कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३४१:
 
यसरी भानुभक्तीय रामायणमा छ वटा छन्दहरूको सफल प्रयोग भएको पाइन्छ । भानुभक्तका उत्तरवर्ती कविहरूमा पनि उपर्युक्त छन्दहरूको प्रभाव अझैसम्म पनि यथावत् रूपमा परिरहेको छ ।
 
२.२ '''रस'''
 
रामायण विभिन्न रसमा आप्लावित भगवद्गाथा किंवा महापुरुषको गाथा भएकाले यसमा विभिन्न किसिमका रसको बोध र व्यञ्जना हुन्छ नै । भानुभक्तीय रामायणमा योजनाबद्ध किसिमले रसविन्यास भएको पाइँदैन । यसमा जे जति रसानुभूति र रस योजना रहेको छ त्यो मूलबाटै स्थानान्तरित भएर आएको छ । यसमा विभिन्न रसको परिपाक पाइन्छ तापनि मूलतः वीरता प्रदर्शनका कार्यहरू नै बढी भएकाले वीर र रौद्र रसले स्थान पाउनु स्वाभाविक र आवश्यक देखिन्छ । यति हुँदाहुँदै पनि रामायणमा करुण रसको मर्मस्पर्शी पक्ष महŒवपूर्ण मानिन्छ । कवि करुण रसमा भिजेका छन् । कविका केही अनुभूतिहरू मूलसँग मिलेका पाइन्छन् भने केही अनुभूतिहरू निजी रूपमा पनि आएका देखिन्छन् । सीताको वनवास प्रसङ्गमा चाहिं करुण रसको आभास मात्र पाइन्छ । भरतको विलाप, दशरथको पुत्रशोक तथा मन्दोदरी, कौशल्या र तारा विलापको प्रसङ्ग भने करुण रसमा पुरै आप्लावित रहेको छ । त्यसैगरी सुन्दरकाण्डमा करुण रसको सुन्दर परिपाक भएको देखिन्छ । रावणको भयले ग्रस्त सीताको करुणाजनक मूर्ति र वेदनापूर्ण अवस्थाको चित्रण भानुभक्तले यसरी गरेका छन्—
 
भोकी मैलि निन्याउरी न त कपाल् को¥याकि सब्केश् उसै ।
लट्टा मात्र ध¥याकि खालि भुमिमा रुँदै बस्याकी यसै ।।
राम्राम्राम् यति मात्र बोलि रहँदी देख्या र साना भई ।
पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ।।
 
समग्रमा भानुभक्तीय रामायण भक्ति रसमा मुछिएको महाकाव्य हो । ईश्वर विषयक प्रेमको कारणबाट मानव हृदयमा उत्पन्न हुने रसलाई नै भक्ति रस भनिन्छ । ईश्वरप्रतिको आत्मिक अनुराग भक्ति रसको स्थायीभाव हो । तैत्तिरीय उपनिषद् भन्छ—रसो वै सः । रसोह्येवायं लब्ध्वा आनन्दी भवति । अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ)ले पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गरेको पाइन्छ ।
 
निर्गुणोपासक र सगुणोपासक दुबै प्रकारका भक्तहरूले आआफ्ना हृदयको भावना आआफ्ना उपास्यप्रति व्यक्त गर्दै गरिएको रचनालाई भक्ति साहित्य भनिन्छ । यस्ता साहित्य पद्यात्मक र गद्यात्मक दुबै किसिमका हुन सक्छन् । यस्ता रचनाहरू साहित्यको उत्कर्षका लागि भन्दा पनि कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा सञ्चार गर्न प्रस्तुत गरिएका हुन्छन् । यसरी हेर्दा भानुभक्तीय रामायण उपल्लो दर्जाको भक्ति साहित्य हो । यसले रामको आदर्शमय आध्यात्मिक जीवनको अनुसरण र अनुकरण गर्नुपर्छ भन्ने महŒवपूर्ण सन्देश प्रवाह गरेको छ ।
 
२.३ '''अलङ्कार'''
 
अलङ्कार भनेको गहना हो । काव्यमा गहना भनेको भाषागत काव्यसौन्दर्य हो । अलङ्कारकाव्य वा साहित्यको अभिव्यक्ति पक्षसँग सम्बन्धित शिल्प–सौन्दर्यको चमत्कृति प्रदान गर्ने तŒव हो तर कतिपय सन्दर्भमा साहित्यका रसध्वनि जस्ता आन्तरिक तŒवसँग पनि अभेद्य रूपमा संश्लिष्ट भएर देखा पर्न सक्ने प्रवृत्ति यसमा हुन्छ ।
अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—
 
भ्रमरहरू लताका पूmलमा हल्ली हल्ली
घुनुनु घुनुनु गर्दै हिंड्दछन् बल्लि बल्लि (सुन्दरकाण्ड ः १६)
 
भानुभक्तीय रामायणमा अर्थालङ्कारका सुन्दर प्रयोगहरू प्रशस्तै पाइन्छन् । यसबाट काव्यमा प्राकृतिक सुन्दरता थपिएको पाइन्छ । अर्थालङ्कारका केही उदाहरण यसप्रकार छन्—
 
राग् द्वेष्का भेल चल्छन् भँवरि सरि यि युग् घुम्दछन् बीचमाहाँ ।
पुत्रादि मत्स्यभैmँ छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ।।
कामैको जाल् छ ठूलो तर पनि बलियो तेहि जाल्लाइ फारी ।
संसार्–सागर् सहज्मा तरिकन हरिथ्यैं बस्न जानेछु पारी (युद्धकाण्ड २४४) ।।
 
उपर्युद्धृत कवितांशको पहिलो र दोस्रो हरफका श्यामाङ्कित पदहरूले अर्थालङ्कार अन्तर्गत उपमा अलङ्कार प्रकट गरेका छन् भने चौथो हरफका श्यामाङ्कित पदमा रूपक अलङ्कार मुखरित भएको छ । रूपक अलङ्कारको अर्को सुन्दर उदाहरण हेरौं—
यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै ।
कौसल्या दशरथ्जिलाइ रिसले वाक्–वाण् बजारिन् तसै (अरण्यकाण्ड ः १६)
 
भानुभक्तीय रामायण छन्द प्रयोगका दृष्टिले उच्चकोटिको कृति रहेको पाइन्छ भने रस र अलङ्कार प्रयोगमा पनि यसले समकालीन काव्यकृतिहरूलाई उछिनेकै देखिन्छ । यसपछि आएका काव्यकृतिका लागि यसले राम्रो मार्ग निर्देश गरेको छ । यसलाई नेपाली साहित्यको कोसे ढुङ्गाका रूपमा लिन सकिन्छ ।
 
–कोमलप्रसाद पोखरेल
सहप्राध्यापक कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा,
 
 
'''सन्दर्भसूची'''
 
<ref>१. उपाध्याय, केशवप्रसाद (२०३१), प्राथमिक कालीन कवि र काव्यप्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन । </ref>
 
<ref>२. दाहाल, खेम (गरिमा, असार ः २०५२), भानुभक्तीय रामायणमा प्रयुक्त मुख्य छन्दहरू एवं तिनको प्रभाव, काठमाडौं ः साझा प्रकाशन । </ref>
<ref>३. प्रधान, हृदयचन्द्रसिंह (२०२१), नेपाली काव्य र उसका प्रतिनिधि कवि, काठमाडौं ः रत्न पुस्तक भन्डार ।</ref>
 
<ref>४. भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (दो.सं.२०६३), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref>
<ref>५. मिश्र, डिल्लिराम (गरिमा, भदौ ः २०६८), आरम्भकालीन नेपाली भाषा साहित्यको स्वरूप र कवि भानुभक्त, काठमाडौं ः साझा प्रकाशन ।</ref>
<ref>६. लुइटेल, खगेन्द्रप्रसाद (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
 
<ref>७. शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref>
<ref>८. शर्मा, मोहनराज (२०४८), शैली विज्ञान, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
<ref>९. —————————(२०५५) समकालीन समालोचना सिद्धन्त र प्रयोग, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
 
<ref>१०. श्रेष्ठ, रमेश (दो.सं.२०४९), नेपाली कविताको प्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन ।</ref>
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित