहरु त्यस अविनाशी परमपदमा पुग्छन् ।। ५ ।।
व्याख्या
सम्पादन गर्नुहोस्यस वृक्षको सर्वोच्च स्थान (अर्थात् केन्द्र) मा पुग्नु भनेको नै मूलमा वा परमपदमा पुग्नु हो। त्यहाँ पुग्ने विधि यस श्लोकमा संक्षेमा बताइएको छ । त्यहाँ पुग्न अहङ्कार र मोहबाट पार पाउनु पर्छ । सबै कुराको आसक्ति परित्याग गर्नु पर्छ । कामनाहरुबाट पूर्ण निवृत्त प्राप्त गर्नु पर्छ । यति गरिसकेपछि अर्को कुरा हो नित्य निरन्तर आफ्नो स्वरुपको चिन्तन गर्नु । यसरी त्यस परमपदमा पुग्न सकिन्छ । त्यस पदमा पुग्नु भनेको अविनाशी पद प्राप्त गर्नु हो ।
न तद्भासयते सूर्यो न शशांको न पावकः।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम ।। ६ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्तत् (त्यसलाई) न सूर्यः (न सूर्य) न शशांकः (न चन्द्रमाले) न पावकः (न अग्निले) भासयते (प्रकाशित गर्न सक्छ) यत् गत्वा (जुन पदमा गएर) न निवर्तन्ते (फर्केर आउँदैन) तत् (त्यो) मम (मेरो) परमंधामम् (परमधाम हो) ।
जहाँ पुगेर फेरि फर्केर आउनु पर्दैन, त्यसलाई सूर्य, चन्द्र वा अग्निले प्रकाशित गर्न सक्दैन, त्यही मेरो परमधाम हो ।। ६ ।।
व्याख्या
सम्पादन गर्नुहोस्परमधाम कस्तो छ भने त्यहाँ सूर्य, चन्द्रमा, अग्नि वा अन्य कुनै प्रकाश हुँदैन । त्यहाँ पुगेपछि फेरि पुनर्जन्म लिनु पर्दैन ।
जब अन्तरिक्ष यात्रीहरु आकाशमा गए उनीहरुले भनेका छन् अन्तरिक्षको प्रकाश अनौठो छ। प्रकाश छ तर अर्कै । भित्रको अन्तरिक्षको बारेमा पनि यही कुरा लागू हुन्छ । आन्तरिक ईश्वरीय प्रकाशको बारेमा बताउने मानिसहरुले एउटै कुरा बताएका छन् त्यस प्रकाशको बारेमा बताउन सकिंदैन ।
सृष्टिको ज्यादै प्रारम्भमा जब सूर्य, चन्द्र, ताराहरु थिएनन्, त्यस बेला ब्रह्माण्डमा न अन्धकार थियो न प्रकाश थियो । त्यस बेला कसले प्रकाश दिएको थियो ? यस बारेमा खगोल विज्ञानसंग कुनै सही उत्तर छैन । गीताले भन्छ, त्यस बेला जसले प्रकाश दियो त्यही परमात्मा हो । त्यस बेला जस्तो प्रकाश थियो त्यही परमधामको उज्यालो हो ।
ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।। ७ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्जीवलोके (जीवलोक, शरीरमा) मम एव (मेरो नै) अंशः (अंश) सनातनः जीवभूतः (सनातन जीव, आत्माको रुपमा) प्रकृतिस्थानि (प्रकृतिमा रहने) मनः षष्ठानि इन्द्रियाणि (मन सहित पाँच इन्द्रिय गरेर यी छलाई) कर्षति (आकर्षित गरेर राख्छ, खिचेर राख्छ) ।
जीवलोक (शरीर) मा यो सनातन जीवभूत (आत्मा) मेरो नै अंश हो । यसले प्रकृतिमा स्थित मन र पाँच इन्द्रिय यी छलाई खिचेर आफूसँग राख्छ ।। ७ ।।
शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः ।
