विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
'''शरीर मरे पनि विचार मर्दैन'''
शरीरको नाश हुँदैमा विचारहरूको नाश हुँदैन । त्यसैले मरेपछि जब फेरि दोस्रो जन्म हुन्छ, पूर्वजन्ममा गरिएका राम्रा नराम्रा विचार नै उसलाई सुख दुःख दिन्छन् । जो विचार बारम्बार पुष्टताले गरिन्छ, त्यसलाई यदि कार्य पूर्तिको लागि तत्काल समय मिलेन भने पनि पछि जब समय मिल्दछ तब विचार पुनः मनमा उत्पन्न भई आफ्नो इच्छानुसार काम गराउँछ । जुन काम नगरौं भन्ने इच्छा छ, त्यसलाई लाचार भएर गर्नु पर्दछ । जस्तो कसैले धेरै दिनसम्म चोरीको विचार गरेको छ तर उसलाई चोरी गर्ने अवसर मिलेको छैन र पछिबाट कुनै सत्सङ्गमा गएर उसले आफ्नो चाल–चलन सुधार्न धेरै सावधानी राख्न लाग्यो र पहिले गरिएका चोरीका विचारहरूको स्मरणद्वारा पश्चाताप गरेर उसले अब म कहिल्यै चोरी गर्नेछैन भनी निश्चय ग¥यो भने पनि समय पाएर पूर्वमा गरिएका चोरीका विचारहरूले उसको मन लोभ्याउँछन् र इच्छा नभएर एवं चोरी नगर्ने पूर्ण निश्चय गरेर पनि उसबाट चोरी भई नै हाल्छ । किनभने उसका ती विचार मरेका छैनन् । यसैले जब तिनका सहायक विचार मिल्दछन् तब ती बलात् चोरी गराइदिन्छन् । यसै प्रकार पूर्वमा गरिएको विचारहरूबाट अन्य जन्ममा पनि मानिस लाचार भएर उही काम गर्दछ । विचारहरूमा यति ठूलो बल छ । शरीर नष्ट हुँदैमा विचार नष्ट हुँदैन । विचारहरूलाई विकसित गर्ने उपाय के हो भने जसरी एउटै मार्गमा गाडीहरू लगातार दौडिरहने गरे भने मार्गमा गाडीका पाङ्ग्राहरूको चिन्ह बन्दछ र इनारमा डोरीको घोटाइले ढुङ्गामा चिन्ह बन्दछ । त्यसैगरी एउटै विचार बारम्बार पुष्टताले गरिएको छ भने मस्तिष्कमा त्यस प्रकारका परमाणु पुष्ट हुनजान्छन् र ज्ञानतन्तुहरूलाई त्यस अनुकूल चल्ने स्वभाव पर्न जान्छ । यसैले शरीर र मनका परिश्रमबिना सब कार्य आफ से आफ हुने गर्दछन् । जब एक पटक एक प्रकारका विचारमाथि एकाग्रता गरिन्छ, तब त्यो विचार प्रष्ट हुनजान्छ । त्यसबाट फेरि अन्य विचार गर्नु सहज हुनजान्छ । जसरी नित्य व्यायाम गर्नाले शरीर पुष्ट हुन्छ । उसरी नै नित्य विचार गर्नाले विचार शक्ति पुष्ट हुन्छ । विचार–शक्तिलाई पुष्ट पार्नु छ भने एउटै प्रकारका विचार पुष्टताले बारम्बार गर्नु पर्दछ । यस्तै प्रकारले नराम्रा विचारहरूलाई नाश गर्न जान्यौं भने हामी धेरै नै सरलता र शीघ्रतासाथ उन्नति गर्न सक्छौ. किनभे नराम्रा विचार नै हामीलाई साना–साना कुरामा अल्झाइराख्दछन् । यसैले हामी अगाडि बढ्न पाउँदैनौं । जसरी दुर्गन्धित स्थानलाई शुद्ध गर्नका लागि सुगन्धित बस्तु छर्कनु पर्दछ र शीत निवृत्तिको लागि उष्ण औषधी सेवन गर्नु पर्दछ । उसरी नै खराब विचारहरूलाई नष्ट गर्नका लागि राम्रा विचार पुष्टतासाथ गर्नु पर्दछ । क्रोधका विचारहरूको नाशको लागि शान्त विचार एकाग्रताले गर्नु पर्दछ र लोभका विचारहरूको निवृत्यर्थ सन्तोष र उदारताको विचार अधिकताले गर्नु पर्दछ । द्वेषको विचारका नाशको लागि प्रेमको विचार र अभिमानको विचारको नाशका लागि नम्रताका विचार तथा भयका विचारका नाशको लागि निर्भयताको विचार गर्नु पर्दछ । यस्तै नै नराम्रा विचारका विरोधी तत्तत् शुभ विचारहरूलाई बढाउनु पर्दछ । यसैलाई योगशास्त्रमा प्रतिपक्ष भावना ‘तँत्प्रतिषेधार्थ प्रतिपक्ष भावनम्’(Counter- thought) भनेको छ । जब किसान आफ्नो खेतमा रोपेको खेतीलाई सुकाउन चाहन्छ तब ंिसंचाइ गर्न बन्द गरिदिन्छ । यसबाट त्यो बालीको आफ से आफ रोकिन्छ र खेती सुक्न जान्छ । त्यस्तै नै आफ्नो मनमा जमेका नराम्रा विचारहरूलाई नष्ट गर्नु छ भने तिनलाई सिँच्न बन्द गरिदिनु पर्छ अर्थात् त्यस प्रकारका विचारहरूलाई मनमा आउनै दिनु हुँदैन; यदि आइहाल्यो भने तिनलाई तत्काल निकालिदिनु पर्दछ । जस्तो पानी विना वृक्ष थोरै कालमा सुकेर जान्छ उस्तै नै नराम्रा विचारहरूलाई सहायता नमिल्नाले थोरै समयमा ती स्वयं नष्ट हुन्छन् । यसैले खराब विचारलाई उठ्नै नदिनु तथा त्यसका विरुद्ध मनमा राम्रा विचारहरूलाई स्थान दिनाले नराम्रा विचार अतिशिघ्र नष्ट हुन जानेछन् । मानिस नराम्रा विचार धेरै गर्छ र राम्रा विचार ज्यादै कम । यसबाट भय, सन्ताप, रोग, निराशादि अनेक व्याधिहरू देखा पर्दछन् किनभने सबै प्रकारका दुःख नराम्रा विचारबाट उत्पन्न हुन्छन् । राम्रो विचार गर्नमा जति श्रम पर्दछ उत्ति नै श्रम नराम्रो विचार गर्नमा पनि पर्दछ ।
'''राम्रा विचारले नराम्राको परिहार'''
राम्रो विचार गर्नु अति सरल कार्य हो तापनि हामी राम्रा विचार गर्दैनौ । यसको कारण के हो भने हामीलाई नराम्रो विचार गर्ने बानी परिसकेको छ । त्यसैले राम्रा विचार गर्नमा बाधा पार्दछ । कुनै खेतमा बेकामको घाँसले ढाकेको छ भने त्यसमा राम्रा फलदार वृक्ष उम्रन सक्दैनन् । त्यसैले चतुर माली ती बेकम्मा घाँसका जरालाई खनेर निकालिदिन्छ । उस्तै नै हाम्रो मनरूपी खेतमा नराम्रा विचाररूपी घाँसले गहिरो जार गाडिसकेको छ । त्यसैले हामी सहजै राम्रा विचार गर्न सक्दैनौं । यसैले नराम्रा विचारहरूको जरालाई उखेलेर उत्तम फलदार वृक्षहरूलाई जमाउनु पर्दछ । ठूला वृक्षहरूको जरा धेरै गहिरो हुन्छ र जङ्गली घाँसहरुको जरा माथि नै हुन्छ । नराम्रा विचार जङ्गली घाँस समान हुन् र उत्तम विचार फलदार वृक्ष समान हुन् ।
भगवान्ले गीतामा भन्नु भएको छ– पाप काठ समान हो र ज्ञान अग्नि समान हो । काठ धेरै छ र अग्नि थोरै भए पनि सब काठहरूलाई भस्म गरिदिन्छ । उस्तै अलिकति उत्तम विचार भए तापनि त्यसले धेरै दिनका नराम्रा विचारहरूलाई नाश गरिदिन्छ । उत्तम विचारहरूको महिमा शास्त्रवेत्ताहरूले वर्णन गरेका छन् । नराम्रा विचार धेरै छन् र राम्रा विचार थोरै छन् भने पनि उत्तम विचारहरूको बल बढेर जान्छ र उत्तम विचारहरूले हजारौं नराम्रा विचारहरूको नाश गरिदिन्छ । पञ्चाक्षरी, षडाक्षरी, द्वादशाक्षरी आदि मन्त्रोच्चारणले मानिस ठूला–ठूला पापाहरूबाट मुक्त भएका छन् । यसै गरी मानिसहरूले जीवनभरि दुष्ट विचार गरेको भए पनि श्रद्धापूर्वक राम्रा विचार गर्न थाले भने थोरै समयमा उनीहरूको कल्याण हुन सक्छ । यसैैले आजन्म नराम्रा विचार गरिए भने अब थोरै जस्तो राम्रा विचारहरूबाट के होला भनी कदापि निराश हुनु हुदैन । नराम्रा विचारभन्दा राम्रा विचारहरूमा ठूलो बल हुन्छ । उत्तम विचारहरूलाई मन, बचन, कर्मले तन्मय भएर अतिशय प्रेमले गर्नु पर्दछ । त्यस बेला नराम्रा विचारहरूलाई किञ्चित मात्र पनि आउन दिनु हुँदैन । तर आजकल प्राय धेरैजसोले जुन प्रकारका् विचार गर्दछन्, त्यो पनि जान्नु आवश्यक छ ।
'''विचारद्वारा धन प्राप्ति'''
यस विषयमा केही विद्वानहरू के भन्दछन् भने एकातिर हामी धन प्राप्तिको इच्छा गर्दछौ र अर्कातिर के पनि मान्दछौ भने धन प्राप्ति त प्रारब्धको अधीन छ । यसैले धन प्राप्तिको इच्छा हुँदाहुँदै पनि ती धन प्राप्तिका लागि अधिक विचार गर्दैनन्, उल्टो गरीबीको विचार नै अधिक गर्दछन् अर्थात् धन नष्ट होला, जागीर छुट्ला या व्यापार चलेन भने हामी के गरौला, यस्ता नाना चिन्तामा परिरहनाले गरीबी र चिन्ताका विचार बढ्छन् र धन प्राप्तिका विचार दबिन्छन् । प्रकृतिको नियम के छ भने गरीबीका विचारले मनलाई दरिद्र राखेर कोही धनी हुन सक्दैन । तर आश्चर्य के छ भने हामीलाई धनी बन्नु छ तैपनि हामी गरीबीको विचारमा डुबिरहन्छौ । जस्तै फलाना मानिसको धन नाश भयो त्यसैले धेरै दुःखी छ । उस्तै ने हाम्रो धन गयो भने हाम्रो के होला ? फलानो मानिस धेरै धनी थियो, नोकरी छुटेपछि उसलाई कसैले चिन्दैन, त्यस्तै हाम्रो हाल भएमा हामी के गरौंला ? छोराहरूको बिहा गर्नु छ, उनीहरूलाई जातिका अनुसार खर्च गर्नका लागि कर्जा लिनु पर्ला । घर पनि खराब भयो, यसलाई फेरि बनाउनु पर्ने छ । स्वास्नीको गहनाको कुरा आयो भने सुन्या नसुन्यै जस्तै गरिदिन्छौ अथवा अघिबाट नै भनिदिन्छौ हामी गरीब छौं । मित्रहरूसँग भन्ने गछौं हामी गरीब छौं । यस प्रकार हामी सदैव नै गरीबीका विचारमा डुबिरहन्छौं । त्यसमाथि पनि धनी हुन चाहन्छौं । यो कसरी हुन सक्छ ?
