कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४९०:
 
 
-------------------------------------------------------------------------------
== भानुभक्तको प्रेरणाको स्रोत घाँसी ==
 
–गंगाराम खनाल
 
वि.सं. १८७१ साल आषाढ २९ गतेका दिन चुदी रम्घा भन्ने ठाउँमा एउटा नक्षत्रको उदय भयो जो नेपाली भाषा साहित्यको आकाशमा कहिल्यै अस्ताएन । अस्ताएरै गए पनि त्यो नक्षत्रको प्रकाश कहिल्यै धुमिल भएन । त्यही प्रकाशको गोरेटोबाट लाखौलाख नेपाली साहित्यका अनुरागी आजसम्म र पछि अनन्त अनन्तसम्म पार गरिरहेका छन् र गरिरहने छन् । उनकै अथक प्रयत्नले नेपाली भाषा खस र पर्वते भाषाबाट नेपालको राष्ट्र भाषाको सम्मानमा पुगेको हो । आज नेपालको राष्ट्र भाषा संसारकै विकसित भाषाहरूको हरफमा गनिने गरी विकसित अवस्थामा पुगेको छ । यही भाषाको माध्यमबाट ठुला ठुला महाकाव्य, काव्यहरूबाट नेपाली भाषा साहित्यको भण्डार टम्म भरिएको छ । यो हामी नेपाली भाषीहरूको निम्ति अत्यन्तै गौरवको विषय बन्न पुगेको छ ।
 
भानुभक्तको समयमै राजा पृथ्वी नारायण शाह नेपालको एकीकरण गर्ने क्रममा साना साना बाइसे चौबिसे राज्यहरू मिलाएर एउटै ठूलो नेपाल राज्य निर्माण गर्ने क्रममा कीर्तिपुर लगायत पश्चिम र पूर्वका रजौटाहरूलाई जितेर नेपाल राष्ट्रमा मिलाउदै थिए र एउटै विशाल राज्यको निर्माणमा लागेका थिए । यसरी हेर्दा एकातिर कवि भानुभक्त आचार्य नेपालको भाषा साहित्यको इतिहासमा आदि कविका रूपमा सम्मानित छन् भने अर्कातिर हेर्दा श्री ५ पृव्यीनारायण शाह नेपालको शाह वंशको इतिहासमा राष्ट्र निर्माताको रूपमा सम्मानित छन् । यी दुवै महापुरुषहको योगदानले आज नेपाल संसारकै सामु सम्मानित र गौरवान्वित बन्न पुगेको छ ।
 
यहाँ आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको सन्दर्भ परेकोले उनकै बारेमा छोटो चर्चा गरिन्छ । भानुभक्तको जन्म १८७१ साल आषाढ २९ गते कास्कीको तनहुँको चुदी रम्घा भन्ने ठाउँमा भएको थियो । बालककालमा उनको अक्षरारम्भ उनकै बाजे श्रीकृष्ण आचार्यबाट भएको कुरा उनको जीवनीबाट थाहा लाग्छ । उनको बुबाको नाम धनञ्जय आचार्य थियो । भानुभक्त युवावस्थामा पुगेपछि एक दिन गाउँमा कतै गइरहेका थिए । संयोगवश एउटा घाँस काटेर जीवन यापन गर्ने घाँसीसँग उनको भेट भयो । कुरै कुरामा घाँसीले “जीवन क्षणभङ्गुर छ र खान लाउन त सबैले गरेकै हुन्छन् । संसारमा जन्म लिएपछि पछिसम्म कीर्ति रहने काम गर्नु पर्छ बाउन नानी ! म पनि घाँस बेचेको पैसाले बिहान बेलुकाको छाक टार्छु र बाँकी पैसाले एउटा कीर्ति रहोस् भन्नका खातिर एउटा कुवा खनाएर तिर्खाएका बटुवाहरूले आँतभरि तिर्खा मेट्न पानी पिऊन् भन्ने सोच राखेको छु” भनेपछि उनीभित्र रहेको कवित्वको प्रस्फुटन भएछ र तत्काल यसरी उनको कवित्व छताछुल्ल भएछ ।
 
भर् जन्म घाँस तिर मन् दिई धन् कमायो,
 
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
 
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
 
मो भानुभक्त धनी भैकन आज यस्तो ।
 
मेरा इनार न त सत्तल पाटी क्यै छन्,
 
जो चीज बीजहरू छन् घरभित्र नै छन् ।
 
यो घाँसीले कसरी आज दिए छ अर्ती,
 
धिकार हो मकन बस्नु नराखी कीर्ति ।
 
यो नै भानुभक्तको पहिलो कविता हो भनिएको छ । पछि उनीबाट वधू शिक्षा, भक्तमाला, प्रश्नोत्तर आदि काव्यहरूको सिर्जना भए । सबभन्दा महŒवपूर्ण कुरा उनले नेपाली भाषामा रामायणको उल्था गरी हामीलाई एउटा अमूल्य ग्रन्थ छाडेर गए । उनी आशुकवि पनि थिए भनिएको छ । तत्काल कविता सिर्जना गरी कवितामा जवाफ दिन सक्ने उनको खुबी थियो । उनका मित्र गजाधरकी श्रीमती र निजकै बुहारीको वादविवाद सुनेर तत्काल वधू शिक्षाको रचना गर्न सक्ने क्षमता उनले देखाए । उनले कविताबाटै प्रभाव पारेर सीपाहीसँग बन्दुक मागेको प्रसङ्ग र डिठ्ठा विचारीलाई कवितैबाटै व्यङ्ग्य गरेको प्रसङ्गले उनको कवित्व प्रखर थियो भन्न सकिन्छ । आज रामायण समस्त नेपाल र भारतको दार्जिलिङ्ग, सिक्किम, भुटान, आसाम, बर्मा कहाँ गाइदैन र ? तर आज हामी नेपालीहरूले यस्ता अमूल्य निधि नेपालका राष्ट्रिय विभूतिलाई बिर्सदै गएका हौं कि ? यो विचारणीय कुरा छ ।
 
“जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ” भनेभैंm जो सुकैसँग पनि एउटा न एउटा क्षमता हुन्छ भनिएको छ । जसरी आदि कवि बाल्मीकिको क्षमता बाटा हिँड्ने बटुवाले प्रस्फुटन गराएर संस्कृत भाषामा रामायण लेखियो, त्यस्तै स्त्रीलम्पट तुलसी दासको क्षमता निजकै श्रीमतीबाट प्रस्फुटन भएर हिन्दी भाषामा रामायण लेखियो त्यसरी नै एउटा गरिब घाँसीको प्रेरणाबाट भानुभक्तको कवित्वको क्षमता प्रस्फुटन भएर नेपाली भाषामा रामायण लेखियो ।
-------------------------------------------------------------------------------
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित