कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २४८:
भानुभक्त आचार्य नेपाली कविता परम्पराको प्राथमिक काल, रामभक्ति धारा र समग्र भक्तिधाराका केन्द्रीय कवि एवम् नेपाली जातिका जातीय कवि हुन् । उनले नेपाली साहित्यको इतिहासमा अतुलनीय योगदान गरेका छन् । संस्कृतको अध्यात्म रामायणलाई नेपाली भाषामा मौलिकताका साथ श्लोकानुवाद गरी नेपाली जनमानसमा रामभक्तिको आस्वादन गराएका छन् भने शास्त्रीय छन्दलाई जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेका छन् ।
उनको भक्तमाला कवितामा आध्यात्मिक चेतना र हार्दिक भक्ति भाव पोखिएको छ । उनले प्रश्नोत्तरमाला कवितामार्फत नैतिक आदर्शको सन्देश दिँदै विद्याको महŒवमाथि पनि प्रकाश पारेका छन् । सामाजिक अनुशासन, सामाजिक चेतना तथा हास्य अनि व्यङ्ग्यले भरिएका वधूशिक्षा र फुटकर रचनाजस्ता मौलिक कृतिको सृजना गरी भानुले आफ्ना सृष्टिरूपी किरणले नेपाली साहित्यलाई प्रकाशित गरी आपूmलाई स्वनामधन्य साबित गरेका छन् ।
चन्द्रमामा दाग देखिएझैं वधूशिक्षा, प्रश्नोत्तरमाला जस्ता केही रचनामा नारीप्रतिको दृष्टिकोण उपेक्षित देखिए पनि तत्कालीन सामाजिक संस्कारका अगुवा भएकैले त्यसो भएको हुन सक्छ । यसबाहेक तत्कालीन नेपाली शासन व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, शिक्षा र चेतनाको अभावको स्थितिजस्तो असहज परिस्थितिमा पनि भानुभक्त आचार्यले नेपाली साहित्यमा दिएको देन अमूल्य, अतिमहŒवपूर्ण, स्मरणीय तथा प्रशंसनीय मान्नुपर्छ । <ref>आचार्य, भानुभक्त. (२०५०). '''भानुभक्तको रामायण'''. काठमाडौं ः साझा प्रकाशन ।</ref><ref>गौतम, लक्ष्मणप्रसाद (२०७१÷३÷७). ‘'''भानुभक्त र शङ्कराचार्य'''’, गोरखापत्र. (दैनिक) काठमाडौं ः गोरखापत्र संस्थान पृ.क</ref><ref>ढकाल, मतिप्रसाद (सम्पा.). (२०६४). '''भानुभक्तका लघुरचनाहरू'''. नवलपरासी ः आस्था आगम प्रकाशन</ref> <ref>नेपाल, ज्ञानमणि (२०५९). '''नेपाली साहित्यमा आदिकविको समस्या'''. काठमाडौं ः माधवप्रसाद धिताल, इतिहासविकास समिति ।</ref> <ref>भट्ट, मोतीराम. (२०५१). '''कवि भानुभक्तको जीवनचरित्र'''. काठमाडौं ः साझा प्रकाशन ।</ref>
 
:—कमलादेवी भण्डारी
:कनकाई नपा.–४, झापा
 
सन्दर्भ–सामग्री
{{Reflist}}
 
<ref>आचार्य, भानुभक्त. (२०५०). '''भानुभक्तको रामायण'''. काठमाडौं ः साझा प्रकाशन ।</ref>
<ref>गौतम, लक्ष्मणप्रसाद (२०७१÷३÷७). ‘'''भानुभक्त र शङ्कराचार्य'''’, गोरखापत्र. (दैनिक) काठमाडौं ः गोरखापत्र संस्थान पृ.क</ref>
<ref>ढकाल, मतिप्रसाद (सम्पा.). (२०६४). '''भानुभक्तका लघुरचनाहरू'''. नवलपरासी ः आस्था आगम प्रकाशन</ref>
<ref>नेपाल, ज्ञानमणि (२०५९). '''नेपाली साहित्यमा आदिकविको समस्या'''. काठमाडौं ः माधवप्रसाद धिताल, इतिहासविकास समिति ।</ref>
<ref>भट्ट, मोतीराम. (२०५१). '''कवि भानुभक्तको जीवनचरित्र'''. काठमाडौं ः साझा प्रकाशन ।</ref>
 
 
 
 
 
== भानुभक्तीय रामायण र यसको संरचना ==
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित