विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०९:
अनुचित भोजन, अशुद्ध वायु सेवन, मलिन वस्त्र धारण तथा शरीरलाई मलिन राख्नु, अधिक विचार गर्नु, यी कार्यहरूबाट र मादक पदार्थ सेवन, साँघुरो (कसिएका) बस्त्र, साँघुरो जुत्ता लगाउनाले मस्तिष्कमाथि धेरै बोझ पर्दछ । अधिक व्यायाम गर्नु वा किञ्चित पनि व्यायाम नगर्नुबाट पनि पनि मस्तिष्क निर्बल हुन्छ । धेरै हो–हल्लाको बीचमा बसेर र कमर झुकाएर पढ्नाले मस्तिष्कलाई धेरै हानि पुग्दछ । उस्तै नै भोक लाग्दा व्यायाम गर्नाले तथा भोजन गरेर तत्काल लेख्न पढ्ने वा विशेष विचार गर्नाले पनि मस्तिष्क र आमाशय दुवैलाई हानि पुग्दछ किनभने भोजन पचाउनका लागि आमाशय रक्तलाई आफूतिर खिंच्दछ र मानसिक कार्य गर्नाको लागि मस्तिष्क रक्तलाई आफूतिर खिंच्दछ र मानसिक कार्य गर्नाको लागि मस्तिष्क रक्तलाई आफूतिर खिँच्दछ । त्यसैले भोजन गरेर तत्काल कुनै कार्य गर्नु राम्रो होइन । त्यस्तै मासु, अमिलो, पीरो, रूक्ष(रूखो) अन्न तथा सडे गलेको बासी अन्न र ढिलो पच्ने भोजन तथा अफिम, गाँजा, भाङ, ताडी, तमाखु, सिरका आदिको सेवन तथा अति मैथुन, हस्त मैथुन, काम, क्रोध, लोभ, मोह, मद आदि कार्य मस्तिष्कलाई हानि पु¥याउने हुन्छन् ।
धेरै लेख्ने, पढ्ने, राति धेरै जागा बस्ने र नियम विरुद्ध कार्य गर्नाले, मानसिक रोगहरूले स्वास्थ्यमाथि ध्यान नदिनाले र विचार सम्बन्धी कार्य धेरै गर्नाले असहय विक्षिप्तता रोग, बौलाहापन आदि उत्पन्न हुन जान्छ । शिरमा पीडा, निद्रा कम आउनु, स्मरण शक्ति घट्नु, रिङ्गटा लाग्नु, अरूचि, मन्दाग्नि, स्वप्नावस्थामा वीर्यपातादि लक्षण प्रथम अवस्थाका हुन् । केही दिनपछि रोगीको स्वभाव पनि बदलिन्छ । क्रोध र चिड्चिडाहट बढ्छ । मुखको कान्ति घट्दै जान्छ र प्रत्येक कार्यमा आलस्य आदि लक्षणहरूबाट प्रकृति सूचना दिन्छ “अब तिमीले सम्हालिनु आवश्यक छ ।” यदि रोगी यतिमा पनि चेतेन भने रोग बढ्दै आँखामा निर्बलता आइहाल्छ र प्रमेह, नपुंसकता, पक्षाघात, लकवा, मलावरोध, अग्निमान्द्य, शरीरको पहेंलोपना आदि भयङ्कर रोग भएर जीवनलाई नष्ट प्रायः गरिदिन्छन् । यसैले प्रथम अवस्थामा नै यसको उपाय गर्नु पर्दछ ।
 
'''मस्तिष्कको निर्बलता निवृत्तिका उपाय'''
मस्तिष्कको निर्बलताबाट सब काम अधुरै हुन्छन् । अतः मस्तिष्कलाई बलवान् बनाउनका लागि परीक्षित केही प्रयोग तल दिइन्छन् । यसमा सर्वप्रथम शारीरिक स्वास्थ्यको आवश्यकता हुन्छ र स्वास्थ्य ठीक राख्न नियमित आहार–विहार अर्थात जहाँसम्म हुन्छ सब काम नियमपूर्वक गर्नु पर्दछ । जस्तो ब्रह्ममुहूर्तमा उठ्नु, शैच–स्नान, व्यायाम, भोजन, वायु सेवन, शयन आदि नियमपूर्वक उपयुक्त रीतिले गर्नु आदि नियमानुकूलताको मस्तिष्कमाथि विशेष प्रभाव पर्दछ । मस्तिष्कको शक्तिलाई घटाउने तमोगुणी वा रजोगुणी पदार्थको सेवन गर्नु हुँदैन । मादक–पदार्थ विशेषतः बुद्धि र मस्तिष्कलाई हानिकारक छन् । काम, क्रोध, लोभ आदिलाई त्यागेर शान्ति धारण गर्नु तथा सन्ध्या–बन्दना र प्राणायाम गर्नु तथा दया, धर्म, परोपकार आदि गुणहरूलाई धारण गर्नु परमोपयोगी छ । यस प्रकार निम्न लिखित क्रियाहरू पनि यसमा धेरै सहायक सिद्ध भएका छन् ।
सोझो उभिएर शिरलाई जहाँसम्म हुन्छ पछाडि झुकाउ, यसबाट छाती र पेटको भाग माथि उठेको हुन्छ र शिर तल हुन्छ । दोस्रो रीति– आफ्नो हातले जमीनमा टेकेर भित्ताको सहारा लिई शिर तल पाउ माथि गरेर उभिनु । यस क्रियालाई योगशास्त्रमा विपरीत करणी भनेको छ । यी क्रियाहरूबाट मस्तिष्क, छाती, ग्रीवा, हृदय, बाहु, मेरुदण्ड आदि सब अङ्गहरूको बल बढ्छ र ती पुष्ट हुन्छन् । यसरी सब शरीर नै बलवान् हुन्छ । यी अङ्गहरूमा बढी महत्वका नाडीहरू हुन्छन् जो अद्भुत कार्य गर्दछन् । मेरूदण्ड निर्बल रहनाले मस्तिष्क पनि निर्बल रहन्छ किनभने यस भागमा मस्तिष्क मुनि ती नसा छन् जो मस्तिष्कलाई बलवान् बनाउँछन् र साथै शरीरको पाचन शक्तिलाई पुष्ट गरेर अन्य अङ्गहरूलाई बलवान् बनाउनमा सहायक हुन्छन् ।
कण्ठको मध्य–भागमा एउटा यस्तो ग्रन्थि छ जसलाई जालन्धर बन्ध (Thyroid gland)भनिन्छ । यसमाथि दबाब पर्नाले प्राणहरूको निरोध हुन्छ र मेरूदण्ड तथा मस्तिष्कका कैयौं भागहरूमा तीव्र प्रभाव पर्दछ ।
 
'''मस्तिष्कलाई बलवान् बनाउने उपायहरू'''
१. निम्नलिखित औषधीहरू पनि मस्तिष्कलाई बलवान् बनाउन र स्मरण शक्ति वर्धनमा परमोपयोगी सिद्ध भएका छन् । यसैले पाठकगणहरूको लाभार्थ लेखिन्छः मुगाभस्म, सारश्वत घृत, ब्राह्मी आरिष्ट, ब्राह्मी तेल, सारश्वत चूर्ण, सारश्वतारिष्ट, मालकङ्गनीको तेल, कागजी बदाम आदि फलहरूको बलानुसार युक्तिपूर्वक सेवन गर्नु पर्दछ । पाठकहरूको लाभार्थ र सर्वजन उपकारार्थ मेरो आफ्नै कति पटकको अनुभव तथा अरूमाथि अनुभव गरिएको प्रयोग पनि यहाँ लेखिन्छ जसबाट निर्बल मस्तिष्कवालाहरूले पनि लाभ उठाउन सकून् । ब्राह्मी १ तोला, बच ६ मासा, मिठो कुठ ६ मासा, फर्सीको बियाँ २ तोला, उस्तरबद्दूस ९ मासा, धनियाँ ९ मासा, गोरखमुडी ९ मासा, गुलाफको फूल १ तोला, बदामको गुदी १० दाना, मालकङ्गनी १ तोला, वंशलोचन २ तोला, सानो सुकुमेलको दाना १ तोला, मिस्री १० तोला सबलाई पिनेर ९ मासा औषधी चाँदीको बर्क (तपक) १ वा सुनको बर्क (तपक) १, मलाई वा मखन दुई तोलामा मिलाएर खानाले मस्तिष्कको निर्बंलता अवश्य दूर हुन्छ ।
२. तिमी आफू नै आफ्नो चरित्रका निर्माता हौ । संकल्प–शक्तिले नै मनुष्को चरित्रलाई अद्भुत रीतिबाट बनाउँछ । मस्तिष्कमा अटुट शक्ति भरिएको छ । मस्तिष्क नै सांसारिक सिद्धिहरूको कारखाना हो । कष्ट सहन गर्नाको लागि यदि संकल्प–शक्ति दृढ छ भने मस्तिष्कलाई चाहे जस्तो ढाल्न सकिन्छ बारम्बार अभ्यास गर्नाले नै इच्छा–शक्तिलाई उत्तेजना मिल्दछ र मस्तिष्कको केन्द्र बलवान् भएर चाहिएको इष्ट कार्यमा प्रवृत्त गर्न सकिन्छ । जस्तो मनको शासन शरीरमाथि हुन्छ, उस्तै नै इच्छाको शासन पनि मनमाथि हुन्छ । इच्छा आत्म–संयमको लागि आत्म–शक्ति हो तैपनि आत्माले यस कुराको निर्णय गर्नु पर्दछ कि कुन रीतिबाट यस शक्तिलाई प्रयोग गर्ने । इच्छाशक्तिलाई आफ्नो अधिकारमा गर्नु परमावश्यक छ ।
 
'''इच्छा–शक्ति'''
संसारमा इच्छा–शक्ति संकल्पमा परिवर्तन हुन जान्छ । संकल्पबाट मनुष्य र मनुष्यबाट संकल्प हुन्छ । मानिसको इच्छा–शक्तिले नै भाग्यलाई बनाउँछ र त्यही नै जित्ने शक्ति पनि हो ।
विजयको भावना जीवनको सबै कार्य र व्यवहारमा तबसम्म धारणा गर्नु पर्दछ जबसम्म आत्म–शक्ति आत्मविश्वासमा स्थिररूपले परिणत हुँदैन । जब मनमा विपरीत भावना उठ्छ, तब त्यसलाई बिल्कुल झुट्टा सम्झ । यस रीतिबाट सदा उदासीन भावहरूलाई दूर गर्न सक्नेछौ ।
एकान्तमा बसेर मनलाई शान्त गर र पूर्वोत्त उत्तेजित भावहरूमा प्रवृत्ति गरेर उत्साहित र आनन्दित भएर निम्नलिखित भावना गर । केही समयसम्म यी भावनाहरूलार्य मनमा सञ्चार हुन देऊ–
“म सिद्धिको लागि सिद्ध हुँ । म अवश्यमेव सिद्धिलाई प्राप्त गर्ने छु । मैले सिद्धि प्राप्त गरिसकेको छु ।”
 
'''मानसिक स्वतन्त्रता'''
मानसिक स्वतन्त्रता मनुष्यको सबभन्दा ठूलो जित हो । सदा यही ध्यान गर्नु पर्दछ कि मैले दुःखहरूलाएै नष्ट गरिदिएँ, म स्वतन्त्र आत्मा हुँ । प्रातः काल एकान्तमा शरीरलाई स्थिर र मनलाई शान्त गरेर उपयुक्त भावनालाई मनमा बारम्बार धारणा गर र साथसाथै के कुराको निश्चय गर भने चुम्बकको समान इच्छा–शक्तिलाई साध्ना लागि मैले दृढ संकल्प गरेको छु । यस अभ्यासलाई चाहे जुन समयमा पनि गर्न सक्छौं । जो भइराखेको छ, त्यसको वास्ता नगर, सोझो उभिएर गहिरो श्वास लेऊ र भित्र आफूमा महाशक्तिको भावना गर ।
“म समर्थ छु, जुनसुकै काम पनि जब म हातमा लिनेछु त्यसलाई अवश्य पूरा गर्ने छु ।” यस मन्त्रलाई पूर्ण शक्ति र आत्म–संयमका साथ दिनमा धेरै पटक जप गर । यदि स्थिरता साथ यसलाई उपदेश मानेर अभ्यास ग¥यौभने इच्छा–शक्ति, आकर्षक–शक्ति, मानसिक–शक्ति र व्यावहारिक योग्यताको विकास, आफ्नो तथा अरूको लागि पनि गर्न सक्छौ । गर्नु, नगर्नु तिम्रो हातमा छ ।
“यादृशी भावना यस्य सिद्धि र्भवति तादृशी ।” त्यसको लागि यत्न गर । त्यसमाथि विचार गर, यत्न गर, काम गर, तत्पर होऊ, आशा राख, तिम्रो इच्छा–पूर्ति शीघ्र होला । जति शीघ्रता र निश्चयले मन त्यसमा लाग्नेछ, उति नै शीघ्रतासाथ कार्य सिद्धि हुनेछ, यसमा किञ्चित पनि सन्देह छैन । गरेर हेर । जो आत्मविजय गर्दछ, उसलाई सर्ववस्तु सुलभ हुन जान्छ । उद्योगी मनुष्यलाई अवसरको कमी हुँदैन ।
