विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९९:
मस्तिष्कको एक भागमा अनुभव, इच्छा, बुद्धि आदिको स्थान छ । मस्तिष्कको यस भागलाई हानि पुग्नाले मानसिक कार्य गर्ने सामथ्र्य धेरै न्यून हुन जान्छ ।
मस्तिष्कको तल्लो तहबाट बाह्र जोडा नाडीहरू निक्लन्छन् । तिनमा एक जोडालाई कपालको नाडी भन्दछन् । प्रत्येक जोडाले शरीरमा इन्द्रियहरूलाई ज्ञान दिन्छ । तिनमा एक जोडा गन्धको ज्ञान, दोस्रो दृष्टिको, तेस्रो जोडा आँखाको पुतली हल्लाउने, चौथो र पाँचौको सम्बन्ध ती पुठ्ठाहरूसँग छ, जो आँखाको पुतलीलाई चलाउने गर्दछन् । सातौं मुख मण्डलको पुठ्ठालाई चलाउँदछ् । आठौं कानमा लागेको छ, नवौं जिब्रोले स्वाद दिनमा सहायक छ । दशौं । एघारौं कण्ठ, हृदय, आमाशय तथा पित्तासयलाई सूत्र पठाउँछन् र बाह्रौं जिब्रोले बोल्नमा सहायक हुन्छ ।
 
'''मस्तिष्क शक्ति'''
मानिस सांसारिक वस्तुहरूको अनुभव पाँच ज्ञानेन्द्रियबाट गर्दछ । उसका सूक्ष्म नाडीहरू मस्तिष्कसँग मिलेका छन् जसको अनुभव पाँचै इन्द्रियहरू गर्दछन् । तिनको सूचना तत्काल नै मस्तिष्कलाई हुन्छ । यी इन्द्रियहरू आफ्नो–आफ्नो काम गर्दछन् तथा सांसारिक सुखका मुख्य साधन हुन् । यसैले हामीले यी पाँचै इन्द्रियहरूलाई सरल र स्वच्छ राख्नु परमावश्यक छ । एक इन्द्रियको काम दोस्रो इन्द्रियले गर्न सक्दैन । आँखाले सुन्न सक्दैन, कानले देख्न सक्तैन । सामथ्र्यभन्दा अधिक काम लिनाले इन्द्रियहरू माथि आघात पुग्दछ । यसैले जब इन्द्रियहरूमाथि आघात हुन्छ, मस्तिष्कलाई सन्देश पुग्नमा ढिलो लाग्दैन किनभने मस्तिष्कबाट सब नाडीहरूको जाल निक्लेर सब शरीरमा फैलिएको छ । माथिल्लो त्वचा, रौं, नङ आदिलाई छोडेर शरीरको कुनै भाग नाडीहरूले रहित छैन । जबसम्म मस्तिष्क कुनै कुराको सूचनालाई ग्रहण गर्दैन, तबसम्म प्राणीहरूलाई ती विषयको ज्ञान हुँदैन । शरीरको कुनै अङ्गमा विपत्ति परेमा मस्तिष्कबाट नै सहायता मिल्दछ । यदि अँध्यारोमा खुट्टा मुनि कुनै डोरी आदि प¥यो भने सर्प त होइन भनी शङ्का उत्पन्न हुन्छ । त्यसबेला मस्तिष्कमा ठूलो हलचल मच्चिन्छ । त्यस विपत्तिलाई हटाउनका लागि कतिपय अङ्गहरूलाई एकसाथ के आज्ञा हुन्छ भने अँध्यारोमा शीघ्र हेर्ने उद्योग गर । खुट्टालाई के आज्ञा हुन्छ भने शीघ्र नै अलग हट । हृदयलाई आज्ञा भयो भने ऊ तीव्रताले धडकिन थाल्छ । हातहरूलाई छडी आदि लिएर सावधान हुने आज्ञा मिल्छ । यसप्रकार जब मस्तिष्कबाट आज्ञा प्रसार हुन्छ, तब सब अङ्गहरू आ–आफ्नो कार्यमा तत्पर हुन जान्छन् । यसबाट के सिद्ध हुन्छ भने मस्तिष्क सब अङ्गहरूमा मुख्य अङ्ग हो । मस्तिष्कको सहायता नभए मृत्यु हुने सम्भव छ ।
मस्तिष्क बनाउनलाई शुद्ध रक्तको आवश्यकता हुन्छ । मानिस जो पदार्थ खान्छ त्यो पाकस्थलीमा पित्ताग्निबाट पाक्दछ । त्यसको स्थूल भाग मल भएर बाहिर निक्लन्छ र सूक्ष्म भाग रक्त बनेर शरीरको पोषण गर्दै मासु बन्दछ र मासुबाट मेदा र त्यसबाट अस्थि (हाड) र अस्थिबाट मज्जा फेरि त्यसको पनि सूक्ष्म भागबाट वीर्य बन्दछ । त्यसैले सूक्ष्म भाग बनाउने सात्विक पदार्थ धेरै खानु पर्दछ, जसबाट शुद्ध रक्त अधिक बनोस् किनभने मस्तिष्कको श्रम अथवा मानसिक उद्योगले रक्तको शक्ति घट्दछ र रक्त हृदयबाट मस्तिष्कतिर प्रवाहित हुन्छ ।
