कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८३:
-------------------------------------------------------------------------------
 
'''== भानुभक्त आचार्य : व्यक्ति र कृतिको सङ्क्षिप्त चर्चा''' ==
 
== '''विषय प्रवेश =='''
 
नेपाली साहित्यमा वि.सं. १८२६ बाट लेख्य कविताको आरम्भ भएको पाइन्छ । सुरुमा वीरधारा र वि.सं. १८७१÷७२ देखि भक्तिधाराका कविताहरू लेखिए । भक्तिधारमा पनि कृष्णभक्तिधारा, रामभक्तिधारा र निर्गुण भक्तिधाराको परम्परा अघिबढेको देखिन्छ । भानुभक्त आचार्य (१८७१—१९२५) ले रामभक्ति धारामा नेतृत्वदायी ढङ्गले कलम चलाए भने सिङ्गै प्राथमिक कालका केन्द्रीय कविका रूपमा भूमिका निर्वाह गरे । उनको प्रभाव भने माध्यमिक काल र आधुनिक कालको सुरुमा समेत परेको पाइन्छ ।
Line ९३ ⟶ ९४:
यसरी नेपाली साहित्यका पहिला कवि तथा महाकाव्यकार भएर भानुभक्त आचार्य आदिकवि भएका होइनन् तर स्तरीयता, प्रकाशन, प्रसिद्धि र उपाधि प्राप्तिका आधारमा आदिकवि भएका हुन् । उनले रामायणबाहेक भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा तथा फुटकर रचनाहरू सृजना गरेका छन् । यस लेखमा यिनै भानुभक्तको सामान्य परिचय र उनका कृतिहरूको अतिसङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।
 
== '''व्यक्ति भानुभक्तबारे सङ्क्षिप्त चर्चा =='''
 
भानुभक्त आचार्यको जन्म वि. सं १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा भएको हो । माता धर्मावती देवी र पिता धनञ्जय आचार्यका एकमात्र सुपुत्र भानुभक्तको शिक्षा परम्परागत रूपमा बाजे श्रीकृष्ण आचार्यबाटै प्रारम्भ भएको हो । मेधावी बालकका रूपमा उनी सानैदेखि पढाइमा रुचि राखेर सफल हुँदै गएका हुन् भन्ने कुरा संस्कृत साहित्य र व्याकरण तथा ज्योतिष शास्त्रमा समेत पारङ्गत भएका र उनको कृतित्व एवम् कवित्व शक्तिबाट पनि स्पष्ट हुन्छ । नेपाली साहित्यको इतिहासमा भानुभक्तको अतुलनीय योगदान रहेको कुरा निर्विवाद छ । उनको रामायण र फुटकर रचनाहरू लालित्य र स्वादले भरिपूर्ण छन् । उनका काव्य स्वदेशी जनजिब्रोमा मात्र नभई प्रवासी नेपालीहरूमा समेत अतिप्रिय रहेका छन् ।
Line १०० ⟶ १०१:
 
भानुभक्तले व्यास, वाल्मीकि, वेद, पुराण तथा उपनिषद्लाई पनि आदर्श मानेका छन् । त्यही आदर्शलाई आधार बनाएर उनले आफ्ना कृति निर्माण गरेका छन् । कतिपय विद्वान्ले उनका रचनालाई अनूदित मानेका छन् भने धेरैले मौलिक मानेका छन् । भानुभक्तको रामायण अध्यात्म रामायणको अनुवाद हो र उनका अन्य रचना मौलिक हुन् भन्ने कुरा नेपाली समालोचनामा रूढ भइसकेको छ । तथापि अनूदित होस् वा मौलिक भानुभक्तका कृतिहरूले नेपाली साहित्यमा ठूलो योदान गरेको कुरा निर्विवाद छ । नेपाली साहित्यका धरोहर भानुभक्त आचार्यलाई आदिकवि, आदर्श कवि मात्र नभई खण्डकाव्यकार र महाकाव्यकारका रूपमा पनि चिनिन्छ । उनी लोकप्रसिद्धि, प्रकाशन र उपाधि दिइएका हिसाबले पनि नेपाली साहित्यका प्रथम महाकाव्यकार तथा आदिकवि हुन् । उनको देहावसान वि.सं. १९२५ मा आफ्नै घर तनहुँमा भयो ।
== '''भानुभक्तका काव्यकृतिबारे सङ्क्षिप्त चर्चा =='''
=== १.'''रामायण ==='''
भानुभक्तीय रामायण (१८९८—१९१० लेखनकाल) लाई प्रचारप्रसार, लोकप्रसिद्धि, लोकप्रियता तथा प्रकाशनका दृष्टिले प्रथम नेपाली महाकाव्य मानिएको छ । उनले व्यासकृत संस्कृतको अध्यात्म रामायणको नेपालीपन दिएर मौलिकताका साथ भावानुवाद गरी नेपाली जनमानसमा शार्दूलविक्रीडित लगायतका शास्त्रीय छन्दलाई जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेका छन् । उनको यस कृतिलाई वि.सं. १९४२ मा मोतीराम भट्टको सत्प्रयासबाट प्रकाशनमा ल्याइएको हो । अध्यात्म रामायण सातकाण्ड र विभिन्न सर्गमा विभाजित भएपनि भानुभक्तले सर्ग हटाएर सात काण्ड र १३१८ श्लोकमा श्लोकानुवाद गरेका छन् । अध्यात्म रामायण सम्पूर्ण अनुष्टुप छन्दमा लेखिएको छ भने भानुभक्तीय रामायण शादूलविक्रीडिडित (१०४५ श्लोक), शिखरिणी (२९ श्लोक), स्रग्धरा (३५ श्लोक), इन्द्रबज्रा (३३ श्लोक), मालिनी (३६ श्लोक), वसन्ततिलका (१३८ श्लोक), स्वागता (१ श्लोक) र द्रुतविलम्बित (१ श्लोक) छन्दमा रचना गरिएको छ । पात्र र परिवेशलाई नेपाली पन दिएर सुमधुर नेपाली भाषाको प्रयोग गरिएको हुँदा लालित्यपूर्ण र स्वादिलो बन्न गएकाले भानुभक्तीय रामायणमा मौलिकता पाइन्छ । रामभक्तिको रसास्वादन गर्न पाइने उक्त कृति ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक मात्र नभई साहित्यिक महŒव बोकेको अनि पूर्ण मौलिक नभए पनि नेपाली महाकाव्यको जग बसाल्न र नेपाली भाषाको एकीकरणका साथ प्रचारमा विशिष्ट योगदान प्रदान गर्न सफल भएको छ । सात काण्ड भएको भानुभक्तको रामायणको अति सङ्क्षिप्त कथावस्तु निम्नलिखित अनुसार छ ः
 
Line १३१ ⟶ १३२:
रामायणबाहेक भानुभक्तले भक्तमाला, प्रश्नोत्तरी, वधूशिक्षा र विभिन्न फुटकर कविता पनि रचना गरेका छन् भन्ने कुरा माथि नै उल्लेख गरिसकिएको छ ।
 
=== २.'''भक्तमाला ==='''
(वि.सं.१९२२ तिर, रचनाकाल)
भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालीन रामभक्ति धारा र सम्पूर्ण भक्ति धाराकै प्रमुख तथा केन्द्रीय कवि हुन् । उनले भक्तमालामा भक्तलाई भक्तिरसमा चुर्लुम्म डुबाएका छन् । यस कृतिमा कविले वेदान्ती चेतनाले भरिपूर्ण नैतिक तथा आध्यात्मिक अभिव्यक्ति दिएका छन् । यस संसारबाट सहज पार तर्नका लागि हरिको नाम जप्नुभन्दा ठूलो अरु केही छैन भनेर विषयको मोहजाललाई त्यागी प्रभुको शरणमा परे उनै प्रभुले मुक्ति दिलाउने छन् भन्दै र ज्ञान मार्गभन्दा भक्तिमार्ग नै सहज हुने कुराको अभिव्यक्ति दिएका छन् ।
=== ३.'''प्रश्नोत्तरमाला ===''' (वि.सं.१९१०तिर)
भानुभक्त आचार्यको प्रश्नोत्तरमाला शङ्कराचार्यको मणिरत्नमालाको छायानुवाद भएपनि कविको मौलिकताका साथ प्रश्नोत्तर ढाँचामा लेखिएको छ । यस कवितामा मानव जीवनसँग सम्बन्धित आध्यात्मिक, नैतिक र व्यावहारिक पक्षको ज्ञान दिइएको छ भने विद्याको महŒव झल्काइएको छ । यसमा परोपकार र सेवा भावलाई महŒव दिइएको छ भने भौतिक सांसारिक पक्षलाई तुच्छ ठान्दै लौकिक जीवन र परिवार–जनप्रति उपेक्षा भाव व्यक्त भएको महसुस हुन्छ । यसमा एकातिर विद्याको महŒव बताउँदा आमासमान भनी नारीलाई सम्मान गरेको पाइन्छ भने अर्कातिर सांसारिक दुःखमा फँसाउने प्रमुख कारणका रूपमा वर्णन गरेर नारीलाई हुनसम्म हेला गरिएको छ । यस कवितामा नारीप्रतिको असमान र हेय दृष्टि प्रकट भएका केही उदाहरण हेरौं ः
:कुन् मूल ढोका छ नरक् कि ? नारी, लान्छे नरक् मोह ठूलो फिँजारी ।
Line १४२ ⟶ १४३:
 
यस्ता अभिव्यक्तिमा नारी र पुरुष दुवैमा सबल र दुर्बल पक्षलाई औंल्याएर समान दृष्टि राखिएको भए पण्डिताः समदर्शिनः भन्ने विचार सार्थक हुने थियो । यसले लिङ्गभेदयुक्त समाजलाई अझ टेवा दिएको देखिन्छ ।
=== ४.'''वधूशिक्षा ===''' (वि.सं. १९१९)
नेपाली साहित्यका मूर्धन्य कविका रूपमा प्रतिष्ठित भानुभक्त आचार्यका मौलिक लघु रचनामध्ये वधूशिक्षा पनि चर्चित कृति हो । एक समय आफ्ना मित्र तारापतिका घरमा कवि वास बस्न पुगेछन् । त्यस घरका नारीहरूको दन्तबझान सुनेपछि उनलाई रातभर निद्रा परेनछ र छोरी–बुहारीलाई नैतिक शिक्षा दिलाई आदर्श बन्न तालिम दिने उद्देश्यले वधूशिक्षाको रचना गरेको भन्ने उल्लेख पाइन्छ । यसमा भनिएका सरसफाइ, नैतिकता, अनुशासन, सहनशीलता आदरभाव आदि त राम्रा कुरा हुन् । यस्ता कुराबारे थाहा नभएर पनि घरपरिवार र समाजमा असमझदारिता उत्पन्न हुन्छ । तर ती सब कुरा नारीलाई मात्र नभएर यथोचित व्यवहारको शिक्षा नारीपुरुष दुवैलाई उत्तिकै आवश्यक हुन्छ । यहाँ नारीलाई नै शिक्षित गराउने उद्देश्य कविजीको भए पनि तत्कालीन सामाजिक मान्यताका कारणले होला यत्तिका बौद्धिक कविमा पनि लैङ्गिक भेदयुक्त दृष्टि रहेको बुझिन्छ ।
 
Line १६० ⟶ १६१:
 
यी लघु रचनाबाहेक कवि भानुभक्त आचार्यले अन्य थुप्रै फुटकर कविता समेत रचना रचना गरेका छन् । उनका फुटकर रचनाको सङ्ख्या र कालका बारेमा निश्चित गर्न सकिँदैन तापनि पहिलाका सूचकहरूले जे जति जानकारी दिए त्यसैका आधारमा केही कविताबारे चर्चा गर्न सकिन्छ । भानुभक्त आशुकवि थिए । उनी कुनै पनि प्रश्नको उत्तर कवितामै दिन सक्थे भन्ने कुरा उनका विभिन्न फुटकर कविताबाट बुझ्न सकिन्छ ।
=== ५.'''भानुभक्त आचार्यका फुटकर रचनाहरू ==='''
उनका प्रकाशनमा आएका ३९ वटा फुटकर कविताको सामान्य विवरण निम्नलिखित छ ः
Line २६१ ⟶ २६२:
यसरी यी फुटकर कविता हेर्दा कवि भानुभक्त आचार्यमा भाषा व्याकरण, ज्योतिष, सामाजिक व्यवहार आदिको ज्ञान र कवित्व शक्ति बेजोड थियो भन्ने त प्रस्ट हुन्छ नै उनले आफ्ना कवितामा तत्कालीन नोपाली समाजको झलक उतारेको पाइन्छ । त्यस बेलाको प्रशासनिक क्रियाकलाप, मुद्दामामला, मान्छेका स्वभाव र चरित्र, स्थानीय झलक जस्ता विविध प्रसङ्ग उक्त कवितामा अभिलिखित भएको देखिन्छ ।
== ६.'''निष्कर्ष =='''
भानुभक्त आचार्य नेपाली कविता परम्पराको प्राथमिक काल, रामभक्ति धारा र समग्र भक्तिधाराका केन्द्रीय कवि एवम् नेपाली जातिका जातीय कवि हुन् । उनले नेपाली साहित्यको इतिहासमा अतुलनीय योगदान गरेका छन् । संस्कृतको अध्यात्म रामायणलाई नेपाली भाषामा मौलिकताका साथ श्लोकानुवाद गरी नेपाली जनमानसमा रामभक्तिको आस्वादन गराएका छन् भने शास्त्रीय छन्दलाई जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेका छन् ।
उनको भक्तमाला कवितामा आध्यात्मिक चेतना र हार्दिक भक्ति भाव पोखिएको छ । उनले प्रश्नोत्तरमाला कवितामार्फत नैतिक आदर्शको सन्देश दिँदै विद्याको महŒवमाथि पनि प्रकाश पारेका छन् । सामाजिक अनुशासन, सामाजिक चेतना तथा हास्य अनि व्यङ्ग्यले भरिएका वधूशिक्षा र फुटकर रचनाजस्ता मौलिक कृतिको सृजना गरी भानुले आफ्ना सृष्टिरूपी किरणले नेपाली साहित्यलाई प्रकाशित गरी आपूmलाई स्वनामधन्य साबित गरेका छन् ।
चन्द्रमामा दाग देखिएझैं वधूशिक्षा, प्रश्नोत्तरमाला जस्ता केही रचनामा नारीप्रतिको दृष्टिकोण उपेक्षित देखिए पनि तत्कालीन सामाजिक संस्कारका अगुवा भएकैले त्यसो भएको हुन सक्छ । यसबाहेक तत्कालीन नेपाली शासन व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, शिक्षा र चेतनाको अभावको स्थितिजस्तो असहज परिस्थितिमा पनि भानुभक्त आचार्यले नेपाली साहित्यमा दिएको देन अमूल्य, अतिमहŒवपूर्ण, स्मरणीय तथा प्रशंसनीय मान्नुपर्छ । <ref>आचार्य, भानुभक्त. (२०५०). '''भानुभक्तको रामायण'''. काठमाडौं ः साझा प्रकाशन ।</ref><ref>गौतम, लक्ष्मणप्रसाद (२०७१÷३÷७). ‘'''भानुभक्त र शङ्कराचार्य'''’, गोरखापत्र. (दैनिक) काठमाडौं ः गोरखापत्र संस्थान पृ.क</ref><ref>ढकाल, मतिप्रसाद (सम्पा.). (२०६४). '''भानुभक्तका लघुरचनाहरू'''. नवलपरासी ः आस्था आगम प्रकाशन</ref> <ref>नेपाल, ज्ञानमणि (२०५९). '''नेपाली साहित्यमा आदिकविको समस्या'''. काठमाडौं ः माधवप्रसाद धिताल, इतिहासविकास समिति ।</ref> <ref>भट्ट, मोतीराम. (२०५१). '''कवि भानुभक्तको जीवनचरित्र'''. काठमाडौं ः साझा प्रकाशन ।</ref>
:—कमलादेवीकमलादेवी भण्डारी
 
:कनकाई नपा.–४, झापा
 
-------------------------------------------------------------------------------
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित