भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
यहाँ म भन्ने गर्थें भानुभक्तको पुनर्जन्म दार्जिलिङ र सिक्किममा भएको छ, तर त्यहाँ पुगेपछि मैले यताको कुरा भुसुक्कै बिर्सिएँछु । उतैको कुरामात्र स्मरणमा आएछ, ‘भानुभक्तले अमेरिकाको ‘ग्रिनकार्ड’ मात्र होइन नागरिकता नै लिएछन् । डलरको लोभ देखाएर राम्राराम्रा कवि, साहित्यकार, गायक, नेता, अभिनेता, अभिनेतृ सबै अमेरिकाले तानिसकेछ जस्तो लाग्यो ।
 
मनमा अनेक तर्कवितर्कहरू खेलाउँदा खेलाउँदै थाहै नपाई ‘लिसिल्भ्यानिया पार्क’ आइपुगेछ । म सानो देशको सानो मान्छे । सोच पनि सानै थियो । मनमनै विचार गर्दै थिएँ लिसिल्भ्यानिया पार्क रत्नपार्क जस्तै अथवा त्यो भन्दा अलिक ठूलो होला । बिघ्न भए वरिपरि कम्पाउन्ड वाल लगाएको होला । त्यहाँभित्र अलेलि पूmलबारीफूलबारी होला । तरुनी तन्देरीले इस्क गर्ने ठाउँ र भुटेका मकै र भटमास खाँदै उग्राउने ठाउँ होला । त्यो भन्दा बढी भए देखीदेखी होइन अलिक छेलिएर कुकुरासनमा कम्पाउण्डवाल भिजाउने ठाउँ होला । अझ धेरै भए सार्वजनिक शौचालय पनि होला तर रत्नपार्कको जस्तो घुँडाघुँडा आउने सु र दैलै उघार्न नसकिने गरी भरिएको आची चाहिं अलिक नहोला, किनभने त्यो काठमाडौं थिएन, अमेरिका थियो । तर ती मेरा सबै अनुमानित कल्पनाहरू नेपालको वार्षिक बजेटजस्तै पचहत्तर प्रतिशत घाटा भए ।म एकछिन त वाल्ल परिरहें लाटाले पापा देखेजस्तै । केहीबेर पछि अलिक होस आयो, नियन्त्रित भएँ र आपैंmलेआफैंले आपैंmलाईआफैंलाई प्रश्न गर्न थालें—“लौ भन् त तँ, यस पार्कमा कुन कुराको कमी छ ? पार्कको छेउमा विशाल पोटोम्याक नदी छैन कि ? त्यस नदीमा सवार गरी मनोरञ्जन प्राप्त गर्ने स्टिमरहरू छैनन् कि ? फुटबल, भलिबल र अन्य अमेरिकी खेलका लागि खेल मैदान छैनन् कि ? पोटोम्याक नदीको वरिपरि रमणीय जङ्गल छैन कि ? पिकनिक स्थल छैन कि ? सभासमारोहका लागि आवश्यक पर्ने घरहरू छैनन् कि ? गाडी पार्किङ् क्षेत्र छैन कि ? त्यहाँको वातावरण सुन्दर एवं शान्त छैन कि ? यसो नदी किनारमा आँखा घुमाउँदा भेडाबाख्रा, देउतेबोका र पठेक्रीझैं बैंसले मात्तिएका खैरे खैरेनी उन्मुक्त रुपमा नाङ्गै खर्किएका छैनन् कि ? के छैन ? म आफैंलाई उत्तर दिन्छु — ‘हो सबैथोक छ, चिताए जत्ति अथवा त्यो भन्दा पनि बढी । तर नदी किनार भए पनि बिहारी र नेपालीजस्तो लाम लागेर हग्ने र कुकुरासनमा तुर्क्याउने मान्छे ओखती लाग्छ भने पनि पाइँदैन ।
 
हामी १९३ औं भानुजयन्ती समारोहस्थल पुग्यौं । भर्खर भर्खर मात्र कार्यक्रम प्रारम्भ भएको रहेछ । साहित्यकार होमनाथ सुवेदीसँग नामले परिचय थियो तर अनुहारले थिएन । गोपीजी र मेरो कथासंग्रह अन्तर्व्यथा आजको मार्पmत्मार्फत उहाँले मेरो परिचय पाइसक्नु भएको रहेछ । उहाँ विशेष अतिथिको आसनमा बस्नुभएको थियो । गोपीजीले कानमा गएर केही भन्नासाथ उहाँ जुरुक्क उठेर मलाई भेट्न आउनु भयो । परिचय पश्चात् उद्घोषकलाई मेरो नाम र परिचय टिपाउनुभो र मैले पनि नवआगन्तुक अतिथिका आसनमा बस्ने सौभाग्य पाएँ । अनेसासको आयोजनामा सो समारोह भएको हुनाले सभापतिको आसनमा अनेसासका सभापति मोहन सिटौला हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा अमेरिकाका लागि नेपाली राजदूतावासका चार्ज डि. एफियर्स श्री रुद्रप्रसाद नेपाल हुनुहुन्थ्यो । त्यस क्षेत्रमा रहदै आउनु भएका अन्य व्यक्तित्वमा डा. बलराम अर्याल, भीम रेग्मी, एच. वि. भण्डारी, कमला प्रसाईं, कवि एवं निबन्धकार गोविन्द गिरी ‘प्रेरणा’ र अन्य धेरै महिला र पुरुषको उपस्थिति थियो । माला लगाएर फोटामा सजिएका भानुभक्तलाई मनमनै नमन गरें । वायुयानको धङ्धङी सँगुलै थियो । सोही कारणले हुनसक्छ बेलाबेला सिद्धिचरणलाईझैं ‘स्वप्न गगनबाट सुशीतलजल बर्सन्थ्यो रिमझिम’ । अमेरिकाभित्र पनि नेपाल रहेछ; म्याग्दी र रम्घा रहेछ भन्ने थाहा पाएर होला गर्वले हात्तीको जत्रै मुटूभयो ।
 
आदि कविको आफ्नै इच्छाले हुनसक्छ सो समारोहमा भानुभक्तकै जन्मस्थल छेउछाउका व्यक्तित्वहरूको उपस्थिति बढी थियो, उहाँहरू कै उत्साह र उमङ्ग बढी थियो सद्भावना, श्रद्धा र प्रेम बढी थियो । भानुभक्तका भक्त होमनाथ सुवेदीले आफ्नो मन्तव्यको क्रममा भानुभक्तको घर पुनर्निमाण गर्ने कुरा उठाउँदा र त्यसलाई उपस्थित सबैले तालीद्वारा समर्थन गर्दा मेरो मन थामिएन । आफ्नो दुई थोपा आँसूले मैले पनि होमनाथ सुवेदीको भनाइलाई साथ दिएँ । आर्थिक सहयोग भने पनि, जे भने पनि मेरा निम्ति त्यही अमूल्य थियो । त्यही अर्पिएँ आदि कविलाई । आदिकविको घर पुनर्निर्माण गर्ने भनेको के होला ? भन्ने कुरा मनमा उठ्यो । एकछिनमा त्यसको उत्तर थाहा पाएँ आदिकविको घर भनेको नेपाल हो । नेपालकै पुनर्निर्माण गर्ने भनेको होला जस्तो लाग्यो । अर्को मनले भन्यो आदिकविको सालिक तोड्नेहरूले यसो गर्न देलान् त ? ल एक छिनका लागि दिए अरे तर विदेशी सहयोग हसुर्न बानी परेका कावाहरूले भानुभक्तका लागि जुटाएको पवित्र सहयोग चप्काइदिए भने ! फेरि मन कुइँक्क घुम्यो र भन्यो, “आफ्नो देशको माया गर्ने देशभक्तहरू मिलेर सहयोगको सदुपयोग गर्नुपर्छ ।”