गृहीत्वैतानि संयाति वायुर्गन्धानिवाशयात् ।। ८ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्वायुः (वायुले) आशयात् (बगैंचा आदि गन्धको स्थानबाट) यत् (जुन) गन्धान् (गन्ध) इव (त्यसै गरी) ईश्वरः (ईश्वर, सनातन जीव, जीवात्मा) उत्क्रामति (निस्केर जाँदा) शरीरम् (स्थूल शरीरबाट) यत् च (अनि जुन) अवाप्नोति (अर्को शरीर प्राप्त गर्छ) एतानि (त्यसका मन र इन्द्रियलाई) गृहीत्वा (ग्रहण गरेर, लिएर) वा (अथवा) अपि (पनि) संयाति (लिएर जान्छ) ।
बगैंचाका फूल आदि गन्धको स्थानबाट वायुले जसरी गन्ध लिएर जान्छ, त्यसै गरी ईश्वर अर्थात् जीवात्माले स्थूल शरीरबाट निस्केर जाँदा त्यसको मन र पाँच इन्द्रियहरुलाई साथमा लिएर अर्काे स्थूल शरीरमा प्रवेश गर्छ ।।८।।
श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च ।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते ।।९ ।।
====पदच्छेद र शब्दार्थ–====
अयम् (यसले) श्रोत्रम् (कान) चक्षुः (आँखा) स्पर्शनम् (छला) च रसनम् (तथा जिब्रो) घ्राणम् (नाक) एव च (अनि) अधिष्ठाय (आश्रय गरेर) मनः (मन) च (तथा) विषयान् (विषयहरु) उपसेवते (भोग गर्छ) ।
यस जीवात्माले कान, आँखा, छाला, जिब्रो, नाक, र मनको आश्रय लिएर पाँचविषयहरुको भोग गर्छ ।। ९ ।।
उत्क्रामन्तं वापि भुञ्जानं वा गुणान्वितम् ।
विमूढा नानुपशयन्ति पश्यन्ति ज्ञानचक्षुषः ।। १० ।।
====पदच्छेद र शब्दार्थ–====
उत्क्रामन्तं (निस्केर जाने) वा (अथवा) अपि (पनि) गुणान्वितम् (तीन गुणलेयुक्त) भुञ्जानम् (विषय भोग गर्दै) वा (अथवा) विमूढा (मूर्ख) न अनुपश्यन्ति (देख्दैनन्, जान्दैनन्) ज्ञान चक्षुषः (ज्ञानरुपी आँखाले) पश्यन्ति (देख्छन्, जान्दछन्) ।
शरीर छोडेर जानेको वा शरीरमा स्थित वा तीन गुणले युक्त भएर विषयहरुको भोग गर्ने यस जीवलाई अज्ञानी मानिसहरुले जान्दैनन् केवल ज्ञानरुपी आँखाले विचार गर्ने ज्ञानीहरुले मात्र उसलाई चिन्न सक्छन् ।।१०।।
व्याख्या
सम्पादन गर्नुहोस्जीवलोक (शरीर) मा यो सनातन जीव अर्थात् जीवात्मा मेरो नै अंश हो । प्रकृतिमा स्थित मनसहित पाँंच इन्द्रिय गरेर यी छलाई यस सनातन जीवले आकर्षित गरेर आफूसँग राख्छ। अनि जब जीवात्मा एउटा स्थूल शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ, उसले आफूसँग त्यस शरीरको मन र त्यसको सूक्ष्म शरीर अर्थात् इन्द्रियहरु गरी छवटा कुराहरु त्यसै गरी साथमा लिएर जान्छ, जसरी फूल आदि भएको स्थानबाट हावाले त्यहाँको बासनालाई लिएर गएको हुन्छ ।
वास्तवमा स्थूल शरीर पनि पूर्णतः नष्ट हुन वर्षौं लाग्न सक्छ । मानिसको मृत्यु भइसकेपछि तत्काल श्वास प्रश्वास बन्द हुन्छ । पन्ध्र मिनेट पछि शरीर पहेंलो देखिन थाल्छ । एक घण्टासम्म शरीर तातो रहन्छ र भित्रसम्म पूरै शरीर चिसो हुन लगभग २४ घण्टा लाग्छ । विस्तारै शरीरको रगत थिग्रन थाल्छ । चौबीस घण्टा पछि कुहिन सुरु हुन्छ । यो केही दिन रहन्छ । केही महिना पछि हड्डीहरु कुहिन थाल्छन् तर सबै हड्डी कुहिन वर्षौ लाग्न सक्छ।