विचारहरूको उत्पत्ति स्थान मणिपूरक चक्र हो । जहाँबाट परावाणी उत्पन्न हुन्छ, उहींबाट शुभाशुभ विचार उत्पन्न भएर सूक्ष्म नाडीहरूद्वारा जब मस्तिष्कमा पुग्दछ, तब त्यसको स्पष्ट ज्ञान उत्पन्न हुन्छ । यस्तै इच्छा–शक्ति, ज्ञान–शक्ति, क्रिया–शक्ति आदिको केन्द्र पनि मणिपूरक चक्र हो । विद्युत शक्ति उत्पादनका लागि ठूला–ठूला यन्त्रहरूको आवश्यकता हुन्छ । तर हाम्रो सानो जस्तो विचार–शक्ति यन्त्रबाट कम्पन, ताप, शब्द, प्रकाश र लौह चुम्बकवत् मानसिक–शक्ति, इच्छा–शक्ति, प्रेम, क्रोध, बुद्धि, बल आदि कति शक्तिहरू उत्पन्न हुन्छन् ।
 
'''मस्तिष्कको एक अर्कामा प्रभाव'''
जब मस्तिष्कमा प्रेम, विरोध, प्रशंसा वा निन्दाको लहर उठ्दछ, तव त्यसले अर्काको मस्तिष्कमाथि आफ्नो प्रभाव पार्दछ । पहिलाको मस्तिष्कको प्रभावबाट दोस्राको मस्तिष्कमा प्रेम वा वैरभावना उत्पन्न हुन जान्छ । यदि तिमी कसैसँग प्रेम गछौं भने ऊ पनि तिमीसँग प्रेम गर्ला र शत्रुता गर्छौ भने शत्रुता गर्ला । धेरै जसो देखिएको छ कि जस्तो विचार तिम्रो मस्तिष्कमा अर्काको प्रति उत्पन्न हुन्छ, ठीक उस्तै विचार उसको मनमा तिमीप्रति पनि उठेको हुन्छ ।
मनको सम्बन्ध मस्तिष्कसँग छ र मस्तिष्कको भित्र जो आकाशको भाग छ त्यसमा पहिले विचार उत्पन्न हुन्छ । मस्तिष्काकाश महाकाशको व्यष्टिरूपको अवयव हो । जब विचार वा इच्छा यस मस्तिष्काकाशमा फैलिन्छ, तब त्यहाँबाट वायुद्वारा महाकाशमा फैलिन जान्छ अर्थात् इच्छा–शक्तिका सूक्ष्म धाराहरू मस्तिष्कको पर्दालाई पार गरेर अधिक बलवान् भएभने शीघ्र बाहिर निक्लेर बडो बेगले महाकाशमा फैलिन्छन् र यदि इच्छा–शक्ति निर्बल भ एभने कठिनाइले पर्दा पार गरेर आस–पासमा हराउँछन् ।
 
'''मानसिक शक्ति'''
जब मनन क्रियामा मस्तिष्कले चेष्टा गर्दछ तब स्थूल मस्तिष्कमा पांशुवर्णवाला प्रकृतिका रन्धहरूको वृद्धि हुन्छ । मृत्युपछि पशु शरीरको परीक्षा गर्नाले के प्रतीत हुन्छ भने विचारशील पुरुपहरूको मस्तिष्क अरूको अपेक्षा अधिक ठूलो मात्र होइन त्यसमा आवृत्तिहरूको (Grooves) संख्या पनि धेरै हुन्छ । यी आवृत्तिहरूबाट पांशुवर्णवाला मज्जातन्तुगत प्रकृतिलाई, जो मन क्रियाको समीपवर्ती यन्त्र हो, धेरै ज्यादा स्थान मिल्दछ । यसैगरी स्थूल शरीर र स्थूल मस्तिष्क व्यायामद्वारा विकसित हुन्छन् । अतः जो तिनलाई उन्नत र पुष्ट गर्न चाहन्छन् उनले निरन्तर प्रतिदिन मानसिक शक्तिहरूको उन्नति र वृद्धिका लागि मनन–क्रियाको अभ्यास गर्नु पर्दछ । यसबाट स्वाभाविक शक्तिहरू पनि धेरै चाँडो उन्नत हुन्छन् र तिनको प्रभाव मानसिक तथा शारीरिक विकासहरूमाथि धेरै बेगले पर्दछ । यो अभ्यास नियमबद्ध हुनु पर्दछ, जसबाट यसको प्रभाव पूरा–पूरा भएपछि मानसिक शक्तिको वृद्धि हुन्छ र जीवनका साधारण प्रश्नहरूमाथि पूर्वापेक्षा अधिकतर विचार गर्नमा सरलता र सामथ्र्य प्राप्त हुन्छ ।
नीति एक न्यायशील वेतनाध्यक्ष हो । यो सबैलाई उति नै दिन्छ, जति उसले कमाएको छ । एक कौडी पनि त्यो अधिक दिँदैन । यसैले जो उन्नत दिव्य शक्तिरूप वेतन लिन चाहन्छन् उनले गूढ विचारद्वारा त्यसलाई प्राप्त गर्नु पर्दछ जिज्ञासुहरूलाई जुन विषयमा रुचि छ त्यस विषयको एउटा ग्रन्थ खोज्नु पर्दछ, जसको कर्ता योग्य पुरुष होस् र जसमा नयाँ–नयाँ गूढ विचार हुन् । यस्ता पुस्तकको एक दुई वचन सुस्त–सुस्त पढेर एकाग्र चित्तले गूढ विचार गर । तर जति समयसम्म विचार गर्छौ त्यसभन्दा दुई गुणा समयसम्म मनन गर्नु धेरै उत्तम छ किनभने पढ्नाको प्रयोजन केवल नयाँ –नयाँ विचारहरू र युक्तिहरूलाई प्राप्त गर्नु नै होइन बरू मानसिक शक्तिहरूलाई पुष्टि दिनु पनि हो । त्यसैले आधा घण्टा प्रतिदिन यस अभ्यासमा लाग्नु पर्दछ । तर नव–शिक्षकको लागि चौथाइ घण्टा (पन्त्र मिनेट) पनि धेरै छ किनभने एकाग्रतापूर्वक गूढ विचार गर्दा पहिले पहिले थकाइ महसूस हुन्छ ।
 
'''एकाग्र चित्त र त्यसको शक्ति'''
मानिसका मनमा सदैव नयाँ विचार उत्पन्न हुँदै रहन्छन् । मानसशास्त्र वेत्ताहरूले के सिद्ध गरेका छन् भने मानिस जो श्वास लिन्छ ती प्रत्येक श्वासमा तीन–तीन नयाँ विचार उत्पन्न हुन्छन् । अर्थात एक मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उन्पन्न हुन्छन् । बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर फैलेर कुनै पुरा परिणाम हुँदैन तर उनै छर्राको गोली बनाएर छोड्नाले भयङ्कर परिणाम हुन्छ । वायु, जल, वाष्प, विद्युत, अग्नि आदिका परमाणु जबसम्म भिन्न–भिन्न भएर फैलिरहन्छन् तबसम्म तिनमा केही पनि शक्ति देखा पर्दैन तर तिनलाई एकत्र गर्नाले तिनमा अद्भुत शक्ति उत्पन्न भई तिनबाट ठूला–ठूला अशक्य काम पनि लिन सकिन्छ । उस्तै नै विचारहरूको शक्ति पनि अपरिमित, अप्रतिहत र अप्रतक्र्य छ तर जबसम्म ती अनेक विषयहरूमा फैलिरहन्छन् तबसम्म तिनको केही पनि फल हुँदैन । तर यदि तिनको ध्यानद्वारा निरोध गरियोस् अर्थात् ती विचारहरूको प्रवाहलाई रोकेर एउटै बस्तुमागि स्थिर गरिन्छ भने तिनमा अद्भुत शक्ति उत्पन्न भएर साधक जुन वस्तुको कल्पना गर्दछ त्यो उसको संकल्पबाट मात्र प्राप्त हुन सक्छ । छान्दोग्य उपनिषदमा भनिएको छ ।
“यं यं काम कामयते सो ऽ स्यसंकल्पादेव समतिष्ठति”– एकाग्रचित्तले मानिस जुन वस्तुको कामना गर्दछ त्यो वस्तु संकल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ ।
 
'''ध्यानशक्ति'''