कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४९२:
-------------------------------------------------------------------------------
== भानुभक्तको प्रेरणाको स्रोत घाँसी ==
 
–गंगाराम खनाल
 
वि.सं. १८७१ साल आषाढ २९ गतेका दिन चुदी रम्घा भन्ने ठाउँमा एउटा नक्षत्रको उदय भयो जो नेपाली भाषा साहित्यको आकाशमा कहिल्यै अस्ताएन । अस्ताएरै गए पनि त्यो नक्षत्रको प्रकाश कहिल्यै धुमिल भएन । त्यही प्रकाशको गोरेटोबाट लाखौलाख नेपाली साहित्यका अनुरागी आजसम्म र पछि अनन्त अनन्तसम्म पार गरिरहेका छन् र गरिरहने छन् । उनकै अथक प्रयत्नले नेपाली भाषा खस र पर्वते भाषाबाट नेपालको राष्ट्र भाषाको सम्मानमा पुगेको हो । आज नेपालको राष्ट्र भाषा संसारकै विकसित भाषाहरूको हरफमा गनिने गरी विकसित अवस्थामा पुगेको छ । यही भाषाको माध्यमबाट ठुला ठुला महाकाव्य, काव्यहरूबाट नेपाली भाषा साहित्यको भण्डार टम्म भरिएको छ । यो हामी नेपाली भाषीहरूको निम्ति अत्यन्तै गौरवको विषय बन्न पुगेको छ ।
Line ५१९ ⟶ ५१७:
यो नै भानुभक्तको पहिलो कविता हो भनिएको छ । पछि उनीबाट वधू शिक्षा, भक्तमाला, प्रश्नोत्तर आदि काव्यहरूको सिर्जना भए । सबभन्दा महŒवपूर्ण कुरा उनले नेपाली भाषामा रामायणको उल्था गरी हामीलाई एउटा अमूल्य ग्रन्थ छाडेर गए । उनी आशुकवि पनि थिए भनिएको छ । तत्काल कविता सिर्जना गरी कवितामा जवाफ दिन सक्ने उनको खुबी थियो । उनका मित्र गजाधरकी श्रीमती र निजकै बुहारीको वादविवाद सुनेर तत्काल वधू शिक्षाको रचना गर्न सक्ने क्षमता उनले देखाए । उनले कविताबाटै प्रभाव पारेर सीपाहीसँग बन्दुक मागेको प्रसङ्ग र डिठ्ठा विचारीलाई कवितैबाटै व्यङ्ग्य गरेको प्रसङ्गले उनको कवित्व प्रखर थियो भन्न सकिन्छ । आज रामायण समस्त नेपाल र भारतको दार्जिलिङ्ग, सिक्किम, भुटान, आसाम, बर्मा कहाँ गाइदैन र ? तर आज हामी नेपालीहरूले यस्ता अमूल्य निधि नेपालका राष्ट्रिय विभूतिलाई बिर्सदै गएका हौं कि ? यो विचारणीय कुरा छ ।
 
“जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ” भनेभैंmभनेझैं जो सुकैसँग पनि एउटा न एउटा क्षमता हुन्छ भनिएको छ । जसरी आदि कवि बाल्मीकिको क्षमता बाटा हिँड्ने बटुवाले प्रस्फुटन गराएर संस्कृत भाषामा रामायण लेखियो, त्यस्तै स्त्रीलम्पट तुलसी दासको क्षमता निजकै श्रीमतीबाट प्रस्फुटन भएर हिन्दी भाषामा रामायण लेखियो त्यसरी नै एउटा गरिब घाँसीको प्रेरणाबाट भानुभक्तको कवित्वको क्षमता प्रस्फुटन भएर नेपाली भाषामा रामायण लेखियो ।
 
गंगाराम खनाल
-------------------------------------------------------------------------------
== नेपाल एकीकरणका अर्का योद्धा भानुभक्त आचार्य ः==
 
आजको अस्तित्ववादी युगमा मान्छेले आफ्नो छुट्टै पहिचानको खोजी गर्ने कुरा एक किसिमको युगीन मानवीय प्रवृत्ति मानिन्छ । यो प्रवृत्ति आदिम युगदेखि निरन्तर बढ्दै आएको देखिन्छ । यसका लागि मान्छेले अनेकौं अनौठा गतिविधिहरू समेत बेलाबखत गर्ने गर्दछन् । त्यस्ता गतिविधिहरू मध्ये राजनीतिक, गतिविधि अलि बढी विध्वंसात्मक पनि हुन सक्छन् । सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक आदि अन्य गतिविधिहरू भने सूक्ष्म गतिले विकसित हुँदै जान्छन् अनि निरन्तर रूपमा विस्तारित र परिवर्तित हुँदै अनेकौं प्रक्रियाहरूमा देखिने गर्दछन् । अस्तित्व रक्षाका लागि मान्छेले आवश्यक परिवेश आफू बाँचेको समाजमा नै बनाउँछ । त्यसका लागि पहिले त सामाजिक विकास निर्माणका कार्यहरूमा जुट्दछ अनि पछि राष्ट्र निर्माणमा जुटेको हुन्छ । उता अनेकौं तरिकाले समाजको संरचना बनेको हुँदा त्यस अनुरूप नै मान्छेले आपूm, आफ्नो परिवार, वंश, जाति हुँदै समयान्तरमा अनेकौं तह तथा तप्का पार गरी बल्ल राष्ट्रिय समाजको विकास निर्माणमा जुट्न पुगेको हुन्छ । यस क्रममा जति धेरै व्यक्तिहरूको भूमिका रहन्छ समाज त्यति नै गतिशील हुन्छ । त्यति नै धार्मिक, सांस्कृतिक, नैतिक, शैक्षिक आदि अन्यान्य पक्षको भूमिका बढ्दै गएको हुन्छ । ती सबै पक्षको एकता कायम गर्ने गराउने बाह्य कडीहरू पनि हुन्छन् । त्यसमा पहिलो भाषा हो भने दोस्रो धर्म अनि तेस्रो चाहिँ विचार हो । यी सबैको समुचित तालमेल मिल्यो भने मात्र समाज निर्माणमा कुनै व्यवधान उत्पन्न हुन सक्दैन र उत्पन्न भइहाल्यो भने पनि समाधान उन्मुख हुन सक्छ । समयको अन्तरालमा यस किसिमका कार्यहरू सम्पन्न गर्दै जाँदा तत्कालै कुनै न कुनै व्यक्तिले कुनै न कुनै पद्धति अपनाएर अगुवाइ गर्न पुग्दछ ।
 
