सुत्केरी व्यथा, पूर्वकल्पना र उत्तरआधुनिकता: संशोधनहरू बीचको भिन्नता
Content deleted Content added
creating new page for chapter |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
छोरी कृष्णाको प्रसुतीहुने समय जतिजति नजिकिंदै जान्थ्यो त्यतित्यति हाम्रो मन कुँडिंदै जान्थ्यो । मभन्दा पनि धर्मा अझ पीडित थिइन्; किनभने ब्याएको गाईलाई मात्र प्रसूतीजन्य पीडाबोध हुन्छ । पाँच, छ जना सन्तानको जन्म दिइसकेकी धर्माले तत्सम्बन्धमा आजका हल्का फुल्का पी.एच्.डी.भन्दा धेरै अनुभव प्राप्त गरेकी थिइन् । पढेर जान्नेभन्दा परेर जान्नेकोअनुभव कता हो कता माथि हुन्छ । एक पटक पनि नब्याएकी महिला प्रसूती विषयमा पी.एच.डी. नै किन नहोस् त्यसलाई वास्तविक प्रसूतीपीडाबोध हुदैन । त्यस्ता महिला डाक्टर र सामान्य पुरुषले प्रसूती महिलाप्रति सहानुभूति जनाउँदै ‘कठैबरी’ भन्नुमा वास्तविक भिन्नता छैन होला जस्तो लाग्छ । यसो भन्नुको तात्पर्य के हो भने छोरीका विषयमा मेराभन्दा बढ्ता पीर धर्मालाई भएको थियो ।
छोरी अमेरिकाजस्तो सर्वसम्पन्न देशमा बसेकी हुनाले हामीले त्यस्तो औधी चिन्ता लिनुपर्ने कुरा थिएन, तर ‘बाबुआमाको मन छोराछोरी माथि’ भन्ने कुरा ध्रुवसत्य जस्तै भएको हुनाले अमेरिकी सम्पन्नताका कुरा स्वतः ओझेलमा परेजस्ता भए । म पूर्वस्मृतिको नाउमा चढेर भूतकालिक महासागरमा हेलिन पुगें ।
विक्रम संवत् २०२६ मा ठूली छोरी कृष्णा जन्मिंदाको घटना मेरा स्मृतिपटमा आयो । त्यसबेला पनि म सुरुङ्गामै शिक्षण गर्थें । धर्मा दुईतीन महिनाअघि आफ्नो माइतघर लक्ष्मीपुर (इलाम) गएकी थिइन् । प्रसूतीबिमार लागेको दुई दिनपछि मैले थाहा पाएँ । विद्यालयमा बिदा लिएर तेस्रो दिन म लक्ष्मीपुर पुगें । म त्यहाँ पुग्दा उनी सिकिस्त भइसकेकी थिइन् । तीन दिनदेखि उनकी आमा र ठुल्यामाले उनको हेरविचार गर्दै आउनु भएको थियो तापनि असामान्य परिस्थितिले गर्दा उनलाई डाक्टरको उपचार आवश्यक थियो । म पुगेको भोलिपल्ट बिहान उनी अझ साह्र्रै भइन् । इलाम पुग्न पैदल चारघण्टा मात्र लाग्ने भए पनि दुर्गम भएकाले बोकेर त्यहाँ पुर्याउन असम्भव थियो । के गर्ने र के नगर्नेको द्वन्द्वबाट पीडित म किं कर्तव्यविमूढ भएँ । धर्माको आर्तनादले मेरो मुटुमा धाँजा पारिसकेको थियो । डाँको छोडेर रुन मन लाग्दालाग्दै पनि म सकिरहेको थिइन । किन सकिरहेको थिइन भन्ने कुरा पाठकले नै अनुमान लगाउन सक्नुहुनेछ ।
त्यसताका धर्माको कान्छो भाइ प्रकाश करफोक विद्यामन्दिरमा अध्ययन गर्थे । घरबाट धाउन टाढा भएकाले उनी आइतबारेमै डेरा गरी बस्थे । संयोगवस प्रकाश पनि म पुगेकै दिन घर आएका रहेछन् । प्रसवपीडाको चरम अवस्था देखेर उनलाई अब माल्दिदी बाँच्दिन भन्ने लागेछ । अर्काको दुःख हेरेर बस्न नसक्ने उनको स्वभाव अहिले पनि परिवर्तन भएको छैन । दिदीका छेउमा आएर उनी क्वाँक्वाँ रुन थाले । उनी भन्दैथिएँ – ‘माल्दिदीलाई हामी सबै भएर बचाउनु पर्छ, मर्न दिनु हुदैन ।’ नभन्दै धर्माको दिन आइपुगेको रहेनछ ससुरा बा तलाबाट तल ओर्लिनु भयो र सोध्नुभयो, ‘यो कान्छालाई पनि बेथा लाग्यो कि किन रुन्छ नाथे ?’ ‘माल्दिदी मर्ने भै’, अर्कापटि फर्केर प्रकाशले भने ।
त्यसबेलासम्म उहाँलाई त्यस्तो साह्रो बिमार लागेको छ भन्ने थाहा रहेनछ । उहाँले प्राकृतिक रूपमै बच्चा जन्मन्छ भन्ने ठान्नु भएको रहेछ र छोरासँग ठट्टा गर्नुभएको रहेछ । उहाँ अलिक ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । धर्मकर्म भनेपछि भुतुक्क हुने उहाँ दयालु, समाजसेवी एवं अतिथिसेवापरायण हुनुहुन्थ्यो । ‘उमाकान्त दाहाल’ इलाम र झापाका लागि कुनै अपरिचित नाम होइन; उहाँलाई प्रायः सबैले चिन्थे । उहाँले अत्यन्त भावुक र संवेदनशील भएर भन्नु भयो, “तुरुन्त घोडा लिएर इलाम जानू र कम्पाउण्डर पूर्णलाल श्रेष्ठलाई लिएर आउनू ।”
कमलकान्त दाइ (जेठान), म र रघुपति माल्दाइ घोडा कसेर इलामतिर लाग्यौं । एकदम चाँडोचाँडो हिंडेर गयौं । लगभग तीन घण्टामा इलाम पुगिएछ । कम्पाउन्डर पूर्णलाल आफ्नो दवाई दोकानमै रहेछन् । पूर्णलाल श्रेष्ठसँग मेरो सामान्य परिचय थियो । म उनलाई राम्रैसँग चिन्थे भने उनी चाहिं परिचय दिएपछि मात्र चिन्थे मलाई । मैले नमस्ते गर्दै भने, “एउटी महिला उपचारको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छे । उसको उद्धार गरी जीवनदान दिनुप¥यो पूर्णलाल दाइ ! भ्याउदिन नभन्दिनुहोला कृपया ।” त्यसै मौकामा कमल दाइले पनि अरु बेलीबिस्तार गर्दै अनुरोध गर्नुभयो । पूर्णलालले काइँकुइँ नगरी सामग्री र औषधिहरू झोलामा हाले । उनलाई घोडामा चढाएर हामी तुरुन्तै फर्कियौं । फर्केर आउँदा तीनघण्टा तीस मिनेट लागेछ । हामी बेलुकाको तीन बजे आइपुगेका थियौं । त्यसबेला धर्मा मृत्युको संघारमा थिइन् । उनलाई त्यस्तो बेहोस अवस्थामा पाउँदा मलाई उनी बाँच्छिन् जस्तो लागेन; तर पूर्णलालले पन्ध्र, बीस मिनेटभित्रै गर्भबाट शिशु निकाल्दै भने, धन्न आधा घण्टा छिटो भएको हुनाले आमा र शिशु दुवै बाँचे; नत्र दुवै मर्ने थिए ।
प्रसूती गराएको केहीबेरपछि धर्मा होसमा आइन् । उनले आँखा खोलेपछि हामी सबैका आँखाबाट हर्षाश्रुका धारा बगे । त्यसबेला मैले पूर्णलाललाई देवताका रूपमा हेरें । अभैm पनि म उनलाई संझने गर्छु । मनले उनको आदर सम्मान गर्छु । त्यसबेला धर्मा र छोरी कृष्णाको जीवन दान दिन सहयोग गर्ने प्रकाश भाइलाई मैले हृदयबाट आभार प्रकट गरें, धन्यवाद दिएँ । अभैm पनि म गुन संझिएर उनको प्रशंसा गर्छु । त्यस घटनामा सहयोगीको भूमिका निर्वाह गर्ने ससुरा (उमाकान्त दहाल) लाई सदासर्वदा नतमस्तक भएर श्रद्धासुमन अर्पण गर्छु र जीवनभर गरी नै रहन्छु ।
आफ्नै घरपरिवारसँग सम्बन्धित उक्त घटनाको आदि र मध्य दुवै दुःखद थिए तापनि यसको परिणाम सुखमय अथवा सुखान्त थियो । तर अचेल मैले देखी जानेका र सुनी जानेका प्रायः यस्ता प्रसुतीपरक घटनाको परिणाम अत्यन्त दुःखदायी बन्न पुगेको छ । गएका दुई वर्षभित्र भएका घटनाहरू अनगिन्ती छन्; तीमध्ये केही घटनाहरू यस्ता छन् जुन घटना मानसपटबाट कहिल्यै उड्दैनन्, कहिल्यै मेटिंदैनन् । स्थायी मसीका अक्षरभैंm जस्ताको तस्तै चहकिला भएर बसेका छन् ।
सुरुङ्गाजस्तो सुगम ठाउँमा पनि उप्रेती साइँलाकी जेठी बुहारीले प्रसूतीजन्य कारणबाट आफ्नो ज्यान गुमाउनु परेको कुरा संझेर म छक्क पर्नेगर्छु । अर्की एउटी गरीव परिवारकी महिलालाई हारगुहार गरी धरानको ठूलै अस्पतालमा समयमै पु¥याइएको भएता पनि भर्नाका लागि राख्नुपर्ने धरौटीको अभाव र त्यहाँका कर्मचारी, नर्स र डाक्टरसमेतका कारण इमर्जेन्सी वार्डभित्र पस्नै नपाई बाहिरै उनले मृत्यु वरण गरेकी थिइन् । यस्ता अनगिन्ती हृदयविदारक घटनाहरू संझेर मुटु छियाछिया हुन्छ ।
सुरुङ्गाकी कमला श्रेष्ठको कथा त्यस्तै हृदयविदारक छ । केही महिना अघिको कुरा हो उनलाई प्रसववेदनाले छोयो । सहन नसक्ने स्थितिमा पुगेपछि उनका अभिभावकले एम्बुलेन्समा हालेर घोपातिर लगे । जाँदाजाँदै सो एम्बुलेन्स केर्खामा पुगेपछि बन्दकर्ताका बन्दरनाइकेहरूले गाडीभित्र प्रसववेदनाले उचालिंदै पछारिंदै गरिरहेकी निर्दोष अवलालाई ढुङ्गाले हिर्काएर ठहरै पारे । नेपालमा घटेका यस्ता घटनाहरू संझिएपछि अमेरिकामा पनि यस्तै त होला नि जस्तो लागेर आउँछ । यस्तो लाग्नु स्वाभाविक पनि हो ।
हाम्रो देशमा अत्यधिक रूपमा बढ्दै गएको मातृमृत्युदरले मलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिन्छ’ जस्तै बनाएको थियो । त्यसैले डाक्टरले दिएको समय (जुलाई १८, २००६) भन्दा अघि नै भर्जिनिया पुग्ने गरी म घरबाट बाटा लागेको थिएँ । तर ११ तारिखकै दिन छोरी प्रसूती भएको खबरले मेरो मन धेरै हल्का भएको थियो; म ढुक्क भएर त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नासाथ सर्वप्रथम स्वास्थ्यसम्बन्धी विषयप्रति चासो दिएँ । त्यहाँको (अमेरिकाको) मातृ मृत्युदर र शिशु मृत्युदर थाहा पाएँ । यसबाहेक महिला र पुरुषको सरदर आयु कति रहेछ भन्ने कुरा पनि जानकारीमा आयो । अमेरिकाको मातृमृत्युदर प्रतिलाख ८.९ रहेछ भने शिशु मृत्युदर ६.९ भएको पाइयो । जब कि सोही अनुपातमा नेपालको मातृ मृत्युदर २८१ र शिशु मृत्युदर ४८ रहेको कुरा सम्बन्धित तथ्याङ्कले देखाएको छ । अमेरिका र नेपालका महिला र पुरुषको सरदर आयुमा पनि आकाश र जमिनको फरक देखिएको छ । त्यहाँका महिला र पुरुषको सरदर आयु क्रमशः ८० र ७५ छ भने नेपालका महिला र पुरुषको सरदर आयु ६३ मात्र छ । अझै निक्र्यौल गर्ने हो भने नेपालीको औसत आयु ६३ भन्दा तल झर्न सक्छ ।
अमेरिकाको मातृ मृत्युदर, शिशु मृत्युदर, औसत आयु र स्वास्थ्यसम्बन्धी अत्यन्त उच्च कोटिको व्यवस्था देखेर तत्सम्बन्धमा मैले यसअघि गरेका यावत् कल्पनाहरू गल्र्यामगुर्लुम भए भूकम्पद्वारा भत्किएको घरझैं । मैले सोचें जे भयो राम्रै भयो; मेरा पूर्वकल्पनाहरू एकाएक उत्तरआधुनिक बने । परम्परा ढल्नु, बिग्रनु र भताभुङ्ङ हुनु ‘उत्तर आधुनिकता’ हो; मैले सुनेको कुरा, पढेको कुरा, बुझेको कुरा सत्य सावित भयो । गम्म फुलेंर भ्यागुतो भएँ म ।
मेरा पूर्वानुमानहरू अमूर्त अथवा निराकार बने तापनि मैले भर्जिनियाका केही अस्पतालहरूको सामान्य अवलोकन गर्ने मौका पाएको थिएँ । त्यहाँका अस्पतालको प्रमुख विशेषता भनेको चित्ताकर्षक सरसफाइ र मनोरम वातावरण नै हो । अस्पतालको सरसफाइ र उपयुक्त वातावरण निर्माण गर्न अस्पताल–प्रशासनको मात्र प्रयासले संभव हुदैन, त्यसमा आम नागरिकको चेतना युक्त सहभागिता चाहिन्छ भन्ने कुरा प्रमाणित भयो । त्यहाँका अस्पताल र स्वास्थ्य–संस्थाहरू हाम्रा लागि वास्तविक भूस्वर्ग हुन् । अस्पताल परिसरभित्र पाइला टेक्नेवित्तिकै बिमारीले पचास प्रतिशत बिमार कम भएको अनुभव गर्छ । अस्पतालभित्र पसेपछि सबै कुरा बिर्सिएर त्यहीं बसिरहुँ जस्तो लाग्छ जब कि हाम्रा अस्पतालमा बिमारी लिएर जाने सारसँउंदो मानिस पनि सिकिस्त हुन्छ । अस्पतालबाट नबाहिरिउन्जेल ऊ पानी बेगरको जिउँदो माछो बन्छ ।
अमेरिकी अस्पतालका शैय्यामा रहेका बिमारीहरूको हेर्चाह अत्यन्त सतर्कताका साथ गरिन्छ । प्रसूतीजन्य बिमारबाट पीडित महिलाहरूको देखभालमा अझ बढी होसियारी अपनाइन्छ । शिशुको जन्म नभइन्जेल आमाको र गर्भाशयमा रहेका शिशुको मुटुको धड्कन, नाडी, रक्तचाप, पाठेघरको खुम्च्याइ आदि कुराहरूको बारम्बार नापजाँच भइरहन्छ । यस्तो कार्य मोनिटरद्वारा गरिन्छ । एकजना बिमारीका लागि न्यूनतम एक नर्स र आवश्यकता अनुसार वार्डमै डाक्टरको उपलब्धता त्यहाँका अस्पताल र स्वास्थ्यसंस्थाको अपरिहार्यता हो । त्यहाँका डाक्टर र नर्सहरूको मीठो मिजास, सदाशयता र आत्मीय व्यवहार बिमारीका निमित्त वास्तविक खोराक बन्न सक्छन् भन्ने कुरा त्यहाँका डाक्टर र नर्सले मात्र बुझेका रहेछन् ।
