विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४०:
'''जस्तो विचार उस्तै फल'''
कुनै पदार्थको उत्पत्तिको पूर्व त्यसको मानसिक चित्र अस्तिस्वमा आउँछ । हवाईजहाज, मोटर, रेलगाडी आदि बस्तुहरू एक्कासी बनेका होइनन् । पहिलेदेखि नै वैज्ञानिकहरूले तिनको विचार गरेका थिए र दृढतापूर्वक परिश्रम गरेपछि तिनले आफ्ना विचारहरूलाई कार्यरूपमा ल्याउन सकेका हुन् । दृढ विचारको अर्थ हो विचार र त्यसलाई कार्य रूपमा ल्याउने इच्छा र उद्योग । जुन विचार निर्बल हुन्छन् र जसमा तीब्र इच्छा हुँदैन ती विचार होइनन् कल्पना मात्र हुन् । एउटा वैज्ञानिकले एउटा नवीन विष बनाउने विचार ग¥यो र तदर्थ कार्य पनि आरम्भ गरिहाल्यो भने त्यसको त्यो सङ्कल्प पूरा भएने भने पनि उसले बनाएको पदार्थ विषाक्त त अवश्य होला–अमृत हुँदैन किनभने विचार नै जब खराब हुन्छन् तब फल राम्रो कहाँबाट हुन सक्छ । जस्तो बीज रोपिएको छ उस्तै नै फल लाग्छ ।
यदि हामीले नित्य हुने कार्य माथि मुहूर्तभर मात्र विचार ग¥यौँ भने ज्ञात हुन्छ प्रत्येक कार्य गर्नुभन्दा पूर्व हामी त्यसको विचार गर्दछौँ । जुन कार्य हामी झट्ट गरि हाल्दछौँ त्यो पनि हामी अचानक गर्दैनौँ । त्यसको पनि विचार पहिले मस्तिष्कमा उठ्दछ अनि हामी उसै क्षण त्यस कार्यलाई गरिहाल्दछौँ । मस्तिष्कमा विचार नउठी मानिस कुनै कार्य गर्न सक्दैन, यो स्वयं सिद्ध–सत्य छ । कति मानिस यस्ता हुन्छन् जसको बुद्धि पापमय हुँदैन । ती व्यभिचारादि कुकर्म छोड्ने प्रतिज्ञा गर्दछन् र त्यसलाई पालना गर्ने पूर्ण इच्छा पनि उनमा हुन्छ तर फेरि पनि ती उनै पापहरूमा कहिलेकाही लिप्त हुन जान्छन् । यस्ता मानिस प्रायः यही सम्झन्छन् कि दैववश वा स्वभाववश ती पाप गर्दछन् । तर यस्तो सम्झनु महाभूल हो र उनको भ्रम हो । शान्तिपूर्वक विचार गरेमा तिनलाई ज्ञात होला ती दैववश या स्वभाववश प्रतिज्ञा भङ्ग गर्दैनन् तर विपरीत विचारहरूको कारणले नै तिनको अधपतन हुन्छ । प्रतिज्ञा गरेर पनि तिनका मस्तिष्कमा उस्तै नै विचार आउने गर्दछन् र त्यस बखत ती आफूलाई यस्तो भनेर भुलाउने गर्दछन् यी विचारहरूबाट के हुन्छ ? हामीले त प्रतिज्ञा गरेका छौ अब हामी कुकर्म गर्ने छैनौ इत्यादि । तर वास्तवमा तीनै विचारहरूको प्रभावबाट ती कुकर्म गर्दछन् किनभने ती विचार उसका गुप्त मन (Sub-Concious mind) मा अङ्कित हुन्छन् र समय पाएर फलिभूत हुन्छन् । यसैले कुनै पनि नराम्रो कामबाट बच्नका लागि नराम्रा विचारहरूलाई नै मनमा आउन नदेऊ ।
