देवी कवच: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २०८:
मार्गमा शुभ गर्ने भएकी सुपथादेवी तथा मार्गको क्षेमकरी रक्षा गर्नुहोस्। राज्य द्वारमा महालक्ष्मी रक्षा गर्नुहोस् तथा चारै तर्फ व्याप्त रहेकी विजया देवी मेरो रक्षा गर्नुहोस्। हे पापनाशिनी देवी! जुन ठाउँ कवचमा उल्लेख नगरिएको अथवा रक्षा हिन छ, त्यसको रक्षा तपाई गर्नु किनकी तपाई विजयशालिनी र पापनाशिनी हुनुहुन्छ।
यदी मनुष्य आफ्नो कल्याण चाहन्छ भने कवच पाठको बिना एक पाइलो पनि बाहिर नजावस्, कुनै यात्र नगरोस्। कवचको पाठ गरेर कुनै प्राणी कवचबाट सुरक्षित जहाँ-जहाँ पनी जान्छ त्यहाँ- त्यहाँ उसलाई धनको प्राप्ती तथा सम्पूर्ण ईछ्छाहरुको पुर्ती तथा सफलता मिल्छ। जसले यो अभिष्ट वस्तुको चिन्तन गर्छ, उसलाई ऐश्वर्य प्राप्त हुन्छ। कवच द्वारा मनुष्यले पृथ्वीमा परम सुख पाउँछ।
कवचबाट सुरक्षित मनुष्य निर्भय हुन्छ। युद्धमा पराजय हुदैन, उ तिनै लोकहरुमा पूज्य हुन्छ। देवीको यो कवच देवताहरुको लागी पनि दुर्लभ छ। जो मनुष्य प्रतिदिन तिनवटै संध्यामा श्रद्धा-भक्तीपूर्वक यसको पाठ गर्छ, उसलाई देवी-कला प्राप्त हुन्छ तथा उ तिनवटै लोकहरुमा पराजित हुदैन र अकाल मृत्युको भयबाट रहित भएर सय बर्ष सम्म यो मर्त्यलोकमा आनन्दपूर्वक जीवित रहन्छ। उसका मकरा, दादुरा, कुष्ठरोग आदि सम्पूर्ण रोगहरु नष्ट हुन्छन्। कनेर, भांग, धतुरो, अफीम, आदी स्थावर विष, सर्प र बिछ्छी आदीले डषेर चढेको जंगम विष तथा रासायन पदार्थ द्वारा निर्मित कृत्रिम विष, यी सबै प्रकारका विषहरु दुर हुन्छन्। यिनको कुनै प्रभाव हुदैन। मारण मोहनादी समस्त आभिचारिक प्रयोग र यन्त्रहरु - मन्त्रहरुबाट हुने अरिष्ट प्रभाव--यि सबै कवचलाई हृदयमा धारण मात्र गर्ने मनुष्यलाई देख्ने बित्तिकै दुर हुन्छन्। यति मात्र हैन पृथ्वीमा विचरण गर्ने ग्राम देवता, आकाशचारी देव, विशेष जलबाट उत्पन्न एवं उपदेश मात्रले सिद्धी पाएका निम्न कोटीका देव, जन्मका साथ प्रकट हुने र कुलमा उत्पन्न भएका कुल देवता, माला '''(कंठमाला आदि)''' तथा डांकिनी, शाकिनी र आकाशमा विचरण गर्ने महाबली डांकिनीहरु त्यो मनुष्यलाई देखेर नै भाग्छन्।
ग्रह, भुत, पिचास, यक्ष, गन्धर्व, राक्षस, ब्रह्मराक्षस, वेताल, कुष्माण्डा, भैरव आदि अनिष्टकारक देवता पनि हृदयमा कवच धारण गरिरहने मनुष्यलाई देख्ने बित्तिकै भाग्छन्।
कवचधारी पुरुषले राज सम्मान र वृद्धि प्राप्त गर्छ र उसको तेजको वृद्धि हुन्छ।
==हेर्नुहोस्==
[[अर्गला स्तोत्र]]
"https://ne.wikibooks.org/wiki/देवी_कवच" बाट अनुप्रेषित