देवी कवच: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २०१:
ब्रह्माजीले भने- हे महर्षि! यस्तो उपाय त देवी को पवित्र कवच नै छ, जो परम गोपनिय तथा सम्पूर्ण प्राणिहरुको उपकार गर्न सक्छ, हे मुने! उसलाई सुन। श्री दुर्गाजीका नौवटा रुप बताइएका छन्, जसलाई 'नवदुर्गा' भन्छन्। माताको पहिलो रुपको नाम शैलपुत्री हो, दोस्रो रुपको नाम ब्रह्मचारिणी हो, माताको तेस्रो रुप चन्द्रघण्टा हो, चौथो रुपको नाम कुष्माण्डा हो। पाँचौ रुपको नाम स्कन्धमाता हो. छैटौँ रुपको नाम कात्यायनी हो भने सातौँ रुपको नाम कालरात्री हो यसै गरी आठौँ रुपको नाम महागौरी हो माताको अंतिम तथा नवौँ रुपको नाम सिद्धीदात्री हो। नवदुर्गाका यी सबै नामहरु महात्मा ब्रह्माजी द्वारा प्रतिपादित भएका हुन्। यदी कुनै मनुष्य (दु:ख रुपी) अग्नीमा जलिरहेको छ, युद्ध भुमीमा शत्रुहरु द्वारा घेरिएको छ, घोर संकटमा फँसेको छ तथा यि भएहरुबाट आतुर भएको छ भने त्यो मनुष्य भगवती नवदुर्गाको शरणमा जावस्। जो माताको शरणमा जान्छन्। उनको कुनै अमंगल हुदैन। युद्धादिको समयमा संकट परेमा उनलाई कुनै विपत्ती देखिदैन र उनलाई शोक, दु:ख तथा भयबाट मुक्ती मिल्छ। जो श्रद्धा-भक्तिपूर्वक देवीको स्मरण गर्छन्, उनलाई निश्चय नै कल्याण एवं उन्नति प्राप्त हुन्छ। हे देवेश्वरी! जो तिम्रो चिन्तन '''(स्मरण)''' गर्छन्, उनलाई तिमी नि:संदेह रक्षा गर्छौ। माता चामुण्डाले प्रेतमा स्थान लिएकी छन्, बराही भैँसीमा चढेकी, ऐंद्री हात्तीमा चढेकी छन्, बैष्णवी गरुडमा चढेकी छन्। माहेश्वरी साँढे माथी चढेकी छन्, कौमारीले मयूरलाई आफ्नो बाहन बनाएकी छन्।
भगवान विष्णुकी प्रिया लक्ष्मि जी कमलको फूलमा बसेर कमलको फूल हातमा लिएकी छन्। सेतो रुप धारण गर्ने देवी ईश्वरी गोरु माथी चढेकी छन्। सबै आभुषणले शोभीत भएकी देवी ब्रह्मी हाँसमाथी बसेकी छिन्। यस प्रकार यी सबै माताहरु सबै प्रकारका योग शक्तीहरुले सम्पन्न छन्। यी सबै देवीहरुका अतिरिक्त अरु पनि धेरै योग शक्तीले सम्पन्न देवीहरु छन्। जो अनेक अलंकारहरुले शोभीत, अनेक प्रकारका अमुल्य आभुषण र रत्नहरुले विभुषित छन्। सम्पूर्ण देवीहरु रथमा बसेकी छन्। क्रोधले आपुरित आफ्ना प्रिय भक्तहरुको रक्षा निमित्त शंख, चक्र, गदा, शक्ती, हलो र मुशल आफ्ना हातहरुमा लिएकी छन्। खेटक र तोमर तथा परशु एवं पाश, कुन्त, त्रिशुल तथा उत्तम शाङ्र्ग, धनुष यी सबै हतियारहरु देवी आफ्नो हातमा धारण गर्छिन्। दैत्यहरुको देहको नाशको लागी, भक्तहरुलाई अभय दानको लागी र देवताहरुको हितको लागी यी हतियारहरुको धारण गरेकी हुन्छन्। महा रौद्र रुप धारण गर्ने, अत्यन्त घोर पराक्रम भएकी. महाबली, महान उत्साही, अत्यन्त ठुलो भयको नास गर्ने हे देवी! तिमीलाई नमस्कार छ। कठिनाइमा दर्शन दिने भएकी, शत्रुहरुमा भय बढाउने भएकी, मेरो पूर्व तर्फ ऐँद्री देवीले रक्षा गर्नुहोस् आग्नय तर्फ अग्नी देवताले मेरो रक्षा गर्नुहोस्। दक्षिण तर्फ बराही देवीले रक्षा गर्नुहोस्, नैऋत्य तर्फ खड्ग धारण गर्ने देवीले रक्षा गर्नुहोस्
मेरो पश्चिम तर्फ वारुणी देविले रक्षा गर्नुहोस् र वायव्यकोण तर्फ मृगवाहीनि देविले रक्षा गर्नुहोस्। उत्तरमा कौमारी र इशान तर्फ शुलधारिणी देविले रक्षा गर्नुहोस्। ब्राह्मणीले मेरो माथीबाट रक्षा गर्नुहोस् वैष्णवीले मेरो तलतिरबाट रक्षा गर्नुहोस्। यसै गरी शवको वाहन भएकी चामुण्डा देवीले मेरो दशवटै दिशाहरुमा रक्षा गर्नुहोस्। मेरो बायाँ तिर अजिता नामकी देवीले रक्षा गर्नुहोस्, दायाँ तर्फ अपराजिताले रक्षा गर्नुहोस्। ललाटमा मालाधारीले र यश्वस्विनीले आँखी भौँको रक्षा गर्नुहोस् अनि नाखको रक्षा यमघण्टा नाम गरेकी देवीले गर्नुस्। शंखिनीले आँखी भौँको बीचमा रक्षा गर्नुहोस्, कानमा द्वारवासिनी देवीले रक्षा गर्नुहोस्। कालिकाले गालाहरुको रक्षा गर्नुहोस् र शाङ्करीले कानको जराहरुमा रक्षा गर्नुहोस्। नाखमा सुघन्धा देवी र माथिल्लो ओठमा चर्चिका देवीले रक्षा गर्नुहोस्। अमृतकला तल्लो ओठको र सरस्वती देवी जिब्रोमा रक्षा गरुन्। दाँतमा कौमारी र घाँटीमा चण्डिका रक्षा गर्नुहोस्। गलाको घण्टीमा चित्रघण्टा, तालुमा महामाया रक्षा गर्नुहोस्। चिउडोको कामाक्षी, वाणीको सर्वमंगला, गलाको भद्रकाली, मेरुदण्डको धनुर्धरीले रक्षा गर्नुहोस्। घाँटीको बाहिरी भागमा निलग्रीवा र नसाहरुको नलकुबरी, कुमको खड्गिनी, पाखुराहरुको वज्रधारिणी रक्षा गर्नुहोस्। हातमा दण्डिनी र औँलाहरुको अम्बिका, नङ्को शुलेश्वरी, काखको नलेश्वरी देवी रक्षा गर्नुहोस्।
==हेर्नुहोस्==
[[अर्गला स्तोत्र]]
"https://ne.wikibooks.org/wiki/देवी_कवच" बाट अनुप्रेषित