यो संसारमा असल र महान् कार्य गर्नेहरूमध्ये सबैको नाम अग्र पक्तिमा नआउन पनि सक्छ । यसरी ओझेलमा पर्न गएका महान् पुरुषहरूको नाम प्रकाशमा ल्याउनु र मूल्याङ्कनका लागि सार्वजनिक गर्नु सचेत नागरिकरको मूल कर्तव्य हुन आउँछ । नेपालको इतिहास पढ्ने हरेक व्यक्तिले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका अगुवा तथा विशाल नेपालका निर्माता भनी पढ्दछन् । एउटा राष्ट्र भन्ने बित्तिकै त्यहाँको भूगोल र प्रशासनका अतिरिक्त जन अनुमोदित भाषा, साहित्य, संस्कृति, सामाजिक चालचलन, रीतिरिवाज आदिका विभिन्न मौलिक पक्षहरू पनि बुझ्नु पर्दछ । पृथ्वीनारायण शाहले यस राष्ट्रको राजनीतिक र प्रशासनिक एकीकरणमा अगुवाइ गरेको पक्का हो तर भाषिक, साहित्यिक, सामाजिक, सांस्कृतिक रीतिरिवाज आदि अन्य पक्षको एकीकरणमा उनको भूमिका कति रह्यो ? त्यसमा अन्य व्यक्तिको भूमिका छ कि छैन ? भन्ने विषयमा आजसम्म त्यति धेरै खोजी भएको छैन । त्यसको श्रेय भानुभक्त आचार्यलाई पनि जान्छ भन्ने यो लेखकीय विचार हो र यसमा कुनै आश्चर्य मान्नु पर्दैन पनि ।
विश्वका जुनसुकै समाजको संस्कृति र सभ्यताको विकास सम्बन्धित धर्म सापेक्ष हुने गरेको देखिन्छ । तिनै धर्मावलम्बीहरूले आफु अनुकूल समाजिक सभ्यताको विकास गर्न जे जस्ता नीति नियमहरू अपनाएर पालन गर्दै आएका हुन्छन् त्यसै अनुरूपले सांस्कृतिक परम्परा कायम हुदै जान्छ । त्यस अनुरूप नै सम्बन्धित धर्मग्रन्थ र आध्यात्मिक चिन्तनका कुराहरू पनि विकसित हुदै जाने कुरा स्वाभाविक हो । तिनै धार्मिक ग्रन्थहरूमा वर्णित विचार व्याख्याका आधामा जागेको आध्यात्मिक आस्था र विश्वासलाई त्यस समाजले अपनाएको हुन्छ । समाजका मान्छेको मन जितेको हुन्छ । नेपाली समाजको मौलिक सभ्यता र संस्कृति हेर्ने हो भने हिन्दु र बुद्ध धर्म सापेक्ष रहेको देखिन्छ ।
 
ऐतिहासिक दृष्टिले हेर्ने हो भने प्राचीन नेपालका पश्चिमी क्षेत्रका नागवंशी राज्यकाल होस् या उपत्यकाका गोपाल वंशी, किराँतवशी, लिच्छवी वंशी र मल्ल वंशी राज्यकाल होस् त्यहाँ हिन्दु र बुद्ध धर्ममा आश्रित सभ्यता तथा संस्कृतिको पालन भएको पाइन्छ । उता तराईतिरका सेन वंशी वा तिरहुत वंशी राज्यकालमा होस् वा गोरखा हुँदै काठमाडौं प्रवेश गरेको शाह वंशी राज्य कालमा होस् त्यहाँ पनि हिन्दु र बुद्ध धर्मकै आश्रयमा सभ्यता संस्कृति मौलाएको देखिन्छ । अहिलेसम्म नेपालमा जुनसुकै वंशको शासन रहे पनि हिन्दु र बुद्ध धर्मले नै यहाँको सभ्यता संस्कृतिको संवद्र्धनमा प्राथमिकता पाएको पाइन्छ ।
 
नेपाली समाजको त्यो दीर्घ परम्परागत आस्था र विश्वासपूर्ण संस्कृतिलाई अहिलेसम्म कुनै पनि भौगोलिक, प्रशासनिक, जातीय, वर्गीय विभाजनले बिथोलेको समेत देखिएको छैन । जातीय विविधता र सामाजिक एकता अनि भाषिक तथा सांस्कृतिक सद्भावलाई उपर्युक्त विभिन्न शासकहरूले निरन्तर कायम राख्दै आएका हुन् । यही धार्मिक तथा सांस्कृतिक मौलिकता खोजी गर्दै जाँदा हिन्दु धर्म सापेक्ष नेपाली राष्ट्रिय संस्कृति फेला पर्दछ । यस परम्पराले अरु धर्म संस्कृतिका अनुयायीलाई कुनै व्यवधान उत्पन्न नगरी सहभावका रूपमा अघि बढाउँदै आएको लामो इतिहास फेला पर्दछ । त्यसैले त धेरै पहिले (नेपालको स्वतन्त्र अस्तित्व कायम हुनुभन्दा पनि पहिले) देखि यस समाज र राष्ट्रमा हिन्दु धर्म ग्रन्थ वेद, गीता, महाभारत, रामायण आदिको निकै महŒव रहँदै आएको हो । यस कुरालाई आधार बनाई भानुभक्त आचार्यले नेपालको सामाजिक इतिहासमा भाषिक, साहित्यिक र सांस्कृतिक एकीकरण गरेका हुन् । यस कार्यमा उनलाई पनि एकीकरण अभियानका एक अग्रणी महान् व्यक्तित्वको रूपमा स्थापित भएको पुष्टि गर्नु आवश्यक ठानिएको छ ।
 
तनहुँ जिल्लाको रम्घा निवासी श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका छोरा भई (भानु विशेषाङ्क २०२८) वि.सं.१८७१साल असार २९मा जन्मिएका भानुभक्त आचार्यले त्यस कुलको भानु मात्र होइन नेपाल राष्ट्रकै भानु बन्ने सौभाग्य पाएको देखिन्छ । बाजे श्रीकृष्ण आचार्यकै पालन पोषण र शिक्षादीक्षामा हुर्किएका भानुभक्त त्यसबेलाको चलन अनुसार वनारसमा गएर अध्यात्म रामायणको गहिरो अध्ययन गरे । त्यसलाई आफ्नो गरिखाने आधारमा मात्र सीमित नराखी राष्ट्रिय उन्नतिको नै आधार बनाए । त्यसबेला भानुभक्तको परिवार त्यस गाउँमा धनी मानिन्थ्यो । मज्दुरी गर्ने ठूले घाँसीसँग एक दिन भेट हुँदा उनलाई जुन किसिमको प्रेरणा दियो त्यो भानुभक्तको पारिवारिक जीवनमा मात्र होइन राष्ट्रकै जीवनमा महत्वपूर्ण प्रेरणा बन्न पुगेको देखिन्छ । पृथ्वीनारायण शाहलाई बिसे नगर्चीले एक रुपियाँको ढ्याक थमाएर राज्यभरिका जनताबाट एकएक रुपियाँ उठाएमा हतियार किन्न र एकीकरण अभियानमा सशक्त भएर जुट्न बल पुग्छ भन्ने प्रेरणा दिए जस्तै भानुभक्तलाई पनि त्यस समाजमा मामुलीे मानिएको ठूले घाँसीले भाषा, साहित्य, धर्म संस्कृतिको विकास र सम्वद्र्धन गर्दै त्यसका माध्यमबाट राष्ट्र निर्माणको लागि जुट्ने प्रेरणा प्रदान गरेको रहेछ, भन्ने प्रमाणित हुन जान्छ । त्यसैले भानुभक्त यसो भन्न पुग्दछन् ः—
भरजन्म घाँसतिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो ।।
 
यस सिलोकका आधारमा हेर्ने हो भने भानुभक्त अलि हुनेखाने परिवारका व्यक्ति हुन् र ठुले घाँसी त्यसबेला पनि घाँस दाउरा लगायतका कार्यहरूमा राजगारी गरि हिड्ने निम्न आर्थिक आवस्थाको व्यक्ति हो । त्यस अवस्थामा हुँदा समेत बुद्धिले फराकिलो मानिएको त्यस व्यक्तिलाई भानुभक्तले गुरु स्विकारेको बुझिन्छ । घाँसीकै गुरुमन्त्र पाएका भानुभक्तले जे जति काम गरेका छन् त्यसले उनको व्यक्तिगत नाम कमाउने कुरामा मात्र सीमित नभएर वंशको उत्थान, समाजको एकीकरण, त्यसबेला बोलीचालीमा सीमित रहेको नेपाली (तत्कालीन गोरखाली) भाषा र साहित्यको उन्नति, नेपाली मौलिक धर्म संस्कृतिको एकीकरण र संवद्र्धन जस्ता बहुमुखी कार्य सम्पन्न हुन पुगेको देखिन्छ ।
 
उनको भाषिक र साहित्यिक योगदानको चार्चा गर्ने व्यक्तित्वहरूको संंख्या पनि औसतमा पक्कै न्यून रहेको छ । आदिकविका रूपमा (विवादित भए पनि ) भने उनको नाम अलि अग्र भागमा नै रहेको मान्नु पर्दछ । बाल्यकालदेखि आफ्नै बाजेको सङ्गतमा पाएको हिन्दु संस्कृति अनुरूप अध्यात्म रामायणको अध्ययन गरी मौका पाउना साथ त्यसलाई सरल र सरस तरिकाले नेपाली भाषामा अनुवाद गरेका हुन् । हुन पनि त्यस बेला भारतमा समेत तुलसीकृत रामायण चर्चामा आइसको थियो । उता नेपालको इतिहासमा मध्यकालको अन्त्यतिर सिङ्गो नेपाली (तत्कालीन गोर्खाली जाति,संस्कृति, समाज र राष्ट्र) को पहिचान कायम गरी त्यसको संरक्षण गर्न ज्यादै कठिन थियो । एकातिर विदेशीका कुनियतपूर्ण विस्तारवादी नीतिका कारण कुनै पनि बेला देशको कुनै भूभाग गुम्न सक्ने सम्भावना ज्वलन्त रूपमा थियो । अर्कोतिर मुलुकभित्रकै विभिन्न जातजातिका राजा रजौटाहरू आपसमा झैझगडा वैमन्यताले रुग्ण बनिसकेका थिए । ढिलो भएमा गृहयुद्धधको भुङ्ग्रोमा हालेर विस्तारवादी छिमेकी शासकले नेपालको नामोनिसान नरहने अवस्था टड्कारो रूपमा खड्किसकेको थियो । यस पृष्ठभूमिमा गोरखाका पृथ्वीनारायण शाहले जुन राजनीतिक र प्रशासनिक क्षेत्रमा अगुवाइ गरे त्यसको सबैतिर चर्चा भइसकेको छ । त्यतिले सम्पूर्ण नेपाली समाज, भाषा, साहित्य र संस्कृतिको एकीकरण भइनसकेको हुँदा त्यो अपुरो काम भानुभक्त आचार्यले गरेका हुन् । उनले तत्कालीन जन सम्पर्कको गोरखाली भाषा र परम्परादेखि चलिआएको हिन्दु तथा बुद्ध धर्मावलम्बीहरू दुवैले मान्दै आएको नेपालीको खाँटी समाजिक, सांस्कृतिक रीतिरिवाजको एकीकरण गरे भने नेपाली (गोरखाली) भाषा साहित्यका क्षेत्रको त अगुवाइ नै गरेको देखिन्छ । अर्को शब्दमा भन्दा भाषिक र साहित्यिक माध्यमबाट उनले राष्ट्रको एकीकरण गरेको देखिन्छ ।
 
तसर्थ भानुभक्त पनि एकीकरण आभियानका अर्का अगुवा हुन् । यसैले गर्दा राष्ट्रिय विभूतिमा उनको नाम अहिले पनि अग्र पक्तिमा छँदैछ । दुःखको कुरा आजसम्म राष्ट्रनिर्माताका रूपमा उनलाई अथ्र्याउने काम भएको त्यति पाइन्न । यो अहिलेसम्म लुकेको, चर्चामा व्यापक रूपले आइनसकेको विषय हो,भन्ने यस कलमकारको ठम्याइ हो ।<ref> भानु, भानुभक्त विशेषाङ्क, साझा प्रकाशन २०२८ </ref>
गंगाराम ढुंगेल
 
सह प्राध्यापक, मेची क्याम्पस, भद्रपुर
 
सन्दर्भ सामग्रीः—
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित