"भूमिका-मेरो अमेरिका यात्रा" को बिचमा भिन्नता

wikification
(===भूमिका ===
'''मेरो अमेरिका यात्रा'''को पठन गर्दा... को साथमा पृष्ठ शृजना भयो)

(wikification)
===भूमिका ===
'''मेरो अमेरिका यात्रा'''को पठन गर्दा

'''मेरो अमेरिका यात्रा'''को पठन गर्दा

झापामै मेरो आँखाको अप्रेसन गराएपछि र [[:W:ne:नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल प्रज्ञा प्रतिष्ठान]] पुनःजीवन्त बनेको थाहा पाएपछि मलाई काठमाडौं एकपटक पुगेरै छाड्ने धुन चलेको बेलामा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालले यही २०६७ असारको १० गतेतिर फोन गर्नु भयो— कोमलप्रसाद पोखरेलजीको प्रकाशोन्मुख पुस्तकका लागि तपाईंले एउटा भूमिका लेखिदिनु पर्यो । मैले मानिन । किनभने असार २१ मा मलाई प्रस्थान नै गर्नु थियो । उब्रेका आठदस दिन पनि अन्य कामले ओगटिसकेका थिए । मदन ढकालजीले पनि मेरा कुरा एक कानले सुनेर अर्का कानले उडाइदिनु भएछ । त्यसको २/३ दिनपछि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीको बैठकमा म जस्तै आमन्त्रित साहित्यकार बनी उहाँहरू पनि आउनु भयो र त्यहाँ त्यो प्रस्ताव पुनः मेरा अगाडि राखियो । पाण्डुलिपिसहित म काठमाडौं जाने र छोटो मन्तव्य लेखी यथाशक्य छिटो त्यो मन्तव्य र पाण्डुलिपि झापा पठाइदिने शर्तमा हाम्रा कुराकानी मिले । अहिले म, त्यही मन्तव्य लेख्न बसेको छु— भक्तपुर जडीबुटी क्षेत्रको नरेफाँटको विपिनकेशर प्रसाईंको घरमा ।

कोमलप्रसाद पोखरेलले आफ्नो सिङ्गो जीवन अध्यापन,प्राध्यापन र साहित्यिक क्षेत्रमा लगानी गर्दै आउनु भएको देखिन्छ । यस कथनलाई उहाँले २०२२ सालदेखि अहिलेसम्म नै शिक्षण संस्थामा बसेर निरवच्छिन्न सेवा गर्दै आएको तथ्य र २०५१ सालदेखि २०६० सालभित्रमा एउटा कवितासंग्रह (२०५१), एउटा निबन्धसंग्रह (२०५२) र एउटा कथासंग्रह (२०६०) प्रकाशित गरिसक्दासमेत चित्त नबुझाई प्रकाशोन्मुख दोस्रो निबन्धसंग्रहको पाण्डुलिपि तयार गरी मेरा हातमा राखिदिएको नयाँ तथ्यले प्रमाणित गर्दछ । अन्तर्मुखी चरित्रका मानिस हुनाले उहाँका प्रकाशित कृतिझैं अप्रकाशित कृति कति होलान् त्यससम्बन्धमा यसै भन्न सकिएन । त्यस सम्बन्धमा अंग्रेजी साहित्यको इतिहासको रोम्यान्टिक धाराका श्रष्टा एवं निर्माता दुबै भन्न र मान्न सकिने स्यामुअल टेलर, कलरिजले आङ्खना कटुआलोचक वर्डस्वर्थ लगायत सबैको मुख थुन्न लिटेरिया बायोग्राफियामा लेखेका निम्न पङ्क्तिको आशय स्मरण गर्नु र मौन बस्नु नै उचित पर्ने देखिन्छ । प्रकारान्तरले त्यस प्रख्यात पुस्तकमा यस्तो राय प्रकट गरिएको छ : लेखकले जेजति सार्वजनिक गर्दछ, पाठकले त्यसकै सीमाभित्र रहेर, उसको लेखाजोखा गरिदिनु पर्छ । ऊ के के गर्न सक्थ्यो वा गर्न सक्दैनथ्यो भन्ने कुरा उसका नितान्त निजी विषय हुन् । (By what I have done should I be judged by my follow men, what I could have done is a question of my own concience) एस.टी. कोलरिज (S.T. Coleridge) । अतः लेखकलाई थप कोट्याउने काम नगरौं । हामी पनि प्राप्ति मै चित्त बुझाऔं भन्छु ।