प्रसववेदना तीव्र हुने भए तापनि त्यहाँ नदुखाइकन सुत्केरी गराइने हुनाले सुत्केरीले यहाँ जस्तो प्रसववेदना र यसको पीडा भोग्नु् पर्दैन । छोरी कृष्णालाई सामान्य प्रसववेदनाले छोएपछि ९ जुलाई २००६ को बेलुका त्यहीं छेवैको ‘पोटोम्याक कम्युनिटी हस्पिटल’ मा लगेर भर्ना गराइएको थियो । दुई दिन राखेपछि ११ तारेखमा नाति जन्मिएको थियो । छोरीले कुनै किसिमको प्रसव पीडा भोग्नु परेको थिएन । जन्मिनेबित्तिकै शिशुको नाम राख्नुपर्ने हुँदा जन्म रजिष्टरमा उसको नाम ‘अमृत’ राखिएको थियो । जन्मदा ३.५ के.जी को बच्चा चारहप्तापछि ७ के.जी. को भएको थियो । यसरी चारहप्तामा ३.५ किलो वृद्धि भएको देखेर अस्पतालका नर्स र डाक्टरहरू छक्क परेका थिए । यसको प्रमुख कारण स्तनपान नै हो भन्ने बुझेपछि डाक्टरहरूले आमाको धेरैधेरै प्रशंसा गरेका थिए । अमेरिकामा स्तनपानलाई प्रोत्साहित गरिने भए तापनि प्रतिहजार १ जनाले पनि स्तनपान गराउँदैनन् । त्यसैले स्तनपान नगर्नेहरूमा ‘दूध गुनको बुद्धि’ भन्ने उक्ति लागु हुदैन । पशुपक्षी जस्तै नहुर्किउन्जेलसम्म मात्र छोराछोरीहरू आमाबाबुसँग बस्छन् । पखेटा लाग्नासाथ आमाबाबुसँग छोराछोरीको भेट बिरलै हुनेगर्छ । यसरी जन्मदिने आफ्नी आमालाई समेत चटक्क त्याग्नु आमाको स्तनपान नगरेकै कारणबाट भएको हुनसक्छ ।
अमेरिकामा स्वास्थ्य सेवा ज्यादै महँगो छ । एउटा साधारण प्रसूती गराउँदाको बिल लगभग १६ हजार अमेरिकी डलर अर्थात् १० लाख ४० हजार नेपाली रुपयाँसम्म आउँछ । बिमित गर्भवतीको शुल्क बिमा कम्पनीले बेहोर्छ भने आकस्मिक (इमर्जेन्सी) रूपमा भर्ना भएका गर्भवती वा अन्य विमारीले शुल्क तिर्नु पर्दैन, किनभने अमेरिकामा आकस्मिक सेवा निशुल्क हुन्छ । तर सामान्य अवस्थामा भर्नाभएका बिमारीको हकमा पूरा शुल्क लाग्छ ।
मैले अमेरिका गएर जानेबुझेसम्म के हो भने त्यहाँ अग्रिम शुल्क तिर्नु वा धरौटी राख्नु पर्दैन । अस्पतालमा भर्ना भएपछि बिमारीको जे जसरी उपचार हुनुपर्ने हो अस्पताल स्वयंले गर्छ । शैय्याबाट निस्कने बेलामा पनि उसले केही तिर्नुपर्दैन । ऊ सरासर आफ्नो घर या डेरामा जान सक्छ । सात दिनपछि हुलाकबाट बिल आउँछ । त्यसबेला मात्र आफ्नो उपचारमा कति शुल्क लागेछ भन्ने उसले थाहा पाउँछ । तिर्न सक्ने अवस्था छ भने उसले तिर्छ नत्र सम्बन्धित ठाउँमा गएर तिर्न नसक्ने कारणहरू देखाई निवेदन दिन्छ । स्वास्थ्य विभाग, संस्था वा अस्पतालले बुझ्दा वा अनुसन्धान गर्दा वास्तविक रूपमै ऊ तिर्न नसक्ने देखिएमा आंशिक मिनाहा वा पूर्ण मिनाहा पनि पाउन सक्छ । उसले तिर्नुपर्ने रकमलाई अलेलि गर्दै प्रत्येक महिना तिर्दैजान पनि पाउँछ । त्यहाँ कुनै गरीवले स्वास्थ्यसेवाबाट वञ्चित भएर ज्यान गुमाउनु पर्दैन; गरीवहरूका लागि यो उदाहरणीय एवं प्रशंसनीय व्यवस्था हो । सरकारी वा प्राइवेट जुनसुकै अस्पतालमा यो व्यवस्था लागु छ । के मात्र फरक हो भने बिमारीका लागि मिनाहा दिइएको रकम सर्कारले सम्बन्धित अस्पताललाई उपलब्ध गराउँछ ।
यहाँ हो भने हातमा पैसा नहुने बिमारी अस्पतालमा पस्नै नपाई बाहिरै मर्छ । धरौटी राख्नेसम्म पैसा भएको मदौरु अस्पताल वा नर्सिङ् होम छिर्नसम्म त पाउँछ तर त्यहाँका नर्स र डाक्टरले लेखिदिएको अनावश्यक दवाइ र परीक्षणको बिल तिर्न नसकेर अस्पताल वा नर्सिङ् होमको बन्धक भई त्यहीं कुहुन्छ ।
छोरी कृष्णा उडब्रिज (भर्जिनिया) को ‘पाटोम्याक कम्युनिटी हस्पिटल’ को ‘माटर्निटी वार्ड’मा सुत्केरी भएकी हुन् भन्ने कुरा यसभन्दा अघि पनि उल्लेख भइसकेको छ । यो प्राइवेट हस्पिटल हो । कृष्णालाई सुत्केरी गराउन लगभग साठी घण्टा (अढाइ दिन) त्यस अस्पतालमा राख्नु परेको थियो । त्यहाँ उनले एकदमै भरपर्दो सेवा पाएकी थिइन् । यति छोटो अवधिमै अस्पतालले सुत्केरीलाई स्वस्थ बनाउँदो रहेछ । जेठो नाति अभिषेक काठमाडौंको नामी एवं सुविधासम्पन्न सरकारी प्रसूतीगृहमा जन्मिएको थियो । यहाँको प्रसूतीसेवा र त्यहाँको प्रसूतीसेवाको राम्ररी तुलना गर्न पाइन् कृष्णाले । उनका अनुभवमा अमेरिकाको प्रसूतीसेवा नेपालकोभन्दा अधिकतम स्तरीय र भरपर्दो थियो ।
छोरी सुत्केरी भएको एक हप्तापछि ‘पोटोम्याक हस्पिटल’ले हुलाकबाट बिल पठायो । पन्ध्र हजार पाँचसय अमेरिकी डलर (नेपाली रुपयाँ दश लाख आठ हजार) को अजङ्गको बिल देखेर म झण्डै बेहोस भएँ । तीन वर्षदेखि अमेरिकामै बस्दै आएका भए तापनि त्यो बिलले छोरीज्वाइँलाई धेरै तर्सायो । वास्तवमै अकल्पनीय बिल थियो त्यो । यहाँ हो भने घरखेत बेच्दा पनि बिल तिर्न हम्मेहम्मे पर्छ । निकैबेरसम्म त्यो ‘जाइन्ट बिल’द्वारा भग्न मनस्थितिमा रह्यौं हामी सबै । नेपाली मानसिकताले अँठ्याएपछि सर्पले भ्यागुतो समातेजस्तै भएका थियौं हामी । एक घण्टापछि त्यस बिलरुपी विषले अलिक छोडेछ, हामी होसमा आयौं । तत्काल गोपीजी अस्पतालतिर दौडनु भयो । त्यहाँको सम्बन्धित विभागमा हाजिर हुनुभयो र अस्पतालको बिल तिर्न नसक्ने कुरा निवेदन गर्नुभयो । अस्पतालले एउटा फर्म दियो र आफ्नो आम्दानी खर्चको विवरणसहित सो फरम भरी एकहप्ताभित्र बुझाउन निर्देशन दियो ।
गोपीजीले अस्पतालबाट प्राप्त फारम भरी त्यसका साथमा आफ्नो वार्षिक आय–व्यय विवरण र शतप्रतिशत शुल्क मिनाहा पाऊँ भन्ने निवेदनसमेत नत्थी गरी अस्पतालमा बुझाउनु भयो । बुझाएको दुई हप्तापछि भर्जिनियाको स्वास्थ्य विभागबाट एउटा पत्र आयो । त्यस पत्रमा लेखिएको थियो ‘यहाँले तिर्नुपर्ने जम्मा बिलमध्ये ६ हजार डलर मात्र मिनाहा भएकाले सो बाहेकको रकम एकमुष्ट बुझाउनु होला; अथवा किस्ताबन्दीका रूपमा बुझाउने भए सम्बन्धित अस्पतालमा एक हप्ताभित्र उपस्थित भई संझौता गर्नुहोला ।’
