भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
दार्जिलिङ र सिक्किम प्रान्तका प्रवासी नेपालीहरू अत्यन्त उत्साह, उमङ्ग र भक्तिभावपूर्वक प्रत्येक वर्ष भानुजयन्ती मनाउँछन् । उनीहरू यसलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन् । धेरै ठाउँमा उनीहरूले [[भानुभक्त]]कोभानुभक्तको प्रतिमा पनि स्थापना गरेका छन् । प्रवासी दाजुभाइ, दिदीबहिनीहरूकै सक्रियता र पहलमा भानुजयन्तीका दिन त्यहाँको सर्कारले सार्वजनिक विदाको घोषणा पनि गरेको छ । यस कुराको स्मरणले म नेपालको वंशज नागरिक निहुर्मुन्टी ‘न’ हुन्छु । मलाई आत्मग्लानीले पिरोल्छ, तर म एकजना निरीह मान्छेले के गर्न सक्छु, के भन्न सक्छु पिरोलिनु बाहेक । मैले भन्न सक्ने कुरा, गर्नसक्ने कुरा एकमात्र छ । म मनमनै भन्छु — ‘थुक्क ! हाम्रा देशका माथिल्लो ओहदामा बस्ने ठूलाबडा भनाउँदाहरूले डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्नु नि !’
 
दार्जिलिङ र सिक्किममा भानुजयन्ती मनाउने गरेको कुरा मैले धेरै पटक सुनेको र एकदुई पटक देखेको कुरा हो । भानुजयन्ती दार्जिलिङ र सिक्किममा मात्र मनाउँछन् भन्ने गहिरो विश्वास बोकिरहेका बेला म अर्को ठाउँबाट पनि त्यसैगरी प्रभावित भएको छु । त्यो ठाउँ नजिक छैन । टाढा छ, धेरै टाढा, जहाँ दिउसो हुँदा यहाँ रात हुन्छ । त्यही दिन र रातको फरक भएका ठाउँका आप्रवासी नेपालीले भानुभक्तप्रति गरेका हार्दिक :श्रद्धाभावको कुरा हो यो ।