सेढाई वंश: संशोधनहरू बीचको भिन्नता

सेढाई सम्बन्धि खोज,नया खवर,जात वंश परम्परा र अन्य... को साथमा पृष्ठ शृजना भयो
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सेढाई सम्बन्धि खोज,नया खवर,जात वंश परम्परा र अन्य जात लेखि रहनु भएका दाज्यू भाई बान्धव छोरी चेलीले आफनो पुस्तौनी कहि कतै पाउनु भएमा स्रोत खुलाई harisedhayn@gmail.com पठाई दिनु हुन सादाr अनुरोध छ। आफनो परिचय पनि साथमा राखि दिनु होला । धन्यवाद ।
 
Rishi Aangira:-
 
Angiras: ५८३.उषो भद्रेभिरा गहि दिवश्चिद्रोचनादधि ।
पङ्क्ति २१०:
उत्तरा सूरधरः पुत्र आसीद्दानुः शये सहवत्सा न धेनुः ॥९॥
वृत्र की माता शुककर वृत्र का संरक्षण करने लगी, इन्द्रदेव के प्रहार से बचाव के लिये वह वृत्र पर सो गयी. फिर भी इन्द्रदेव ने नीचे से उस पर प्रहार किया। उससमय माता ऊपर और पुत्र नीचे था, जैसे गाय अपने बछड़े के साथ सोती है॥९॥
 
३७८.अतिष्ठन्तीनामनिवेशनानां काष्ठानां मध्ये निहितं शरीरम् ।
वृत्रस्य निण्यं वि चरन्त्यापो दीर्घं तम आशयदिन्द्रशत्रुः ॥१०॥
Line २७९ ⟶ २७८:
आपिः पिता प्रमतिः सोम्यानां भृमिरस्यृषिकृन्मर्त्यानाम् ॥१६॥
हे अग्निदेव! आप यज्ञ कर्म करते समय हुई हमारी भूलों को क्षमा करे, जो लोग यज्ञ मार्ग से भटक गये है, उन्हे भी क्षमा करें। आप सोमयाग करने वाले याजको के बन्धु और पिता है। सद्बुद्धि प्रदान करनेवाले ऐर ऋषिकर्म के कुशल प्रणेता है॥१६॥
 
३६७.मनुष्वदग्ने अङ्गिरस्वदङ्गिरो ययातिवत्सदने पूर्ववच्छुचे ।
अच्छ याह्या वहा दैव्यं जनमा सादय बर्हिषि यक्षि च प्रियम् ॥१७॥
Line २९१ ⟶ २८९:
नेपालको इतिहास अनुसार भारतको बिभिन्न ठाउँहरू भारत उतराखंडको पिथुरागढ़, कुमाउ, बनारस आदि ठाउँहरू बाट ब्राह्मणहरू (बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ।
स:संवर्त,सत्याल,साङपाङ,सापकोटा,सिंखडा,सिग्देल,सिजापति,सिलवाल,सिवाङ,सुनार,सुयल (घर्ती),सुयल (थापा),सुवेदी,सेढाई,सोडारी
 
सेढाई र धार्मिक आस्था :हाम्रा पिता पूर्खा पश्चिम पहाडका बदरी नाथ क्षेत्रको कुमाउ गढवाल बाट आएका र इशभक्तिमा अहोरात्र खटि मठ मंन्दिरका पुजारी,राज ज्योतिष थिए। यसर्थ उनिहरु ओउमकार परिवारका रसधै कला धर्म वंश र परमपरामा यथोचित सम्मानीत भएको तथ्य स्वरुप संम्झना पुन अर्पण गर्दे भावि पुस्तामा जानकारी राख्दछु।उहाहरुले अपनत्तोव्त राखेको तिथि परम्परा यस प्रकार थिए ।
सेढाई र धार्मिक आस्था :-
तिथि _चन्द्रमाको कला_
सेढाई र धार्मिक आस्था :हाम्रा पिता पूर्खा पश्चिम पहाडका बदरी नाथ क्षेत्रको कुमाउ गढवाल बाट आएका र इशभक्तिमा अहोरात्र खटि मठ मंन्दिरका पुजारी,राज ज्योतिष थिए। यसर्थ उनिहरु ओउमकार परिवारका रसधै कला धर्म वंश र परमपरामा यथोचित सम्मानीत भएको तथ्य स्वरुप संम्झना पुन अर्पण गर्दे भावि पुस्तामा जानकारी राख्दछु।उहाहरुले अपनत्तोव्त राखेको तिथि परम्परा यस प्रकार थिए ।
तिथि _चन्द्रमाको कला_:-
 
चन्द्रमाको कला नाप्ने इकाइलाई तिथि भनिन्छ ।एक तिथिको कोणिय दुरी १२ डिग्रीको आकाशीय क्षेत्र पर्न आउँछ । एक चान्द्र महिनामा ३० वटा तिथि छन् । साधारणतय एक तिथिको समय पृथ्वीको गति अनुसार चन्द्रकलाको भोगकाल ६० घडी (२४ घण्टा) निर्धारण गरिएको छ । तापनि चन्द्रमा सूर्य र पृथ्वीको आ–आफ्नै किसिमको गति अनुसार स्थितिमा आउने कोणिय फरक को कारणबाट कलाको समयमा अन्तर आएको हो । सो अनुसार तिथिको समयमा फरक ११ घडीसम्म पर्न आउँछ । खगोलिए पिण्डको नियमित गति अनुसार चन्द्रमाको कला मध्यदिन, मध्यरात अथवा जुनसुकै समयमा पनि बदलिन सक्छ । गणितिय पक्षबाट तिथिको भोगकाल जे जस्तो समयमा भए पनि सूर्योदय भएको समयमा जुन तिथिको कला रहन्छ, उही समयदेखि उक्त तिथिमा गरिने कर्मकाण्ड, पूजा आराधना आदि गर्ने परम्परा छ । कलाको हिसाबले तिथिको समय समाप्त भै सकेपछि पनि उक्त तिथिमा पूजा, आराधना तथा उपवास, व्रत आदि गरिरहेका हुन्छौ । नारद पुराण अनुसार हरेक तिथिमा गरिने सकाम कर्म (काम्य कर्म)हरु कुन कलामा कुन कुन देवी तथा देवताहरुको पूजा आराधना गर्ने भन्ने विषयमा निम्न अनुसार वर्णन गरिएको छ ।
परेवा तिथि:-
चैत्र महिनाको शुक्ल पक्ष प्रतिपदा तिथिमा सूर्यदयको सँगसगै ब्रहाले जगतको सृष्टि गर्न सुरु गरे । प्रतिपदामा ब्रहामाको पूजा गर्ने । जेष्ठ महिनाको शुक्ल प्रतिपदामा कनेर रुखको पूजा गर्ने । आश्विन शुक्ल प्रतिपदामा असोक वृक्षको पूजा गर्ने । चैत्र महिनाको शुक्ल दितियमा ब्राही शक्तिको साथ ब्रहाको पूजा गर्ने । बैशाख शुक्ल तृतिया (अक्षय तृतिया) मा लक्ष्मी सहित जगत गुरु भगवान विष्णुको पूजा आरधना गर्ने । चैत्र महिनाको चतुर्थी तिथिमा वासुदेव स्वरुपका श्री गणेशको पूजा, आरधना गर्ने । सबै महिनाको चतुर्थी तिथिमा गणेशको पूजा गर्दा कल्याणदायक हुने छ । चैत्र शुकल पक्षको पंञ्चमी तिथिलाई मत्स्य जयन्ती भनिन्छ । यहि तिथिमा मत्स्य अवतार भएको हो । यसलाई श्रीपंञ्चमी पनि भनिन्छ । लक्ष्मी र शेषनागको पूजा, वन्दना गर्ने । बैशाख पंञ्चमी तिथिमा नागगण सहित शेषनागको पूजा, स्तुति गर्ने हरेक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षका पंञ्चमीमा पितृ र नागको पूजा गर्नु कल्याणकारी हुन्छ
षष्टी तिथि:-
चैत्र महिनाको शुक्ल षष्टी र बैशाख महिनाको शुक्ल षष्टीमा भगवान षडानन् (कार्तिकेय) कुमारको व्रत गर्नुृ पर्छ । जेष्ठ शुक्ल षष्टीमा सूर्य भगवानको पूजा गर्ने , आषाढ शुक्ल षष्टीमा स्कन्दव्रत (गणेश) को पूजा गर्ने, भाद्र महिनाको षष्टीलाई चन्दन षष्टी मानिएको छ । यसमा देवीको पूजा गर्ने । आश्विन शुक्ल षष्टीमा कात्यानी देवीको पूजा गर्ने । मार्ग शुक्ल षष्टीलाई चम्पाषष्टी पनि भनिन्छ । भगवान विश्वेश्वरको पूज ागर्ने । पौष शुक्ल षष्टीमा भगवान दिनेश उत्पति भएका हुन् । माघ शुक्ल षष्टीलाई वरुण षष्टी भनिन्छ । भगवान विष्णु स्वरुप वरुण देवताको पूजा गर्ने ।फाल्गुन शुक्ल षष्टीमा भगवान पशुपतिको मृणमयी मूर्ति बनाएर पूजा गर्ने । वर्ष भरिको सम्पूर्ण सप्तमी तिथिमा सूर्य भगवानको पूजा, आरधना गर्ने गरिन्छ ।
अष्टमी तिथि
चैत्र शुक्ल अष्टमी तिथि दुर्गा भवानीको जन्म दिन हो । रात्रीमा देवीको पूजा गर्ने विधान भएको हुनाले उक्त दिनलाई महाअष्टमी पनि भनिन्छ । बैशाख शुक्ल अष्टमीमा अपराजित देवीको पूजा गर्नु । जेष्ट कृष्ण पक्ष अष्टमीमा भगवान त्रिलोचन को पूजा ,आरधना गर्नु । जेष्ट शुक्ल अष्टमीमा देवीको पूजा गर्नु । असार शुक्ल अष्टमीमा वेसार मिसाएको पानीले नुहाउनु , देवीलाई पनि नुहाइदिनु, मौन भोजन गर्नु । श्रावण शुक्ल अष्टमीमा देवीलाई यजन गरेर दुधले नुहाउनु । श्रावण कृष्ण अष्टमी देखि औंसि सम्म दशाफल नामक व्रत गरिन्छ । उपवास व्रतका शंकल्प पछि कालीतुलसीको दश वटा पातबाट कृष्णाय नम, विस्णवे नम, अनन्ताय नम, गोविन्दाय नम, गरुड ध्वजाय नम, दामोदराय नम, ऋषि केशाय नम, पद्यनाभाय नम, हरेय नम, प्रभवे नम, आदि नामको उच्चारण गर्दै हरेक दिन श्री कृष्ण को पूजा आरधना गर्नु । यो व्रत दश वर्ष सम्म निरन्तर गर्दा कल्याणदायक हुन्छ । श्री कृष्ण जन्मअष्टमीको जस्तो ठूलो व्रत अरु कुनै छैन । भाद्र शुक्ल अष्टमीमा राधाको व्रत गर्नु । यसलाई दुर्वा अष्टमीव्रत पनि भनिन्छ । यही तिथि देखि १६ दिन सम्म महालक्ष्मीको व्रत गर्नु । पूजा आश्विन कृष्ण अष्टमी सम्म रहन्छ । आश्विन शुक्ल अष्टमीलाई महाअष्टमी भनिन्छ । यसमा दुर्गाको पूजा गर्ने विधान छ । कात्र्तिक कृष्ण पक्षको अष्टमीलाई कर्काष्टमी भनिन्छ । यो तिथिमा भगवान शंकरको पूजा गर्नु । मार्ग कृष्ण अष्टमीलाई अनुधा अष्टमी भनिन्छ । अनध र अनुधा (पति, पत्नी) को प्रतिमा बनाएर पूजा गर्नु उत्तम पुत्र प्राप्त हुन्छ । मार्ग शुक्लाष्टमी मा काला भैरवको पूजा गर्नु । पौष शुक्ल अष्टमीमा गरीएको अष्टकासंज्ञक श्राद्धले पितृलाई एक वर्ष सम्म सन्तुष्ट गराउछ , शिवको पूजा गर्नु । माघ कृष्ण अष्टमीमा भद्रकाली देवीको पूजा गर्नु । माघ शुक्ल अष्टमीमा भिष्मलाई तर्पण गर्नु । फाल्गुण कृष्ण अष्टमीमा भिमा देवीको पूजा गर्नु, विधि पुर्वक शिव र पार्वतिको पूजा गर्नु ।
नवमी तिथि:-
चैत्र शुक्ल नवमीमा भगवान श्रीरामाको पूजा, आरधना गरिन्छ । बैशाखको दुवै पक्षको नवमी चण्डीका देवीको पूजा गर्नु । जेष्ठ शुक्ल नवमीमा उमा देवीको पूजा गर्नु । असारको दुवै पक्षको नवमी को रातमा हतियारमा सवार भएकी शुक्ल वर्ण इन्द्राणी देवीको पूजा गर्नु । श्रावण महिनाको दुवै पक्षको नवमीमा कौमारी चन्द्रीकाको पूजा गर्नु । भाद्र शुक्ल नवमीलाई नन्दा नवमी भनिन्छ । दुर्गा देवीको पूजा गर्नु । कात्र्तिक शुक्ल नवमीलाई अक्षय नवमी भनिन्छ । यो तिथिमा पिपलको फेदमा बसेर देवता , ऋषि र पितृ लाई विधि पूर्वक तर्पण गर्नु , सूर्य लाई अध्र्य दिनु । ब्राह््मण भोजन गराउनु । मार्ग शुक्ल नवमीलाई नन्दिनी नवमी भनिन्छ, जगदम्बा भवानीको पूजा गर्नु । पौष शुक्ल नवमीमा महामायाको पूजा गर्नु । माघ शुक्ल नवमीलाई महानन्दा भनिन्छ । यसमा गरेका सम्पूर्ण कर्मको फल अक्षय हुन्छन्, आनान्द भगवानको पूजा गर्नु ।
दशमी तिथि:-
चैत्र शुक्ल दशमीमा धर्मराजको पूजा गर्नु । विष्णु भगवानको पनि पूजा गरिन्छ , नदीहरुमा जहनु सर्वश्रेष्ठ नदी हो । जहनु पुत्री (गंगा) जेष्ठ शुक्ल दशमीमा पृथ्वीमा आएकी हुन, यसलाई दशहरा भनिन्छ । जेष्ठ शुक्ल पक्ष, हस्ता नक्षत्र बुधवार, दशमी तिथि गरकरण, आनान्द, व्यातिपात योगहरु कन्या राशिमा चन्द्रमा, वृर्ष राशिमा सूर्य यी दश योगलाई महान पूण्यमयी मानिएको छ । दश योगबाट भएको दशमी तिथिलाई दशहरा भनिन्छ । दशहरामा गंगा नदीमा स्नान गर्नु । श्रावण शुक्ल दशमी सम्पुर्ण आशा र कामनाहरुको पुरा गर्ने हुन । भगवान शंकरको पूजा गर्नु । भाद्रपद शुक्ल दशमीमा दशावतार व्रत गरिन्छ । मत्स्य, कूर्म। बराह, नृसिह, त्रिविक्रम(बामन), परशुराम, राम, कृष्ण, वुद्ध, कल्की अवतारहरुको सुनको मुर्ति बनाएर विधि पूर्वक पूजा गर्नु । आश्विन शुक्ल दशमीलाई विजय दशमी भनिन्छ । राम, लक्ष्मण, भरत र शत्रुधन को पूजा गर्नुृ । कार्तिक शुक्ल दशमीमा सार्वभौम व्रत गर्नु, गणेशको पूजा गर्नु । मार्ग शुक्ल दशमीमा आरोग्य व्रतको आचरण गर्नु । पौष शुक्ल दशमीमा विश्व देवताको पूजा गर्नु । विश्व देवता दश छन । क्रतु, दक्ष, वसू, सत्य, काल, काम, मुनि, गुरु, विप्र, राम आदि हुन । माघ शुक्ल दशमीमा अंगिरा आदि दश देवताको पूजा गर्नु । अंगिरा दश छन(आत्मा, आयु, मन, दक्ष, मद, प्राण, वहिषर््मान, गबिष्ट, दत्त, सत्य हुन । फाल्गुण शुक्ल दशमीमा चौध यमहरुको पूजा गर्नु । यमहरु क्रमश यम, धर्मराज, मृत्यु अन्नत, वैवस्वत, काल,सर्व भूत , क्षय, औदुम्बर, दघ्न, नील, परमेष्टी, वृकोदर, चित्र र चित्रगुप्त आदि हुन ।
एकादशी तिथि:-
दुवै पक्षको एकादशीमा निराहार रहेर एकाग्र चित्त भई विभिन्न प्रकारको फुलमालाले सजि सजाउ भएको मण्डप बनाउनु । स्नान, उपवास, र इन्द्रिय संयम पूर्वक श्रद्धा र एकाग्रचित्त भई विभिन्न प्रकारको उपचार, जप, होम, प्रदछिण, स्तोत्रपाठ, दण्डवत प्रणाम का साथै मनमा लमाइलो लाग्ने जय जयकार शब्दबाट श्री विष्णु भगवानको पूजा आरधना गर्नु र रातमा जाग्रम बस्नु । चैत्र शुक्ल एकादशीको व्रत र द्धादशीमा बासुदेवको पूजा गर्नु । बैशाख कृष्ण एकादशीको नाम वरुथिनी हो । भगवान मधुसूदनको पूजा गर्नु । जेष्ट कृष्ण एकादशीलाई अपरा भनिन्छ । भगवान त्रिविक्रमको पूजा गर्नु । जेष्ट शुक्ल एकादशीलाई निर्जला भनिन्छ । भगवान ऋषिकेशको पूजा गर्नु । आषाढ कृष्ण एकादशीलाई योगिनी भनिन्छ । भगवान नारायणको पूजा गर्नु । आषाढ शुक्ल एकादशीमा भगवान विष्णुको पुना गर्नु । श्रावण कृष्ण एकादशीलाई कामीका भनिन्छ । भगवान श्रीधरको पूजा गर्नु । कामनाहरुको व्रतलाई कामीका भनीएको हो । श्रावण शुक्ल एकादशी लाई पुत्रदा भनिन्छ । भगवान जनार्दनको पूजा गर्नु । भाद्र कृष्ण एकादशीलाई अजा भनिन्छ । भगवान उपेन्द्रको पूजा गर्नु । भाद्र श्ुक्ल एकादशीलाई पद्य भनिन्छ । भगवान बामनको पूजा गर्नु । आश्विन कृष्ण एकादशीलाई इन्द्रिरा भनिन्छ । भगवान पद्यनाभको पूजा गरिन्छ । आश्विन शुक्ल एकादशीलाई पापा۪ड्ढुश भनिन्छ । भगवान विष्णुको पूजा गरिन्छ । कात्र्तिक कृष्ण एकादशीलाई रमा भनिन्छ । भगवान केशवको पूजा अर्चना गर्नु । कात्तिक शुक्ल एकादशीलाई प्रबोधिनी भनिन्छ । भगवान श्रीदामोदर को पूजा गर्नु । मार्गकृष्ण एकादशीलाई उत्पन्न भनिन्छ । भगवान श्रीकृष्णको पूजा गर्नु । मार्गशुक्ल एकादशीलाई मोक्षदा भनिन्छ । भगवान अनन्तको पूजा गर्नु । पौष कृष्ण एकादशीलाई सफला भनिन्छ । भगवान अच्यूतको पूजा गर्नु । पौष शुक्ल एकादशीलाई पूत्रदा भनिन्छ । सुदर्शन चक्रधारी विष्णुको पूजा गर्नु ।माघ कृण्ष्ण एकादशीलाई षढतिला भनिन्छ , भगवान वैकुण्डको पूजा गर्नु । माघ शुक्ल एकादशीको नाम जया हो । भगवान श्रीपतिको पूजा गर्नु । फाल्गुण कृष्ण एकादशीको नाम विजय हो । भगवान योगेश्वरको पूजा गर्नु । फाल्गुण शुक्ल एकादशीलाई आमलकी भनिन्छ । भगवान पूण्डरीकाक्ष को पूजा गर्नु । चैत्र कृष्ण एकादशीलाई पापमोचनी भनिन्छ । भगवदान गोविन्दको पूजा गर्नु ।
द्वादशी तिथि:-
चैत्र शुक्ल द्वादशीमा मदनव्रत को आचरण गर्नु । कामस्वरुप भगवान अच्यूतको पूजा गर्नु । यसलाई मदन द्वादशी वा भर्तृद्वादशी ्को व्रत भनिन्छ । बैशाख शुक्ल द्वादशी मा भगवान माधवको पूजा गर्नु । जेष्ट शुक्ल द्वादशीमा त्रिविक्रम भगवानको पूजा गर्नु । आषाढ शुक्ल द्वादशीमा भगवान विष्णुको पूजा गर्नु । श्रावण शुक्ल द्वादशीमा भगवान श्रीधरको पूजा गर्नु । भाद्र शुक्ल द्वादशीमा भगवान वामनको पूजा गर्नु । आश्विन शुक्ल द्वादशीमा भगवान पद्यनाभको पूजा गर्नु । कात्र्तिक कृष्ण द्वादशी लाई गोवत्स द्वादशी भनिन्छ । कात्तिक शुक्ल द्वादशीमा भगवान दामोदरको पूजा गर्नु । मार्ग शुक्ल द्वादशीमा परम्उत्तम साध्यव्रत को पालना गर्नु । मनोभाव, प्राण, नर, अपान, वीर्यवान, चिति, हय, नय, हंस, नारायण, विभू, र प्रभू यी १२ साध्यगण हुन । १२ आदित्य – धाता, मित्र, अर्यामा, पूषा, शक्र, अंश, वरुण, भग, त्वस्टा, विवस्वान, सविता र विष्णु यी १२ लाई आदित्य भनिन्छ । माघशुक्ल द्वादशीमा शालीग्रामको पूजा गर्नु । फाल्गुण शुक्ल द्वादशीमा हरिको पूजा आरधना गर्नु । त्रिस्पृशा, उन्मीलनी, पक्षवर्धिनि , वञ्जली, जया, विजया , जयन्ति र अपराजीत आदि नामका द्वादशीलाई महा द्वादशी भनिन्छ । यी द्वादशीहरुमा क्रमश गोविन्द, बासुदेव, संकर्षण, प्रधुम्र, अनिरुद्र , गदाधर, बामन, नारायणहरुको पूजा आराधाना गर्नु संसार बन्धनबाट मुक्ति पाईन्छ ।