त्यसैले यदि धनी हुनु छ भने सदैव धनको नै विचार गर्नु पर्दछ । धनवान्हरूका जीवन चरित्र पढ्नु पर्दछ । धनवान्हरूका मनमा जस्तो उदारता रहन्छ उस्तै उदारता आफ्नो विचारमा ल्याउनु पर्दछ साथै धनवान्हरूले पहिले कति परिश्रम गरे अथवा धन प्राप्तिका लागि उनले कस्ता कस्ता क्लेश उठाए ती क्लेशहरूलाई र जिम्मेवारीलाई उठाउन उद्यत हुनु तथा धन प्राप्ति विषयक युक्तिहरू र चातुर्यको सम्पादन गर्नु एवं दरिद्रताको विचार कुनै समय पनि मनमा आउन नदिनु– यही धन प्राप्तिको सरल साधन हो ।
'''विचारद्वारा रोग निवृत्ति'''
विचारहरूको बलबाट नै रोगहरूको वृद्धि र निवृत्ति पनि हुन जान्छ । उपर्युक्त रीतिबाट विचारहरूद्वारा जसरी दरिद्रता दूर गरिन्छ उस्तै गरी नाना प्रकारको रोग पनि विचारहरूबाट दूर गर्न सकिन्छ । यसलाई रोग निवृक्तिको उपाय पनि मान्नु पर्दछ किनभने जगत्मा प्रायः सबै नै मानिस रोगग्रस्त हुनजान्छन् । यसमा कुनै रोग त सामान्य औषधीले नै कुनै स्वतः नै निवृत्ति भैरहेछन् । रोग उत्पन्न गर्नु र नष्ट गर्नु हाम्रो नै हातमा छ किनभने ईश्वरको इच्छा छ सब जीव निरोगी र सुखी रहून् । रोग मानिसको भूलले नै हुन्छ त्यसैले सर्वप्रथम भूललाई सुधार्नु पर्दछ । त्यसको उपाय केवल आरोग्यताको विचार नै हो । जब घरमा छोरा–छोरी बिरामी हुन्छन् तब नारीहरू रोग र भयको विचार धेरै गर्दछन् र उनका विचारबाट नै छोरा–छोरी समेत मर्दछन् । मैले आफैँले देखेको छु नारीहरू छोरा छोरीहरूलाई रोगबाट बचाउनका लागि जति उपाय गर्दछन्, छोरा–छोरी उत्ति नै चाँडो मर्दैछन् । यसको कारण केवल उनका विचार नै हुन् । ती सदा कस्तो विचार गर्दछन्, भने फलानी स्त्रीका चार छोरा दुई वर्ष बीचमा मरे । अब पाँचौं भएको छ जसको ऊ खुबै हेरचाह राख्दछे तैपनि त्यो धेरै क्षीण भैसक्यो, बाँच्ने आशा छैन, डाक्टरले जवाफ दिइसकेको छ । यहाँ विचार गर्नु पर्ने कुरा के छ भने त्यो छोरो पनि हप्ता दिनमा म¥यो । यदि यो सारा विचारहरूको नै प्रभाव हो भने यस्तो किन हुन्छ ? यस्तो तर्क–वितर्क गर्ने धेरै छन् । आफ्ना छोरा—छोरी बाँचिरहून् भन्न् सबै आमाले चाहन्छन् । यस विचारमा जति बल छ त्यसभन्दा धेरै बल अति स्नेह गर्ने अज्ञानी माताहरूमाथि मलिन विचारहरूको हुन्छ । ती आफ्ना बालकका लागि आफ्नो मनमा सधै के डर लिइरहन्छन् भने उसलाई कहीं कुनै रोग नलागोस्, कहीं नलडोस, कसैले कहीं उडाई नलैजाओस् । टोलम खेलिरहन्छ कहीं कुकुरले नटोकोस्, यो बिरामी छ, यसको रोग मेटिने हो वा होइन, कसैको नजर नलागोस् । यदि मरे म के गरौंला यस्ता भयका विचार नै सदा तिनको आँखा अगाडि नाचिरहेका हुन्छन् । यी विचारहरूद्वारा माताहरू केटा–केटीलाई बिरामी गराइदिन्छन् । रोगका लागि ती बाहिरी उपायहरू त गर्दछन् तर हृदय बिग्रेको हुनाले बाहिरी उपाय किञ्चित् पनि लाभकारी हुँदैन किनभने बालकहरूलाई राम्रो गर्नका लागि जति विचार ती गर्दछन् त्यसबाट बालक झन् बिरामी हुन्छन् । स्मरण रहोस्– जहाँ परस्पर विरोधी विचारहरूको जम्काभेट हुन्छ, उहाँ दुबैबो बल घट्दछ । तिनमा जो बलवान् छ उसैको जय हुन्छ । जस्तो धेरै दूधमा अलिकति पनि अमिलो प¥यो भने दूध फाट्दछ उस्तै धेरै राम्रा विचारहरूलाई पनि अलिकति नराम्रा विचारले बिगारिदिन्छन् र असल विचारहरूको बल कम हुनजान्छ । त्यसैले आमाका राम्रा विचार कम हुनाले निर्बल हुने र नराम्रा विचार धेरै र बलवान् हुनाले बालकहरू बिरामी हुन्छन् र मर्दछन् । त्यसैले यदि बालकहरूलाई निरोग र चिरञ्जीवी राख्नु छ भने सदैव शुभ विचार गर्नु पर्दछ ।
रोगीसँगको व्यवहार कस्तो हुनुपर्दछ ?
रोगीलाई हेर्न जानेले रोगीलाई अरू रोगीहरूका कुरा सुनाएर उसको रोगलाई अरू झैँ बढाइदिन्छन् । यस्तै जब हामीहरूलाई कुनै रोग लाग्छ भने हामी त्यस रोगका विषयमा नै विचार गर्ने गर्दछौं । यस्तो रोगबाट कस कसको हानि भएको छ ? यदि हाम्रो आँखा दुखेको छ भने आफ्ना इष्ट–मित्रहरू जस जसका आँखा दुखेका छन् उनकै कुरा गर्दछौं र मनमनै डराउने गर्दछौ कि हाम्रा काका तथा हाम्रा मित्रका आँखा ऐलेसम्म निको भएनन् र हाम्रो छिमेकीको आँखा त बिग्रिहाल्यो उस्तै नै हाम्रो पनि दशा भएका हामी के गरौंला ? जब हाम्रो आँखा दुख्छ, तब कत्ति मानिसका आँखा निको भएको भए यसको विचार गर्दैनौं तर जसको आँखा खराब भयो उनैको हिसाब लगाइरहन्छौं र हाम्रो बिमारीमा जो मित्रादिहरू हालखबर सोध्न आउँछन् ती पनि उल्टो विचार नै हाम्रो मनमा भर्दछन् । यसरी नै हिजोआज नारीहरू पनि रोगलाई फैलाउने काम गर्दछन् । जस्तो कि जो बिरामी छ उस कहाँ गएर बडो स्नेहले भन्छन् ओहो ? तिमीलाई त कडा ज्वरो छ, यस्तै ज्वरो मेरो बालाई आएको थियो; त्यसैले गर्दा उहाँ तीन दिनमा गइहाल्नु भयो । हाम्रो छिमेकमा एउटा साहू छ, उसको भरखरै बिहे भएको छ । उसलाई पनि यस्तै ज्वरो आउँछ । डाक्टरले आशा छैन भनिसकेको छ । हेरौं के हुन्छ ? हिजो–आज त ज्वरो बडो विषलु आउँछ, यसैले भाइ, अलि विचार राख्नू । यस्ता अनेक शङ्काहरु ती रोगीका मनमा बीज रूपले जमाइदिन्छन् । यस्तै प्रकारले पुरुषहरूमा पनि एक जना आएर के भन्दछ भने– यस्तो ज्वरोमा त खोकी नभई छाड्दैन । मेरो भाइलाई यस्तै ज्वरो आएको थियो र तुरून्त खोकी लागिहाल्यो । तेस्रो के भन्दछ भने– खोकी लागेसम्म त ठीक छ तर छाती समालेर राख्नु पर्दछ । डाक्टरले के भन्दछ भने यस्तो ज्वरोमा फोक्सो सुनिन्छ । चौथो के भन्दछ भने– यो डाक्टरले निको पार्न सक्दैन, यसबाट धेरै रोगीले धोका खाएका छन् । यो भन्दा धेरै फीस लिने डाक्टर बोलाउनु पर्दछ । यस्ता कुराहरू रोगीको नजिकै बसेर गर्दछन् तर यसको के परिणाम होला यस कुराको तिनीहरू कत्ति पनि विचार गर्दैनने र यी कुराहरूको रोगीमाथी कस्तो विषालु प्रभाव पर्ला भन्ने कुरा सोच्दैनन्, चाँडै निको हुनुको बदला उसको रोग झन् बढेर पनि जान्छ, किनभने रोगले निर्बल हुनाको कारण मस्तिष्क धेरै निर्बल हुनजान्छ त्यसैले रोगी स्वतः केही विचार गर्न सक्दैन । जे पनि सुन्दछ उसलाई चाँडै पक्रिहाल्छ, जसको परिणाम धेरै नराम्रो हुन्छ । त्यसैले आफ्नो वा अर्काको रोग घटाउनु छ भने उसको नजिकमा रोग र रोगीको कुरा कहिल्यै गर्नु हुँदैन, बरु उसलाई धैर्य र चाँडै नै सञ्चो हुने कुरा सुनाउनु नै अत्यन्त हितकर हुनसक्छ ।
'''विचारबाट रोग हटाउने उपाय'''
हाम्रो शरीरमा कुनै प्रकारको रोग आफ्नो मनोज्ञानले आउँदैन, बरु जब हामी उसलाई बोलाउँछौ तब ऊ डराई–डराई आउँछ । किनभने हामी रोगको विचार धेर गर्दछौं अर्थात् रोगको इच्छा गरेर नै रोगलाई बोलाउँछौ, अतः रोग आउँछ । यसैले प्राचीन ऋषिहरूले के सिद्ध गरेका छन् भने परम कृपालु परमेश्वरले हाम्रो शरीरको रचना यस्तो गरेको छ कि त्यसमा कुनै प्रकारको रोग इच्छाबिना स्वतः आउन सक्दैन । हाम्रो शरीरमा जे रोग आउँछ त्यसलाई हाम्रो प्रश्वासले बाहिर निकालिदिन्छ । यसै प्रकार धेरै जस्तो रोग पसिनाबाट निस्कन्छ । कति त मूत्रद्वारा निस्कन्छन् । कतिलाई जठरागिलने भस्म गरिदिन्छ, कैयौं त मन तथा बुद्धिको बलबाट नष्ट हुन्छन् र अरू कैयौं रोग हाम्रा नराम्रा विचारहरूले गर्दा शरीरलाई नष्ट पार्न सफल हुन्छन् । ईश्वरको इच्छा के छ मानिस सदा निरोगी र सुन्दर रहून् तथा जबसम्म पूर्ण ज्ञान प्राप्त हुँदैन, तबसम्म उसको उन्नति हुँदै रहोस् र यसैले हाम्रो शरीरमा कुनै रोग पनि आफ्से आफ आउन सक्दैन, किनभने हाम्रो शरीरमा आउँदा उसको सत्कार हुँदैन, बरु उसले लडाइँ गर्नु पर्दछ, तीतो औषधी पिउनु पर्दछ । त्यसैले हामीले चाह्यौ भने रोग सहज रीतिबाट हटाउन सकिन्छ । रोगहरूलाई हटाउनु शरीरको स्वाभाविक धर्म हो । यसमा प्रकृतिको केही विरोध छैन । यसैले आफ्नो ज्ञान र आत्म–बलबाट हामी भारी रोगलाई पनि बडो सरलतासाथ निवृत्त गर्न सक्छौ । यस्तो भएर पनि हामी रोगी रहन्छौ भने यसमा कसको दोष छ ? हाम्रो नै त दोष हो । जगत्मा जे जति रोग छन् ती सब मानिसहरूका भूलका नै फल हुन् । यदि भूलहरूलाई सुधा¥यौं भने हामी धेरै जसो रोग हटाउन सक्छौं । यसैले महात्माहरू के भन्दछन् भने तिम्रो भाग्यको सुधार तिम्रै हातमा छ । तिमीले चाहेमा सब रोगादि दुःखहरूलाई हटाउन सक्छौं ।
'''नराम्रा विचारको दूरगामी प्रभाव'''
नराम्रा विचार गर्नाले आफ्नो मात्र हानि नभई अरूको पनि हानि हुन्छ र त्यसको प्रभाव धेरै टाढासम्म पुग्न सक्दछ । कसैले आफ्नो छोरामाथि सामान्य अपराधमा क्रोध ग¥यो भने त्यो क्रोधको विचार त्यहाँबाट निक्लेर अगाडि बढ्छ । बाटामा अरूको क्रोधक विचारसँग मिलेर झन् स्पष्ट हुन्छ । त्यसपछि त्यो विचार घुम्दा फिर्दा कुनै अन्य देशको मानिसको मस्तिष्कमा गएर पस्यो, त्यो आफ्नस् पत्नीसँग झगडा गरिरहेथ्यो अनि उसले क्रोधको सनकमा आफ्नी पत्नीलाई धेरै पिट्यो । तर जब उसको क्रोध शान्त भयो तब उसलाई बडो पश्चात्ताप र आश्चर्य भयो कि सामान्य जस्तो अपराधमा मैले पत्नीलाई यतिबिधि किन पिटें ? अलिकति कुरा बिग्य्रो या कुनै खास कामले ढिला भयो त्यसका लागि यति ठूलो दष्ड किन दिएँ ? इत्यादि । उसलाई जब क्रोध उठेको थियो तब उसको इच्छा पत्नीलाई केही हप्काउनु मात्र थियो । किनभने उसबाट फेरि यस्तो भूल नहोस् । तर हप्काउनुको बदला यत्रो मारपीट गर्नाको कारण उ पनि जान्दैनथ्यो । अरू मानिसको क्रोधको विचार उसको क्रोधको विचारसँग मिल्न गएकोले उसको क्रोधको बल बढ्यो । सारांशमा प्रत्येक विचारले आफ्ना सजातीय विचारलाई आफूतिर खिच्दछ । यसैले जहाँ क्रोधका विचार