विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६८:
'''शुभ–विचारबाट शुभ–परिणाम'''
हामीले आफ्ना विचारहरूको परिणाम र अरूमाथि असर गर्ने शक्ति र आफ्ना हृदयमा अरूको विचार उत्पन्न हुने सामथ्र्य आदि सब दशाहरूलाई यथार्थ रूपमा थाहा पायौं भने कहिल्यै दुःख, पाप, रोग वा मृत्युको विचार गर्ने छैनौं । दुःख निराशाका विचार गर्नाले स्वतः आफ्नो कति हानि हुन्छ, यस कुरालाई यदि हामीले राम्रोसँग बुझ्न सक्यौं भने तर्सिरहने छैनौं । यस विषयमा ज्ञानवान् सूक्ष्मदर्शी के भन्दछन् भने विचारले राम्रो वा नराम्रो असर नदेखाई छाड्दैन । जस्तो सानो वरको बीजबाट विशाल वृक्ष बन्न जान्छ, उस्तै नै सानो विचारको महान् फल हुन्छ । यदि यस्तो नभए हामी आफ्नो जीवन कहिल्यै सुधार्न सक्दैनौं तथा मोक्षको प्राप्ति गर्न सक्दैनौं । तर दयालु परमात्माको कृपा छ हाम्रो कुनै विचारलाई ऊ खेर जान दिंदैन, बरु व्याजमा स्याज सहित बढाउँछ । जस्तो पानीको एउटा सानो धाराबाट नदी बन्दछ उस्तै नै एउटा सानो जस्तो विचारबाट भावनाहरू बन्न जान्छन् र तिनै भावनाहरूको बलबाट मनुष्य नरबाट नारायण हुन सक्छ । त्यसैले सदा शुभविचार गर्नु पर्दछ र कुनै प्रकारको भय, दुःख, निराशा, रोगादिको विचार गर्नु हुँदैन ।
'''निराशाको विचारले हानि'''
एउटा मानिस सदा निराशपूर्ण विचार गर्ने गर्दथ्यो । कुनै कार्य सिद्ध हुन योग्य हुँदाहुँदै पनि त्यो के ठान्दथ्यो भने त्यो काम सिद्ध हुनु असम्भव छ । कहीं बाहिर जान योग्य भएर पनि आफ्नो मनमा के सोच्दथ्यो भने म उहाँ जान सक्ने होइन । उसका मित्र उत्तम भएर पनि कारणवस केही भनाभन हुन गएमा ऊ आफ्नो मनमा के सोच्दथ्यो भने यी धेरै खराब हुन्, मेरा विषयमा कुनै सहायता गर्ने होइनन् द्रव्य प्राप्तिको सम्बन्धमा कस्तो सोच्दथ्यो भने यस काममा केही पनि पाइने होइन । यो काम राम्रो प्रतीत हुन्छ । तर यसमा घाटा नभइरहने होइन । यस प्रकार प्रत्येक विषयमा त्यो सदा निराशाको नै विचार गर्ने गर्दथ्यो । यसले जति सुविधा भए पनि त्यो दुःखी नै रहन्थ्यो । उसको धर्म भावना पनि अधूरो नै थियो । उसलाई आफूद्वारा कुनै कार्य–पूर्ति वा सिद्धिको विश्वास हुँदैन थियो । उसको मनमा निराशाको विचार धेरै दृढ भइसकेको थियो । उसको विचार उसबाट निस्केर घुम्दा–फिर्दा एउटा विद्यार्थीको मस्तिष्कमा प्रविष्ट भयो । उसको परीक्षा हुने समय थियो । तर उसैबेला त्यो बिरामी प¥यो । उसलाई के प्रतीत हुनथाल्यो भने यसपटक मैले ठीकसँग पढिन त्यसकारण म पास हुन सक्दिन । त्यसैले यस वर्ष मैले परीक्षा दिनु भएन । यत्तिकैमा उसको मनमा त्यो निराशावादीका विचार आएर घुम्यो, उसले हिम्मत हा¥यो र उस्तै नै विचार गर्नलाग्यो अब म पास हुने छैन । असल बुद्धिमान विद्यार्थी आफ्नो मनको दुर्बलताले गर्दा फेल भयो । त्यो केवल निराशाको कारणले नै भयो । फेरि त्यस विचारले त्यहाँबाट पनि फैलेर अरू धेरैको हानि ग¥यो । यसबाट पाठकगणले बुझे होलान् एउटा सानो विचारबाट अन्त्यमा यस्तो नराम्रो परिणाम हुन्छ जसको अनुमानसम्म पनि गर्न सकिँदैन । त्यसैले आफ्नो मनमा नराम्रो विचार आउन नपाओस् भन्ने कुरामा विशेष ध्यान राख्नुपर्दछ ।
'''विचार–बल'''
याद राख विचार कुनै सानो वस्तु होइन । विचारहरूमा ठूलो बल छ । यस समान दोस्रो कुनै बलवान् वस्तु छैन । परम कृपालु ईश्वरले हामीमाथि यतिसम्म कृपा गरी यस्तो ठूलो बल हामीलाई दिएका छन् । यसै बलले गरेर मनुष्यत्व उत्तम बनेको हो । यसले आफ्ना विचारहरूलाई उत्तम बनाएर आफ्नो वशमा गर्नु पर्दछ तथा तिनलाई आफ्नो इच्छानुसार डो¥याउनु पनि पर्दछ । यदि हामीलाई यस्तो पर्न आयो भने हामी आफ्नो जीवनका कतिपय दुःखहरूलाई हटाउन सक्छौं । अर्थात् आफ्ना दुःखहरूलाई हटाउनका लागि विचारका बललाई बढाउनु पर्दछ । यही उपाय आत्मोन्नति र सर्व–शक्तिमान् ईश्वरको ज्ञान तथा प्रेमको प्राप्तिको हो । विचारहरूको कस्तो स्वभाव छ भने हामी जस्तो विचार धेरै जसो गर्दछौं, उस्तै नै हाम्रो कार्य हुन्छ । हामीले दुःखका विचार धेरै गरेका छौँ भने चारैतिर भयको नै कारण देखा पर्नेछन् । उस्तै नै विरामी तथा मृत्युको विचार नै अधिक गछौं भने रोग र मृत्यु नै शीघ्र आउँछन् किनभने विचारहरूको प्रभाव कहिल्यै व्यर्थ जाँदैन । यति मात्र होइन केही समय पनि हाम्रा विचार फेरिऊन् तैपनि पहिले गरिएका विचारहरूको प्रभाव नष्ट हुँदैन, बरु केही समय ती दुःख दिई नै रहन्छन् । हामीले नचाहे तापनि बलपूर्वक आएर बारम्बार क्लेश दिने गर्दछन् । विचारको शक्ति आफ्ना अधिनमा आइसकेपछि तिनको प्राप्ति, वृद्धि र संचय गर्नाका लागि विशेष परिश्रम गर्नु पर्दैन । जसरी दम दिनाले घडी आठ दिन वा चौबीस घण्टा चल्ने गर्दछ र आवश्यकता अनुसार इन्जिनमा कोइला पानी दिनाले त्यो सैकडौं माइल दुगुर्दछ त्यही शक्ति विचारहरूमा पनि हुन्छ ।