देवी कवच: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २०३:
मेरो पश्चिम तर्फ वारुणी देविले रक्षा गर्नुहोस् र वायव्यकोण तर्फ मृगवाहीनि देविले रक्षा गर्नुहोस्। उत्तरमा कौमारी र इशान तर्फ शुलधारिणी देविले रक्षा गर्नुहोस्। ब्राह्मणीले मेरो माथीबाट रक्षा गर्नुहोस् वैष्णवीले मेरो तलतिरबाट रक्षा गर्नुहोस्। यसै गरी शवको वाहन भएकी चामुण्डा देवीले मेरो दशवटै दिशाहरुमा रक्षा गर्नुहोस्। मेरो बायाँ तिर अजिता नामकी देवीले रक्षा गर्नुहोस्, दायाँ तर्फ अपराजिताले रक्षा गर्नुहोस्। ललाटमा मालाधारीले र यश्वस्विनीले आँखी भौँको रक्षा गर्नुहोस् अनि नाखको रक्षा यमघण्टा नाम गरेकी देवीले गर्नुस्। शंखिनीले आँखी भौँको बीचमा रक्षा गर्नुहोस्, कानमा द्वारवासिनी देवीले रक्षा गर्नुहोस्। कालिकाले गालाहरुको रक्षा गर्नुहोस् र शाङ्करीले कानको जराहरुमा रक्षा गर्नुहोस्। नाखमा सुघन्धा देवी र माथिल्लो ओठमा चर्चिका देवीले रक्षा गर्नुहोस्। अमृतकला तल्लो ओठको र सरस्वती देवी जिब्रोमा रक्षा गरुन्। दाँतमा कौमारी र घाँटीमा चण्डिका रक्षा गर्नुहोस्। गलाको घण्टीमा चित्रघण्टा, तालुमा महामाया रक्षा गर्नुहोस्। चिउडोको कामाक्षी, वाणीको सर्वमंगला, गलाको भद्रकाली, मेरुदण्डको धनुर्धरीले रक्षा गर्नुहोस्। घाँटीको बाहिरी भागमा निलग्रीवा र नसाहरुको नलकुबरी, कुमको खड्गिनी, पाखुराहरुको वज्रधारिणी रक्षा गर्नुहोस्। हातमा दण्डिनी र औँलाहरुको अम्बिका, नङ्को शुलेश्वरी, काखको नलेश्वरी देवी रक्षा गर्नुहोस्।
यसै गरी मेरा दुवै स्थनहरुको महादेवीले रक्षा गर्नुहोस्, मनको शोक विनाशिनीले, हृदयको ललिता देविले, पेटको शुलधारीणीले रक्षा गर्नुहोस्। नाभीको कामिनी र मलद्वारको गुहेश्वरीले पुतना र कामिकाले लिङ्गको र महिषवाहीनिले गुदाको रक्षा गर्नुहोस्। भगवतीले कमरको र विन्ध्यवासिनी दुवै घुँडाहरुको रक्षा गर्नुहोस्। सम्पूर्ण कामनाहरु प्रदान गर्ने महाबला देवीले जंघाहरुको रक्षा गर्नुहोस्। दुबै गोलीगाँठाहरुको नारसिँही र पैतलाको पछाडीको भागको तेजस्वी देवीले रक्षा गर्नुहोस्। खुट्टाका औँलाहरु श्री देवी तल्यौटाहरुको तलवासिनी रक्षा गर्नुहोस्। नङको द्रष्टा कराली देवी र केशहरुको उर्ध्वकेशनी रक्षा गर्नुहोस्। रौँका जराहरुको कौवेरी, छालाको बागेश्वरी रक्षा गर्नुहोस्। रगत, मज्जा, बोसो, माशु तथा हाड, मेदको पार्वती, आन्ध्राहरुको कालरात्री, पित्तको मुकुटेश्वरी रक्षा गर्नुहोस्। मुलाधार पद्मकोषको पद्मावती, कफको चुडामणी, नङहरुका तेजको ज्वालामुखि, शरीरको समस्त सन्धिहरुको अभेद्या देवी रक्षा गर्नुहोस्। ब्रामणी देवी! तपाई मेरो वीर्यको र छायाको छत्रेश्वरी रक्षा गर्नुहोस्।
मेरो अहंकार, मन, बुद्धिको धर्मधारीणीले रक्षा गर्नुहोस्।
प्राण, अपान, व्यान, उदान र समान वायुको वज्रहस्ता देवीले रक्षा गर्नुहोस्। भगवती कल्याण शोभना मेरो प्राणहरुको रक्षा गर्नुहोस्। रस, रुप, गंध, शब्द, स्पर्शको विषयहरुमा योगिनी। सत्वगुण, रजोगुण, तमोगुणको नारायणी देवी रक्षा गर्नुहोस्।
आयुको रक्षा वाराही गर्नुहोस् र वष्णवी धर्मको रक्षा गर्नुहोस्। यश र कर्तिको लक्ष्मीले, धन र विद्याको चक्रधारिणी रक्षा गर्नुहोस्। इन्द्राणी! तपाइ मेरा गोत्रको र चण्डिके! तपाई मेरा पशुहरुको रक्षा गर्नुहोस्। महालक्ष्मी छोराहरुको र भैरवी पत्नीको रक्षा गर्नुहोस्।
मार्गमा शुभ गर्ने भएकी सुपथादेवी तथा मार्गको क्षेमकरी रक्षा गर्नुहोस्। राज्य द्वारमा महालक्ष्मी रक्षा गर्नुहोस् तथा चारै तर्फ व्याप्त रहेकी विजया देवी मेरो रक्षा गर्नुहोस्। हे पापनाशिनी देवी! जुन ठाउँ कवचमा उल्लेख नगरिएको अथवा रक्षा हिन छ, त्यसको रक्षा तपाई गर्नु किनकी तपाई विजयशालिनी र पापनाशिनी हुनुहुन्छ।
यदी मनुष्य आफ्नो कल्याण चाहन्छ भने कवच पाठको बिना एक पाइलो पनि बाहिर नजावस्, कुनै यात्र नगरोस्। कवचको पाठ गरेर कुनै प्राणी कवचबाट सुरक्षित जहाँ-जहाँ पनी जान्छ त्यहाँ- त्यहाँ उसलाई धनको प्राप्ती तथा सम्पूर्ण ईछ्छाहरुको पुर्ती तथा सफलता मिल्छ। जसले यो अभिष्ट वस्तुको चिन्तन गर्छ, उसलाई ऐश्वर्य प्राप्त हुन्छ। कवच द्वारा मनुष्यले पृथ्वीमा परम सुख पाउँछ।
==हेर्नुहोस्==
[[अर्गला स्तोत्र]]
"https://ne.wikibooks.org/wiki/देवी_कवच" बाट अनुप्रेषित