पन्द्रघन्टे हवाइ यात्रा : केही अनुचिन्तनहरू: संशोधनहरू बीचको भिन्नता

wikification
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति ५:
भारी बोक्ताको थकाई मेरो प्राकृतिक थकाइ थियो र यथातथ्य रूपमा थकाइ मेटिएर कति आनन्दित र कति प्रफुल्लित हुन्थें म; तर यानमा चढेर यात्रा गर्दा लागेको थकाइ अत्यन्त कृत्रिम थियो र यसलाई अत्याधुनिक मनोरञ्जनद्वारा यत्किञ्चित् पनि मेट्न सकिंदैनथ्यो ।
 
जहाजमा यात्रा गर्ने अधिकांश यात्री खाने÷पिउने काममा मस्त देखिन्थे । नास्ता र पेय पदार्थहरू इच्छानुसार निकाल्न सकिन्थ्यो, तर मसँग कोरियन सिक्का नभएकाले म अरुभैंmअरुझैं हातमुख जोर्ने तर्फ अग्रसर हुन सकिन । हुम्लाजुम्लाको पनि अनकन्टार ठाउँमा बस्ने नेपाली काठमाडौंको व्यस्त ठाउँमा पुग्दा वाल्ल परेजस्तै अवस्थामा थिएँ होला सायद त्यहाँ म ।
 
अर्को कुरा घरमा बिहान उठ्नासाथ दिसाबस्न जानुपथ्र्यो अनिवार्य रूपमा; तर त्यहाँ त्यतिबेलासम्म पनि दिसाले आफ्नो दिशा लिन सकेको थिएन । नयाँ संसारमा अलमलिने डरले सायद दिसाले बाहिर आउन आँट नगरेको होला । अर्को कुरा घरमा दिसा बस्नुपथ्र्यो भने त्यहाँ दिसा उठ्नुपथ्र्यो । दिसा नगरे पनि पिसाब त गर्नैपर्यो भनेर अलिक पर देखिएको ‘रेस्टरुम’भित्र पसें । पिसाब गरिसकेर हातधुने ठाउँतिर गएँ । त्यहाँ अरु यात्रीहरू धमाधम आउँदै हात धुँदै गर्थे, म भने अक्क न बक्क ! कलको टुटी यता घुमाउँछु पानी आउँदैन, उता घुमाउँछु पानी आउँदैन । उँभो तान्दा पो आउँछ कि भनी माथि तानेर यसो हात थापेको पितिक्क सावन हातमा झ¥यो । अब परेन फसाद ! क्याम्पसको उपप्राध्यापक भइखाएको व्यक्तिले अरुसँग पानी निकाल्न आएन भनेर सोध्नु कति लाजमर्दो हुन्छ ! अब अरुले के गर्छन् हेर्छु भनेर सावनसँगैको हात लिएर अलिक पर गएर एकछिन हेरें । कल नचलाईकनै हात धुन्छन् अरु मान्छेहरू ! म पुनः त्यहाँ गएँ र यसो पानी झर्ने ठाउँमा हात थापें, सलल्ल पानी आयो । बल्ल मैले छनक पाएँ मागेपछि मात्र त्यो धाराले पानी दिंदोरहेछ । वास्तवमा माग्ने व्यक्तिलाई अथवा आवश्यकता परेको व्यक्तिलाई दिनु चाहिं ठूलो धर्म हो । हाम्रो देशमा गरीबहरूले माग्दा उनीहरूका आवश्यक वस्तुहरू दिने परिपाटी भएको भए उनीहरूको कति कल्याण हुने थियो । सम्पत्ति हुने धनीमानीहरू नै माथि गएर राष्ट्रको ढिकुटीमा ‘आफ्नै हात जगन्नाथ’ गरी मस्ती गर्छन् । यस्ता ठाउँमा माग्नेको के गणना हुन्छ ! ‘माग्नेलाई आवश्यकताभन्दा बढी दिनुहुदैन’ भन्ने दृष्टान्त पनि त्यही कलधाराले दिइरहेको थियो । अँ ..... पानी आएपछि मैले मस्तसँग हातमुख धुएँ ।
पङ्क्ति २२:
२०१३ सालको दशैं र रोटेपिङ् मेरा स्मृतिपटमा अझै टाँसिएका छन् । त्यसबेला एउटी नितान्त अनभिज्ञ युवति रोटेपिङ्मा बसिछन् । माथि पुगेपछि उनले तलको कुरा सबै भुलिछन् हाम्रा नेताले कुर्सी पाएपछि तलका जनता भुलेझैं । माथि धुरीमा पुगेपछि तल झर्नैपर्छ भन्ने कटु थयार्थ कसैले भुल्नु हुदैन तर ती युवतिले भुलिन् । पिङ्को धुरीबाट तल झर्दा उनको मुटु चिउउव भएछ र सपनामा पिसाब गर्दा बिपनामा ओछ्यान बिग्रिन्छ नि, हो त्यस्तै नराम्रो दुर्घटना भयो । भ्रष्टाचारी नेता दोस्रो पटक पनि भोट जितेर सांसद भए जस्तै उनको पिर्का पुनः धुरीमा पुग्यो । तल झर्न लाग्दा बचेकुचेको ढिकुटी पनि सबै रित्तियो । त्यसबखत पिङ्मा बसेकाहरूलाई मात्र होइन तल रमिता हेर्न बसेका हामी जस्तालाई पनि घर फिर्किएर तिलकुशले “अपवित्र पवित्रो वा... ’ गर्नुपरेको थियो ।
 
