बैङ्कक–कोरिया यात्रा: संशोधनहरू बीचको भिन्नता
Content deleted Content added
wikification |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ४:
“तपाईंहरू कताबाट आउनुभएको अनि कता जाने,” मैले डराउँदै डराउँदै सोधें । तीनजनामध्ये उमेरमा अलिक सानु युवकबाट उत्तर आयो, “जापानबाट आएका काठमाडौं जाने” । मैले पनि आफ्नो गन्तव्य डराउँदै भनिदिएँ । उनीहरूले त्यहाँ चौधपन्ध्र घण्टा कुर्नुपर्ने रहेछ । स्वर्गका मुखेन्जी इन्द्रको बात भयो मेरो आठघण्टे कुराइ । कुर्ने बिमारबाट निकै छुट्कारा पाएको अनुभव गरें मैले । ‘लिनुहोस् न चिप्स् । हामी त अगाइसक्यौं, उही सानु केटाले भन्यो । उसको निश्छल एवं निष्कपट आग्रह देखेर उसको आग्रह टार्न सकिन, मैले पनि उनीहरूको साथ दिएँ । सर्वप्रथम खाएको कोलाको चिप्स, त्यो पनि पाकेका कोलाको । अत्यन्त स्वादिष्ट, अत्यन्त सुन्दर, गुलियो र रमरम नुनिलोको मिश्रणले यात्राको थकाइ एकछिन भएपनि मेटिएको अनुभव गरें मैले । खाइसकेपछि ती युवकहरू अलिक परको आराम कुर्सीमा गएर पल्टिए । एकैछिनमा ती केटाहरू ढुसुढुसु निदाएको देखेर मलाई आफ्नो जन्मजात प्रवृत्ति ‘ईष्र्या’ आङ्मा चढ्यो; तर के गर्नु म उनीहरूले गरेको प्रगतिमा पुग्नसक्ने स्थितिमा थिइन । मेरो हातमा दक्षिण कोरिया र अमेरिकाको बोर्डिङ्गपास नपरुन्जेल मैले तनन (टेन्सन)बाट छुट्कारा पाउने कुरै थिएन; किनभने तनन र निद्रा शान्ति संझौताभन्दा अघिका विद्रोही र सरकारी सेना जस्तै हुन् । यिनीहरूलाई एक शिविरमा बस्ने कल्पनासम्म पनि गर्न सकिदैन ।
मनले ठ्याम्मै मानेन र फेरि नजिकैको काउन्टरमा गएर सोधें, ‘उड् यु माइन्ड टेलिङ्ग मि द ओपनिङ्ग टाइम् अफू कोरियन काउन्टर् ?’ थाई युवतिले भनेको कुरा सबै प्रष्ट नबुझे पनि ‘कोरियन काउन्टर, एलभन ओक्लक्’ भनेको छर्लङ्ङ
अझै पर पुगेपछि २१, २२, २३ एकातिर अनि २४—७७ अर्कातिर परेको देखियो । अझै पनि मैले आफ्नु नम्बर भुलेको छुइन त्यसैले २४—७७ पछ्याउँछु एउटा अबोध बालकले आफ्नो अभिभावकलाई पछ्याएझैं । अगाडि बढ्ने क्रममा फेरि देखिन्छ २४, २५, २६, २७ दायाँतिर अनि २८—७७ बायाँतिर । परेड खेल्ने सिपाहीझैं म बायाँ घुम्छु र अलिक पर पुग्न नपाउँदै ६१–७७ लाई दायाँ देखाइन्छ र २८–६० बाँयातिर, म त्यतै हुत्तिन्छु । हिंड्दा हिंड्दा खुट्टा कटकट भइसकेको छ । तर बारहात नाघेर भित्तामा हार्दा आफ्नै हविगत हुन्छ भन्ने बिर्सिएको थिएन । लाटाले पापा हेरेझैँ दुवैतिर हेर्दै लुरुलुरु बढ्छु अधि । त्यहाँ पनि सङ्केत दुवैतिर देखिन्छ । म ३६—५९ तिर लाग्छु । सीधा अगाडि ‘४५—५९’ मा आँखा पुग्छन् । अब चाहिं नेरनेर आइए छ कि जस्तो लाग्छ किनभने क्रमशः बजार क्षेत्र पातलिंदै गइरहेको देखिन्छ । ४५—५९ बाट म भित्र पस्न खोज्छु; तर भर्खरका थाई युवतिहरूले सरासर भित्र पस्न दिदैनन् । कारण बुझ्दा त्यहाँ सुरक्षा जाँच हुँदो रहेछ । उनीहरूको सङ्केत अनुसार पथरी भएको सिकिस्त बिरामी जस्तै मेरो हाते बाकसलाई एकसरे मसिनमुनि सुताएर म अलिक अघि बढ्छु । दुईवटी युवतिले मेरो सुरक्षा जाँच गर्छन् । एउटीको इसारामा म आफ्नो शिरको टोपी र पाउको जुत्ता खुरुक्क फुकाल्छु र आनेकाने नगरीकन दुवै हात माथि उठाउँछु छापामार लडाकुका अगाडि आत्मसमर्पण गरिरहेको एउटा निरीह प्रहरी झैं । स्वचालित बग्ने फिताबाट मेरो बाकस निकै पर पुगेर अडिएको देख्छु । अघि बढेर बाकस समाउँछु । एक्सरे रिपोर्टमा नेगेटिव स्टोन देखिएको एउटा बिरामी समान बाकस निकै हलुका भएको पाउँछु ।
सुरक्षा जाँच सकेर पुनः अघि बढछु म । दायाँतिर रहेको गेट नं. ५४ देखेपछि हराएको चीज प्राप्त
“काम उकास्ने वातावरण छ
पङ्क्ति २४:
गयो जीवनै बैंस जाँदैगएन ।
कविता सुनाइसकेपछि धर्माले झोलाबाट ऐना झिकेर दिन्छिन् र हाँस्तै हेर्ने संकेत गर्छिन् । ऐना हेर्ने बित्तिकै म
एकातिर रातको बाह्र बजिसकेको छ भने अर्कातिर लगभग चार/पाँच किलोमिटर जति पैदल हिंडेर शरीर लखतरान, हत्तोहरान भएको छ । कोही नबसेको—मजस्तै पीडाबोधले सताइएको एउटा लामु आराम कुर्सीमा गएर बस्छु । मेरो एकल साथी हातेबाकसले मेरा निम्ति सञ्चय गरी राखेको अलिकति काजू र किस्मिस चपाउन थालेपछि आफ्नो सामन्ती मुखको स्वार्थीपना चस्स बिझाउँछ कट्टुसको काँडो पैतालामा बिझाएजस्तै । गोडाहरू निरन्तर दुःख गर्छन्, आँखाहरू दिनमा मात्र होइन राती आधारातसम्म पनि टुसुक्क नबसी आफ्नो कार्य गरिरहन्छन् तर मुखलाई नै हसुर्न चाहिने । बिचारा गरीव किसानहरू दिलो ज्यान दिएर खेती गर्छन् तर कमाइ भित्र्याएर मुख मिठ्याउने चाहिं सामन्तीहरू । म आफ्नो मुखलाई बराल महाजनसँग तुलना गर्छु । पहाड, हाम्रो गाउँका बराल महाजनले प्रत्येक वर्ष एक हज्जार मुरी धान थन्क्याउँथे । उनको खेती गर्ने सबै गरीव किसान हुन्थे । तीमध्ये एकजनाको कथा र व्यथामा मेरा भावनाहरू केन्द्रीकृत हुँदै छचल्किन्छन्— अकिञ्चन भएकै कारण बंमहादुर लिम्बू बराल महाजनको खेत कमाउन बाध्य थियो । पच्चीस पाथीको बिउजाने खेतमा मरेर पचास मुरी धान फल्थ्यो । पैंतीस मुरी ठेक्का तिरेर उभ्रिएको अलिकति धान पनि महाजनबाट खाएको धानको पच्चीसा ब्याज र त्यसको स्याज तिर्दा सबै सकिन्थ्यो । वर्षदिनसम्म दिनरात नभनी काम गर्नेको हातमा शून्य ! के गर्नु बराल महाजनको प्रतिनिधि भएकै कारण सामन्ती मुखलाई भूमिसुधार लगाउँ भने बंमहादुरका प्रतिनिधि हात, गोडा जस्ता अवयवहरूले कामै गर्न नसक्ने पो हुन् कि !
|