विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
अब के कुरा राम्रोसँग निश्चय गरिहाल भने तिम्रा विचार पदार्थ रूपमा परिणत हुनजान्छन् र तिम्रो बाह्य रूप तिम्रा विचारहरुको तुल्य नै हुन्छ । एउटा योगीको भनाइ छ – जस्तो माथि उस्तै तल, जस्तो भित्र उस्तै बाहिर । तिम्रा आन्तरिक रूप तिम्रा विचार नै हुन र बाहिरी रुप उनैका प्रतिबिम्ब हुन् । राम्रा विचारबाट नै राम्रो अनुभव– शक्ति बढ्दछ । राम्रो अनुभव–शक्तिबाट हामी आफ्ना समग्र दुर्बलताहरुलाई हटाउन सक्छौ र दुर्बलकारी बाह्य प्रभावहरुको शक्तिबाट बाहिर हुन सक्छौ, अप्रभावित हुनसक्छौ । विचारहरु फ्याँक्नाले जत्ति आघात पुग्दछ, ढुङ्गा आदि फ्याँक्दा उत्ति आघात पुग्दैन । त्यसैले कसैलाई विचारद्वारा आघात पु¥याउनु नीच कर्म हो । अतः जब कसैसँग विचारविनिमय गर्छौ तब दया, आरोग्य र आनन्दको नै विचार देऊ, किनभने मनुष्य जस्तो विचार गर्दछ त्यो तत्काल त्यस्तै बन्दछ । जस्तो यदि कसैलाई मार्ने विचार ग¥यौ भने मार्ने क्रिया पहिले आफूभित्र उत्पन्न हुन्छ र यदि सुधार्ने विचार ग¥यौ भने सुधार्ने क्रिया पहिले आफ्नो मनमा हुन्छ र तत्क्षण हामी उस्तै बनी पनि हाल्छौं । यस विषयमा पछि सविस्तार वर्णन गरिनेछ ।
यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरुलाई शुद्ध बनाउने अभ्यास गर । तिम्रा विचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन् तब तिम्रो तेज, बल, आरोग्य र ऐश्वर्य आफ से आफ बढ्न थाल्नेछ । त्यसबाट तिमीलाई अत्यन्त आनन्द र असीम शान्ति प्रतीत हुन थाल्नेछ र तिम्रो जन्म सफल हुन जानेछ । विचार भिन्न–भिन्न प्रकृतिका हुन्छन् । हामी तिनलाई राम्रा नराम्रा दुई श्रेणीमा विभक्त गर्न सक्छौ । प्रथम कोटिमा विश्वास, प्रेम, धैर्य, आनन्द, आशा, दया, स्नेह, पवित्रता र साहसको गणना हुन्छ । यदि हामीमा यी गुण छन् र हामी तिनलाई काममा ल्याउँछौ भने शरीरको विधानमा ती हामीलाई स्वस्थ र बलिष्ठ बनाउनमा सहायक हुने कुरा प्रतीत हुनेछ । दोस्रो कोटिमा घृणा, दुःख, विकलता, अधीरता, क्रोध, निष्ठुरता, अपवित्रता, कातरता र निराशा आदि पर्दछन् । मनुष्यमा यी मध्ये एक वा दुई दुर्गुण मात्र पनि शारीरिक स्वास्थ्य नाश गर्न र असमयमा बुढ्याइँ ल्याउनमा समर्थ हुन्छन् । क्रोधको प्रत्येक उत्थान आयुलाई घटाउने र रोग बढाउने हुन्छ । यसै प्रकारले धैर्य, प्रेमादिको प्रत्येक कार्यले आयु बढाउँछ र शरीरलाई स्वस्थ र बलिष्ठ बनाउँछ ।
'''इच्छाशक्ति – निरोगी रहने उपाय'''
आफ्ना रोगीलाई प्रसन्नताको भावनामा बशीभूत गराउने आवश्यकता प्रत्येक चिकित्सकलाई अनुभव हुन्छ किनभने रोगीले एक पटक स्वस्थ हुने आशा छोड्यो कि फेरि निको हुन कठिन हुन जान्छ । यस्तै नै सब औषधीहरूमा स्वास्थ्यको आशा नै बलवान् औषधी हो । प्रेम केवल मानसिक शान्तिको मात्र होइन, शारीरिक रोगको पनि असल वैद्य हो । विश्वास, धैर्य र आनन्दको विषयमा पनि यही भन्न सकिन्छ ।