लेखकको प्रकाशोन्मुख कृतिको नाम राखिएको छ– मेरो अमेरिका यात्रा । यस कृतिमा तेह्रवटा निबन्ध पारिएका छन् । तिनको सूचि निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ ः

# थाइ विमान र बैंङ्कक उडान
# अमेरिका : चुनावी संस्कृति र वास्तविक अनुभूति
# अत्याधुनिक चालक र उत्तरआधुनिक स–मिल

प्रस्तुत निबन्धसंग्रहको आकारप्रकार एवं व्यक्तित्व यिनै तेह्रवटा निबन्धका आधारमा निर्मित हुन पुगेको पाइन्छ ।
हाम्रो नेपाली साहित्यमा २०२० सालयता धेरै नै ठूलो परिवर्तन आएको देखिन्छ— त्यसमा पनि खास गरेर लेखन प्रविधिको क्षेत्रमा । शारदाकालिक नेपालमा महाकवि देवकोटाले आङ्खना पूर्ववर्ती प्रबन्धकारलाई किनार लगाए अनि प्रबन्ध तयार गर्न प्रयोग हुँदै आएको भाले गद्यलाई परित्याग गरी पोथी गद्यको प्रयोग गरी निबन्ध लेख्ने नयाँ युगको सूत्रपात गरे । उनले खनेको त्यही राजमार्ग टेकेर शङ्कर लामिछाने, ह्दयचन्द्रसिंह प्रधान, केशवराज पिंडाली, भैरव अर्याल, डा. तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधान लगायत अनेक निबन्धकारले त्यस साहित्यिक विधालाई उत्कर्षसम्म पुर्‍याएको देख्न पाइन्छ । पहिलेका प्रबन्ध साहित्यका सीमारेखा भत्काउँदै अग्रगति प्राप्त गरिरहेको निबन्ध साहित्य निर्बन्ध हुन भने सकिरहेको थिएन । २०२० सालपछि भने हाम्रो साहित्यको निबन्ध विधा एउटा स्वतन्त्र विधा रहेन, साहित्यका सारा विधाका साँधसीमाना भत्केझैं यसले पनि आफ्ना साँधसीमानाको परित्याग गर्यो र आफ्नो लीला प्रकट गर्न थाल्यो । प्रश्न उठछ : हाम्रा कोमलप्रसाद पोखरेलजीले तयार गरेको यो निबन्धसङ्ग्रहमा विभिन्न रूपमा प्रकट हुने आधुनिकोत्तर निबन्धकारिताका त्यस्ता चरित्र एवं गुण विद्यमान् छन् कि छैनन् ? यस प्रश्नको उत्तर निकाल्नु पर्दा मैले यस पुस्तकमा परेका तेह्रवटा निबन्ध विषयीपरक एवं भावप्रधान छन् कि छैनन् अर्थात् अर्का शब्दमा भन्नुपर्दा मेरुदण्ड विहीन प्रकृतिका छन् कि छैनन् भन्ने कुरा पत्ता लगाउनै पर्ने भयो । एतदर्थ मैले सिङ्गै पुस्तकलाई तेह्र परिच्छेद भएको एउटा आधुनिकोत्तर उपन्यास सम्झेर पहिलो पठन गर्ने अनि दोस्रो पाठमा चाहिं आ–आफ्ना स्वतन्त्र अस्तित्व भएका तेह्रवटा निबन्धको सँगालो मानेर आफू खुशी पूर्व र परको सम्बन्ध विच्छेद गराएर पठन गर्ने निर्णय गरें । यी दुवै प्रकारले पाण्डुलिपिको पठन गर्दा एकातिर मैले एउटा आधुनिकोत्तर उपन्यास पढ्दाको चरम तृप्ति तथा आनन्द पनि भोग्न पाएँ भने अर्कातिर स्वतन्त्र निबन्धको सङ्गालो अनुरूप आफू खुशी अडिई–अडिई निकै दिन लगाएर निबन्ध पढ्दाको चरम तृप्ति र आनन्द पनि भोग्न पाएँ । मलाई रोमाञ्च भयो । यस सङ्ग्रहका श्रष्टा कोमलप्रसाद पोखरेलका कलमले यस्तो क्षमता प्रदर्शन गर्ने शक्ति देखाउँदा म मुग्ध बन्न पुगें । अतः यस सङ्ग्रहका पाठकले पनि मैले जस्तै यस सङ्ग्रहका दुवै लीला हेर्न र चरम तृप्ति एवं आनन्द भोग्न चाहनुहुन्छ भने मेरो अनुसरण अवश्य गर्नुहोस् भन्ने आग्रह गर्दछु । मैले नेपाली भाषामा लेखिएको यस्तो लीला प्रकट गर्ने शक्ति भएको अर्को निबन्ध सङ्ग्रह पढ्न पाएको छैन र यस सङग्रहका रचनाकारको प्रशंसा गर्दछु । स्वतःस्पूर्त ! धन्य भएको छ लेखनी ! धन्य हुनभएको छ लेखक !

यस सग्रहलाई उपन्यास मानेर पढे पनि, स्वतन्त्र निबन्धको सङ्गालो मानेर पढे पनि समग्र रचनाका एउटै नायक सर्वव्याप्त रहेको पाइन्छ । त्यस्तै समग्र रचना पनि एउटै मुलुक अमेरिकामा केन्द्रित रहेको पाइन्छ । यस सङ्ग्रहका नायकले ६४ वर्षको उमेर खाइसक्न लागेको अनि उहाँको व्यक्तित्व पनि पूरै नेपाली संस्कार एवं संस्कृतिमा ढालिएको पाइन्छ, बालकृष्ण समको प्रख्यात नाटक मुकुन्द–इन्दिराको उत्तिकै प्रख्यात पात्र भवदेवको जस्तै । यस सङ्ग्रहका श्रष्टा पनि भवदेव जस्तै आफूलाई अरुमाथि नलाद्ने अनि अरुलाई पनि आफूमाथि लादिन नदिने प्रवृत्तिका पाइन्छन् । सर्वत्र लेखकको त्यस्तो लौह–संस्कृतिको उदारता कायमै रहेको फेला पर्छ । पहिलो निबन्धले यथार्थ सत्यलाई खोल्छ र भन्छ ः कोमलप्रसाद पोखरेल अर्थात् यस निबन्धसङ्ग्रहका रचनाकारकी छोरी कृष्णा र ज्वाइँ गोपी आफ्ना प्रथम पुत्र अभिषेकका साथ अमेरिकामा बसेका छन् । अमेरिकाको स्वास्थ्य विभागले छोरी कृष्णा जुलाई १८ मा सुत्केरी हुने कुरा बताएकोले हाम्रा लेखक जुलाई १६ मै त्यहाँ पुग्ने आतुरताले पिरोलिएर काठमाडौं हिड्नु हुन्छ र तदनुसार नै टिकटको व्यवस्था मिलाउन सफल पनि बन्नुहुन्छ । उहाँका आँखामा बारम्बार एउटै चित्र नाच्छ । उहिले उहाँकी पत्नी धर्माले कृष्णालाई जन्मदिंदा इलामका कम्पाउण्डर पूर्णलाल श्रेष्ठलाई आफ्नो ससुराली घर लक्ष्मीपुर (करफोक क्षेत्र)मा ल्याउन र पत्नीको प्राण जोगाउन समर्थ भएको यथार्थ पोखरेलका आँखामा झल्झली नाचिरहन्थ्यो । छोरी कृष्णालाई त्यस्तै अभर पर्यो भने ?– उहाँको मन साह्रै–साह्रै आत्तिन्थ्यो । त्यस्तैमा छोरीले तोकिएको तिथिभन्दा सातदिन अगाडि नै पुत्र जन्माउन सफल भएको समाचार आउँछ र लेखकलाई त्यस पिरोलोबाट मुक्ति मिल्यो तापनि नातिको न्वारान गर्ने, अमेरिका बसेका आफ्ना शिष्य–शिष्यालाई अनि अन्यान्य नेपाली नरनारीलाई पनि भेट्ने अभिलाषा उहाँका मनमा उत्पन्न हुन थाले । उहाँ जान्न इच्छुक