देवी कवच: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २०२:
भगवान विष्णुकी प्रिया लक्ष्मि जी कमलको फूलमा बसेर कमलको फूल हातमा लिएकी छन्। सेतो रुप धारण गर्ने देवी ईश्वरी गोरु माथी चढेकी छन्। सबै आभुषणले शोभीत भएकी देवी ब्रह्मी हाँसमाथी बसेकी छिन्। यस प्रकार यी सबै माताहरु सबै प्रकारका योग शक्तीहरुले सम्पन्न छन्। यी सबै देवीहरुका अतिरिक्त अरु पनि धेरै योग शक्तीले सम्पन्न देवीहरु छन्। जो अनेक अलंकारहरुले शोभीत, अनेक प्रकारका अमुल्य आभुषण र रत्नहरुले विभुषित छन्। सम्पूर्ण देवीहरु रथमा बसेकी छन्। क्रोधले आपुरित आफ्ना प्रिय भक्तहरुको रक्षा निमित्त शंख, चक्र, गदा, शक्ती, हलो र मुशल आफ्ना हातहरुमा लिएकी छन्। खेटक र तोमर तथा परशु एवं पाश, कुन्त, त्रिशुल तथा उत्तम शाङ्र्ग, धनुष यी सबै हतियारहरु देवी आफ्नो हातमा धारण गर्छिन्। दैत्यहरुको देहको नाशको लागी, भक्तहरुलाई अभय दानको लागी र देवताहरुको हितको लागी यी हतियारहरुको धारण गरेकी हुन्छन्। महा रौद्र रुप धारण गर्ने, अत्यन्त घोर पराक्रम भएकी. महाबली, महान उत्साही, अत्यन्त ठुलो भयको नास गर्ने हे देवी! तिमीलाई नमस्कार छ। कठिनाइमा दर्शन दिने भएकी, शत्रुहरुमा भय बढाउने भएकी, मेरो पूर्व तर्फ ऐँद्री देवीले रक्षा गर्नुहोस् आग्नय तर्फ अग्नी देवताले मेरो रक्षा गर्नुहोस्। दक्षिण तर्फ बराही देवीले रक्षा गर्नुहोस्, नैऋत्य तर्फ खड्ग धारण गर्ने देवीले रक्षा गर्नुहोस्
मेरो पश्चिम तर्फ वारुणी देविले रक्षा गर्नुहोस् र वायव्यकोण तर्फ मृगवाहीनि देविले रक्षा गर्नुहोस्। उत्तरमा कौमारी र इशान तर्फ शुलधारिणी देविले रक्षा गर्नुहोस्। ब्राह्मणीले मेरो माथीबाट रक्षा गर्नुहोस् वैष्णवीले मेरो तलतिरबाट रक्षा गर्नुहोस्। यसै गरी शवको वाहन भएकी चामुण्डा देवीले मेरो दशवटै दिशाहरुमा रक्षा गर्नुहोस्। मेरो बायाँ तिर अजिता नामकी देवीले रक्षा गर्नुहोस्, दायाँ तर्फ अपराजिताले रक्षा गर्नुहोस्। ललाटमा मालाधारीले र यश्वस्विनीले आँखी भौँको रक्षा गर्नुहोस् अनि नाखको रक्षा यमघण्टा नाम गरेकी देवीले गर्नुस्। शंखिनीले आँखी भौँको बीचमा रक्षा गर्नुहोस्, कानमा द्वारवासिनी देवीले रक्षा गर्नुहोस्। कालिकाले गालाहरुको रक्षा गर्नुहोस् र शाङ्करीले कानको जराहरुमा रक्षा गर्नुहोस्। नाखमा सुघन्धा देवी र माथिल्लो ओठमा चर्चिका देवीले रक्षा गर्नुहोस्। अमृतकला तल्लो ओठको र सरस्वती देवी जिब्रोमा रक्षा गरुन्। दाँतमा कौमारी र घाँटीमा चण्डिका रक्षा गर्नुहोस्। गलाको घण्टीमा चित्रघण्टा, तालुमा महामाया रक्षा गर्नुहोस्। चिउडोको कामाक्षी, वाणीको सर्वमंगला, गलाको भद्रकाली, मेरुदण्डको धनुर्धरीले रक्षा गर्नुहोस्। घाँटीको बाहिरी भागमा निलग्रीवा र नसाहरुको नलकुबरी, कुमको खड्गिनी, पाखुराहरुको वज्रधारिणी रक्षा गर्नुहोस्। हातमा दण्डिनी र औँलाहरुको अम्बिका, नङ्को शुलेश्वरी, काखको नलेश्वरी देवी रक्षा गर्नुहोस्।
यसै गरी मेरा दुवै स्थनहरुको महादेवीले रक्षा गर्नुहोस्, मनको शोक विनाशिनीले, हृदयको ललिता देविले, पेटको शुलधारीणीले रक्षा गर्नुहोस्। नाभीको कामिनी र मलद्वारको गुहेश्वरीले पुतना र कामिकाले लिङ्गको र महिषवाहीनिले गुदाको रक्षा गर्नुहोस्। भगवतीले कमरको र विन्ध्यवासिनी दुवै घुँडाहरुको रक्षा गर्नुहोस्। सम्पूर्ण कामनाहरु प्रदान गर्ने महाबला देवीले जंघाहरुको रक्षा गर्नुहोस्। दुबै गोलीगाँठाहरुको नारसिँही र पैतलाको पछाडीको भागको तेजस्वी देवीले रक्षा गर्नुहोस्। खुट्टाका औँलाहरु श्री देवी तल्यौटाहरुको तलवासिनी रक्षा गर्नुहोस्। नङको द्रष्टा कराली देवी र केशहरुको उर्ध्वकेशनी रक्षा गर्नुहोस्। रौँका जराहरुको कौवेरी, छालाको बागेश्वरी रक्षा गर्नुहोस्। रगत, मज्जा, बोसो, माशु तथा हाड, मेदको पार्वती, आन्ध्राहरुको कालरात्री, पित्तको मुकुटेश्वरी रक्षा गर्नुहोस्। मुलाधार पद्मकोषको पद्मावती, कफको चुडामणी, नङहरुका तेजको ज्वालामुखि, शरीरको समस्त सन्धिहरुको अभेद्या देवी रक्षा गर्नुहोस्। ब्रामणी देवी! तपाई मेरो वीर्यको र छायाको छत्रेश्वरी रक्षा गर्नुहोस्।
==हेर्नुहोस्==
[[अर्गला स्तोत्र]]
"https://ne.wikibooks.org/wiki/देवी_कवच" बाट अनुप्रेषित