पङ्क्ति २५:
समारोहमा भएको प्रतियोगितात्मक खुला कवि गोष्ठीमा विभिन्न कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो । त्यहाँ तुङ्गनाथ उपाध्यायको ‘श्रद्धासुमन’ प्रथम, हस्त गौतमको ‘आमाको व्यथा’ द्वितीय र दिनेश त्रिपाठीको ‘शब्दहीन देश’ तृतीय घोषित भएका थिए ।
 
त्यसैगरी सोही अवसरमा खुला प्रतियोगितात्मक बाल कविता गोष्ठी पनि सम्पन्न भएको थियो । त्यसमा आशिष सिटौला, प्रसन्न सिटौला र अमित श्रेष्ठ क्रमशः पहिला, दोस्रा र तेस्रा भएका थिए । अप्रतियोगी कविका रूपमा कविता पाठ गर्ने अन्य कविहरूमा नारायण अधिकारी, कपिल सिटौला, डा. हरिराज भट्टराई, नितेश अधिकारी, कमला प्रसाईं, प्रेम संग्रौला, टीका पुन, गोविन्द गिरी ‘प्रेरणा’, कविन्द्र सिटौला, मधु शर्मा, कल्पना सुवेदी, मोहन सिटौला र म स्वयं पनि थिएँ । मैले आपूmलाईआफूलाई त्यति कुशल कवि ठान्ने गरेको छुइन, तर त्यहाँ मैले सुनाएको ‘गयो जीवनै बैंस जाँदै गएन’ भन्ने छन्दोबद्ध कविताले निकै ठूलो प्रशंसा पायो । त्यहाँ उपस्थित सबैलाई घत लागेछ क्यार । अत्यन्त चाखपूर्वक मेरो कविता सुनेको पाएँ मैले । डा. हरिराज भट्टराईले त राम्रो, राम्रो धेरै राम्रो भनेर मलाई धाप पनि मार्नुभयो । त्यो समाचार भर्जिनिया र डि.सि. सबैतिर पैmलिएछफैलिएछ । मलाई भेट्ने धेरैजसोले ‘तपाईंले भानुजयन्तीमा धेरै राम्रो कविता सुनाउनु भएछ नि, आपूmलेआफूले त सुन्न पाइएन !’ भनेर दुःख मनाउ गरेको पनि सुने । कवि एवं साहित्यकार होमनाथ सुवेदी र उहाँकी श्रीमती नन्दादेवी सुवेदीबाट त झन् धेरै प्रशंसा पाएको छु मैले । त्यसो त नेपालमा विशेष गरेर झापामा भएका गोष्ठीहरूमा पनि उक्त कविताले प्रशंसा पाएको छ,, ताली पाएको छ । जे होस् त्यो प्रशंसा र ताली मैले पाएको होइन कविताले पाएको हो, सोही कविताले पाएको हो । मैले प्रशंसा पाउने भए यसभन्दा अघि पनि निकै कविता लेखेको छु जस्तो लाग्छ, खोइ पाएँ प्रशंसा ? खोइ पाएँ ताली ? जे होस् एउटा कविता मात्र भए पनि यसो हेर्नुहुने भएछ । समुद्र पारी गएर पनि अलेली नाम कमाएर आयो । आफुले डलर कमाउन नसके पनि एउटा कविताले नाम अलिकति भए पनि कमायो । आफैंलाई स्यावास् ।
भानुजयन्तीको कुरा गर्दागर्दै कलम झन्नै ‘आफूजयन्ती’ तिर रड्किएछ । अँ उक्त कायक्रमको अर्को आकर्षण प्रतियोगितात्मक भलिबल खेल थियो । सो खेलका लागि बाल्टिमोर निवासी मोहन थापाले ‘अनेसास–भानुभक्त मेमोरियल गोरखबहादुर थापा रनर कप’ को व्यवस्था गर्नु भएको थियो ।