सर्वनाम: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नामको ठाउंमा प्रयोग हुने शव्दलाई '''सर्वनाम''' भनिन्छ| उदाहरण को लागि कुनै म, तिमि, उ, यो, त्यो, हामि, उनि।
नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् । उदाहरण को लागि कुनै, म, तिमि, उ, यो, त्यो, हामि, उनी ।
नेपालीमा सर्वनामका निम्न प्रकारहरू छन्:
 
'''क) व्यक्तिवाचक सर्वनाम:'''
पुरुष वा व्यक्तिलाई जनाउने सर्वनाम व्यक्तिवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित तीन प्रकारका हुन्छन्:
 
''प्रथम पुरुषवाचक-'' प्रेषक(बोल्ने वा लेख्ने व्यक्ति) लाई बुझाउने सर्वनाम,
जस्तै- म(एकवचन), हामी(बहुवचन) ।
 
''द्वितीय पुरुषवाचक -'' प्रापक(पढ्ने वा सुन्ने व्यक्ति ) लाई बुझाउने सर्वनाम,
जस्तै- तँ(एकवचन), तिमी, तिमीहरू(बहुवचन) ।
 
''तृतीय पुरुषवाचक-'' प्रेषक र प्रापक बाहेक अरू कसैलाई बुझाउने सर्वनाम,
जस्तै- यो, त्यो, ऊ(एकवचन), यी, यीनीहरू, ती, तिनीहरू,उनिहरू(बहुवचन) ।
 
आदरार्थी- यिनी, यी, तिनी, ती, उहाँ, उहाँहरू, उनी ।
 
आत्मवाचक- आफू, आफूहरू, आफूआफूहरू ।
 
पारस्परिक- एकअर्का, आपसआपस ।
 
निश्चयवाचक- निज, निजहरु, अरू, अरूहरू, सबै ।
 
'''ख) दर्शक सर्वनाम'''
नगिच वा टाढाका व्यक्ति वा वस्तुलाई तोकेर बताउने सर्वनाम दर्शक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्न दुई प्रकारका छन्:
 
''समीपवाचक-'' निकटवर्ती वा उपस्थित व्यक्ति वा बस्तुलाई बताउने सर्वनाम,
जस्तै-
सामान्य- यो, यिनीहरू, यी ।
 
आदरार्थी- यी, यिनीहरू, यहाँ ।
 
''दूरवाचक-'' दूरवर्ती वा अनुपस्थित व्यक्ति वा वस्तुलाई बताउने सर्वनाम, जस्तै-
 
सामान्य- त्यो, तिनीहरू, ती, ऊ, उनीहरू ।
 
आदरार्थी- ती, तिनी, उनी, उहाँ ।
 
'''ग) संबन्धवाचक सर्वनाम:'''
वाक्यमा संबन्ध स्थापित गराउने सर्वनाम संबन्धवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित दुई प्रकारका छन्, जस्तै-
 
''निश्चयबाचक -'' ग्यात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रालाई बुझाउने सर्वनाम, जस्तै-
मानवीय - जो, जोजो ।
अमानवीय - जे ,जेजे ।
दुवै - जुन ।
 
''अनिश्चयवाचक -'' अग्यात वा अनिश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको अवस्थालाई बुझाउने सर्वनाम, जस्तै-
मानवीय - जोसुकै ।
अमानवीय - जेसुकै ।
दुवै - जुनसुकै ।
 
 
'''घ) प्रश्नवाचक सर्वनाम:'''
कुनै व्यक्ति वा वस्तुका विषयमा प्रश्न व्यक्त गर्ने सर्वनाम प्रश्नवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्लिखित दुई प्रकारका हुन्छन्:
 
''अ) निश्चयवाचक -'' निश्चित व्यक्ति वा वस्तुबारे प्रश्न व्यक्त गर्ने सर्वनाम, जस्तै-
मानवीय - को, कोको ।
अमानवीय - के, केके ।
दुवै - कुन, कुनकुन ।
 
''आ) अनिश्चयवाचक -'' अनिश्चित व्यक्ति वा वस्तुबारे प्रश्न गर्ने सर्वनाम, जस्तै-
मानवीय - कोही, कोहीकोही ।
अमानवीय - केही, केहीकेही ।
दुवै - कुनै, कुनैकुनै ।
"https://ne.wikibooks.org/wiki/सर्वनाम" बाट अनुप्रेषित