इन्द्रिय र मन सूक्ष्म हुन्छन् त्यसैले यिनको शक्ति स्थूल शरीरभन्दा कैयौं गुना बढी हुन्छ । मृत्युपछिको जीवनका बारेमा संसारका सबै संस्कृतिहरुले आआफ्नो मान्यता अन्सार चिन्तन गरेका छन् र स्वीकार गरेका छन् ।
गीताको श्लोकमा के स्पष्ट गरिएको छ भने शरीर मर्दा इन्द्रियसंग सम्बन्धित आशा र तृष्णा मर्दैनन् । माया पनि मर्दैन र मन पनि मर्दैन । कबीरले भन्छन्–
माया मरी न मन मरा मर मर गया शरीर ।
आशा तृष्णा नमरी यह कह गया शरीर ।।
योगवाणीमा भनिएको छ–
चटक जस्ता संसारमा सपना जस्ता खेल
प्राणीहरुका हृदयमा तृष्णाको छ भेल
मानिसको स्थूल शरीर मर्दा पनि सूक्ष्म शरीर मर्दैन । सूक्ष्म शरीरमा भएका भाव र कृत्य यी अर्को शरीरमा प्रवेश गर्छन् यस कुरालाई केवल ज्ञानको आँखाले मात्र जान्न सकिन्छ ।
यही कुरा आउने श्लोकमा स्पष्ट गरिएको छ ।
यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम् ।
यतन्तोऽप्यकृतात्मानो नैनं पश्यन्तयचेतसः ।। ११ ।।
====पदच्छेद र शब्दार्थ–====
यतन्तः योगिनः (प्रयत्न गर्ने योगी) च (पनि) एनम् (यसलाई) आत्मनि एव स्थितम् ( आफूमा अवस्थित) पश्यन्ति (जान्दछन्) अचेतस ः (अविवेकी) यतन्तः (प्रयत्न गर्दा) अपि (पनि) अकृत आत्मानः (अशुद्ध चित्त, असंस्कारी मन र बुद्धि) एनम् (यसलाई) न पश्यन्ति (देख्दैनन्) ।
यसलाई प्रयत्न गर्ने योगीले आफूभित्र अवस्थित यस (सनातन जीवभूत) लाई जान्दछन् तथा आफूलाई शुद्ध नपारेकाले अज्ञानीले जति प्रयत्न गरे पनि देख्दैन ।। ११ ।।
यदादित्यगतं तेजो जगद्भासयतेऽखिलम् ।
यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम् ।। १२ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्यत् (जुन) आदित्यगतम् (सूर्यमा स्थित) तेजः (तेज) अखिलम् (सम्पूर्ण) जगत् (जगत्लाई) भासयते (प्रकाशित गर्छ) यत् (जुन) चन्द्रमसि (चन्द्रमामा छ) यत च (तथा जुन) अग्नौ (अग्निमा पनि छ) तत् (त्यो) तेजः (तेज) मामकम् (मेरो हो भनी) विद्धि (जान) ।
जुन तेज सूर्यमा रहेर सम्पूर्ण जगतलाई प्रकाशित गर्छ तथा जुन तेज चन्द्रमा र अग्निमा पनि छ, त्यो सब मेरो तेज हो भनेर बुझ ।। १२ ।।
व्याख्या
सम्पादन गर्नुहोस्यत्न गर्ने योगीले यस कुरालाई आफू भित्र छ भनी जान्दछन् । कुन कुरालाई ? जुन कुराले सम्पूर्ण जगत्लाई प्रकाशित गरेको छ, त्यसलाई । तर जो योगी छैन, अर्थात् जसले आफ्नो बुद्धिलाई संस्कार गरेको छैन त्यसले जति प्रयत्न गरे पनि देख्न सक्दैन । त्यसैले ईश्वर जान्न प्रयत्न गरेर मात्र हुँदैन आन्तरिक शुद्धता पनि चाहिन्छ ।
गामाविश्य च भूतानि धारयाम्हमोजसा ।
पुष्णामि चौषधीः सर्वाः सोमो भूत्वा रसात्मकः ।। १३ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्च (तथा) गाम् (पृथ्वीमा) आविश्य (प्रवेश गरेर) अहम् (मैले) ओजसा (तेजले) भूतानि (प्राणीहरु) धारयामि (धारण गर्छु) च (अनि) रसात्मक ः (रसयुक्त) सोम ः (चन्द्रमा) भूत्वा (भएर) सर्वाः (सबै) औषधीः (अन्न, वनस्पति आदिलाई) पुष्णामि (पोषण गर्छु, बढाउँछु) ।