सवै वैद्यक ग्रन्थहरुमा स्वास्थ्यको एक साधारण स्वीकृतिको शतांशभन्दा पनि अधिक बलशाली कुनै औषधी छैन । अन्जानमा स्वीकार गरेको कुराले पनि प्रभाव नपारी रहँदैन तर एक ज्ञानवान् पुरुषद्वारा जानेर गरेको कुरा प्रतिज्ञाको नामले अटल हुन जान्छ । विचारका तरङ्ग अबाध र असीम हुन्छन् । जबसम्म कुनै मुख्य विचार दृढ रूपमा टिकाई त्यसका कम्पनले अरू कम्पनहरूलाई दबाइन्न, त्यस बेलासम्म मानिस बिनाबहनाको डुङ्गा सदृश यताउति बगिरहन्छ र कुनै पनि कार्य गर्न योग्य हुँदैन । त्यसैले एउटा कार्यलाई समाप्त गरेर नै अर्को आरम्भ गर्नु पर्दछ । यसबाट कार्यसिद्धिको साथसाथै काम पनि धेरै हुन्छ । यदि बीचमा कुनै अन्य विचार उठ्यो भने त्यसलाई दृढतापूर्वक मनबाट निकालिदिनु पर्दछ । सबभन्दा राम्रो रीति के हो भने त्यस विचारलाई बिर्सेर त्यसको स्थानमा कुनै अन्य विचार गरियोस्, यसबाट नराम्रा विचार स्वयं नष्ट हुन जानेछन् । त्यसैले सधैं के प्रयत्न गर्नुपर्छ भने तिमी विचारको बशमा नपर तर विचार तिम्रा बशमा होऊन् ।
प्रिय मित्रहरु । अब तिमीहरु आफ्नो मनबाट असन्तोष र निराशाका भावनाहरुलाई निकालिदेओ र मुख—मण्डलमा मृदु–हास्यका भावहरूलाई धारण गर, सदा प्रसन्नचित्त रहने गर । प्रेम र सहानुभूतिका भाव मनमा धारण गर । सदैव सोझो हिँड्ने र सोझो बस्ने अभ्यास गर जसले तिम्रो छाती बाहिरतिर निक्लिरहोस् र फोक्सोले पूर्णलय वायु लिन सकोस् । अनि त तिमीलाई होच्याउन सक्ने संसारमा कोही हुने छैन । यस कुरालाई दृढतासाथ धारण गर ।
संसारमा जति महापुरुष भएका छन्, सबले यस नियमलाई पालन गरेका हुन् । प्रत्येक व्यक्तिमा हुनुपर्ने सबभन्दा ठूलो कुरा चरित्र बल हो । सच्चरित्र भएको व्यक्तिमा लागि कुनै पनि कार्य दुर्लभ छैन । हाम्रो देशमा जो ठूला–ठूला ऋषि–मुनि भएका थिए ती सबैले चरित्र–बलबाट नै उच्चपद प्राप्त गरेका थिए । भविश्यमा उन्नत हुन चाहने प्रत्येक व्यक्तिले कुनै एक निर्णित कार्यमा सब विचारहरुलाई कसरी लगाउने भनी सिक्नु आवश्यक छ । यो कुरा केवल विचारद्वारा नै सिद्ध हुनसक्छ र विचारहरूबाट नै सब अङ्ग–प्रत्यङ्गहरूलाई एक सूत्रमा बाँध्न सकिन्छ । तर कुनै पनि कुरा सोचेर मात्र पूरा हुन सक्दैन, सोचेको अनुसार कार्य पनि गर्नु पर्दछ । जस्तो कोही वीणाको नजीक बसेर म यसलाई बजाउनमा कुशलता प्राप्त गरूँ भन्ने केवल विचार गर्छ भने त्यसबाट नै उसलाई कुशलता प्राप्त हुन सक्दैन । विचारको साथसाथै उसले वीणा बजाउने अभ्यास पनि गर्नुपर्छ, जसबाट उसका विचारहरु कार्यरूपमा परिणत हुन सकून् । यसैले पहिलो कुरा विचार उत्पन्न हुनु हो र दोस्रो कुरा विचारलाई कार्यरुपमा परिणत गर्नु हो ।