त्रयोदशी तिथि
चंैत्र कृष्ण त्रयोदशी शनिवार सहित छ भने महावारुणी मानिएको छ , यसैमा शुभयोग, शतभिषा नक्षत्र र शनिवार संयुक्त भएमा महा महावारुणीको नाउँबाट प्रख्यात छ , यसमा गंगा स्नान गर्नु । जेष्ट शुक्ल त्रयोदशीमा दुर्भाग्यशम व्रत गरिन्छ । गंगा नदीमा स्नान गरी मदार, आँक र रातोकनेर जातको वनस्पितीलाई पूजा गर्दै सूर्यलाई नमस्कार गर्नु, यसबाट दुर्भाग्यको नाश हुन्छ । आषाढ शुक्ल त्रयोदशीमा उपबासको साथ शिव र पार्वतीको पूजा गर्नु । ५ वर्ष सम्म व्रतको पालन गर्दा जन्म , जन्मान्तर सम्म दाम्पत्य सुख प्राप्त भईरहन्छ । भाद्र शुक्ल त्रयोदशीको व्रतलाई गोत्रिरात्र व्रत भनिन्छ । भगवान लक्ष्मीनारायणको पूजा गर्नु । आश्विन शुक्ल त्रयोदशीमा भगवान शंकरले उत्पति गर्नु भएको अशोक वृक्षको पूजा गर्नु । नारीको कोख सफल हुन्छ । कात्तिक कृष्ण त्रयोदशीमा एक समय भोजन गरेर यमराजको पूजा गर्नु । भगवान शिवको प्रार्थाना गर्नु । पौष शुक्ल त्रयोदशीमा अच्यूतको पूजा गर्नु । माघ शुक्ल त्रयोदशीबाट ३ दिन सम्म माघस्नानको व्रत गरिन्छ । माघमा प्रयागतिर्थमा ३ दिन स्नान गर्दा ठूलो पूण्य प्राप्त हुन्छ । फाल्गुण शुक्ल त्रयोदशीमा भगवान जगन्नाथको पूजा गर्नु । हरेक महिनाको त्रयोदशीमा उपवासको साथ भगवान कुवेरको पूजा आरधना गर्नु ,पृथ्वीमा कुवेर सरह धनी हुन पाईन्छ ।
चर्तुुदशी तिथि:-
बैशाख कृष्ण चर्तुुदशीमा बेलपत्र सहित शिवलिङ्गको पूजा गर्नु । धन र सन्तान वृद्धिको लागि हरेक महिनाको कृष्ण चर्तुुदशीमा शिवको व्रत गर्नु । बैशाख शुक्ल चर्तुुदशीमा भगवान नृसिहको पूजा गर्नु । ॐ कारेश्वरको यात्रा तथा दर्शन गनु । जेष्ट शुक्ल चर्तुुदशीमा पञ्चाग्नि को सेवन गर्दै साँझमा सूवर्णले सिंगारिएको गाई दान गर्नु , यसलाई रुद्रव्रत भनिन्छ । आषाढ शुक्ल चर्तुुदशीमा ठाउँ र समय अनुकुल उत्पति भएको फूलबाट भगवान शिवको पूजा गर्नु । श्रावण शुक्ल चर्तुुदशीमा पवित्ररोपण गर्नु भाद्र शुक्ल चर्तुुदशीमा भगवान अनन्तको पूजा आरधना गर्नु । आश्विन कृष्ण चर्तुुदशीमा विष, हतियार, जल, अग्नि, सर्प, हिंसक जनावर र बज्रपातबाट मरेका मानिस तथा ब्रह हत्यारा पुरुषको लागि एकोद्धिष्टको विधि अनुसार श्रद्धा गर्नु , उसैदिन तर्पण , गोग्रास, कुकुरबली, काकबली, दिएर आँचमान गरेपछि भाई, बन्धुहरुको साथमा भोजन गर्नु । आश्विन शुक्ल चर्तुुदशीमा धर्मराजको पूजा गर्नु । कात्तिक कृष्ण चर्तुुदशीमा चन्द्रोदयाको समयमा शरीरमा तेल र बुकुवा लगाएर स्नान गर्नु, धर्मराजको पूजा गर्नु, भगवान विश्वनाथ र शिव लिङ्घको पूजा गर्नु , पञ्चगव्य खानु (कपिला गाईको पिसाब, काली गाईको गोवर, सेती गाईको दुध, रातो गाईको दहि, कबरी गाईको घ्यू, र कुशको टुक्रा) मार्ग शुक्ल चर्तुुदशीमा शिवको व्रत गरिन्छ । पौष शुक्ल चर्तुुदशीमा बिरुपाक्ष व्रत गरिन्छ , भगवान शिव कपर्देस्वर को पूजा आरधना गर्नु । माघ कृष्ण चर्तुुदशीमा १४ वटा नाम गरेका यमराज लाई तर्पण गर्नु, खिचडी खानु । फाल्गुण कृष्ण चर्तुुदशीामा गरिने व्रतलाई शिवरात्री व्रत भनिन्छ । दिन र रात निर्जल उपबासबाट भगवान शिव र शिव लिङ्गको पूजा गर्नु । फाल्गुण शुल्क चर्तुुदशीमा दुर्गा देवीको पूजा आराधना गर्नु । चैत्र कृष्ण चर्तुुदशीमा उपबास बसेर केदार तिर्थको जल पिउनाले अश्वमेघ यज्ञको समान फल प्राप्त हुन्छ ।
पुर्णिमा तिथि :-
चैत्रको पूर्णिमा लाई मन्वादि तिथि भनिन्छ , चन्द्रमाको पूजा गर्ने । बैशाख पूर्णिमा मा धर्मराजको व्रत गर्ने । यसमा व्राहणलाई दिइएको दान रुपी द्रव्य दाता लाई नै प्राप्त हुन्छ । जेष्ट पूर्णिमा मा वर वृक्षको साथमा रहने सावित्री देवीको पूजा गर्ने , जसलाई वट सावित्री व्रत भनिन्छ् । व्रतालु नारी चिरकाल सम्म सौभाग्यवती
रहनेछिन् । आषाढको पूर्णिमा लाई गोपद्य व्रत भनिन्छ । भगवान श्री हरिको ध्यान गर्नु, जसबाट इहलोक र परलोकमा भोग, ऐश्वर्य प्राप्त हुन्छ । श्रावण पूर्णिमा मा वेदका उपकर्महरुको विषयमा वर्णन गरिन्छ । यर्जुवेदी व्राहण, देवता , ऋषि र पितृलाई तर्पण गर्नु पर्छ । ऋग्वेदी हरुको लागि चर्तु्दशीको दिन, सामवेदी हरुको लागि भाद्र महिनाको हस्ता नक्षत्रमा विधिपुर्वक रक्षा विधान अनुसार गर्नुपर्छ । भाद्र पूर्णिमा मा उमा महेश्वर र देवराज इन्द्रको व्रत गरिन्छ । यसलाई शक व्रत पनि भनिन्छ । धन, धान्य, भोग, ऐश्वर्य को चाहाना राख्ने वाला धनी व्यक्ति ले हरेक वर्ष यो व्रत गर्नु पर्छ । आश्विन पूर्णिमालाई कोजागर व्रत भनिन्छ । रातभर जागृत अवस्थामा रहेर विभिन्न सामाग्रीका साथ लक्ष्मीको पूजा आरधाना गर्ने र वाहणलाई दान दिनु, लक्ष्मीले समृद्धि प्रदान गर्छिन । कार्तिक पूर्णिमा मा वाहण तत्वको प्राप्त गर्न र सम्पूर्ण शत्रु माथि विजय प्राप्त गर्नको लागि कार्तिकेय को दर्शन , पूजा आरधना गरिन्छ । यसै पूर्णिमा मा वृषोसर्ग व्रत र नक्तव्रत गर्दां रुद्रलोक प्राप्त हुन्छ । मार्ग पूर्णिमा मा शान्त स्वाभाव भएको व्राहणलाई ४ सेर नून दान गर्नु, लक्ष्मीको प्यारो भएर दरिद्रको नाश गर्नाको लागि योव्रत गरिन्छ । माघ पूर्णिमा को दिन आफ्नो गच्छे अनुसार तिल, जुत्ता, कपडाको साथ खाद्य सामाग्री हरु दान गर्दा स्वर्गलोकमा सुखी रहन्छ, भगवान शंकरको विधि पूर्वक पूजा गरिन्छ । फाल्गुण पूर्णिमा मा विधि पूर्वक चिता बनाएर होलीका दहन गरिन्छ ।
औंसी तिथि :-
औसी (अमावास्या) को व्रत पितृको लागि अत्यान्त प्यारो हुन्छ । बैशाख औसीमा पितृको पूजा पार्वण विधिबाट धन , वैभव अनुसार श्रद्धा व्राहण भोजन, गाई दान गर्दा सबै औसीको लागि पूण्यदायक हुन्छ । जेष्ट औसिमा व्रहा(सावित्रीको व्रत गरिन्छ । जेष्ट पूर्णिमा को अनुसार समान विधि मानिएको छ । अषाढ, श्रावण र भाद्र महिनाको औसीमा पितृ श्राद्ध , दान, होम र देवताको पूजा गर्दा पुण्य अक्षय हुन्छ । भाद्र औसी लाई कुशेऔसी भनिन्छ । तिलबारीमा उत्पति भएको कुशलाई ब्रहा मन्त्रले आमन्त्रीत गरी हँ फट् को उच्चारणको साथ कुशलाई उखेल्नु र सबै किसिमको कार्यमा प्रयोग गर्नु । ब्रहाको मन्त्र(विरिञ्चिना सहोत्पन्न परमेष्ठी निसर्गत, नुद ,सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।। आश्विनको औसी मा गंगा नदीमा वा गयामा पितृको लागि श्रद्धा तर्पण गर्दा मोक्षदायक हुन्छ । कार्तिकको औसी मा घर आँगन, बगैचा जतासुकै बत्ती बालेर लक्ष्मीको पूजा गर्नु । पशुलाई पनि तेल लगाई पूजा गर्नु । मार्ग औसी मा पितृको श्रद्धा तर्पण ब्रहाण भोजन गराउनु । पौष र माघको औसी मा पितृ श्राद्धको फल अधिक मानिएको छ । फाल्गुणको औसी मा श्रवण व्यातीपात र सूर्यको योग भएमा श्रद्धा र ब्रहाण भोजनबाट गया भन्दा बढी फल प्राप्ति हुन्छ । सोमबारको औसीमा गरिएको दानले सम्पूर्ण फल दिनेवला हुन्छन् । यसमा गरेको श्रद्धाबाट अधिक फल प्राप्त हुन्छ । सबै तिथिमा गरिने व्रतका विशेष विधिहरु हुन्छन् । जसलाई अन्य विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । व्रत तथा उपवास बस्दा आफ्नो शरीरको भौतिक क्षमता अनुसार निराहार , जलाहार, तथा फलाहार मध्ये जसबाट शरीर र आत्मालाई सन्तुष्टि प्रदान गर्छ , उसैलाई उपयोग गरौंँ।
सबै किसीमका तिथिमा देवी तथा देवताहरुको पूजा , अर्चना , होम आदिमा ब्रहणलाई आमन्त्रण गरी विधि पूर्वक आवश्यक सामाग्रीका साथ काम्यकर्मादि गराउनु । शुद्ध आचरणमा बस्नु , कन्या, कुमारी र ब्राहण तथा दीनदुखी लाई यथासक्दो दान दक्षिणा र भोजन गराउनु । एकादशीको व्रत बस्नु पर्दा दशमीको दिन साँझको खाना एक छाक, एकादशीको दिन बिहान र साँझ दुबै छाक खाना नखाई उपबास सहित द्धादशीको दिन मध्यान्नमा व्रतको समाप्ति गरी खाना खानु । दान, दक्षिणा समर्पण गर्दा पारिवारिक आयस्रोत को हैसियतलाई ध्यान दिँदै यथासक्दो पत्रमं, पुस्पमं तथा द्रव्यमं जो सामु छ उसैलाई श्राद्ध भक्तिका साथ स्मर्पण गर्नु । कुनै पनि देवी तथा देवताहरुको पूजा आरधना आदि का काम्यकर्महरु गर्नु पर्दा पुनर्जन्म लिदै जन्म र मरणको चक्रमा रमाउनको लागि सकाम कर्म र पुनर्जन्मको चाहाना नलिने हो , मोक्ष नै प्राप्त गर्ने हो भने निश्काम कर्म भक्ति भावको साथ गर्नुपर्छ । मानिस शक्तिको सन्तान भएको कारण बाट जवानी अवस्थामा जे जस्तो सोचाईमा जीवनको निर्वाहा गरेता पनि वृद्ध अवस्थामा प्रवेश गर्दा हाम्रो मन तथा मस्तिष्कले सँधै शान्तिको नै कामना गरिरहेको हुन्छ । ईश्वरको प्रार्थाना गर्दा कुनै पनि तिथि र मितिको आवश्यकता पर्दैन । समस्त प्राणी जगतमा माया गर्ने र ईश्वर प्रति भक्ति भाव दर्शाउने सज्जनको लागि जीवन भरका सबै समयहरु पूण्यवान तिथिको रुपमा रहेका छन् ।
"https://ne.wikibooks.org/wiki/सेढाई_वंश" बाट अनुप्रेषित