नातिको न्वारान बाजेको हैरान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
wikification
पङ्क्ति ६०:
#’’’चूडाकर्म संस्कार''' : यो संस्कार मुख्यतया बालक तीन वर्षको लागेपछि गरिन्छ । यो कर्म गर्दा मस्तिष्कको संवेदनशील अङ्गलाई ढाक्ने गरी ठूलो टुप्पी राखेर अन्यत्र मुण्डन गरिन्छ । अझ टुप्पीको मुठोलाई शिखा (गाँठो) पारेपछि त त्यसले ढाकिएको संवेदनशील भाग अरु सुरक्षित बन्दछ । जाडो, गर्मीबाट मस्तिष्कलाई जोगाउन यसले सहयोग पु¥याउँछ । यस संस्कारले बालकको बौद्धिक एवं मानसिक विकासमा सहयोग पु¥याएको विश्वास गरिन्छ । अचेल यो संस्कार कसैले छुट्टै गर्छन् भने कसैले ब्रतबन्धसँगै गर्छन् ।
#’’’उपनयन संस्कार''' : नैतिक आचरणमा संलग्न गराइने हुनाले यस संस्कारको नाम ‘उपनयन’ रह्यो भने व्रत र नियममा वटुकलाई बाँध्ने भएकाले यसलाई ‘व्रतबन्ध संस्कार’ पनि भनिन्छ । वटुक आठ वर्षको लागेपछि साधारणतया यो संस्कार गरिन्छ । दिन, बार तथा ग्रहादिको उपयुक्त समय र मुहूर्तमा सम्पन्न गरिने हुनाले उक्त समयभन्दा अघिपछि सर्न पनि सक्छ । धार्मिक विधिअनुसार सम्पन्न गरिने यस संस्कारमा तीन कार्य प्रमुख देखिन्छन् — यज्ञोपवीत धारण, गायत्री मन्त्रदान र वेदारम्भ । यी सबै कार्य गुरुद्वारा गरिन्छ र गराइन्छ । यति भएपछि वटुकको दोस्रो जन्म अर्थात् आध्यात्मिक जन्म (Spiritual birth) हुन्छ र ऊ ‘द्विज’ मा रूपान्तरित हुन्छ भन्ने विश्वास गरिन्छ । वेदाध्ययनमा पारङ्गत भएपछि मात्र वटुक ‘द्विज’ बाट ‘विप्र’ मा बढुवा हुन्छ । “जन्मना जायते शूद्रः संस्काराद्द्विज उच्यते, वेदपाठाद् भवेद् विप्र ब्रह्म जानाति ब्राह्मणः” भन्ने शास्त्रीय वचनद्वारा हिन्दुवैदिक सनातन धर्मले जातिप्रथा मान्दैन भन्ने स्पष्ट हुन्छ । संस्कारले नै ब्राह्मणसम्म पुग्ने मूल ढोका खुला भएको थाहा पाएर पनि बुझ पचाउनेहरू मात्र यस संस्कृति र संस्कारका विरोधी छन् । हाम्रो देशमा अभैm पनि यस संस्कारका अनुयायी धेरै छन् जसले ‘उपनयन संस्कार’ गरिल्याएका छन् । तर यज्ञोपवीत धारणपछि गरिने यससँग सम्बन्धित आवश्यकीय आचरणहरू दिनप्रतिदिन लोपोन्मुख बन्दैछन् । दुर्लभ वन्यजन्तु लोप भएभैंm यो पनि लोप भएर जाने पो हो कि ! भन्ने कुराको चिन्ता लिने बेला आएको छ ।
उपयुक्त#’’’विवाह संस्कार''' : अनेक जाति, अनेक भाषा र अनेक संस्कृतिका लागि अत्यन्त सम्पन्न मानिने हाम्रो देश नेपालमा विभिन्न किसिमका संस्कृति र संस्कारअनुसार वैवाहिक कार्यहरू हुने गर्छन् । हाम्रो देशमा गरिने विवाह संस्कारमध्ये हिन्दूवैदिक विवाह संस्कार प्रमुख रूपमा रहेको पाइन्छ । लगभग पाँचहजार वर्ष अघिदेखि चल्दै आएको हुनाले पनि यसको महŒव अधिक भएको हुनसक्छ । हाम्रो देशका धेरै जसोले हिन्दूवैदिक संस्कार गरिल्याएको पाइन्छ ।