कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४६८:
 
दोस्रो पद्यमा पनि कविले आफैंलाई हास्य सृजनाको आधार वा आलम्बन बनाएका छन्, यसर्थ यहाँ पनि स्वसमुत्थ प्रकृतिकै हास्यको अवस्था देखिन्छ । यस पद्यमा पनि कवि÷वक्ताको दुर्दशा नै हास्यको कारण भए पनि हास्यको स्थिति भने फरक देखिन्छ । यहाँ कवि–वक्ता अघिल्लो पद्यमा झैं नियतिवस नभई आफ्नै दुर्बुद्धिका कारण दुर्गतिमा फँसेका देखिन्छन् । दुःख सुख जसै तसै जीवन निर्वाह गरिरहेको अवस्थामा खुब मान खोज्ने हुँदा भुक्तमान (दुर्गति) मा परें भन्ने कवि÷वक्ताको आशय प्रस्तुत पद्यमा व्यक्त भएको छ । अघिल्लो पद्यमा आलम्बनको दुर्गतिको कारण अन्यत्र रहेको देखिन्छ भने यस पद्यमा आलम्बन आफ्नै कारणबाट दुर्गतिमा फसेको देखिन्छ । अतः यहाँ ‘कठै !’ को भाव नभएर ‘खुच्चिङ्’ को भाव व्यक्त भएको छ । यसरी आलम्बन नियतिले भन्दा पनि आफ्नै नियत वा मूर्खताले हास्यपात्र बनेको स्थिति अतिहसित वर्गको हास्य हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा पनि यही स्थिति रहेको हुनाले यहाँ अतिहसित वर्गको हास्य सृजना भएको देखिन्छ ।
 
४. '''निष्कर्ष'''
प्रस्तुत अध्ययनका आधारबाट हेर्दा पाश्चात्य दृष्टिकोण अनुसार विपरीत आशय व्यक्त गरिने आइरनी (व्याजोक्ति) तथा हस्सी दिल्लगीका माध्यमबाट हास्य सृजना तथा छेडपेच गर्ने फार्स शैलीको प्रयोग गरेर रचनाको अभीष्ट पुरा गर्ने हास्य–व्यङ्ग्य शैली हास्य–व्यङ्ग्यकार भानुभक्तले अपनाएको देखिन्छ । यहाँ कविले कतै आफैंलाई, कतै आफ्ना मालिकको निर्विवेकी व्यवहारलाई र कतै कुमारीचोकको आफू थुनिएको परिवेशलाई हास्य एवम् व्यङ्ग्य सृजनाको आश्रय वा आलम्बन बनाएको देखिन्छ । पूर्वीय दृष्टिकोणबाट हेर्दा हास्यको आलम्बन÷आधार आफैंलाई बनाएको हुनाले स्वसमुत्थ प्रकारको हास्यको उपस्थिति देखिन्छ भने हास्यका स्वभाव अनुसार भने विपरीत स्थितिको चित्रणबाट हास्य उत्पन्न गरिएकाले प्रथम पद्यमा विहसित वर्गको र आफ्नै कारणबाट दुर्गतिमा परेको चित्रण गरिएकाले दोस्रो पद्यमा अतिहसित वर्गको हास्यको स्थिति देखिन्छ ।
 
व्यङ्ग्यचेतका दृष्टिले हेर्दा कविले कतै आफ्नै नियतिलाई, कतै आफूले भोगेको विषम परिस्थितिलाई र कतै व्यक्तिविशेषका निर्विवेकी व्यवहारलाई व्यङ्ग्यको तारो बनाएका छन् । सतही रूपमा कविले आफैं हास्य र व्यङ्ग्यको आश्रय बनेर आफैंमाथि हाँसो सृजना गरेका छन् भने परोक्ष ढङ्गबाट तत्कालीन विषम स्थिति र मानवीय कमजोरीमाथि कटाक्ष गरेका छन् ।
 
दुवै पद्यमा हास्य र व्यङ्ग्यको अन्योन्याश्रय सम्बन्ध रहेको देखिन्छ । विशेषतः व्याजोक्तिपूर्ण कथनपद्धति एवम् स्थितिवैपरीत्यको प्रदर्शन हास्य र व्यङ्ग्य दुवैको उत्पत्तिका कारण बनेर हास्यले व्यङ्ग्यलाई र व्यङ्ग्यले हास्यलाई परस्पर समृद्ध तुल्याएका छन् । आफ्नै दुर्भाग्यलाई कोसेजस्तो गरी अनि अलौकिक तत्त्वलाई दोसेजस्तो गरी छलपूर्ण ढङ्गबाट आफ्नै अन्नदाताको अविवेकीपनमाथि गरिएको छेडखानी कवि भानुभक्तको अद्वितीय कलाकारिताको नमुना भएको छ । हास्योत्पत्तिका दृष्टिले पहिलो पद्य र व्यङ्ग्यका दृष्टिले दोस्रो पद्य नेपाली हास्य–व्यङ्ग्यकै बेजोड नमुना बनेका छन् । पहिलो पद्यमा हास्यका माध्यमबाट कविको व्यङ्ग्यचेत प्रकट भएको छ भने दोस्रोमा कविको व्यङ्ग्यचेत अत्यन्त प्रखर र कलापूर्ण बनेर हास्यका साथ देखिएको छ । अर्थात् पहिलो पद्यमा पहिले हास्य अनि पछिबाट व्यङ्ग्यबोध हुन्छ भने पछिल्लो पद्यमा व्यङ्ग्यबोध नै हास्योत्पत्तिको कारकका रूपमा देखिन्छ ।
नेपाली हास्य–व्यङ्ग्य सृजनाको मिर्मिरे प्रहरमै उदाएका कवि भानुभक्त मूलतः भक्तिचेतनाकै कवि भए पनि उनी हास्य–व्यङ्ग्य फाँटका समेत सशक्त स्रष्टाका रूपमा चिनिन्छन् । केही फुटकर हास्य–व्यङ्ग्यात्मक पद्य मात्र सृजना गरेका भानुभक्तले उसै बेला नेपाली हास्य–व्यङ्ग्यको उत्कृष्ट र उदात्त स्वरूप प्रस्तुत गरेर यस फाँटलाई चिनाइसकेको कुरा प्रस्तुत दुई पद्यको अध्ययनबाटै स्पष्ट हुन्छ ।
समग्रमा भन्नुपर्दा लेख्य÷शिष्ट नेपाली साहित्यको परम्पराको थालनीसँगसँगै थालिएको हास्य–व्यङ्ग्य सृजनाको परम्पराका आदिपुरुष नै नभए पनि नेपाली हास्य–व्यङ्ग्य साहित्यलाई अपेक्षित उचाइ दिने क्रममा कवि भानुभक्त आचार्यको योगदान महत्त्वपूर्ण रहेको छ । केही फुटकर रचनामै मात्र सीमित रहे पनि उनले नेपाली हास्य–व्यङ्ग्यलाई जुन शिष्टता र उचाइ दिए त्यही नै यस परम्पराको महत्त्वपूर्ण आधारशिला बनेर रहेको देखिन्छ ।
 
 
<ref>अधिकारी, गंगाप्रसाद. २०६५. अभिवीक्षण. भद्रपुर ः श्रीमती कान्ता अधिकारी</ref>
Line ४८० ⟶ ४९०:
 
मेची बहुमुखी क्याम्पस भद्रपुर,
 
 
-------------------------------------------------------------------------------
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित