कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ५२१:
गंगाराम खनाल
-------------------------------------------------------------------------------
== नेपाल एकीकरणका अर्का योद्धा भानुभक्त आचार्य ==
 
आजको अस्तित्ववादी युगमा मान्छेले आफ्नो छुट्टै पहिचानको खोजी गर्ने कुरा एक किसिमको युगीन मानवीय प्रवृत्ति मानिन्छ । यो प्रवृत्ति आदिम युगदेखि निरन्तर बढ्दै आएको देखिन्छ । यसका लागि मान्छेले अनेकौं अनौठा गतिविधिहरू समेत बेलाबखत गर्ने गर्दछन् । त्यस्ता गतिविधिहरू मध्ये राजनीतिक, गतिविधि अलि बढी विध्वंसात्मक पनि हुन सक्छन् । सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक आदि अन्य गतिविधिहरू भने सूक्ष्म गतिले विकसित हुँदै जान्छन् अनि निरन्तर रूपमा विस्तारित र परिवर्तित हुँदै अनेकौं प्रक्रियाहरूमा देखिने गर्दछन् । अस्तित्व रक्षाका लागि मान्छेले आवश्यक परिवेश आफू बाँचेको समाजमा नै बनाउँछ । त्यसका लागि पहिले त सामाजिक विकास निर्माणका कार्यहरूमा जुट्दछ अनि पछि राष्ट्र निर्माणमा जुटेको हुन्छ । उता अनेकौं तरिकाले समाजको संरचना बनेको हुँदा त्यस अनुरूप नै मान्छेले आपूm, आफ्नो परिवार, वंश, जाति हुँदै समयान्तरमा अनेकौं तह तथा तप्का पार गरी बल्ल राष्ट्रिय समाजको विकास निर्माणमा जुट्न पुगेको हुन्छ । यस क्रममा जति धेरै व्यक्तिहरूको भूमिका रहन्छ समाज त्यति नै गतिशील हुन्छ । त्यति नै धार्मिक, सांस्कृतिक, नैतिक, शैक्षिक आदि अन्यान्य पक्षको भूमिका बढ्दै गएको हुन्छ । ती सबै पक्षको एकता कायम गर्ने गराउने बाह्य कडीहरू पनि हुन्छन् । त्यसमा पहिलो भाषा हो भने दोस्रो धर्म अनि तेस्रो चाहिँ विचार हो । यी सबैको समुचित तालमेल मिल्यो भने मात्र समाज निर्माणमा कुनै व्यवधान उत्पन्न हुन सक्दैन र उत्पन्न भइहाल्यो भने पनि समाधान उन्मुख हुन सक्छ । समयको अन्तरालमा यस किसिमका कार्यहरू सम्पन्न गर्दै जाँदा तत्कालै कुनै न कुनै व्यक्तिले कुनै न कुनै पद्धति अपनाएर अगुवाइ गर्न पुग्दछ ।
पङ्क्ति ५४७:
 
तसर्थ भानुभक्त पनि एकीकरण आभियानका अर्का अगुवा हुन् । यसैले गर्दा राष्ट्रिय विभूतिमा उनको नाम अहिले पनि अग्र पक्तिमा छँदैछ । दुःखको कुरा आजसम्म राष्ट्रनिर्माताका रूपमा उनलाई अथ्र्याउने काम भएको त्यति पाइन्न । यो अहिलेसम्म लुकेको, चर्चामा व्यापक रूपले आइनसकेको विषय हो,भन्ने यस कलमकारको ठम्याइ हो ।<ref> भानु, भानुभक्त विशेषाङ्क, साझा प्रकाशन २०२८ </ref>
 
गंगाराम ढुंगेल
 
सह प्राध्यापक, मेची क्याम्पस, भद्रपुर
 
-------------------------------------------------------------------------------
== बधुशिक्षाको केन्द्रीयतामा भानुभक्तको सङ्क्षिप्त कैरन ==
 
 
 
तनहूँ जिल्लाको रम्घा नामक प्रकृतिरभिमता गाउँमा आजभन्दा दुईसय वर्ष अगाडि कवि भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्तका बुडाउ श्रीकृष्ण आचार्यका ६ भाइ छोराहरूमध्ये जेठा धनञ्जय आचार्यका एकलौते पुत्र भानुभक्त आचार्य सम्बत् १९७१ असार २९ गतेका दिन जन्मेका थिए । भानुभक्तको जन्म सम्पन्न परिवारमा भएको थियो । पिता धनञ्जय आचार्य सरकारी जागीरे भएकाले घरमा बस्न प्रायः भ्याउँदैन थिए । अतः भानुभक्तलाई शिक्षादीक्षा दिने काम विद्वान् बुडाउ श्रीकृष्ण आचार्यबाट श्रीगणेश भयो । भानुभक्त बाह्र वर्ष पुग्दा नपुग्दै श्रीकृष्ण आचार्यको निधन भएको हुँदा भानुभक्तका उच्च शिक्षाका सम्पूर्ण ढोकाहरू बन्द भए । सामान्य संस्कृत पढेका भानुभक्त बाजेको निधन पछि ज्योतिष पढ्न प्रवृत्त भए । तर उनले हिम्मत भने हारेनन् । आर्थिक रूपले सम्पन्न भए तापनि भानुभक्त थप आर्जनका निम्ति कर्मकाण्डीय पुरेतका रूपमा जजमानी गर्न थाले । बाजेको परलोक गमनले भानुका जीवनमा ठूलो उथलपुथल ल्यायो ।
 
एक दिन भानुभक्त खोला–किनारमा शीतल तापेर थकाइ मारिरहेका बेला एउटा घाँसीसँग भेट भयो । वार्तालाप पछि त्यस घाँसीले घाँस बेचेर प्राप्त रकमबाट इनार बनाएर कीर्ति आर्जन गर्ने कुरा थाहा पाएर उनी भावुक भए । घाँसीसँगको साक्षात्कारले भानुभक्तका जीवनमा महान् परिवर्त आयो । फलतः उनी आज नेपालमा मात्र होइन विश्वप्रसिद्ध हुन पुगे । भानुभक्तमा भएको प्रतिभालाई घाँसीले उद्घाटित गरिदियो । भानुभक्त आशु कवि भएको हुनाले तत्काल एउटा कविता लेखे । त्यस कविताका दुई सिलोक हेरौं —
 
भर् जन्म घाँसतिर मन्–दिइ धन् कमायो ।
 
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
 
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
 
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
 
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
 
जे धन् र चीजहरू छन् घरभित्र नै छन् ।।
 
तेस् घाँसीले कसरी आज दिएछ अर्ति ।
 
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।
 
घाँसीसँगका भेटले भाुभक्तमा जीवनमा केही काम गरौं भन्ने उत्साह जाग्यो । त्यही दिव्य प्रेरणाले गर्दा उनी साहित्यको माध्यमबाट कीर्ति आर्जन गर्न थाले । उनले वि.सं. १९२६ सम्ममा ‘रामगीता’ भाषानुवाद गरे भन्ने कुरा मोतीराम भट्टले भानुको जीवन चरित्रमा लेखेका छन् ।
 
मोतीराम भट्टका भनाइअनुसार वि.सं. १९०६ मा जग्गा विषयक झगडामा लगभग २७ वर्षको उमेरमा उनी काठमाडौं पुगे । तर कवि भएपछि प्रथम पल्ट उनी काठमाडौं पुग्दा बालाजु देखेर भावुक भए । उनका
तरुण मस्तिष्कबाट तलको कविता उब्ज्यो —
 
यति दिनपछि मैले आज बालाजि देख्याँ ।
 
पृथिवि तल भरीमा स्वर्ग हो जानि लेख्याँ ।
 
वरिपरि लहरामा भूmलि बस्न्या चरा छन् ।
 
मधुर बचन बोली मन् लिंदा क्या सुरा छन् ।।१।।
 
यहाँ बसेर कविता यदि गर्न पाउँ ।
 
यस् देखि सोख अरुथोक म के चिताउँ ।
 
यसमाथि झन् असल सुन्दरि एक नचाउँ
 
खैचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ ।।२।।
 
सायद त्यसै समयमा नवयुवक कविले काठमाडौंको झिलिमिलि, खवाइ, लवाइ, जीवनशैली तथा मसक्क मस्केर गमक्क गम्केका उदितयौवना सुन्दरी रमणीहरूलाई देखे । नयाँ कविका लेखनीले चुप लागेर मानेन र नै तलको कविता बह्यो–
 
चपला अबलाहरु एक् सुरमा
 
गुनकेसरिको फुल ली सिरमा
 
हिंडन्या सखि लीकन ओरिपरि
 
अमरावति कान्तिपुरी नगरी
 
वयगत रूपमा पर्गेल्दा भानुभक्त श्रृङ्गारिक कविका रूपमा पनि प्रस्तुत भएका देखिन्छन् । हुन त श्रृङ्गार मानव जीवनको अपरित्यज्य तŒव भएको हुँदा हाम्रा कवि भानुभक्त पनि यसका अपवाद किन हुन्थे र । उनको श्रृङ्गारिक कविताको एक नमुना होरौं–
 
विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर् रहोस्
 
ताहाँको मन पींजरा म मुनिया यै चाल् सदाकाल् रहोस् ।
 
भानुभक्तको यस प्रकारको तरुनी फकाउने खालको महाश्रृङ्गारिक कविताले उनका उत्तराधिकारी अर्का तन्नेरी कवि मोतीराम भट्टलाई पनि श्रृङ्गार तर्पm प्रवृत्त हुन प्रेरित ग¥यो । परिणामतः मोतीरामले पनि आफ्ना समय वयमा प्रशस्त श्रृङ्गारिक कविता, काव्य वा गजल लेखेर नेपाली साहित्य मन्दिरमा अर्पित गरे ।
 