रहन्छन् त्यहाँ अरूले गरेका क्रोधका विचार पाएर मिल्दछन् । यस्तै गरी विषय वासना आदिको विषयमा पनि जान्नु पर्दछ । यस्तै नै जहाँ परमात्माका दया, सत्य, अहिंसा, प्रेम, ज्ञानका विचार हुन्छन् त्यहाँ त्यही जातिका विचार आई मिल्दछन् । यसरी पहिलेका साना विचार पुष्ट भएर प्रत्येक विचार आफ्ना जातिका विचारलाई स्वाभाविक रीतिले खिच्दछन् । यस कुरालाई प्रत्येक मनुष्य बुझ्न सक्दैन । जसले विचारहरूको शक्ति, विचारको प्रभाव तथा रहस्य, स्वभाव र विचारशक्तिको महिमालाई जान्दैनन् उनका मनमा यो कुरा आउन सक्दैन । तैपनि शुभेच्छाको अभ्यास गर्नाले कालान्तरमा यो विषय स्वतः बुझिने सङ्कल्प छ ।
यो जगत् सङ्कल्पबाट नै भएको हो । सङ्कल्पले नै स्थित छ । यसबाट सङ्कल्पद्वारा के गर्न सकिंदैन त भनी थाहा हुन्छ । शुरूमा जो अखण्ड आनन्द स्वरूप थियो । त्यसैले आफ्नो सङ्कल्पबाट नै दबेर आफ्नो अनन्तलाई बिस्र्यो र आफूलाई परिमित मान्न थाल्यो । यसबाट के सिद्ध हुन्छ भने सङ्कल्पमा विचित्र सामथ्र्य छ । सङ्कल्पले के गर्न सक्दैन ? यही अखण्ड परमात्मा आफ्नो अद्व्रैत रूपलाई बिर्सेर आफूलाई नाना–योनिहरूमा देख्दै कतै सुखी, कतै दुःखी हुनलाग्यो र आफ्नो चैतन्य स्वरूपलाई भुलेर आफूलाई कर्ता–भोक्ता मान्न लाग्यो । यही नै सङ्कल्प वा विचार को चमत्कार हो ।
'''शुभ–सङ्कल्प उन्नतिको हेतु'''
उन्नति–मार्गको मूल–मन्त्र शुभ–सङ्कल्प हो । सङ्कल्पबाट नै यस जगत्को उत्पत्ति र स्थिति छ । यो रहस्य जसलाई ज्ञान भएको छ त्यो उन्नतिको मार्गमा धेरै शीघ्रताले चल्न सक्छ । मार्गमा कठिनाइहरू धेरै आउँछन् तर ती कठिनाइहरू उसलाई हानिकारक हुँदैनन् । उसलाई यस लोकमा दुःखले सताउँदैन । उसलाई यो लोक र परलोक दुवै सुखदायी हुनजान्छन् ।
यो जगत् सङ्कल्पमय छ, सङ्कल्पबाट नै उत्पन्न भएको छ, यो कुरा जान्नेलाई दुःखको सामना कम्ती गर्न पर्दछ । जब यो निश्चय हुन जान्छ कि जति सुख दुःख छन्, ती हाम्रा नै सङ्कल्पहरूका फल हुन् भने त्यो दुःख अधिक दुःखदायी हुन सक्दैन । आफ्नै हातबाट जो चोट लाग्छ, त्यो त्यति दुःखदायी हुँदैन, तर त्यति नै चोट अर्काको हातबाट लाग्यो भने अधिक दुःखदायी प्रतीत हुन्छ । सङ्कल्पबाट विश्वको उत्पत्ति मान्नेलाई यसबाट दुःख हुँदैन वा कम हुन्छ किनभने ऊ जान्दछ जुन सङ्कल्पहरूबाट यस दुःखको प्राप्ति हुन्छ उनका विरोधी सङ्कल्पहरू (विचारहरू) गर्नाले पूर्व सङ्कल्पहरूको बल क्षीण हुनजान्छ । यही ज्ञान धर्मशास्त्रको जग हो यसै तत्वका अनुसार काम्य कर्मका नाना प्रयोग र अनेक प्रकारको उपासना उल्लेख गरिएको छ । यी सबको एउटै तत्व दृष्टिगोचर हुन्छ । त्यो के हो भने अनुकूल सङ्कल्पहरूलाई उत्पन्न गर्नु र पूर्वका प्रतिकूल सङ्कल्पहरूलाई त्याग गर्नु ।