मेरो स्मृति यथास्थितिमा आइपुग्दा टाँघन्डुब्बा, सुरुङ्गाको उबडखाबड बाटो पार गर्दै पूर्व–पश्चिम राजमार्ग पुगेर विर्तामोड अथवा विराटनगरतिर सलल्ल बग्ने यात्रीबसभैंmयात्रीबसझैं आकाश मार्गको कच्ची उकालो पार गरी कोरियन ०९३ वायुयान लगभग चालीस हजार फिटभन्दा माथिको उचाइमा रहेको आफ्नो हवाइ मार्गमा समाहित भएकाले त्यहाँ मुटु चिउउव हुने अवस्था समाप्त भइसकेको थियो । यान आफ्नो धावन मार्गमा अत्यन्त द्रुतगतिमा उड्न थालेको केही समयपछि विमानभित्र एउटा स्वप्नवत् परिदृश्यको पर्दा उद्घाटित भयो । मैले अनुभूत गरें मानौ म वैवाहिक समारोहमा उपस्थित थिएँ । त्यहाँ मजस्ता धेरै धेरै जन्ती भोजमा सामेल भई मोज गर्न लागिरहेका थिए । यानपरीहरूले हाउभाउ कटाक्षका साथ खाद्य र पेय पदार्थका यथेष्ट परिकारहरू प्रदान गर्दै गर्दा मलाई लाग्यो म लगभग पैंतीस, चालीस वर्षअघि आफ्नो जन्मस्थलमा हुने गरेका परंपरित बिहेमा जन्तीका रूपमा सामेल भइरहेको थिएँ ।
 