बन्न थाल्नुभयो— त्यहाँ गएर बसेका नेपालीले आफ्नो भाषा र संस्कृतिलाई जोगाएर राख्ने प्रयत्न गरेका छन् कि छैनन् ? छन् भने त्यस सुखद् पक्षलाई आफैंले देखेर भोगेर किन तृप्त नबन्ने ? उहाँ काठमाडौंमा यात्राको प्रतीक्षामा बसेकै बेला कृष्णाले पीडाको अनुभव नै नगरिकन अस्पतालमा सन्तानोत्पादन गरेको समाचारले उहाँको मनमा अमेरिकाप्रति नयाँ जिज्ञासा जन्माएको छ । अतः उहाँ जान्न चाहनुहुन्छ ः के अमेरिकाले आफ्नो मुलुकको प्राकृतिक जगत्लाई सुरक्षित राख्न सकेको छ ? अमेरिकी राष्ट्रले अन्य राष्ट्रबाट आएर बसेका विभिन्न राष्ट्रिय समूहलाई आ–आफ्नै पहिचान जोगाएर बस्ने र बाँच्ने अधिकार दिएको छ कि छैन ? विश्वको सबैभन्दा धनी र शक्तिशाली मानिने त्यो मुलुकमा भिखमङ्गा छन् कि छैनन् ? त्यहाँ अविकसित मुलुकमा जस्तो कसैले रातदिन आतङ्कवादीको कहर सहनु परेको छ कि छैन् ? त्यहाँका स्थास्थ्य केन्द्र, आवास, भूमिगत रेल र बसको व्यवस्था के कस्तो छ ? हाम्रा पछौटे मुलुकमा जस्तो त्यहाँका बासिन्दाले अग्निप्रकोपमा पर्नु र सर्वस्व गुमाउनु पर्छ कि पर्दैन ? आदीत्यादि । लेखकको छोटो बसाइमा यी सबै प्रश्नको उत्तर प्राप्त गर्नु असम्भवप्राय कुरा थियो तापनि कोमलप्रसाद पोखरेलले ती सबै प्रश्नको उत्तर निकालेर ती तेह्रवटा निबन्धमा राखिदिएको अनुभव गर्न पाइन्छ मात्र होइन, आफूजस्तै परिवारबाट अलग भएर कहिल्यै विदेशभ्रमणमा ननिस्केको मानिसले अमेरिकातर्फको उडानको क्रममा होस् अथवा त्यहाँका भूमिगत रेलयात्रा अथवा बसयात्रा गर्दा नै किन नहोस् कतै अल्मलिनु नपरोस् भन्ने पक्षलाई पनि शिखरनाथ भाष्यले समेत नभेट्ने गरी तिनै निबन्धमा गाभिदिएको देख्न पाइन्छ । लेखकको समयको सदुपयोग गर्ने अद्भूत क्षमताले अनि सरल, प्राञ्जल र निष्कपट एवं निश्च्छल अभिव्यक्तिले पाठकलाई मन्त्रमुग्ध तुल्याउँछ । एकसयभन्दा केही बढी पृष्ठ भएको पुस्तकलाई एकै बैठकमा कति बेला पढिसकियो थाहा नै पाइँदैन ।

पुस्तक अमेरिका— यात्रासँग सम्बन्धित देखिन्छ । हाम्रा कोमलप्रसाद पोखरेल भने नेपालको पूर्वाञ्चल क्षेत्रका प्रख्यात हास्यव्यङ्ग्यकार हुनुहुन्छ । अतः प्रश्न उठ्छ ः लेखकले तीनचार महिनाकै समयसम्म भए पनि हास्यव्यङ्ग्यको लेखनीमा प्रयोग नगरी कसरी मनलाई कज्याएर राख्न सके होलान् ? राख्न सकेनन् भने यस पुस्तकमा हास्यव्यङ्ग्यको प्रयोग कत्तिको भएको छ ? यस्ता प्रश्नको उत्तर निकाल्न अग्रसर बन्दा सर्वप्रथम मेरो ध्यान निम्न बुँदाप्रति केन्दित हुन पुग्यो:
१.# अमेरिका उडानको प्रतीक्षामा बस्दा पोखरेलको मन साह्रै नै उद्विग्न अवस्थामा रहेको देखिन्छ । तन काठमाडौंमै रहे पनि मन चाँहि छिनछिनमा अमेरिका पुग्थ्यो आङ्खनी छोरीलाई भेट्न ।

२.# अमेरिकी स्वास्थ्यकर्मीका भविष्यवाणिका विपरीत तोकिएको दिनभन्दा सातदिन अगाडि नै छोरीले प्रसव पीडाको अनुभव नै नगरी छोरो जन्माएको समाचार सुन्न पाउँदा पिताको मन केही हल्का अवश्य भयो, पूर्णतः चिन्तामुक्त बन्न सकेको चाहिं देख्न पाइदैन ।
१. अमेरिका उडानको प्रतीक्षामा बस्दा पोखरेलको मन साह्रै नै उद्विग्न अवस्थामा रहेको देखिन्छ । तन काठमाडौंमै रहे पनि मन चाँहि छिनछिनमा अमेरिका पुग्थ्यो आङ्खनी छोरीलाई भेट्न ।
३.# पोखरेल अन्यान्य प्राध्यापक जस्तो विदेशयात्रा गर्ने अनुभवी व्यक्ति नभएर आङ्खनै परिवारको घेरोभित्र रही जीवनका ६४ बसन्त काट्ने व्यक्तित्व देखिनुहुन्छ । काठमाडौंबाट बैङ्ककसम्म उड, त्यहाँ ओर्ल, केही घण्टा प्रतीक्षालयमा बस, पुनः बैङ्कक–कोरियाको लागि कोरियाली विमानमा चढ, त्यहाँ पनि केही घण्टा प्रतीक्षालयमै बिताउ अनि बल्ल अमेरिकी जेट विमानमा चढ र छोरी–ज्वाइँको निवास भएको ठाउँमा पुग्ने एक्लो र अनुभवहीन व्यक्तिका लागि त्यो यात्रा एउटा कठोर परीक्षा नै थियो । त्यस्तो अवस्थामा, विविध प्रकारका व्यवधान सहदै लक्ष्यसम्म पुग्नुपर्ने बाध्यतालाई भोग्नुपर्दा जोसुकै किन नहोस् उसको मन अन्यौलको भुमरी चक्रमा फस्छ नै, आत्तिन्छ नै ।

४.# अमेरिका पुगेपछि पनि त्यहाँ अत्यन्त व्यस्त जीवन बिताइरहेका आफ्ना छोरी–ज्वाइँले अमेरिका देखाइदेलान् भन्ने आशा हाम्रा लेखकलाई छैन । त्यहाँ जेजति भूमिगत रेलअथवा बसबाट यात्रा गर्नुपर्ला त्यो सबै आङ्खनै बुतामा गर्न सक्नुपर्छ भन्ने कुराको पूर्वज्ञान लेखकलाई छ । त्यसबाट पनि चिन्तारहित स्वस्थ मन त हुन नपाउने नै भयो ।
२. अमेरिकी स्वास्थ्यकर्मीका भविष्यवाणिका विपरीत तोकिएको दिनभन्दा सातदिन अगाडि नै छोरीले प्रसव पीडाको अनुभव नै नगरी छोरो जन्माएको समाचार सुन्न पाउँदा पिताको मन केही हल्का अवश्य भयो, पूर्णतः चिन्तामुक्त बन्न सकेको चाहिं देख्न पाइदैन ।

३. पोखरेल अन्यान्य प्राध्यापक जस्तो विदेशयात्रा गर्ने अनुभवी व्यक्ति नभएर आङ्खनै परिवारको घेरोभित्र रही जीवनका ६४ बसन्त काट्ने व्यक्तित्व देखिनुहुन्छ । काठमाडौंबाट बैङ्ककसम्म उड, त्यहाँ ओर्ल, केही घण्टा प्रतीक्षालयमा बस, पुनः बैङ्कक–कोरियाको लागि कोरियाली विमानमा चढ, त्यहाँ पनि केही घण्टा प्रतीक्षालयमै बिताउ अनि बल्ल अमेरिकी जेट विमानमा चढ र छोरी–ज्वाइँको निवास भएको ठाउँमा पुग्ने एक्लो र अनुभवहीन व्यक्तिका लागि त्यो यात्रा एउटा कठोर परीक्षा नै थियो । त्यस्तो अवस्थामा, विविध प्रकारका व्यवधान सहदै लक्ष्यसम्म पुग्नुपर्ने बाध्यतालाई भोग्नुपर्दा जोसुकै किन नहोस् उसको मन अन्यौलको भुमरी चक्रमा फस्छ नै, आत्तिन्छ नै ।

४. अमेरिका पुगेपछि पनि त्यहाँ अत्यन्त व्यस्त जीवन बिताइरहेका आफ्ना छोरी–ज्वाइँले अमेरिका देखाइदेलान् भन्ने आशा हाम्रा लेखकलाई छैन । त्यहाँ जेजति भूमिगत रेलअथवा बसबाट यात्रा गर्नुपर्ला त्यो सबै आङ्खनै बुतामा गर्न सक्नुपर्छ भन्ने कुराको पूर्वज्ञान लेखकलाई छ । त्यसबाट पनि चिन्तारहित स्वस्थ मन त हुन नपाउने नै भयो ।

प्रस्तुत बुँदाहरूका आधारमा अवलोकन गर्दा त्यस्तो अस्थिर, अन्योलग्रस्त एवं चिन्तायुक्त जीवन बिताइरहेका लेखकका मनमा हास्य–व्यङ्ग्यात्मक लेख निबन्ध लेख्नका लागि आवश्यक सामग्री जुटाउने रहर जाग्थ्यो नै कहाँबाट ? स्मरणीय छ आत्मविश्वासले परिपूर्ण स्वस्थ मन र मष्तिस्क नभएको व्यक्तिले त्यस्ता निबन्ध तयार गर्नका लागि न सामग्री नै सङ्कलन गर्न सक्छ न निबन्ध लेख्न नै । तर खुसीको कुरो के देख्न पाइन्छ भने यस सङ्ग्रहका लेखकले अमेरिका पाइला टेकेकै दिन १९३ औं भानुजयन्ती समारोहमा सहभागी हुन पाउनाले, नातिको न्वारान गर्ने पुरोहित बन्दा भएको काण्ड वापत दण्ड पाउनुको सट्टा आङ्खनो साँस्कृतिक पहिचान राख्न प्रोत्साहित गर्दा, अमेरिकामा पुगेपछि उत्पन्न हुनसक्ने अन्यान्य व्यवधानलाई पनि सहजै नाघ्दै र पन्छाउँदै जाँदा लेखकको मनमा आत्मविश्वास उत्पन्न भएछ क्यार, त्यहाँबाट फर्केर आएपछि उहाँले तयार गरेको यस सङ्ग्रहमा हामी तीनवटा हास्यप्रधान निबन्ध र दुईवटा व्यङ्ग्य प्रधान निबन्ध पढ्न पाउँछौं । ती पाँचवटा निबन्धले हाउडीपुराणका लेखकलाई पूर्वाञ्चल क्षेत्रको सीमाबाट ह्वात्तै उकासेर राष्ट्रव्यापी, अन्तराष्ट्रियताव्यापी हास्यव्यङ्ग्यकारको स्थान प्रदान गरेको देख्न पाइन्छ । व्यङ्ग्यप्रधान ‘एस. आतङ्क र अमेरिकी प्रशासनको असफलता’ भन्ने लेखले हाम्रा पोखरेललाई जुरुक्कै उचालेर एकातिर पत्तालप्रवासका लेखक डा. तारानाथ शर्मासँग र अर्कातिर भैरव अर्यालसँग कुम जोरेर उभिने योग्यता प्रदान गरेको अनुभव प्राप्त हुन्छ । त्यस्तै यस सङ्ग्रहमा परेका उहाँका हास्यप्रधान ‘नातिको न्वारान बाजेको हैरान : दमकल उपस्थिति, वैदिक संस्कृति’, ‘अमेरिकी राजधानी : भिखमङ्गाको कहानी ’, ‘हलौइन’ पर्व, पाकेको फर्सी र चकलेट–द्यौसी’ र ‘आधुनिक चालक र उत्तरआधुनिक स–मिल’ नामक चारवटा निबन्धले पनि लेखकको व्यक्तित्वलाई ह्वात्तै उकासेको देख्न पाइन्छ । लाग्छ, सन्त शैलीमा लेखिएका यी चारवटा निबन्ध नेपाली हास्य–व्यङ्ग्यको क्षेत्रका अभिनव र अमूल्य प्राप्ति हुन् । अझ प्रतीकात्मक शैलीमा (जी.एच.= झिंगा, र एस२ = साना साङ्ला) लेखिएको एस आतङ्क र अमेरिकी प्रशासनको असफलता भन्ने निबन्धको त जति प्रशंसा गर्दा पनि मलाई लाग्छ, त्यो थोरै नै ठहरिन्छ । अमेरिकाले भिंmगा उन्मूलन अभियानमा पूर्ण सफलता प्राप्त गरे पनि साङ्ला उन्मूलन अभियानमा चाहिं पूरै असफलता बेहोर्नु परेछ भन्ने सन्देश प्रदान गर्ने यो निबन्धका लागि निश्चय नै लेखक धन्य बन्नु भएको छ भन्न करै लाग्छ ।

यस सङ्ग्रहको पहिलो, दोस्रो, तेस्रो, सातौं र आठौं निबन्ध विशुद्ध यात्रा निबन्ध हुन् भने बाँकी आठवटामध्ये पाँचवटा हास्यव्यङ्ग्यसँग अनि अन्य तीनवटा चाँहि लेखकका निजी एवं आन्तरिक पीडा, नेपाली भाषा साहित्य र अमेरिकी राजनीतिसँग सम्बन्धित देखिन्छन् । लेखकले यात्रा निबन्धलाई अत्यन्त रोचक र रसिलो ढङ्गले प्रस्तुत गर्ने क्रममा कहिल्यै विदेशयात्रामा ननिस्केको व्यक्तिले कसरी जेट विमानको यात्रा, अमेरिकाका भूमिगत रेलयात्रा अनि बसयात्रालाई निर्विघ्न गर्न समर्थ बन्दछ भन्ने पक्षको समेत सटीक चित्र उतारिदिएको देख्न पाइन्छ । अतः यी सबै यात्रा निबन्ध साहित्यका पाठकलाई अत्यन्त रोचक र रसपूर्ण लाग्छन् नै । साहित्यको स सुन्दा काँडा उम्रने व्यक्तिलाई पनि काठमाडौं–बैङ्कक, बैङ्कक–कोरिया, बैङ्कक–अमेरिका अथवा अमेरिकाको भूमिमगत रेल अथवा बसको यात्रा गरेको छैन तर गर्नु छ भने अत्यन्त उपयोगी ठहरिने छन् भन्ने कुरामा शङ्का गर्ने ठाउँ पाइँदैन । अर्को कुरा यस सङ्ग्रहमा परेका प्रथम दुईवटा निबन्ध बाहेक बाँकी एघारवटा निबन्धले लेखकको भवदेव–व्यक्तित्वलाई अगि सारेर एकातिर नेपाली साँस्कृतिक व्यक्तित्वलाई अनि अर्कातिर अमेरिकाको साँस्कृतिक व्यक्तित्वलाई आम्ने–साम्ने उभयाएर तिनका सम एवं विषम चरित्रको चित्र उतारेर हाम्रा सामुन्नेमा राखिदिएको छ– थपका चित्र आफैं बोल्छन् जिज्ञासु पाठकसँग । लाग्छ, निःसङ्ग भावले अलग्ग उभिएका लेखकका मनमा अनावश्यक हस्तक्षेप गर्ने रहर वा जाँगर छँदैछैन । त्यसो त यस सङ्ग्रहको प्राप्ति नितान्त ताजा र नौलो लाग्छ । रोचक छ, आस्वाद्य छ । नेपाली साहित्यलाई यस्ता नयाँ शैली र उपलब्धिपूर्ण निबन्धसङ्ग्रह प्रदान गर्ने कोमलप्रसाद पोखरेलको म ह्दयदेखि नै सराहना गर्दछु ।

मलाई पूर्ण आशा एवं विश्वास छ, नेपाली साहित्यिक जगत्ले यस सङ्ग्रहको दिल खोलेर स्वागत गर्ने छ अनि यस सङ्ग्रहलाई सबैले किनेर पढ्नेछन् । मलाई त्यस्तो लाग्छ, किनभने पुस्तक पठनीय पनि छ अनि त्यस्तै सङ्ग्रहणीय पनि । एकचोटि पढेर धीत मर्दैन, बारम्बार पढ्न मन लाग्छ । इति ।

२०६७ असार ३२ गते

"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/5284" बाट अनुप्रेषित