त्यसै गरी मैले पृथ्वीमा प्रवेश गरेर आफ्नो तेजले सबै प्राणीलाई धारण गर्छु अनि रसयुक्त चन्द्रमा बनेर सबै अन्न र वनस्पतिलाई मैले नै पोषण दिन्छु ।। १३ ।।
अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।
प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् ।।१४।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्अहम् (म) वैश्वानरः (वैश्वानर) भूत्वा (बनेर) प्राणिनाम् (प्रााण्ीहरुका) देहम् (शरीरमा) आश्रितः (आश्रय लिएर, बसेर) प्राण अपान समायुक्तः (प्राण र अपान वायुले युक्त भएर) चतुर्विधम् (चार प्रकारका) अन्नम् (अन्न) पचामि (पचाउँछु) । म वैश्वानर नामको अग्नि बनेर प्राणीहरुको देहमा बस्छु तथा प्राण र अपानवायु युक्त भएर चार प्रकारका अन्न पचाउने काम गर्छु ।। १४ ।।
व्याख्या
सम्पादन गर्नुहोस्सूर्यमा अवस्थित जुन तेजले सम्पूर्ण जगतलाई प्रकाशित गर्छ र जुन तेज चन्द्रमा, अग्निमा स्थित छ, त्यो ईश्वरको तेज हो भनेर बुझ्नु पर्छ । ईश्वरको त्यही शक्तिले माटोको अस्तित्त्व रक्षा गर्दछ अनि त्यसको उर्वरा शक्तिले अमृत रसरुपमा सबै अन्न, वनस्पतिलाई पोष दिन्छु । आधुनिक विज्ञानले सूर्यको तेजबाट बिरुवाले अन्न बनाउँछ भन्ने माने जस्तै यहाँ चन्द्रमाको प्रकाशबाट त्यो शक्ति अन्नमा प्रवेश गर्छ भन्ने मानिएको छ । अन्न र बिरुवाहरुमा हुने यस जीवनी शक्तिलाइ सोम भनिन्छ । जुन शक्तिले प्राणीको शरीरमा रहेर अन्न पचाएर शरीरका लागि योग्य बनाउँछ, त्यसलाई वैश्वानर अग्नि भनिन्छ । यस वैश्वानरले प्राणीहरुको देहमा स्थित प्राण र अपानवायुको सहयोगले चार प्रकारका अन्न पचाउँछ ।
अद भक्षणे धातुबाट अन्न बनेको छ । जुन कुरा आहारको रुपमा ग्रहण गरिन्छ, त्यो अन्न हो । आयुर्वेदमा आहार चार प्रकारको मानिएको छ– भोज्य– चपाउने जस्तै भातरोटी, चोस्य– चुस्ने जस्तै उखु, लेह्य–चाट्ने जस्तै चटनी, र पेय– पिउने जस्तै पानी । यी सबै कुराको स्वाद र पाच्य शक्ति जहाँबाट प्राप्त हुन्छ त्यो ईश्वरीय शक्ति हो ।
मानिसको भोजन नै उसको शक्ति हो । तर भोजन केवल त्यसबेला शक्तिमा रुपान्तरण हुन्छ जब त्यो राम्ररी पचाउन सकिन्छ । भोजनको पाचन क्रिया मुखमा राख्नु अघि नै सुरु हुन्छ। भोजन देख्ना साथ मुखमा रस उत्पन्न भयो भने त्यो पचाउन सजिलो हुन्छ । त्यसलाई हातले नरम बनाई दाँतले धूलो बनाए पछि जिब्रोले त्यसमा र्याल मिसाउँछ अनि भोजन नली भएर आमाशयमा पुर्याउँछ, त्यहाँ आन्द्राहरुले त्यसबाट जीवनीशक्ति शरीरमा सोसेर भोजन पचाउँछन् ।
भोजनमा उचित स्वाद लिनु, भोजनबाट जीवनी शक्ति लिएर शरीरलाई दिनु तथा अवशेष शरीरबाहिर फाल्नु यति काम पाचन क्रिया अन्तर्गत पर्दछन् । भोजनको अवशेष शरीर बाहिर निकाल्नु पनि पाचनको अङ्ग हो ।
कौटिलीय अर्थशास्त्रमा कर्मचारी छनौट गर्दा उसका अनेक गुणका साथै शील, बल र आरोग्यलाई पनि आवश्यक योग्यता मानिएको छ । बल र आरोग्य निश्चित रुपमा पाचन शक्तिमा भर पर्छ । पचाउने शक्तिले मानिसको कार्यक्षमता कतिसम्म प्रभावित हुनसक्छ, त्यसको उदाहरण वि.सं.२०४७ सालमा भएको एउटा घटना हो, जुन बेला गणेशमान सिंहले नेपालको प्रधानमन्त्री पद अस्वीकार गर्दै पाचन समस्या नै त्यसको प्रमुख कारक बताएका थिए ।
सर्वस्य चाहं हृदि सन्निविष्टो,
मत्तः स्मृतिर्ज्ञानमपोहनं च ।
वेदैश्च सर्वैरहमेव वेद्यो,
वेदान्तकृतवेदविदेव चाहम् ।।१५ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्च (तथा) अहम् (म) सर्वस्य (नै सबै प्राणीहरुको) हृदि (हृदयमा) सन्निविष्टः (सन्निहित छु, निवास गर्छु) मत्तः (मबाट नै) स्मृतिः (स्मरण) ज्ञानम् (ज्ञान) अपोहनम् च (बिर्सने काम, अपोहन) च (तथा) वेदैः (वेदद्वारा) सर्वैः (सबै) अहम् एव (म नै) वेद्यः (जान्ने योग्य) वेदान्तकृत (वेदान्त बनाउने) वेदवित् (वेदको अर्थ जान्ने) एव च अहम् (म नै हूँ)।
तथा म नै सबै प्राणीहरुको हृदयमा निवास गर्छु । स्मरण, र ज्ञान मात्र होइन विस्मरण पनि मबाट नै हुन्छ । त्यसै गरी वेदद्वाराजान्ने योग्य मात्र होइन वेदान्त बनाउने तथा वेदजान्ने पनि म नै हूँ ।।१५।।
व्याख्या
सम्पादन गर्नुहोस्म नै सबै प्राणीहरुको हृदयमा छू । संनिहितको अर्थ हो सुरक्षित रुपमा रहेको । सबैको भित्र निवास गरेर स्मरणमा राख्ने, ज्ञान दिने, र अपोहन गर्ने पनि म नै हूँ । अपोहन ऊहन् को विपरीत क्रिया हो । ऊहको अर्थ हो विश्लेषण गर्नु, तर्क, वितर्क गर्नु । त्यसै गरी थाहा नभएको कुरा बोल्नुलाई तर्कशास्त्रमा ऊह भनिन्छ भने थाहा नभएको कुरा नबोल्नु अपोह हो । त्यसैले अपोहनको अर्थ हुन्छ मन र बुद्धिमा उत्पन्न भएका संशय, विपर्यय आदि दोषलाई विचारपूर्वक आन्तरिक तर्कबाट हटाउने अर्थात् काल्पनिक र अप्रासंगिक कुरा हटाउने र यथार्थ र जरुरी कुरा राख्ने । त्यसैले यो एक विशिष्ट तर्क शक्ति पनि हो । शारीरिक अपोहन (डायलिसिस) ले शरीर सफा गरे जस्तै मानसिक अपोहनले मनलाई शुद्ध, शान्त र स्थिरचित्त राख्छ ।
अनि सबै वेदहरुले जान्ने योग्य म हूँ । यति मात्र नभएर ती वेदलाई जान्ने पनि अर्थात् वेदवित् पनि म नै हूँ तथा वेदहरुको कर्ता, वेदान्तकर्ता पनि म हूँ ।
द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।
क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते ।।१६ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्लोके (संसारमा) इमौ (यी) द्वौ (दुई प्रकार) पुरुषौ (पुरुषहरु छन्) क्षरः च अक्षर एव च (क्षर अर्थात् नाशवान र अक्षर अर्थात् अविनाशी) क्षरः (नाशवान्) सर्वाणि भूतानि (सबै प्राणीको शरीर) कूटस्थः (भित्र स्थित अविकारी) अक्षर उच्यते (अक्षर भनिन्छ)।
यस संसारमा पुरुषका दुई प्रकारका छन् अर्थात् पुरुषका दुई स्वरुप छन् क्षर र अक्षर । नाशवान् प्राणीलाई क्षर भनिन्छ तर सबै प्राणी भित्र रहने अविकारीलाई अक्षर भनिन्छ ।।१६।।
व्याख्या
सम्पादन गर्नुहोस्पुरुषको स्वरुप दुई प्रकारको छ– नाशवान र अविनाशी । सबै भूतप्राणीहरुका शरीर नाशवान छन् तर तिनीहरु भित्र कूटस्थ रहेको निर्गुण, निराकार जीवात्मा (१२.३ र १५.१६) नै क्षेत्रज्ञ (१३.१) हो । यो अविनाशी मात्र छैन, कूट पनि छ । कूटको एउटा अर्थ हुन्छ पर्वत । जुन कुरा पर्वत झैं अटल छ, त्यो नै कूट हो । कूटको अर्को अर्थ हुन्छ आरनमा फलाम पिट्नका लागि राखिएको ठूलो फलाम, लिहिली । लिहिलीले सबै फलामलाई आकार दिन्छ तर स्वयं त्यसको स्वरुप अपरिवर्तित रहन्छ । अर्को शब्दमा ऊ अपरिवर्तित भएकैले अरुलाई आकार दिन सक्षम छ । परमात्माले पनि त्यस लिहिली जस्तै स्वयं अपरिविर्तित रहेर सृष्टिलाई अनन्त आकार दिनुहुन्छ । क्षर र अक्षरलाई जैन दर्शनमा जीव र अजीव भनेर सम्बोधन गरिएको छ ।
उत्तमः पुरुषस्त्वयन्यः परमात्मेत्युदाहृतः ।
यो लोकत्रयमाविश्य विभत्र्यव्यय ईश्वर ।। १७ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्तु (तर) उत्तमः पुरुषः (उत्तम पुरुष) अन्यः (अन्य छ) परमात्मा (परमात्मा) इति (यस प्रकार) उदाहृतः (भन्दछन्) यः (जुन)ः अव्यय (अविनाशी) ईश्वर (ईश्वर) लोकत्रयम् (तीन लोकमा) आविश्य (आविष्ट भएर) विभर्ति (धारण पोषण गर्छ) ।
तर उत्तम पुरुष यी दुवै क्षर, अक्षरभन्दा भिन्न छ, जुन अव्यय ईश्वर तीन लोकमा आविष्ट भएर सबैलाई धारण पोषण गर्छ ।। १७ ।।
यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः ।
अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः ।। १८ ।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्यस्मात् (यसबाट) अहम् (म) क्षरम् (क्षरबाट) अतीतः (अतीत, पर) अक्षरात् अपि (अविनाशीभन्दा पनि अतीत) च (तथा) उत्तमः (श्रेष्ठ हूँ) अतः (त्यसैले) लोके (संसारमा) च (तथा) वेदे (वेदमा) पुरुषोत्तमः (पुरुषोत्तम नामले) प्रथितः (प्रख्यात) अस्मि (छु) ।
म क्षरभन्दा पर, अक्षरभन्दा पनि परको उत्तम पुरुष हूँ । त्यसैले यस लोकमा र वेदमा पुरुषोत्तम नामले प्रसिद्ध भएको छू ।।१८।।
व्याख्या
क्षरको अर्थ हो नाशवान, र अक्षरको अर्थ हो अविनाशी । यी दुवैबाट परको जुन सर्वोच्च कुरा हो त्यसलाई अविनाशी परब्रह्म भनिन्छ । त्यसैले यहाँ उत्तम पुरुष भनिएको हो ।
संस्कृत र नेपाली व्याकरणमा थोरै अन्तर छ । नेपाली र अंग्रेजीमा म र हामीलाई प्रथम पुरुष भनिन्छ । यसै गरी नेपालीमा तिमी, तपाईंलाई मध्यम वा द्वितीय पुरुष तथा आफ्नो अगाडि नभएकोलाई जनाउने शब्द त्यो, ऊ, उनीहरुलाई संस्कृतमा प्रथम पुरुष तथा नेपाली र अंग्रेजीमा तृतीय पुरुष भनिन्छ ।
‘क्षर र अक्षर दुवैभन्दा पर म छु’ भनेर गीतामा तीन कुरालाई सृष्टि सञ्चालनको आधार बताइएको छ– क्षर, अक्षर र पुरुषोत्तम । यस्तै ट्रिनिटीको धारणा क्रिस्तानमा पनि पाइन्छ जसमा पिता, पुत्र तथा पवित्र आत्मा (होली स्प्रिट) यी तीनलाई ईश्वरको स्वरुप मानिएको छ ।
यस पुरुषोत्तमले तीनै लोकको धारण पोषण गर्छ, त्यसैले पुरुषोत्तम भनेको भगवान् विष्णुको नाम पनि हो । संस्कृत व्याकरणमा म, हामीलाई उत्तम पुरुष भनिन्छ । गीताको म नै त्यो परब्रह्म हो । त्यसैले त्यो उत्तम पुरुष पनि हो ।
हुन त, गीतामा परमात्मालाई ‘म’ शब्द प्रयोग गरिएको छ तर त्यो म भनेको व्याकरणको उत्तम पुरुष भए पनि ईश्वर म, तिमी र ऊ तीनवटै फरक हो अथवा अर्को शब्दमा ईश्वर ऊ पनि हो, तिमी पनि हो र म पनि हो । त्यसैलाई पुरुषोत्तम भनिएको हो । वास्तवमा सृष्टिमा जुन अविनाशी कुरा छ, त्यो मात्र ईश्वरीय शक्ति होइन, जुन नाशवान् छ, त्यो पनि ईश्वरीय शक्ति हो । एउटै शक्ति सर्वत्र छ ।
यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।
सर्वविद्भजति मां सर्वभावेन भारत ।।१९।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्भारत (हे भारत) यः (जसले) असम्मूढः (मोह त्याग गरी) माम् एवम् (मलाई नै) पुरुषोत्तमम् (पुरुषोत्तम) जानाति (जान्दछ) सर्ववित् (सर्वज्ञ भएर) सर्वभावेन (सबै प्रकारले) माम् (मलाई) भजति (भजन गर्छ) ।
हे भारत, यस प्रकार जुन मानिसले मोह त्याग गरी मलाई पुरुषोत्तम हो भनी जान्दछ उसले सर्वज्ञ भएर सबै प्रकारले निरन्तर म वासुदेवलाई भजन गर्छ ।। १९ ।।
व्याख्या
सम्पादन गर्नुहोस्जुन मानिसले मोहरहित भई परब्रह्म परमेश्वरलाई उत्तम पुरुष भनी जान्दछ ऊसर्वज्ञ हुनजान्छ, अनि उसले सबै प्रकारले निरन्तर त्यस ईश्वरलाई भजन गर्छ । वास्तवमा आफू (जीवात्मा) लाई राम्ररी नबुझीकन परमात्माको स्वरुप बुझ्न सकिँदैन । जीवात्माको स्वरुप बुझे पछि परमात्मालाई सजिलै चिन्न सकिन्छ । कुनै परममित्रको घरको ठेगाना जान्न चाहनेले पहिले आफ्नो ठेगाना जान्नु पर्छ । त्यसलाई राम्ररी बुझेपछि अनि मित्रको घरसम्म पुग्ने मार्ग निश्चित हुन्छ ।
मूल बिन्दुको आधारमा अन्य कुनै बिन्दुको स्थान निर्धारणको विधि देस् कार्तेस भन्ने गणितज्ञ र दार्शनिकले पत्ता लगाएका हुन् । आज त्यसलाई नियामक ज्यामिति भनिन्छ । एक्स र वाई दुई अक्षको ठीक बीचमा मूल बिन्दु निर्धारण गरे पछि कुनै पनि बिन्दुको स्थान सजिलो गरी थाहा हुन्छ । त्यसै गरी संसारको मूल ईश्वरलाई नजानिकन यस संसारलाई बुझिंदैन ।
इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।
एतद् बुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत ।।२०।।
पदच्छेद र शब्दार्थ–
सम्पादन गर्नुहोस्अनघ (हे निष्पाप) भारत ( भारत) इति (यस प्रकार) मया (मैले) इदम् (यो जुन) गुह्यतमम् (गुह्यतम) शास्त्रम् (शास्त्र) उक्तम् (बताएँ) एतत् (यसलाई) बुद्ध्वा (राम्ररी बुझ्नाले) बुद्धिमान् (समत्व बुद्धियुक्त, बुद्धिमान्) च (र) कृतकृत्यः (कृतार्थ) स्यात् (हुन जानेछ) ।
हे निष्पाप भारत, यस प्रकार जुन गुह्यतम शास्त्र मैले वर्णन गरें, यसलाई राम्ररी बुझेपछि समत्व बुद्धियुक्त र कृतार्थ हुन जानेछ ।।२०।।
व्याख्या
सम्पादन गर्नुहोस्मैले भनेको यस गुह्यतम शास्त्रलाईलाई तत्त्वले जानेर बुद्धिमान मानिस कृतार्थ हुन जान्छ। गुह्यतम अर्थात् अति रहस्यपूर्ण तथा गोपनीय । यस ज्ञानलाई गुह्यतम किन भनिएको छ? हुन त, आधुनिक विज्ञानले पनि जीवनका केही रहस्यलाई स्वीकार गर्न थालेको छ तथापि विज्ञानको तथ्य र अध्यात्मको तथ्यमा एउटा मूलभूत अन्तर छ । विज्ञानको तथ्य एउटाले जाने पछि अरुले प्रयास गर्नु पर्दैन । म्याडम क्युरीले रेडियम धातु पत्ता लगाउने विधि एक पटक जाने पछि सधैंलाई तथ्य भयो । सबैलाई भयो । त्यसैले विज्ञान निरस छ । एउटाले जानेको कुरा अर्काले घोक्ने हो खोज्न पर्दैन । तर अध्यात्मको ज्ञान प्रत्येकले आफैं पत्ता लगाउनु पर्छ । तत्वदर्शीले बताएको तथ्य अर्काले त्यत्तिकै प्राप्त गर्न सक्दैन । यस रहस्यको कारणले अध्यात्म जहिले पनि नयाँ छ । यो नै यस ज्ञानको गुह्य वा रहस्य कुरा हो ।
ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे पुरुषोत्तमयोगो नाम पञ्चदशोऽध्यायः।।
श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको पुरुषोत्तम योग नाम गरेको अध्याय १५ समाप्त भयो ।।ॐतत्सत् ।।
सन्दर्भ
सम्पादन गर्नुहोस्बाइबिल (सन् २००७), विकीपीडिया, अक्टोबर २१, सन् २००७ ।
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड १–६, पूना ःरेबेल बुक्स ।
कृष्णमूर्ति, जे, (सन् १९८३), प्रथम और अन्तिम मुक्ति, अनुवादक दयाल शरण वर्मा, वाराणसी ः मोतीलाल बनारसीदास ।
कबीर अमृतवाणी भाग १, भाग २, भाग ३, (वि.सं.२०७१), माघ २०,वि.सं.२०७१, यु टयुब (राकेश काला) ।
कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४), अनुवादक– केशव प्रसाद अर्याल, सम्पादक पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गीताप्रेस, (वि.सं.२०६७), हिन्दु संस्कृति अंक, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), कल्याण, सन्तवाणी अङ्क, अङ्क २९, (संशोधित), गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गौड, रामदास, (वि.सं.१९९५), हिन्दुत्त्व, काशी ः शिवप्रसाद गुप्त।
ज्ञवाली, बाबु राम, (सन् २०१३), द मदर अफ् निश्रेयस अभ्युदय..., योग सन्देश, दिसम्बर २०१३, हरिद्वार ः पतञ्जलि योगपीठ, दिव्य योग मन्दिर ट्रष्ट ।
ज्ञवाली, बाबुराम (२०७३), सहज ज्ञानले दुख निवारण, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही,
नेपाल ः ज्ञानज्योति प्रकाशन ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
सन्त ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त
नीलम कार्की, (वि.सं.२०७४), योगमाया, काठमााडैं ः सांग्रिला प्रकाशन ।
प्रपन्नाचार्य, (वि.सं.२०५०), वेदमा के छ ?, काठमाडौं ः साझा प्रकाशन ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल प्रकाशन ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।
सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर ः रामकृष्ण मठ ।