सम्झन्छु ती विगतका दिनहरू, कसैको बिहेमा जन्त जान मरिहत्ते गर्ने मजस्ता ठिटाहरू एकदिनको पैदल यात्रा गर्नसम्म पछि पर्दैनथे । बिहान घामका झुल्कामा हिंडेर बेलुका घाम अस्ताएपछि बेहुलीघरमा पुग्दाको थकाइ र भोक धरानबाट एकभारी नुन बोकेर उकालो चढी बेलुका साँझमा वास बस्न लागेको थकित भरियाको भन्दा कम हुदैनथ्यो । डल्लैडल्ला भएका बारीमा टुक्रुक्क बसेर घन्टौं अघि टपरीमा पस्किएको चीसो भातमा मासको दाल, अलिकति साग, थोरै मूलाको थेवे, दुईवटा ससाना फुरौला र दुनामा हालेको एक पित्को घिऊ एकै ठाउँमा मुछेर सप्रयाङ् पार्दा अमृत भन्ने चीज अर्को छैन, यही हो भन्ने लाग्थ्यो । तर आज पाँचतारे होटलबाट आएको उच्चस्तरीय खानाले पनि त्यस किसिमको सन्तुष्टि दिन सकिरहेको थिएन । यस अघि मैले यात्रा गरेका कोरियाली र थाई वायुयानभन्दा यो यान धेरै कुरामा विशिष्ट थियो । प्रत्येक सिटका अगाडि जडान गरिएको भिडिओ सेट्बाट विविध मनोरञ्जनका साथै उडान गतिविधि (फ्लाइट् इन्फर्मेसन) समेत प्राप्त गर्न सकिन्थ्यो । खानापिना समाप्त भएपछि सबै यात्री आ–आफ्ना क्रियाकलापमा संलग्न भए । केही यात्री पुस्तक पढ्नमा मस्त देखिन्थे । मेरा दाहिनेतिर बीचको लहरको छेउको सिटमा बसेको एकजना युरोपेलीभैंmयुरोपेलीझैं लाग्ने व्यक्तिसँग लगभग सातवटा जति मोटामोटा पुस्तक थिए । सायद ती पुस्तक उपन्यास हुनुपर्छ । उसले एकएक गरी ती सबै पुस्तक पढिसकेजस्तो लाग्यो मलाई । बेलाबेला उङ्ने र बेलाबखत भिडिओ चलाउने बाहेक ऊ हरहमेसा पुस्तक मै घोरिएको देखिन्थ्यो । पुस्तक पढ्ने बाहेक केही यात्री उङ्ने काममा लागेका देखिन्थे भने अधिकांश यात्री अगाडिको भिडिओसँग जिस्किरहेका थिए मानौ उनीहरू हनिमुनमा संलग्न नव–विवाहित दम्पति हुन् । आफुलाई भने बख्ख लाटाले पापा हेरेभैंm अरु यात्रीतिर पल्याकपुलुक हेर्नुबाहेक केही आएन । मजस्तो पूर्व–कालिदासले छेवैका अपरिचित सहयात्रीलाई सोद्धा पनि ‘उसरठ’ भन्ने उत्तर आयो भने के गर्नु भनेर सोध्ने धृष्टता गरिन । यदाकदा केन्द्रीय प्रसारणबाट आएको मूकदृश्य (भिडिओ) हेरेर चित्त बुझाउनुबाहेक अरु केही गर्न सकिएन । पटकपटक ‘एयरफोन’ नलाएको पनि होइन तर त्यसलाई अंग्रेजी भाषामा मिलाउन आएन – पटक्कै आएन ।
 
लगभग पन्ध्र घण्टाको लामो हवाइयात्राका क्रममा विमानभित्र गरिएको अतिथि सत्कारलाई शुद्ध नेपाली शैलीको अतिथि सत्कारसँग व्यतिरेक गर्न खोजें मैले । नयाँ मैतालु लिएर पहिलो पटक ससुराल जाने ज्वाइँलाई गरिने सत्कार र यानमा गरिने सत्कारमा गहनतम अर्थतात्विक भिन्नता दृष्टिगत भएन । मात्र प्रयोजनपरक भेदका आधारमा पृथक्भैंmपृथक्झैं लाग्ने ती दुवै सत्कारहरूको उद्देश्य बाह्य रूपमा एकै किसिमको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदा च न’ को घेराभित्र अटाउन नसक्ने ती दुबै सत्कार फलको प्रसस्त आशा राखेर गरिएका सत्कार हुन् । त्यसो भएतापनि ती दुवैमा पृथक्ताभाष नभएको भने होइन । यसरी हेर्दा विमानको सत्कार सतही, व्यापारिक, बाह्य र स्वल्पकालीन हुन्छ भने ससुरालीको सत्कार उपर्युक्त विशेषताका अतिरिक्त गहन, व्यावहारिक, आन्तरिक र दीर्घकालीन पनि हुन्छ, तर वर्तमान समयका कथित ससुरालीले दिने सत्कारलाई हेर्ने हो भने विमानको सत्कारको पल्ला अझ भारी हुने देखिन्छ ।
 
विमान उडिरहेकै बेला पटकपटक भएका सूर्योदय र सूर्यास्तका दृश्यावलोकनले आपैंmले आपैंmलाई चिमोट्नु पर्ने परिस्थितिको सिर्जना भएको थियो । सोही अवस्थामा यानको भित्तामा राखिएका भिडिओ र टि.भि पर्दाबाट जहाज कति उचाइमा छ, कति माइलको गतिमा छ, गन्तव्यको दुरी कति छ र त्यहाँको मौसम कस्तो छ, सो दुरी पार गर्न कति समय लाग्छजस्ता विषयमा वारम्बार जानकारी प्रवाहित हुन थाल्यो । चौध घण्टा यात्रा पुरा भइसकेको र अब एक घण्टा समय लाग्ने कुरा पनि जानकारीमा आयो ।
झ्यालबाट तल पृथ्वीमाताको दर्शन गर्ने धोको अधुरै थियो । सोही धोको पुरा गर्न मैले झ्यालबाट तलतिर दृष्टि घुमाएँ । कतैकतै मात्र बादलका ढिस्काहरू खरायोका ससाना बच्चाझैं देखिए । हावाको प्रवाहद्वारा ढिस्काबाट छुट्टिंदै गरेका बादलका ससाना थेग्लाहरू सिमलको भुवाभैंmभुवाझैं यत्रतत्र उड्दै थिए । ती बादलका मनचिन्ते ढिस्कानाहरूलाई एकटकले हेरिरहँदा कहिले मान्छेका आकारमा, कहिले राक्षसका आकारमा, कहिले विभिन्न पशुपक्षीका आकारमा देख्न सकिन्थ्यो; अथवा यसो भनौ तिनीहरू आफुले चिताएको आकारमा देखिन्थे । बादलका ती ढिस्कनाहरूले मतिर हेरेर भन्दै थिए, ‘तिमी मान्छे भनाउँदाहरू यसरी नै प्रत्येक पल आफ्नो रूप र आकार फेरिरहन्छौ छेपाराले आफ्नो रङ् बदलेझैं ।’
 
अझ अघि बढ्दै जाँदा बादलका थेग्लाहरू क्रमशः अन्तध्र्यान हुँदैगए । मैले भद्रपुर–काठमाडौं उडानका क्रममा माथिबाट दृश्यावलोकन गरेका तराइ, पहाड, हिमालका रमणीय दृश्यहरूभन्दा नितान्त भिन्न दृश्यहरू दृष्टिगोचर भए त्यहाँ । एकै अनुहारका स्वप्न र सुषुप्तिलाई जेठो र माहिलोमा पर्गेल्न सकिन मैले ।
पङ्क्ति ३५:
मेरा अक्षुण्ण दृष्टिमा लगातार जङ्गलका विशालतम फाँटहरू, तिनका बीचबीचमा रहेका असङ्ख्य ताल तलैयाहरू र कतै राक्षसाकारका हिमक्षेत्रहरू परिरहे । मानवबस्तीको किञ्चित् आभाससम्म प्राप्त गर्न नसकिने त्यो क्षेत्र देखेर म केही रोमाञ्चित पनि भएँ । बालबुद्धिको प्रमुख आतिथ्यमा भएको अन्तर्मानसिक सभामा मनले मन्तव्य दियो, “जङ्गल, ताल र हिमालको संयुक्त रूपनै ‘संयुक्त राज्य’ हो ।” आफ्नै मनले बोलेको कुरा मैले पत्याइदिएँ आफ्ना पार्टीका नेताको ढाँट कुरा तलका कार्यकर्ताले पत्याएझैं ।
 
मैले उद्धृत गरिसकें तालहरू असङ्ख्य थिए भनेर । ती तालहरमध्ये अधिकांश लघु आकारका थिए भने केही तालहरू बृहत् आकारका पनि थिए । बृहदाकारका केही तालहरूको जिउडाल हेर्दा ठ्याक्कै प्रशान्त महासागरजस्तै देखिन्थ्यो । संभवतः ती तालहरू उमेर पुगेपछि प्रशान्त महासागरलाई छोडेर त्यहाँ गई बसेका उसैका छोराछोरी हुन् । अमेरिकामा मानवजातिमा मात्र होइन समुद्रहरूमा पनि उमेर पुगेपछि बाबु–आमाको कमाइमा भर नपर्ने परम्परा रहेछ । अरु सबै कुरामा मानवजाति र समुद्रहरूमा समानता देखिए तापनि एउटा कुरा नितान्त पृथक् देखियो । त्यो के भने मान्छे अनिवार्य रूपमा परिवार नियोजन गर्दा रहेछन् तर समुद्रहरू चाहिं मुस्लिम धर्मावलम्बीभैंmधर्मावलम्बीझैं ‘बहु सन्तान अल्लाहका वरदान’ भनेर भक्कु छोराछोरी जन्माउँदा रहेछन् ।
 
एकपछि अर्को गर्दै बृहदाकारका तालहरूको दृश्यावलोकन गरेपछि मैले मेरो छेवैमा बसेको कोरियाली मूलको अमेरिकीसँग यसबारे आफ्नो जिज्ञासा राखें । उसले मेरो अगाडि राखिएको अमेरिकी मानचित्र पल्टाएर देखाउँदै मेरो उत्सुकता मेटायो ।