श्रीमद्भगवद्गीता त्रयोदश अध्याय


श्रीभगवानुवाच
इदं शरीर. कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहु षेत्रज्ञ इति तद्विदः ।।१
हे कौन्तेय यो शरीर क्षेत्र हो र यसका बारेमा जसले जान्दछ त्यसलाई विद्वानहरुले क्षेत्रज्ञ भन्दछन् ।


क्षेत्रज्ञं चापि मां विद्धि सर्वषेत्रुषु भारत ।
क्षेत्रषेत्रयोज्र्ञानं यत्तजज्ञानं मतं मम ।।२
हे भारत, सबै क्षेत्रहरुमा क्षृत्रज्ञ पनि पनि मलाई बुझ र क्षृत्रक्षृत्रज्ञलाई जसले ज्ञान राख्छ त्यो नै ज्ञान हो यो मेरो मत छ ।


तत्क्षेत्रं यच्च यादृक्च यद्विकारी यतश्च यत् ।
स च यो यत्प्रभावश्च तत्समासेन मे शृणु ।।
यो क्षेत्र जे छ, जस्तो छ र जुन विकारयुक्त छ र जुन कारणले छ र त्यो (क्षेत्रज्ञ) जुन र जस्तो प्रभावयुक्त छ त्यो सबै सारपूर्वक सुन, म भन्छु ।
ऋषिभिर्बहुधा गतिं छन्दोभिर्विविधै पृथक ।
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ।।४
ऋषिहरुद्वारा बहुधा गाइएको छ र विविध वेदमन्त्रहरुद्वारा पृथक पृथक भनिएको छ र राम्ररी निश्चित गरिएको युक्तिपूर्वक ब्रह्मसूत्रका पदहरुद्वारा पनि संकेत गरिएको छ।


महान्यहंकारो बुद्धिरव्यक्तमेव च ।
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचरा ः ।।५
(पांच) महाभुत, अहंकार, बुद्धि र अव्यक्त (मूल प्रकृति) पनि तथा दश इन्द्रिय र एक (मन) तथा इन्द्रियका विषय, शब्द, स्पर्श, रुप, रस, गन्ध ।


इच्छा द्वेषः सुखं दःखं संघात्श्चेतना धृतिः ।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम् ।।६
इच्छा, द्वेष, सुख, दुख, संघात (स्थूल पिण्ड), चेतना, धृति, विकारसहित यो क्षेत्र समासपूर्वक उदाहरण दिइएको छ ।
अमानित्वमदम्भितमहिंसा शान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैयृमात्मविनिग्रहः।।
इन्द्रियार्थेषु वैराग्यमनहंकार एव च ।
जन्ममृयुजारव्याधिदुःख दोषनुदर्शनम् ।।८
असत्ति,रनभिष्वंग पुत्रदारगृहादिषु ।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।।९
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी ।
विवित्तदेशसेवित्वमरितर्जनसंसदि ।।१०
अध्यात्मज्ञाननित्यत्वं तत्त्वज्ञानार्थदर्शनम् ।
एतञ्ज्ञानमिति प्रोक्तमज्ञान. यदतोद्रन्यथा ।।११
श्रैष्ठताको अभिमान नहुनु, ढोंगी आचरण नगर्नु (सरलता), अहिंसा, क्ष्ँमाभाव, आर्जव (सादगी मनवाणीको) आचार्यको उपासना (सेवा), शुद्धता, स्थिरता (अन्तःकरणको अचञ्च्लता), आफ्नो (शरीर र इन्द्रियको) निग्रह, यसलोक र परलोकका सम्पूर्ण भोगमा वैराग्य (अनासक्ति) अहंकारको अभाव, जन्म, मृत्यु, जरा र रोग आदिमा दुख र दोषको दर्शन गरिरहनु, मलाई अनन्य योगद्वारा अव्यभिचारिणी भक्ति र एकान्त र शुद्ध स्थानमा समय बिताउनु, मानिस (विषयासक्त) को भीडभाडलाई रुचाउने स्वभाव नहुनु, अध्यात्मज्ञानमा नित्य स्थिति र तत्त्वज्ञका ेअर्थमा हेर्नु यो सबैज्ञान हो । यस बाहेक अरु सबै अज्ञान हो यस्तो भनिएको छ ।
ज्ञेयं यत्तत्प्रवक्ष्यामि यजज्ञात्वामृतमश्नुते ।
अनादिमत्परं ब्रह्म न सत्तनासदुच्यते ।।१२
जो ज्ञेय (जान्नु पर्ने) छ र जसलाई जानेर अमृत (परमानन्द) प्राप्त हुन्छ त्यसलाई बताउंछु । त्यो अनादियुक्त, परमब्रह्म सत् पनि भनिंदैन र असत् पनि भनिंदैन ।
सर्वतः पाणिपादं तत्सर्वतो द्रक्षिशिरोमखम् ।
सर्वतmश्रुतिमल्लिोके सर्वमावृत्य तिष्ठति ।।१३
त्यो सबै तिर हात गोडा भएको (विश्वरुप) सबै तिर आंखा, सिर र मुख भएको, सबैतिर कान भएको छ । त्यो संसारमा सबैतिर व्याप्त रहेको छ ।
सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम् ।
असक्तं सर्वभृच्चैव निर्गुणं गुाभोक्तृ च ।।
सबै इन्द्रियका विषयलाई जानेको छ तर इन्द्रिय रहित छ, आसक्ति रहित छ, सबको धारण पोषण गर्छ, निर्गुण छ र गुणको भोक्त छ ।
बहिरन्तश्च भूतानामचरमेव च ।
सूक्ष्मत्वात्तदविज्ञेयं दूरस्थं चान्तिके च तत् ।।१५
चराचर सबै प्राणीको बाहिर छ भित्र छ, चल छ , अचल छ, र त्यो सूक्ष्म भएकोले जान्न नसकिने छ । त्यो अति समीप छ र अति टाढा छ ।
अविभक्तं च भुतेषु विभक्तमिव च स्थितम्र ।
भूतभर्तृ च तजज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।
यो अविभक्त छ र पनि प्राणीहरुमा विभक्त जस्तै भएर स्थित छ, त्यो ज्ञेय (परमात्मा) प्राणीहरुको भरण पोषण गर्ने, संहार गर्ने, र उत्पन्न गर्ने छ ।
ज्योतिषामपि तज्जयोतिस्तमसm परमुच्यते ।
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।।१७
त्यो ज्योतिको पनि ज्योति तमसभन्दा अत्यन्त पर छ । ज्ञान, ज्ञेय, ज्ञानगम्य छ र सबैका हृदयमा अवस्थित छ ।
इतिक्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासतः ।
मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते ।।
यो क्षेत्र तथा ज्ञान र ज्ञेयलाई समासत ः यहांसम्म भनें । यसलाई जानेर मेरो भक्त मेरो भावलाई प्राप्त हुन्छ ।
प्रकृतिं पुरुषं चैव विद्ध्यनाद िउभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ।।१९
प्रकृति र पुरुष दुवैलाई तिमीले अनादि जान र रागद्वेष आदि विकार र तीन गुण पनि प्रकृतिबाट उत्पन्न छन् भन्ने जान ।
कार्यकरणकतृत्वे हेतुः प्रकृतिरुच्यते ।
पुरुष सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ।।२०
कार्य र कारणको कर्ता हेतु प्रकृति भनिन्छ । पुरुष (जीवात्मा) सुखदुखको भोक्तापनमा हेतु (कारण) भनिन्छ ।
पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।
कारणं गुणसंगोद्रस्य सदसद्योनिजन्मसु ।।२१
प्रकृतिस्थ पुरुष नै प्रकृतिका तीन गुणलाई भोग्छ । गुणको संग नै यस जीवात्माको असल र खराब योनिमा जन्म लिने कारण बन्दछ ।
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः ।
परमात्मेति चापयुक्तो देहे द्रस्मिन् पुरुषm परः ।।
यस देह भित्र रहेको पुरुष (आत्मा) नै उपद्रष्टा (साक्षी) उचित सम्मति दिने, भर्ता (भरणपोषण गर्ने) भोक्ता, ईश्वरको पनि ईश्वर र परमात्मा हो भनिन्छ ।
य एव वेत्ति पुरुषं प्रकृतिं च गुणैः सह ।
सर्वथा वर्तमानो द्रपि न स भूयो द्रभिजायते ।।
यस प्रकार पुरुष र गुण सहित प्रकृतिलाई जुन मानिसले तत्त्वले जान्दछ त्यो सबै प्रकारले वर्तमान (काम गर्दा पनि) फेरि जन्म लिंदैन ।
ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानत्मना ।
अन्ये सांख्येन योगेन कर्मयोगेन चापरे ।।२४
कैयौं मानिसले आफुभित्र ध्यानले परमात्मालाई देख्छन् अन्य केहीले ज्ञानद्वारा देख्छन् र अरुले कर्मयोगद्वारा ।
अन्ये त्वेवमाजानन्तः श्रुत्वान्येभ्य उपासते ।
तेsपि चातिरन्त्येव मृत्युं श्रुतिपरायणाः ।।
तर अरु केही (यस्ता छन्) ले यसरी जान्न सक्दैनन् उनहिरुले तत्त्वज्ञानीहरुको कुरा सुनेर उपासना गर्छन् । यस्ता श्रुतिपरायण (ध्यानले सुन्ने) ले मृत्यु तर्छन् (मुक्त हुन्छन्) ।
यावत्सञ्जायते किञ्चित्सत्त्वं स्थावरजंगमम् ।
क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्धि भरतर्षभः ।। २६
हे अर्जुन् यावत् स्थावर जंगम वस्तु किञ्चित पनि उत्पन्न हुन्छ त्यो क्षेत्रक्षेत्रज्ञको संयोगले नै हो भन्ने जान ।
समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् ।
विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति ।।
जुन मानिसले सम्पूर्ण नाशवान प्राणीहरुमा अविनाशी परमात्मालाई एकनाले अवस्थित देख्छ उसले यथार्थ देख्छ ।
समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम् ।
न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ।।२८
किनभने सबैमा एकनासले स्थित ईश्वरले सम हेरर आफै.ले आफैंलाई नष्ट गर्दैन । यही परम गति प्राप्ति हुनु हो ।
प्रकृत्यैव च कर्माािण क्रियमाणानि सर्वशः ।
यः पश्यति तथात्मानमकर्तारं स पश्यति ।।२९
जुन पुरुष सम्पूर्ण कर्महरुलाई सबै प्रकारले प्रकृतिद्वारा नै क्रियान्वयन भएको देख्छ र आत्मालाई अकर्ता देख्छ उसैले यथार्थ देख्छ ।
यदा भूतपृथग्भावमेकस्थमनुपश्यति ।
तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा ।।३०
जुन बेला प्राणीको पृथकत्वलाई एउटै परमात्मरुपमा स्थित र त्यसबाट नै विस्तार भएको देख्छ । त्यसैबेला ब्रह्मको प्राप्ति हुन्छ ।
अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्ययः ।
शरीरस्थो द्रपि कौन्तेय न करोति न लिप्यते ।।
कौन्तेय, अनादि भएकोले निर्गुण भएकोले यो अविनाशी परमात्मा शरीस्थ भैकन पनि केही गर्दा पनि गर्दैन, लिप्त पनि हुंदैन ।


यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ।।३२
जसरी सर्वत्र व्याप्त आकाश सूक्ष्म भएकोले लिप्त हुंदैन त्यसैगरी देहमा अवस्थित आत्मा (निर्गुण भएकोले) लिप्त हुंदैन ।
यथा प्रकाशत्येकः कृत्स्नं लोकमिमं रविः ।
क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ।।
ह भारत, जसरी एउटै सूर्यले सम्पूर्ण ब्रह्माण्डलाई प्रकाशित गर्छ त्यसै गरी एउटै क्षेत्रीले सम्पूर्ण क्षेत्रलाई प्रकाशित गर्छ ।
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा ।
भूतप्रकृतिमोषं च ये विदुर्यान्ति ते परम् ।।३४
यस प्रकार क्षेत्र र क्षेत्रज्ञको भेदलाई तथा भूत प्रकृतिम ोक्ष मानिसहरु ज्ञान चक्षुले यस कुरालाई तत्त्वले जान्दछन् उनीहरु परमगति प्राप्त गर्छन् ।


ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे क्षेत्रक्षेत्रज्ञविभागयोगो नाम त्रयोदशोऽध्यायः।।