कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४४४:
 
पद्य २ पनि भानुभक्त थुनामा रहँदै लेखिएको हो । यो भानुभक्तका छोराको व्रतबन्धको समय आएकाले व्रतबन्ध गर्न पाऊँ भनी श्री ३ लाई बिन्ती चढाउन लेखिएको चार श्लोकी पद्यबद्ध बिन्तिपत्रको पहिलो श्लोक हो (भट्ट, २०६८) । यस पद्यमा कविले आफैंमाथि व्यङ्ग्य गरेका छन् । नदुखेको कपाल केजाति गरेर दुखाउनु भने जस्तै आफ्नो सुतीखेती गरेर गुजारा चलाइरहेका बेलामा मान–सम्मानको लालचले गर्दा उल्टै भुक्तमान् खप्नु परेको प्रसङ्ग यस पद्यमा आएको छ । अर्का तर्फ आफू हास्यको आलम्बन बनेर आफैंमाथि ‘खाइस् !’ को भावमा कटाक्ष गरेझैं गरी श्री ३ को निर्विवेकी व्यवहारमाथि पनि यस पद्यले व्यङ्ग्य गरेको छ । यस पद्यका प्रथम दुई पाउले कवि÷वक्ताको सामान्य स्थितिको चित्रण–वर्णन गरे पनि पछिल्ला दुई पंक्ति हास्य एवम् व्यङ्ग्यचेतका दृष्टिले निकै शक्तिशाली देखिन्छन् । पद्यको तेस्रो पंक्तिमा एक मन चित्त लगाई चाकरी गरेकाले हरि खुसी भएछन् भनिएको छ । प्रस्तुत “खूसी भयाछन् हरि” पदावलीले दिने विपरीत अर्थात् “हरि बेखुस भएछन् वा रिसाएछन्” भन्ने तात्पर्यबाट हास्य सिर्जना भएको छ भने यहीँनेर ‘हरि’ को रूपमा रहेको कविका मालिक श्री ३ कृष्णबहादुर राणाको निर्विवेकीपनमाथि पनि व्यङ्ग्य प्रहार भएको छ । त्यही निर्विवेकीपनकै कारण प्रस्तुत पंक्तिबाट इमान्दार भएर एक मन चित्त लगाई चाकरी गर्ने आफूमाथि भुक्तमान अर्थात् हैरानी÷दुःख थपिदिएको हो भन्ने तात्पर्य बुझिन्छ । अर्कातर्फ कवि/वक्ताले प्रत्यक्ष रूपमा चाहिँ हरि (भगवान्) लाई अगाडि सारेर मालिक राणालाई भने प्रत्यक्ष रूपमा लक्ष्यित नगरी परोक्ष ढङ्गले मात्र छेड हानेको देखिन्छ । अर्थात्् यस पद्यमा कविले खप्नु परेको भुक्तमान हरि बेखुस भएको कारणले हो भनेर परोक्ष अर्थात् व्याजोक्तिपूर्ण प्रस्तुतिका माध्यमबाट हास्य सिर्जना गर्दै निर्विवेकी माकिलमाथि व्यङ्ग्य समेत प्रहार गरेका छन् । यहाँ पनि हास्य सृजनाका लागि कविले व्याजोक्तिपूर्ण आइरनी शैलीकै अनुसरण गरेको देखिन्छ ।
 
प्रस्तुत पद्यद्वयमा प्रयुक्त हास्यलाई पूर्वीय सन्दर्भबाट हेर्दा पहिलो पद्य विहसित वर्गको हास्य प्रकारका रूपमा रहेको देखिन्छ । यस पद्यमा कवि÷वक्ताले चरणको दर्शन पाइ रहेको, मनमा कुनै सन्ताप नरहेको, सित्तैमा नाचगान हेर्न पाएको जस्ता सकारात्मक स्थितिको चित्रण गरेर आफ्नो त्यस विपरीत स्थितिको आभास गराउन खोजेका छन् । यस प्रकारको विरोधाभास÷भाग्यवैपरीत्य÷ स्थितिविपर्ययबाट नै कविले यहाँ हास्यको सृजना गरेका छन् । यस प्रकारको स्थितिवैपरीत्य वा भाग्यवैपरीत्यबाट सृजित हुने हाँसोबाट आलम्बनको मार्मिक अवस्था प्रकट हुने अवस्था हास्यको विहसित स्थिति हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा कवि भानुभक्तले आफ्नो कैदी अवस्थाको दुःखपूर्ण एवम् मार्मिक क्षणलाई यस्तै स्थितिविपर्ययका माध्यमबाट देखाएका हुनाले यहाँ यसै विहसित वर्गको हास्यको उत्पत्ति भएको देखिन्छ । हास्य सृष्टिको आधार वा आलम्बन कवि÷वक्ता स्वयम् नै हुने हास्यलाई स्वसमुत्थ (आफैंलाई आधार बनाइने) भनिन्छ (त्रिपाठी, २०५१ ः ११३) । यस पद्यमा पनि कवि÷वक्ता स्वयम्ले भोगेको परिस्थिति वा अवस्थालाई हास्य उत्पत्तिको कारण बनाइएको छ । यस कारण यहाँ स्वसमुत्थ प्रकृतिको हास्यको उपस्थिति रहेको देखिन्छ ।
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित