विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''विचार विज्ञान'''
== विचार ==
विचार विज्ञान सचिदानन्द सरस्वती खप्तड बाबा
[[|thumbnail|f:\new folder\escan document\bichar bigyan200.jpg]]
विचार विज्ञान – सचिदानन्द सरस्वती खप्तड बाबा
 
 
Line ७३ ⟶ ७२:
'''विचार–बल'''
याद राख विचार कुनै सानो वस्तु होइन । विचारहरूमा ठूलो बल छ । यस समान दोस्रो कुनै बलवान् वस्तु छैन । परम कृपालु ईश्वरले हामीमाथि यतिसम्म कृपा गरी यस्तो ठूलो बल हामीलाई दिएका छन् । यसै बलले गरेर मनुष्यत्व उत्तम बनेको हो । यसले आफ्ना विचारहरूलाई उत्तम बनाएर आफ्नो वशमा गर्नु पर्दछ तथा तिनलाई आफ्नो इच्छानुसार डो¥याउनु पनि पर्दछ । यदि हामीलाई यस्तो पर्न आयो भने हामी आफ्नो जीवनका कतिपय दुःखहरूलाई हटाउन सक्छौं । अर्थात् आफ्ना दुःखहरूलाई हटाउनका लागि विचारका बललाई बढाउनु पर्दछ । यही उपाय आत्मोन्नति र सर्व–शक्तिमान् ईश्वरको ज्ञान तथा प्रेमको प्राप्तिको हो । विचारहरूको कस्तो स्वभाव छ भने हामी जस्तो विचार धेरै जसो गर्दछौं, उस्तै नै हाम्रो कार्य हुन्छ । हामीले दुःखका विचार धेरै गरेका छौँ भने चारैतिर भयको नै कारण देखा पर्नेछन् । उस्तै नै विरामी तथा मृत्युको विचार नै अधिक गछौं भने रोग र मृत्यु नै शीघ्र आउँछन् किनभने विचारहरूको प्रभाव कहिल्यै व्यर्थ जाँदैन । यति मात्र होइन केही समय पनि हाम्रा विचार फेरिऊन् तैपनि पहिले गरिएका विचारहरूको प्रभाव नष्ट हुँदैन, बरु केही समय ती दुःख दिई नै रहन्छन् । हामीले नचाहे तापनि बलपूर्वक आएर बारम्बार क्लेश दिने गर्दछन् । विचारको शक्ति आफ्ना अधिनमा आइसकेपछि तिनको प्राप्ति, वृद्धि र संचय गर्नाका लागि विशेष परिश्रम गर्नु पर्दैन । जसरी दम दिनाले घडी आठ दिन वा चौबीस घण्टा चल्ने गर्दछ र आवश्यकता अनुसार इन्जिनमा कोइला पानी दिनाले त्यो सैकडौं माइल दुगुर्दछ त्यही शक्ति विचारहरूमा पनि हुन्छ ।
तिम्रा विचार सदैव रचना गर्दछन् । तिनबाट जस्तो रचना गराउँछौ उस्तै नै रचना ती गर्नेछन् । यसमाथि पनि यदि तिनको रचना तिमीलाई राम्रो लागेन भने यसमा तिनको केही दोष छैन किनभने तिनका शिक्षक तिमी नै हौ । तिमीले जस्तो शिक्षा दिएका छौ ती उस्तै रचना गर्दछन् ।
परमात्माले नियम निर्माण गरेको छ जसलाई भङ्ग गर्न ऊ आफू पनि समर्थ छैन ।
अपूर्णताको जिम्मेदारी तिमीमा नै छ । तिमीले अज्ञानतावश ती नियमहरूलाई पालन गरेनौ जसलाई पालन नगर्दा दुःख र दुर्भाग्य, रोग, शोक, वृद्धावस्था र मृत्युसम्म हुन जान्छ ।
विचार गर्ने विधि बडो सरल छ । यदि तिमीलाई धनको इच्छा छ भने सदैव विश्वलाई धनले भरिएको हेर । आरोग्यता चाहिन्छ भने सदैव आफूलाई आरोग्य मान, प्रेम चाहन्छौ भने आफ्नो मनमा प्रेमको विचार गर । जुन बस्तुको इच्छा छ उसैमाथि आफ्नो विचार केन्द्रित गर । तर स्मरण राख कि आज धनको, भोलि दरिद्रताको विचार गर्नाले दुवै आफ्नो–आफ्नो फल दिन्छन् । यो पनि स्मरण राख कि बिना उद्योग विश्वभण्डारबाट केही मिल्न सक्दैन ।
विचारहरूको कम्पन बाहिर, भित्र सबैतिर भइरहन्छ । एउटा विचारको असर मानिसको अङ्ग–प्रत्यङ्गमा हुन्छ । विचारको आभास मनुष्यको मुख मण्डलमा, नेत्रमा चालमा, रङ्ग–ढङ्ग र प्रत्येक क्रियामा प्रतीत हुनलाग्दछ ।
'''विचार कहाँबाट उत्पन्न हुन्छ ?'''
विचारहरू मस्तिष्कबाट उत्पन्न हुन्छ । मस्तिष्क केन्द्र नै विचारहरूको माध्यम यन्त्र हो । अन्य यन्त्रहरूको अपेक्षा मस्तिष्क अधिक शक्तिशाली र पूर्ण छ । मस्तिष्कमा कति प्रचण्ड शक्ति छ भने यसको वर्णन हुन सक्दैन यद्यपि यो शान्त र स्थिर प्रतीत हुन्छ तैपनि यस केन्द्रबाट विचारहरू बाहिर निस्कन्छन् । यी विचारहरूको उत्पत्ति इच्छको तीव्र र सामान्य रूपमाथि निर्भर गर्दछ ।
'''मस्तिष्क वर्णन'''
मस्तिष्क दुई गोलाद्र्धहरूमा बनेको छ । यी दुवैको बीचमा एउटा गहिरो (चिरा) छ । ठूलो मस्तिष्कमा श्वेत वर्णको पदार्थ भरिएको हुन्छ र मज्जाको चारैतिर धुस्रो वर्णको एक स्तर छ । त्यसमा गाँठा जस्ता बनेका हुन्छन् । यी सबै रक्तवाहिनी नाडीहरूले बनेको एउटा जालोले ढाकिएका हुन्छन् । यसैलाई मस्तिष्क भन्दछन् । वैज्ञानिकहरूको भनाइ के छ भने मस्तिष्कको एक भाग गर्धनबाट ढाडको हड्डीभित्र कम्मरसम्म गएको छ । यसैले शरीरका प्रत्येक अङ्गहरूमा मस्तिष्कबाट बाह्र जोडा स्नायु निक्लेर जडिएका छन् ।
मस्तिष्कको एक भागमा अनुभव, इच्छा, बुद्धि आदिको स्थान छ । मस्तिष्कको यस भागलाई हानि पुग्नाले मानसिक कार्य गर्ने सामथ्र्य धेरै न्यून हुन जान्छ ।