ठूला–ठूला महात्मा एवं बुद्धिमान् पुरुष वीर्यको रक्षा गर्दागर्दै पनि निर्बल प्रतीत हुन्छन् । यसको कारण यही नै हो कि तिनले मस्तिष्कबाट धेरै काम लिनु पर्दछ, जसबाट रक्तादि पोषक भाग विचार शक्तिको साथ अधिक खर्च हुन्छ । रात दिनको पढाइको कामले विद्यार्थीको शारीरिक बल पनि नष्ट प्रायः हुन जान्छ किनभने चिन्ता, भय आदि विचारको कारण रक्तको गति मन्द हुन जान्छ र रक्तको कमी भयो भने बल कहाँबाट बढोस् ? तर बुद्धिमान् मनुष्यहरूको मस्तिष्क बडो बलबान् हुन्छ, जो भिन्न–भिन्न प्रकारको अनुभवलाई उत्पन्न गर्दछ । अतः यदि मस्तिष्कबाट धेरै काम लिइन्छ भने यसबाट निर्बलता पनि अवश्य हुन सक्छ ।
मस्तिष्कलाई बलवान् बनाउने खाद्य पदार्थ तीन प्रकारका हुन्छन्; सत्वगुणी, रजोगुणी र तमोगुणी । यिनमा पनि सत्वगुणी पदार्थको धेरैजसो भाग मस्तिष्क–बलवर्धक छ । रजोगुणी पदार्थले शरीरमा एक प्रकारको जोश वा वेग उत्पन्न गर्दछन् तर मस्तिष्कको शक्तिलाई शीघ्र व्यय गरिदिन्छन् । यसैप्रकार तमोगुणी पदार्थ केवल मेदा भएर शरीरलाई मोटो गराउँछन् तर मस्तिष्कलाई धेरै प्रकारको हानि पु¥याउँछन् किनभने शरीरलाई मोटो गर्ने पदार्थ मस्तिष्कलाई कहिल्यै बल वृद्धि गर्न सक्तैनन् । यसैले सदा सत्वगुणी पदार्थहरूको नै सेवन गर्नु पर्दछ । जस्तो दूध, घिउ, चामल, गहुँ, जौ, केरा, अंगूर, स्याउ आदि नाना प्रकारका फल तथा वनस्पति आदि हल्का पदार्थ भोजन गर्नु धेरै हितकारी हुन्छ ।
 
'''मस्तिष्कको निर्बलताको कारण'''
अनुचित भोजन, अशुद्ध वायु सेवन, मलिन वस्त्र धारण तथा शरीरलाई मलिन राख्नु, अधिक विचार गर्नु, यी कार्यहरूबाट र मादक पदार्थ सेवन, साँघुरो (कसिएका) बस्त्र, साँघुरो जुत्ता लगाउनाले मस्तिष्कमाथि धेरै बोझ पर्दछ । अधिक व्यायाम गर्नु वा किञ्चित पनि व्यायाम नगर्नुबाट पनि पनि मस्तिष्क निर्बल हुन्छ । धेरै हो–हल्लाको बीचमा बसेर र कमर झुकाएर पढ्नाले मस्तिष्कलाई धेरै हानि पुग्दछ । उस्तै नै भोक लाग्दा व्यायाम गर्नाले तथा भोजन गरेर तत्काल लेख्न पढ्ने वा विशेष विचार गर्नाले पनि मस्तिष्क र आमाशय दुवैलाई हानि पुग्दछ किनभने भोजन पचाउनका लागि आमाशय रक्तलाई आफूतिर खिंच्दछ र मानसिक कार्य गर्नाको लागि मस्तिष्क रक्तलाई आफूतिर खिंच्दछ र मानसिक कार्य गर्नाको लागि मस्तिष्क रक्तलाई आफूतिर खिँच्दछ । त्यसैले भोजन गरेर तत्काल कुनै कार्य गर्नु राम्रो होइन । त्यस्तै मासु, अमिलो, पीरो, रूक्ष(रूखो) अन्न तथा सडे गलेको बासी अन्न र ढिलो पच्ने भोजन तथा अफिम, गाँजा, भाङ, ताडी, तमाखु, सिरका आदिको सेवन तथा अति मैथुन, हस्त मैथुन, काम, क्रोध, लोभ, मोह, मद आदि कार्य मस्तिष्कलाई हानि पु¥याउने हुन्छन् ।
धेरै लेख्ने, पढ्ने, राति धेरै जागा बस्ने र नियम विरुद्ध कार्य गर्नाले, मानसिक रोगहरूले स्वास्थ्यमाथि ध्यान नदिनाले र विचार सम्बन्धी कार्य धेरै गर्नाले असहय विक्षिप्तता रोग, बौलाहापन आदि उत्पन्न हुन जान्छ । शिरमा पीडा, निद्रा कम आउनु, स्मरण शक्ति घट्नु, रिङ्गटा लाग्नु, अरूचि, मन्दाग्नि, स्वप्नावस्थामा वीर्यपातादि लक्षण प्रथम अवस्थाका हुन् । केही दिनपछि रोगीको स्वभाव पनि बदलिन्छ । क्रोध र चिड्चिडाहट बढ्छ । मुखको कान्ति घट्दै जान्छ र प्रत्येक कार्यमा आलस्य आदि लक्षणहरूबाट प्रकृति सूचना दिन्छ “अब तिमीले सम्हालिनु आवश्यक छ ।” यदि रोगी यतिमा पनि चेतेन भने रोग बढ्दै आँखामा निर्बलता आइहाल्छ र प्रमेह, नपुंसकता, पक्षाघात, लकवा, मलावरोध, अग्निमान्द्य, शरीरको पहेंलोपना आदि भयङ्कर रोग भएर जीवनलाई नष्ट प्रायः गरिदिन्छन् । यसैले प्रथम अवस्थामा नै यसको उपाय गर्नु पर्दछ ।