उपयुक्त बारबेला ठह¥याई शुभ मुहूर्तमा गरिने यस किसिमको विवाहमा ‘स्वयंवर’, ‘वाग्दान’, ‘वरणी’, ‘कन्यादान’ र सिन्दूरार्पण जस्ता पं्रमुख कार्यका अतिरिक्त अन्य विधिविधानहरू पनि सम्पन्न हुने गर्छन् । तर ती सबै कार्य उक्त पाँच कार्यका सहायक मात्र हुन् । ‘स्वयंवर’ मा कन्याले कुमारलाई वरण गर्ने हुनाले यसलाई उपयुक्त कुमारको छनोट गर्ने कार्यका रूपमा लिइन्छ । ‘स्वयंवर’ पछि ‘वाग्दान’ को कार्य हुन्छ । यसमा केटीका बाबुले केटाका बाबुलाई सम्मानपूर्वक, आदरपूर्वक ‘वाग्दान’ (वचन दिने काम) गर्छन् । ‘वाग्दान’ गर्दा केटीका बाबुले भन्छन् “मेरी छोरी ‘फलानी’ ले तपाईंका छोरा ‘फलाना’ लाई मनपराएर आफ्नो जीवनसाथीको रूपमा चयन गरेकी हुनाले मैले मेरी छोरी तपाईंका छोरालाई दिएँ । यसलाई बुहारीका रूपमा ग्रहण गर्नुहोला अनि आफ्नै छोरीका रूपमा व्यवहार गर्नु होला ।” यसपछि ‘वरणी’ को कार्य हुन्छ । यसमा ‘वर’ को स्वागत–सम्मान र पूजा गरिन्छ । यसलाई विवाहको श्रीगणेशका रूपमा लिइन्छ । यसमा पनि बधूका बाबुले ‘वर’लाई आफ्नी छोरी कन्यादानका रूपमा दिने कार्यका लागि ‘वरण’ गरेको कुरा निवेदन गर्दछन् । छोरी दान लिन योग्य व्यक्तिको वरण नै ‘वरणी’ हो । यसपछि ‘कन्यादान’ गरिन्छ । यो कार्य मुख्यतः कन्याका मातापिताद्वारा गरिन्छ । कायिक, वाचिक एवं मानसिक रूपमा महासङ्कल्प गरेर कन्यादान गरिन्छ । मातापिताले बेहुलीको हात बेहुलाका हातमा राखिदिनासाथ बेहुलाद्वारा बेहुलीका गलामा पोतेको माला पहिर्याइन्छ । कसैकसैले आफ्नो परम्पराअनुसार सुवर्ण माला पनि लगाइदिने गर्छन् । विवाहमा ‘कन्यादान’ सबैभन्दा प्रमुख कार्य हो । यसपछि, विवाहको अन्त्यतिर ‘सिन्दूरार्पण’ हुन्छ । सर्वप्रथम सिन्दूर बेहुलाले आफ्ना इष्टदेवमा अर्पण गर्छन् अनि बेहुलीका सिउँदोमा लगाइदिन्छन् । यसरी गलामा पोते र सिउँदोमा सिन्दूर परेपछि अघिसम्मकी कन्या अब विवाहिता हुन्छिन् । उक्त दुई चीजलाई विवाहित महिलाको सौभाग्यका रूपमा हेरिन्छ । शरीरमा यस्ता वैवाहिक चिह्नले विभूषित महिलालाई अन्य कुनै परपुरुषले नराम्रो दृष्टि दिन सक्दैन भन्ने विश्वास गरिन्छ ।विवाहमा पाठ गरिने वेदमन्त्रहरूद्वारा वर र वधूको मनमा गम्भीर मनोवैज्ञानिक प्रभाव पर्छ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ । ‘तिमीलाई म मेरो हृदय अर्पण गर्छु, तिम्रो चित्तजस्तो छ मेरो चित्त पनि त्यस्तै बनोस्’ भन्ने भावका वेदमन्त्रहरू बेहुला स्वयंले पढेर बेहुलीलाई सुनाउँदै बेहुलीका हृदयमा आफ्नो हात राख्छन् । यसको मनोवैज्ञानिक असर पर्ने कुरामा कुनै शङ्का गर्ने ठाउँ देखिंदैन ।हिन्दु वैदिक विवाह संस्कारका तुलनामा पश्चिमेली गान्धर्व विवाह धेरै प्रत्युत्पादक देखिन्छ । एकै व्यक्तिले आफ्ना जीवनकालमा विवाह गर्दै छोडपत्र दिंदै गरेका अनगिन्ती घटनाहरू पश्चिमी मुलुकमा (यहाँको अमेरिकामा समेत) देखिएका छन् । मेरो यस भनाइबाट मिस्टर स्टेवार्ड निकै प्रभावित भएछ क्यार ! उसले मुस्कुराएर सहमतिको सङ्केत गर्यो । पछि बुझ्दा उसका आफ्नै बाबुले पटकपटक गरी पाँचवटी स्वास्नी भित्र्याउँदै पारपाचुके गर्दै गरेको रहेछ । तर अमेरिकीहरूका लागि यस्ता घटना सामान्य हुँदा रहेछन् । उसबाट अर्को कुरा पनि थाहा पाएँ, हाल अमेरिकी अदालतहरूमा पारपाचुके सम्बन्धी मुद्दाले ७५ प्रतिशत ठाउँ ओगटेका रहेछन् ।