यहाँ बुझ्नुपर्ने कुरा के छ भने अस्पताल स्वयंले कुनै पनि बिमारीको बिलको रकम मिनाहा दिंदैन । बिमारीका तर्पmबाट भरिएको फारम प्रमाणित गरी अस्पतालले अमेरिकी सरकारको सम्बन्धित विभाग वा अफिसमा पठाउँछ । त्यहाँ बिमारीको आर्थिक अवस्थाको जाँचबुझ वा अनुसन्धान गरी तिर्न नसक्ने ठहरेमा उसले तिर्नुपर्ने शुल्क सम्बन्धित अस्पतालमा अनुदानका रूपमा पठाउँछ । सरकारले जति रकम अस्पतालमा पठाउँछ त्यति मात्र मिनाहा भएको ठहर्छ ।
नौ हजार पाँचसय डलर तिर्नुपर्ने भएकाले गोपीजीले दोस्रो पटक अस्पताल गई पूर्ववत् आय–व्यय विवरणसाथ फारम पेस गर्नुभयो । अघिल्लो पटकभैंm दुई हप्ता पछि सम्बन्धित सरकारी कार्यालयबाट अर्को पत्र आयो । त्यसमा तीनहजार मिनाहा, छ हजार पाँचसय तिर्नुपर्ने लेखिएको थियो । गोपीजीले तेस्रो पटक पुनः पूर्ववत् फारम पेस गर्नुभयो । त्यसको दुई हप्ता पछि तीन हजार पाँचसय मिनाहा भई तीनहजार तिर्नु पर्ने भन्ने सर्कारी पत्र प्राप्त भयो । अभैm एकपटक फरम भर्छु भनेर उहाँले चौथो पटक पनि फारम भरेर सम्बन्धित अस्पतालमा पेस गर्नुभयो । दुई हप्तापछि पुनः पत्र आयो । यस पटक दुई हजार मिनाहा र एक हजार तिर्नुपर्ने भएछ । पाँचौ पटक पनि फारम भरेर पेस गरेको भए सो एक हजार डलर पनि मिनाहा हुन्थ्यो होला, तर उहाँले भर्नुभएन । अस्पताल गएर प्रतिमहिना पचास डलर तिर्ने संझौता गरेर आउनु भएछ ।
आकस्मिक रूपमा अमेरिकी अस्पतालमा भर्ना भएका प्रसूती र अन्य बिमारीको स्वास्थ्योपचार पूर्ण निशुल्क हुन्छ । यो कुरा स्पष्ट भइसकेको छ । यस बाहेक अन्य कुरामा पनि निःशुल्क हुँदो हो; तर मैले थाहा पाएको एउटा यथार्थ यहाँ उल्लेख गर्दैछु ।
राम छेत्री चार, पाँच वर्ष अघिदेखि भनिर्जनियामा बस्दै आएका आप्रवासी नेपाली हुन् । परारको साल राम कार्कीकी श्रीमती लक्ष्मी पनि कसोकसो गरेर विद्यार्थी भिसामा त्यहीं पुगिछिन् । उनको लोग्ने अवैध भए पनि उनी वैध थिइन् । प्रकृतिलाई वैध, अवैध छुट्याइरहन आवश्यक थिएन; उसले आफ्नो धर्म निर्वाह गर्यो । लक्ष्मी गर्भवती भइन् । त्यसको तीन महिनादेखि नियमित रूपमा अस्पताल गएर परीक्षण गराउनुपर्ने त्यहाँको नियम थियो । आफ्नो लोग्नेका साथ लागेर लक्ष्मी पहिलो पटक जचाउन अस्पताल पुगिन् । अस्पतालले ‘गर्भवती स्वास्थ्य परीक्षण कार्ड’ दियो भर्नका लागि । कार्डमा लोग्नेको नाम लेख्ने ठाउँ थियो । उसको नामसँगै अमेरिकी नागरिकता नम्बर, सामाजिक सुरक्षा कार्ड नम्बर, वर्क पर्मिट कार्ड नम्बर, भिसा नम्बरमध्ये कुनै एक त्यहाँ उल्लेख गर्नुपर्ने भयो । राम कार्कीसँग माथिको कुनै एक पनि नभएकाले त्यसदिन नजँचाई फर्किए उनीहरू ।
लोग्नेको नाउँ लेख्ने कि नलेख्ने भन्ने कुरामा उनीहरूलाई द्विविधा भयो । अमेरिकामै दुईवटा सन्तान जन्माइ सकेकी एउटी अनुभवी महिलासँग लक्ष्मीको सम्पर्क भयो । उनले आफ्ना सबै कुरा ती महिलालाई सुनाइन् ।
ती महिलाले भनिन् “तिम्रो भाग्य पल्टिने भो लक्ष्मी बहिनी । म तिमीलाई ‘दुवै हातमा लड्डु’ हुने उपाय बताइदिन्छु । मेरा दुईदुई जना नानी अस्पतालमा जन्मिए । उपाय थाहा नपाएर धेरै डलर खर्च गर्नु प¥यो, हुनसम्म भयो ।”
‘अँ दिदी भन्नु न त लोग्नेको ठाउँमा के लेख्नु ?” लक्ष्मीले भनिन् ।
ती महिलाले भनिन्, “लोग्नेको नाम लेख्नुपर्ने ठाउँमा कसैको नाम पनि नलेख्ने, मात्र ‘ब्वाइ फ्रेन्ड’ लेख्ने ।” महिलाको कुरा सुनेर लक्ष्मीको अनुहार अलिक बिग्रियो ।
महिलाले पुनः थपिन्, “के अनुहार बिगाछर्यौ बहिनी, यसभन्दा उत्तम कार्य अमेरिकामा सायदै होला । कथं अर्को बच्चा जन्मिने भो भने म पनि लोग्नेका ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ नै लेख्छु । किन त्यसो गर्नुपर्यो भन्छ्यौ होला । हेर, त्यसो ग¥यौ भने अहिलेदेखि नजन्मिउन्जेलसम्म र जन्मिएपछि त्यो नानी अठार वर्ष नपुगुन्जेलसम्मको सबै खर्च सर्कारले नै बेहोर्छ । त्यति मात्र कहाँ हो र ! तिमीजस्तो विद्यार्थीले बतासे बच्चा जन्माउँदा त तिम्रो स्वास्थ्य उपचार मात्र निःशुल्क होइन तिम्रो पढाइ पनि निःशुल्क हुन्छ । बाबु बेगरको छोरा जन्माउने भनेर अस्पतालले तिमीलाई धन्यवाद, बधाइका साथै पुरस्कार पनि दिन्छ । कलेजले पार्टटाइम नोकरी पनि दिन्छ । नापैm नाफा, घाटा कतै छैन बतासे बच्चा जन्माउनेलाई । आफ्नो लोग्नेबाट बच्चा जन्माउनेलाई करैकर, बतासे बच्चा जन्माउनेलाई तरैतर छ यहाँ । सामाजिक मान्यता पनि अरुको भन्दा बढी, त्यसैले यहाँका महिलाहरू दुई, तीनवटा छोराछोरी जन्माएर मात्र आपूmले मन परेका सँग बिहे गर्छन् । कुरा जति गरे पनि त्यही हो । मैले आफ्नै बैनीजस्तो लागेर राम्रो अर्ती उपदेश गरेकी हुँ ।”
भोलिपल्ट राम छेत्री र लक्ष्मी अस्पताल पुगे । रामले आफ्नै हातले आफ्नो नाम लेख्ने ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ लेखे । कार्ड पेस गरेको एकछिनमा लक्ष्मी परीक्षण कक्षमा पसिन् । कार्ड पढिसक्नेबित्तिकै त्यहाँ रहेका तीन जना डक्टरले एकसाथ धन्यवाद र बधाइ दिए र पालैपालो गरेर लक्ष्मीका गालामा म्वाइ खाए । त्यसपछि उनको परीक्षणको श्री गणेश भयो र क्रमश; अघि बढ्यो । एक भेटमा लक्ष्मीले मसँग भनिन, “ म प्रसूती भएको अहिले एक वर्ष बितिसकेको छ तर मलाई उपाय बताउने दिदीको भनाइमा अलिकति पनि फरक परेको छैन ।”छोरी कृष्णाको प्रसुतीहुने समय जतिजति नजिकिंदै जान्थ्यो त्यतित्यति हाम्रंो मन कँुडिंदै जान्थ्यो । मभन्दा पनि धर्मा अझ पीडित थिइन्; किनभने ब्याएको गाईलाई मात्र प्रसूतीजन्य पीडाबोध हुन्छ । पाँच, छ जना सन्तानको जन्म दिइसकेकी धर्माले तत्सम्बन्धमा आजका हल्का फुल्का पी.एच्.डी.भन्दा धेरै अनुभव प्राप्त गरेकी थिइन् । पढेर जान्नेभन्दा परेर जान्नेकोअनुभव कता हो कता माथि हुन्छ । एक पटक पनि नब्याएकी महिला प्रसूती विषयमा पी.एच.डी. नै किन नहोस् त्यसलाई वास्तविक प्रसूतीपीडाबोध हुदैन । त्यस्ता महिला डाक्टर र सामान्य पुरुषले प्रसूती महिलाप्रति सहानुभूति जनाउँदै ‘कठैबरी’ भन्नुमा वास्तविक भिन्नता छैन होला जस्तो लाग्छ । यसो भन्नुको तात्पर्य के हो भने छोरीका विषयमा मेराभन्दा बढ्ता पीर धर्मालाई भएको थियो ।
छोरी अमेरिकाजस्तो सर्वसम्पन्न देशमा बसेकी हुनाले हामीले त्यस्तो औधी चिन्ता लिनुपर्ने कुरा थिएन, तर ‘बाबुआमाको मन छोराछोरी माथि’ भन्ने कुरा ध्रुवसत्य जस्तै भएको हुनाले अमेरिकी सम्पन्नताका कुरा स्वतः ओझेलमा परेजस्ता भए । म पूर्वस्मृतिको नाउमा चढेर भूतकालिक महासागरमा हेलिन पुगें ।
विक्रम संवत् २०२६ मा ठूली छोरी कृष्णा जन्मिंदाको घटना मेरा स्मृतिपटमा आयो । त्यसबेला पनि म सुरुङ्गामै शिक्षण गर्थें । धर्मा दुईतीन महिनाअघि आफ्नो माइतघर लक्ष्मीपुर (इलाम) गएकी थिइन् । प्रसूतीबिमार लागेको दुई दिनपछि मैले थाहा पाएँ । विद्यालयमा बिदा लिएर तेस्रो दिन म लक्ष्मीपुर पुगें । म त्यहाँ पुग्दा उनी सिकिस्त भइसकेकी थिइन् । तीन दिनदेखि उनकी आमा र ठुल्यामाले उनको हेरविचार गर्दै आउनु भएको थियो तापनि असामान्य परिस्थितिले गर्दा उनलाई डाक्टरको उपचार आवश्यक थियो । म पुगेको भोलिपल्ट बिहान उनी अझ साह्र्रै भइन् । इलाम पुग्न पैदल चारघण्टा मात्र लाग्ने भए पनि दुर्गम भएकाले बोकेर त्यहाँ पु¥याउन असम्भव थियो । के गर्ने र के नगर्नेको द्वन्द्वबाट पीडित म किं कर्तव्यविमूढ भएँ । धर्माको आर्तनादले मेरो मुटुमा धाँजा पारिसकेको थियो । डाँको छोडेर रुन मन लाग्दालाग्दै पनि म सकिरहेको थिइन । किन सकिरहेको थिइन भन्ने कुरा पाठकले नै अनुमान लगाउन सक्नुहुनेछ ।
त्यसताका धर्माको कान्छो भाइ प्रकाश करफोक विद्यामन्दिरमा अध्ययन गर्थे । घरबाट धाउन टाढा भएकाले उनी आइतबारेमै डेरा गरी बस्थे । संयोगवस प्रकाश पनि म पुगेकै दिन घर आएका रहेछन् । प्रसवपीडाको चरम अवस्था देखेर उनलाई अब माल्दिदी बाँच्दिन भन्ने लागेछ । अर्काको दुःख हेरेर बस्न नसक्ने उनको स्वभाव अहिले पनि परिवर्तन भएको छैन । दिदीका छेउमा आएर उनी क्वाँक्वाँ रुन थाले । उनी भन्दैथिएँ – ‘माल्दिदीलाई हामी सबै भएर बचाउनु पर्छ, मर्न दिनु हुदैन ।’ नभन्दै धर्माको दिन आइपुगेको रहेनछ ससुरा बा तलाबाट तल ओर्लिनु भयो र सोध्नुभयो, ‘यो कान्छालाई पनि बेथा लाग्यो कि किन रुन्छ नाथे ?’ ‘माल्दिदी मर्ने भै’, अर्कापटि फर्केर प्रकाशले भने ।
त्यसबेलासम्म उहाँलाई त्यस्तो साह्रो बिमार लागेको छ भन्ने थाहा रहेनछ । उहाँले प्राकृतिक रूपमै बच्चा जन्मन्छ भन्ने ठान्नु भएको रहेछ र छोरासँग ठट्टा गर्नुभएको रहेछ । उहाँ अलिक ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । धर्मकर्म भनेपछि भुतुक्क हुने उहाँ दयालु, समाजसेवी एवं अतिथिसेवा परायण हुनुहुन्थ्यो । ‘उमाकान्त दाहाल’ इलाम र झापाका लागि कुनै अपरिचित नाम होइन; उहाँलाई प्रायः सबैले चिन्थे । उहाँले अत्यन्त भावुक र संवेदनशील भएर भन्नु भयो, “तुरुन्त घोडा लिएर इलाम जानू र कम्पाउण्डर पूर्णलाल श्रेष्ठलाई लिएर आउनू ।”
कमलकान्त दाइ (जेठान), म र रघुपति माल्दाइ घोडा कसेर इलामतिर लाग्यौं । एकदम चाँडोचाँडो हिंडेर गयौं । लगभग तीन घण्टामा इलाम पुगिएछ । कम्पाउन्डर पूर्णलाल आफ्नो दवाई दोकानमै रहेछन् । पूर्णलाल श्रेष्ठसँग मेरो सामान्य परिचय थियो । म उनलाई राम्रैसँग चिन्थे भने उनी चाहिं परिचय दिएपछि मात्र चिन्थे मलाई । मैले नमस्ते गर्दै भने, “एउटी महिला उपचारको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छे । उसको उद्धार गरी जीवनदान दिनुप¥यो पूर्णलाल दाइ ! भ्याउदिन नभन्दिनुहोला कृपया ।” त्यसै मौकामा कमल दाइले पनि अरु बेलीबिस्तार गर्दै अनुरोध गर्नुभयो । पूर्णलालले काइँकुइँ नगरी सामग्री र औषधिहरू झोलामा हाले । उनलाई घोडामा चढाएर हामी तुरुन्तै फर्कियौं । फर्केर आउँदा तीनघण्टा तीस मिनेट लागेछ । हामी बेलुकाको तीन बजे आइपुगेका थियौं । त्यसबेला धर्मा मृत्युको संघारमा थिइन् । उनलाई त्यस्तो बेहोस अवस्थामा पाउँदा मलाई उनी बाँच्छिन् जस्तो लागेन; तर पूर्णलालले पन्ध्र, बीस मिनेटभित्रै गर्भबाट शिशु निकाल्दै भने, धन्न आधा घण्टा छिटो भएको हुनाले आमा र शिशु दुवै बाँचे; नत्र दुवै मर्ने थिए ।
प्रसूती गराएको केहीबेरपछि धर्मा होसमा आइन् । उनले आँखा खोलेपछि हामी सबैका आँखाबाट हर्षाश्रुका धारा बगे । त्यसबेला मैले पूर्णलाललाई देवताका रूपमा हेरें । अझै पनि म उनलाई संझने गर्छु । मनले उनको आदर सम्मान गर्छु । त्यसबेला धर्मा र छोरी कृष्णाको जीवन दान दिन सहयोग गर्ने प्रकाश भाइलाई मैले हृदयबाट आभार प्रकट गरें, धन्यवाद दिएँ । त्यस घटनामा सहयोगीको भूमिका निर्वाह गर्ने ससुरा (उमाकान्त दहाल) लाई सदासर्वदा नतमस्तक भएर श्रद्धासुमन अर्पण गर्छु र जीवनभर गरी नै रहन्छु ।
आफ्नै घरपरिवारसँग सम्बन्धित उक्त घटनाको आदि र मध्य दुवै दुःखद थिए तापनि यसको परिणाम सुखमय अथवा सुखान्त थियो । तर अचेल मैले देखी जानेका र सुनी जानेका प्रायः यस्ता प्रसुतीपरक घटनाको परिणाम अत्यन्त दुःखदायी बन्न पुगेको छ । गएका दुई वर्षभित्र भएका घटनाहरू अनगिन्ती छन्; तीमध्ये केही घटनाहरू यस्ता छन् जुन घटना मानसपटबाट कहिल्यै उड्दैनन्, कहिल्यै मेटिंदैनन् । स्थायी मसीका चहकिला अक्षर भएर बसेका छन् ।
सुरुङ्गाजस्तो सुगम ठाउँमा पनि उप्रेती साइँलाकी जेठी बुहारीले प्रसूतीजन्य कारणबाट आफ्नो ज्यान गुमाउनु परेको कुरा संझेर म छक्क पर्नेगर्छु । अर्की एउटी गरीव परिवारकी महिलालाई हारगुहार गरी धरानको ठूलै अस्पतालमा समयमै पु¥याइएको भएता पनि भर्नाका लागि राख्नुपर्ने धरौटीको अभाव र त्यहाँका कर्मचारी, नर्स र डाक्टरसमेतका कारण इमर्जेन्सी वार्डभित्र पस्नै नपाई बाहिरै उनले मृत्यु वरण गरेकी थिइन् । यस्ता अनगिन्ती हृदयविदारक घटनाहरू संझेर मुटु छियाछिया हुन्छ ।
सुरुङ्गाकी कमला श्रेष्ठको कथा त्यस्तै हृदयविदारक छ । केही महिना अघिको कुरा हो उनलाई प्रसववेदनाले छोयो । सहन नसक्ने स्थितिमा पुगेपछि उनका अभिभावकले एम्बुलेन्समा हालेर घोपातिर लगे । जाँदाजाँदै सो एम्बुलेन्स केर्खामा पुगेपछि बन्दकर्ताका बन्दरनाइकेहरूले गाडीभित्र प्रसववेदनाले उचालिंदै पछारिंदै गरिरहेकी निर्दोष अवलालाई ढुङ्गाले हिर्काएर ठहरै पारे । नेपालमा घटेका यस्ता घटनाहरू संझिएपछि अमेरिकामा पनि यस्तै त होला नि जस्तो लागेर आउँछ । यस्तो लाग्नु स्वाभाविक पनि हो ।
हाम्रो देशमा अत्यधिक रूपमा बढ्दै गएको मातृमृत्युदरले मलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिन्छ’ जस्तै बनाएको थियो । त्यसैले डाक्टरले दिएको समय (जुलाई १८, २००६) भन्दा अघि नै भर्जिनिया पुग्ने गरी म घरबाट बाटा लागेको थिएँ । तर ११ तारिखकै दिन छोरी प्रसूती भएको खबरले मेरो मन धेरै हल्का भएको थियो; म ढुक्क भएर त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नासाथ सर्वप्रथम स्वास्थ्यसम्बन्धी विषयप्रति चासो दिएँ । त्यहाँको (अमेरिकाको) मातृ मृत्युदर र शिशु मृत्युदर थाहा पाएँ । यसबाहेक महिला र पुरुषको सरदर आयु कति रहेछ भन्ने कुरा पनि जानकारीमा आयो । अमेरिकाको मातृमृत्युदर प्रतिलाख ८.९ रहेछ भने शिशु मृत्युदर ६.९ भएको पाइयो । जब कि सोही अनुपातमा नेपालको मातृ मृत्युदर २८१ र शिशु मृत्युदर ४८ रहेको कुरा सम्बन्धित तथ्याङ्कले देखाएको छ । अमेरिका र नेपालका महिला र पुरुषको सरदर आयुमा पनि आकाश र जमिनको फरक देखिएको छ । त्यहाँका महिला र पुरुषको सरदर आयु क्रमशः ८० र ७५ छ भने नेपालका महिला र पुरुषको सरदर आयु ६३ मात्र छ । अभैm निक्र्यौल गर्ने हो भने नेपालीको औसत आयु ६३ भन्दा तल झर्न सक्छ ।
अमेरिकाको मातृ मृत्युदर, शिशु मृत्युदर, औसत आयु र स्वास्थ्यसम्बन्धी अत्यन्त उच्च कोटिको व्यवस्था देखेर तत्सम्बन्धमा मैले यसअघि गरेका यावत् कल्पनाहरू गल्र्यामगुर्लुम भए भूकम्पद्वारा भत्किएको घरभैंm । मैले सोचें जे भयो राम्रै भयो; मेरा पूर्वकल्पनाहरू एकाएक उत्तरआधुनिक बने । परम्परा ढल्नु, बिग्रनु र भताभुङ्ङ हुनु ‘उत्तर आधुनिकता’ हो; मैले सुनेको कुरा, पढेको कुरा, बुझेको कुरा सत्य सावित भयो । गम्म फुलें भ्यागुतो फुलेभैंm ।
मेरा पूर्वानुमानहरू अमूर्त अथवा निराकार बने तापनि मैले भर्जिनियाका केही अस्पतालहरूको सामान्य अवलोकन गर्ने मौका पाएको थिएँ । त्यहाँका अस्पतालको प्रमुख विशेषता भनेको चित्ताकर्षक सरसफाइ र मनोरम वातावरण नै हो । अस्पतालको सरसफाइ र उपयुक्त वातावरण निर्माण गर्न अस्पताल–प्रशासनको मात्र प्रयासले संभव हुदैन, त्यसमा आम नागरिकको चेतना युक्त सहभागिता चाहिन्छ भन्ने कुरा प्रमाणित भयो । त्यहाँका अस्पताल र स्वास्थ्य–संस्थाहरू हाम्रा लागि वास्तविक भूस्वर्ग हुन् । अस्पताल परिसरभित्र पाइला टेक्नेवित्तिकै बिमारीले पचास प्रतिशत बिमार कम भएको अनुभव गर्छ । अस्पतालभित्र पसेपछि सबै कुरा बिर्सिएर त्यहीं बसिरहुँ जस्तो लाग्छ जब कि हाम्रा अस्पतालमा बिमारी लिएर जाने सारसँउंदो मानिस पनि सिकिस्त हुन्छ । अस्पतालबाट नबाहिरिउन्जेल ऊ पानी बेगरको जिउँदो माछो बन्छ ।
अमेरिकी अस्पतालका शैøयामा रहेका बिमारीहरूको हेर्चाह अत्यन्त सतर्कताका साथ गरिन्छ । प्रसूतीजन्य बिमारबाट पीडित महिलाहरूको देखभालमा अझ बढी होसियारी अपनाइन्छ । शिशुको जन्म नभइन्जेल आमाको र गर्भाशयमा रहेका शिशुको मुटुको धड्कन, नाडी, रक्तचाप, पाठेघरको खुम्च्याइ आदि कुराहरूको बारम्बार नापजाँच भइरहन्छ । यस्तो कार्य मोनिटरद्वारा गरिन्छ । एकजना बिमारीका लागि न्यूनतम एक नर्स र आवश्यकता अनुसार वार्डमै डाक्टरको उपलब्धता त्यहाँका अस्पताल र स्वास्थ्यसंस्थाको अपरिहार्यता हो । त्यहाँका डाक्टर र नर्सहरूको मीठो मिजास, सदाशयता र आत्मीय व्यवहार बिमारीका निमित्त वास्तविक खोराक बन्न सक्छन् भन्ने कुरा त्यहाँका डाक्टर र नर्सले मात्र बुझेका रहेछन् ।