यदि हामीले नित्य हुने कार्य माथि मुहूर्तभर मात्र विचार ग¥यौँ भने ज्ञात हुन्छ प्रत्येक कार्य गर्नुभन्दा पूर्व हामी त्यसको विचार गर्दछौँ । जुन कार्य हामी झट्ट गरि हाल्दछौँ त्यो पनि हामी अचानक गर्दैनौँ ।
'''खराब संगतका अशुभ भावहरूबाट बच्ने उपाय'''
बार्तालाप होस् वा नहोस्, संगतको असर अवश्य गर्छ । विचारहरूको प्रभाव समीपस्थ मानिसमाथि यस्तो हुन्छ कि साधारणतया त्यसलाई जान्नु कठिन छ । नराम्रो संगबाट सदा बच्नु पर्दछ तर सर्वथा बच्नु कठिन छ । यात्रामा, व्यवहारमा दुष्ट संगतबाट बच्नका लागि आफ्ना प्राणहरूको गतिलाई सुधार्नु पर्दछ ।
प्रथम पूरक गर्ने बेला यो भावना गर कि, ‘म शुद्ध, बुद्ध, मुक्त हुँ’ र रेचक गर्दा यो भावना गर कि, ‘मेरो हृदयबाट प्रेम र शक्तिले भरिएका धाराहरू निक्लेर मेरो शरीरको आसपास विचारजन्य तेजको गोलाकार आवरण बनिरहेछ ।’ यस्तो दृढ भावनाको साथ लगातार सात पटक पूरक, रेचक गर्नाले यस्तो पक्का आवरण तयार हुनेछ हामीमाथि अरूका अशुद्ध भावहरूको किञ्चित प्रभाव पर्ने छैन । यस्तै प्रकारले सुत्ने बेला पनि यही आवरण बनाइयो भने खराब स्वप्नहरूबाट कहिल्यै क्लेश हुने छैन र निद्रा पनि राम्रो लाग्ने छ ।
तिमी त्यस समयसम्म निर्बल र दीन दशामा रहन्छौ जबसम्म तुच्छ र नीच विचारहरूका अधीन रहन्छौ । तिमीले आफ्नो मनमा उच्च भावहरूलाई र उच्च आकांक्षाहरूलाई स्थान दिनु पर्दछ ।
तिमीले वासनाको वशीभूत हुनु हुँदैन र न त्यसको दास नै बन्नु हुन्छ । आफ्ना उत्तम विचारहरूले त्यसलाई दवाएर आफ्नो बशमा गर्नु र आफ्नो दास बनाउनु पर्दछ ।
यदि तिमीले आफ्ना इन्द्रियहरूलाई आफ्नो बशमा ग¥यौ र तिनमाथि आफ्नो पूर्ण स्वामित्व जमायौ भने ती इन्द्रियहरू तिम्रा दास भएर रहने छन् र तिम्रो सेवा गर्नेछन् ।
मानिसहरूमा एक प्रकारको पाशविक शक्ति रहन्छ जो समय समयमा बदलिँदै रहन्छ । क्रोधको आवेशमा मानिस अन्धो हुन्छ जसबाट त्यसले मनुष्यत्वलाई तिलाञ्जलि दिन्छ । यदि मानिस त्यस पाशविक शक्तिमाथि अधिकार गर्छ र त्यसलाई आफ्नो वशमा गरेर उचित रीतिबाट काममा ल्याउँछ भने ईश्वरीय बललाई शीघ्र प्राप्त गर्न सक्छ ।
नराम्रा विचारहरूमा अद्भुत शक्ति छ । हेर, मानिसलाई प्राणभन्दा अधिक प्यारो कुनै वस्तु छैन । धन, आदर त के पृथ्वीका समस्त बस्तुहरू पनि प्राणको शतांशकी बराबर पनि हुन सक्दैनन् । यो जानेर नै शास्त्रहरूमा भनेको छ । “आत्मार्थे पृथिवीं त्यजेत्” आत्माको लागि पृत्वीलाई त्यागोस् । जुन प्राण फेरि पाउन सकिदैन त्यसलाई मानिस स्वयं बाहिर निकालिदिन उद्यत हुन्छ । यसको कारण केवल निराशाका विचार नै हुन् अर्थात् आत्मघात गर्ने मानसिक विचार केवल निराशाबाट नै उत्पन्न हुन्छन् ।