#’’’विवाह संस्कार''' : अनेक जाति, अनेक भाषा र अनेक संस्कृतिका लागि अत्यन्त सम्पन्न मानिने हाम्रो देश नेपालमा विभिन्न किसिमका संस्कृति र संस्कारअनुसार वैवाहिक कार्यहरू हुने गर्छन् । हाम्रो देशमा गरिने विवाह संस्कारमध्ये हिन्दूवैदिक विवाह संस्कार प्रमुख रूपमा रहेको पाइन्छ । लगभग पाँचहजार वर्ष अघिदेखि चल्दै आएको हुनाले पनि यसको महŒव अधिक भएको हुनसक्छ । हाम्रो देशका धेरै जसोले हिन्दूवैदिक संस्कार गरिल्याएको पाइन्छ ।
 
उपयुक्त बारबेला ठह¥याई शुभ मुहूर्तमा गरिने यस किसिमको विवाहमा ‘स्वयंवर’, ‘वाग्दान’, ‘वरणी’, ‘कन्यादान’ र सिन्दूरार्पण जस्ता पं्रमुख कार्यका अतिरिक्त अन्य विधिविधानहरू पनि सम्पन्न हुने गर्छन् । तर ती सबै कार्य उक्त पाँच कार्यका सहायक मात्र हुन् । ‘स्वयंवर’ मा कन्याले कुमारलाई वरण गर्ने हुनाले यसलाई उपयुक्त कुमारको छनोट गर्ने कार्यका रूपमा लिइन्छ । ‘स्वयंवर’ पछि ‘वाग्दान’ को कार्य हुन्छ । यसमा केटीका बाबुले केटाका बाबुलाई सम्मानपूर्वक, आदरपूर्वक ‘वाग्दान’ (वचन दिने काम) गर्छन् । ‘वाग्दान’ गर्दा केटीका बाबुले भन्छन् “मेरी छोरी ‘फलानी’ ले तपाईंका छोरा ‘फलाना’ लाई मनपराएर आफ्नो जीवनसाथीको रूपमा चयन गरेकी हुनाले मैले मेरी छोरी तपाईंका छोरालाई दिएँ । यसलाई बुहारीका रूपमा ग्रहण गर्नुहोला अनि आफ्नै छोरीका रूपमा व्यवहार गर्नु होला ।” यसपछि ‘वरणी’ को कार्य हुन्छ । यसमा ‘वर’ को स्वागत–सम्मान र पूजा गरिन्छ । यसलाई विवाहको श्रीगणेशका रूपमा लिइन्छ । यसमा पनि बधूका बाबुले ‘वर’लाई आफ्नी छोरी कन्यादानका रूपमा दिने कार्यका लागि ‘वरण’ गरेको कुरा निवेदन गर्दछन् । छोरी दान लिन योग्य व्यक्तिको वरण नै ‘वरणी’ हो । यसपछि ‘कन्यादान’ गरिन्छ । यो कार्य मुख्यतः कन्याका मातापिताद्वारा गरिन्छ । कायिक, वाचिक एवं मानसिक रूपमा महासङ्कल्प गरेर कन्यादान गरिन्छ । मातापिताले बेहुलीको हात बेहुलाका हातमा राखिदिनासाथ बेहुलाद्वारा बेहुलीका गलामा पोतेको माला पहिर्याइन्छ । कसैकसैले आफ्नो परम्पराअनुसार सुवर्ण माला पनि लगाइदिने गर्छन् । विवाहमा ‘कन्यादान’ सबैभन्दा प्रमुख कार्य हो । यसपछि, विवाहको अन्त्यतिर ‘सिन्दूरार्पण’ हुन्छ । सर्वप्रथम सिन्दूर बेहुलाले आफ्ना इष्टदेवमा अर्पण गर्छन् अनि बेहुलीका सिउँदोमा लगाइदिन्छन् । यसरी गलामा पोते र सिउँदोमा सिन्दूर परेपछि अघिसम्मकी कन्या अब विवाहिता हुन्छिन् । उक्त दुई चीजलाई विवाहित महिलाको सौभाग्यका रूपमा हेरिन्छ । शरीरमा यस्ता वैवाहिक चिह्नले विभूषित महिलालाई अन्य कुनै परपुरुषले नराम्रो दृष्टि दिन सक्दैन भन्ने विश्वास गरिन्छ ।विवाहमा पाठ गरिने वेदमन्त्रहरूद्वारा वर र वधूको मनमा गम्भीर मनोवैज्ञानिक प्रभाव पर्छ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ । ‘तिमीलाई म मेरो हृदय अर्पण गर्छु, तिम्रो चित्तजस्तो छ मेरो चित्त पनि त्यस्तै बनोस्’ भन्ने भावका वेदमन्त्रहरू बेहुला स्वयंले पढेर बेहुलीलाई सुनाउँदै बेहुलीका हृदयमा आफ्नो हात राख्छन् । यसको मनोवैज्ञानिक असर पर्ने कुरामा कुनै शङ्का गर्ने ठाउँ देखिंदैन ।हिन्दु वैदिक विवाह संस्कारका तुलनामा पश्चिमेली गान्धर्व विवाह धेरै प्रत्युत्पादक देखिन्छ । एकै व्यक्तिले आफ्ना जीवनकालमा विवाह गर्दै छोडपत्र दिंदै गरेका अनगिन्ती घटनाहरू पश्चिमी मुलुकमा (यहाँको अमेरिकामा समेत) देखिएका छन् । मेरो यस भनाइबाट मिस्टर स्टेवार्ड निकै प्रभावित भएछ क्यार ! उसले मुस्कुराएर सहमतिको सङ्केत गर्यो । पछि बुझ्दा उसका आफ्नै बाबुले पटकपटक गरी पाँचवटी स्वास्नी भित्र्याउँदै पारपाचुके गर्दै गरेको रहेछ । तर अमेरिकीहरूका लागि यस्ता घटना सामान्य हुँदा रहेछन् । उसबाट अर्को कुरा पनि थाहा पाएँ, हाल अमेरिकी अदालतहरूमा पारपाचुके सम्बन्धी मुद्दाले ७५ प्रतिशत ठाउँ ओगटेका रहेछन् ।
#’’’ मृत्युसंस्कार''' : मृत्युसंस्कार हिन्दूवैदिक सनातनीहरूका लागि महत्वपूर्ण संस्कार हो । अधिकांशले यो संस्कार छोडेका छैनन् । हाम्रो धर्मसंस्कृतिमा चार किसिमबाट अन्त्येष्टि संस्कार गर्न सकिने कुराको उल्लेख पाइन्छ ता पनि हाम्रो देशमा मूलतः दुई किसिमबाट शवसंस्कार गरिन्छ — अग्निमा दाह गरेर अथवा जमिनमुनि समाधिस्थ गरेर । यी दुईमध्ये पनि धेरैले दाह संस्कार गर्छन । नदीमा बगाएर गरिने र मांसाहारी पशुपक्षीलाई खुवाएर गरिने संस्कारको प्रचलन यहाँ छैन भन्दा पनि हुन्छ ।
#’’’दाहसंस्कार’’’ नदीमा गरिन्छ भने समाधिस्थ गर्दा अग्लो जमिनमा गरिन्छ । दाह संस्कारमा चिता पखालेपछि र समाधिस्थ गर्दा कार्य समाप्तिपछि क्रियापुत्रीद्वारा नदीमा सचैल स्नान गरिन्छ । त्यसपछि पुराना लुगा त्यागेर नयाँ तर शुद्ध सेतो वस्त्र धारण गरिन्छ । धारण गरिने वस्त्रका नाममा टाउकामा छोपो, लगौंटी र कम्मरमा बेर्ने धरो मात्र रहन्छ । शवसंस्कारका दिन क्रियापुत्रीले क्षत्रोपवास बस्नुपर्छ । त्यस दिन परिवारका अन्य सदस्यहरू – छोरी, बुहारी आदि सबैले क्षत्रोपवास बस्छन् । क्षत्रोपवास बस्दा शुद्ध फलपूmलबाहेक केही भोजन गर्नु हुँदैन । क्रिया गर्ने व्यक्तिले दश दिनसम्म कोरामा बस्नुपर्छ, नुन बेगरको एक छाक हविष्य भोजन गर्नुपर्छ । यो आफ्ना पितृका लागि गरिने चान्द्रायण ब्रत हो । कसैलाई नछुनु, फाल्टु कुरा नबोल्नु, मृत आफन्तका असल कार्यहरूको स्मरण गर्नु यस ब्रतको अनिवार्य कार्य हो । वास्तवमा आफ्ना सम्पूर्ण ऐस आराम र जिव्रालाई प्रिय लाग्ने वस्तुहरूको त्याग गरेर ब्रत पूर्ण गरिन्छ । क्रिया नसकुन्जेल ब्रह्मचर्य ब्रतको पालना गर्नु पनि यसको अर्को महत्वपूर्ण पक्ष हो ।