प्रसववेदना तीव्र हुने भए तापनि त्यहाँ नदुखाइकन सुत्केरी गराइने हुनाले सुत्केरीले यहाँभैंm प्रसववेदना र यसको पीडा भोग्नु् पर्दैन । छोरी कृष्णालाई सामान्य प्रसववेदनाले छोएपछि ९ जुलाई २००६ को बेलुका त्यहीं छेवैको ‘पोटोम्याक कम्युनिटी हस्पिटल’ मा लगेर भर्ना गराइएको थियो । दुई दिन राखेपछि ११ तारेखमा नाति जन्मिएको थियो । माथि उल्लेख भएभैंm छोरीले कुनै किसिमको प्रसव पीडा भोग्नु परेको थिएन । जन्मिनेबित्तिकै शिशुको नाम राख्नुपर्ने हुँदा जन्म रजिष्टरमा उसको नाम ‘अमृत’ राखिएको थियो । जन्मदा ३.५ के.जी को बच्चा चारहप्तापछि ७ के.जी. को भएको थियो । यसरी चारहप्तामा ३.५ किलो वृद्धि भएको देखेर अस्पतालका नर्स र डाक्टरहरू छक्क परेका थिए । यसको प्रमुख कारण स्तनपान नै हो भन्ने बुझेपछि डाक्टरहरूले आमाको धेरैधेरै प्रशंसा गरेका थिए । अमेरिकामा स्तनपानलाई प्रोत्साहित गरिने भए तापनि प्रतिहजार १ जनाले पनि स्तनपान गराउँदैनन् । त्यसैले स्तनपान नगर्नेहरूमा ‘दूध गुनको बुद्धि’ भन्ने उक्ति लागु हुदैन । पशुपक्षीझैं नहुर्किउन्जेलसम्म मात्र छोराछोरीहरू आमाबाबुसँग बस्छन् । पखेटा लाग्नासाथ आमाबाबुसँग छोराछोरीको भेट बिरलै हुनेगर्छ । यसरी जन्मदिने आफ्नी आमालाई समेत चटक्क त्याग्नु आमाको स्तनपान नगरेकै कारणबाट भएको हुनसक्छ ।
अमेरिकामा स्वास्थ्य सेवा ज्यादै महँगो छ । एउटा साधारण प्रसूती गराउँदाको बिल लगभग १६ हजार अमेरिकी डलर अर्थात् १० लाख ४० हजार नेपाली रुपयाँसम्म आउँछ । बिमित गर्भवतीको शुल्क बिमा कम्पनीले बेहोर्छ भने आकस्मिक (इमर्जेन्सी) रूपमा भर्ना भएका गर्भवती वा अन्य विमारीले शुल्क तिर्नु पर्दैन, किनभने अमेरिकामा आकस्मिक सेवा निशुल्क हुन्छ । तर सामान्य अवस्थामा भर्नाभएका बिमारीको हकमा पूरा शुल्क लाग्छ ।
मैले अमेरिका गएर जानेबुझेसम्म के हो भने त्यहाँ अग्रिम शुल्क तिर्नु वा धरौटी राख्नु पर्दैन । अस्पतालमा भर्ना भएपछि बिमारीको जे जसरी उपचार हुनुपर्ने हो अस्पताल स्वयंले गर्छ । शैय्याबाट निस्कने बेलामा पनि उसले केही तिर्नुपर्दैन । ऊ सरासर आफ्नो घर या डेरामा जान सक्छ । सात दिनपछि हुलाकबाट बिल आउँछ । त्यसबेला मात्र आफ्नो उपचारमा कति शुल्क लागेछ भन्ने उसले थाहा पाउँछ । तिर्न सक्ने अवस्था छ भने उसले तिर्छ नत्र सम्बन्धित ठाउँमा गएर तिर्न नसक्ने कारणहरू देखाई निवेदन दिन्छ । स्वास्थ्य विभाग, संस्था वा अस्पतालले बुझ्दा वा अनुसन्धान गर्दा वास्तविक रूपमै ऊ तिर्न नसक्ने देखिएमा आंशिक मिनाहा वा पूर्ण मिनाहा पनि पाउन सक्छ । उसले तिर्नुपर्ने रकमलाई अलेलि गर्दै प्रत्येक महिना तिर्दैजान पनि पाउँछ । त्यहाँ कुनै गरीवले स्वास्थ्यसेवाबाट वञ्चित भएर ज्यान गुमाउनु पर्दैन; गरीवहरूका लागि यो उदाहरणीय एवं प्रशंसनीय व्यवस्था हो । सरकारी वा प्राइवेट जुनसुकै अस्पतालमा यो व्यवस्था लागु छ । के मात्र फरक हो भने बिमारीका लागि मिनाहा दिइएको रकम सर्कारले सम्बन्धित अस्पताललाई उपलब्ध गराउँछ ।
यहाँ हो भने हातमा पैसा नहुने बिमारी अस्पतालमा पस्नै नपाई बाहिरै मर्छ । धरौटी राख्नेसम्म पैसा भएको मदौरु अस्पताल वा नर्सिङ् होम छिर्नसम्म त पाउँछ तर त्यहाँका नर्स र डाक्टरले लेखिदिएको अनावश्यक दवाइ र परीक्षणको बिल तिर्न नसकेर अस्पताल वा नर्सिङ् होमको बन्धक भई त्यहीं कुहुन्छ ।
छोरी कृष्णा उडब्रिज (भर्जिनिया) को ‘पाटोम्याक कम्युनिटी हस्पिटल’ को ‘माटर्निटी वार्ड’मा सुत्केरी भएकी हुन् भन्ने कुरा यसभन्दा अघि पनि उल्लेख भइसकेको छ । यो प्राइवेट हस्पिटल हो । कृष्णालाई सुत्केरी गराउन लगभग साठी घण्टा (अढाइ दिन) त्यस अस्पतालमा राख्नु परेको थियो । त्यहाँ उनले एकदमै भरपर्दो सेवा पाएकी थिइन् । यति छोटो अवधिमै अस्पतालले सुत्केरीलाई स्वस्थ बनाउँदो रहेछ । जेठो नाति अभिषेक काठमाडौंको नामी एवं सुविधासम्पन्न सरकारी प्रसूतीगृहमा जन्मिएको थियो । यहाँको प्रसूतीसेवा र त्यहाँको प्रसूतीसेवाको राम्ररी तुलना गर्न पाइन् कृष्णाले । उनका अनुभवमा अमेरिकाको प्रसूतीसेवा नेपालकोभन्दा अधिकतम स्तरीय र भरपर्दो थियो ।
छोरी सुत्केरी भएको एक हप्तापछि ‘पोटोम्याक हस्पिटल’ले हुलाकबाट बिल पठायो । पन्ध्र हजार पाँचसय अमेरिकी डलर (नेपाली रुपयाँ दश लाख आठ हजार) को अजङ्गको बिल देखेर म झण्डै बेहोस भएँ । तीन वर्षदेखि अमेरिकामै बस्दै आएका भए तापनि त्यो बिलले छोरीज्वाइँलाई धेरै तर्सायो । वास्तवमै अकल्पनीय बिल थियो त्यो । यहाँ हो भने घरखेत बेच्दा पनि बिल तिर्न हम्मेहम्मे पर्छ । निकैबेरसम्म त्यो ‘जाइन्ट बिल’द्वारा भग्न मनस्थितिमा रह्यौं हामी सबै । नेपाली मानसिकताले अँठ्याएपछि सर्पले भ्यागुतो समातेजस्तै भएका थियौं हामी । एक घण्टापछि त्यस बिलरुपी विषले अलिक छोडेछ, हामी होसमा आयौं । तत्काल गोपीजी अस्पतालतिर दौडनु भयो । त्यहाँको सम्बन्धित विभागमा हाजिर हुनुभयो र अस्पतालको बिल तिर्न नसक्ने कुरा निवेदन गर्नुभयो । अस्पतालले एउटा फर्म दियो र आफ्नो आम्दानी खर्चको विवरणसहित सो फरम भरी एकहप्ताभित्र बुझाउन निर्देशन दियो ।
गोपीजीले अस्पतालबाट प्राप्त फारम भरी त्यसका साथमा आफ्नो वार्षिक आय–व्यय विवरण र शतप्रतिशत शुल्क मिनाहा पाऊँ भन्ने निवेदनसमेत नत्थी गरी अस्पतालमा बुझाउनु भयो । बुझाएको दुई हप्तापछि भर्जिनियाको स्वास्थ्य विभागबाट एउटा पत्र आयो । त्यस पत्रमा लेखिएको थियो ‘यहाँले तिर्नुपर्ने जम्मा बिलमध्ये ६ हजार डलर मात्र मिनाहा भएकाले सो बाहेकको रकम एकमुष्ट बुझाउनु होला; अथवा किस्ताबन्दीका रूपमा बुझाउने भए सम्बन्धित अस्पतालमा एक हप्ताभित्र उपस्थित भई संझौता गर्नुहोला ।’
यहाँ बुझ्नुपर्ने कुरा के छ भने अस्पताल स्वयंले कुनै पनि बिमारीको बिलको रकम मिनाहा दिंदैन । बिमारीका तर्पmबाट भरिएको फारम प्रमाणित गरी अस्पतालले अमेरिकी सरकारको सम्बन्धित विभाग वा अफिसमा पठाउँछ । त्यहाँ बिमारीको आर्थिक अवस्थाको जाँचबुझ वा अनुसन्धान गरी तिर्न नसक्ने ठहरेमा उसले तिर्नुपर्ने शुल्क सम्बन्धित अस्पतालमा अनुदानका रूपमा पठाउँछ । सरकारले जति रकम अस्पतालमा पठाउँछ त्यति मात्र मिनाहा भएको ठहर्छ ।
नौ हजार पाँचसय डलर तिर्नुपर्ने भएकाले गोपीजीले दोस्रो पटक अस्पताल गई पूर्ववत् आय–व्यय विवरणसाथ फारम पेस गर्नुभयो । अघिल्लो पटक ज दुई हप्ता पछि सम्बन्धित सरकारी कार्यालयबाट अर्को पत्र आयो । त्यसमा तीनहजार मिनाहा, छ हजार पाँचसय तिर्नुपर्ने लेखिएको थियो । गोपीजीले तेस्रो पटक पुनः पूर्ववत् फारम पेस गर्नुभयो । त्यसको दुई हप्ता पछि तीन हजार पाँचसय मिनाहा भई तीनहजार तिर्नु पर्ने भन्ने सर्कारी पत्र प्राप्त भयो । अभैm एकपटक फरम भर्छु भनेर उहाँले चौथो पटक पनि फारम भरेर सम्बन्धित अस्पतालमा पेस गर्नुभयो । फेरि दुई हप्तापछि पुनः पत्र आयो । यस पटक दुई हजार मिनाहा र एक हजार तिर्नुपर्ने भएछ । पाँचौ पटक पनि फारम भरेर पेस गरेको भए सो एक हजार डलर पनि मिनाहा हुन्थ्यो होला, तर उहाँले भर्नुभएन । अस्पताल गएर प्रतिमहिना पचास डलर तिर्ने संझौता गरेर आउनु भएछ ।
आकस्मिक रूपमा अमेरिकी अस्पतालमा भर्ना भएका प्रसूती र अन्य बिमारीको स्वास्थ्योपचार पूर्ण निशुल्क हुन्छ । यो कुरा स्पष्ट भइसकेको छ । यस बाहेक अन्य कुरामा पनि निःशुल्क हुँदो हो; तर मैले थाहा पाएको एउटा यथार्थ यहाँ उल्लेख गर्दैछु ।
राम छेत्री चार, पाँच वर्ष अघिदेखि भनिर्जनियामा बस्दै आएका आप्रवासी नेपाली हुन् । परारको साल राम कार्कीकी श्रीमती लक्ष्मी पनि कसोकसो गरेर विद्यार्थी भिसामा त्यहीं पुगिछिन् । उनको लोग्ने अवैध भए पनि उनी वैध थिइन् । प्रकृतिलाई वैध, अवैध छुट्याइरहन आवश्यक थिएन; उसले आफ्नो धर्म निर्वाह ग¥यो । लक्ष्मी गर्भवती भइन् । त्यसको तीन महिनादेखि नियमित रूपमा अस्पताल गएर परीक्षण गराउनुपर्ने त्यहाँको नियम थियो । आफ्नो लोग्नेका साथ लागेर लक्ष्मी पहिलो पटक जचाउन अस्पताल पुगिन् । अस्पतालले ‘गर्भवती स्वास्थ्य परीक्षण कार्ड’ दियो भर्नका लागि । कार्डमा लोग्नेको नाम लेख्ने ठाउँ थियो । उसको नामसँगै अमेरिकी नागरिकता नम्बर, सामाजिक सुरक्षा कार्ड नम्बर, वर्क पर्मिट कार्ड नम्बर, भिसा नम्बरमध्ये कुनै एक त्यहाँ उल्लेख गर्नुपर्ने भयो । राम कार्कीसँग माथिको कुनै एक पनि नभएकाले त्यसदिन नजँचाई फर्किए उनीहरू ।
लोग्नेको नाउँ लेख्ने कि नलेख्ने भन्ने कुरामा उनीहरूलाई द्विविधा भयो । अमेरिकामै दुईवटा सन्तान जन्माइ सकेकी एउटी अनुभवी महिलासँग लक्ष्मीको सम्पर्क भयो । उनले आफ्ना सबै कुरा ती महिलालाई सुनाइन् ।
ती महिलाले भनिन् “तिम्रो भाग्य पल्टिने भो लक्ष्मी बहिनी । म तिमीलाई ‘दुवै हातमा लड्डु’ हुने उपाय बताइदिन्छु । मेरा दुईदुई जना नानी अस्पतालमा जन्मिए । उपाय थाहा नपाएर धेरै डलर खर्च गर्नु प¥यो, हुनसम्म भयो ।”
‘अँ दिदी भन्नु न त लोग्नेको ठाउँमा के लेख्नु ?” लक्ष्मीले भनिन् ।
ती महिलाले भनिन्, “लोग्नेको नाम लेख्नुपर्ने ठाउँमा कसैको नाम पनि नलेख्ने, मात्र ‘ब्वाइ फ्रेन्ड’ लेख्ने ।” महिलाको कुरा सुनेर लक्ष्मीको अनुहार अलिक बिग्रियो ।
महिलाले पुनः थपिन्, “के अनुहार बिगाछर्यौ बहिनी, यसभन्दा उत्तम कार्य अमेरिकामा सायदै होला । कथं अर्को बच्चा जन्मिने भो भने म पनि लोग्नेका ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ नै लेख्छु । किन त्यसो गर्नुपर्यो भन्छ्यौ होला । हेर, त्यसो गर्यो भने अहिलेदेखि नजन्मिउन्जेल र जन्मिएपछि त्यो नानी अठार वर्ष नपुगुन्जेल सबै खर्च सर्कारले नै बेहोर्छ । त्यति मात्र कहाँ हो र ! तिमीजस्तो विद्यार्थीले बतासे बच्चा जन्माउँदा त तिम्रो स्वास्थ्य उपचार मात्र निःशुल्क होइन तिम्रो पढाइ पनि निःशुल्क हुन्छ । बाबु बेगरको छोरा जन्माउने भनेर अस्पतालले तिमीलाई धन्यवाद, बधाइका साथै पुरस्कार पनि दिन्छ । कलेजले पार्टटाइम नोकरी पनि दिन्छ । नापैm नाफा, घाटा कतै छैन बतासे बच्चा जन्माउनेलाई । आफ्नो लोग्नेबाट बच्चा जन्माउनेलाई करैकर, बतासे बच्चा जन्माउनेलाई तरैतर छ यहाँ । सामाजिक मान्यता पनि अरुको भन्दा बढी, त्यसैले यहाँका महिलाहरू दुई, तीनवटा छोराछोरी जन्माएर मात्र आफुले मन परेका सँग बिहे गर्छन् । कुरा जति गरे पनि त्यही हो । मैले आफ्नै बैनीजस्तो लागेर राम्रो अर्ती उपदेश गरेकी हुँ ।”
भोलिपल्ट राम छेत्री र लक्ष्मी अस्पताल पुगे । रामले आफ्नै हातले आफ्नो नाम लेख्ने ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ लेखे । कार्ड पेस गरेको एकछिनमा लक्ष्मी परीक्षण कक्षमा पसिन् । कार्ड पढिसक्नेबित्तिकै त्यहाँ रहेका तीन जना डक्टरले एकसाथ धन्यवाद र बधाइ दिए र पालैपालो गरेर लक्ष्मीका गालामा म्वाइ खाए । त्यसपछि उनको परीक्षणको श्री गणेश भयो र क्रमश; अघि बढ्यो । एक भेटमा लक्ष्मीले मसँग भनिन, “ म प्रसूती भएको अहिले एक वर्ष बितिसकेको छ तर मलाई उपाय बताउने दिदीको भनाइमा अलिकति पनि फरक परेको छैन ।”
|