देवी कवच: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९७:
लभते परमं रूपं शिवेन सह मोदते .. ॐ .. ५६..<BR>
 
==नेपाली अर्थ==
ॐ चण्डिका देवीलाई नमस्कार छ। महर्षी मार्कण्डेयजीले भन्नुभयो- "हे पिताम्मह! जो यो संसारको गोप्य तत्व हो, जो आजसम्म कसैको साम्नेमा प्रकट भएको छैन, जो सबैको कल्याण रक्षा गर्ने खालको छ, यदी यस्तो कुनै उपाय छ भने मलाई सुनाउनुहोस्।"
ब्रह्माजीले भने- हे महर्षि! यस्तो उपाय त देवी को पवित्र कवच नै छ, जो परम गोपनिय तथा सम्पूर्ण प्राणिहरुको उपकार गर्न सक्छ, हे मुने! उसलाई सुन। श्री दुर्गाजीका नौवटा रुप बताइएका छन्, जसलाई 'नवदुर्गा' भन्छन्। माताको पहिलो रुपको नाम शैलपुत्री हो, दोस्रो रुपको नाम ब्रह्मचारिणी हो, माताको तेस्रो रुप चन्द्रघण्टा हो, चौथो रुपको नाम कुष्माण्डा हो। पाँचौ रुपको नाम स्कन्धमाता हो. छैटौँ रुपको नाम कात्यायनी हो भने सातौँ रुपको नाम कालरात्री हो यसै गरी आठौँ रुपको नाम महागौरी हो माताको अंतिम तथा नवौँ रुपको नाम सिद्धीदात्री हो। नवदुर्गाका यी सबै नामहरु महात्मा ब्रह्माजी द्वारा प्रतिपादित भएका हुन्। यदी कुनै मनुष्य (दु:ख रुपी) अग्नीमा जलिरहेको छ, युद्ध भुमीमा शत्रुहरु द्वारा घेरिएको छ, घोर संकटमा फँसेको छ तथा यि भएहरुबाट आतुर भएको छ भने त्यो मनुष्य भगवती नवदुर्गाको शरणमा जावस्। जो माताको शरणमा जान्छन्। उनको कुनै अमंगल हुदैन। युद्धादिको समयमा संकट परेमा उनलाई कुनै विपत्ती देखिदैन र उनलाई शोक, दु:ख तथा भयबाट मुक्ती मिल्छ। जो श्रद्धा-भक्तिपूर्वक देवीको स्मरण गर्छन्, उनलाई निश्चय नै कल्याण एवं उन्नति प्राप्त हुन्छ। हे देवेश्वरी! जो तिम्रो चिन्तन '''(स्मरण)''' गर्छन्, उनलाई तिमी नि:संदेह रक्षा गर्छौ। माता चामुण्डाले प्रेतमा स्थान लिएकी छन्, बराही भैँसीमा चढेकी, ऐंद्री हात्तीमा चढेकी छन्, बैष्णवी गरुडमा चढेकी छन्। माहेश्वरी साँढे माथी चढेकी छन्, कौमारीले मयूरलाई आफ्नो बाहन बनाएकी छन्।
==हेर्नुहोस्==
[[अर्गला स्तोत्र]]
"https://ne.wikibooks.org/wiki/देवी_कवच" बाट अनुप्रेषित