विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

== विचार == विचार विज्ञान – सचिदानन्द सरस्वती खप्त... को साथमा पृष्ठ शृजना भयो
 
पङ्क्ति ३:
विचार विज्ञान – सचिदानन्द सरस्वती खप्तड बाबा
 
'''विचार के हो ?'''
विचारमाथि विचार गनुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ ? विचारको स्वरुप के हो ? के रङ्ग हो ? विचारहरुलाई बदल्ने उपाय के हो ? र त्यसबाट के लाभ हुन्छ ? वस्तुतः विचारहरुको विशेष रुप हुन्छ र रङ्ग पनि । यसै प्रकारले तिनमा जीवन शक्ति पनि हुन्छ । विचार तत्व अदृश्य छ र चर्म चक्षुद्वारा त्यो देख्न सकिदैन तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सूक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ ।
जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गभन्दा माटोमा जडता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान्र छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बडी र सूक्ष्म छ । तर विजुलीभन्दा पनि विचारहरुको बल अति सुक्ष्म छ । यद्यपि विचारभन्दा पनि सूक्ष्मतर वस्तुहरु जगत्मा छन् तर तिनको ज्ञान हामीहरुलाई भएको छैन । यसैल जगत्का सबै वस्तुहरुभन्दा विचार र बुद्धि अति सुक्ष्म र बलवान् भएको वर्णन उपनिषदहरुमा गरिएको छ ः–
पङ्क्ति ९:
इन्द्रियहरु भन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा महत्तत्व पर छ र महतत्वभन्दा अब्यक्त नाम प्रकृति पर छ प्रकृतिभन्दा पुरुष पर छ , यसरी एकभन्दा अर्को बढी सूक्ष्म र बलवान् छ ।
एक अमेरिकी विद्वानले के लेखेका छन् भने प्रकाशको गति एक सेकेण्डमा १,८६,००० माइल भए झै विचारको गतिको प्रवाह ४०,००० नीलदेखि सत्तरी हजार नील माइलसम्म हुन्छ । विचारशक्तिका लहरहरुलाई दिनमा सूर्यका किरणहरुले खण्ड खण्ड गरिदिन्छन्, जसबाट तिनको गतिमा केही अवरोध (रोकावट) हुन जान्छ । रात्रिको समय वा अन्धकारमा विचार शक्तिको वेग तीव्र हुन जान्छ र यस वेगलाई कोही रोक्न पनि सक्दैन । पाश्चात्य देशहरुमा यस विद्याको दिनदिनै उन्नति भइरहेछ र यसको सहायताले ठूला–ठूला डाक्टर अनेक कठिन रोगहरुको उपचार पनि गरिरहेछन् । ठूलो हर्षको कुरा के छ भने हाम्रा ऋषिमुनिहरुको विद्याको अनुशरण पश्चिमि मानिसहरुद्वारा बढो तीब्रताका साथ भइरहेछ । अतः हामीहरुले पनि घोर निद्राबाट विउँझेर आफ्ना पूर्वजहरुद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नु पर्दछ, जवबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस् ।
'''विचारको वेग'''
विचार विजुलीभन्दा पनि अधिक वेगवान् छ । विजुली एक सेकेण्डमा सात पटक पृथ्वीको परिक्रमा गर्नसक्छ तर विचारहरुको गति त्योभन्दा पनि तीब्र छ, किनभने विचारहरुका परमाणु बिजुलीभन्दा पनि अति सूक्ष्म र बलवान् हुन्छन् । बिजुली आदि तत्वहरुभन्दा बिचारको शक्ति अधिक चैतन्य तथा विशेष गति भएको छ । त्यसैले विचारहरुलाई आफ्नो नजीकै खिच्न तथा टाढा पठाउनमा ज्यादा श्रम पर्दैन । प्रत्येक बस्तुका चार अवस्थाहरु हुन्छन् – दृढ, तरल, वाष्पमाय र तेजोमय । दृढ बस्तुमा कम्पनको गति मन्द तथा तरल र वाष्पमयमा तीब्र र तीब्रतर हुन्छ । यसैलाई सृष्टिक्रम भन्दछन् । चतुर्थ अवस्था प्रकाशमय (Radiant) छ ।
कम्पनको साधारण प्रभावबाट शब्द उत्पन्न हुन्छ । उनै कम्पनहरुको तीब्र प्रभावले रङ्गहरुको रुप धारण गर्दछ र कम्पनहरुका भेदबाट रङ्ग प्रकाशमा पल्टन्छ । यी चार अवस्थाहरु बाहेक अरु पनि स्थूल र सूक्ष्म अवस्थाहरु छन् जसलाई देख्ने शक्ति हाम्रा स्थूल इन्द्रियहरुमा छैन तर विज्ञानले तिनको पत्ता लगाउन आरम्भ गरेको छ । क्लार्क माक्सबेल (Clark Maxwell) ले आफ्नो विद्युत्–चुम्बक तरङ्गहरु (Electro Magnetic Theory) मा भनेका छन् कि ताप, प्रकाश, विद्युत आदि जुन सबै शक्तिहरुको विकास हामी चारैतिर देख्दछौं, ती सबै विद्युत–चुम्बक तरङ्गहरु (Electro-Magnetic Waves) हुन् । तरङ्गाकारम नै यी एक स्थानबाट दोस्रो स्थानमा जान्छन् । यी तरङ्गहरु कसम चल्छन् वा कसका तरङ्गहरु हुन ? यस प्रश्नको उत्तर दिनका लागि वैज्ञानिकहरुले इथर (आकाशतत्व) नामक एक काल्पनिक पदार्थको अस्तित्व स्वीकार गरेर सबै पार्थिव शक्तिहरुलाई आकाशतत्वकै तरङ्ग मानिलिएका छन् । इथरका शक्तिहरुको लम्बाइको अनुसार नै विभिन्न शक्तिहरु बन्दछन् । जसको लम्बाई अधिक छ ती ताप (Heat) का तरङ्गहरु हुन्, त्यसभन्दा छोटो प्रकाश र त्यसभन्दा पनि छोटो अति बैजनी रश्मिहरु (Ultra-Voilet Rays) हुन जुन यी अति–बैजनी रश्मिहरुभन्दा पनि छोटा छन्, ती नै रज्जन रश्मि (X-rays) हुन् । जुन अझ पनि साना छन् ती गामारश्मि (Gamarays) हुन् र जुन सबैभन्दा साना छन् तीनको नाम हृयाण्ड रश्मि (Cosmic Rays) हो । यी ब्रह्माण्ड रश्मिहरु विश्वमा सर्वत्र विद्यमान छन् । जहाँ सूर्यको प्रकाश पुग्न सक्दैन त्यहाँ पनि यी रश्मिहरुको अस्तित्व छ ।