कर्म उपासनाको रहस्य यदि हेरियो भने सुखमा बाधा पर्ने कर्महरू जीवबाट अज्ञानवश हुन गएका देखिन्छन् । अतः दुःखका विरोधी सङ्कल्प श्रद्धापूर्वक स्थापित गर्नु पर्दछ । जसबाट यही काम हुन्छ । सङ्कल्पको सीधा सुदृढीकरण मन्त्रजपबाट नै हुन्छ; यसैले भगवान्ले पनि गीतामा भन्नु भएको छ ।
‘यज्ञानां जप यज्ञोऽस्मि’ अर्थात् सब यज्ञहरूमा म जप यज्ञ हुँ ।
हाम्रा सब सुख दुःखहरूको कारण अज्ञान हो । सङ्कल्प उठ्ने बित्तिकै अज्ञानले आफ्नो सङ्कल्पमा दबेर जीव–भावको प्राप्ति हुन्छ । अज्ञान नै आफ्नो रूप बदलेर जीवको लागि दुःखदायी हुन्छ । यसैले दुःख निवृत्ति गर्नका लागि दुःखका विरोधी सङ्कल्प (विचार) गर्नु नै परम हितकर छ । शास्त्रहरूमा दुःख निवृत्तिको उपाय केवल ज्ञान प्राप्ति नै जनाइएको छ ।
“ज्ञानादेव तु कैवल्य” अर्थात् ज्ञानबाट नै दुःख निवृत्ति र कैवल्य वा मोक्षको प्राप्ति मानिएको छ । यस ज्ञान प्राप्तिको अर्थ दृढ सङ्कल्प नै हो । गायत्री जपबाट नै कार्यसिद्धि हुन्छ । यसमा द्विजाति ब्राह््रमण, क्षेत्रिय, वैश्य मात्रको अधिकार छ । यसैले आफ्नो अधिकारानुसार गुरु मुखबाट अन्य मन्त्रहरू पनि ग्रहण गरी जप गर्नाले उक्त दृढ सङ्कल्पको पूर्ति हुनसक्छ र ज्ञानको अधिकारी पनि अवश्य हुन सक्छ, यसमा अणुमात्र पनि सन्देह छैन । जसले शुभ–सङ्कल्प वा शुभ–विचारहरूलाई निरन्तर आफ्नो मनमा स्थान दिनेछन् तिनले अवश्य आफ्ना प्रत्येक इष्ट कार्यको सिद्धि गर्नेछन् । यसमा किञ्चित पनि सन्देह छैन । यस विषयमा मेरो पूर्ण विश्वास छ । मैले अनेकौ पटक दृढ सङ्कल्प र दृढ विचारहरूका प्रभावहरूलाई स्वतः अनुभव गरेको छु र यी कुरा पूर्वका हाम्रा महर्षिगण तथा आधुनिक पाश्चात्य तत्व चिन्तकहरूद्वारा पनि प्रत्यक्ष प्रमाणभूत छन् ।
'''शुभ–विचारबाट शुभ–परिणाम'''
हामीले आफ्ना विचारहरूको परिणाम र अरूमाथि असर गर्ने शक्ति र आफ्ना हृदयमा अरूको विचार उत्पन्न हुने सामथ्र्य आदि सब दशाहरूलाई यथार्थ रूपमा थाहा पायौं भने कहिल्यै दुःख, पाप, रोग वा मृत्युको विचार गर्ने छैनौं । दुःख निराशाका विचार गर्नाले स्वतः आफ्नो कति हानि हुन्छ, यस कुरालाई यदि हामीले राम्रोसँग बुझ्न सक्यौं भने तर्सिरहने छैनौं । यस विषयमा ज्ञानवान् सूक्ष्मदर्शी के भन्दछन् भने विचारले राम्रो वा नराम्रो असर नदेखाई छाड्दैन । जस्तो सानो वरको बीजबाट विशाल वृक्ष बन्न जान्छ, उस्तै नै सानो विचारको महान् फल हुन्छ । यदि यस्तो नभए हामी आफ्नो जीवन कहिल्यै सुधार्न सक्दैनौं तथा मोक्षको प्राप्ति गर्न सक्दैनौं । तर दयालु परमात्माको कृपा छ हाम्रो कुनै विचारलाई ऊ खेर जान दिंदैन, बरु व्याजमा स्याज सहित बढाउँछ । जस्तो पानीको एउटा सानो धाराबाट नदी बन्दछ उस्तै नै एउटा सानो जस्तो विचारबाट भावनाहरू बन्न जान्छन् र तिनै भावनाहरूको बलबाट मनुष्य नरबाट नारायण हुन सक्छ । त्यसैले सदा शुभविचार गर्नु पर्दछ र कुनै प्रकारको भय, दुःख, निराशा, रोगादिको विचार गर्नु हुँदैन ।