भानुभक्त काठमाडौंमा किन गएका हुन् भन्ने विषयमा मोतीराम भट्टको र बाबुराम आचार्यको मत बाझिएको देखिन्छ । मोतीरामका अनुसार उनी वि.सं. १९०६ मा जग्गा बापतको मुद्दा छिन्नको निम्ति काठमाडौं पुगेर त्यहीं उनले बालाजी देखे, कविता लेखे । कान्तिपुरीलाई स्वर्गसँग तुलना गरे र सहरमा स्वतन्त्र डुल्ने तरुनीलाई अप्सरासँग दाँजे । तर इतिहास शिरोमणि बाबुरामका विचारमा नोकरीको तलासमा नै तिनी काठमाडौं गएका थिए र त्यसै समयमा कविता लेखे । जे होस् भानुभक्त जीवन धान्नको निम्ति जागिर खोज्न थाले र पाल्पाको पल्टन गोस्वाराको दफ्तरमा पहिला मेजर र अनि खरदार भए । त्यस समय मेजरको दर्जा राइटर बराबरको हुन्थ्यो । बाबुराम आचार्यका अनुसार सम्बत् १९०३ मा जङ्गबहादुरका भाइ कृष्णबहादुर राणा पाल्पाली फौजमा कमाण्डर भएर गएका थिए । त्यहाँ भानुभक्तले कृष्णबहादुरको चाकरी गरेर रिझाउने मौका पाए । तर वि.सं. १९०७ मा केदार नरसिंह राणा पाल्पामा कमाण्डर भएर गएको हुँदा कृष्णबहादुर काठमाडौं फर्के । त्यसको केही समयपछि नै भानुभक्तको जागीर खोसियो र उनी हिसाब किताब बुझाउन काठमाडौं गए । नियमानुसार हिसाब बुझाउन नसकेसम्मलाई या त जमानत दिनुपथ्र्यो या सो नसकेको खण्डमा थुनुवा बन्नु पर्दथ्यो । यसरी नै भानुभक्त वि.सं. १९०८ मा पाँच महिनासम्म कुमारीचोक अड्डामा नजरबन्द रहे । त्यसै समयमा उनले पहिले लेखेको रामायणको बालकाण्डको संशोधन गरे । समय प्रशस्त भएको हुँदा रामायणका अरु काण्डहरू पनि लेखेर सके । उनले कृष्णबहादुर राणालाई लेखेको मनोरञ्जक पद्यबाट उनी बिरामी हुँदा नजरबन्दीबाट छोडिए पनि । ती तल लेखिए अनुसार छन्—
 
रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू ।
 
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।
 
लामखुट्ट्या उपिञा उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
 
लाम्खुट्ट्याहरु गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी ।।
 
व्यर्थैमा म कुमारीचोक थुनिया वाहाँ बिरामी भई ।
 
आयाथ्याँ घरमा व्यथा अति बढ्यो ठूलो बिपत्ती सही ।
 
काट्याँ दिन् अब सञ्च भो अझ पनी थुन्छन् त मेरो गति
 
अर्को छैन दया रहोस् हजुरको मेरा त ख्वामित् पति ।।
 
शरिर छ अति कच्चा अन्न जल्ले रह्याको ।
 
विनति गरुँ कती यो देहमा जो भयाको ।।
 
बहुत फजिति पायाँ रोगले ग्रस्त पारी ।
 
शरिर हुन गयो ठिक् पूर्व झैं फेरि भारी ।।
 
जागिर खाएकै काणले त्यत्रो पीडा सहनु परेको कारणले गर्दा भानुभक्तलाई पुनः जागिर खान रुचि भएन । उनले थुनामुक्त हुने मात्र याचना गरे ।
 
उपर्युक्त विन्तिमय कविता सुनेर प्रसन्नचित्त कृष्णबहादुर राणाद्वारा वि.सं. १९१० को हिँउदमा भानुभक्तले उन्मुक्ति पाए भनी मोतीराम भट्टको विचार छ । तर बाबुरामको विचारमा त्यो कविता छुट्कारा पाउने आशयको थिएन । भानुभक्तलाई आफू धनी अर्थात् कुलीन भएकोमा गर्व थियो । भानुभक्तले आफ्ना कुलको गौरव बखान्दै आफ्नो परिचय यसरी दिएको हेर्दा बाबुरामको तर्क उचित हो कि जस्तो लाग्छ –
 
पाहाड्को अतिवेश देश् तनहुमा श्रीकृष्ण ब्राह्मण् थिया ।
 
खुब् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन् दिया ।।
 
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
 
इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिन्ही लिया ।।
 
उपर्युक्त श्लोकबाट के कुरा प्रस्ट हुन्छ भने भानुभक्त कुलीन थिए । उनी आफ्नो परिचय दिंदा बाबुको नाम नलिएर केवल बुडाउको मात्र लिने गर्थे । अर्थात् भानु आफ्ना बुडाउलाई ईश्वर समान नमन गर्ने गर्थे ।
कविवर मोतीराम भट्टले भानुभक्तका कृति, विशेषतः रामायण खोजेर प्रकाशित गरिदिए । उनले भानुभक्तलाई ‘आदिकवि’को फेटा पनि गुथाइ दिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि त्यस कुरालाई समर्थन गर्दै ‘नेपाली हे प्रथम ध्वनि’ भनेर भानुको भारी प्रशंसा गरे । उनले भानुभक्तलाई ‘नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष’ भनेर शाब्दिक अभिनन्दन समेत गरे । आज आएर कतिपय विद्वान् समालोचकहरूको टाउको दुखेको छ–भानुभक्त आदिकवि भएको विषयलाई लिएर । उनीहरूको भनाइमा भानुभक्त जन्मिनुभन्दा अगाडि पनि यदुनाथ पोख्रेल, वसन्त शर्मा, पतञ्जलि गजुरेल आदि कविहरूले कविता कृति लेखिसकेका थिए । प्रसिद्ध विद्वान् बालचन्द्र शर्माका शब्दमा “जन्म अथवा रचनाको मितिबाट आदि कविको विचार हुन्न । कुनै मत, विचार वा परम्पराको प्रणेता वा आदि पुरुष यस्तो व्यक्ति मानिन्छ जसले देखाएको बाटोमा पछिका व्यक्ति पूर्ण चेतनाका साथ हिँडून् । आदि कवि त्यो हुन सक्तछ जसलाई पछिको कवि परम्पराले आदर गरोस् र उसको व्यक्तिगत मर्यादालाई जानी, बुझी, संझी र अध्ययन गरी त्यसबाट प्रेरणा प्राप्त गरी पछ्याओस् । भानुभन्दा अघिका कविहरूको मूल्य पनि केवल यसै कारण छ कि ती भानुभक्तभन्दा अघि आए ।” वस्तुतः भानुभक्त हाम्रा प्रथम ध्वनि, सुन्दर शुव्रm तारा तथा आदिकवि हुन् ।
 
“मो भानुभक्त धनि भैकन आज यस्तो” यो छन्दमा ‘म’ का ठाउँमा ‘मो’ लेखिएको कारणले उक्त छन्द भानुभक्तको होइन कि भनी शङ्का गर्न थालिएको छ । त्यसको कारण के हो भने भानुभक्त ‘म’ मात्र लेख्ने गर्थे । तर मोती रामले चाहिँ एक ठाउमा ‘मो’ को प्रयोग गरेको देखेर उक्त छन्द मोतीरामले नै लेखेको हुन सक्छ भनेर कतिपय विज्ञ समालोचकहरू आशङ्का व्यक्त गर्दछन् । साहित्यका पारखी बालचन्द्र शर्माका शब्दमा –“भानुभक्तले ‘म’ को निमित्त कहीँ पनि ‘मो’ लेखेका छैनन् तर भट्टजीले भने आफ्नो भानुभक्तको जीवन–चरित्रको विज्ञप्तिमा कवि भानुभक्ताचार्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्यवाद दिन्छु ।” लेखेका छन् त्यसकारण उक्त दुई सिलोक मोतीरामले नै लेखेका हुन सक्छन् भनी कतिपय समालोचकको आशङ्का पाइन्छ । उनीहरूको के पनि भनाइ छ भने तनहूँमा त्यस समयमा घाँस बिक्री गर्ने कार्य असम्भव प्राय थियो । त्यस कारणले पनि घाँसीको कल्पना मोतीरामले मनोरञ्जनका निम्ति मात्र गरेका हुन् ।
 
यस विषयमा मेरो चाहिँ पृथक मत छ । उपर्युक्त श्लोकांश वसन्ततिलका छन्दमा लेखिएको हो । सो छन्दमा त, भ, ज, ज, गु, गु गण हुनु अनिवार्य छ । ‘मभानु’ लेख्ता जगण हुन्छ । ‘त’ गण बनाउनका निम्ति ‘म’ लाई (ो) दिएर ‘मो भानु’ बनाएको हुन सक्छ । छन्द शास्त्रले भन्छ– ‘वरम् मासं मसं कुर्यात् छन्दो भङ्गम् नकारयेत्’ अर्थात् मासलाई मस बनाउनु राम्रो तर छन्दभङ्ग गर्नु नराम्रो हो । अतः भानुभक्तले पनि छन्दभङ्ग हुने डरले ‘म’ लाई ‘मो’ बनाएको हुन सक्छ । एउटा ओकार (ो)को निउँ झिकेर भानुभक्तको छन्दलाई मोतीराको भनी आरोप लगाउनु उचित होइन जस्तो लाग्छ । अब आयो घाँसको कुरा । हो, तनहूँमा आज पनि घाँसको बजार छैन तर त्यस समयमा घाँस बिक्यो । कुनै धनिक व्यक्ति थियो होला । उसका छोरा विद्यार्जन गर्न अन्यत्र गएका थिए होला । घरमा गाई पालेको थियो होला । एक जना गरिब मान्छेलाई दिनको एक भारी घाँस देऊ, मासिक केही रूपैयाँ दिन्छु भन्यो होला । त्यसै घाँस काटेर धनी मानिसका घरमा पु¥याउने मानिससँग भानुभक्तको भेट भयो होला । त्यस व्यक्तिलाई भनुभक्तले ‘घाँसी’ नामकरण गरे होला । कविता कवि भानुभक्तले नै लेखेका हुन् जस्तो लाग्छ ।
 
आफ्ना मित्र तारापतिका घरमा पाउना लाग्न जाँदा भानुभक्तले रातभरि सासूबुहारीको बाजा–बाज सुने । उनलाई बुहारीकै अर्घेल्याइँ लागेछ । अतः बुहारी वर्गलाई अनुशासित बनाउने उद्देश्यले ‘वधू शिक्षा’ लेखे । रातभरि सासू–बुहारीका दन्तबझानले गर्दा निद्रा नलागेको हुँदा त्यसै रात १७ सिलोके वधूशिक्षा लेखे । त्यही वधू शिक्षामा बुहारीहरूले के–के काम गर्नु पर्छ र के के गर्नु हुन्न भन्ने कुरा सविस्तार लेखिएको छ । भोलिपल्ट खाना खाएर हिँडने बेलामा तारापतिसित बिदा भई कवि भानुभक्तले वधूशिक्षा नामक एक काव्य दिए । त्यपछि तारापतिलाई उपदेशात्मक तीन श्लोकको एक कविता दिएर बाटा लागे । त्यसमा यस्तो लेखिएको छ—
 
एक् थोक् भन्छु नमान्नु दुःख मनमा हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता लड्न्या रह्याछन् अति ।।
सून्या दन्तबझान आज घरको कर्कर् ग¥याको उसै ।
भर्रात् जाग्रत भैंm भयो मकनता लागैन आँखा कसै ।।
 
धन् इज्जत् र कमाइ देख्छु बढिया छैनन् कुनै चिज् कमि ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ?
साह्रै झोंक उठ्यो मलाई र वधू शिक्षा बनायाँ पनी ।
यस्ले पत्नी बुहारि छोरिहरूका तालिम् गरौला भनी ।।
 
हुन त म अतिथी हूँ यस् बिना क्या छ खाँचो
 
तर पनि त म भन्छू मित्र हौ जानि साँचो ।।
 
घर चतुरईँ गर्छन् बुद्धिमान्ले अगाडि
 
बखत चुकिदिंदामा हुन्छ काहाँ पछाडि
 
आज हाम्रा शिक्षित वा अर्ध शिक्षित महिला वर्गका मुखमा एउटा श्लोकको आधा झुण्डिएको छ त्यो हो –
 
“हाँस्नु ठीक हुँदैन नारी जनले वेश्या हुन्याँ हाँस्दछन् ।
 
लौ वेश्या नहउन् तथापि घरको काम्दाम् सबै नास्दछन् ।।
 
त्यो उद्धरण सुनेर हाम्रा दिदी–बहिनीहरू रिसले मुर्मुरिन्छन् । उनीहरू वधूशिक्षाका रचयिता आजभन्दा १४७ वर्ष पहिले नै स्वर्गलोक पुगेका राम्रा कवि भानुभक्ताचार्यलाई अभिशंसा गर्दछन् । उपर्युक्त श्लोकाद्र्ध असली वधू शिक्षामा नभएको र महान् कविले व्यर्थमा गाली पाएको हुँदा सत्य–तथ्य पत्ता लाउनु जरुरी देखिन्छ । दक्षिण एसियाकै सर्वश्रेष्ठ विद्वान् प्रा. बालकृष्ण पोखरेलद्वारा लिखित ‘नेपाली भाषा र साहित्य’ शीर्षकबद्ध पोस्तकमा वधूशिक्षा बारे चित्तबुझ्दो विवरण तुलनात्मक रूपमा दिइएको पाइन्छ । प्राध्यापक श्री पोखरेलका अनुसार – “हालै वीर पुस्तकालयमा एउटा सत्र सिलोके वधू शिक्षा पाइएको छ । पुस्तकालयको लगतमा यस वधूशिक्षालाई भानुभक्तको मानिएको छ । वीर पुस्तकालयको सत्र सिलोके वधू शिक्षाको अन्त्यमा “सम्बत् १९१३ साल मिति श्रावण वदि २ रोज ७ शुभम्’ लेखिएको छ । यसरी आजसम्म पाइएका प्रमाणहरूलाई केलाउँदा यी दुई (सत्र सिलोके र तेत्तीस सिलोके) वधूशिक्षामा ६ वर्षको जेठ–कान्छी देखिन्छ । — तेत्तीस सिलोके कान्छो तर सत्र सिलोके चाहिँ जेठो । यसले के टुङ्गो लाग्छ भने मोतीरामकृत भानुभक्तको जीवनीमा वर्णित केही खुजुरा कविताहरू अवश्य पनि मोतीरामकै हातका रचना हुन् । निसन्देह मोतीरामले निकै नजिकको स्रोतबाट भानुभक्त बारे समाचार संग्रह गरेका थिए । त्यही समाचारको भरमा नै स्वयम् भानुभक्त भएर कतिपय रचना प्रस्तुत गर्न मोतीराम सफल भएका हुन् ।” प्राध्यापक पोखरेल पुनः थप्छन् –“आफ्ना रचनालाई भाुभक्तका नाममा छपाए बापत मोतीराम केही ठाउँमा पक्रा परिसकेको हुनाले के आवाज उठ्न सक्छ भने ३३ सिलोके वधूशिक्षाको रचना पनि मोतीरामले नै गरेको हुनुपर्छ । मोतीरामले भानुभक्तका मौलिक वधूशिक्षाको नाम मात्र सुनेका थिए होला । उनले भरसक उक्त वधूशिक्षा फेला पार्ने चेष्टा गरे होला । तर जब सफलता मिलेन स्वयं नै एउटा वधूशिक्षा लेख्न तत्पर भए होला । आखिर भानुभक्तकृत मौलिक वधूशिक्षालाई सधैँको लागि लुप्त ठहराएर उनले आपूmले लेखेको वधूशिक्षालाई नै भानुभक्तको नाममा छपाए होला ।”
 
तेत्तिस सिलोके वधूशिक्षा चाहिँ मोतीरामले नै लेखेको ठहरिन्छ । किन भने एउटै व्यक्तिले ६ वर्षको अन्तरालमा एउटै विषयमा दुईवटा काव्य लेख्न असम्भव छ । अतः ६ वर्ष पहिले लेखिएको कारणले गर्दा सत्र सिलोके वधूशिक्षा चाहिँ भानुभक्तले लेखेको हो । भानुभक्तकृत सत्र सिलोके वधूशिक्षामा “हाँस्नु ठीक हुँदैन नारी जनले वेश्या हुन्या हाँस्तछन्’ भन्ने श्लोक नै छैन । वस्तुतः हाम्रा दिदी–बहिनीहरूले कैयौं वर्षदेखि भानुभक्तलाई गर्दै आएको गाली फिर्ता लिनुपर्छ । सत्र सिलोके वधूशिक्षाका सत्रैवटा सिलोकहरू शङ्का निवारणार्थ तल प्रस्तुत गरिएका छन् –
 
पैल्हे ता घरका बुहारी जति छन् नित्त्यै सबेरै उठी ।
 
प्रातः कृत्य गरुन् र मान्य जति छन् तिन्का चरण्मा परुन् ।।
 
आपूस्मा पनि ढोगभेट षुसिभै गर्दै गरुन् सब्जना ।
 
श्री लम्बोदरको स्मरण् कन गरुन् कां गर्न कम्मर कसुन् ।।१।।
 
पूजाको सरजाम वेस् गरि गरून् श्री देवता छन् जहाँ
 
भिक्षुक् विप्र अतीथिलाई दिनदिन् सन्तुष्ट गर्दै रहुन् ।।
 
ब्रत् पूजा उपवास आदि जति छन् संझुन् र गर्दै गरुन्
 
गर्नु एक बखत् अवश्य छ भनि श्री धर्म चर्चा गरुन् ।।२।।
 
अ‍ैना हेरि निधारमा पति हुन्या सिन्दूर टीका धरुन् ।
 
पातिब्रत्य बडो वुझी पुरुषका सेवा टहल्मा रहुन् ।।
 
चर्णामृत् पनि पाउको दिन दिनै पाउन् बडा भक्तिले ।
 
केही काम अह्राउँदा पुरुषको आज्ञा न लंघन् गरुन् ।।३।।
 
सासूले कहिया बमोजिम गरी डर् मानी धन्दा गरुन् ।
 
चाकर्लाई अदप् गरी टहलमा हाजीर राषुन् सधैँ ।।
 
आफुस्मा रिसराग कोहि नगरुन् मिल्जुल् सबैले गरुन् ।
 
कां गर्दा सबलाई जित्न म सकुँ भंन्या परस्पर् धरुन् ।।४।।
 
भान्साको सरजाम नित्य जति हो जाउन् भँडार्मा झिकुन् ।
 
तर्कारीहरू बेसबेस बटुली काटी केलायी दिउन् ।।
 
जेठाज्यू ससुरा पती देवरको इच्छा भयाको कुरो ।
 
षान्या वेस बनायि चट्पट गरी भोजन् तयारी गरुन् ।।५।।
 
षादाषेरि अदप् भई वसिरहुन् कल्मल् नगर्नु भनुन् ।
 
केही थप्नु पर्या जुरुक्क नि उठी थप्थाप गर्दै रहुन् ।।
 
आमाज्यू फुपुसासु नन्द गुरुमा इत्यादि आया भन्या ।
 
भोजन् पान सुपारी सप् कन दियी सन्मान तिन्को गरुन् ।।६।।
 
भाँडा वर्तन यत्रतत्र छरिया संभार गर्दै गरुन् ।
 
सप् ठाऊँ कसिङर् बढारि लिपनू भन्दै अह्राउँदै गरुन् ।।
 
चूल्हो चौकि अध्यानु भत्कन गया टाल्दै बनाउँदै रहन् ।
 
अन्नादी छरिया पनी सब मिली टिप्तै उठाउँदै रहुन् ।।७।।
 
कोही मानु मुठी फुल्याउन भनी छल्कारले आउछन् ।
 
सासु छेउ नसोधि केहि नदिउन् चेष्टा विचार्दै रहुन् ।।
 
कोही चोर्न भनी ठुलो मुटु गरी आउँछन् बडा जुक्तिले ।
 
ताला कूचि बहुत् यतन्सित धरी संभार गर्दै गरुन् ।।८।।
 
सासू छेउ गयी कपाल दिनदिन् कोरी र बाटी दिउन् ।
 
भोक् लाग्यो कि भनी सुध्याइ तनको षान्या तयारी गरुन् ।।
 
सौताको रिसराग कत्ति नगरौं क्या हुन्छ तस्ले भनी ।
 
मन्मा पाप नराषि मिल्जुल गरी बोल्चाल गर्दै गरुन् ।।९।।
 
केटाकेटी गमार छन् भने पनि झर्को नमानुन् सधंै
 
भोका छन् कि भनी षुवाउन लगी तिन्को उदर् भर्दिउन् ।।
 
घर् छोडि पनि यत्रतत्र नहिडुन् आलस्य छोडि दिउन् ।
 
बोल्नू नम्र भई कसैसित पनि भूmटो नबोल्न्या गरुन् ।।१०।।
 
खानू पर्छ भनी दुना र टपरी षुट्तै रहुन् हातले ।
 
गर्नू पर्छ सबेर आरति भनी तस्को सराजां गरुन् ।।११।।
 
चाड्बाड् आइ पुग्यो भन्या सब कुरो निर्वाह तिन्ले गरुन् ।
 
लोभी चित्त पनी बहूत नगरुन् गाल् पर्छ भंन्या बुझुन् ।।
 
सन्ध्याकाल पर्या पछि बषतमा बत्ती जगाइ दिउन् ।
 
राती षानु पिनू सकुन् र घरको ढोका लगाऊ भनुन् ।।१२।।
 
ताल्चा षोलि भँडारमा पनि पसी मूसा चमार्छ भनी ।
 
छोप्नु छाप्नु गरुन् र सासुसित गै सेवा चरण्मा गरुन् ।।
 
सासूछेउ विदा हुउन् र पति छन् आफ्ना जजस्का जहाँ ।
 
जाउन् पान सुपारि तिन्कन दिई हुक्का समाती रहुन् ।।१३।।
 
हुक्का षाइ सक्यापछी चरणमा जाउन् र सेवा गरुन् ।
 
कोही दुःख पुकार गर्नुछ भन्या कर् जोरि विन्ती गरुन् ।।
 
मद्र्दन् गर्नु पर्या पती चरणमा संझुन् र गर्दै गरुन् ।
 
आफ्ना शील स्वभावले पुरुषका मन् पर्न दिन् दिन् सकुन् ।।१४।।
 
आँषाले पतिका नजर कन बुझुन् निद्रा पर्यो कि भनि ।
 
ढोका बन्द गरुन् र धैर्य मनले जाइ पलङ्मा चढुन् ।।
 
नाना ख्याल अनेक बात रसका ठट्टा चमत्कारमा ।
 
क्रीडा भोग विलास सुन्दर गरी निद्रा समाध्मा पुगुन् ।।१५।।
 
यस् रित्ले गृहकृत्य गर्न सकन्या जस्का बुहारी हउन् ।
 
यो सन्सारमहाँ बडो यश धरी बैकुण्ठ धांमा पुगुन् ।।
 
बाबाको महतारिको र ससुरा सासूहरूको पनि ।
 
नाऊँ बेस चलाई तिन्सित सँधै आशीष माग्न्या हउन् ।।१६।।
 
ब्रह्मा विष्णु महेश आदि सुरले नाना मुनिले पनि ।
 
तत्पर बेस कृपा गरुन् र घरमा कैल्हे नछोडि बसुन् ।।
 
नाना धान्य अनेक वित्त सबले घर् पूर्ण दिन्दिन् रहोस् ।
 
लक्ष्मीवास गरुन् सदा गृहविषे आपैmँ बडा हर्षले ।।१७।।
 
भानुभक्तले अध्यात्म रामायण, प्रश्नोत्तरमाला, भक्तमाला, रामगीता आदि काव्य–महाकाव्यको कुशलतापूर्वक अनुवाद गरेर नेपाली साहित्यलाई समृद्ध बनाए । वधू शिक्षा लेखेर बुहारी, छोरी, पत्नी अर्थात् सम्पूर्ण महिला वर्गलाई अनुशासन पढाए । हुन त आजको युगमा वधू शिक्षा त्यति लाभप्रद देखिँदैन, तर नारीहरूलाई उद्दण्डताबाट जोगाउन एउटा अचुक बौद्धिक अस्त्र भएको छ त्यो । वधूशिक्षामा नारीहरूलाई दासीकै रूपमा हेरिएको देखिन्छ । तर यो भानुभक्तको दोष होइन । साहित्य समाजको ऐना भएको हुँदा वधूशिक्षाका माध्यमबाट त्यस युगको सामाजिक अवस्था र नारीहरूको निरीहता देख्न सकिन्छ । सती प्रथाले नराम्ररी गाँजेको बर्बर युगमा बुहारीहरू कसरी दिन काट्ता हुन् ! नारीहरूले छाती खोलेर रुनसम्म पनि त्यस युगमा पाउदैन थिए । बुहारीहरूको सबभन्दा विषालु शत्रु सौता हो तर त्यस युगमा सौतासँग पनि मन नपरी नपरी बोल्चाल गर्नु पर्ने बाध्यता देखिन्छ । अतः वधू शिक्षा लेखेर भानुभक्तले नेपाली मात्रलाई ठूलो गुन लगाएका छन् । त्यसैले त मोतीराम भट्ट र लक्ष्मीप्रसाद देवकोटा समेतले भूरिभूरि प्रशंसा गरेका छन् ।
 
नेपाली साहित्यको इतिहासमा विभिन्न दृष्टिकोणले भानुभक्तलाई अध्ययन गरिएको छ । नेपाली साहित्यमा भानुको कति देन छ, त्यसको परख गर्ने अधिकार प्रत्येक नेपालीलाई छ । भानुभक्तका विषयमा नचाहिँदो खोचे थापेर विवाद झिकियो भने नेपाली साहित्यमा स्थिरता आउँदैन । साहित्यमा स्थिरता नै नआएपछि विश्व साहित्यका तुलनामा यो कमजोर ठहरिने छ । भानुभक्तका बारेमा स्वस्थ मूल्याङ्कन हुनु अत्यावश्यक छ ।
 
भानुभक्तले सर्वप्रथम पूर्ण महाकाव्य लेखेर नेपाली साहित्य मन्दिरमा चढाए । त्यस पवित्र कार्यले गर्दा उनले ठूलो बाजी जिते । सन्तान–दरसन्तानले पवित्र मनले युगौंसम्म स्मरण गर्नुपर्ने महान् कीर्तिस्तम्भ खडा गरे । रामायणले भानुभक्तलाई अमर बनाएको छ । भानुभक्तले श्री रामचन्द्र जस्तो मर्यादा पुरुषोत्तमलाई आफ्ना काव्यको नायक बनाए । अतः उनले प्रत्येक नेपालीलाई रामजस्तो मर्यादित, लक्ष्मण र भरत जस्तो भ्रातृभक्त तथा सीता जस्ती अग्निपरीक्ष उत्तीर्ण नारीको चरित्र पस्केर त्यस्तै बन्न सिकाए, प्रेरित गरे । यहाँका स्त्रीहलाई रामजस्तो पुत्र र सीता जस्ती पुत्री जन्माउन प्रेरणा दिए । रावण जस्तो संसार विजयी सैन्यबल भएका पराक्रमी वीरलाई पनि धैर्य र एकताको बलले गर्दा सामान्य वानर सेनाका भरमा पनि विजय गर्न सकिन्छ भन्ने सोदाहरण उद्घोष गरे ।
 
यसरी अध्ययन मनन गर्दा भानुभक्तद्वारा भाषा, मर्यादावाद, धार्मिक प्रेरणा मात्र युगले पाएन तर उनको साधनाद्वारा युग सुहाउँदो कल्याण पथ पनि पायो । भानुभक्तीय अध्यात्म रामायणले लोकप्रियता पाएको मुख्य कारण त्यसभित्र भएको मौलिकता, सरलता र लालित्य हुन् । साहित्यिक प्रतिभा र कलात्मक दृष्टिकोणले भानुभक्त अन्तर्राष्ट्रिय जातिमा रामायणको औषधि पिएर बाँचेका हुन् । यो महाकाव्य (रामायण) लाई सारा नेपालीहरू पूmल–पात, चन्दन–अक्षताले पूजा गर्दछन् । यसले नेपाली जनजीवनमा सङ्गीत, आध्यात्मिकता, भौतिक ज्ञान प्रदान गरेको छ । भानुभक्तकृत रामायण सम्पूर्ण नेपालीको मन जित्न सफल भएको छ । आज नेपालमा मात्र होइन सारा संसारमा जहाँ जहाँ नेपालीको वास छ, रामायण सिरानीमुनि भेटिन्छ । यही लोकप्रियताले भानुभक्त आदिकवि भए, अमर भए र सफल भए । यस्ता महापुरुषको जन्म शताब्दीमा एक जनाको मात्र सम्भव हुन्छ ।
 
हाम्रो राष्ट्रिय, धार्मिक, सांस्कृतिक एवं जातीय जीवनमा आदिकवि भानुभक्ताचार्यको यस्तै बहुविध व्यक्तित्व मौलाएको छ । इति ।
 
गोपाल संग्रौला
 
सुरुङ्गा, झापा
 
१. बृहत् समालोचना । सं. शिव प्रधान
सन्दर्भ सामग्रीः—
२. साझा समालोचना सं. कृष्णचन्द्रसिंह प्रधान
३. नेपाली भाषा र साहित्य ले. प्रा. बालकृष्ण पोखरेल
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित